लु सुनको कथा: क्रान्तिकारीको रात
रात गहिरो थियो। गाउँको कुनामा रहेको सानो टहरामा एक टुकीको मधुरो उज्यालो बलिरहेको थियो। त्यो टहरामा बसेका थिए, स्याओ चेन, एक जवान क्रान्तिकारी। उसको अनुहारमा थकान थियो, तर आँखामा आगोको ज्वाला। ऊ रातभर कागजमा केही लेख्दै थियो– क्रान्तिको सन्देश, जसले गाउँका मानिसहरूको मनमा आशा जगाउन सक्थ्यो।
स्याओ चेन गाउँको साधारण परिवारमा जन्मिएको थियो। उसका बा-आमा किसान थिए, जसले वर्षौंदेखि जमीन्दारको खेतमा पसिना बगाएका थिए। तर स्याओ चेनले सधैं प्रश्न गर्थ्यो, “हाम्रो पसिनाको फल किन हामीले पाउँदैनौं?” स्कूलमा पढ्दा उसले किताबहरूमा स्वतन्त्रता र समानताको कुरा पढ्यो। ती शब्दहरूले उसको मनमा आगो सल्कायो। उसले गाउँमा फर्केर मानिसहरूलाई बुझाउन थाल्यो, “हामीले यो अन्याय सधैं सहनुपर्दैन। हामीले लड्नुपर्छ!”
तर गाउँलेहरू डराउँथे। “जमीन्दारसँग लड्ने? त्यो त मृत्युको बाटो हो,” उनीहरू भन्थे। स्याओ चेनलाई यो डरले कहिल्यै रोकेन। ऊ रात-रातभर गाउँका जवानहरूसँग भेट्थ्यो, उनीहरूलाई एकजुट हुन सिकाउँथ्यो। उसले लेखेका पर्चाहरू गाउँका पर्खालहरूमा टाँसिन्थे, जसमा लेखिएको हुन्थ्यो– “जाग! आफ्नो हकको लागि लड!”
त्यो रात, स्याओ चेनलाई थाहा थियो, जमीन्दारका मानिसहरू उसको पछि लागेका छन्। गाउँमा उसको बारेमा कुरा फैलिसकेको थियो। उसका साथीहरूले भने, “स्याओ चेन, भाग! तँलाई पक्रेर मार्छन्!” तर उसले हाँस्दै भन्यो, “भागेर म कसरी क्रान्तिको कुरा गर्छु? यो त मेरो गाउँ हो, म यहाँ लड्छु।”
रातको अन्तिम पहरमा, टहराको ढोका ढकढकायो। स्याओ चेनले आफ्नो लेखेको पर्चा लुकायो र ढोका खोल्यो। त्यहाँ जमीन्दारका गुन्डाहरू उभिएका थिए, हातमा हतियार बोकेर। “स्याओ चेन, अब तँ सकियौ!” एकजना गुन्डाले चिच्यायो।
स्याओ चेनले शान्त स्वरमा भन्यो, “तिमीले मलाई मार्लान्, तर मेरो विचारलाई मार्न सक्दैनौ। यो गाउँ एकदिन जाग्नेछ।”
त्यो रात, स्याओ चेनलाई समातेर लगियो। भोलिपल्ट बिहान, गाउँको चौरमा उसलाई फाँसी दिइयो। गाउँलेहरू चुपचाप हेरिरहेका थिए। कोही-कोहीको आँखामा आँसु थियो, कोही डरले थरथर काँपिरहेका थिए। तर त्यो दिनपछि, गाउँमा केही परिवर्तन आयो। स्याओ चेनका पर्चाहरू गाउँका पर्खालहरूमा फेरि देखा परे। जवानहरू रात-रातभर भेट्न थाले। उनीहरूले स्याओ चेनको सपना बोकेर लड्ने बाचा गरे।
स्याओ चेनको मृत्युले गाउँमा क्रान्तिको बीउ रोप्यो। उसको बलिदानले मानिसहरूलाई बुझायो– डरले होइन, साहसले स्वतन्त्रता जितिन्छ।
कथा: जनकार्वाही
पुण्यप्रसाद खरेल ‘उदानेलाई आज पनि मातेर रल्लिंदै, सडकमा तथानाम बोल्दै गरेका बेलैमा भेट्टाएछन् नि क्रान्तिकारीले ⁄’ यो हल्ला बस्तीमा चैतको हावासरी हुनहुनाएर पस्यो । केटाकेटीदेखि बुढाबुढीसम्म सबैका आ“खा तल्तलाए । ‘फलानालाई सय भाटा र ढिस्कानालाई डेढ सय भाटा’का हल्ला त प्लेगझै“ फैलिएको थियो । सबैको विश्वास थियो– ‘आज उदानेले पनि कतिसय भाटा भेट्छ । मार्न चाहि“ पक्कै पनि मार्दैनन्’ भन्नेमा ढुक्क थियो बस्ती । धर्ममा विश्वास गर्नेहरू भन्थे– ‘कलीले व्याप्त भ’र सर्वनाश हुन आ“टेको छ मान्छे जति ⁄ यस्ता बेला कल्की औतार लिएर आएजस्ता छन् यी …’ कोही भन्थे– ‘रक्स्याहालाई, बाह्रमासेलाई यिनीहरूले मात्र तह लाउने परे । पुलिस त पैसा उठाउ“छ, अझै खाऊन् अझै खेलून् झैं ठान्छ ।’ कोही भन्थे– ‘घरमा सा“ढे भए । अनि अर्काका छोरीचेलीमा आ“खा लाउ“दै हिंडे । ठीक पारे है क्रान्तिकारीहरूले ⁄’ अथवा गाउ“लेहरू सबै नै ल्याप्चे ठोक्थे क्रान्तिकारीहरूका यस्ता कामहरूको खबरमा । ‘ठीक पारे ⁄ .. ठीक छ ⁄ … ठीक छ ⁄⁄⁄ …’ भन्थे गाउ“लेहरू । कसले दुईटी स्वास्नी ल्याएको छ, कसले घरमा स्वास्नीलाई अलिक दमन गरेको छ, कसले लुकीचोरी अर्काका छोरी–चेली, स्वास्नीमा आ“खा लगाएको छ, कसले तासमा समय बर्बाद गरेको छ, को रक्सी–रण्डीमा लाग्छ, को गाउ“का सोझासिधा किसानलाई मह“गो ब्याजमा पैसा लगाएर शोषण गर्छ, को जाली–झेली कीर्ते काम गरेर गाउ“बासीलाई रुवाउ“छ, त्यस्तालाई क्रान्तिकारीले कार्बाही गर्दै जिल्लै–देशै थर्कमान पारेको बेलामा यहा“ यस सानो बस्तीमा पनि त्यसको प्रभाव आउनु कुनै अचम्म थिएन । उदानेकी स्वास्नी त बेला–बेला दुःख पोख्थी– ‘आउनू नि हौ हाम्रा गाउ“मा पनि तिनेरु ⁄ …. यस … लाई दसबीस भाटा लाउनू ⁄ अलिक त यो ‘कुकुरको मुत’ खान छाड्थ्यो कि ⁄ ….’ तर उदाने स“गस“गै जवाफ लाउ“थ्यो– ‘हात लाउन् त मेरा जिउमा ? तिनेर्को के खाइद्या छ ? … धेर बक्बक् नगर कालुड्डेकी आमा ⁄ … तेरा ड“ढेल्नाले दुःख पाउला ⁄ …’ भन्दा नभन्दै एक महिना जति अघि आएर– कान समाउन लाएर, आइन्दा खान्न भन्ने पारेर गएथे उदानेलाई । तर उसले फिटिक्कै टेरेन । एकदिन पनि छाडेन । उसरी नै खाइरह्यो । आज फेरि पक्राउ प¥यो । अब आज साह्रो पार्छन् । छाला उक्काउन बेर लाउ“दैनन् । क्रान्तिकारीले गाउ“लेलाई भेला गराए चौरमा । उदान सिंलाई हात पछाडि बा“धेर उभ्याए बीचमा । घेरा लाए छापामारहरूले वरिपरि र बाहिर बसाए गाउ“लेलाई र सोधपूछ गर्न लागे– ‘एक महिनाअघि चेतावनी दिएको बेला आइन्दा नखाने भनेर मानेको होइन ? …’ छापामार युवाले प्रश्न गरे । ‘हो ⁄ …’ पक्राउ परेको उदानेले न दप्कीकन उत्तरमा भन्यो । ‘किन फेरि खाएको त ?’ … छापामारले फेरि प्रश्न गरे । ‘खाउ“ खाउ“ लाग्यो ⁄ … खाए“ ⁄ … हामी खाने नै जात हो ⁄ … आनै पैसाले खाए“ ⁄ …’ उदानेले कुनै ख्याल नगरीकन जवाफमा बोल्यो । उदाने अन्नाजी पैंतीस छत्तीस वर्षको जस्तो देखिन्थ्यो । उसलाई चौरका माझमा हात पछाडि डोरीले बाँधेर उभ्याइएको थियो । उसका आँखा राताराता देखिन्थे । उभिएको ठाउँमा जिउ थाम्नका लागि सन्तुलन मिलाउन गरेको कोसिस हेर्दा ऊ मातेको कुरामा कुनै शंका थिएन । तीन चार बलिया बलिया अठार बीस वर्षे युवाहरू उसलाई बयान लिइरहेका थिए । सय, सवा सय जति त गाउ“लेहरू पनि भेला भएका थिए । तर उनीहरू कसैले ती युवालाई को हुन् ? कहा“बाट आएका हुन् ? चिनेका थिएनन् । सोधेका पनि थिएनन् । गाउ“लेहरूले चिनेका एकैवटा युवा पनि त्यहा“ थिएनन् । ‘उनीहरू क्रान्तिकारी हुन्’ सबैको अनुमान यत्ति हो । अहिलेको व्याप्त हल्लाले यस्तो दृश्य देख्नेबित्तिकै मान्छेहरू ठोकेर भनिहाल्थे– ‘ती क्रान्तिकारी हुन् ⁄’ गाउ“लेहरू बाहिरपट्टि घेरा हालेर उभिएका थिए । ‘अब के गर्ने हुन् नि ⁄ … सबैका अनुहारमा यही त्रास थियो । टाढा टाढाबाट करिब एक वर्ष अघिदेखि नजिकिंदै नजिकिंदै आएको हल्लाको प्रभाव यस्तो थियो कि त्यहा“ कसैले बोल्नु, प्रतिवाद गर्नु हु“दैन । ‘बोल्यो कि ज्यान गयो’ हुन्छ । ‘क्रान्तिकारी’हरू यस्तो शिकार हान्छन् मानौं उनीहरू बाघ हुन् । बाघले झम्टिएपछि शिकार मार्न उसले दोहो¥याउनु पर्दैन रे ⁄ उनीहरू चुनीचुनीकन पक्रन्छन् । पक्रिएपछि पक्रिए पक्रिए । अब दुःख–पुकाराका, माफीका कुनै शब्दकोष छैनन् उनीहरूस“ग । प्रभाव यही हो हल्लैहल्लैमा आएको । उदाने बीचमा थियो । उसलाई बयान लिइ“दै थियो । बयान लिने छापामारका साथमा गाउँलेहरूबाट अपरिचित तीन चार युवाहरू थिए । त्यस बाहिर घेरा लाएर बीस पच्चीस जति रुमालले मुखनाक छोपेका कम्ब्याट लुगा लगाएका मिलीटरी जस्ता देखिने आँखामात्र देखाएका केटाहरू–केटीहरू थिए । धेरैजसो घ“गारुका लाठी र खुकुरी बोकेका, दुई जनाले राइफल बोकेका, दुई जनाले पिस्तोल भिरेर लाठी बोकेका थिए । त्यस यता दुईचार हात जमिन छोडेर गाउँलेहरू वरिपरि थिए । पक्राउ परेको मान्छेकी श्रीमती पनि थिइन् जमातमा । भन्दैथिन्– ‘दुईचार भाटा लाएर छोडिदिए अलिक तह लाग्थे कि ⁄ दिनहु“ रक्सी खाएर हामीलाई नर्र्कैमा हाले ⁄ …’ ‘अबदेखि खाने कि नखाने ? …’ छापामारले सोधे । ‘खाउ“ खाउ“ लाग्यो भने खाने । लागेन भने नखाने…’ उसले भन्यो । ‘खान्छु ⁄ … खान्छु ⁄ … आनै पैसाको खान्छु ⁄ कसैको लुट्तिन, कसैस“ग भिक्षा माग्दिन ⁄ …’ रक्स्याहाले पनि ठा–ठाडो उत्तर ग¥यो । उसको उत्तर गराइ हेर्दा लाग्थ्यो मानौं क्रान्तिकारीहरूसँग ठा–ठाडो बोल्न उमात्रै सक्छ । मानौं उसले न अध्यात्म जानेको छ, न कुनै राजनीतिक सिद्धान्त या दर्शन । उसले त पिउन जानेको छ र पिउ“ँछ । मानौं ऊ घरकी श्रीमतीलाई दास समान सम्झन्छ, गाली गर्छ, अझ मुखमुखै लागी भने दुईचार घुस्सा मार्छ । उसको परिश्रम र उसको भोटबाट के के तिगडम् भए, को को राजामहाराजा भए उसले देखेको छ । ती महाराजहरूलाई अहिले उसको बारेमा सोच्ने फुर्सत नै छैन । तर ऊ जस्ताको तस्तै छ । आज पाखुरा बजाएर खाए खायो नत्र आज भोकै । भोलि त उसको शब्दावलीमै छैन । त्यसैले उदाने पिउ“थ्यो र आत्मतुष्टि लिन्थ्यो । उसलाई पिउनमा कसले रोक्ने ? ऊ ठान्थ्यो आनो जिन्दगीको बादशाह ऊ आफैं हो । त्यसैले उसको उत्तर ठाडो थियो । उसको ठाडो उत्तरले प्रश्नकर्तालाई अप्ठेरो पा¥यो । ‘के गरौं कमरेड ? …’ प्रश्नकर्ताले त्यही“ नजिकैको टोलीनेताको मुखमा हेरे । टोली प्रमुख आफ्नो ठाउँमा उठे । मुठी बाँधेर सबैलाई अभिवादन गरे । सबैतिर नजर दौडाए र भने– ‘हामी यो कुहिएको समाज बदल्न चाहन्छौं । हामी नयाँ र सुन्दर समाज सिर्जना गर्न चाहन्छौं । हामी शोषकको सरकारको नाश गर्न हपातमा ज्यान राखेर हिंडेका छौं । हामीलाई हाम्रो शरीरको केही माया छैन । हामी हाँसीहाँसी मृत्यु सकार्छौं । मुठीमा मृत्यु बोकेर, टाउकोमा कात्रो बा“धेर हिंडेको मानिस कहिल्यै हार्र्दैन । हामी हार्दैनौं । हाम्रो जीत सुनिश्चित छ । ….. यसरी रक्सी खाएर, जुवातास खेलेर, रण्डी–बाजी गरेर हिंड्नु भनेको हाम्रो समाजको खराबी हो । हामी यस्तालाई सुधार्न चाहन्छौं । हामी सप्रन सुझाव दिन्छौं । यस फटाहालाई पनि हामीले एक महिनाअघि नै आइन्दा रक्सी नखान, सुध्रन चेताउनी दिएकै हो । अब आज यसलाई सुधारात्मक कार्बाही गरिन्छ । त्यति गर्दा पनि नसुध्रिए यस्ता समाजको का“डोलाई हामी सधै“को लागि सफाचट पार्छौं ।’ ‘… सधैँको लागि सफाचट पार्छौं’ …’ यो भनाइ रक्स्याहाकी श्रीमतीलाई छुरी जस्तै लाग्यो । तर पनि अनुहार मलिन पारेर सुनिरही । टोली प्रमुख बोल्दैरहे– ‘… आज यस उदान सिंहलाई सुधारात्मक कार्बाहीको रूपमा हाम्रो चेताउनीलाई उल्लंघन गरेको अपराधमा, रक्सी खाएर जतासुकै हल्ला गरिरहेको अपराधमा, रक्सी खाएर रात–बिरात आनी श्रीमतीलाई हप्काइ दप्काइ गर्ने गरेको तथा कुटपिट गर्ने गरेको अपराधमा हाम्रा छापामारले भाटा हान्ने सजाय गर्नेछन् । कति भाटा भन्ने कुरा हामीले उसलाई हाम्रा भाटाहरूको बिटोबाट छान्न दिंदा उसले छानेको भाटोमा जतिको संख्या लेखिएको हुन्छ, त्यति नै भाटा हानिनेछ । …’ यस्तैमा रक्स्याहालाई भाटाको बिटो लगेर रोज्न दिइयो । हात पछाडि बा“धिएकाले ऊ यादै नगरी बसिरह्यो । उसका हात खोलिए । उसलाई फेरि भाटाको बिटोबाट एउटा भाटो छान्न लगाइयो तर उसले कसै गर्दा पनि आफैंलाई हिर्काउने भाटो छानेन । उसलाई निकै कोसिस गरियो भाटो छान्न लगाउनका लागि तर उसले भाटो छान्ने काम गरेन । यसपछि टोली नेताले उसको प्रतिनिधित्व गर्दै एउटा भाटो ताने र हेरे त्यसमा तीन सयको संख्या लेखिएको रहेछ । उसलाई सोही मुताविक तीन सय भाटा हान्ने निर्णय गरियो । ती तीनचार युवाहरू र वरिपरिका बीस पच्चीस युवाहरूले एकैसाथ ताली पड्काए । ती युवकहरू पनि अलिक पर हटे । उदान सिंहकी श्रीमती तीन सय भाटाको सजाय सुनेपछि एक्कासी अ“ध्यारी भई । एकजना छापामारले त्यस रक्स्याहाका छेउमा आएर भाटो हातमा समाते । अर्को एकजनाले कागजमा भाटाको गन्तीका धर्का कोर्न तयार भए । भाटो करिब डेढ इन्च घोप्टो र करिब अढाई फीट लामो थियो । छिप्पिएको बा“सको यो भाटो भा“चिने – फुट्ने जस्तो देखिन्नथ्यो । भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनिया“ क्रान्तिताका एकजना गाउ“ले युवा लालसेनामा भर्ना हुनका लागि माओ त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन पुगे । वरिपरिका रुमालले नाक–मुख छोपेका युवाहरू चार हात जति पर एकदम तयारीमा उभिए । त्यसपछि बन्धनबाट हात खोलिएको रक्स्याहा बीचमा उभियो । उसले चारैतिर हे¥यो । हेर्दा लाग्थ्यो कुनै उम्कने ठाउ“ पाए ऊ भागेर ज्यान जोगाउ“थ्यो । तर मानिसहरूले घेरिएको, नजिकै त्यस्ता जवान छापामारहरू तयारीको तालमा उभिएका ठानेर ऊ एकोहोरोरिएर उभिरह्यो । उसले वरिपरिका गाउ“लेका कसैका अनुहारमा आ“खा जुधाएन । यही बेला भाटा हान्नेले भाटो एक हातमा बोकेर अर्को हातले भाटाको चेप्टोपन छाम्न थाल्यो । टोली नेताले पनि यही बेला उसलाई भाटा हिर्काउन सुरु गर्न आदेश गरे । ‘ड्याम्म ⁄ …’ रक्स्याहाले थाहै नपार्ई दाया“ चाकमा बज्रियो पहिलो भाटो । छुलुल्ल सुरुवाल भिजायो उसले । वरिपरिको गाउ“लेको समूह अ“ध्यारो कालो भयो । ‘ड्याम्म ⁄ …’ अर्को भाटो बज्रियो त्यही ठाउ“मा । रक्स्याहा चिच्यायो– ‘किन हात छाड्छस् ए रा“डीका छोरा ? …. तेरो के खाएको छु ? खाए पनि आनै सम्पत्ति खाए“ ⁄ ….’ ‘ड्याम्म ⁄ …. ड्याम्म ⁄⁄…. ड्याम्म ⁄⁄⁄ ….’ भाटावालले उसका तिघ्रा, कुम, जा“घ इत्यादिमा धमाधम भाटा जोडतोडले बजाए । भाटाको गन्ती कोर्नेका खातामा दर्जनको संख्या पुगेकै थिएन । एकजना गाउँलेले ‘भयो अब भयो ⁄’ भनेको सुनियो । यसैबेला ‘चूप लाग ⁄ यो कार्बाही फैसलाअनुसार तीन सय भाटामा मात्र पुग्छ’ भनेर एकजना छापामार चिच्यायो । लगभग बीस–पच्चीस भाटा हान्दासम्म उदानेले भाटा हान्नेलाई गाली बकिरह्यो– ‘खाए“ भने मेरै पैसा खाए“ ⁄ त“स् रा“डीका छोराको के खाएको छ ? …. किन हात छाड्छस् अर्कालाई ? … बदला लिन भेटें भने मैले जान्या छु …’ भनिरह्यो । भाटाको आवाज सुन्दा यस्तो लाग्थ्यो कि अहिलेसम्ममा त्यो रक्स्याहा मरिसक्नुपर्ने । ‘कालुड्डेकी आमा’, उदानेकी स्वास्नीका मनमा उसका लोग्नेको आकृति फनफनी घुम्यो । हुन त उसले कहिल्यै पनि हा“सेर मायापिरतीका कुरा उस“ग गरेन, ऊ कुनै दिन ऊ बिरामी हु“दा घरका जो भएका कुखुरा भए पनि सु“गुर भए पनि बेचेर थपक्क उसलाई हेल्थपोष्ट दौडाउ“थ्यो । कुनै गाउ“लेले कालुड्डेकी आमा यस्ती–उस्ती भनेर बचन लाए पनि कम्मरको सिरुपाते खुकुरी नचाउ“दै जाइलाग्थ्यो तर जिन्दगीबाट हार खाएझैं गरी अचेल बढी रक्सी पिउन लागेथ्यो । अहिले अब भाटाको प्रहारबाट कालुड्डेको बाबु गाली गर्न पनि नसक्ने भयो, भाटा हान्नेको प्रतिकारमा औंलो उठाउनसम्म नसक्ने भयो । त्यसपछि उसकी श्रीमती “भयो ⁄ भयो …” भन्दै रुन थाली । प्रत्येक भाटा आनै आङमा परेको जस्तो उसलाई हुनथाल्यो । “रक्सी खाए पनि मै खप्छु अब ⁄ भयो ⁄ भयो ⁄⁄ … अब छोडिदेऊ ⁄” ऊ चिच्याई र छुटाउन बीचमा जान कोसिस गरी । एकजना छापामारले उसलाई बाहिरतिरै धकेलिदियो । बीचतिर घेराभित्र पस्न दिएन । रु“दै कराउ“दै गाउ“लेका माझमा गई । पच्चीस तीस भाटा हानिसकेपछि त कालुड्डेको बाबु बोल्न छोड्यो र चालीस पैंतालीस भाटा हानिसक्दा जिउ नथामेर भुइ“मा लड्यो । भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनिया“ क्रान्तिताका एकजना गाउँले युवा लालसेनामा भर्ना हुनका लागि माओ त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन पुगे । त्यो गाउँले युवालाई माओ त्सेतुङले उत्साहित गर्दै लालसेनाको भान्से काम गर्न प्रेरित गरेथे । तर त्यो युवाले लालसेनामा भर्ना भएर दुश्मनलाई राइफलले उडाउने आकांक्षा भएको कुरामा ढिपी कसेका थिए । यही बेला माओ त्सेतुङले ती युवालाई भनेथे, ‘सबैजनाले राइफल बोक्ता खाना कसले बनाउने नि ⁄ त्यसकारण हाम्रो क्रान्तिका लागि राइफल बोक्ने लालसेनाको जति महŒव छ, ती लालसेनाको लागि मिठो खाना बनाएर खुवाउनेको त्यत्तिकै महŒव छ । त्यसकारण प्रिय युवक ⁄ तिमी खाना बनाऊ ⁄ खाना बनाउन दाउरा चिर ⁄ दाउरा चिरेको बेलामा मुढामा बन्चरो हान्दा प्रत्येकपटक त्यस मुढालाई दुश्मनको टाउको ठान र बन्चरोले यस्तो तोडले हान्ने प्रयत्न गर कि तिम्रो एकै प्रहारले त्यो मुढो दुई याक बनोस् वा दुश्मनको टाउको दुई याक बनोस् ….’ ‘ए किन टोलाएको कामरेड ? …’ टोली नेताले टोलाएको भाटा हान्ने छापामारलाई सजग गराए । छापामार झसड्ड भए । भाटो फेरि बर्साउन थाले त्यस रक्स्याहाका जिउभरि । छापामारले जोडले उदानेको कुममा भाटो बजारे । उदानेले चोट परेको कुम चिप्ले कीराले आनो अड्ड लुकाउन खोज्दा झैं भुइ“पट्टि पा¥यो । अर्को भाटो छापामारले उसका दाया“ फिलामा बजारे । बिचरा रक्स्याहा भुइ“मा घोप्टियो । छापामारले अर्को भाटा पछाडि चाकमा बजारे । बिचरा रक्स्याहा भुइ“मा यस्तो पसारियो कि उसलाई असह्य पीडा भयो । वरिपरिका मानिसहरूले गोमन सा“पलाई लठ्ठीले बजारेको निर्मम दृश्य सम्झे । “म¥यो ⁄ म¥यो ⁄ …” भनेर साथीहरूले भन्दा पनि नछोडिकन लठ्ठीले टाउको र पुच्छरमा बजारेको जस्तै दृश्य थियो त्यो । छापामारले उदानेलाई भाटा हान्दा यस्तो लाग्थ्यो मानौं ऊ प्रतिक्रियावादी शासनको प्रधानमन्त्रीलाई हान्दैछन्, गृहमन्त्रीलाई हान्दैछन् । अहिले भाटा हानिरहेका बेलामा उनी यस्तो ठानिरहेका छन् कि उनी प्रभुत्ववादी शासकलाई भाटा हान्दैछन् या साम्राज्यवादीलाई हान्दैछन् । जे होस्, उनले भाटा हानिरहेका बेलामा बढी क्रूरतापूर्वक भाटा हानिरहेको कुरा प्रस्ट बुझ्न सकिन्थ्यो । आइमाईहरूका आ“खाभरि आ“सु आए । ‘भो ⁄ भो ⁄⁄’ भने । तर जब भाटो उनीहरूतिर सोझिने डर भयो चुपचाप आ“खा बन्द गरे । ‘ढुड्डाको दिल छ मेरो’ भन्नेले समेत रक्स्याहामाथि बर्सिरहेका भाटा निर्निमेष हेरिरहने हिम्मत गरेनन् । ‘घरतिर लैजाऊ“ दाइलाई भनेर आएको । तपाईं हिंड्नुहोस् । काका र म आएका छौं हामी लिएर आउ“छौं । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईंले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नुभयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जा“दा त्यो रामबहादुरस“ग दाइको झगडा परेन ? हो, त्यही कारण हो । रक्स्याहा भुइ“मा पूरै पसारियो घोप्टो परेर । सायद पिठ्यू“पट्टिको भागले अलिक भाटाको पीडा खप्न सक्छ भन्ने ठान्यो होला । छापामारले उसका चाकमा ड्याम् हाने । फिलामा अर्को ड्याम् हाने । डढेल्नामा ड्याम् ड्याम् हाने र हानिरहे । बल्लतल्ल दुई सय भाटा भयो । एकसय भाटा अझै बा“की रह्यो । भाटा हान्ने छापामार पनि थाके । अर्को छापामार अर्को अझ चौडा र उत्तिकै लामो भाटा लिएर आए । पसारिएको रक्स्याहाको छेउमा आएर खुम्च्याएका खुट्टालाई भाटाले नै सिधा पारिदिए । ‘ड्याम्म ⁄’ उसका पैतालामा एक भाटा बसाले । रक्स्याहा मानौं मरेको हो कुनै प्रतिक्रिया जनाएन । अर्का पैतालामा फेरि ‘ड्याम्म’ हाने । एवम् रितले मृतप्रायः त्यस रक्स्याहालाई भाटा दोहोरिइरहे । उसकी श्रीमतीलाई कहा“बाट कुन शक्ति प्राप्त भयो, सारा त्यो घेरा तोडेर ‘कालुड्डेको बाबु’माथि घोप्टिन पुगी र चिच्याई चिच्याई रुन लागी– “भाटा मलाई हान ⁄ … मेरा थाप्लामा हान भाटा ⁄⁄ यो निर्दोषलाई नहान भाटा … कुन बुद्धिले मैले छिमेकीस“ग उसले रक्सी खाएर मलाई कुटेको कुरा सुनाए“छु नि ⁄ भयो नकुट उसलाई । निठुरी ज्यानमारा हो मलाई मार बरु । मलाई मार … मेरो स्यु“दोको सिन्दुर नलुट ⁄ …” यस्तै दुई तीन छापामारले उसलाई कड्याप्प समाएर घेरा बाहिर ल्याए । तर पनि हार नखाई उसले विद्रोह गरिरही । भाटा हान्ने कुरामा उनीहरूले रत्तिभर सौलियत गरेनन् । अहिले भाटाको वजन अलिक घट्यो । तर तीन सय भाटा पु¥याउनै पर्ने भएकाले अरू थप बा“की पच्चीस ड्याम् हिर्काएर छापामारहरू ज¥याकजुरुक उठे । टोली नेताले शोकमग्न झैं देखिने जनसमूहलाई भने ‘हामी जा“डरक्सी, तासजुवा, अनैतिकता आदिका शत्रु हौं । हामी शोषण र अन्यायका विरोधी हौं । हामी जनताका सच्चा मित्र हौं । हामीले दिएका निर्देशन र चेताउनीहरू राम्ररी पालन गरिनुपर्छ । पालन भएनन् भने यस्तै हो ।’ उनीहरू बाटो लागे । गाउ“लेहरू उदाने सिंलाई उठाउन र अस्पताल लाने तरखरमा लागे । यही बेलामा छापामार समूहको एकजना कमरेडले फर्केर चर्को स्वरमा भने– “तपाईंहरू जुन बाटो आउनुभएको थियो, त्यो बाटो आ–आनो घर तुरुन्त फर्किहाल्नुहोस् । यहा“ कोही पनि नपर्खनुहोस् । यस रक्स्याहालाई यही“ छोड्नुहोस् । कसैले यसलाई सहयोग गर्छ भने, अस्पताल लान्छ भने त्यसलाई पनि यही कार्बाही हुनेछ । …. तपाईंहरू फर्कनुहोस् । फर्कनुहोस् । …” बिस्तारो बिस्तारो घोसे मुन्टो लाएर धेरैजसो बाटो लागे । तर उदाने सिंहकी स्वास्नी लोसेलोसे हु“दै चौरमा पसारिइरहेको आनो लोग्नेका छेउमा गई । उसको लोग्ने मरेसरह बेहोस पसारिएको थियो । हात समातेर उठाउन प्रयत्न गरी । हात आगो जस्तो तातो थियो । उसले शरीरका अरू भाग छामी । अगुल्टो जस्तो तातेको थियो छामेको भाग । मरेतुल्य बेहोस पसारिएको लोग्नेलाई उसले उठाउन सकिन । उसले छापामारहरूतिर हेरी उनीहरू गैसकेका थिए । गाउ“लेहरूतिर हेरी उनीहरू पनि गैसकेका थिए । पुलिसहरूस“ग भन्दा गाउ“लेहरू ती छापामारहरूस“ग डराए । पुलिसहरूले यस्तो गरेका भए गाउ“लेहरू उसलाई धेरै सहयोग गर्नेथे । यति धेरै डराएर लुसुलुसु घरतिर पुच्छर लुकाएर जाने थिएनन् । घाम डुबे । दिन डुब्यो । आज उदान सिङ्की स्वास्नीको सपनाको घाम पनि डुब्न डुब्न खोजेको छ । उसले सम्झी– ‘बरु अस्ति पल्ला गाउ“को हरेलाई चारपाटा मुढेर, आ“खीभौं खौरेर, परेला काटेर अनि कान समातेर उठबस गर्न लाएका थिए रे ⁄ त्यसो गरेका भए यस्तो साह्रो त हुने थिएन कि ⁄’ कुन ठीक कुन बेठीक ऊ सजायका प्रकारहरू मनमनमा तौलिन थाली । औंसीका रातकै झैं अन्धकार पसिंदै पसिंदै उदानसिं भएतिर आउन लाग्यो । कालुड्डेकी आमाको मनमा अनेकन कुराहरू मडारिए– ‘के उदान सिं चोरडाका थियो ? के ऊ जिम्दार थियो ? के ऊ प्रतिक्रियावादीहरूको सुराकी थियो ? किन आज यसले यत्रो सजाय पायो ?’ अनेकन कुराहरू मनमा खेलाइरही । सुधारात्मक कार्बाहीको यो स्वरूप उसको कफल्लो मनले बुझ्नै सकेन । ऊ पनि त्यही“ घोप्टो परेर घु“क्क घु“क्क गर्न थाली । उसले लोग्नेलाई उठाएर घर लग्न प्रयत्न गरी । ऊ हात समातेर उठाउन बल गर्थी । भाटाको प्रहारले आगोजस्तो तातेको हात मात्र उचालिन्थ्यो जिउ चट्पटाउ“दैनथ्यो । टाउको दुई हातले उठाउ“थी । जिउ नउठ्ता फेरि क्यैनकाम हुन्थ्यो । बल्लतल्ल गरेर घोप्टिएको उसको लोग्नेलाई उसले उत्तानो फर्काई । उसका लोग्नेका दुवै आ“खाबाट बलिन्द्र धारा बगेको उसले प्रस्टै बुझी । उसले उसका आ“खा आनो मजेत्राको फेरले पुछिदिई । उसको भक्कानो फेरि फुट्यो । आ“सु पछ्तै साउतीको स्वरमा छापामारहरूको निठुरताउपर उसले धेरै गाली बकी । ‘कालुड्डेको बाबु ⁄ … हौ कालुड्डेको बाबु ⁄⁄’ उसले उदान सिंलाई होसमा ल्याउन बल गरी । अह“ ‘कालुड्डेको बाबु’ले ऐया आत्थु केही गरेन । आ“खा उघारेन । उसले ‘कालुड्डेकी आमा ⁄’ भनेर बोलाए कस्तो हुन्थ्यो भनेर यता र उता झाड्डल झुङ्गुल पारी । तर अह“ उसका आ“खा खुलेनन् । उसलाई गाउ“का एक दुई उदानेका संगतीहरूस“ग खुब रिस उठ्यो– ‘रक्सी खान पस्दा स“गै पस्ने असत्तीहरू त अहिले आउनु पर्ने ⁄ …’ उसले सम्झी । यस्तैमा रक्सी खाने संगती नआए पनि पल्ला घरे साइ“लो आइपुग्यो । उसले पत्तै पाइन । साइ“लो बोल्यो– भाउज्यू ⁄ …’ ‘भाउज्यू’ पनि झसड्ड भई र यताउति हेरी । आ“सु लत्पतिएका आ“खास“ग ऊ बोली– ‘ए ⁄ साइ“ला पो ⁄ कताबाट आयौ फेरि ? … हेर न ⁄ तिम्रो दाजुलाई …’ ‘घरतिर लैजाऊ“ दाइलाई भनेर आएको । तपाईं हिंड्नुहोस् । काका र म आएका छौं हामी लिएर आउ“छौं । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईंले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नुभयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जा“दा त्यो रामबहादुरस“ग दाइको झगडा परेन ? हो, त्यही कारण हो । त्यो रामबहादुर अचेल क्रान्तिकारी भएको छ नि त … ⁄ २०५८/३/१२ वेदना त्रैमासिक २०५९ बाट साभार
कथाः प्रेम, स्वार्थ र घमण्ड
एकजना केटी आँखा देख्न नसक्ने थिई । उसलाई आफूले आँखा देख्न नसक्ने भएकोमा हीनताबोध हुन्थ्यो । तर उसलाई एकजना केटाले असाध्यै माया गर्थ्यो । केटाले उसलाई हरेक ठाउँमा, हरेक कामको लागि सहयोग गर्थ्यो । उसले विवाहको लागि बारम्बार प्रस्ताव राख्थ्यो । तर केटीले आफूले आँखा नदेख्ने भएका कारण घरजम गर्न नचाहने जवाफ दिन्थी । एकदिन अस्पतालबाट केटीलाई आँखा दान गर्ने व्यक्ति भेटिएको खबर आयो । केटी खुशी भई । उसले त्यही केटासँग घरजम गर्ने सपना देख्न थाली । अस्पतालमा आँखा प्रत्यारोपण भयो । ऊ अब देख्न सक्ने भई । उसलाई भेट्नको लागि केटा पनि आयो । तर, ऊ अचम्भित भइ, केटा त देख्न नसक्ने थियो । केटाले उसको हात समाउँदै भन्यो , “तिमी अब त आँखा देख्ने भयौ । अब हामी विवाह गर्न सक्छौं नि ! ” केटी जंगिदै भनी , “तिमी आँखा देख्न नसक्ने रहेछौ । तिमीले अहिलेसम्म बताएको पनि थिएनौ । फेरी, म संसार देख्ने भइसकें, आँखा नदेख्नेसँग म विवाह गर्न सक्दिनँ ।” तर, वास्तवमा त्यो केटाले नै केटीलाई आँखा दान दिएको थियो । संसार देख्ने घमण्ड गर्ने हामीहरुले मनको आँखा, मानवताको आँखालाई बन्द गरिरहेका हुन्छौं । मानवता, भावना र प्रेमलाई व्यक्तिको शारीरिक अवस्था, लिङ्ग, वर्गको आधारमा मूल्यांकन गर्छौं । त्यस्तै, जब हामी जीवनमा कुनै एउटा खुड्किलो उक्लिंछौँ, हामीले हाम्रो धरातल बिर्सिन्छौँ । रेडियो मितेरीबाट
कथाः गैरी खेत
नविन काफ्ले अभि ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो ठुल दिदी माथिल्ला गडाबाट कराइन्। जेठको २५ लागिसकेको थियो। वर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो। गाउँभरिको मुलघर प्रधान ठुला-बाको थियो त्यसपछि हाम्रै घर थियो। मेरा बा गाउका मुखिया थिए। मुखियाको रोपाइँ भएर होला सायद त्यो बेलामा गाउँभरिका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो। रोपाइँका गडाबाट म दौडिंदै विउ गडामा गएर बिउका आँठाहरू रोपाइँ गडातिर हुर्राए। हाम्रो त्यो जमानामा गैरी खेतका नामले प्रचलित बुढापाकाले तौलिने पाथीको २० पाथी बिउ लाग्ने खोला खेत थियो। खोलाबाट नजिकै र कुलोको मुखमा भएर होला हाम्रो गैरी खेत सधैं सधैं जेठ महिनामै रोपिन्थ्यो। परम्परागत रोपाइँको एउटा मान्यता छ पश्चिम नेपालका पहाडी जिल्लातिर। सबै रोपेपछि मात्रै अन्तिममा रोप्न पर्ने दाइँ हाल्ने गडा जुन गडाको आकार ठुलो हुन्छ फराकिलो हुन्छ। अन्तिममा पालो त्यही गडाको थियो। तल्ला गडामा आलीलाई थपथपाइरहको कमलदाइलाई साइँली भाउजूले आएर हिलोमा चुम्लुङै डुबाइदिन, कमल दाइ पनि उठेर साइँली भाउजूलाई हिलोले पोत्न थाले। त्यसपछि सबै साली भिनाजु, सोल्टी सोल्टीना देवर भाउजूको हिलो हाना हान चल्न थाल्यो। वेठीका बाजाहरू पनि मज्जैले घन्किन थाले। म भने अलि सानै भएकोले वेठीहरुको नजिकै गएर हिलो खेलेको हेरिरहेको थिए। पछाडिबाट हिलोले जब जिउ चिसो बनाएको भान भयो। तब पछाडि फर्किएँ त हातभरि हिलो समाएर मैतिर दौडिरहेकी मेरी बालसखा कल्पनालाई देखें। लौ म त कराउदै भाग्न थालें, “ए मुसी काँ मलाई हान्दै छेस्, हेर् नचल है तँ, मैले भन्देको छु नि फेरि, राम्रो हुन्न नि १” किन रोकीन्थी र मुसी, हानी हाली मेरा कपडाभरि हिलो भयो। म पनि के कम र मुसीका हात समाएर रोपाइँ गडातिर ताने हलीले भरखरै बनाएको रोपाइँ गडामा मुसीलाई हिलोमा चुम्लुम्मै पछारे, मुसी हिलोले नचिन्निने भई। सबै कराए, ए हेर त यो हरि र मुसीको हिलो कति रमाइलो १ भन्दै सबै हामीतिरमात्रै हेर्न थाले। मुसी पनि लाजले जुरुक्क उठी र मलाई हिलोमा पछार्न लागी परी। कसरी कसरी फेरि मुसी नै हिलोमा पछारिई, तर उसले मेरो हात समातिरहेकोले मलाई पनि सँगै तानीहाली। कस्तो अचम्म म उत्तानो परेको थिएँ, मेरो माथि मुसी थिई। सबैजना हाँस्दै हाँस्दै ताली बजाउन थाले। मुसी मलाई खाइस बल्ल खाइस हैन हर्यौ भन्दै मेरो अनुहार पढिरहेकी थिई। मेरो पालो मुसीलाई तल फालेर हाल समाउदै भन्न थालें, “ल खा त यै गडामा गाड्दिन्छु, यै बसेर धान खा मुसी।” गाउँका पाखाहरुबाट बिस्तारै निशृप्त भई झरेका खहरे खोलाहरुले रोपाइँका दृश्यहरू मजैले नियाली हरेका हुन्थे। रोपाइँका गडाहरुबाट एकै लयमा घन्कीले रोपाइँका गीतहरुले मनमा बेग्लै आनन्दको अनुभूति दिलाइरहेको हुन्थ्यो। मायामा जोडिएका ढुकुरका जोडीहरू पारि भीरमा टुक्कुर टुर टुर गर्दै कराइरहेका हुन्थे। गोठाला गएका गोठालाहरुले वनै थर्किने गरी शान्त स्वरमा बजाएको मुरलीको मिठो सुरीलो धुनले मनका कुनाहरू शान्त पारेका हुन्थे। रोपाइँ सकेपछि सबै जना उकालोमा जिस्किंदै गाउँदै रमाउँदै गाउँ पुगिन्थ्यो। जीवनका ५० वर्ष यसै गरी बिताएका मेरा बाजस्ता धेरै बाहरू यो उकालो हामीभन्दा रमाएरै सक्काउँथे। मेरा जेठा(बाले उकालोको बस्ने ढुङ्गामा पुगेर मलाई ईशारा गर्दै भने, ूहेर हरि, तेरा बाले तेरी आमालाई त्यही पारी न्याउलापुरबाट भगाएर यही उकालोमा दौडाएको थियो । बाबै, कम्तीका दुःख दिएको हैन तेरा बाले हामीलाई। म जेठा बातिर हेरेर मुसुक्क मुस्कुराएँ। लगभग लगभग खोला खेतका सबै रोपाइँहरू सकिइसकेका थिए। कुलोको पालो अनुसारको रोपाइँ र खेतमा पानी लगाउने चलन मेरा बाले गाउँका सबै मानिसलाई बोलाएर नियम बनाइदिएका थिए। त्यसै अनुसार सबैले खेतमा पानी लगाउँथे। हाम्रो खेत र कल्पनाको खेतमा पानी लगाउने पालो बुधबार बिहान साँझ थियो। पहिले पहिले त सधैं बा नै जानुहुन्थ्यो खेतमा पानी लगाउन तर पछि बाले नभ्याउने भए पछि म जान थालें। कल्पनाका घरमा भने उसका दाइ नै आउथे। समयले कस्तो सन्जोक मिलाइदिंदो रहेछ जीवनका पलेटीहरुमा। मेरा बाले जब खेत धाउने समय पाएनन् त्यही समयमा कल्पनाको दाइ पनि इन्डिएन लाहुरे भर्ना भयो। अब उसका घरबाट पनि ऊ मात्रै भई खेत धाउनेमा। उसका घरमा ऊ र उसको दाइ मात्रै थिए सन्तानमा। उसका बा ठकुरी भएर होला, ऊ जमानामा अङ्ग्रेजले सिधै आर्मीमा भर्ना गरेको थियो। अहिले पनि उसका बा पल्टनमै छन्। र अब दाइ पनि भयो। कल्पना र मेरो लगभग लगभग नियमित जस्तै भयो खेतमा पानी लगाउन जाने काम। हामी सुरु सरुमा त एक्लाएक्लै गयौं। एक दिन मैले कल्पनालाई सँगै जाने कुरा पस्किएँ, उसले पनि स्वीकार गरी। त्यस पछिका दिनहरुमा हामी गैरी खेत सँगसँगै धाउन थाल्यौ। प्रकृतिको हराभरा सौन्दर्यतालाई नियाल्दै नियाल्दै हामी उकाली र ओराली एक महिनासम्म गर्यौं। यस समयमा कल्पनाको मप्रतिको चाह सोह्रै आना बढेको थियो। एक दिन उसले मेरो हात समाएर सुस्केरा हाल्दै भनी, हुरि, तँ कति राम्रो छस् है। मलाई नि त मन पर्न थालिसक्यो। कल्पनाको यो कुरा मैले खासै चासो दिएर सुनिन। ऊ फेरि उकालीको बस्ने ढुङ्गामा थचक्क बसेर भन्न थाली, हरि, सुन न के मैले साँच्चै भनेको हो । तैँले यत्तिकै नसोच् न है । ऊ अलि सिरियस भएर भन्दै थिई। उसको यो सिरियसपनले गर्दा म पनि साँच्चिकै सिरियस भएछु। उकालीको चुच्चे पिपलमा पुगेर मैले भनें, हेर मुसी, मलाई पनि तँ मन नपरेको हैन मन पर्छ। तर हाम्रो जात मिल्दैन घरकाले मान्दैनन्। हामी मात्रै एक भएर के हुन्छ र भन् त । मेरो यो जवाफमा ऊ केही बोलिन, मात्रै मायाले जितौंला नि! शिवाय। खाना खाएर ओछ्यानमा पल्टिएँ। दिनमा मुसीले भनेका एक एक कुराहरू पालै पालो दोहोरिए र मानस पटलमा आइरहे। मान्छेले दैनिक गरेका कार्यहरुले उसको रात्रीकालीन स्वप्नील संसारमा पनि उत्तिकै प्रभाव पार्दो रहेछ। अनि फेरि माया भन्ने शब्द नि मलाई साह्रै अमूल्य लाग्छ, त्यही भएर त होला नि अमूल्य चिजको प्राप्तिमा मानिस जति खुसी हुन्छ त्यही अमूल्य चिज गुमाउनु पर्दा त्यसभन्दा बढी दुखी भएको हुन्छ। मुसी साँच्चिकै राम्री भएर आई। कागजका सेता टुक्राहरुमा वर्णन गरी नसक्नु कलिलो सुन्दरता थियो उसमा। हावामा लहराएका उसका काला केशहरू जब उसको मुख मण्डललाई पालै पालो छोप्न हतारिन्थे, तब लाग्थ्यो उसको सौन्दर्यता अतुलनीय छ। गोरो अनुहार माथिका उनका दुई वटा आँखी भौका बीचमा घरी दाँया घरी बाँया गर्ने ती नयनहरू जसको म पुरै फ्यान थिए। हाईटमा पनि अब्बल, बोलाइ त्यस्तै माधुर्यता, दाँत बिग्रिएर आएको जिमल दाह्रोले उसको मुस्कानको शोभालाई उच्च पारेको थियो। सुन्दरता, शहनशीलता, धैर्यता, साहस, बोली, हिडाइ सबै कुरामा मुसी युक्त र पोख्त लागी। रातभरि उसकै बारेमा सोचें। रातीको १ बजेसम्मको एउटै निष्कर्ष निकालें। उसलाई हुन्छ जीवनका हरेक गोरेटोहरुमा सँगै हिड्ने सँगै खाने बस्ने अनि सँगै गैरी खेतको उकालो र ओरालो धाइरहने। एक अर्काको सामिप्यताले जीवन चलाउने। भोलिपल्टनै उसलाई भन्ने निधो गरे। बिहानै बाले उठाएर मलाई लखनपुर फुपूको घरमा जाने उर्दी जारी गर्नुभयो। मैले बाको कुरा काट्नै सकिन। मान्छे हरेक पल हरेक क्षण दोधारमा हुन्छ भन्थे, हो रहेछ। म पनि दोधारमै परे बाको भनेको मान्ने कि, मुसीलाई भेटेर जीवनको निर्णय गर्ने। सोचें बाको कुरा आजसम्म नकारेको छैन, कसरी नकारुँ बरु मुसीलाई भोलि गैरी खेतमा भेटेर मजै भन्ने निधो गरेर फुपूको घरतिर लागे। बिचरी मुसी जीवनमा पहिलोपल्ट आएको मायाको उर्जावान तरङ्लाई त्यही रफ्तारमा हाक्ने सोचेर बसेकी हुँदी हो। सबै कुरा आफूले सोच जस्तै कसैको नहुने रहेछ। उसले मलाई चुच्चे पिपल चौतारीमा त्यति भनेर घर गएपछि उसको मामाको छोरा, दाइ, उसलाई शहर लिन भनी आएको थाहा पाइछ। उसले मलाई बोलाउन भनी आएकी पनि रहिछ, मेरा बाले घर छैन भन्देछन्। गाउँभरि साँझसम्म खोजिछे पनि। मेरा निष्ठुरी बाले घरमै भएको छोरालाई घरमा छैन भनेर उसको र मेरो जीवनकै विछोड गराइदिए। साँझ म घर आइपुगें। आमाले पानी दिदै भन्नुभयो, लाहुरेकी छोरी कल्पना आएकी थिई। भन्दै थिई, ुबजै हरि आएपछि भन्दिनु होला कल्पनाले जीवनभरि नै जवाफको प्रतिक्षा गरेकी छ भनेर। आँखाभरि आँशु टिलबिल बनाएकी थिई, बिचरी तँलाई माया गर्दी रहिछ कति गाह्रो मानी मानी गाउँ छोडी । आमाको यो कुराले मेरो घाँटीको आधासम्म पुगेको पानी थपक्क रोकियो । खोकेँ, पानी बाहिर आयो। हातहरू एकाएक लुला भए। शरिरमा भएको उर्जा सबै आँशुलाई बाहिर निकाल्न लागी परे। कल्पनासँग रमाएका हिजोसम्मका ती मिठा पलहरू आँखाभरि झझल्को बनेर झल्किन थाले। आँखाबाट आँशुका लहरहरू पालै पालो निस्कन थाले। आमाले आँशु पुछ्दै भन्नुभयो, नरो, किन रुन्छस् पोइलै गएको जस्तै गरीरु दशैंमा त आइहाल्छे। तँ किन पीर गर्छस् ररु बरु बालाई भनेर कुरा चलाउँला। जात नमिले पनि केही हुन्न, तँ खुसी भए भैगो बाबु हामीलाई। तेरा ७ दिदीहरू आफ्नै जातकोमा छन्, छोराले कुजातको ल्याए म केही भन्दिन। आमाको कुराले ममा केही उर्जा ल्यायो । साँझ खाना खान मन लागेन। बालाई देखेर झनै रिस उठ्यो, खानै नखाई ओछ्यानमा गएँ। आमाले दिउसोको सबै कुराहरू बालाई भन्नुभएछ। तर बाले जातकै केटीसँग कुरा चलाएको सुनाए। आमा चुपचाप लागेर मेरो कोठामा आउनु भयो। बाको कुरा सुनाउदै मेरो टाउको मुसार्दै हुनुहुन्थ्यो। दिनभरिको थकाले होला सबै पीरलाई निद्राले जितेछ क्यार, आमाकै काखमा निदाएछु। भोलिपल्ट मुसीको खुब याद आयो। एक्लै गैरी खेत झरे, साह्रै न्यास्रो लाग्यो। जीवनबाट कोही हराए जस्तो अनुभूति भइरह्यो। गैरीखेतमा एक छिन पनि टिक्न सकिन। उकालो झनै गाह्रो भयो। दुई दिन अगाडि त्यही उकालोमा हाँस्दै गरेकी मुसी आज शहरका गल्लीको एक कोठाभित्र मलाई नै सम्झिरहेकी होली। चुच्चे पिपल चौतारामा पुगेपछि सोचें, मुसीलाई जवाफ दिनै भए पनि म शहर जानु पर्छ। मुसीले बाध्यताले गाउँघर, गैरी खेत छाडी म मुसीको रहरले गैरी खेत गाउँ छाड्छु। निधो गरे। साँझ बालाई सबै भनें, बाले पनि मान्नुभयो। म पनि शहर जाने पक्का पक्की भयो । आमाले झोला प्याक गरिदिनुभएपछि टीका ल्याएर अँगेनोमा आउनु भयो। बा पनि मलाई पुर्याउन भनी तयार भई सक्नुभएको थियो। टीकाटालो गरेपछि आमाका आँखाबाट आँशु रोकिएर बस्न सकेनन्, बा भने आमालाई हप्काउदै हुनुहुन्थ्यो। मलाई भने गैरी खेतको खुप माया लाग्यो र दौडिदै चुच्चे पिपल चौतारोमा पुगें जहाँबाट मेरो गैरी खेतको सौन्दर्यता धित पुगुन्जेल लिन मिल्थ्यो। मनभरि गैरी खेतलाई राखें, गैरी खेतसँगै मुसीलाई राखें, ऊसँगका हरेर पल, हरेक क्षण राखें, बाल्यकाल राखें, मुसीलाई ओरालोमा धकेलेर लागेको त्यो चोटलाई राखें, जीवनका १९ वसन्तलाई यादमा परिणत गरेर राखें। जति हेर्यो त्यति हेर्न मन लाग्ने मेरो गैरी खेतलाई छोड्न मन नलागी नलागी छाडें। मनका कुनाहरुमा सबै यादहरू च्यापेर बाको पछाडि लागे। भनिन्छ नि जिन्दगीमा मान्छेले गुमाएको अमूल्य चिज गुमाएपछि त्यसको प्राप्तिमा आई पर्ने हरेक चुनौतीलाई सहजै झेल्न सक्छ, चाहे त्यो मृत्यु नै किन नहोस्। मलाई पनि कसरी मैले मेरी मुसीलाई मुसीको जवाफ फिर्ता गरेर जीवनका बाँकी वसन्तहरुलाई मुसीका साथ बितान सकु भन्ने सोच भएरै शहर पसेको थिएँ। शहरका कुनाहरुमा मैले मुसीलाई धेरै खोजे, गल्लीहरुमा उस्तै लाग्ने कति केटीहरुलाई त मैले कल्पना भन्दै कति पटक त बोलाएँ पनि तर ती सबै मेरी मुसी थिएन्। हरेक पार्क, गल्ली, बगैचाहरू तथा कलेज सबै धाएँ तर मैले मेरी मुसीलाई पाइन। म यस्तो भएको थिए नि काकाकुल जस्तै भौतारिएको थिए, बाघ जस्तै शिकार नपाएर भन्भनिएको थिएँ, मरुभूमि जस्तै पानीको प्यासी भएको थिएँ मेरी मुसीको लागि। कहीं कतै नभेटाए छि सबै आश मारेर स्नातक प्रथम वर्षमा भर्ना भएको थिएँ मन नलाई नलाई। एक दिन आमाको खुब आद आयो, नजिकैको आवामा गएर सम्पर्क गरे, प्रधान ठुला(बाको घरमा आवा थियो। आमा पनि त्यतै आउनु भएको रहेछ, आमासँग कुरा गर्न के थालेको थिए, आँखाहरुबाट अनायासै आँशुका डल्लाहरू बिस्तारै बिस्तारै ढल्किदै ढल्किदै खस्न थाले। आमाले झन् मुसीलाई भेटाइस् तरुू भनेपछि मन थाम्नै सकिन डाको छोडेरै रोइदिएँ, लाजै लागेन आमासँग रुनलाई, आमा सम्झाउदै हुनुहुन्थ्यो, नरो न अब के गर्ने त समय नै त्यस्तै भएर आयो त के गर्छस बा केही समयपछि आमा म २, ३ दिन पछि कुरा गर्छु नि हैू भनेर फोन राखिदिएँ। आमाको आस्वासनले म शहर आएर पनि मुसीको जवाफ फिर्ता गर्न पाइन। त्यसपछि आमालाई नै महान् ठाने त्यो जमानामा अन्तरजातिको कुरालाई सहजै स्वीकार्ने मेरी आमा मलाई महान् लाग्न थाल्नुभयो। त्यही अन्तरजातीयताको कुरालाई मेरा बाले पचाउन नसक्दा आज म यो गतिमा छु। निधो गरें, आमाको एउटै बचनलाई कार्यान्वयन गर्छु भनेर। पढेर सरकारी जागीर खाने । समयले मलाई बालापनबाट किशोर अवस्थामा ल्याएयो र किशोर अवस्था पार गरेको १५ वर्ष पछि युवा अवस्थाको पारिवारिक मुडमा ल्याएर जिम्मेवार बनाएको छ। समयसँगै मनलाई सान्त्वना दिदै यतिका वर्ष पार गरें। अहिले मसँग जागिर छ, साथमा प्रविधिसँगै हुर्किएकी मेरी जीवन साथी छ, तर मसँग एउटै कुरा छैन मेरी मुसी। जीवनका धेरै वसन्तमा आउने हर्ष उल्लासका पर्वहरुलाई मैले गाउमा रमाएर बिताएको थिइन। म शहरमा भए पनि मेरा यादहरू माया ममता गर्ने ती भीर पाखाहरु, भन्ञ्याङ चौतारी, उकाली ओराली अनि मेरो मुटुमा बस्ने मेरो गैरी खेत उतै थिए। दशै तिहार उतै मनाउने भनेर पारिवारिक सल्लाह भयो। द्धन्द्धकालले शिथिल बनाएको मेरो गाउँले शान्ति स्थापनापछि पहिलो पटक आफ्ना सन्तान पाएको थियो। गाउँका सबै घरका साथीभाइहरू गाउँ भित्रिसकेका थिए। म पनि मेरो परिवार लिएर गाउँ पुगिसकेको थिए। १५ वर्ष पछि आफ्नो जन्मभूमि देखेपछि मलाई स्वगै गए सरह भयो। मन उडेर पारि(पारि पाखामा लामा लहरा छोडेर पखेरामा बसेर मेरो गाउँलाई नियाल्ने मालुका लहरामासँगै पिङ खेल्न थाल्यो। कति जङ्गल भएछ मेरो स्वर्ग। त्यति रमाइलो ठाउँ कति उजाड र उदासिन देखिएको। अजम्बरी झाडले जताततै भरिएको। साइँला काका पनि फुलेर सेतै भएका, बिचरा काका आजभोलि त राम्रोसँग हिडडुल पनि गर्न नसक्ने भए छन्। काकीको निधनपछि विरामी पर्न लागेका हुन् रे। प्रधान ठुलाबालाई पनि द्धन्द्धरत पक्षले कता लगेर वेपत्ता बनाएछन्। सधैं सधैं हाम्रो खेत पाखामा काम गर्ने हर्के दाइको पनि ऊ जमानाको जस्तो मुडे बल बिलाएर गएछ। मेरो गैरी खेतलाई चुच्चे पिपल चौतारामा गएर नियालें। बिचरा मेरो गैरी खेत सहारा गुमाए छ सबैको। मेरा बाले रोप्न छाडेकै १० वर्ष भएको थियो। उजाड मरुभूमि जस्तै लाग्यो। गैरी खेतलाई हेरेर मन भक्कानियो। एक पटक त्यो बालापनको मेरो गैरी खेत सम्झिएँ। झन् बस्नै मन लागेन चुच्चे पिपल डाँडामा। दशैको दिन नजिकिदै थियो, गाउँमा पिङहाल्ने ठिटाहरुको रवाफ बढ्दो थियो। गाउँले पुरानै मुहार पाउदै थियो। जीवनका सबै पीडाहरुलाई बिर्सेर गाउँ फर्केका युवाहरुले रमाइलो गर्ने क्रम जारी थियो । सुनधारामा नुहाएर म घर तर्फ लाग्दै थिए। आँखा अगाडि शहरिया लाग्ने एक नवयुवती हातमा गाग्रो लिएर अगाडि देखा परी। सुरुमा त चिन्नै सकेन जब उसका आँखाहरुमा नयनले चहारे तब मैले मेरी मुसीलाई पाएँ। हातबाट सानो गाग्रो फुत्कियो। उसले उठाउन खोज्दै थिई, मैले नै पहिले हात पसारेँ। हे भगवान् यो कस्तो क्षणमा आएर मेरो मुसीलाई मसँग भेटायौ। शहरका त्यति धेरै गल्लीहरू चहार्दा पनि नभेटिएकी मेरी मुसी आज आएर यस्तो अवस्थामा भेटिंदै थिई। उसलाई देखेर म नाजवाफ भए केही बोल्ने होसै आएन। उसैले बोली पहिला, “के छ त हाकीम सापको खबर ?” मैले “ठिकै छ” मात्रैले टारेँ । फेरि बोली, कि उही पुरानै नामले बोलाउनुपर्ने हो र हर्यौ साप ? ऊ मुसुक्क मुस्कुराई। उसको यो जवाफले मलाई उही बालापनमै पुर्यायो। मैले पनि जवाफ फर्काएँ, “हो त क्यारे मुसी ।” ऊ त्यसै गरी ठुस्की मैले त्यसै गरी फकाएँ। मैले उसलाई चुच्चे पिपलको चौतारीमा भोलिपल्ट दिउसो बोलाएँ । मानौं कि नमानौं पुर्खाहरुले भनेको यो उखान “संसार गोलो छ कुनै न कुनै दिन फेरि भेट हुन्छ।“ म त्यो दिन त्यस्तै सोचिरहेको थिएँ। मुसीलाई देखेर पहिलेकाभन्दा कति राम्री भएकी मुसी। खाइलाग्दो ज्यान, लामो कपाललाई काटेर काँधसम्म आउने बनाएकी, आँखीभौ मिलाएकी, आँखामा मसिनो गाजल लगाएकी, हालमा सजाएर लगाएकी नङ पोलीस, भन्टा कलरको कुर्ता सुरुवालमा सजिएर चुच्चे पिपलमा मभन्दा अगाडि नै पुगेकी थिई ऊ। चुच्चे पिपलबाट तल खोलाका किनारमा रहेको हाम्रो गैरी खेतलाई नियाल्दै बस्यौं हामी। कुरा उसले नै सुरु गरी, ूहरि, हामीसँगै गैरी खेत पनि बुढो भएछ है। उसले भावुक हुँदै भनी, साँच्चिकै हरि, म यु।के।मा तिमी र यही गैरी खेतको मायाले बाँचेको थिएँ। हरेक दिन हरेक साँझ तिम्रो र गैरी खेतको फोटो टोलाएर हेरेपछि मात्रै मलाई निद्रा पर्थ्यो। जिन्दगीले हामीलाई यी उकाली आरालीबाट कता पुर्यायो पुर्यायो । तर मन भने यही गैरी खेत र यीनै उकाली र आरालीमा अल्झिरहेको छ । थाहा छ हरि, त्यो साँझ दाइले शहर जाने कुरा गरेपछि म तिम्रो गएको थिएँ। तिम्रो बुवाले हामी सँगै हिडेको चाल पाएर तिमीलाई घरमा छैन भनिदिनु भएको रहेछ। मैले त पछि दशैमा आएर मात्रै थाहा पाए नि। तर तिमी दशैमा पनि घर आएनौ। म पनि तिमी शहर गएको कुरा थाहा पाएपछि दशैंलगत्तै शहर गएँ। धेरैतिर तिमीलाई पाउने आशले भौतारिएँ तर पाइन। त्यसपछि बाबाले मलाई यु।के।मै बोलाउनु भयो। म उतै गएर पढें तर तिमी के गरिरहेका छौ सबै थाहा पाइराखेको हुन्थ्थे। तिमीलाई पाउने आशाले नै जीवन चलाएको थिएँ त्यहाँ। जब तिमीले बिहे गरेको कुरा सुनेँ, सबै आशाहरू एकै पटक ढले, कहिल्यै पनि नउठ्ने गरी। त्यसपछि त्यहाँ बस्नै सकिन, सधैं सधैं एक्लो महशुस भइरहन थाल्यो। त्यसपछि नेपाल फर्किएर काठमाडौँमा आमा र भाउजूसँगै बस्दै आएको छु। हरि जीवनमा तिमीलाई पाउने ठुलो आाशा राखेकी थिए तर त्यो सपना पुरा भएन। अब जीवनमा एउटै निर्णय लिएको छु, तिमीसँग बिताएका ती मीठा पलहरुलाई सँगालेर बस्ने। विवाह नगर्ने निर्णय गरेको छु। नेपाली जनताको स्वास्थ्य समस्याको समाधानमा रमाउने निर्णय गरेको छु, यति भन्दै ऊ आँखाका आँशुहरुलाई पन्छाउदै थिई। म ऊभन्दा पहिले नै रोइसकेको थिएँ। मलाई कसैको प्रवाह लागेन, मुसीलाई च्याप्प समातेर अगालो हालेँ, अगालोमा हामी धित मरुन्जेल रोयौं। एकछिनपछि उसका आँखाका आँशु पुछ्दै भनें, पीर नगर, अब हामी शारिरिक रुपले एक हुन नसके पनि मानसिक र हृदयले एक भएका छौ। घरको दबावमा आएर मैले बिहे गरें, अब उसलाई पनि छाड्न सक्दिन म। ऊ पनि एक तिमी जस्तै नारी हो, तिमी बुझ्छ्यौ नि मुसी यो कुरा। उसले बुझ्छु भन्ने कुरालाई टाउको हल्लाएर भनी। मैले थपें, थाहा छ मुसी त्यसको भोलिपल्ट म चुच्चे पिपल चौतारीमा तिमीलाई भेटेर तिमी र मेरो जीवनलाईसँगै अगाडि बढाउन सल्लाह गर्ने निर्णय गरेको थिएँ। तर त्यसो हुन दिएनन् हाम्रा अग्रज भनाउँदाहरुले । मुसी खुब रोई मलाई पनि रुवाई। उसले गैरी खेत जाऊँ भनेर हात तानेर उठाई। दुवै गैरी खेत गयौ, उही बालापनको हिलो, पानी घट्टको ढुङ्गामा बसेर सम्झियौं। त्यहाँ हामीले पाएनौ ती गोठालाहरु, पाएनौ कालिज र चाखुराहरू कराएको, पाएनौ मुरलीका ती सुरीला मन छुने भाकाहरू, पाएनौ गैरी खेत हरियो भएर हावाका झोकाहरुसँग लहराएको। गैरी खेत हाम्रो पहिलो मायाको उर्वरभूमि थियो, जसलाई हामीले जोगाएर सिँचाई गर्न सकेनौं । मझेरी डट कमबाट साभार तस्विर- स्कन्द गौतम
सहिदगेटकी आमा
हरिहर खनाल । पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने र दृश्यावलोकन गर्ने बहानामा टहलिँदै हिँड्ने मानिसहरूको उपस्थितिले त्यस वरपरको वातावरणमा जीवन्ततालाई प्रदर्शन गरिरहेको थियो । निकै परतिर नदीको बीच भागतिर माछा समात्न तल्लीन मछुवारहरू तिनीहरूका ससाना डुङ्गाबाट जाल हानिरहेका देखिन्थे । त्यसरी नै अझ परतिर जलविहारमा रमाइरहेका पर्यटकहरूलाई बोकेर ससाना छत्तर भएका रङ्गीचङ्गी डुङ्गाहरूपानीको सतहमा सुलुत्त बग्दै बिस्तारै तैरिइरहेका देखिन्थे । नदीपारिको हरियो जङ्गल सघन रूपमा आँखाको विस्तारित दृष्टिभित्र नअटाउने आयतनमा फैलिएको देखिन्थ्यो । वारि, नदीको सतहभन्दा पाँच मिटरजति पूर्व, उत्तर र दक्षिणतिर फैलिएको कतै काँसघारी र कतै सिसौका ससाना बोटहरूले ढाकिएको विशाल मैदान र त्यसको पूर्वी किनारबाट उत्तर–दक्षिण दौडिएको प्रशस्त फराकिलो कालोपत्रे सडकको सतहमा दौडिइरहेका सार्वजनिक सवारी साधनहरू केही समयको अन्तरालमा लगातार आउने जाने क्रम चलिरहेको थियो । फुटपाथमा मानिसहरू ओहोरदोहोर गरिरहेका थिए । केही मानिसहरू साइकलमा समेत कुदिरहेको देख्न सकिन्थ्यो । मूल सडकको पश्चिम किनारमा फुटपाथसँगै ढुङ्गाको पर्खालले घेरिएको, पर्खालको माथिल्लो खण्डमा तारबार लगाइएको करिब डेढ हेक्टर क्षेत्रफलको एउटा सानो भूभाग थियो जसको बिचोबिचमा षट्कोण आकारमा जमिन सतहबाट एक मिटरजतिको उचाइमा सिङ्गमर्मर बिछ्याइएको लगभग १५ स्वायर मिटरको चौकोजस्तो एउटा उच्च भाग थियो जसको मध्यभागमा झण्डै ६ फिट अग्लो चारपाटे स्तम्भ थियो र त्यसका चारै पाटामा अनगिन्ती मानिसका नाम लेखिएका ग्रेनाइटका लाम्चो आकारका स्लेटहरू टाँसिएका थिए । उच्चस्थल तल जमिन सतहमा चारैतिर दुई मिटरजतिको भूभागमा मसिनले मिलाएर काटेका चिटिक्कका ससाना चारपाटे ढुङ्गाका छपनीहरू बिछ्याइएका थिए र त्यस समतलको सतहबाट पूर्व पश्चिम, उत्तर दक्षिण चारैतिर दुई फिट चौडाइका, त्यस्तै ढुङ्गा छापिएका ससाना सफा बाटा कम्पाउन्डको किनारसम्म पुगेर जमिनको त्यस क्षेत्रफललाई घेरेर लगाइएको पर्खाल नजिकैबाट त्यति नै चौडाइ भएको, पर्खालसँगै चारैतिर घुमेको ग्य्राभल बाटामा मिसिएका थिए । पार्कको बिच भागबाट बाहिर मूल सडकसँगै जोडिएको सहिदगेटमा निस्कने बाटो उत्तर, दक्षिण र पश्चिमतिर गएका फुटपाथभन्दा तुलनात्मक रूपमा केही फराकिलो थियो । बाहिर मूलगेटमा पुग्नैलाग्दा देब्रेतिर सानो एउटा प्रतीक्षालय देख्न सकिन्थ्यो । सहिदपार्क नामले सुपरिचित त्यस ठाउँमा बिहान बेलुकाका समयमा त्यस वरपरका बालबालिका, युवायुवती, वृद्धवृद्धासहित सबै उमेर समूहका मानिसहरूको पातलो उपस्थिति देख्न सकिन्थ्यो । खुट्टा तन्काउनका लागि त्यस ठाउँमा पुग्ने जो कोही पनि तिनै ससाना फुटपाथको बाटो बाहिरको घेरामा दुईचार फेरो लगाएर बाहिरिन्थे । फुटपाथ वरपरका खाली ठाउँँमा कतै कतै फाट्टफुट्ट रूपमा थरिथरिका पूmलका बोटबिरुवा पनि देखिन्थे, तर बिना गोडमेल र हेरचाहका ती बिरुवा कुपोषणले थलिएका बालकालिकाजस्तै शुष्क र निरस देखिन्थे । बिहान बेलुकी त्यसरी त्यहाँ घुम्न जाने मानिसहरूका बीचमा झन्डै ५५ वर्षकी एउटी महिला पनि देखिन्थिन् । अरू आगन्तुकहरूको कुनै नियमितता थिएन । मन लागे जाने, नलागे नजाने गर्थे कतिपय मानिसहरू तर ती महिलाको कुरा भने अलिकति फरक थियो । बाह्रैमास नित्य निरन्तर, हरेक साँझबिहान तिनी त्यहाँ पुग्थिन् र माटाको दियोमा तेल थप्थिन्, सलाई कोरेर बत्ती बाल्थिन्, वेदना र पीडाले थिलोथिलो भएको मुटु अँठ्याउँदै उठ्थिन् र सहिदस्तम्भको सिरानमा कँुदिएको उनको छोराको नाम लेखिएका अक्षरतिर हेरेर एकछिन टोलाउँथिन् । साउनमासको पानी पर्न थालेको आकाशजस्तो बोझिलो अनुहार बनाएर पछाडि फर्किन्थिन् अनि विस्तारै सिँढी ओर्लेर तल झर्थिन् र बाहिरको मूलगेटतिर लाग्थिन् । शरदऋतुको एक साँझ, एकजना २३÷२४ को युवक सहिदगेटमा पुगेपछि फुटपाथबाट देब्रेतिर मोडिएर सरासर पार्कभित्र पस्यो । दाहिनेतिर ससानो एउटा प्रतीक्षालय थियो । त्यस विश्रामस्थलमा ती महिला आफ्नै तन्मयतामा हराएर त्यहाँ एक्लै बसिरहेकी थिइन् । उसले तिनीतिर एक झलक हे¥यो र सरासर अगाडि बढ्यो । ऊ लमक लमक गर्दै पार्कको बिच भागसम्म पुग्यो र छपनी बिछ्याइएको सानो बाटो हुँदै अगाडि बढ्यो । सामान्यभन्दा अलिकति छिटो पाइला चाल्दै उसले त्यस पार्कको चारपाँच फेरो लगायो । अघिसम्म पारि डाँडाको चुचुरोमा भएको सूर्य पहाडबाट कोल्टे परेर पछाडितिर लुक्न लागिसकेको थियो र यतापट्टिको भागमा डाँडाको छाया खसिसकेको थियो । पार्क वरपर आधा घण्टाजति जगिङ गर्दै दौडेपछि अलिकति थाकेजस्तो भएको ऊ बाहिरतिर निस्कँदै गर्दा प्रतीक्षालय जस्तो त्यस विश्रामस्थलनेर पुगेपछि त्यसका गोडा त्यसै रोकिए । उसले देख्यो, प्रतीक्षालयमा बसिरहेकी ती महिला त्यति बेलासम्म पनि त्यहीँ नै थिइन् । दुःख, दर्द र अनन्त वेदनाको पहाडले थिचिए जस्तो लाग्ने तिनको अनुहार निकै क्लान्त देखिन्थ्यो । तिनको काँधमा एउटा पुरानु भइसकेको रातो रङको नेपाली घरेलु तानमा बुनेको झोला झुन्डिइरहेको थियो । ऊ भित्र पस्ता जुन ठाउँमा जसरी बसिरहेकी थिइन् तिनी त्यति बेलासम्म पनि त्यही ठाउँमा त्यसरी नै बसिरहेको देखेपछि त्यसका मनमा ती महिलाबारे अनेक जिज्ञासा उत्पन्न भए । नजिकै पुगेपछि त्यस युवकलाई त्यत्तिकै कुरा नगरिकन, एक शब्द पनि नबोलिकन बाहिर जान मन लागेन । त्यसपछि ऊ प्रतीक्षालयका खुट्किला चढेर माथि उक्ल्यो र दक्षिणतिरको छेउको आसनमा बस्यो । तिनी मानाै उसको आगमनले समेत कुनै प्रकारको असर नगरेसरि पूर्ववत् चुपचाप निःशब्द कुनै विचारमा डुबेर बसिरहेकी जस्ती देखिन्थिन् । युवकका मनमा तिनका विषयमा जान्ने अलिकति जिज्ञासा पलाएर आयो । उसले देख्यो, यति बेला उनी काँधको झोलालाई काखमा च्यापेर बसिरहेकी थिइन् । मानिसहरू पार्कतिर आउने क्रम लगभग रोकिएको थियो । ती सबै कुरामा उनको कुनै ध्यान थिएन । असहायजस्तै लाग्ने ती वृद्धाको अवस्था देखेर उसको मन कुँडियो । उसका मनमा विविध प्रकारका अनगिन्ती प्रश्नहरू उठे । “साँझ परिसक्यो, यति बेलासम्म किन एक्लै यहाँ बसिरहनुभएको आमा ?” उनीतिर हेर्दै उसले सोध्यो । सुरुमा उनले कुनै जवाफ फर्काइनन् । आँखा अलिकति उठाएर ऊतिर केवल हेरिन् मात्र । “बिरामी हुनुहुन्छ आमा ?” पहिलो प्रश्नको उत्तर नपाएपछि उसले पुनः सोध्यो । उसको दोहोरिएको प्रश्नले थोरै मात्रामा उनको ध्यान ऊतिर खिचिए जस्तो महसुस गर्यो उसले । त्यसपछि उनले सुस्तरी यसो भनेको सुन्यो । “सन्चै छु बाबु, काल आएन, यसै मर्न सकिनँ । बाँच्ने चाल पनि छैन । अरू खै के भनूँ बाबु ?” तिनको कपाल खजमजिएको थियो र अनुहार निकै मलिन देखिन्थ्यो । ऊतिर हेर्दाहेर्दै तिनका आँखा रसाए । उनले लुगाका फेरले आँसु पुछिन् । “नरुनुस् आमा, रोएर दुःख जाँदैन ।” उसले भन्यो । तिनी निकै बेरसम्म गम्भीर मुद्रामा बसेको देखेर युवकका मनमा अनेक प्रकारका तर्कना चल्न थाले । तर धेरै कुरा गरेर उनको मन दुखाउन चाहेन उसले । “आमा, साँझ पर्न थाल्यो, हिँड्नोस्, म तपाईँलाई तपाईँको घरसम्म पुर्याइदिन्छु ।” युवकले उनको अनुहारतिर हेरेर यसो भन्यो । तर उनले त्यसको कुनै प्रतिक्रिया दिइनन् । बरू तिनले मलिन स्वरमा भनिन्,– “बाबु, तिमी को हौ ? तिमी जो भए पनि मैले तिम्रो अनुहारमा मेरो छोराको मुहार प्रतिविम्बित भएको देखेँ बाबु !” उनको भनाइ सुनेर युवकको मन एकदम स्तव्ध भयो । “तपार्इँका छोरा कहाँ हुनुहुन्छ र आमा ?” त्यसले विनम्र स्वरमा भन्यो । “छैन बाबु त्यो । दैवले चुँडेर लग्यो उसलाई ।” उनले यति भनेपछि उसको पूरै जिउ बिलकुलै शीताङ्ग भयो । “कहिले ? कसरी आमा ?” अलिकति विह्वल स्वरमा उसले सोध्यो । “भयो बाबु, पाँच वर्षजति । हराम न बिराम, राजाका सेनाले त्यसको प्राण हरे । देश युद्धमा फसेको समयमा तिनीहरूले मेरो मुटुको टुक्रा चुँडेर लगे बाबु । युद्ध सकियो, त्यसपछि नेताहरूले यहाँ ल्याएर थन्क्याए उसलाई ।” तिनको कुरा सुनेर युवक एकदम स्तब्ध भयो । तिनले फेरि थपिन्, “मर्ने चोला हो । एकचोटि सबै मर्नुपर्छ । तर तिनीहरूले मेरो छोरालाई अकालमै मारे । मेरो छोरालाई मारेर के पाए तिनीहरूले ? मेरो छोराजस्ता हजारौँ युवा युवतीलाई मारेर के उपलव्धि हासिल ग¥यो सरकारले ? मेरो छोराको बलिदानले के पायो देशले ? मेरा खसमको समर्पणले कहाँ के भयो दुनियाँदारका लागि ?” यस्तो लाग्थ्यो, तिनको हृदयको अतल गहिराइबाट प्रश्नहरूको मूल फुटिरहेको छ, तर ती सबै प्रश्नहरू अनुत्तरित छन् । युवक त्यो सबै सुनेर स्तव्ध भयो । के गर्ने होला भन्ने कुनै उपाय सुझेन त्यसलाई । त्यसको अनुहार झन् गम्भीर देखियो । “बुबा पनि हुनुहुन्न ?” युवकको प्रश्न सुनेपछि तिनले अलिकति धैर्यधारण गरेर भनिन्, “हो बाबु, मेरा खसम पनि उही बाटो लाग्नुभयो । जनताको सेवा गर्छु, जनताकै लागि मर्छु भन्नुहुन्थ्यो, त्यस्तै हुनगयो ।” “कसरी त्यस्तो हुन गयो आमा ?” किंकर्तव्यविमूढ त्यस युवकले ती वृद्धाको अनुहारतिर हेरेर भन्यो । “छोराको बीभत्स हत्या ग¥यो सेनाले । उसको अवसानपछि हामी दुबै निकै लामो समयसम्म एकदम असहायजस्ता, एक प्रकारले भन्दा विक्षिप्त नै भयौँ । धेरै मानिसहरूले हामीलाई आतङ्ककारी करार गरे र हामीसित बोल्न समेत छोडे । पार्टीका एकाध मानिसहरू कहिलेकाहीँ लुकिछिपी हामीकहाँ आउँथे र हामी छौँ, नरुनुस् भन्थे । तर त्यो त केवल सान्त्वना दिने प्रयत्न मात्र रहेछ । हाम्रो छोराको ठाउँ लिन त कसैले पनि सक्ने थिएन । सक्ने कुरा पनि भएन ।” तिनी एकछिन रोकिइन् र सोचमग्न भइन् । त्यसपछि पुनः उनले भनिन्, “धेरै धैर्यवान र स्वाभिमानी हुनुहुन्थ्यो मेरा खसम । भन्नुहुन्थ्यो– ‘पीर नगर । के गर्ने त ? यस्तै हो हाम्रो जीवन । हाम्रो छोराको रगत देश र शोषित पीडित जनताको मुक्तिको खातिर बगेको हो । त्यो त्यसै खेर जाने छैन । एक दिन मुक्तिको बिहानी पनि देख्न पाउने छौँ हामीले । उसको बलिदानले तिम्रो कोख महान् हुन पुग्यो । तिमी देश र जनताका लागि आफ्नो प्राण आहुति दिने महान् वीरकी जननी हौ । तिमी महान् छौ ।’ छोरालाई सम्झेर कहिलेकाहीँ म आपूmलाई समाल्नै नसकेर बेसरी रुन्थेँ । त्यति बेला मलाई सम्झाउँदै उहाँ यसो भन्नुहुन्थ्यो मलाई । उहाँका कुरा सुनेपछि म बिस्तारै चित्त बुझाउँथेँ र आफैलाई समाल्थेँ । तर दैवको लीला बुझिनसक्नु रहेछ बाबु । एक दिन उहाँ पनि जानुभयो मलाई यो दुःखैदःुखले भरिएको संसारमा एक्लै छाडेर ।” उनी यति भनेर रोकिइन् । युवक एकछिनसम्म केही बोल्न सकेन । झमक्क साँझ परिसकेको थियो । वृद्धा उठिन् र झोला काँधमा भिरिन् । “आमा, झोला म बोकिदिन्छु, दिनुस् मलाई ।” युवकले आदरपूर्वक भन्यो । “भयो बाबु, पर्दैन । तिम्रो सदाशयताका लागि धन्यवाद । यो मेरा खसमको नासो हो । म आफैँ बोक्छु ।” सिँढीबाट तल झर्दै उनले भनिन् । “कस्तो नासो आमा ?” जिज्ञासावश उसले सोध्यो । “यसमा उहाँका अप्रकाशित कृतिहरू छन् ।” उनले छोटो उत्तर दिइन् । “के तपाइँका श्रीमान् लेखक हुनुहुन्थ्यो ?” युवकले अलिकति सहज हुने प्रयत्न गर्दै सोध्यो । “हो बाबु । उहाँले लेखेका केही कृतिहरू प्रकाशित भइसकेका छन्, तर अप्रकाशित कृतिहरू पनि सबै कति छन् त्यो मलाई राम्ररी थाहा छैन । उहाँ बितेपछि खोजी गर्दा मैले जे जति पाण्डुलिपि भेटेँ, ती यिनै हुन् । तिनलाई मैले यहीँ राखेकी छु । “अनि ती कृतिहरू प्रकाशित गर्न कसैले चाख देखाएनन् ?” युवकले जिज्ञासा राख्यो । “इच्छा भएको भए सक्ता हुनन् बाबु । उतिबेला पार्टीका तर्फबाट श्रद्धाञ्जली दिनका लागि उहाँको पार्थिव शरीर पार्टी कार्यालयको प्राङ्गणमा राखेर त्यसमाथि पार्टीको झण्डा ओढाएर फूलमाला र अबिरले पुरेपछि मलिन तर गम्भीर स्वरमा नेताहरूले गरेका भाषण मेरा कानमा अझै पनि गुन्जिरहेका छन् । उहाँको बलिदानको प्रशंसामा भाषण गर्दै उनीहरूले भनेका थिए, “हामी उहाँको बलिदानलाई यसै खेर जान दिने छैनौं । उहाँका अप्रकाशित सबै कृतिहरू प्रकाशित गरेर जनजनका दैलामा पुर्याउने व्यवस्था मिलाउने छौँ ।” पार्टीका सबै ठुला नेताहरूले यसै भनेर कसम खाएका थिए । त्यसपछि पनि पूर्वबाट घाम उदाउने र पश्चिमको आकाशमुनि लुकेर अस्ताउने काम निरन्तर भइरह्यो । त्यस बाहेक अरू केही भएन बाबु । आम जनताको दुःख हिजो जेजस्तो थियो आज पनि उस्तै छ । नेताहरू एक आपसमा आरोप प्रत्यारोप लगाएर आपूmमात्र सही छु भन्ने देखाउन तल्लीनतापूर्वक लागिरहेका छन् । त्यस बाहेक केही हुन सकेन बाबु ।” यति भनेर वृद्धा चुप लागिन् । “अनि यो झोला सँगै बोकेर किन हिँड्नुहुन्छ आमा ?” छुट्टिने बेलामा युवकले थप एउटा जिज्ञासा राख्यो । “उहाँका कृतिका पाण्डुलिपि बोकेर हिँड्दा म सधैँ उहाँ सँगसँँगै हिँडिरहेको आभास हुन्छ बाबु मलाई । सुरुसुरुमा असजिलो लागे पनि अब त बानी प¥यो मलाई । यो झोला मेरो साथीजस्तै भएको छ यति बेला ।” उनले यसो भनेर उत्तर दिइन् । मूल सडकको पेटीबाट हिँडिरहेका ती दुई जना निकै पर पुगेपछि महिला उत्तरतिर लागिन्, युवक भने पूर्वको बाटो समातेर लगातार अघि बढ्दै गयो । त्यति बेलासम्म सडक किनारका सोलार बत्तीबाट निस्केको प्रकाशले अँध्यारोको कालो पर्दा चिर्दै यत्रतत्र सर्वत्र उज्यालो प्रकाश बर्साइरहेको थियो । (स्रोतः कथालय–अङ्क १–साउन–असोज, २०७४)
लघुकथा: तुहिएको आस्था
गनिन्द्र “बिबश” मोवाईलको स्क्रिनभरी ‘शुभयात्रा’ लेखिएको एसएमएस आउने क्रम रोकिएको छैन । विदाईको क्षण शुभेच्छुक मित्रहरुको सन्देशहरु थपिदै छ । श्यामे तीन बर्ष साउदी अरवमा बस्दा भोगेका तिता–मिठा भोगाईहरु बिर्सेर गाउँघरको सम्झनाले तानिदै थियो । दाह्री जुँगा फालेर चाउरिएको गालामा क्रिम दल्दादल्दै सम्झिएको थियो, आहा ! त्यो मंसीर पुषको कठ्याग्रिदो जाडो अनि मेरी कालेकी आमा ।’ घुंग्रिएको कपालमा जेल घस्दाघस्दै कम्पनीको गाडी आईपुग्यो । झोला गुन्टाहरु चढाएर एयरपोर्ट लाग्यो श्यामे । बोर्डिङ्ग पास लिएर सामान बुझाएपछि उ नेपाल रमनाका लागि उड्यो । रत्नपार्क क्षेत्रको विशाल जुलुस, भिड, ब्यानर, तुल, झण्डा ईत्यादी देखेपछि भने श्यामेलाई नेपाल आईपुगेछु भने पक्का भयो । र, खुशीहुदै नियालेर चारैतिर हे¥यो । उफ अझै उस्तै खोई त परिवर्तन ? मुख बिगार्दै मन कुडायो । काठमण्डौ उत्रिएकै साँझ उ घर पुग्ने सुरमा बाटो लाग्यो, बस चढेर । मध्यराततिर हर्षको फोहरा छर्दै श्याम घर पुग्यो । उसको आगमनमा स–परिवार उठे । छोरा काले उसलाई हेरेर बिरानो मान्दै हजुर आमा सँग टाँसिएर बस्यो । स्वागतार्थ उभिएका सबैजनामाथि उसले एकपल्ट नजर डुलायो । कालेकी आमा नजरमा नपरेसी श्यामेले आमालाई सोध्यो, आमा खोई त कालेकी आमा ? देख्दिन नि ? श्यामेको सोधाईले आमा झस्की । सोधी, हँ भेट भएन र ? तँलाई लिन भनेर हिडेकी थिई । तीन दिन भयो अरु पनि काम छ भन्थी उतै भुलियो कि ? केही दिन अघिदेखि श्यामले फोन सम्पर्क गर्दा कम्प्युटरले कालेकी आमाको फोन स्विचअफ भएको संकेत दिएको थियो । त्यतिबेलै श्यामेको मन काँडाले घाचिदै थियो । तत्कालै एनटिसीको सीम फेरेर उसले नम्बर डायल गर्यो । लामो घण्टी पछि बल्ल फोन रिसिभ भयो । ‘कालेकी आमा हो ? भनेको सुन्ने बित्तिकै स्पष्ट नसुनिएको ढोंग गर्दै हेल्लो…हेल्लो…गरी । उतीखेरै वयस्क मोटो पुरुष स्वर पनि सुनियो, ‘आच्छु छुछुछु सिरकबाट चिसो छि¥यो हौ, तिघ्रा लेऊ न यता । यो मध्यरातमा फोन गर्ने को हो हँ ?’फोन काटियो । फेरी डायल गर्दा कम्प्युटरले स्विचअफको संकेत दियो । श्यामे आकासबाट खस्यो, स्वास्नी माथिको प्रेम र आस्था तुहिएको थाहा पाएर ।
अमर तुम्याहाङको कथा : तिरोहित विश्वास
[ एक ] ठूलो तीनतले घर, उत्रै पाली । घर र पाली वारिपरि बार्दली, बार्दलीभरि फूलका गमला । गमलामा थरिथरिका फूलहरू । फूलमाथि लुकामारी खेल्दैछन् माहुरी र पुतलीहरू । घरमुनि बाटो । बाटामुनि बारीका ठूल्ठूला गरा, त्यसपछि खेत, खेत त स–सानो मैदान नै हो । साँच्चि गाउँकै मुटु हो यो खेतवारी । यी बारी र जग्गा अन्नको भकारी नै ठान्छन् गाउँलेहरू । अनि त्यो घर र पाली, स्वर्गको टुक्रा नै हो भन्दा बात नलाग्ला । येहाङ र येमा, यही ऐश्वर्यवान् घरबारका मालिक हुन् । उनीहरुको एकजना तन्नेरी छोरो छ–अमुहाङ । अनि कलकलाउँदी इक्साचाहिँ अमुहाङको बहिनी हुन् । हेर्दा यो घर सुखको सुन्दर फूलबारी जस्तै छ । यो घरको सम्पन्नता देखेर गाउँलेहरू जीब्रो टोक्छन्, ‘पैसाले पैसा कमाउँदोरै’छ, प्रतिष्ठाले प्रतिष्ठा बढाउँदो रै’छ ।’ साँच्ची उनीहरुसँग के छैन र ! अन्न अन्नभण्डारभरि छ, पैसा पुग्दो छ । काम गर्ने गोठालाखेताला छन्, गाउँलेहरू सघाउपघाउ पनि उसरी नै गरिरहेका छन् । खाँट्टी भन्ने हो त यो घरले सिङ्गो गाउँलाई नै थामेको छ । मुक्कुम्लुङ पाठशालाको जेहेन्दार विद्यार्थी हो अमु । ऊ पढाइमा सबैभन्दा क्षमतावान् छ । गुरु र आदरणाीय मानिसहरुलाई आदर गर्ने र आफूभन्दा सानालाई सा¥है माया गर्ने विद्यार्थी भनेर गाउँभरि कहलिएको छ । एकदिन, दुई दिन, एकमहिना, दुई महिना हुँदै समय फुत्किरहेको थियो । मुक्कुम्लुङ पाठशालामा एक नयाँ छात्रा आइपुगिन् । अग्ली जिउडालकी, जूनजस्तै ज्वाज्वल्यमान चेहरा, सुडौला नाक र ठूल्ठूला अनि सुन्दरताले भरिएका आँखा । अमुहाङले यस्तो सुन्दरताले भरिएकी छात्रा जीवनमा कहिल्यै देखेको थिएन । कथाकार अमर तुम्याहाङ नुमा खोलापारि तेखादेनकी हुन्, अमु खोलावारि साङसाङदेनको । अमु र नुमा एउटै कक्षामा पढ्ने सहपाठी भएकाले आफूले नजानेका एकअर्कामा सोधासोध गर्ने र सिक्ने सिलसिला चल्दै गयो । नुमा र अमु विस्तारै तन्नेरी र तरुनीमा बदलिए, उनीहरू धाननाचे, एकआपसमा माया बाँडे–एकअर्काका प्रेमी भए, समयसँगै एकबिना अर्का बाँच्नै नसक्ने प्रेमबन्धनमा परे । एकदिन छहारीमा बसिरहेको बेला नुमाले अमुतिर फर्केर भनी, ‘नसम्झूँ भन्छु र नि हजुर मात्र मनमा झल्लीझली आउनुहुन्छ, सपनीमा पनि देख्छु हजुरलाई मात्र । हजुरबिना त बाँच्न सक्दिन होला…’ यस्तो कुराले नुमाको प्रेममा डुबिसकेको अमुको पनि मुटु ढुकढुक भयो, नुमासँग छुट्टिनुपर्दा उसको मन कति रुन्छ त्यो त उसको अनुहारमा दुरुस्तै उत्रेको थियो । औँलामा खेलाइरहेको सिन्काले भूइँ कोट्याउँदै सुँक्कसुँक्क अमु बोल्यो, ‘म दुःखी नि त हजुर बिना कहाँ बाँच्न सक्छु र !’ नुमा अनुहार भूइँतिर गाडेर झार चुँडाल्दै सुस्तरी बोली, ‘अमु हामी कुनतकसम्म यसरी सेमेक्वाचरी झैँ एक्लाएक्लै बाँच्ने हो….?’ नुमालाई सुनेर शीर ठाडो पा¥यो अमुले, ढाकाको टोपी दुई हातले मिलायो, ‘बूढापाकाहरू ‘चिहान मिच्ने घर, साइनो थिच्ने विहे’ भन्छन् । त्यसो हो भने अब म बुबाआमालाई हाम्रो विहेको कुरा बिसाउँछु है ।’ ‘पक्का हो !’ नुमा खुशीले आँखीभौ उचालेर उन्मुक्त नजरमा मुसुक्क मुस्कुराई । [ दुई ] रातलाई लखेट्दै विस्तारै उषाले पाइला टेक्यो, शुक्रतारा अलपियो । मङ्सिर महिनाको आजको दिन अर्कै छ । आकाशमा बादल छैन, धर्तीमा तुवाँलो छैन, सिङ्गारिएको अमुको घरको पछिल्तिर माथि हिमश्रृङ्खला चाँदी नै हार्नेगरी कञ्चन देखिन्छ । डेरामुनि सुनफूलले लेपन गरिएका लोकन्दीहरु गाउँका तन्नेरीहरूको स्वागत, उठौनीबसौनी, खानपिन अनि धाननाच्न उभिनेवित्तिकै साउँदोपुस्तो पालाम हा कि हा गाउँदै धाननाचको अनन्त फन्को मार्दैछन् । ‘तरुनीबेगरको के तन्नेरी, तन्नेरीविनाको के तरुनी’ भनेको साँच्चै पो हो कि के हो !’ सोरेक्या बूढा दिल्लगी गर्दै डेरायताउता कुदिबस्छ । लोकन्ती तुम्याहाङ्माहरुको भीडमा घुम्टोमा मोहोरिएकी नुमा डेरामुनि बालिएको आगोको धुनि टाढाबाट ताप्दैछिन् । यत्तिकैमा घामले विस्तारै पाइला हाल्छ । घाम फक्ताङलुङ (कुम्भकर्ण), मुक्कुम्लुङ, सिदिङ्बा पर्वतहरू टेक्दै लुङचेलेङ डाँडा हुँदै साङसाङदेन गाउँमा आइपुग्यो । एकपल्ट फेरि बन्दुकहरू पड्के, दमाइहरुले सनहाइ र नरसिङ्गा बजाउन थाले, च्याब्रुङ नाच नाच्न थालियो, कामदारीहरु तोङ्बा र थरिथरिका परिकार लिएर डेरामा लोकन्तीहरुलाई टक्राउन आइपुगे । सँगै बुढापाकाहरु बिन्ती बिसाउँदै आइपुगे ः फक्ताङलुङजस्तै महान कुटुम्बहरू ! सेसेलुङजस्तै झलाद्मी कुटुम्बहरू ! भावीले लेखेर, साइनोसम्बन्धले बेरिएर, माछाका भूरा झैँ झुरुप्पै भेलिँदा, हाम्रो हातको मीठोनमिठो टक्रायौँ है ! ए सिस्नुको रुख चढ्न नसकिने, गरिबीलाई लुकाउन नसकिने, हामी निमुखाले साउँदोपुस्तो अभिनन्दन टक्रायौँ है !’ उत्तरमा लोकन्दीसमूहकी मूली बूढीले जवाफ दिइन् ः लाछिएर बाँड्युँला नि, विन्तीले छाड्युँला नि, अभिनन्दन लिन त लायक नभए नि, सम्धीसम्धिनीहरुले यसरी टक्राएको कोसेली देउभोजनसमान पवित्र मानुङ्ला न….। कलिलो घाम तन्नेरी पुग्दै गयो । गाउँका छरछिमेकी र निम्तालुहरु जम्मा हुँदै गए । च्याब्रुङको घन्केको आवाजले साङसाङदेन गाउँ नै ‘टिनिनि…’ गुञ्जिरह्यो । खानाभान्सा पकाउने काम धमाधम हुँदै थियो । गाउँका तन्नेरीहरू लोकन्दीहरुसँग ख्याली गाउँदै, रेला, हँसिमजाक गर्दै धाननाचिरहेका छन् । गाउँका युवा, बच्चा, बूढाबूढी आ–आफ्नै हुल बाँधेर बेहुलीको चियो गर्दै डेरामा यताउता गरिरहेका छन् । कतिले त येहाङ र येमाले बुहारीचाहिँ सुनकै पाएछन् भनेको पनि सुनिन्छ । ‘बेहुला र बेहुलीलाई त भावीले साँच्चि नै मिलाइदिएको रैछ, होइन, दुइजनै कति राम्रा राम्री हौ !’ कुरा गर्छन् । आज येहाङ र येमाको समृद्धिले गाउँनै भरिपूर्ण छ । इ, अब यत्तिकै बेहुली लुकाउने समय पनि आयो । लोकन्दीहरुले बेहुली नुमालाई लुकाउन पश्चिमपट्टिको याङसिङबुङ डाँडातिर लगे, माइतीहरुले पुनः बन्दुक पड्काउन तयारी गर्न थाले । लोक्कन्दीहरुले नुमालाई सारी र सुनफूल लगाइदिए, झिलिमिलि टल्कने बर्को ओढाए, बर्कोभित्रकी फूल नुमाको अनुहार सुन्दरताले विछट्टै लिपिएकी देखिन्थ्यो । उता बेहुलालाई घोडामाथि राखेर झयाइँझयाइँ च्याब्रुङ बाजासँगै ड्याङ ड्याङ बन्दुक पड्काउँदै बेहुली लिन ल्याइँदैथियो । बेहुलाको पहिरन सेतो वश्त्रजस्तै देखिन्थ्यो, तागा जस्तै पनि देखिन्थ्यो, तर यै हो खुट्याउन गा¥हो थियो । उसको शीरमा त टोपी होइन कालिजको सिउर सिउरिएर बनाएको राजाको श्रीपेच पहिराइएको थियो । ठूलो तर सुललित अनुहार, काँक्राजस्तै लाम्चो नाक, फराकिलो निधारमा सेतो अक्षताटिका । जरायोको जस्तो काँध । साँच्ची भने हो भने राजकुमारसमान अमुहाङ । बेहुली लिन बेहुला ल्याउने ताँतीको अघि नौमति बजाउनेहरु, त्यसपछि च्याब्रुङ बजाउनेहरु, तेश्रो पङ्तिमा दायाँ र बायाँ काँसको थालमाथि सेतो अक्षता र फूल, धपधप बलिरहेको दियो बत्ती र फूलको कलश बोकेका दुई जना कन्याहरु । उनीहरुको पछि बेहुलालाई छाता ओढाइरहेको लोकन्दे, लगत्तै बुढापाका, त्यसपछि त आँखाले नभ्याउने आइमाइ, केटाकेटी, युवा युवती, बन्दुकेहरु । सप्पैजनाको अटुन ताँती बेहुली लिन आउँदै थियो । त्यो ताँती याङसिङबुङ डाँडामा बेहुली लुकाउने लोकन्दीहरुको समूह छेऊमा पुग्यो, बाजा र च्याब्रुङ बजाउनेहरु एकापट्टि छुट्टिए । बेहुला बेहुली भएको समूहभित्र छि¥यो । त्यसपछि बेहुलाले लोकन्दीले घेरिएकी बेहुली नुमालाई टिका लगाइदियो, नुमाले पनि अमुलाई फूलमाला लगाइदिई, अनि आफ्नो हृदयभित्रको आफ्नो राजकुमारलाई खुट्टामा ढोगी । गोलाकार उभिएका सप्पैजनाले खुशीयालीमा जयजयकार गरे । बन्दुकहरु पनि त्यसक्षणमा ‘डुङ डुङ’ जोरजोर पड्के, च्याब्रुङ र अरु बाजाहरु ‘टिनिना… टिनिना…’ बजे । यसपछि बेहुली नुमालाई घोडामाथि राखियो, बेहुलीको पछि बेहुलालाई राखियो र जसरी एउटै लयमा नदीमा माछाका भूराले यात्रा तय गर्छन् त्यसरी नै विहे–जन्ती घरतिर अगाडि बढ्यो । विवाहका सप्पै रीतहरु सकियो, भोलिपल्ट बेहुलीको घरमा बेहुलाको घरपट्टिबाट लोकन्ती र रीत पु¥याउने जाने दिन थियो । अमुका दौँतरीहरु भरियाका लागि तयार थिए । भरियाहरुको माझबाट नाङजङ बोल्यो, ‘अमु एउटा कुरा सोधुँ ?’ अमु बोल्यो, ‘के कुरा हो ! सोध न ।’ नाङजङलाई चुप लगाउँदै आजिबुङ जेठा बोल्यो, ‘मैले बोकेको सेराङको नाम के हो ?’ अमुले सोझै भन्यो, ‘विवाहको सेराङ ।’ झट्ट माराम जेठाले भन्यो, ‘लु भन साथी, विवाहको सेराङले साटेको के हो ?’ सप्पै लब्राहरु गललल हाँसे, अमुको अनुहार त लाजले लालीगुराँशजस्तै रातो भयो । त्यतिबेलासम्ममा लोक्कन्दीहरु र केही भरिया फुङफुङ गाउँको चौतारामा पुगिसकेको थिए । [ तिन ] येहाङको घर आजकल अघिभन्दा चिरिच्याट्ट देखिन्छ । नदेखियोस् पनि कसरी, नुमाले पहिलो भालेको डाकमै कुचो लगाउँछिन्, आँगन बडार्छिन्, घर लिपपोत गर्छिन्, भाँडाकुडा माझ्छिन् । लुगा धुन्छिन् । सप्पै कामहरु पालैपालो गरिसक्छिन् । येमाले पनि आजकल कामबाट सुविस्ता पाएकी छिन् । घरको गोठाला काक्लिकेले पनि आराम गर्न पाएको छ । ‘नुमा सा¥है लच्छिनकी रै’छे । कल्ले के खान्छ, के पिउँछ, के दिनुपर्छ, के दिनुपर्दैन, अनि कसरी बोल्नुपर्छ, कसरी बोल्नुहुँदैन सप्पै जान्दछे ।’ येमाले येहाङलाई भन्यो, ‘यस्ती राम्री बुहारी पाएर कति गर्व लागेको छ।’ येहाङले जुँगा मुसार्दै बोल्यो, ‘कस्को बुहारी हो, त्यो पनि सोच न।’ ‘बाटो पहिल्याउनु नभुली’ भन्ने उखानजस्तै नुमाले एक्लै घरबार, सुँगुर कुखुरा, गाइबस्तु सप्पै थामेको देखेर गाउँलेहरु अचम्म छन् । सप्पैको मुखमा एउटै कुरा थियो, ‘नामजस्तै साँच्चि नुमा त नुमा (लच्छिन) रै’छिन् ।’ सप्पैले मनपराएको देखेर अमुले नुमालाई अङ्गालो हालेर फुक्र्याउँदे भन्यो, ‘नुमा ! मेरो सौभाग्य तिम्रो लोग्ने हुन पाउनु, म कति खुशी छु ।’ परबाट नाक्लिक्के घाँसको भारी बोकेर आउँदै गरेको देखेर लजाउँदै अमुको हात हटाई नुमाले, ‘हो त नि ! मुखले त भन्नै प¥यो..।’ नाक्लिकेको नाम मात्रै नाक्लिके, मान्छे त खाइलाग्दो । कालो वर्णको भए पनि सुहाउँदिलो । येहाङको घरमा सानो हुँदै आएको काम गर्न । यो घरले नाक्लिकेलाई विश्वास र माया बराबर गरेको छ । [ चार ] विहे भएको पनि चार–पाँच वर्ष भइसक्यो । नुमा कोठामा एक्लै सुँक्सुँकाइरहेकी छिन् । यसरी नुमाको जीवनमा रोदनले छोएको दुई वर्ष हुनलाग्यो । ‘ए बस्नलाई गुँड छैन, उडिजाउँ प्वाँख छैन । आँशुको धारामा बस्ने कतिन्जेल हो !’ नुमा विलौना गर्छिन् । भावीको लेखालाई पनि के भन्न सकिन्छ र ? पहिले पहिले सप्पैले मन पराएका नुमाको आजकल कुरामात्र काट्छन् । बच्ना नजन्माउने, बाँझी, अभागिनी, कुरुप, नानाभाती गाली गर्छन्– नुमालाई । आज पनि यसरी नै गाली गरे । विहानै पानी भर्न धारामा जाँदा माथ्लो घरकी नाहाङ्मा र उसकी साथी मिक्कीले उसको बारेमा कुरा लगाइहाले । अमु शौचबाट आएर सोध्यो, ‘होइन के भयो ?’ गाउँलेले त कुरा काटे–काटे, अब त हाम्रा आमाबुबाले पनि कुरा काट्न थाले । आज मिक्की र नाहाङ्माले पँधेरामा भनेको अब मेरो सौता हाल्न लगाउने रे तिमीलाई’ आँशु पुछ्दै कुरा खोलिन् नुमाले । ‘बोल्न देऊ न बोल्नेलाई…’ अमुले भन्यो । ‘के गर्ने त ? मैले पनि नामिन्ना कामीको छोरोलाई देख्दा हाम्रो पनि सन्तान हुँदा त कति राम्रो हुन्थ्यो जस्तो लाग्छ । तर हाम्रो सन्तान नै….।’ फेरि आँशु झारिन् नुमाले । ‘सप्पै गर्न जति गरिसकियो । सन्तान माग्न पाथिभरा गयौँ, अम्बेपजम गयौँन कि, कुम्मायाक कुस्सायकको पूजा गरेनौँ कि, कहाँ पुगेनौँ । मन नदुखाऊ तिमी, एकदिन त हाम्रो सन्तान हुन्छ होला नि !’ अमुले श्रीमीतलाई फकायो । ‘लगनमा त युप्पारुङ दिँदै मुन्धुमको कसम खाए– बुहारी तिमीलाई नराम्री भन्यौँ भने हाम्रो आँखा फुट्ने गरी हिर्काउनु, अनि त्यस्तै के के के के भनेर । तर आज वाचाकसम हरायो ।’ नुमाले सोच्दै गई, ‘वाचा भनेको यस्तै हुन्छ ? मन पर्दा खाने मननपर्दा ओकल्ने ?’ ‘छि ः मनमा पनि के के आउँछ आउँछ !’ यसरी सोच्दैबस्दा नामिन्ना कामीको छोरा च्याँच्याँ रोएको सुनी, ‘मेरो पनि बच्चा भए त …’ ‘नुमा…’ नुमाको कुम हल्लाउँदै अमुले बोलायो । ‘के हो…’ नओभाएका आँशु पुछ्दै कपाल बाँधी नुमालो । त्यतिखेर साथी नेभोःन्जीको कुरा झट्ट सम्झना आयो, ‘साँच्ची नेभोन्जीले मलाई भनेकी थिई, ‘बच्चा पाउनु नपाउनुमा त छोरा मान्छेको पो धेरै हात हुन्छ । कि अमु बच्चा नहुने छोरोमान्छे पो हो कि ।’ अमु सशङ्कित भयो । [ पाँच ] एक दिन, दुई दिन, एक महिना दुई महिना हुँदै फेरि वर्ष दिन बित्यो । दुई तीन वर्षयता तुवाँलोले छोपिएको नुमाको अनुहार आजकल निक्कै उज्यालिएको छ । अमुले उज्यालो अनुहार देखेर नुमालाई जिस्क्यायो, ‘आजकाल आकाश निकै खुलेको छ । घाम पो लाग्छ कि ’ नुमाले अनुहार झन् उज्यालो पारेर जवाफ फर्काइन्, ‘कति झरीमात्र परोस् त ! मन भए उपाय छ भन्छन् । उज्यालो मनले चेहरा उज्यालिएको नि त ।’ आजभोलि नुमाको अनुहारमा हल्कापन र ठूलो सन्तुष्टि देखिन्छ । सबैसँग एकदम हाँसिखुशी छे । यी सबै उसका व्यबहारमा प्रकट हुन्छन् । पहिलेको जस्तै काममा स्फूर्तता ल्याउन थालेकी छिन् । त्यतिमात्र होइन, फरासिली पनि भएकी छिन् । यो देखेर सासुससुरा सप्पै छक्क परेका छन् । नुमाको खुशीयालीसँगै अर्काे कुरा पनि देखिन थालेको छ, त्यो हो काक्लिके सधैँको जस्तो बोल्न छोडेको छ । ऊ त नुमाको अघि नै पर्न छोडेको छ । घरको माथिल्लो तलामा चढ्दै चढ्दैन, मुनि मात्र बस्छ । आज नुमा गर्भवती भएको एक महिना पुगेर दस दिन पुग्यो । उसको पाठेघरमा भ्रुण बसेजस्तो छ । आज त झन् नुमाको खुशीको सीमा नै छैन । समसाँझमै नुमाले मज्जाले खाना बनाइन्, सप्पै कामधन्दा एकशासमा गरिसकिन् । घरमा सबैजना जम्मा भए । येमाले नुमालाई अ¥हाइन्, ‘खाना पस्क ।’ नुमाले खाना पस्किदिइन् सबैजनालाई । भाँडाकुँडा धोइपखाली सकिन्, कुचो लगाइन्, भोलिपल्टका लागि खरानीमा अगुल्टा घुसारेर चुल्होमा आगोको जगेडा गरिन् । यो बेलासम्ममा सप्पैजना आ–आफ्ना विस्तारामा सुत्न पुगिसकेका थिए । नुमा अमु र आफ्नो ओछ्यानमा पुगेर अमुलाई भन्यो, ‘सुन न, एउटा कुरा भनुँ ?’ पुस्तक पढिरहेको अमुको आँखा पुस्तकमै एकाग्र थियो, ‘भन…’ ‘अहँ, भन्दिन, तिमी मतिर हेर्दैहेर्दैनौ ।’ नुमा अर्कोपट्टि फर्की । पुस्तक बन्द गर्दै अमु बोल्यो, ‘नरिसाउ न’ अमुले नुमाको अनुहारमा आफ्नो अनुहार खप्टायो । लजाउँदै नुमा बोलिन्, ‘नाइ भन्दिनँ…।’ ‘नभन्ने भए म पनि तिमीसँग बोल्दिनँ ।’ अमुले घुर्की देखायो । त्यसपछि नुमाले बल्ल कुरा खोलिन्, ‘अब तिमी बुबा हुँदैछौ ।’ ‘कसो रे ! म बुबा हुँदैछु ?’ खुशीले थामिनै नसकी बोल्यो अमु, ‘कसरी पो नुमा !’ नुमाले जिब्रोको टुप्पाबाट फुत्किन आँटेको कुरा फुत्काइहाली, ‘म गर्भवती भएको एक महिना र दसदिन पुग्यो । सधैँ त महिनादिनमा मेरो महिनावारी हुन्थ्यो, कसम होला म आमा हुँदैछु ।’ दुवैजना असीम खुशीले पुरिए । त्यतिकै त्यतिकै भुसुक्कै निदाइगए । ********************** पूर्वी आकाशमा शुक्रतारा उदायो । नीलो आकाशमा ताराहरु अस्ताएका थिएनन् । परेवाहरु घुर्रर्घुर घुरघुराउँदै गीत गाइरहेका थिए । फेरि भाले दुई पटक बास्यो । भाले बासेको आवाज र परेवाको गीतले नुमा ब्यूँझी । यसो कोल्टे फेरि । नुमालाई एक्कासि सारी चिसो चिसो भएजस्तो भयो । यसो छोएको त साँच्चै फेरि महिनावारी भएछ । विश्वास नै गर्न सकिनन् नुमाले । उनको मनमा भूइँचालो गयो । नुमाको आमा हुने स्वप्न महिनावारिसँगै तुहिएर गयो । आँखामा अन्धकार छायो । चिच्याइन्, ‘नाइ….के हो…’ बच्चा पाउनै पर्ने बाध्यताले अमुको विश्वासलाई आगो लगाएर खेतको गोठमा नाक्लिकेसँग लुकीछिपी यौनसंसर्ग गरेको घटनालाई सम्झि र एकोहोरो रुन थालिन् । नुमाका रुवाइले अमु ब्यूँझियो । नुमालाई सम्हाल्दै सोध्यो, किन रुँदैछौ, के भयो र ??’ नुमा नाजवाफ भइन् । आमा हुने रहरले नाक्लिेकसँग कूकर्म गरेको घटना सम्झिदै आफ्नो तिघ्रा हिर्काउँदै अचाक्ली रोइमात्र रही । नुमाको रुवाइले परेवाहरुको गीत बन्द भयो । घरका अरु मानिसहरुको निद्रा पनि भङ्ग भयो । ‘खेतको घटना थाहा पाएर अमुले नुमालाई चुटेजस्तो छ, मैले गर्दा मात्र होइन क्यारे, उसले नै अँठ्याएर त्यस्तो भएको हो, तर पनि…।’ डरले नाक्लिकेको हंश उडिसकेको थियो । डरले ऊ घरबाट टाप दिन खोज्दैछ । यता नुमा आफू कि अमु हो निःसन्तानका जिम्मेदार, छुट्याउनै असमर्थ छे । यसबेलासम्ममा घरका सप्पैजना नुमाको अघि जम्मा भइसकेका थिए । हुँ कि हुँ रुँदै नुमा यसपल्टचाहिँ बोलिन् ‘हाम्रो प्रेमसंसारमा मैले नै आगो लगाएछु । अब कहाँ मरिजाऊँ म…’ अमु, आमा, बुबा, इक्सा कसैलाई पनि गाँठी कुरा थाहा थिएन तर नुमा चाहिँ झन् झन् डाँको छोडेर रोई रहेकी थिइन् । (लिम्बू कथा संग्रह “लेमेबा नसान याक्थुङ” कथाबाट स्व.स्वप्निल स्मृतिद्वारा अनूदित) साहित्य संग्रहबाट साभार
बजगाँईको ‘भाया साक्रा’ सार्वजनिक
लन्डन, १२ फागुन । रोमान्टिक धाराका प्रसिद्ध कवि जोन किट्सको निवास लण्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा’(पवित्रपथ) सार्वजनिक भएकाे छ । सन् १७९५ मा जन्मिएका किट्सको निवासलाई ‘सिटी अफ लण्डन’ले सङ्ग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ । सो नियात्रा संग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ यात्रानुभूति समावेश छन् । बजगाईंको नियात्रा संग्रहमा ज्ञानविज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण पाइन्छ । आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा साहित्य लेखन, सम्पादन र प्रकाशनमा सक्रिय छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौँ साहित्यिक कृति तथा दोस्रो नियात्रा संग्रह हो । यसअघि उनका ‘युरेशियाको स्पर्श’ (नियात्रा संग्रह), ‘कमरेड भाउजू’(कथासङ्ग्रह), ‘स्रष्टा र डिजिटल वार्ता’ (अन्तर्वाता संग्रह), ‘यन्त्रवत्’, ‘रोडम्याप’ र ‘कवच’(लघुकथा संग्रह),‘हिउँको तन्ना’ (हाइकु संग्रह) कृति प्रकाशन भइसकेका छन् । सुप्रमा साहित्य पुरस्कार (बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार (अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड (अमेरिका), देवकोटा शताब्दी सम्मान (नेपाल), सत्यमोहन जोशी शताब्दी पदक (नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल) आदि पुरस्कार तथा सम्मानद्वारा बजगाईं सम्मानित भए ।
रुखको कथा
चौतारीमा एउटा रुख थियो । हरियो रुखले झपक्कै चौतारी ढाकेको थियो । बटुवाहरु यहि चौतारीमा बिसाएर सितल ताप्थे र आनन्द मान्थे । माथि हाँगामा विभिन्न प्रजातीका चराहरुले गुँड बनाए, बचेरा कोरले । रंगीचंगी चराहरुको आवाजले परसम्मको वातावरण सुमधुर बनाउँथ्यो । यो वातावरण देखेर गिद्धहरुपनि त्यहि अग्लो रुखमा आएर बास बस्न थाले । त्यहिं गुँड बनाए । साना चराहरुलाई ठुँग्ने, लखेट्ने, बचेरा मारिदिने गर्न थाले । बाँदरहरु पनि त्यहि रुखमा आए । फल खाए, झारे । फूल चुँडेर नष्ट गरे । रुखका हाँगा जथाभावि उफ्रिएर भाँचिदिन थाले । रुखको फेदमा सित्तल चौतारी थियो । बटुवाहरु भारी बिसाउँथे, एक निन्द्रा मस्त निदाउँथे । यो आनन्दको वातावरण देखेर केही लोभीपापीहरुले चौतारीलाई नै बासस्थान बनाए । तिनै रुखका हाँगा छिमोले, लहलहाउँदा स्याउला काटेर घर पो बनाए । रुख लोपी पापीहरुको अड्डा भयो, सक्दो फाईदा लिए । विस्तारै चौतारी सुनसान हुन थाल्यो । एकातिर रुखको जरैदेखि आवादी बढ्दै थियो, अर्कातिर चर्को घामले ओइलाउँदै गयो । केही सचेत नागरिकले रुख बनाउन अतिक्रमण बन्द गराउने र मलजल गर्ने अभियान पनि नचलाएका होईनन् तर घाम झनै चर्कियो । एकदिन घामले मात्र रुख सुकाउन नसकेपछि हँसिया र हथौडालाई साथी बनायो । त्यसपछि माथिबाट घामले ताप फ्याक्ने र तलबाट हँसिया र हथौडा मिलेर रुखका बोक्रा उक्काउन थाले । रुख सुक्दै गयो तर पहिला रुखबाट फाईदा लिन तम्सिनेहरु टुलुटुलु हेरिबसे । विचरा केही चराहरु अहिलेपनि रुख फेरि पहिला जस्तै हरियो हुने आशामा हाँगामै गुँड बनाएर बसिरहेका छन् । गाउँलेहरु भन्न थाले अब यो रुख बुढो भयो, काटेर दाउरा बाल्नु पर्छ, काठ चिर्नु पर्छ र त्यो चौतारीमा नयाँ विरुवा रोप्नुपर्छ । (copy) तर थाहा छैन, कसले गर्ने हो यो काम ।
‘उनको लास र म’ भागः ५
‘के हामी बिहे गर्न सक्छौँ ?’ उनीसँग भेट्नासाथ मेरो पहिलो प्रश्न थियो यो । किनकि अघिल्लो दिन उनको कुरा सुनेर मलाई हिनताबोध भएको थियो । मेरो हाँउगुजी मानसिकताप्रति आफैसँग रिस, राग र आवेग थियो । एउटी नारिको अस्तित्व के भन्ने हेक्का नै नगरि मैले केकीको चित्त दुखाएको थिएँ । उसले बोलेका कुरामा मलाई विश्वास थियो । किनकी मैले उसका आँखा पढेको थिएँ । यदि मेरो परिवार, समाजले मेरो भावना बुझ्दैन भने मलाई भन्नु केही छैन । म लड्न तयार छु । तर, यो नै मेरो अन्तिम निर्णय हो’ मैले भनेँ । ‘मलाई यतिधेरै प्रेम गर्छौँ कृष्ण ?’ उसले भनी । लेखकः कृष्ण आचार्य केही नबोली उसले मलाई अंगालो हाली । आँखाबाट आँसुका धारा बग्दै गए । एकपल्ट मलाई पुर्लुक्क हेरी । गालामा चुम्बन गरी । अनि फेरि अंगालोमा बेरि । वरिपरी कसले हेरिरहेको छ, को छ भन्ने कुराको उसलाई कुनै वास्ता थिएन । म पनि खुसी थिएँ । कनिकी मैले उसलाई गरेको अपमानप्रति उसले कुनै प्रतिक्रिया जनाइन् वा मसँग वादविवाद गर्न चाहिन । यसबाट पनि उसको स्वभाव बुझ्न सकिन्छ । मलाई त्यो माहोल बिगार्न मन लागेन । त्यसैले मुखबाट फुस्कीसकेको सरी शब्द पनि भित्रै दबाएर राखेँ । हामी सिटिसी मलको माथिल्लो तल्लामा रहेको क्याफेमा गयाैँ । उकान्तमा गएर बस्यौँ । त्यतिबेलासम्म हामीबीच कुनै वार्तालाप भएको थिएन । न त मेरो प्रश्नको उसले जवाफ नै दिएकी थिई । त्यसो त उसको हाउभाउले उत्तर भने पाइसकेको थिएँ । त्यै पनि के भन्ने हो भन्ने कन्फूजन भने मनमा थियो । ‘एउटी विवाहित नारीसँग बिहे गर्न चाहन्छौँ ?’उसले भनी । ‘के म तिमीलाई तिम्रो श्रीमान्सँग खोस्दैछु केकी ?, त्यो विगत थियो अनि यो वर्तमान । हामी वर्तमानमा बाच्न सक्नुपर्छ’ मैले भने । ‘उहाँलाई त मेरो भाग्यले खोसिसक्यो । त्यसपछि मसँग बिहे गर्न चाहने धेरै आए । तर, मैले कसैलाई स्वीकार्न सकिन’ उसले भनी । उसको कुराले के ऊ कसैलाई भनेर मलाई सचेत गराउँदै छे भन्ने लाग्यो । तर, आसा भने मारिन् । ‘अनि म उमेरमा पनि तिमीभन्दा जेठी छु । के एउटी विधवालाई तिम्रो परिवार, यो समाजले स्वीकार्छ त ?’ उसले भावुक हुँदै भनी । ‘यसमा भाग्यको कुनै दोष छैन । समय हो । जुन हाम्रो नियन्त्रणमा रहँदैन । हामी यसैसँग चल्न सक्नुपर्छ ।’ मैले भनेँ । ‘अनि म उमेरमा पनि तिमीभन्दा जेठी छु । के एउटी विधवालाई तिम्रो परिवार, यो समाजले स्वीकार्छ त ?’ उसले भावुक हुँदै भनी । ‘केकी, म तिमीलाई प्रेम गर्छु । प्रेममा जात, वर्ग, धर्म, उमेर कहाँ हुन्छ र । मेरो प्रेमको कुनै व्याख्या, विश्लेषण नखोज तिमी । बस्, म तिमीलाई उज्यालो संसार देखाउन चाहन्छु । तिम्रो जीवनमा खुसी भर्न र तिमीसँगै जिउन पनि । यसलाई विद्यवाप्रति गुन लगाउँदेछ भन्ने भावले नहेर प्लिज । यहाँ मेरो स्वार्थ छ । र, त्यो स्वार्थ तिमी हौँ । हो, केकी म तिमीलाई प्राप्त गर्न चाहन्छु । अनि तिम्रा अधुरा सपना पुरा गर्न । यदि मेरो परिवार, समाजले मेरो भावना बुझ्दैन भने मलाई भन्नु केही छैन । म लड्न तयार छु । तर, यो नै मेरो अन्तिम निर्णय हो’ मैले भनेँ । ‘मलाई यतिधेरै प्रेम गर्छौँ कृष्ण ?’ उसले भनी ।
कष्टकर व्याथा: प्रेम सुनारको आत्माकथा
प्रेम सुनार/ गुल्मीमा त्यसमा पनि ईन्टरनेटको पहुँचमा हुने पुर्व देखि पश्चिम सम्मका दाजु भाई दिदी वहिनीहरुले म प्रेम सुनारलाई पत्रकारिताबाट धेरैको भलो गरेको मान्छे हो भनेर चिन्नु हुन्छ भन्ने मेरो बिश्वास छ । अनि निकै सुखी र खुशी होला भनेर पनि सोच्नु हुन्छ होला । तर, म गत तिन वर्ष देखि असाध्धै कष्कर व्याथाले भित्रै आत्मा थला पर्दै आएको व्यक्ति थिएँ । जो अँस्ती मंगलबार देखि त्यो व्याथाबाट मुक्त भएको छु । आफुले कसैलाई कुनै न कुनै भलो काम गरिएको छ भने उ बाटा धन्यवाद वा उसको आत्माबाट आशिर्वादको अपेक्षा जसले पनि गरिरहेको हुन्छ । त्यस पत्रिकाले एउटै रेडियो कार्यक्रम ओझेलका खवरले ५० जना भन्दा बढि जिवनमरणको दोसाँधमा रहेको मानिसहरुलाई नवजिवन दियो भनेर समाचार प्रकाशित गर्यो । पछिल्लो चरण गत डेढ दशक देखि म निरन्तर पत्रकारिता पेशामा आवद्ध छु । यो अवधीमा मैले सपनामा पनि कुनै न कुनै विपदमा परेका मानिसहरुको घरमा रिपोर्टिङ्ग गर्न पुगेको हुन्छु । म कान्तिपुर दैनिक र त्यसको गुल्मी सम्वादाता आदरणी पत्रकार घनश्याम गौतम ज्यु संग आभार प्रकछ गर्न चाहन्छु । किनकी आज भन्दा दुई वर्ष अघि नै त्यस पत्रिकाले एउटै रेडियो कार्यक्रम ओझेलका खवरले ५० जना भन्दा बढि जिवनमरणको दोसाँधमा रहेको मानिसहरुलाई नवजिवन दियो भनेर समाचार प्रकाशित गर्यो । अन्य थुप्रै पत्रिका , अन्य सञ्चार माध्यम र समाजका अधिकांस व्यक्तिहरुले पनि प्रशंसा गर्दै आउनु भएको छ । तर मलाई गत तिन वर्ष यता थुक्क भन्नेहरु पनि एक पछि अर्को हुँदै बढ्दै जानु भयो । कारण म गुन गर्ने हलाको थाप्लामा छेंड भन्ने उखानको पात्र बनेर यो टाउकाको गिदी छियोछिया पारेर बस्दै आएको थिएँ । मैले चार वर्ष अघि एउटी आफुलाई पिडित पात्र बताउँने महिलाको टेलिभिजनमा उसको रोदन चित्कार पस्केको थिएँ रेडियोहरुमा । उनि थिईन पाल्पाको पुर्वखोला घर र अस्मी थापा नाम बताउने महिला । प्रेम सुनार महिनौं सम्म विहानै वेलुका डाको छाडेर रुँदै आफ्नो कथा व्याथा रेडियोमा राखी दिन आग्रह गर्दथिन । मैले विश्वास नगरे गुल्मीमा तपाईले चिनेका कोही छन भनेर सोधे । उनले गुल्मी सिर्सेनी हो वा धुर्कोट ९ अहिले मैले भुँले ० की एउटी वहिनीलाई चिनेको भन्दै नम्वर दिईन् । ति वहिनीले हो दाजु उनि असाध्धै पिडित महिला हुन भनेर फोनमा भनिन् । त्यस पछि मैले उनको विचल्लीको कथा पस्कीएको थिएँ । त्यस पछि ४५ हजार भन्दा बढि म मार्फत आएको सहयोग रकम उनको हातमा पर्यो । उनकै फोन नम्वर राखी दिएको थिएँ । उनी मार्फत कति आयो थाह भएन । अगुवा महिलाहरुले मलाई फोन गरेर भन्नु भयो त्यो महिला वालात्कृत भएको र उसका छोराछोरीहरु अपहरणमा भएको उसले रेडियोमा बताएको कुरा गलत हो । पछि बुझ्दै जाँदा ति महिलाको चरम गरिवीका कारण मागी खाने माध्यम बनाउन उनले त्यो मञ्चन गरेकी रहिछन् । कार्यक्रम प्रशासरण भएको एक साता नवित्दै स्थानिय अगुवा महिलाहरुले मलाई फोन गरेर भन्नु भयो त्यो महिला वालात्कृत भएको र उसका छोराछोरीहरु अपहरणमा भएको उसले रेडियोमा बताएको कुरा गलत हो । पछि बुझ्दै जाँदा ति महिलाको चरम गरिवीका कारण मागी खाने माध्यम बनाउन उनले त्यो मञ्चन गरेकी रहिछन् । मानिस गरिव होस तर हरिव नहोस् । गरिवले कि काम गरेर खान्छ कि सत्यकुरा गरेर मागेर पनि खान्छ । उनले त्यो गरिनन् । जसरी केहि वर्ष अघि कान्तिपुर दैनिक जस्तो प्रतिष्ठीत मिडियालाई समेत एउटी महिलाले फोनमा झुक्काएर हजारौं रकम भेटाएर सम्वन्धितलाई बुझाएको समाचार प्रकाशित गराएर राष्टपतिबाट समेत सम्मानित हुने सम्मको झुक्काउने काम गरिन त्यस्तै ति अस्मी थापा भनिएकी महिलाले पनि मलाई गरिन मलाई पनि । त्यो समाचार प्रशारण भए लगत्तै उनलाई गाउँ गाउँ टोल टोलमा पुगेर मागी खाने भाँडो बन्यो । त्यो सम्म ठिकै थियो । तर दुखको कुरा गुल्मीका विभिन्न ठाउँमा पुगेर उनले मेरो नाम विकाईन् । यति सम्म घटियो कि दाजु म तपाईकी वहिनी बन्न चाहन्छु भनेर थाप्लोमा कसम खाएर र दुई हजार रुपैँया बाटो खर्च समेत लिएर हिँडेकी उनले गाउँमा माग्दै जाने क्रमा म प्रेम सुनारकी कान्छी श्रीमति हुँ हेला गरेर यसरी माग्दै हिडेकी छु सम्म भनिन् । गुल्मीकै धुर्कोट जस्तो ठाउँमा पुगेर उनले मलाई प्रेम सुनारले वलात्कार गर्यो सम्म भनिछन् । यो तिन वर्ष अघिको कुरा एउटा क्लवले कार्यक्रम राखेको स्थानमा डाको छाडेर बलाई वलात्कार अभियोगीको आरोप समेत लगाई छन् । त्यहाँका युवाहरुले मलाई ए दाई के सुन्न परेको भन्दै जानकारी दिए । मैले त्यो महिलालाई फेला पारे खवर गरी हाल्नु होला भने । पछि तम्घासकै चारीखोलाको विचबाटोमा रुँदै बसको रेडियो रेसुङ्गाका सहकर्मीहरुले देख्नु भएछ । उनले तपाईहरुले चिन्नु भएन र ? म प्रेम सुनारकी श्रीमति हुँ कुटेर खाना लाउन नदिएर यो हालत बनाएको छ भनेर भनेको कुरा हिजो मात्र त्यस रेडियोकी स्टेशन म्यानेजर अनिता खत्रीले बताउनु भयो । यसरी मेरो नाम विकाउने कार्य धेरै स्थानमा भएको रहेछ । केहि दिन अघि गुल्मी कै कुर्घा र आँपचौरका महिलाहरुले फोन गर्नु भयो र मेरै बदनाम गरेको कुरा सुनाउनु भयो । एक महिना अघि अस्लेवाका वडाध्यक्ष भिमलाल पाण्डेले फोन गरेर भन्नु भयो प्रेम जी तपाईबाट कल्पना नै गर्न नसकीने कुरा लिएर यहाँ एउटी महिला साराका सामु रोई रहेकी छन के हो यो रु मैले चिने हाँले र भने पर्खिनुस म रिडी प्रहरीलाई भन्छु भनेर भने । तत्काल मैले रिडीका केशव भट्टराई ईन्स्पेक्टरसावलाई फोन गरेर अस्लेवामा रहेकी ति महिलालाई समातेर चौकीमा राखी दिन र म त्यहाँ आउने आग्राह गरें । उता भिमलाल सरलाई पनि त्यो जानकारी दिएँ । भिमलाल सरले तिम्रो अप्रेशन गर्नु छ भने म एक्लैले गरी दिन्छु यसरी मागेर नहिड वस भन्नु भएछ । अहिले भर्खरै उहाँ संग फोनमा कुरा भयो उहाँले त्यसो भन्न साथ ति महिला त्यहाँबाट गायव भईछन । सायद त्यतैबाट स्याङ्गजा छिरेर होला ईनस्पेक्टर सावले समेत समात्नु भएन् । त्यस दिन देखि गुल्मीबाट हराएकी ति महिला पाँच दिन अघिको कुरा हो चितवनबाट एक जना व्यक्तिले फोन गर्नु भयो । म बुटवलमा थिएँ । उहाँले ति महिलाले धेरै ठाउँ त्यस्तै विभिन्न वाहना बनाएर ठग्दै आएकोले सहयोग गरी दिन आग्रह गर्नु भयो । उहाँले पाल्पा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिई सक्नु भएको रहेछ । उनिबाट ठगिने पात्रहरु मध्ये म पनि एक भएको जानकारी उहाँलाई रहेछ । उनले विगत लामो समय देखि अन्य थुप्रै रेडियोहरुलाई पनि प्रयोग गर्दै आएकी रहिछन् । नभाँचिएको हात खुट्टा र टाउँकोमा पट्टी बाँध्ने , पेटको समेत अप्रेशन गर्न नसकेको भन्ने र रोएर अरुलाई कठैबरा भन्ने पार्ने उनको ठगीको अस्त्र रहेको छ । मलाई पनि त्यही गरिन । सायद दुई वर्ष अघिको कुरा होला । उनी तम्घासमा टाउँको र हातमा पट्टी बाँधेर रुँदै आएकी थिईन् । म संग त्यस दिन उनलाई तत्काल बाटो खर्च दिएर पठाउने पैसा थिएन् । उनले त्यसै दिन साँझ पाल्पा घर जान्छु भन्दै थिईन । मैले अहिले मैले दिन सकिन भोली विहन दिउँला बरु आज एउटा होटलमा भनि दिन्छु वस्नुस वहिनी भने । अनि त्यही बाटो नजिकै रहेको रेसुङ्गा होटलका साहुलाई भनेर राखी दिएँ र कोठामा गएँ । अर्को दिन विहानै पिपलधारामा एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा जानु थियो । तर म त्यतिकै जान सकिन ति वहिनीलाई त्यसै होटलका साहुजी दुई हजार सापटी मागेर पठाएँ । हिड्ने बेलामा उनि रुँदै मेरो टाउँकोमा हात राखेर दाजु तपाईले मलाई आफ्नी वहिनी बनाउनुस भन्दै थिईन् । त्यसरी हिडेकी मान्छेले गाउँ गाउँमा माग्ने क्रममा कहिले प्रेम सुनारकी कान्छि श्रीमति कहिले बलात्कारी भन्दै हिडेको कुराले मलाई ठुलो पिडा भई रहेको थियो । मैले धेरै चोटी फोन गरे उनलाई मेरो फोन उठाईनन् । म्यासेनको रिप्लाई पनि दिईनन् । पछि त्यो फोन नम्वर नै लाग्न छाड्यो । ए भगवान खाएको विष पो लाग्छ नखाएको विषले लाग्नु भनेको असाध्धै पिडावोध हुँदो रहेछ । उनका कारणलले गर्दा मेरा पछाडी अहिले कैयौं महिलाले भन्नु हुन्छ रे आफुले कान्छि श्रीमतिलाई रुदै लाला गाउँदै हिडालेको छ अझ अरुका कुरा लेख्छ बन्छ लाज नभएको भनेर । ऊफ।।।।।।यस्तो कसैको ईज्जत प्रतिष्ठा माथी धावा बोलेर माग्दै हिड्ने गरिव यसरी हरिप कोहि नबनुन् । मलाई मात्र रहेन छ म जस्ता थुप्रैको वदनामी र ठगी गरेको कुरा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाले गरेको पत्रकार सम्मेलनबाट छताछुल्ल भएको छ । कान्तिपुर दैनिक देखि अन्य पत्रपत्रिका र अन्य सञ्चार माध्यमबाट उनको ठगी काण्डको समाचार आए पछि मेरो भारी भएको टाउँको हलुङ्गो भएको छ । धेरैलाई धर्मै गरेको रहेछु मैले भन्ने लागेको छ । हिजोको कान्तिपुर दैनिक देखि अन्य पत्रपत्रिका र अन्य सञ्चार माध्यमबाट उनको ठगी काण्डको समाचार आए पछि मेरो भारी भएको टाउँको हलुङ्गो भएको छ । धेरैलाई धर्मै गरेको रहेछु मैले भन्ने लागेको छ । कुकर्मको फल उनले अहिले पाएकी छन् । उनकै गाउँबाट हिजो त्यहाँका समाज सेवीको फोन आयो । ति समाजसेवीका अनुसार उनका श्रीमान सधै रक्सी पिएर हिड्ने । उनका बृद्धाबाबुलाई पालेर बस्छीन अरे उनले । स–साना छोरा छोरी र बृद्ध वावुलाई पाल्न नसके पछि उनले विभिन्न वाहान बनाउँदै माग्न हिडेकी हुन रे । ति समाज सेवीले भन्नु भयो एकदम विचल्ली छ उनको घरमा मानसिक तनावले गर्दा उनको दिमाग पनि खासै ठिक ठाउँमा छैन त्यसैले जाथाभावी बोल्छीन् । उनका वावु आएर हिजो उहाँ संग रोए रे । प्रेम जी सहयोग गरी दिन पर्यो माफी मगाएर आगमी दिनमा त्यस्तो गरेर नहिड्ने सर्तमा छाड्नका लागि भन्दै हुनुहुन्थ्यो । तर उजुरीकर्ता म होईन अरुहरु नै हुन् । उनलाई मेरो पवित्र आत्माले पोलेको हो । अरुहरुको दयालु आत्मा पनि पोलेरै होला आज मैले सहँदै आए पनि अरुले सहन सकेनन् । आखिर एक दिन कुकर्मको पाप धुरीबाट कराएरै छाड्दो रहेछ । पाल्पा प्रहरीलाई साधुवाद भन्न चाहन्छु कि त्यस्ती पापीनी महिलालाई समातेर उनको कर्तुत पत्रकार सम्मेलन गरेरै पर्धाफास गरी दिएकोमा । उनको हर्कतबारे ठाउँठाउँबाट मलाई सुचित गर्नु हुने सम्पुर्ण दिदी वहिनी आमा वुवा दाजु भाईहरुमा पनि आभार प्रकट गर्दछु । कम्ता बदनामी सहेको थिईन मैले । अँस्ती मंगलबार सम्मको तनावग्रस्त म हलुङ्गो भएको छु । ति अस्मी मात्र होईन ठग्ने उनको लहरो अरु पनि भएको मैले अनुमान गरेको छु । जयहोस पाल्पा प्रहरी र उजुरुकर्ताहरुलाई मैले गर्न नसक्ने काम तपाईहरुले गरेकोमा ……. ।
म एक्लै बाँच्न सक्छु
बिना तामाङ/ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो तीन दिन देखि म भोग्दैछु ,महशुस गर्दैछु । चाहेर नचाहेर मानिसले भोग्नै पर्ने जीन्दगीका तीता क्षणहरु आज म संगाल्दैछु । लाग्छ म आज यो झरीसंगै झर्दैछु अनि भेल बनि हिलाम्य भएर बग्दैछु। किन यस्तो भैइरहेछ रुआफैलाई सम्हाल्न खोज्छु । केहि कठोर बन्ने प्रयास गर्छु । पीडा लुकाउने असफल प्रयास गर्छु । अनुहार रातो हुन्छ । फेरि आवेगमा आउँछु । दाँत किट्छु । अहं सबै प्रयस विफल हुन्छ । प्राकृतिक नियम म मा पनि लागू हुन्छ।जति कोशिस गरे पनि पत्तै नपाई आँखाको डिल डिलबाट आँशुका ढिक्काहरु बर्बर्ती झर्छ । आफ्नो दयनिय स्थिती देखेर आफैमाथि दया लाग्छ। बिस्तरामा पल्टिन्छु । निदाउने फेरि अर्को असफल प्रयास गर्छु। अहं पटक्कै निद्रा लाग्ने हैन। नैराश्यताले ब्युँझाईरहन्छ । जुरुक्क उठ्छु । स्वास फेर्नै गार्हो अनुभव हुन्छ । झ्यालबाट बाहिर चियाउँछु । सुनसान देख्छु । एकाध मानिस छाता ओढेर हिडेको देख्छु । एकहोरिन्छु । कोहि परिचित मानिस आए झैं लाग्छ परबाट । त्यो चेक छाताले टाउको मात्रै ढाकेर यतै लम्केर आउनेलाई चिने चिने झैं लाग्छ । परै भएकोले ठम्याउन हम्मे हम्मे पर्छ । अलिक नजिक आएपछि मेरो ओठमा भएको अलिकति खुसी पनि धेरै टाढा भाग्छ । उ त रोहित नै रहेछ जसलाई मैले तीनदिन अघि नै छोडेर आएको थिएं यो क्वाटरमा । रोहितलाई चिनेपछि मन् झन् झन् भुट्भुटिन्छ । पेट्रोल छर्कए झैं लाग्छ शरीरमा, कम्पन हुन्छ । क्रोधाग्नीले मेरो अनुहार बल्छ ।म हत्तपत्त पर्दा लगाउँछु । टिङ् टिङ् डोरबेलको आवाज कानैमा आएर ठोकिन्छ । बिना तामाङ अहं म ढोका खोल्दै खोल्दिन । ज्यान गए पनि खोल्दिन।म आफैमा कठोर हुन्छु । सुमी प्लीज एकपटक ढोका खोल । तिमीसंग केहि कुरा गर्नुछ । प्लीज । रोहितको आवाजमा म षड्यन्त्रको गन्ध भरिएको म पाउँछु । झनै मनलाई दरो बनाउँछु । मुठ्ठी कसिन्छ अटोमेटिकली । बोल्नै मन् हुन्न । शरीरबाट पसीना निस्कन्छ । के गरुं कसो गरुँं हुन्छ । उठिसकेको मेरो शरीरलाई म पुनस् पलङ्मा फ्यात्त फाल्छु ।किन किन अब मलाई भक्कानेर रुने मन हुन्छ। तर तर म रोहितको सामु किन रुनु रु उसको अगाडी म किन दुस्खी बनुँ रु म पनि सक्छु उ बिना बांच्न । हो म यहि देखाईरहेछु बितेका केहि दिन देखि उसको सामु । चाहे मनमा वेदनाका पहाडनै किन ठडियोस म समथर बनेर देखिन चाहन्छु अहिले । मनभरि पीडाका ज्वारभाटाहरु उर्लदै गर्दा म त्यस्लाई बाहिर निस्कन नदिएर आफैमा समहित गर्दैछु । मलाई थाहा छ केहि समय पश्चात त्यो ज्वारभाटाहरु बिस्फोट हुनेछ । तर रोहितको अगाडी म साम्य हुन्छु । म उसलाई देखाउन चाहन्छु यि हेर तिमी बिना बाँच्न सक्छु हाँसी खुसी । तिमीले गरेको कुठाराघातलाई मैले आत्मसाथ गरिसकें । त्यसले मलाई केहि असर पारेको छैन ।ू जाउ तिम्रो जीवन तिमी बाँच मलाई घच्घचाउन न आउ । मलाई एक्लै छाडिदेउ ।“ प्लीज सुमी एकपटक मात्रै ढोका खोल । तिमी कति कठोर हुनसकेकी । मेरो फोन पनि रिसिव गर्दिनौ ।ूउहि आवाज दोहरिन्छ । रोहित यति लाचार भएको मैले यस अघि कहिल्यै देखेको थिइन । मैले सोचेको पनि थिईन कि मेरो लोग्ने भनाउँदोको रुप परिवर्तन यस प्रकार हुन्छ । अहं अझै विश्वास लागिरहेको छैन मलाई । अहँ हुदै हुन्न । म मान्दै मान्दिन । उसको बोलीमा अव के नै त्यस्तो जादु बाँकी छ र अब विश्वास गर्न सकुँ मरु उसका यस्तै चकलेटी कुराले नै त मैले उ संग ८ वर्ष बिताइसकेकी थिएं उसको अर्धाङ्गिनी बनेर । अहं यो सब भ्रम हो । उसको देखावटीपन हो । मानौ उ अझै नाटक गरिरहेछ जिन्दगीको रङ्गमञ्चमा र म दर्शक बनेर फेरि पनि थपडी बजाउँदै खुसी हुनेछु उसको यो सशक्त अभिनय देखेर । साँच्चै कुनै कलाकार भन्दा कम देख्दिन वास्तवमा उ साँच्चै पछुतो मान्दैछ वा फेरि पनि मलाई छल्न खोज्दैछ यो त भगवान नै जानुन् तर मेरो मनले यि सब झुटा हुन् भनेर खबरदारी गर्दैछ । ूसुमी होशियार माकुरा जाल बुन्दैछ।जानी जानी नफस अब ।ू यदि यसो नहुदोँ हो त कसरी यति बिघ्न माया गर्ने मान्छेले म माथि सौता नामको किलो गाड्थ्यो रु बाँचे संगै बाँचौ, मरे संगै मरौं भनेर सातफेरा लगाएको मेरो लोग्ने कुन् मनले अर्की रोज्यो रु सुख दुस्खमा साथ रहने वाचा गर्दै ३ वर्ष अघि वैदेशिक रोजगारीको निमित्त अरब गएको रोहितले कसरी ममाथि षड्यन्त्र रच्यो रु यि सबै घटना साक्षी छन् कि रोहित अब मेरो विश्वासिलो पात्र रहेन । शंका त मैले पहिले नै गर्नुपर्थ्यो जब उ १ वर्ष अघि घर बिदामा यहाँ आएको थियो । कहिले कार्यक्रममा जानुपर्ने त कहिले व्यापारको शिलशिला मिलाउन भन्दै हप्तौ उनि हराउँथे । अफिस ,घर गृहस्थी धानेर बसेकी मलाई दश मनमा एक मनमा पनि लागेन कि उ अरु कसैसंग अर्को जीवन बिताउने ध्ययमा हिड्दैछ भनेर । उनको त्यो कृतिम मुस्कानले छोपिएको अनुहार भित्रको कुरुपता मैले पहिल्याउनै सकिन । यसैमा त मलाई अहिले पनि पीडाबोध हुन्छ । जसलाई आफ्नो तन मनले आफ्नो जीवन माने उसैले पिठ्युँमा वार गर्यो । रोहितले त त्यसै बेलामा उसलाई अपनाएर कोठा लिएर अरब फर्केको रहेछ । यस्ता कुरा म के जानुँ । यी सब कुरको पर्दाफास हुदाँ म अर्धमुर्च्छित भएकी थिएं । मलाई आफ्नै कान र आँखामथि विश्वास लागेको थिएन जतिखेर रोहित मसंग झगडा गरेर अर्कै कोठामा एक्लै सुतेको थियो । मध्यराती उसको हाँसो ढोकाको चेपचेपबाट फुत्किएर मेरो कानमा पस्दा म झस्किएको थिएं । कोठाभित्र पुरुष स्वर प्रष्टसंग सुनिएकोथ्यो । म भोली बिहानै आउँछु।शितल अब केहि दिन हो त्यसपछि म तिमीलाई यहि घरमै ल्याउनेछु । मेरो मुटु छेडिएझै लाग्यो । म घायल बघिनी झै भएथें । अचानक जोडजोडले ढोकामा हान्न थालें । रोहितले अत्तालिएर ढोका खोल्यो ।मोबाईल हातमै थियो ।मैले खोसेर हत्तपत्त रिडायल गरें । तुरुन्तै कल रिसिव भयो । उताबाट नारीस्वर सुनियो । केहिबेरको कन्भर्सेसन पछि रोहितले शितल नामकी केटीसंग विवाह गरेको कुरा पक्कापक्की भयो । मुटु कसैले भुत्ते खुकुरी धसे झै भयो । एकैछिनमा मुटु टुक्रियो अनि तितरबितर भयो संगाल्नै नसकिने गरि । अब बाँकी नै के थियो र ।रोहितको अनुहार हेरें ।हेर्न लायकको थियो । डरले कम्पित मुहारा अनि झुकेको शिर । उसको हालत गल्ती गरेको बालकको झै देखिन्थ्यो । यो सब यति छिटो भयो कि रोहितले कुनै सफाय दिनै पाएको थिएन । अब के हुन्छ रु उसले अनुमान लगाउनै सकेन।वस् अपराधी झै सजाय भोग्न तयार ।सायद उसले सोचेथ्यो म उ माथि खनिन्छु,उसलाई लुस्छु,कोपर्छु,कपडा च्यात्छु अनि भाँडाकुडा फाल्नेछु । कठालोमा समातेर सोध्नेछु ू किन किन यस्तो गर्नुभो रु ू । तर अहँ त्यस्तो केहि गरिन । उसले सोचे भन्दा बिल्कुलै फरक रुपमा प्रस्तुत भएं । कुनै प्रतिवाद गर्नै मन् लागेन । किन किन उसको शरीर छुनै मन् लागेन । मन मरेर आयो । संसार नै धमिलो देखें । भाउन्न भयो ।उसको अनुहर नियालें । यति घृणा उम्लेर आयो कि अब उपरान्त उसको अनुहार पुन हेर्नै मन् लागेन ।दुबै आँखा छोपें । केहि सोच्नै सकिन । यति मात्रै थाहा भयो कि अब म त्यस घरमा एक पल पनि बिताउन सक्दिन । वरपरका सबै बस्तुहरुले मलाई नै जिस्काए झै लाग्यो ।भित्तामा सजिएका रोहित र मेरो तस्वीरले पनि खिस्याए झै भान भयो । घरका कुना कुना बाट मेरो खिल्ली उडाउँदै फुत्किएका खित्काहरु सुनें । के बस्छेस् सुमी तँ यहाँ जहाँ तेरो आफ्नो केहि छैन।जहाँ तेरो खुसीहरुको घाँटी निमोठिएको छ,जहाँ तेरो उमङ्गको हत्या गरिएको छ,जहाँ तेरो जीन्दगीको रङ्ग उडाईएको छ,जहाँ तेरो भावनालाई सिमेण्ट र कंकडसंगै प्लाष्टर गरिएर भित्तामा दबाईएको छ।त्यस्तोमा तँ कसरी बस्छेस्रुकसरी निर्वाह गर्छेस बाँकी जीवनरु तैले जसलाई आफ्नो ठानिस उ त अरु कसैको भैइसकेछ।अरु कसैलाई छोएका ती हातहरुले तँलाई स्पर्श गर्दा कसरी सहन्छेस्रुती जुठा स्पर्शभित्र तं के पाँउछेस्रुकेवल छलकपट र झुट,गद्दारी मात्र पाउँछेस् । वास्तवमै यो सत्य थियो । जुन घर मैले वर्षौ लागाएर सजाएथें ,सवांरेथे मायाका रङ्गीबिरङ्गी फूलहरु फुलाएथें , आज त्यहि मेरो सपनाको सुन्दर बगैँचा कसैले माड्दैथ्यो,कुल्दैथ्यो ,फूलहरु निमोठ्दैथ्यो । एकाएक मैले निर्णय लिएं ।अविचलित अनि अविछिन्न निर्णय । अनि भनें ूरोहित मैले जीन्दगी यति नमिठो होला भनेर कहिल्यै अनुमान पनि गरेकी थिइन । तिम्रो साथ यसरी बिझाउँछ,चुभ्छ अनि यति बिघ्न पोल्छ भनेर कल्पना पनि गरिन ।म सधैं तिमीलाई एक आदर्श पुरुषको रुपमा स्वीकार्थें ।संसारको सबै भन्दा सुखी र धनी मानिस म तिमीलाई सम्झिन्थें । तर हैन रहेछ, म त भ्रममा पो बाँचिरा रहेछु । तिमी त सडकका भिखारी भन्दा पनि तल्लो दर्जाको माग्ने रहेछौ जो संग दिनलाई केहि छैन । तिमी त रित्तो रहेछौ । तिमीसंग मलाई दिने अलिकति मायाको पनि अभाव रहेछ । आफै रित्तो हुनेले के मलाई प्रेम दिन सक्छौ र म तिमीबाट यो आशा गरुँ । ठिकै छ।तिमीसंग छैन तर मसंग छ।म तिमीलाई अगाध माया गर्दछु त्यसैले म तिम्रो खुसी चाहन्छु ।तिम्रो खुसी शितल रहेछ । म तिमीलाई त्यो दिन चाहन्छु खुला हृदयले । मलाई हाँसो दिन सकेनौ खुसी राख्न सकेनौ तर म तिमीलाई तिमीले चाहेको त्यो खुसी दिन चाहन्छु । तिम्रो मुहारमा मुस्कान देख्न चाहन्छु । तिम्रो पराजय हैन् विजय चाहन्छु ।अर्को कुरा कुनै पनि पुरुष्ले आफ्नो स्त्री सधैं पवित्र चाहन्छ ,उसलाई अरु कसैको उपस्थिति असह्य हुन्छ भने कुनै नारीले पनि उसको पुरुषबाट यहि कुराको अपेक्षा राखेकी हुन्छे भलै हाम्रो समाजमा पुरुषको गल्तीलाई सहजै पचाउने र स्त्रीको गल्तीलाई दोष ठहर्याउने गर्दछ। तर म यी सब सहन्न।म पनि मेरो पुरुष पवित्र र चोखो होस भन्ने चाहने मानिसमा पर्दछु।त्यस मानेमा तिमी मेरो निम्ती अपवित्र छौ ।यस्तोमा म तिमीसंग कुनै हालतमा जीवन बिताउन सक्दिन र तिमीलाई मेरो अन्तर आत्माले स्वीकार गर्न पनि सक्दैन ।यदि यसमा जबरजस्तीका कुरा हुन्छ भने म तिमीसंगै भए पनि मेरो मन तिमीसंग नहुन सक्छ। त्यसैले आजैबाट म तिम्रो जीन्दगीबाट टाढा जादैछु ।तिमीलाई मेरो बन्धको साङ्लाबाट म मुक्त गर्दैछु । तिमी खुला छौ ।जाउ तिम्रो जीन्दगी बाँच । म कुनै दखलान्दाजी गर्दिन । तिम्रो नयाँ जीवन सुखमय रहोस मेरो शुभकामना छ । तर एक शर्तमा कि फेरि फर्केर मेरो जीन्दगीमा चियाउने दुश्प्रयास नगर ।ूयति भनि सक्दा रोहितलाई मैले मेरो खुटानेर पाएं । उ मेरो पाउमा पश्चतापको भेल बगाउँदैथ्यो । ूसुमी त्यसो नभन । मैले गल्ती गरें । म तिमीलाई अझ पनि माया गर्छु । मलाई छाडेर जाने कुरा नगर । बरु म शितललाई छाडिदिन्छु । तिमी जस्ती देविमाथि अन्याय गरें । म पापी हुँ । मलाई माफ गर।बिन्ती यो घर छाड्ने कुरा मनबाट निकालिदेउ ।ू रोहित मेरो अडिग रहने बानीबाट जानकार थियो । उसलाई थाहा थियो कि म कति स्वाभिमानी थिएं र मैले गरेको हरेक निर्णयमा म कति अडिग रहन्थें ।त्यसैले उ त्यसो भनेर मलाई रोक्न । चाहन्थ्योूउफ् कस्तो स्वर्थीपना रु शितललाई पनि त्यसै भन्यौ होला हैन रु कमसेकम एकजनासंग त इमान्दार होउ । ममाथि त विश्वासघात गरिसक्यौ उसमाथि त नगर ।भैगो अब मेरो सपना पुरा गर्न नसके पनि उसको सपना नटुक्र्याउ ।म त यसै तितरबितर भैसकें उसलाई त्यसो हुनबाट रोक । उ पनि एक् नारी हृदय हो।मेरो जस्तै मन् छ।क्षत् बिक्षत नपार । कम्तीमा पनि एकजनासंग त साँचो जीवन बाँच ।ू यति भनेर मेरो कठो हृदयले त्यो घरको संघार नाघेर यस अफिसले उपलब्ध गराएको क्वाटरमा आएकी तीन दिन भएछ । रोहित अझै पनि मसंग कुरा गर्न चाहन्छ । फेरि मसंग जीवन बिताउन चाहन्छ।त्यसैले आज ढोकामा उभिएर मेरो मायाको भिख माग्दैछ। तर म यति कठोर भैसकें कि सायद ढुङ्गा पनि यति सार्हो छैन । समाजमा धेरै त्यस्ता बहुबिबाह गरेर संगै जीवन बिताउनेहरु नभएका पक्कै हैन तथापी एकपटक भाँच्चिसकेको यो मन खै कसै गरि पनि जोडिएन अथवा भनुँ जोड्ने मनै भएन । मलाई राम्रै संग थाहा छ यो समाजमा पुरुषको उपस्थितिबिना जीन्दगी बिताउनु फलामको चिउरा चपाए सरह हुनेछ । यहि समाजमा प्रस्सतै मात्रामा भेटिने कुपात्रहरुको कुदृष्टीबाट बचेर एक्लो जीवन निर्वाह गर्नु महाभारत नै हुनेछ तै पनि मैले एक्लो जीवन बिताउने निर्णय गरिसकें जुन अविचलित छ । किनकी म झुटको जीन्दगी बिताउन चाहन्न र म कसैको जुठो स्पर्शभित्र रम्न सक्दिन । त्यसैले म झन् झन् कठोर बन्दैछु । रोहितको अनुनयबिनयले मेरो हृदयलाई छुदैन मानौं म भावशुन्य भएकी छु ।उसको आवाजहरु यतै कतै वरिपरि विलिन हुदैँछ । विस्तारै विस्तारै ।
‘पोइ खोजेकी नभुन्नु होला…’
फोन न उठाउँ त कुनै महत्वपुर्ण समाचार गुम्ने हो कि भन्ने लाग्छ । अनि मलाई आउने फोन उठाउने नै हो भने अरु काम नगरे भयो । यो अवस्था छ मेरो । दिनमा जसोतसो फोन उठाउँछु तर ईमो , भाईवर र ह्वार्टशप मैले बन्द नै गर्नु पर्ने बाध्यता छ । मेरो सवै भन्दा आरमका् दिन त्यो हो जुन दिन मैले फोन गरेको हुन्छु । मलाई आउने फोनहरु मध्ये आरामै ? खान खानु भयो र मलाई चिन्नु भयो रु के छ खवर रु यस्ता कुराले थप तनाव पुराउँछ । कहिले भुतले छल्यो भनेर रातमा बोलाउँ छन । कहिले बलात्कार भयो भनेर सुईको दिन्छन । कहिले अरु अनेक थरी विषयमा बोलाउँ छन् । यहि क्रममा गए राती सदरमुकामको एक होटलमा बोलाईयो । त्यस होटलमा काम गर्ने एक जना कामदार महिला शौलाय भित्र पसेको झण्डै आधा घण्टासम्म बाहिर न निस्केको र खोल्दा चुक्कुल लगाएको विषयमा हंगामा मच्चिएको रहेछ । निद्रमा थिएँ जुरुक्क उठेर गएको त वोलाउँदा पनि बोल्दीनन । आत्मा हत्या गरेको आंशका जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीले पनि गरे मसहित अर्का पुराना पत्रकार हरिप्रसाद पोखरेलले पनि गरिऔं । हामीले ढोकाको चरबाट फोटो खिच्दा ति महिला शौचालयको चिसो भुँईमा लडेकी थिईन् । त्यो दृश्य देखेपछि पट्रोलिङ्गका प्रहरीको हद भन्दा बाहिरको विषय लागेर मुद्धा फाँटलाई बोलाए । टोली केहि वेरमा आयो । होटलवालाहरुको ओठ मुख सुकेको थियो । जम्मा तीन दिन भएको रहेछ उनी त्यहाँ आएको। वर्षऔंदेखि माईला दाईको चिया पसल भनेर चिनिएका र असाध्धै सोझा माईलादाई फस्ने हुन की भन्ने चिन्ता पनि त्यहाँ गरिदै थियो । एक्कासी ति चिसो भुँईमा लडेकी महिला ढोका खोलेर बाहिर निस्केपछि सदरमुकाममा अर्को भुत निस्कीए जस्तो भयो । किन हो यसरी जम्मा भएको ? यस्तो ठाडो प्रश्न गर्दै ति महिला बाहिर निस्कीईन् । ३/४ चार वटा सन्तानकी आमा ईस्माको दोहली गाउँबाट श्रीमानले होला गरेपछि तम्घासमा जुठा भाँडा माझ्न आएकी उनलाई वेला बेलामा बेहोस हुने रोगले छोएको रहेछ । गाउँमा न्याय पाईन त्यसैले ज्यान पाल्न हिडेकी हुँ भन्ने उनका बारेमा नवनिर्वाचित जनप्रतिनिधीले चासो दिने विषय बनेको छ । फेरी अर्की भुत आईन र भनिन–‘दाई मेरो मन होईन र ? ’ त्यहाँबाट फर्केपछि भर्खर सुत्न के लागेको थिए एउटा फोन आयो । सुरु मै दाई रकर्ड चाँही नगर्नु होला म तपाईसंग भित्रि मनको वह पोख्न चाहन्छु है भनिन् । भन्नु न भने । उनले यसरी आफ्ना वहहरु पोखिन –‘ पक्कै पनि लोग्ने मोन्छे र हामी महिलाको मन एउटै होला । मेरो १८ वर्षको उमेरमा तीन वर्ष अघि विहे भएको हो । प्लस टु पढ्दै थिएँ र कुनै पनि पुरुषसंग मेरो सेक्सुअल सम्वन्ध पनि थिएन । तर जिज्ञाषु मन भने व्याकुल थियो । माग्न आए वाहुने संस्कारमा वावु आमाले दिएपछि नकार्न सकिन । विहे भयो । जन्म घर छाड्नुको रोदनसंगै कौतुहलता पनि हुँदो रहेछ । विहेको पहिलो दिन हामी दुई जना नजिकीने वातवरण पनि थिएन् । दुलहन फर्काए पछिका दिन भने हाम्रा लागि ढुक्क छन भन्ने ठानेकी थिएँ । तर मेरा कल्पना , कल्पना मै सिमित हुने ठानेपछि उनि विेदेश हिड्नुको अघिल्लो दिन राती म आफ्नो लाज पचाउन बाध्य भएँ । उनी जहाँ सुत्छन मैले छाड्ने वाला थिईन । एउटी अनमत्त बैशे उमेरकी केटीलाई श्रीमति बनाएर ल्याई सकेपछि खोई श्रीमानले गर्ने ब्यवहार ? म यहि कुरामा आक्रोषित थिएँ । त्यही आक्रोष र आतुर यौन जिज्ञाषा मेटाउन म उनि लुकेर सुतेको स्थान माथिल्लो तलाको आँटीमा झयालबाट उक्लेर चोर जस्तै गरी पुगे । मस्त निद्रामा रहेछन् । मुहार सुम्सुमाउँदै उठाएँ । मोवाईलको लाईट वालेर मुहार हेरे असाध्धै मन वहकियो । त्यसपछिको समय मेरा लागि निकै पिडादायि रह्यो । दाई उत्ताउँली केटी रहेछ नभन्नु होला । तपाई धेरै महिलाका पिडा लेख्ने भएर म नलजाई भन्दै छु कि म जस्ता चेलीले यस्तो भोग्न नपरोस भन्नका खातिर सवै कुरा भनेकी हुँ । त्यस रात उज्यालो हुने बेलासम्म मेरो तड्पाइ शान्ता पार्नै सकेनन् उनले । मुटु एकनासले भड्की रहेको छ । श्वास प्रश्वासले मलाई थप दवाव दिई रहेको छ । मलाई मेरो मनले दवाव दिए पनि उनको मनले उनलाई दवाव दिन सकेन् । कौतहलतै कौतुहलताको तडपाइका बीच त्यो रात वित्यो । उज्यालो भएको केहि वेर घरयासी काममा लागियो । उनलाई विदाई गर्नु पुर्व नै मैले कसरी विदाईको हात हल्लाउ भन्ने सपनादेखि रहेकी थिए । श्रीमान श्रीमति नातामा सेक्स भन्ने कुरा मात्रै बाधक पनि त्यति वेला मलाई लागेन । उनि हिड्ने भन्ने कुराले नै म एक्ली जस्तै भई सकेकी थिएँ । बरु मलाई केहि नगरोस मात्र मेरो कोखमा लुटपुटिए पनि धन्य हुन्थ्यो जस्तो मलाई लागेको थियो । तर उ एक चोटी विदेश गएर आएको मान्छे जाने नै भयो । घरमा बाबा आमा र वहिनीहरुले टिका टाला गरेसंगै मैले उसलाई अलि परसम्म छोड्न गए । वाक्य फुट्न बढो मुस्कील थियो । दुवै मौन छौं । गर्न त उसले मलाई माया गर्दो रहेछ भन्ने तव थाह पाएँ । मौन हिड्दै गर्दा उसका आँखा रसाएका थिए । मैले पुग्न वित्तिकै फोन गर्नु है भन्न नपाउँदै मुटुमा गाँठो प¥यो । दुवैको अश्रुधारका संगै आँखा जुधाऔं । अंगालो हालेर रुने मन थियो तर बातरवरण नभएर विवस भयौं । उताबाट जिप आयो मेरो उनलाई टिपेर लग्यो । आँखाको दृष्टीले पुग्ने बेला सम्म मैले एकानास उनलाई नियाली रहेकी थिएँ । त्यो सिङ्ग जिप उनकै प्रतिमुर्ति बनेको थियो । यसरी विदा भएका हामीविच वैवाहिक सम्वन्ध सुमधुर हुने कुरामा म ढुक्क थिएँ किन की विदाईको क्षणमा उसका पनि आँशु खसेकोले । उसको फोनको प्रतिक्षमा म निकै दिन तड्पीएँ । एक चोटी सपरिवारलाई फोन गर्ने बेलामा म पनि उस ग वोल्न चाहें । मलाई तँ मन पर्दैन आफ्नो खुशी गर्नु यस्तो भन्यो । भन्नु न दादा भक्कानीदै मलाई कस्तो भए होला । म मेरा बाबु आमाको इज्जतका खातिर उसले त्यो भनेपघि घर गर्न बाध्य छु । त्यसपछिका दिनमा उसको नम्वरमा धेरै चोटी फोन हानें उसले पटक्कै उठाएन । पछि गएर नम्वर चेञ्ज ग¥यो । दिनमा त साथीसंग कुराकानी हुँदा केहि जस्तो लाग्दैन तर दादा म कैयौं रात रोएर बिताएकी छु । २०/२२ उमेरकी मान्छे । पढा लेखा र धेरै केटाहरुले लाईन मार्ने सुन्दरता पनि छ जस्तो लाग्छ । कहिले काँही मन वरालीन्छ पनि तर वावु आमाको ईज्जत मेरा सामु सावाधानीको औला ठडाए उभिन्छ । मलाई थाह छ उ नपुकसक होईन । मैले थाह पाएँ उसले छिमेकी केटीलाई एक चोटी भुँडी बोकाएर फलाएको रहेछ । विहे गरेको १५ दिनसम्मका रात उसले गाउँ घरका केटीहरुसंगै बितायो । अहिले उ मसंग सम्पर्क विहन भए पनि गाउँकी एउटी केटीसंग दिनमा दश पटकसम्म फोन गर्दो रैछ । म अस्ती साउने सक्रान्तिमा माईत गएँ । बुवा आमाले वावुले फोन गर्नु हुन्छ भन्दा मुस्कुराउँदै अघि भर्खर पनि गर्नु भएको थियो, दर्शन भनि दिनु भन्नु भाछ भनेर ईज्जत बँचाएँ । भाईले सधै भन्छ कि भेनालाई झिकाउन भन्नु कि अलिकति पैसा पठाई दिन भन्नु म विदेश जान्छु । हुन्छ नि कुरा गरी दिउँला भन्छु । मलाई घर खर्च गर्ने पैसा त उसले पठाएको छैन भने भाईको त्यो कुरा कसरी सल्टाउन सक्थे र दादा भन्नु त ? एउटा कुरा दादा घरमा बुढा वाआमाले त राती अवेर सम्म टिभीमा फिल्म हेनु हुन्छ तर म हेर्नै सक्दीँन । किन कि हिरो हिरोईनीका रोमान्स देख्दा मेरो मुटु भक्कानिन्छ । कहिले काँही सपनामा उसंग रोमान्समा हुन्हु म । घर त आईज न किन छाडुला र भन्छु । उसको प्रतिक्षाको दियो हरदम वालेकी छु । उ पचासौं वर्ष नआउञ्जेलसम्म कहिल्लै निभ्न सक्दैन र यो जिज्ञाषु मन पनि । उ वाहेक कसै संग डगमगाउन चाहन्न । मनै हो दादा, कहिले काँही उन्मत्त हुन्छ । त्यसलाई मैले एकदम मिठास अनुभुतिका साथ लिने गछु । तपाईले धेरै महिलाले दोस्रो विवाह गरेको न्युज लेख्नु हुन्छ । तर त्यस पछाडीका कारणहरु लेख्नु हुन्न र दुख लाग्छ । होला कोही कोही मात लागेर हिडे होलान तर धेरै जस्ता महिलाहरु श्रीमान नाम मात्रैको भएर हिडेका छन भन्ने मेरै अवस्थाले पनि स्पष्ट पार्छ । म बस्छु उ आउने बेलासम्म । माईतीको ईज्जत पनि जति थामे, थामे । जव उ आएर यस्तै व्यवहार देखायो भने हेर्नु होला म पनि उसको चिल्लीविल्ली पारेर हिड्ने छु । त्यो समाचार लेख्नु भयो भने अहिले मैले गरेका कुरा पनि लेख्नु होला । महिला त्यसै घर छोड्दैनन् । वर्षऔंसम्म उसलाई कुर्ने, उसको घरको गोठालो हुने अनि माया नपाउने ? त्यस कारण क्षतिपुर्ति सहित टाप कस्नु पर्ने बाध्यता छ । उ छोरो मान्छे विदेशमा आफ्नो हात देखि त्यहाँका झारपात सम्मबाट सन्तुष्टी लिने तर हामी घर धान्नेहरुसंग सामान्य मायाको बचनसम्म नदिएपछि छाड्नै परे त्यसै कसले छाड्छ ? दादा डिष्टप गरे यो मध्ये रातमा माईन्ड नगर्नु होला । पोई खोजेकी रहिछ पनि नभुन्नु होला मात्र म जस्ता चेलीहरुको वेदना पोखेकी हुँ मेरो नाम चाही नभनि दिनु होला लेख्न चाँही लेख्दीनु होला । सुत्नु दाई, म पनि सुत्छु एक लोटा पानी खाँदै ।। गलल्ल हाँसो।।। बाई।।। सियु।।।। । वाहिर निस्कीँदा पारी व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयमा विहानीको पुजा आरधान चलेको रहेछ । यसर्थ म आज २०७४ , साउन २० गते अनिद्रमा छु ।
कथा : लोग्नेमान्छेको संगत
‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अप्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् । दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् ? तीन-चार दिनसम्म मलाई सोचमग्न बनाएको थियो । रको तल-माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै मसक्क मस्केर केही न केही सोधिहाल्थिन् – ‘चिया पिउनुभो ? खाना खानुभो ? नुहाउनुभो … ?’म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई । एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र सम्बन्ध थियो । यस्तै-यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ । हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग सम्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासाग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला । यो मेरो अनौठो बानी छ । पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औकात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो सम्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ । मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रात काट्छौं । डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँघुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र ! उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आपत्ति थिएन । हप्ता दिनपछि मात्र मैले दिदीको नाम सोध्ने साहस गरेँ । नाम शकुन्तला रहेछ । तर, उनको घरपरिवार, पेशा मलाई अझै थाहा थिएन । शकुन्तला दिदी मलाई देख्नेबित्तिकै आँखा गाडेर नियाल्थिन् । मायाको भाव झल्काउँथिन् । कोठामा बोलाउँथिन् र अवसर मिल्नेबित्तिकै खाजा र खानाका लागि समेत हार्दिकताका साथ आग्रह गर्थिन् । दिदीका ती सबै व्यवहारले मलाई निकै असहज लाग्थ्यो । तर पनि दिदीको कुरा टार्न नसकेर उनको कोठामा पुग्थेँ । दिदीले कोठाभरि यौन उत्तेजनाका अर्धनग्न तस्बिरहरु सजाएको देख्दा म खग्रङ्ग हुन्थेँ । मुटु जोडले फुल्थ्यो र हातगोडा काँप्थे । म दिदीले दिएको खानेकुरा छिटो-छिटो कपाकप खान्थेँ र तल ओर्लिहाल्थेँ । म काँतर मान्छे पटक्कै होइन । ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जोखिमपूर्ण समाचार सम्प्रेषणमा प्रहरी प्रशासनसँग सामना गर्दा होस्, मलाई रत्तिभर डर लाग्दैनथ्यो । तर, दिदीको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भयभीत भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो । शकुन्तला दिदीको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग दिदीको आफ्नै प्रकारको नाता-सम्बन्ध कायम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आश्चर्यमा पर्थेँ, किन दिदीको संगत लोग्नेमान्छेसँग मात्र हुन्छ ? केही दिन अरु बितेपछि मैले साथीहरुलाई शकुन्तला दिदीको बारेमा हल्काफुल्का कुरा गर्छु । साथीहरुले पनि उनको क्रियाकलापबारे शंका लागिसकेको बताउँछन्, ‘यो धन्दावाली आइमाई हो । यो सँग जोगिएर हिँडनू । नत्र फसाउली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमा सायद समाचार रिपोर्ट बनाउनुपर्छ होला ।’ साथीहरुको त्यस्तो विचारलाई मैले ठाडै अस्वीकार गरेँ । उनीहरुलाई त्यसो नगर्न दबाब दिएको थिएा । जसका कारण उनीहरु हच्किएका थिए । दिदी हरेक बिहान उठ्नेबित्तिकै नुहाउँथिन् । सोह्र शृंगार गरेर चिटिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो । तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले । म पनि त्यसै चुप लागेको थिएँ । दिदीकोमा किन थरीथरीका लोग्नेमान्छे मात्र आइरहन्छन् ? किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन ? पक्कै पनि यी दिदी धन्दावाली हुन सक्छिन् । मैले अड्कल काटेको थिएँ । शकुन्तला दिदीको कोठामा आउने लोग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लोग्नेमान्छेहरु बाहिर निस्किँदा निस्तेज भएर बाटो लाग्थे । दिदी धन्दावाली भन्ने निश्चित भएपछि उनको रुप र उनको कोठा समेत मलाई एचआईभी संक्रमणको अखडा भएको महसुस हुन थाल्यो । त्यसपछि उनले जति धेरै हार्दिकता देखाए पनि मैले उनको कोठामा जाने साहस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले । तर, दिदीको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी । त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो शरीर बेचिरहेकी छन् ? उनको त्यो विवशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म दिदीको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो । विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै शकुन्तला दिदीको लोग्नेले सौता हालेछ । घरमा सौता आएपछि र लोग्नेबाट पनि बेवास्ता भएपछि उनी माइतीमा बस्न थालिन् । एउटी चेलीका लागि माइती भनेको त बाबु-आमा जिउँदो छउन्जेल मात्र न हो ! बाबु-आमा दुवैलाई दैवले लगेपछि माइती उनको लागि विरानो भयो । दाजु-भाउजूको अप्रिय वचन खप्न नसकेपछि दिदी माइत पनि छोडेर शहर पसिन् । शहर आएपछि केही समयसम्म उनले सानो चिया पसल खोलेर जीवनयापन गरिरहेकी थिइन् । यसै समयमा उनीसँग दोस्रो लोग्नेमान्छेको संगत भयो । एउटा लोग्नेमान्छेबाट सधैंका लागि लत्यालिएकी शकुन्तला दिदीलाई विवाह गर्ने मीठो आश्वासन दिएर अर्को लोग्नेमान्छेले पनि लुट्यो मात्रै । त्यसपछि ऊ आाधी जस्तै बिलायो । दोस्रो लोग्नेमान्छेसँगको बिछोड उनको जीवनमा अझ घातक सिद्ध भयो । निकै दिनसम्म दिदी आहत् भइन्, किनकि उनको पेटमा उसको गर्भ थियो । सबैतिरबाट एक्लिएकी दिदीले पेटको बच्चालाई सकुशल जन्म दिन उचित सम्झिनन् । गर्भपतन गराइन् । त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो । होटल पनि छोडेर दिदीले आफैं बजारमा निस्किँदै स्वतन्त्र पेशा थालिन् । एउटी आइमाईमान्छे २०/२२ वर्षको फक्रँदो यौवनमा जब लोग्नेमान्छेबाट विस्थापित गराइन्छे, त्यसपछि उसभित्रको दमित यौन चाहना एकैपटक विष्फोट भएर समाजमा पोखिन्छ । ऊ गलत क्रियाकलापमा संलग्न हुन्छे । शकुन्तला दिदीको जीवन त्यही घटनाचक्रको प्रतिविम्ब थियो । शकुन्तला दिदीको मोलमोलाइ आज हरेक यौन पुरुषहरुले आ-आफ्नै शैलीले गरिरहेका छन् । जसरी मन लाग्छ, पैसामा उपभोग गरिरहेका छन् । शकुन्तला दिदी हिजोआज आफूलाई लुटाउनमै खुशी छन् । परिबन्दको खेलमा उनी बडो नमज्जाले हारेकी छन् । उनीकहाँ आज पनि कामोत्तेजक लोग्नेमान्छेहरु उनको पराजित नारी अस्तित्वसँग खेल्न आउँछन् र देहसँग खेलेर जान्छन् । देख्दादेख्दै शकुन्तला दिदीको अनुहार बेग्लै प्रकारको देखिन थालेको छ । पहिले जस्तो सौन्दर्य छैन । मसाग पनि पहिले जस्तो दिल खोलेर बोल्दिनन् उनी । हुन त मैले उनलाई पटकपटक यो पेशा छोड्न दबाब दिएको थिएँ । एउटी नारीको लागि सबैभन्दा मूल्यवान् वस्तु उसको अस्मिता हो । जुन उसले आफ्नो जीवनमा एकजना लोग्नेमान्छेका लागि मात्र सुम्पिन्छे । मैले दिदीलाई उपदेश दिएको थिएा, पैसा शरीरका लागि हो, शरीर पैसाका लागि होइन । मेरो कुरा दिदीले कति बुझिन् वा बुझिनन् पत्तो भएन । तर, उनले आफ्नो पेशा छाडिनन् । शरीर बेच्ने बाटोमा निरन्तर लागिरहिन् । केही गर्दा पनि उनी नमानेपछि मैले उनीबारे पत्रिकामा छापिदिने धम्की समेत दिएँ । सायद मेरो त्यही कुरा उनलाई चित्त बुझेको थिएन । शहरमा अरु पनि केही धन्दावाली आइमाईहरु मैले पत्ता लगाएको थिएा । कतिपयले आफ्ना किशोरी छोरीहरु समेतलाई बलजफ्ती पेशामा सहभागी गराएर जिन्दगीको अँध्यारो सुरुङतिर धकेलिरहेका थिए । तर, त्यसो गर्नुको पछाडि सबैको आ-आफ्नै विवशता पनि थिए । समय बगिरहेछ । दिन, हप्ता र महिनाहरु क्रमशः समयको पछाडि परिरहेका छन् आज । शहरमा म आफ्नो परिवारसहित छु । पहिलेको डेरा बदलिइसकेको छ । शकुन्तला दिदीको बारेमा पनि केही थाहा छैन मलाई । एकपटक उनको डेरामै गएर भेटूँ भन्ने पहिलेदेखि नै लागेको थियो । सायद उनी यतिखेर एचआईभीले पूर्ण ग्रस्त भएर पो बाँचिरहेकी छिन् कि ? त्यसैले उनलाई भेट्न जाने हिम्मत पनि आएको थिएन । एकदिन मैले शकुन्तला दिदीको दुःखद् समाचार पाएँ मेरै साथीहरुबाट । उनीहरुले तयार पारेको रिपोर्टमा जिल्लाभरका एचआईभी एड्स पीडितहरु र यौन व्यवसायीहरुको सूची तयार थियो । शकुन्तला दिदीलाई एचआईभी पोजेटिभ भएको खबरले मलाई भित्रैदेखि दुःखी बनायो । मैले थाहा पाए अनुसार उनीकहाँ अहिले कुनै पुरुषहरु धाउादैनन् । लोग्नेमान्छेलाई दिनका लागि दिदीसँग कुनै त्यस्तो चिज बाँकी छैन । खबर सुन्दा मलाई किन हा, तुरुन्त गएर दिदीलाई भेटूँ जस्तो लागेको थियो । तर, म त्यहाँ जाँदा बित्तिकै लामो समयदेखि देखभेट नभएकी दिदी अति दुःखी भएर मेरो उपस्थितिमा आफ्नो पीडा देखाउँलिन् र मलाई झन् अप्ठेरोमा पार्न सक्छिन् । त्यसैले त्यहाँ जान उपयुक्त ठानिनँ । किनकि आफ्नो सबथोक सकेर बसेकी दिदीसँग अहिले आर्थिक समस्या होला, घरबेटीले पैसा मागेको समस्या तेर्साउलिन् अनि म… । हुनसक्छ आज उनी सडकमा माग्दै पो छिन् कि ? दिदीलाई भेट्ने मेरो चाहना दोस्रोपटक पनि आफूभित्रै मर्यो । केही दिनपछिको कुरा हो, शकुन्तला दिदीले सडकमा हात फैलाएर माग्दै हिँडेको मैले आफ्नै आाखाले देखेँ । भित्र पसेका आँखा, कलेटी परेका ओठ, दुब्ली, निःसहाय अवस्थामा रहेकी भए पनि मैले उनलाई चिनेँ । गहिरो दुःख लाग्यो । यतिबेला उनीसँग कुनै लोग्नेमान्छे थिएन । किनकि लोग्नेमान्छेलाई दिनको लागि अब दिदीसँग केही बचेको थिएन । त्यसैले आज एक्लै छिन् उनी । मृत्युले गाँज्दै लगेको छ । शकुन्तला दिदी आज पीडादायी अवस्थामा छिन् । बाटोमा दयनीय जीवन बाँचिरहेकी छिन् । तर, यस्तो बेला म आफ्नो परिचय र कुनै सहानुभूति नदिईकनै रुमालले मुख छोपेर उनीबाट टाढा भाग्छु । सायद दिदीसँग अब कहिल्यै नभेट्ने गरी… ! ( ओमप्रसाद घायलकाे कथा अनलार्इनखबरबाट साभार गरिएकाे हाे । )
अस्ताएको प्रेम
दुइवटा खाटको आमनेसामने गरि बस्दा उसले मेरा, मैले उसको हात समातेको थिँए । उसका मोटा , घामले डढेका हात मेरो हातमा पर्दा मैले काठको ठुटोले छोएको महसुस मात्र गरें । मेरो अपेक्षा, त्यो स्पर्शमा हल्का करेन्ट बगेको होस, सिधै मेरो मुटुमा कम्पन होस वा यस्तै केही नौलो महसुस गरुँ । तर , एउटै हात, एउटै स्पर्शले म सायद बोर भएको थिँए । खोजीमा थिँए सायद, कम्पन भएको हातको स्पर्शको । जुन मैले उ बाट पाउन सकिन । मैले केही मिनेट अझै प्रतिक्षा गरें, उसको हातमा केही कम्पन हुन्छ की भनेर । मैले अतृप्त शैलीमा हातलाई हटाएर आफनै साइडमा ल्याउन मन पराएँ । उ मलाई अंगाल्न चाहन्थ्यो । तर म उसको आलिंगनबाट उम्किन चाहन्थ्यें । कुरा टारेर म अलग्गै बसें ।सोचें– ‘पुरानो प्रेम भनेको रस नभएको फुल नै रहेछ । जसको मुल्य न भेटीमा हुन्छ न भमरको नजरले नै खोज्छ । ’ बन्द कोठा, उ र म मात्र । उसको नजरले मेरा छातीलाई घुरिरहेको थिए । म भने झ्यालबाट बाहिर केही अनौठो अनुभवको सोचाइमा केही खोज्दै थिँए । अठोट नै गरें । कम्पन भएका हातले नै आफुँलाई स्पर्श गराउँछु । स्पर्शको मोहमा मैले धेरैको मनलाई आफ्नो बनाउन कोशिस गरें । २३ वर्ष हुँदाको अनुभव र अहिले ३३ वर्षको हुँदाको अनुभवमा मायामा आकाश जमिनको फरक औंलाए । अपरिपक्क चाहनाले परिपक्वतातिर ढल्कायो । अटोमेटिक ग्याँसको दाहिने चुलोमा आगो सल्काएँ । चिया बनाउँन भाँडो र २ कप चिया ननापिकन बसालें । कालो रंगको चियापतिले चिया पुरै कालो भकलकभकलक उम्लिरहेको थियो । म पनि त्यसरी नै उम्लिेरहेको थिंए । अतृप्त स्पर्शले । केही वर्ष अघिका दृश्यहरुलाई मनको एउटा एंगलबाट हेरें । कति कम्पनयुक्त थिए ती स्पर्शहरु । हरीयाली अनि उमंगले भरिएका । चियाको रंग जति गाढा हुँदै जान्छ म उती नैै गाढिँदै गएको महसुस गरें । तर फर्रकिए आफ्नै रुखका ठुटाको दुनियाँमा जहाँ प्रेमको नाममा एउटा स्पर्श पनि नसिब छैन । फोनको घण्टीले मेरो सोचाइको गहिराईलाई भंग गरिदियो । हेरें एउटी मिल्ने साथीको फोन आएको रहेछ । अगुल्टोको ठुटो झैं उसका हातबाट मैले मुक्ति जो पाएकी थिएं । फोन गर्नेलाई मनमनैं धन्यबाद दिएं । निलो ठुलो कपमा भरि र सानो कपमा गरेर कालो चिया खन्याएँ । के मिठो होला जस्तो लाग्यो चिया पनि । रुममा पसें । कालो मन अनि कालै चिया लिएर । उ मलाई मायाले हेरिरहेको थियो । उसको आँखामा मप्रति प्रेम, प्यास छताछुल्ल भरिएको थियो । सम्झना आयो, कुनै दिन घण्टौं त्यही आँखामा हेरेर दिन रात विताएका पलहरु । अहिले मेरा नजरले उसको माया त देख्न सकेन सकेन, उसका व्यवहारले मनमा भएका केही भावहरु पनि मरेर गएका थिए । म निर्जीव जस्तो व्यवहार गर्दै थिएँ । आफुँलाई बाँचेको जस्तो भान पनि थिएन । म अन्धकारमय दुनियामा थिँए । माया नभएको दुनियामा । फोनको घण्टीले मेरो सोचाइको गहिराईलाई भंग गरिदियो । हेरें एउटी मिल्ने साथीको फोन आएको रहेछ । अगुल्टोको ठुटो झैं उसका हातबाट मैले मुक्ति जो पाएकी थिएं । फोन गर्नेलाई मनमनैं धन्यबाद दिएं । केही दिनको स्पर्शले म आनन्दित भएँ । तर मिछिए पनि । अब मलाई उसको स्पर्समा पनि करेन्ट बग्न छोड्यो । त्यो प्रेम थिएन, माया थिएन । त्यो केवल थियो तनको चाह । मैले उसको स्पर्शलाई अब मन पराइन । उसको आँखाले मलाई लोभ्याउन छाड्यो । फुलेको फुल अब सुक्यो । यही रहेछ माया । फुल्ने अनि झर्ने । अनि बाहिर जाने बहानामा मैले उसका भुत्ते स्पर्शबाट छुट्कारा पाएँ । माया । मेरो नाम नै माया । १३ औं बसन्त काटेदेखि नै मनमा मायाको अंकुर पलाएको थियो । माया, एउटा मनको माया अनि अर्को तनको माया । दुवै मायाको लागि भौतारिएकी म । २३ औं बसन्त पार गर्दै गर्दा औंलाले भाँच्ने हो भने पाँच औंलामा एक औंलाको माया पनि पाउन सकेन यो मनले । समयसंगै आवश्यकता र चाहनाले मायाको भावना पनि परिवर्तन हुँदो रहेछ । कहिले मनको माया प्रवल भएर आउँदो रहेछ कहिले तनको माया । मायामा ताजकी र नयाँपन खोज्ने यो मनले एकदिन एउटा नयाँ मनलाई भेट्टायो । त्यही मनको पछि लाग्दै गर्दा ‘स्पर्श’ मैले खोजेको जस्तै करेन्ट लाग्ने खालको पाएँ । म दंग थिएँ । हरेक स्पर्समा म तरंगित हुँदै जान्थें । वर्षको अन्तर सायद १० थियो । म २३ को उ ३३ को । तर मनले वर्षको ख्याल गरेन । महसुस गर्यो त करेन्ट जस्तै बग्ने उसको स्पर्शको । केही दिनको स्पर्शले म आनन्दित भएँ । तर मिछिए पनि । अब मलाई उसको स्पर्समा पनि करेन्ट बग्न छोड्यो । त्यो प्रेम थिएन, माया थिएन । त्यो केवल थियो तनको चाह । मैले उसको स्पर्शलाई अब मन पराइन । उसको आँखाले मलाई लोभ्याउन छाड्यो । फुलेको फुल अब सुक्यो । यही रहेछ माया । फुल्ने अनि झर्ने । सयौं अनुभपछि म बैरागीएँ । स्पर्शको मोहमा मैले धेरैको मनलाई आफ्नो बनाउन कोशिस गरें । २३ वर्ष हुँदाको अनुभव र अहिले ३३ वर्षको हुँदाको अनुभवमा मायामा आकाश जमिनको फरक औंलाए । अपरिपक्क चाहनाले परिपक्वतातिर ढल्कायो । स्पर्श गर्न चाहने मन अहिले मरिसकेको छ । थाहा छैन मेरा स्पर्शले कतिको मन चिसो बनायो । तर म अहिले ती अनुभवलाई मेटाउने प्रयत्नमा छु । हो मैले सांसरिक दुनियाको प्रेम, त्यसलाई वासना भन्छन् क्या हो , त्यसबाट टाढा छु । म अब हरेक साँझ आँफैले बाल्ने बत्तिलाई प्रेम गर्न थालेकी छु । मेरा तनले अहिले करेन्ट बग्ने स्पर्श खोज्दैन । खोज्छ त मनको शान्ति मात्र । बुद्धको शरणमा परेपछि म अर्कै भएकी छु । सांसरिक मोहलाई त्याग्ने प्रयत्नमा छु । हो, मेरो नाम अहिले माया होइन, आङि माया भएको छ ।
“उल्झन”
“अरुको लागि मरिमेट्छौ, आफ्नो घर-परिवारको वास्ता छैन। तिमीसँग बिहे गरेर मैले कुकुरले नपाउने दु:ख पाएँ। अब म तिम्रो घर-बार हेर्न सक्दिनँ। आजदेखि नानीहरूको जिम्मा तिम्रै भयो।” केही दिनदेखिको ब्याकलग (बाँकी रहेको काम) तुराउने हतारो। बिहान सवेरै उठेर ड्युटि जानु पर्ने। विहान विहानै ईश्वरको भजन तथा शुभ-प्रभात जस्ता अभिवादन सुन्नु पर्ने बेला विरक्त लाग्दो भाइबर म्यासेज पढेर चमारसीङ को शिर चकराउँछ। अफिस जान तयार चमारसीङ फेरि थचक्क खाटमा पसारिन्छ। मन भक्कानिएर आउँछ उसको अनि शिरानीलाई अँगालो हालेर मन भरिको बह आँशुको रुपमा पोख्न थाल्छ। अनायाशै अफिस-मोबाइलको घण्टी बजेकोले छेउमै रहेको तौलियाले आँशु पुछ्दै, मोबाइल हेर्छ। फोन आएको नभएर बिहान साढे पाँच बजेको अलार्म पो रहेछ। “अहो, ढिलो पो हुन आँटेछ। लौ छिटो जानु पर्छ नत्र ट्राफिक जाममा फसियो भने साँढे छ बजे अफिस पुग्न गाह्रो हुन्छ।” एक्लै भुतभूतिँदै ढोका बन्द गरेर ड्युटीको लागि प्रस्थान गर्छ चमारसीङ। केही वर्षदेखि म र चमारसीङ काम र कम्पनी फरक-फरक भएपनि एउटै कोठामा बसिरहेका थियौं। अभिन्न मित्र भनौं अथवा दाजु-भाइ जस्तै थियो हाम्रो संबन्ध। बस्ने कोठा, खाना-पिना मात्र नभएर एक-अर्काका दु:ख सुख बाड्थ्यौं हामी। न त हामी बीच कुनै वाद-विवाद थियो न त कुनै भेदभाव। मनका कुराहरू, पिर-व्यथा तथा सुख-दु:खका हरेक कुराहरू शेयर गर्थ्यौं हामी। वास्तवमा यिनी मेरा सहोदर दाजुभन्दा कम थिएनन्। यिनी नहुँदो हो ता शायद मैले उहिले नै यो मरुभूमिलाई अलबिदा गरिसक्ने थिएँहुँला। गाउँको गरिब किसान को घरमा जन्मेको चमारसीङ, जिन्दगीका विभिन्न घुम्तिहरूमा अनेकौं हण्डरहरू खाँदै मरुभूमिमा काम गर्न आइपुगेको थियो। त्यो पनि आफ्नो रहरले होइन परिवारको निमित्त केही सहज होस् भन्ने सम्झेर नै आफ्ना रहरहरूलाई थाँति राखेर मरूभूमिको असहज यात्रामा खुशीसाथ बाटो लागेको थियो चमारसीङ। “मान्छे को जिन्दगी अमूल्य छ भाइकाजी! आज हो कि भोलि हो तर एकदिन त सबै जानैपर्छ मरेर। त्यसैले आईपर्ने कष्टहरूलाई हाँसी-हाँसी स्वागत गर अनि त्यसरी नै बिदा पनि।” यसरी नै मेरो हौसला बढाइरहन्थे यिनी। हाँसी-हाँसी आँशु पचाउन सक्ने बडो महान खुबि थियो यिनको। तर आज अचानक यिनको रुवाई देखेर म आफै भावविभोर थिएँ र असमंजसमा पनि। आज यिनीसँग एक शब्द पनि बोल्ने हिम्मत पनि गर्न सकिनँ, मलाई लाग्यो यिनलाई एकान्तता को खाँचो छ। शायद ड्राईभिङ गर्दै होला त्यसैले फोन उठाउन मिलेन। बाटोमा आउदै रहेछ बुढा” यही सोंचेर अलिक ढुक्क भएँ। लगभग १५-२० मिनेटसम्म पनि बुढा आइपुगेनन् न त उताबाट फोन नै आयो। त्यसैले फेरि दोस्रो पटक फोन गरें। २-३ घण्टी बज्ना साथै फोन उठ्यो। तर, फोन उठाउने चमारसिङ थिएनन् कुनै अरबि थियो। चमारसीङ निस्केको केही क्षण पछि म पनि आफ्नो कर्मतिर लागें। परदेशी सबैको एउटै त दैनिकी हुन्छ त्यो हो बिहान उठ्नु, ड्युटीमा जानु, बेलुका कोठा आउनु अनि खाना पकायो खायो अनि फेरि भोलि सुत्नु। दिनभरि काममा पनि चमारसीङको रुवाईले मलाई छाडेन। “बुढालाई के पर्यो त्यस्तो? होइन केही संवेदनशील घटना हुनुपर्छ। भरै बेलुका बसेर बुढासँग मज्जाले कुरा गर्छु त्यस्तो के आपत आई लागेछ!“ यस्तै-त्यस्तै सोंचेर मेरो दिन वित्यो। सांझ छिट्टै कोठा आएर चमारसीङको प्रतिक्षा गर्न थालें। ६ बज्यो, ७ बज्यो, ८ बज्यो अहँ चमारसीङ अँझै आएनन्। सधैं ६ बजे भित्र कोठा आइपुग्ने मित्र आज यतिका बेरसम्म पनि नआई पुग्दा मेरो मनमा नानाथरी कुराहरू खेल्न थाले। जब ९ बजेसम्म प्रतिक्षा गर्दा पनि यिनी आइपुगेनन् तब यीनको मोबाइलमा कल गरें। पहिलो चोटी घण्टी मात्र बज्यो तर फोन अहँ उठ्दैउठेन। शायद ड्राईभिङ गर्दै होला त्यसैले फोन उठाउन मिलेन। बाटोमा आउदै रहेछ बुढा” यही सोंचेर अलिक ढुक्क भएँ। लगभग १५-२० मिनेटसम्म पनि बुढा आइपुगेनन् न त उताबाट फोन नै आयो। त्यसैले फेरि दोस्रो पटक फोन गरें। २-३ घण्टी बज्ना साथै फोन उठ्यो। तर, फोन उठाउने चमारसिङ थिएनन् कुनै अरबि थियो। “तपाई को हो?” अरबीको प्रश्न सुनेर छक्क परें म। केही अनहोनीको शंकाले मुटुमा ढ्याङ्ग्रो ठोक्न थालिसकेको थियो। मैले केही बोल्नुभन्दा अघि नै उताबाट फेरि आवाज आयो, “म कतार प्रहरी हुँ। तपाईले कल गर्नुभएको व्यक्तिको सांझ दुर्घटनामा निधन भएको छ। वहाँको लाशलाई पोष्टमर्टम गरेर हामाद हस्पिटलको मोर्चरीमा राखिएको छ। कृपया वहाँको आफन्त कोही हुनुहुन्छ भने खबर गरिदिनुहोला”। “हुन्छ म आउँदैछु”, मुश्किलले यति भनेर फोन काटिदिएँ। मेरो गला अवरुद्ध भयो, वाक्य बस्यो, केही बोल्न सकिनँ, आँखा रसाएर आयो। केहीबेरसम्म त के गरौं? कसो गरौ? केही सोंच्नसम्म सकिनँ। “आखिर यिनको दाजु-भाइ, मित्र, आफन्त जो भएपनि म नै त हुँ यो मरुभूमिमा। जे हुनु भईहाल्यो! यीनको मृत शरिरलाई घर फर्काउने, इन्श्युरेन्सको मागदावी गरेर परिवारको जिम्मा लगाउने काम मैले नगरे कसले गर्छ?” यही सोंचेर आफूलाई सम्हाल्दै हामाद हस्पिटल गएँ। लगभग बिहानको १ बजेतिर त्यहाँबाट आवश्यक प्रकृयाहरू पुरा गरी प्रहरी तथा हस्पिटलका कागजात लिएर आएँ साथमा उनको मोबाइल, पर्स तथा डायरी पनि संलग्न थियो। विहानको उनको रुवाई, सांझको दुर्घटनामा निधन! नचाहँदा नचाहँदै पनि उनका व्यक्तिगत डायरीका पानाहरू पल्टाउन पुग्छु। दिउसो लन्च ब्रेकमा लेखेको उनको भावुक पत्रमा मेरो आँखा अडिन्छ: आखिर तिम्रो लोग्ने को के भर छ? सुगरको बिरामी छ। किड्नीको समस्या छ। ऊ आज हो कि भोलि कहिले मर्छ त्यसको के ग्यारेण्टी छ? तिम्रो लोग्नेलाई स्वास्थको कति समस्या छ तर स्वास्नीले थाहा पाएर चिन्ता गर्छे कि भनेर लुकाएर बसेको छ। तिम्रो लोग्ने कम्ता व्यस्त हुँदैन काम मा। प्रिया, भाइबरमा तिम्रो म्यासेज पढेर धेरै खुशी लाग्यो। हो, वास्तवमा अरुको लागि मरिमेट्ने मान्छेको मनमा आफ्नो घर-परिवारको लागि त माया कहाँ हुन्छ र? अरु को दु:ख देखेर मन थाम्न नसक्ने मान्छेले आफ्नो मान्छेको दु:खलाई कहाँ वास्ता गर्छ त? तिमीले सोचेको अनि सम्झेको कुरा एकदम सही छ। केही साइनो नलाग्ने एउटी पराई केटीको लागि त्यति धेरै अत्तालिने मान्छे आफ्नो श्रीमतीको नाकमा घाउ आउँदा चुप लागेर बस्छ। कति निर्दयी अनि क्रुर मान्छे हो तिम्रो लोग्ने? छि: यस्ता निर्दयीको श्रीमती भएर बस्नुभन्दा त मागी खाने जोगिको पछि लागेर हिड्नु बेस हुन्छ, होईन र? श्रीमतीको लागि एकछिन पनि समय छैन। समय प्रशस्त भएर पनि बोल्न चाहँदैन तिम्रो श्रीमान। यस्तो लोग्नेलाई किन कुरेर बस्नु? किन यस्तो लोग्नेको वास्ता गर्नु? श्रीमती अनि घरपरिवारभन्दा पनि काम प्यारो लाग्ने श्रीमानलाई के कारण माया गर्छौ तिमी? यदि कुनै दुर्घटना भईहाले, इन्शुरेन्सबाट आउने रकमलाई ४ भाग लगाएर नानीहरूको लागि १-१ भाग, तिम्रो लागि १ भाग र बुवा-आमाको लागि १ भाग बाडेर चलाउनु। बुवा-आमा तथा नानीहरूको भागमा पर्ने रकम व्यांकमा जम्मा गरेर त्यसबाट आउने व्याजले उनीहरूको भरणपोषण गर्नु। मेरो क्रिया-कर्म खासै गर्नु पर्दैन। प्रिया, अबदेखि तिमीले आफ्नै लागि जिउनु पर्छ। तिम्रो पनि त जीवन छ। यति बेला नै त हो तिमीसँग जोश छ, जवानी छ। यति खेर तिमीले आफ्नो जिन्दगी मज्जाले जिउने हो नि। किन आफैलाई तड्पाउछौ तिमी? अब, अबेर नगर प्रिया तिमीले आफ्नो लागि जिउने कोशिस गर। आखिर तिम्रो लोग्ने को के भर छ? सुगरको बिरामी छ। किड्नीको समस्या छ। ऊ आज हो कि भोलि कहिले मर्छ त्यसको के ग्यारेण्टी छ? तिम्रो लोग्नेलाई स्वास्थको कति समस्या छ तर स्वास्नीले थाहा पाएर चिन्ता गर्छे कि भनेर लुकाएर बसेको छ। तिम्रो लोग्ने कम्ता व्यस्त हुँदैन काम मा। कामको बोझले थलिएर, पिल्सिएर प्राय: दिउसोको भात पनि खान पाउदैन। यति दु:खको काम छ तिम्रो लोग्नेको भनी साध्य छैन। रोगी त्यही माथि कामको प्रेसरले झन-झन महारोगी भै राखेको छ तिम्रो लोग्ने। यस्ता रोगी लोग्नेलाई पर्खेर बस्यौ भने तिमीले आफ्नो जिन्दगीलाई मज्जाले बाँच्न पनि पाउदैनौ। तिम्रो लोग्नेलाई रातको नमिठो सपना सम्झेर बिर्सिदेऊ। यो नामर्द लोग्नेको लागि आफ्नो जवानीलाई खेर नफाली अब तिमीले आफ्नो नयाँ जिन्दगी जिउनु पर्छ। मेरो कुरालाई राम्रोसँग बुझ्ने कोशिस गर प्रिया। एकदिन जब तिम्रो महारोगी लोग्नेको लाशको कफन तिम्रो नाममा विदेशबाट आउनेछ त्यसबेला बल्ल तिमीले मेरो कुरालाई महशुस गर्नेछौ। मेरा दुई आँखा ती नानीहरू नै हुन्। त्यसैले जिन्दगीभरि म तिम्रो हेलाको पात्र भएपनि मेरा ती नानीहरूलाई कहिल्यै हेला नगरेस! मेरो ५० लाखको इन्शुरेन्स छ । यदि कुनै दुर्घटना भईहाले, इन्शुरेन्सबाट आउने रकमलाई ४ भाग लगाएर नानीहरूको लागि १-१ भाग, तिम्रो लागि १ भाग र बुवा-आमाको लागि १ भाग बाडेर चलाउनु। बुवा-आमा तथा नानीहरूको भागमा पर्ने रकम व्यांकमा जम्मा गरेर त्यसबाट आउने व्याजले उनीहरूको भरणपोषण गर्नु। मेरो क्रिया-कर्म खासै गर्नु पर्दैन। वैदेशिक रोजगार बिभाग र त्याहाको इन्शुरेन्सबाट आउने पैसाले भएको अलिकति ऋण तिरेर सम्भव भएछ भने मेरो स्मृतिमा गाउँको क्याम्पसमा २-३ लाखको अक्षय कोष खडा गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई बार्षिक छात्रवृत्तीको व्यवस्था मिलाई देऊ। भएका जग्गा जमिन सबै तिम्रै नाममा छन्। नानीहरू र तिम्रो नाममा बराबर बाडेर राख्नु। मेरो नासो ती नानीहरू र बुवा-आमा तिम्रै भरोसामा छाडेर जादैछु। वहाँहरूलाई कुनै घटि-कमी हुन नदिनु। त्यसपछि तिमी आफ्नो जिन्दगी जिउन स्वतन्त्र हुनेछौ। केही मुद्दा मामीला पर्न आए, न्याय-ईन्साफको लागि मेरो यो पत्र नै अन्तिम तथा मूख्य दस्तावेज हुनेछ। मैले तिमीलाई चाहेर पनि जिन्दगीभर सुख र खुशी दिन सकिनँ त्यसैले आशा छ, अन्तिम प्रयास स्वरुप म मेरर भएपनि तिम्रो इच्छा र आकांक्षा पुरा गर्न सफल हुनेछु। तिम्रो सफल, सुखी तथा उज्जवल भविष्यको कामना सहित बिदा लिदैछु। अलबिदा! चमारसीङ — उनको पत्र पढिसकेपछि फेरि एकपटक भावविभोर हुन्छु। सोच्छु, मान्छेले कतिसम्म अगाध र निस्वार्थ माया गर्दोरहेछ जस्तो कि चमारसीङ श्रीमतिको लालच पुरा गर्नै भएपनि आफू मरिदियो। २-४ दिन पछि यहाँको सम्पूर्ण प्रकृया मिलाएर यिनको मृत शरिरलाई लिएर म पनि नेपाल फर्कदैछु, फेरी-फेरी परदेश नफर्कने बाचा गरी। तर एउटै उल्झन छ अँझै “हँसमुख, हाँसी हाँसी आँशु पिउन सक्ने चमारसीङको साँच्चीकै दुर्घटना थियो वा आत्महत्या? त्यो उनको बलिदान थियो वा नालायकपन?”

