एभरेष्ट दैनिक

इलाममा आगलागी हुँदा लाखौंका क्षति

इलाम, पुस १० । इलामको देउमाइ नगरपालिका–६, शान्तिडाँडास्थित फुटुकको एक घरमा आगलागी हुँदा ३९ लाख ६० हजार रुपैयाँ भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घरमा कोही नभएको समयमा डेबिड साउदेनको घरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा दुईतले घरसहित घरमा डेरा गरी बस्दै आएका देवी नेपालले राखेको किराना र लत्ताकपडा चप्पलको पसल सबै जलेर नष्ट भएको बताइएको छ । प्रहरीका अनुसार आगालागीबाट साउदेनको अन्दाजी ३० लाख र नेपालको ९ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति प्रराम्भिक अनुमान रहेको छ । आगो स्थानीयबासिन्दा र प्रहरीले करिव ४५ मिनेटपछि नियन्त्रणमा लिएका थिए ।