कोरोना टाँसिने डरले ७५ प्रहरीले खौरिए कपाल
नयाँदिल्लीः कोरोना भाइरसको संक्रमणबाट जोगिने चक्करमा अनौठा अनौठा घटनाहरु देख्न पाइएको छ ।
यस्तै अचम्मको घटना भारतको आगरामा देखिएको छ ।
भारतको आगरा स्थित फतेहपुरी सिकरी प्रहरी थानाका सुरक्षाकर्मीहरुले कपालबाट कोरोना सर्ने डरले सामूहिक मुण्डन गराएका छन् ।
गस्तीमा निस्केका सबै प्रहरीहरुले कपाल खौरिएको देखेपछि मानिसहरु चकित बनेका थिए ।
थानाका इन्चार्ज भुपेन्द्र सिंह बालियानका अनुसार, डाक्टरले कोरोना भाइरस कपालमा टाँसिने र त्यहाँबाट श्वास फेर्दा भित्र जान सक्ने बताएपछि हामीले मुण्डन गर्ने फैसला लिएका हौं । पुरै थाना यसमा सहमत भएपछि ७५ जनाले कपाल खौरिएका हौं ।
कपाल खौरिंदा भने सामाजिक दूरी कायम गरिएको उनले बताए ।
कपाल मुण्डन गराउनेमा प्रभारि निरिक्षक (इन्चार्ज)का अतिरिक्त क्राम अमित कुमार, नौ उपरिक्षक, १५ मुख्य आरक्षी र ४९ आरक्षी रहेका छन् । प्रहरीले कपाल खौरिनु प्रहरी प्रोटोकलविरुद्ध नभएको दावी गरेको छ ।
लामो कपाल राख्नु अनुशासन विपरित भएपनि कपाल खौरिनुबाट अनुशासन भंग नहुने उनीहरुको तर्क छ ।
माइत जान लागेकी श्रीमतीलाई रोक्न नसकेपछि डाँको छोडी रोए यी श्रीमान्! (भिडियोसहित)
काठमाडौंः श्रीमतीलाई माइत जानबाट रोक्न नसकेको भन्दै भारतमा एक जना डाकँो छोडी रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा पत्नी पतिसँग रिसाएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् । अनि सयौं कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रुन शुरू गर्छन् । यो भिडियो फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन । भिडियोमा देख्न सकिन्छ कि पत्नी रेलवे स्टेसनमा उभिइरहेकी हुन्छिन् । त्यही पति पुग्छन् र पत्नीलाई रोक्न खोज्छन् । उनले भन्छन्, ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु ।’ तर पत्नीले मान्दिनन् । उनले सम्बन्धविच्छेदको समेत कुरा गरेको भिडियोमा देख्न सकिन्छ ।
२ फीटका चिस्तीले गरे ६ फीट अग्ली युवतीसँग विवाह
काठमाडौंः पाकिस्तानका बुरहान चिस्ती मात्र दुई फीट उचाई भएका होचा-पुड्का हुन्। तर उनको प्रेम कहानीले भने प्रेमको अद्भुत उदाहरण नै प्रस्तुत गरेको छ । विभिन्न समयमा आफ्नो सामाजिक सक्रियताका कारण उसै पनि चर्चामा रहने चिस्तीले छ फीट अग्ली सुन्दरीसँग विवाह गरेपछि उनको चर्चा एकाएक चुलिएको छ । यस बेला पाकिस्तानमा उनको बिहेको भिडियो सामाजिक संजालमा ट्रेन्डिङ् भैरहेको छ । उनकी दुलही फौजिया निकै सुन्दर छिन् र उनको उचाई छ फीट छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने यो मागी विवाह नभएर प्रेम विवाह हो। उनको विवाह नर्वेको राजधानी ओस्लोमा भएको हो । उक्त विवाहमा १३ देशका मानिस बताइन्छ । चिस्तीलाई प्रेमले मानिसहरूले ‘बोबो’ भन्ने गरेको बताइएको छ । उनी नर्वेमा बस्छन् र बलिउड अभिनेता सलमान खानको बिइङ् ह्युमन अभियानका प्रतिनिधि रहेका छन् । तर बुरहान चिस्ती सामान्य होचा-पुड्का भने होइनन् । उनले २०१७ को ‘मोस्ट इन्स्पिरेसनल म्यान’ भन्ने पुरस्कार पाएका छन् । चिस्तीलाई सानैमा पोलियॊ भएको र उनि व्हील चेयरमा हिँड्ने गर्छन् । यस्काबब्जुद उनी साह्रै हिम्मतिला रहेको समचारहरूमा अएको छ । उनकी पत्नी फौजिया पाकिस्तानको पन्जाब प्रान्तकी हुन् । उनी निकै सुन्दर छिन् । सामाजिक संजालमा चिस्तीका प्रशंसक र मित्रहरूले उनीहरूकोजोदी निकै राम्रो भएको टिप्पणी गरेका छन् । अहिले चिस्तीले आफ्नो बिहेमा गरेको डान्स निकै भाइरल भैरहेको छ ।
कागलाई नेपालमा पूजा, अन्य देशमा मार्ने अभियान !
काठमाडौंः यम पञ्चकको पहिलो दिन भोलि काग पूजा । कागको पूजा गरी मीठो परिकार खान दिएर काग तिहार मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूत र सन्देश वाहकका रूपमा मानिन्छ, पुजिन्छ। काग तिहारका दिन यसको पूजा नगरी खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । तर हिन्दू धर्मावलम्बीले सम्मान गर्ने र पुज्ने कागलाई छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, अष्ट्रेलियालगायतका मुलुकमा भने हेयका दृष्टिले हेरिन्छ। यतिसम्मकि काग मार्ने अभियान नै चलाइन्छ। नेपालसँग मिल्दो धार्मिक र सांस्कृतिक अभ्यास भएको भारतको वन्यजन्तु संरक्षण ऐन १९७२ ले कागलाई रोग फैलाउने र मार्न मिल्ने पन्छीका रूपमा सूचीकृत गरेको छ। मलेसिया, सिंगापुर, अष्ट्रेलिया सहितका युरोपेली मुलुकमा कागको संख्या बढ्न नदिन सरकारले अभियान नै चलाउने गरेको नेपाल पन्छी संरक्षण संघ (बीसीएन) की प्रमुख कार्यकारी अधिकृत इशाना थापा बताउँछन् । ‘यस्ता देशमा फोहोरमैला बढाउने पन्छी भनेर काग चिनिन्छ, कसैले प्रशासनलाई कागले दुःख दिएको गुनासो गरेको खण्डमा तत्काल प्रशासनले संख्या नियन्त्रणका लागि कदम चाल्छ।’ उनी भन्छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
चितामा आगो लगाउनै खोज्दा लासको टाउको हल्लिएपछि, त्यसपछि भयो यस्तो विचित्र घटना
काठमाडौं, मानिसको जीवनका रहस्यहरु बुझि नसक्नु छन् । भाग्यवादमा विश्वास नगर्नेहरु पनि यस्तै घटनाका कारण विश्वास गर्न बाध्य बन्छन् । रुवावासीसँगै उसलाई जलाउन लागि चितामा लगियो । चितामा उसको लास राखियो । विधि विधानसँगै चितामा आगो लगाउने बेला आयो । आफन्तहरु डाँको छोडेर रोइरहेका थिए । आगो लगाउने बेला आयो, मुस्किलले ५–७ मिनेट, अनि पुरै खरानी बन्थे उनी । तर भइदियो उल्टो । आगो लगाउने तयारी गर्दै गर्दा अचानक चितामा सुतेका व्यक्तिको टाउको हल्लिन थाल्यो । मृतक व्यक्तिले यसरी टाउको हल्लाउँदा सबै तर्सिए । अनि भागाभाग चल्यो । तर केही समयपछि मानिसहरु मुटु बलियो बनाएर चितानेर आयो । यसको नाडी छामे । छाती स्पर्श गरे । जलाउन ल्याइएको व्यक्तिको श्वास चलिरहेको थियो । तत्कालै उनीहरुले ती व्यक्तिलाई नजिककै अस्पताल लगेर गए । पत्याउनु हुन्न होला, अहिले ती व्यक्ति सकुशल छन् । वन इन्डियाका अनुसार, यो घटना हो भारतको उडिसास्थित गंजाम जिल्लाको । त्यहाँ एकजना सीमांचक मल्लिक नामका मानिसको मृत्यु भएपछि आफन्त र परिवारजनले उसलाई घाटमा लगेर गएका थिए । ओडिशा के गंजाम जिले का है, जहां सीमांचक मलिक नामक शख्स को उसके परिजनों ने मरा हुआ मान लिया और अंतिम संस्कार के लिए श्मशान घाट ले गए। दरअसल सीमांचक मलिक शनिवार को अपनी भेड़( दिउँसोतिर गाईबाख्रा चराउन नजिकैको जंगलमा गएका सीमांचक साँझसम्म नफर्किएपछि उनको खोजी भयो । तर त्यो दिन उनी भेटिएनन् । अर्कोदिन बिहानै उनलाई एउटा रुखमुनि बेहोस अवस्थामा फेला पारियो । मानिसहरुले उनी मरेको सोचे । र श्मसान घाट लैजाने तयारी शुरु भयो । तर उनलाई मुखाग्नी दिन शुरु गर्ने बित्तिकै उनको टाउको हल्लिन थाल्यो । डाक्टरका अनुसार, सीमांचकलाई तीब्र ज्वरो आएको कारण उनी बेहोसीको अवस्थामा पुगेका थिए । उपचारपछि घर फर्केका सीमांचक अहिले सबै कुरा थाहा पाएपछि अचम्ममा परेका छन् । सीमांचककी पत्नीले भने डाक्टरलाई नदेखाई सोझै घाट लैजानु ठूलो गल्ती भएको बताईन ।
एउटा बाख्रो मर्दा कम्पनीलाई २.६८ करोडको नोक्सानी, सरकारलाई ४६ लाखको घाटा
काठमाडौं, जनावरको दुर्घटनाको समाचार त धेरै सुनिएका होलान, तर बाख्राका कारण कम्पनीले करोडौंको नोक्सानी ब्यहोरेको सुन्नु भएको छ ? तर यो साँचो समाचार हो । कोयला उत्पादन गर्ने महानदी कोलफिल्ड्स कम्पनीलाई एउटा बाख्राको मृत्यु निकै ठूलो सजाय बनेको छ । यो भारतको उडिसाको घटना हो । त्यहाँ सडक दुर्घटनामा बाख्रा मरेका कारण महानदी कोलफिल्ड्स लिमिटेडलाई २.६८ करोडको घाटा भएको हो । के हो त घटना ? भयो के भने एउटा कोइला परिवहन टिप्परले एउटा बाख्रा मारेपछि तनाव सिर्जना भएको थियो । बाख्राको मृत्यु भएपछि स्थानीय मानिसहरुले आन्दोलन शुरु गरे । स्थानीय महिलाहरुले क्षतिपूर्ति सहित आन्दोलन गरेपछि कम्पनीको काम ठप्प भयो । बाख्रा मारेकोमा ६० हजार रुपैयाँ क्षतिपूर्ति मागेका थिए । सोमबार बिहान ११ बजेदेखि काम ठप्प भएपछि कम्पनीको अहिलेम्म करोडौंको नोक्सानी भएको हो । साथै काम रोकिंदा सरकारी राजस्वमा समेत लाखौं घाटा भएको छ ।
थाइल्याण्डमा आश्चर्यचकित बौद्ध स्तुपा, बियरका बोतलबाट निर्मित
काठमाडौं । हामीले विभिन्न ठाउँका विभिन्न रोचक र अनौठा घटनाहरु सुन्दै र देख्दै आएका छौं । यस पृथ्वीमा केही प्राकृतिक रुपमै अनौठा र आश्चर्यचकित पार्ने स्थान छन् त केही मानव निर्मित । थाइल्याण्डमा यस्तै मानव निर्मित एउटा अचम्मको बौद्ध स्तुपा छ । सुन्दा पत्याउन मुस्किल हुन्छ । किनकी यो बौद्ध स्तुपा इट्टा, ढुंगा या सिमेन्टले बनेको छैन । बौद्ध स्तुपाको निर्माण बियरका खाली बोतलले गरिएको छ । स्तुपाको सबैतिरका पिलर समेत बियरका बोतलले नै बनाइएको छ । यस स्तुपालाई देखेर इन्जिनियर नै चकित हुने गर्छन् । यस बौद्ध स्तुपाको अवलोकन गर्न टाढा–टाढादेखि वर्षेनी लाखौंको संख्यामा मानिसहरु यहाँ आउने गर्छन् । थाइल्याण्डको शिशकेत प्रान्तमा रहेको यो स्तुपा बनाउनका लागि दश लाख बियरका बोतलको प्रयोग गरिएको बताइन्छ । यस बौद्ध स्तुपामा भिक्षु पनि बस्दै आएका छन् । खबर हबबाट साभार
वीर अस्पतालमा आर्थिक अनियमितताः निर्देशक सेञ्चुरीको मासिक खाजा खर्च पाँच लाख !
काठमाडौं । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्। अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ। स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँबराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन्। पाँच लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन्। ‘वीर अस्तपाल वरिपरि क्याफे हुँदाहुँदै माइतीघर किन जानुपर्यो। त्यसमा पनि अस्पतालभित्रै क्यान्टिन छ। त्यसैले माइतीघरको क्याफेबाट तयार गरेको बिल नक्कली हुन्,’ स्रोतले भन्यो, ‘अस्पताल प्रशासनले तयार गरेका केही बिलमा सार्वजनिक बिदाका दिन पनि खाजा खर्च भएको देखाइएको छ।’ यस विषयमा डा. सेञ्चुरीसँग जिज्ञासा राख्दा उनले केही ‘बदमास’ ले आफूविरुद्ध गलत प्रचार गरेको बताए। ‘अनियमिता भएकै छैन,’ उनले भने, ‘केही बदमासले गलत प्रचार गरिरहेका छन्।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
श्रीमानद्वारा आत्महत्या, शव दाबी गर्दै ७ श्रीमतीबीच झगडा !
यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो । आत्महत्यापछि शवमाथि अधिकारको ‘युद्ध: आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि अधिकार जतानका लागि सुरुमा त पाँच महिला अगाडि भए । समस्या त्यतिबेला निम्तियो जब यी सबैले मृतककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान्’ को जीवनमा अन्य कुनै महिला भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए । घण्टौंसम्म चलेको नाटक र झगडापछि मृतकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिलाले मृतक आफ्नो श्रीमान् भएको दाबी गर्दै पुलिस स्टेशन आइपुगे । समस्या सुल्झाउनका लागि पुलिसले प्रतिक्षा गर्नेः पुलिसलाई अन्य महिलाले पनि शवमाथि अधिकार माग्ने हो कि भनेर शंका छ त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृतक पवन कुमार ड्राइभर थिए । आर्थिक संकटसँग जुधिरहेका थिए पवनः पुलिसका अनुसार आइतबार राती पवनले विष सेवन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको मृत्यु भयो । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृतकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए र उनका धेरै साथी पनि नभएको अनुसन्धानमा पत्ता लागेको छ । मृतकको अकाउन्टमा जिरो ब्यालेन्सः सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियालाई भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं । जो महिलाले पवनलाई अस्पताल पुर्याएकी थिइन् उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन् तर उनले आत्महत्याको कुनै पनि कारण बताइनन् । शवको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’ पुलिस अधिकारीका अनुसार मृतक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे । एजेन्सी
एक हजार घुस लिएको आरोप लागेका कर्मचारीद्वारा आत्महत्या
काठमाडौंः एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन्। अख्तियारले पक्राउ गरेपछि ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएका रामहरि सुवेदीले आत्महत्या गरेका छन् । रिहा भएको एक सातामै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असार महीनामा रु एक हजार रकम लिँदै गरेको सीसी क्यामराको दृश्य अवलोकन गरी अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाई कार्यालयबाटै गत २२ साउनमा पक्राउ गरी थुनामा राखेको थियो । विगत २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ दिँदा ज्यानै गुमाउनुपरेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् ।
दार्चुलाकी एक महिलाले जन्माइन् तीन छोरी ! यस्तो छ अवस्था
दार्चुलाः नौगाड गाउँपालिका २ का २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माएकी छिन् । सोमबार बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसुति (बर्थिङ) सेन्टरमा बच्चा जन्माएकी हुन् । उनले एक महिना अघि नै तीन वटा बच्चा पाएकी हुन् । यसअघि धामीका एक छ वर्ष र अर्को ३ वर्षकी गरि दुई छोरी छन् । नौगाड सुरक्षित प्रसुति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घट्ना हो । तीनै छोरीको तौल औसतमा कम छ । पहिलो पटक जन्मिएको छोरीको २ किलो, तथा दुई छोरीको १ किलो २ सय ग्राम मात्र तौल रहेको छ । अहिलेसम्म आमा र शिशुको अवस्था सामान्य रहेपनि जोखिम भने रहेको स्वास्थ्यर्कीको भनाई छ । कम तौल तथा समयावधि अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा रहेको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताईन् । महिलाको तल्लो पेट दुख्ने तथा रक्तश्राप नरोकिएको कारण खतरामुक्त नरहेको ठगुन्नाको भनाई छ । सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिएको भए पनि परिवारले आर्थिक अभाव देखाउदै लगेको छैन् । ‘परिवारको आर्थिक अवस्था कमजोर छ, बाहिर लिन खर्च छैन,’ मानमतीका श्रीमान मानसिह धामीले भने, ‘स्वास्थ्यकर्मीले बिहानै बाहिर लैजान भनेपनि लैजान सकिएको छैन् ।’ नौगाड गाउँपालिकाका नायव सुब्बा नरेन्द्रसिह ठगुन्नाले महिला र नवजात शिशुको थप उपचारको लागि बाहिर लैजाने तयारी गरिएको बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर धामी र गेल्बुसिह बोहराले सुत्केरी महिलालाई एयरएम्बुलेन्समार्फत धनगढी लैजाने प्रक्रिया अगाडी बढाएको बताए । प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले ढिलो गरी महिला नवजात शिशुको बारेमा जानकारी आएको कारण तयारीमा ढिलाई भएको बताए ।
३३ दिनमा एक वर्ष हुने पृथ्वी
एजेन्सी । वैज्ञानिकले ३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो छ। त्यसैले यसको नाम ‘सुपर अर्थ’ राखिएको छ। यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको छ भन्ने युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले बताएका छन्। यो ग्रहका आफ्ना छुट्टै ताराहरू छन्। ती एकदमै नजिक पनि छन्। ती ताराहरूले यसको वरिपरि परिक्रमा गर्छन्। त्यसैगरी उक्त ग्रहले पनि आफ्नो एक चक्र पूरा गर्न ३३ दिन मात्र लगाउँछ। तर, हाम्रो पृथ्वीलाई सूर्यको एक चक्कर लगाउन तीन सय ६५ दिन लाग्छ। ‘सुपर अर्थ’ लाई परिक्रमा गर्न ३३ दिन मात्र लाग्नुको कारण यो आफ्ना ताराहरू भन्दा एकदमै नजिक छ। तिमीहरूलाई थाहा छ यो ‘सुपर अर्थ’ सन् २०१५ मा नासाको ‘केप्लर स्पेसक्राप्ट’ ले पहिलो पटक पत्ता लगाएको थियो। तर, यसबारे अहिले देखिएका केही तथ्यहरूले वैज्ञानिकलाई अचम्ममा पारेका छन्। त्यहाँ अहिले पत्ता लागेको तापक्रम, वातावरण र पानी सबै पृथ्वीसँग मिल्दोजुल्दो रहेका छन्। ग्रहको वायुमण्डलमा जलको वाष्पीकरणले त्यहाँ चट्टान र बरफ हुन सक्ने सम्भावना रहेको अनुमान लगाइएको छ।
टाउको सिङ उम्रिएपछि ७४ वर्षीय वृद्धको यस्तो हालत
सिङ भएको मानिस ! सुन्दै अचम्म लाग्ने। तर भारतमा यस्तो मामिला सामुन्ने आएको छ। भारतको मध्य प्रदेश राज्यको सागर जिल्लामा एक जना ७४ वर्षीय वृद्धको टाउकोमा चार इन्च लामो सिङ उम्रेपछि यसले सबैलाई चकित बनाइदिएको छ। सागर जिल्लाको पटना बुजुर्ग गाउँ निवासी ७४ वर्षीय श्यामलाल यादवले पांच वर्षदेखि टाउकोमा उम्रेको सिङ लिएर घुम्दै थिए। उनले हालै मात्र एउटा शल्यक्रियाका मध्यमले उक्त सिङ झिक्न लगाएका छन्। कसरी उम्रियो सिङ? श्यामलालका अनुसार उनको टाउकोमा पांच वर्ष पहिले निकै गहिरो चोट लागेको थियो। उपचारपछि घाउ त ठीक भयो तर केही दिनपछि उनलाई त्यस ठाउँमा किलो जस्तो टुटुल्को आएको जस्तो लाग्यो। छुँदा केही खरो लाग्ने त्यो चीज बढ्दै गयो र पछि प्रष्ट देखिन थाल्यो। उनले पछि पछि त्यो सिङको लम्बाई ५ इन्च जति भएको बताए। उनले भने, “त्यसपछि भने त्यो बढेन।” सिङ उम्रिएपछि श्यामलालले थुप्रै डाक्टरहरूलाई भेटे तर कसैले पनि यसको कारण के हो भनेर भन्न सकेनन्। उनलाई धेरैले देउता रिसाएर यस्तो भएको हुनसक्ने बताएपछि उनी झारफुकतिर पनि लागे। तर यसले उनलाई बिसेक गरेन। उपचारको लागि यस्तो निकालियो उपाय डाक्टरहरूले यसबारे अनभिज्ञता जनाएपछि र झारफुकले पनि फाइदा नभए पछि उनको परिवारका सदस्य निकै चिन्तित हुन थालेका थिए। उनी जति डाक्टरकहाँ जान्थे उनलाई देखेर अचम्म मान्थे। उनी भन्छन्, “यो दुख्न त दुख्दैनथ्यो तर देख्दा अर्कै लाग्थ्यो। ” श्यामलालले यसको एउटा उपाय निकाले। उनी जब जब कपाल कटाउन जान्थे, उनले नाउलाई सिङ पनि काट्न भन्थे। तर केही दिनपछि यो फेरी बढ्न थाल्थ्यो। धेरैले उनको खिल्ली उडाउँथे। कतिपयले त उनलाई अलच्छिन भन्थे भने कतिपयले उनी राक्षस भैसकेको भन्ने गर्थे। श्यामलाल भन्छन्, “मा दुःखी हुनु बाहेक केही गर्न सक्दैनथे।” उनी जति डाक्टर कहाँ जान्थे उनको अवस्था देखेर डाक्टरहरूलाई नै अचम्म लाग्थ्यो। केहीले त उनको उपचार निकै महँगो हुने भनेर पनि बताए। त्यसपछि उनी सागरको भाग्योदय तीर्थ नाम गरेको अस्पतालमा भर्ना भए। त्यहाँका डाक्टरहरूल;ए उनको जांच पश्चात शल्यक्रिया गराउनु पर्ने सल्लाह दिए। चिकित्सकहरूका अनुसार यस किसिमको समस्या एक लाखमा एक जनालाई हुने गर्छ। यसलाई डेभिल्स हर्न अर्थात शैतानको सिङ भन्दा रहेछन्। उनीहरूका अनुसार यस रोगको बारेमा पर्याप्त जानकारी अझै प्राप्त छैन। डाक्टरहरूले सिटी स्क्यान गरे पछि सिङको जराहरू बढी गहिरो नभएको पत्ता लाग्यो। शल्यक्रियापछि टाउकोमा भित्री क्षति नहुने भएपछि उनको उपचार थालियो र एक घण्टा लामो शल्यक्रिया पछि उनको टाउकोबाट सिङ झिकियो। के भन्छन् चिकित्सक? डाक्टर गजभिए को टोलीले श्यामलालको टाउकोबाट सिङ झिकेर त्यस ठाउँमा प्लास्टिक सर्जरीको माध्यमले छाला प्रत्यारोपण गरेका छन्। यसलाई सेबेसियस हर्न भनिन्छ। टाउकोमा रौँ उमार्नको लागि सेबेसियस ग्रन्थी प्रकृतिक रूपले रहेको हुन्छ। यसले एक प्रकारको तरल उत्सर्जित गर्ने गर्छ जसले गर्दा कपालमा चमक देखिन्छ। श्यामलालको टाउकोमा त्यो ग्रन्थि बन्द भएर तरल भित्रभित्रै जमेर सिङ आकारमा बाहिर आएको डाक्टर गजभिए ले बताए उनले आफूले यस मामिलालाई अध्ययन गरिरहेको र चाडैं यसबारे अन्तर्राष्ट्रिय जर्नलमा शोध आलेख प्रकाशित गर्ने बताए। । डाक्टर विशाल गजभिए यसलाई चिकित्सा विज्ञान क्षेत्रकै दुर्लभ घटना बताएका छन्। उनका अनुसार पहिला त सिङवाला मामिला नै दुर्लभ हो त्यसमा पनि पाँच इन्चको सिङ भएको मामिला चिकित्सा विज्ञानको इतिहासमा आजसम्म सुनिएको छैन । उनले भने, “यसमाथि शोध आलेख तयार पारेर चिकित्सा विज्ञानको पाठ्यक्रममा राख्न सिफारिस गरिनेछ।”
यी हुन २ सय बढी सर्पबाट आफुलाई टाेकाउने व्यक्ति, कारण अचम्मकाे छ
प्रत्येक पाँच मिनेटमा कतै न कतै कोही न कोहीको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रुपमा अपाङ्ग हुन्छन्। तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका अनुसन्धान गर्छन्। अमेरिकी राज्य विसकनसिनमा बस्ने टिम फ्रिडा त्यस्तै मध्ये एक हुन्। उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको भिडिओ खिच्छन् र युट्यूबमा अपलोड गर्छन्। तत्कालको दुखाइ कतिपय बेला आफूलाई विषालु जीवले डसेपछि कस्तो महसुस हुन्छ भन्ने कुरा टिम आफ्नो भिडिओमा व्याख्या गर्छन् एउटा त्यस्तै भिडिओमा, टिमले विषालु अफ्रिकी सर्प माम्बाले दुईपटक आफूलाई डसेपछि हातबाट बगिरहेको रगतको बेवास्ता गर्दै क्यामरा अगाडि बोलेका छन्। “ब्ल्याक् माम्बाले डसेपछि तत्काल दुख्छ। यो हजारौं माहुरीले एकैपटक टोकेजस्तै हो। माहुरीको टोकाइमा एक वा दुई मिलिग्राम विष हुनसक्छ तर माम्बाको टोकाइमा भने तीन सयदेखि पाँच सय मिलिग्रामसम्म विष हुनसक्छ।” त्यसपछि के भयो भन्ने पनि उनले बीबीसीलाई बताएका छन्। “त्यसपछि सुन्निन थाल्यो। त्यसपछिका केही दिन म थला परेँ। जति सुन्निएको थियो त्यो हेरेर सर्पले मेरो शरीरमा कति विष छोडेको रहेछ भनेर म अनुमान गर्न सक्छु। यो एकदमै पीडादायी छ।” खतरापूर्ण र अनैतिक तर उनका युट्युबका प्रशंसकजस्तै सबैजना अवाक हुँदैनन्। टिम फ्रिडाले आफ्नो शरीर सर्पको आक्रमण सहन सक्ने बनेको बताए लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका डाक्टर स्टुवार्ट एन्सवर्थ भन्छन्,”यी मानिसहरू के गर्छन् भन्ने हामीलाई थाहा छैन। यो खतरापूर्ण र अनैतिक हो। हामी उनीहरूसँग काम गर्दैनौं।” सर्पदंशको नयाँ र विश्वव्यापी उपचार खोज्ने प्रयास गरिरहेका संस्थाहरू मध्ये एउटा उनको पनि हो। सामान्यत: नयाँ खोपहरू मुसा वा अन्य जनावरमाथि प्रयोग गरिन्छ र सुरक्षित पाइएपछि मात्रै एउटा नियन्त्रित वातावरणमा मानिसमाथि परीक्षण गरिन्छ। “धेरै नियमन नगरिने भएकोले मानिसहरू आफैँ खोप लगाउँछन्। तर यो अभ्यासले ज्यानै पनि जानसक्छ। मानिसले यसो गर्न हुँदैन,” डाक्टर एन्सवर्थले भने। तर विश्वभरको फर्मस्यूटिकल उद्योगमा, एन्टी भेनम भनिने सर्पदंश लगायत विषालु जीवको टोकाइमा प्रयोग गरिने औषधीको अनुसन्धानका लागि ठोस मार्ग निर्देशन उपलब्ध छैन्। नयाँ खोप पत्ता लगाउने वैज्ञानिक अभियानको नेतृत्व गरिरहेको एउटा संस्था ब्रिटेनस्थित वेलकम ट्रस्टका अनुसार “उत्पादन, सुरक्षा वा अपेक्षित परिणामसम्बन्धी साझा मापदण्डहरू छैनन्।” घातक जोखिम सामाजिक सञ्जालमा फलोअर्स बढाउनका लागि आफ्नो ज्यान खतरामा पारेको भन्ने धारणालाई फ्रिडा अस्वीकार गर्छन्। “म युट्युब भिडिओ बनाउनका लागि यो गरिरहेको छैन – म मानिसहरूको ज्यान बचाउन चाहन्छु र परिवर्तन ल्याउन चाहन्छु। मैले अहिले काम गरिरहेका डाक्टर खोज्नका लागि मात्रै युट्युब प्रयोग गरेको हुँ। त्यो जुवा खेले जस्तै थियो। त्यसले काम गर्यो,” उनले भने। टिम फ्रिडाले आफूले करिब दर्जन पटक जति मृत्यु छलेको बताएका छन् सर्पका तीन हजार प्रजाति मध्ये करिब दुई सयमा मात्रै कडा विष हुन्छ जसले मानिसलाई अपाङ्ग बनाउन वा ज्यानै लिनसक्छ। फ्रिडा त्यस्ता धेरै सर्पसँग परिचित छन्। चाहे त्यो गोमन होस् वा भाइपर होस् वा माम्बा। उनले विगत दुई दशकमा दुई सय भन्दा बढी सर्पको डसाइ सहेका छन्। त्यो भन्दा बाहेक उनले ७ सय भन्दा बढी पटक आफ्नो शरिरमा विष प्रवेश गराएका छन्। सर्पले टोक्दा शरीरमा प्रवेश गर्ने विषको मात्रा उल्लेख्य रूपमा फरक पर्ने गरेको छ। कुनै बेला सर्पले डस्दा शरीरमा विष नै जाँदैन त्यही भएर सुइको माध्यमबाट विष दिने मात्रालाई नियमन गर्ने तरिका पनि हो। फ्रिडा भन्छन्, “ब्ल्याक् माम्बा जस्तो सर्पको विष तपाईँ पूर्ण रूपमा प्रतिरोध गर्न सक्नुहुन्न भने त्यसले स्नायु प्रणालीमा असर गर्छ। जसले गर्दा डायफ्रायाम भनिने छातिलाई शरीरको तल्लो अङ्गबाट अलग गर्ने मांसपेशी कक्रक्क पर्छ र तपाईँले सास फेर्न सक्नुहुन्न, तपाईँको आँखा बन्द हुन्छ र तपाईँ बोल्न सक्नु हुन्न र तपाईँ विस्तारै हलचल गर्न सक्नुहुन्न अनि पक्षघात हुन्छ। यसले हाम्रो केन्द्रीय स्नायु प्रणालीलाई असर गर्दैन त्यही भएर मृत्यु नहुनजेलसम्म तपाईँले सोच्न भन्ने सक्नुहुन्छ।” गोमनको डसाइ भयानक हुन्छ फ्रिडाले आफ्नो घरको पछाडिको भागमा थुप्रै विषालु सर्पहरू राखेका छन् र तिनीहरूको डसाइ आफैँमाथि परीक्षण गराइरहेका छन्। ब्ल्याक् माम्बा विश्वकै एउटा घातक सर्प हो – यो सर्पको डसाइले मानिसको ३० मिनेटमै ज्यान जानसक्छ “म सँग अफ्रिकाको पानी गोमन छ। यसको टोकाइ निकै भयानक हुन्छ। त्यो एकदमै कठिन र एकदमै डरलाग्दो अनुभव थियो।” पानी गोमनको विषमा न्यूरोटोक्सिन हुन्छ जसले स्नायु कोषलाई असर गर्छ। “अरू गोमन सर्पहरूमा साइटोटोक्सिन हुन्छ जसले र्याटल स्नेक प्रजातिको सर्प जस्तै कोषहरू मारिदिन्छ। गोमनले औंला वा हात नै सम्म पनि निकाल्न सक्छ।” फ्रिडा विषको कम मात्रा लिदैँ शरिरमा प्रतिरोधी प्रणाली विकास गर्ने सिद्धान्त अनुसार काम गर्छन् तर उनको यो काम गर्ने तरिकाको धेरै आलोचना भएको छ। प्रतिरोधी क्षमताको विकास अहिले हामीसँग भएको उपचार विधिमा पनि यस्तै उपाय अवलम्वन गरिएको छ तर जनावरहरूको प्रयोग गरिन्छ। सर्पसँग मानिसहरू डराउने भए पनि कतिपय संस्कृतिमा यसलाई पूजा गरिन्छ एन्टी भेनमको उत्पादन गर्ने पद्धतिमा १९ औं शताब्दी यता नै परिवर्तन भएको छैन। सुइमार्फत थोरै मात्रामा भेडा र घोडालाई विष दिइन्छ। र त्यसपछि एन्टीबडिज भनिने रोगहरूसँग लड्ने रगतमा उत्पादन हुने एक किसिमको प्रोटिनलाई ती दुवै जनावरबाट संकलन गरिन्छ। “हामीसँग मलाई मार्न चाहने जीवहरू छन् तर म मर्न चाहन्नँ। त्यसैले म स्वयम् घोडा बनेको हुँ। हामी किन आफैँ आफ्नै रोगसँग लड्ने क्षमता बन्न सक्दौनौं?” फ्रिडा प्रश्न गर्छन्। पहिला ट्रक चालक रहेका ५१ वर्षीय फ्रिडा कहिल्यै विश्वविद्यालय गएनन्। कुनै पनि विषालु जीवका कारण मर्न सकिन्छ भन्ने डरले उनलाई लगभग २० वर्षदेखि यस्तो अस्वभाविक काम गर्न प्रेरित गरिरहेको छ। उनले सुरुमा माकुरा र बिच्छीलाई टोकाएर यस्तो प्रयोग सुरु गरे। त्यसपछि गोमन र कोपरहेड नामका विषालु सर्पलाई प्रयोग गरे। “मैले यो ग्रहमा भएका सबै किसिमका विषालु सर्पबाट आफूलाई टोकाएको छैन। जुनले छिट्टै ज्यान लिनसक्छ त्यसलाई मात्रै छानेको छु।” सर्पले टोकेको घाउको थुप्रै चोट उनको जिउमा छ र उनी त्यसरी टोकाउँदा मृत्युको नजिकसम्म पुगेका छन्। तैपनि कुनै चिकित्सकको सुपरिवेक्षण बिना सर्पलाई टोकाएकामा उनी खुसी छन्। “करिब १२ पटक मलाई निको हुन निकै गाह्रो भयो। पहिलो वर्ष मैले अनुसन्धानका लागि दुईवटा गोमनलाई टोकाएपछि अस्पतालमै भर्ना हुनुपरेको थियो। तपाईँले सिकाइको त्यो चरण पार गर्नैपर्छ। विश्वमा यसबारे सिकाउने कुनै चिकित्सक वा विश्वविद्यालय छैन।” रोग प्रतिरोधी क्षमता दोबर चिकित्सा परीक्षणले उनले अपनाएको विधिले काम गरिरहेको देखाएपछि उनको आत्मविश्वास वृद्धि भएको छ। सर्पदंशको उपचारमा प्रयोग गरिने एन्टी भेनम एकदमै महङ्गो हुन्छ र त्यसले एलर्जी पनि हुन्छ “अरूको तुलनामा मेरो जिउमा विषसँग लड्न सक्ने दोबर संख्यामा एन्टीबडिज छन्। प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि गरेको हो,” उनले दाबी गरे। करिब दुई वर्षअघि, टिम फ्रिडाको युट्युब भिडिओहरूले इम्युनोलोजिष्ट भनिने रोग प्रतिरोधि क्षमता विकासमा काम गर्ने विशेषज्ञ ज्याकोब ग्लानभिलको ध्यान तान्यो। ग्लानभिलले विषको औषधी उत्पादन गर्ने आफ्नै कम्पनी खोल्नका लागि फाइजर नामक एउटा ठूलो औषधी निर्माता कम्पनीको प्रमुख वैज्ञानिकको पद छोडेका थिए। “टिमले जे गरे त्यो असाधारण छ तर यो एकदम खतरनाक छ र त्यस्तो गर्न म कसैलाई पनि सुझाउँदिन,” ग्लानभिलले भने। नयाँ किसिमको एन्टी भेनम बनाउनका लागि कम्पनीले फ्रिडाको रगतको नमुना लिएको छ। बेवास्ता गरिएको रोग विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष ५४ लाख मानिसहरूलाई सर्पले डस्छ। मृत्यु हुनेको सङ्ख्या ८१ हजारदेखि एक लाख ३८ हजार सम्म भएको आकलन गरिएको छ। अन्य चार लाख भन्दा बढी स्थायी रुपमा अपाङ्ग बन्छन् जसले उनीहरूको जीवनलाई कष्टकर बनाउँछ। विश्व स्वास्थ्य सङ्गठनले सर्पदंशलाई बेवास्ता गरिएको ट्रपिकल रोगको रूपमा राखेको छ तर सन् २०१७ अघिसम्म विश्व स्वास्थ्य सङ्गठनले सर्पदंशलाई बेवास्ता गरिएको ट्रपिकल रोगको रूपमा राखेकै थिएन्। प्रत्येक वर्ष, सेप्टेम्बर १९ तारिखमा सर्पदंशको जनचेतना जगाउने दिवसको रुपमा मनाइन्छ। एशिया, अफ्रिका र दक्षिण अमेरिकाका ग्रामीण समुदायमा रहेको सर्पदंशको समस्यालाई सार्वजनिक सम्बोधन गर्न यो दिवस मनाइन्छ। यी समुदायले अझै पनि आधुनिक स्वास्थ्य सेवाबाट पूर्ण रुपमा फाइदा लिन सकेका छैनन्। धेरै देशमा भण्डारण गर्ने समस्या सहितका विभिन्न कारणले एन्टी भेनम प्रभावकारी देखिदैँन। कतिपय एण्टी भेनमले कुनै एक खास प्रजातिको सर्पमा मात्रै काम गर्ने र अरू प्रजातिको सर्पले टोक्दा परिणाम नदिने गरेको पाइन्छ। मुसा यो वर्ष मे महिनामा, वेलकम ट्रस्टले नयाँ उपचार प्रणाली विकास गर्न र एन्टी भेनमलाई प्रभावकारी बनाउनका लागि १० करोड डलरको कोष स्थापना गर्ने घोषणा गरेको छ। एण्टी भेनम बनाउनका लागि जनावरको प्रयोग गरिन्छ अन्य थुप्रै सङ्गठनले पनि सुरक्षित र किन्न सकिने खालको औषधी विकास गर्न खोजी रहेका छन्। ग्लानभिलसँग गरिएको सम्झौताबाट उनीहरूले नयाँ औषधीको खोजी गर्न सके त्यसबाट फ्रिडाले उल्लेख्य मात्रामा पैसा कमाउन सक्छन्। “तपाईँले पैसाका लागि सर्पलाई डसाउनु हुन्न। तर यदि हामीले त्यस्तो खोप बनाउन सक्यौं भने त्यसले थुप्रै पैसा ल्याउँछ। मसँग वकिल छन् र म सँग हस्ताक्षर गरिएको सम्झौता छ,” फ्रिडाले भने। ग्लानभिल आउँदा परीक्षणबारे उत्साहित छन्। “यो अनुसन्धान एकदमै टाढा छ – हामी मुसामा परीक्षण सुरु गर्न लागेका छौं।” आफूले एउटा प्रयोजनको लागि अति खतरा मोलेको फ्रिडा बताउँछन्उद्देश्यसहितको अतिवाद आफ्नो अपरम्परागत प्रयासका लागि ग्लानभिल र फ्रिडाले वैज्ञानिक वृत्तबाट ठूलो आलोचना झेलिरहेका छन्। तर पनि उनीहरूले आफ्नो अनुसन्धानको सशक्त बचाउ गरिरहेका छन्। ग्लानभिल भन्छन्, “हामीले स्वस्थ्य अनुसन्धानको आचारसंहितालाई ध्यानपूर्वक सम्बोधन गरेका छौ। हामीले अरू चीजका कारण रहेका जोखिम, कार्यस्थलमा हुने चोटपटक, एसआइभी यस्तै ढाँचाबाटै अध्ययन गरेका हौँ। फ्रिडा आफूले रोजेको बाटो अरूका लागि सजिलो नभएको बताउँछन् तर उनी परिणाम आउनेमा आशावादी छन्। “मेरो अतिवाद पछाडि एउटा प्रयोजन छ। मैले एउटा सर्वसुलभ र एउटै उपचारको खोजीमा आफैँलाई प्रयोग गरेको छु।” बिबिसी नेपालीबाट
अचम्मका व्यक्ति, खुलेआम बिना हेल्मेट घुम्छन्, ट्राफिकले पनि केही गर्न सक्दैनन्
नयाँ दिल्ली । भारतमा नयाँ परिवहन नियम लागू भएपछि त्यसले कैयन व्यक्तिलाई समस्यामा पारेको छ । कतिपय स्थानमा निकै चर्को जरिवाना तिर्नुका साथै जेल जाने अवस्था समेत सिर्जना भएको छ । अहिले दिल्लीदेखि पञ्जाब र उत्तरप्रदेशदेखि दक्षिणका राज्यहरुमा नयाँ नियम कडाईका साथ पालना गरिएपछि चौतर्फी आतंक नै फैलिएको छ । तर ट्राफिकले जति कडाई गरे पनि एकजना व्यक्तिलाई भने कसैले केही गर्न सक्दैनन् । उनी हेल्मेट नै नलगाई जान्छन् । प्रहरीले रोक्छन् तर कार्वाही गर्नुको साटो उल्टै आफ्नो टाउको पिट्न थाल्छन् । किन यस्तो भयो त ? गुजरातका जाकिर मेमन अहिले प्रहरीका लागि टाउको दुखाईका विषय बनेका छन् । गत केही दिन उनलाई प्रहरीले रोक । किन हेल्मेट नलगाएको भनेर सोधे तर जाकिरले उल्टै प्रहरीलाई भने– कसले भन्यो र नलगाउने भनेर ? मेरो टाउकोको साइजको हेल्मेट ल्याइदिनु न । उनी अरु सबै कागजात बोकेर हिंड्छन् तर उनको टाउकोको साइजको हेल्मेट बजारमा नपाइने भएकोले हेल्मेटका लागि भने केही गर्न सक्दैनन् । प्रहरीले सोधेको जवाफमा उनले भन्छन– धेरै पसलमा जाँदा पनि मेरो साइजको हेल्मेट पाइन्न । अनि मैले के गर्ने ? नियम पालना नै गर्ने हो भने मलाई मेरो जत्रै हेल्मेट खोजिदिनु । मैले ड्राइभ नै नगर्ने भन्ने त हैन होला नि ? नयाँ मोटर परिवहन नियम अुनसार हेल्मेट नलगाई यात्रा गरेमा एक हजार भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । केही समय अगाडि त दिल्लीका एकजना युवालाई बाई चलाएको बेला गीत सुनेको आरोपमा समेत जरिवाना काटिएको थियो ।
संसारको ‘सबैभन्दा ठूलो’ उभयचर पत्ता लाग्यो, हेर्नुस् यस्तो छ
काठमाडौंः भर्खरै छुट्टै प्रजाति भएको पत्ता लागेको एउटा जीव संसारकै सबैभन्दा विशाल उभयचर भएको हुन सक्ने आधार फेला परेको छ । सङ्ग्रहालयमा राखिएका नमुनाहरूबाट सङ्कलित डीएनएको अध्ययनपछि साउथ चाइना जाइअन्ट स्यालम्यान्डर नामक उक्त जीव जल तथा थल दुवै ठाउँमा बस्ने ठूलो प्राणी हुन सक्ने देखिएको हो । झन्डै दुई मिटर लामो हुने उक्त जीवलाई प्राकृतिक वासस्थानमा अतिसङ्कटापन्न मानिन्छ । वैज्ञानिकहरूले उक्त जीवलाई लोप हुन नदिन परिष्कृत प्रयास गरिनुपर्ने बताएका छन् । चीनमा मासुका लागि ती भीमकाय छेपारालाई मारिने भएकाले तिनको सङ्ख्या ह्वात्तै घटेको छ । पहिला भीमकाय स्यालम्यान्डरको एउटा मात्र प्रजाति भएको भन्ठानिन्थ्यो । तर जीवित तथा मृत नमुनाको सङ्कलन गरेपछि चीनका विभिन्न स्थानमा तीनवटा प्रजाति भएको पत्ता लाग्यो । तीमध्ये साउथ चाइना जाइअन्ट स्यालम्यान्डर सबैभन्दा ठूलो छ। अनुसन्धानकर्ताहरूले यो अहिले जीवित उभयचरमध्ये सबैभन्दा ठूलो प्रजाति हुन सक्ने बताएका छन् । जूअलजिकल सोसाइटी लन्डनका प्राध्यापक स्याम्यूअल टर्भेका अनुसार प्राकृतिक वासस्थानमा ती जीवको सङ्ख्या अत्यासलाग्दो गरी घटेको छ । ती जीवको प्रजातिगत विविधताबारे यो नयाँ ज्ञानले तिनको संरक्षणमा सहयोग पुग्छ भन्ने आशा भएको उनले बताए । ‘तर जीवित भीमकाय स्यालम्यान्डरको सङ्ख्या जोगाउन आकस्मिक उपाय चाहिन्छ ।’ यो अनुसन्धानकर्तामा सहभागी भएकी उक्त सङ्ग्रहालयकी मेलिसा मारले ती प्रजातिको आनुवंशिक शुद्धता कायम हुने हुनेगरी संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्ने बताइन् । ‘चाइनिज जाइअन्ट स्यालम्यान्डरलाई जोगाउन तत्काल हस्तक्षेप गर्नुपर्ने बेला भएको बेला यी तथ्यहरू पत्ता लागेका छन्,’ उनले भनिन् । चाइनिज जाइअन्ट स्यालम्यान्डर के हो? कुनैबेला चाइनिज जाइअन्ट स्यालम्यान्डर मध्य र पूर्वी एशिया तथा दक्षिणी चीनमा पाइन्थ्यो । केही दशकयता सो जीवको दोहन गर्ने क्रम बढेको छ । त्यसको मासुको विलासी खाद्य बजारमा ठूलो माग छ । मासुको माग पूरा गर्न छेपारोजस्तै देखिने उक्त जीव व्यावसायिक रूपमा पाल्न थालिएको छ । त्यसो गर्दा सरुवा रोग तथा अवैध सिकारका कारण जङ्गली स्यालम्यान्डर पनि खतरामा पर्छन्। अनुसन्धानमा के पत्ता लाग्यो ? वैज्ञानिकहरूले सङ्ग्रहालयमा भएका नमुनाको आनुवंशिक इतिहासको अध्ययन गरे । निकै प्राचीन मानिएको उक्त जीवलाई ‘जीवित जीवावशेष’ मानिन्छ । लन्डनस्थित चिडियाखानमा राखिएको चाइनिज जाइअन्ट स्यालम्यान्डर एउटा अस्वाभाविक जीव भएकाले सन् १९२० को दशकमा पहिलोचोटि त्यो छुट्टै प्रजाति भएको मत व्यक्त गरिएको थियो । अनुसन्धान टोलीले सङ्ग्रहालयमा राखिएको सोही जीवको संरक्षित शरीरको अध्ययन गरेर नयाँ प्रजातिका स्वभावको वर्णन गरेका हुन् । यो अनुसन्धान इकलजी एन्ड एभल्यूशन जर्नलमा प्रकाशित भएको छ । (बीबीसी)