कानपुर रेल दुर्घटनामा २ को मृत्यु ४४ घाइते, उद्धार कार्य जारी

पुस १३ । भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ४४ जना घाइते भएका छन् ।

कानपुरबाट ५० किलोमिटरको दुरीमा रहेको रुरा स्टेशन नजिकै बुधबार अजमेर–सियालदह एक्सप्रेस रेलको १५ वटा डिब्बा लिकबाट उछुट्टिएर सो दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । हाल त्यहाँ उद्धार कार्य भइरहेको पनि खबर छ ।

समाचार एजेंसी पीटीआईले घटनामा दुई जनाको मृत्यु भएको जनाएको छ तर त्यहाँको रेल मन्त्रालयले भने हालसम्म घटनामा घाइतेमात्रै भएको मृत्यु कसैको नभएको ट्वीट गरेको छ ।
यसअघि पनि गत नोभेम्बरमा कानुपरमै रेल दुर्घटना हुँदा १ सय ४२ जनाको मृत्यु भएको थियो ।

प्रेस सेन्टर नेपालको कतार शाखा गठन, अध्यक्षमा बस्नेत निर्वाचित

लक्ष्मण रसाइली कतार, मंसिर १८ । प्रेस सेन्टर नेपालको प्रवास शाखाको अध्यक्षमा होमबहादुर बस्नेत निर्वाचित भएका छन् । शुक्रबार कार्यक्रम दोहाको भुयान नेपाली आगन होटलमा  भएको पहिलो अधिवेशनले बस्नेतको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितको उपाध्यक्षमा जैबी राई, महासचिव रुद्र शर्मा आचार्य, सचीब इश्वर शाही, कोषाध्यक्ष केशर खत्री र सदस्यहरुमा कर्ण लिम्बु, महेश दाहाल, प्रशुराम श्रेष्ठ ,लक्ष्मण चौलागाईं ,कैलाश श्रेष्ठ ,ज्ञान बहादुर तामाङ, निम बहादुर बस्नेत, सन्तोष दङगाल, चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य, तीन नम्बर प्रदेश अध्यक्ष तथा प्रेस सेन्टर नेपाल बिदेश बिभाग सदस्य सुनिल खड्का थिए । विशेष अतिथिमा जनप्रगतीशिल मञ्चका प्रमुख सल्लाहकार होमनाथ शर्मा, दुर्गा प्याकुरेल, भोला थापा, मंचका कार्यबहाक अध्यक्ष ध्वज राई रहेका थिए ।  नेपाली जनप्रगतीशिल मञ्च कतारका उपाध्यक्ष कर्ण लिम्बुको सभापतित्वमा प्रथम अथिवेशन भएको हो । जनयुद्ध देखी बन्दुक बोकेका हातले नयाँ संविधान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, अब ती हातले कलम चलाएर संविधान कार्यान्वयन गरी  नेपालको विकास गर्ने अपेक्षा राख्दै प्रमुख अतिथि खड्काले भने जनालाई सकारात्मक सूचना दिन प्रवासबाट पनि प्रेस सेन्टर नेपाल कतारले महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ । प्रवासमा धेरै नेपाली रहेकाले सकारात्मक र सही सूचना दिएर पीडामा रहेकाको उद्धार गर्न  यो शाखा लाग्नुपर्छ । गणतन्त्र पुर्ण प्रेस स्वतन्त्रता ‘हाम्रो सहभागीता, प्रेस सेन्टर प्रवास शाखा लाई बनाउ गतिशीलता’ भन्ने मुल नारा सहित प्रथम भेलामा कार्यक्रम सञ्चालन महेश दाहालले गरेका थिए । बाक्लो उपस्तिथि रहेको कार्यक्रममा मंचका महासचिब जैबी राई ले प्रवास बाट सञ्चार क्षेत्रमा अबका दिन कलमबाट सघर्ष गरि सबै नेपाली हरु लाई न्याय दिनु पर्ने बताए । कार्यक्रम समापन गर्दै तदर्थ समितिका अध्यक्ष होम बहादुर बस्नेतले प्रेस सेन्टरको भुमिका र अबका दिनको काम कार्बाही बारे प्रतिबद्धता जनाउदै सबै लाई एक जुट भएर कलम चलाउन अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

भारतीय सर्वोच्च अदालतद्वारा सिनेमाअगाडि राष्ट्रिय गान बजाउन आदेश

नयाँ दिल्ली,  मङ्सिर  १६। भारतको सर्वोच्च अदालतले बुधबार सबै सिनेमा देखाउनुअगाडि राष्ट्रिय गान बजाउनै पर्ने र दर्शक पनि उक्त समयमा उभिनै पर्ने निर्णय गरेको छ र यसले नागरिक स्वतन्त्रतामाथि प्रहार भएको भनि आरोप निम्त्याएको छ । सर्वोच्च अदालतको समूहले राष्ट्रिय गान बजाउँदा पर्दामा राष्ट्रिय झण्डा देखाइनुपर्ने र दर्शकलाई उभिन लगाइँदा उनीहरूमा राष्ट्रिय भावना जगाउन सकिने उल्लेख गरेको छ । उक्त जानकारी यस मुद्दाका निवेदकतर्फका वकिल अभिनव श्रीवास्तवले दिएका हुन् । धेरै स्थानमा सिनेमा प्रदर्शन हुनुअगाडि राष्ट्रिय गान बजाइन्छ र महाराष्ट्र राज्यले मात्र यसलाई बाध्यकारी बनाएको छ । राष्ट्रिय गान बज्दा उभिनुपर्ने कुरा लामो समयसम्म विवादको विषय बनेको छ । लाइभल न्युज वेबसाइटमा निर्णयमा न्यायाधीशहरूले राष्ट्रिय गान बज्दा सबैले त्यसलाई सम्मान गर्नु उचित हुने उल्लेख गर्नुभएको बताइएको छ । भारतीय आमसञ्चारले त्यसको अर्थ उक्त समयमा दर्शक उभिनुपर्छ भन्ने लाग्ने जनाएका छन् । यस निर्णयले कडा आलोचना निम्त्याएको छ र धेरैले यसले नागरिक स्वतन्त्रता उल्लङ्घन गर्ने बताएका छन् । भारतमा सिनेमाअगाडि राष्ट्रिय गान बजाउनुपर्ने वा नपर्ने भन्ने कुरा विवादको विषय बनेको छ र केही उदारवादीले वर्तमान शासनमा रहेको दक्षिणपन्थी सरकारले जनताको स्वतन्त्रता कुल्चन चाहेको भन्ने आरोप लगाएका छन् । रासस÷एएफपी