गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी

आश्विन ३१, २०७४-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए ।

१८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताए । ‘एनआरएनएमा हालसम्म सुरु भएका सबै एजेन्डा अघि बढाउने छु,’ इकान्तिपुरसंगको संक्षिप्त कुराकानीमा उनले भने, ‘निर्वाचनमा हारजित स्वभाविक हो । सबै एनआरएनएलाई एकढिक्का बनाई काम गर्ने छु ।’

चुुनावी परिणामलाई मनमा नलिइ एनआरएनए अभियानमा सहभागी हुन उनले आव्हान समेत गरेका छन् । ‘एनआरएनए एउटा महत्वपूर्ण अभियान हो । यसमा सहभागी हुन म सबै एनआरएनएहरुलाई थप आब्हान समेत गर्दछु,’ उनले भने ।

एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डाहरु समेत अघि बढाउने उनले बताए ।

दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएको निर्वाचन समितिका सदस्य पाण्डेले बताए । उनको रञ्जु थापासँग प्रतिस्पर्धा भएको हो । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुन: डा. बद्रि केसी निर्वाचित भएका छन् ।

६ जना उमेदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुन: हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएके छ ।

महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए ।

एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

Source: ekantipur

एनआरएनएको अध्यक्षका लागि कार्की उम्मेदवार बन्ने

दोहा, असोज ८ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्ष पदमा टिबि कार्कीले उम्मेदवारी दिने तयारी गरेका छन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष पदको जिम्मेवारी पुरा गरीसकेका कार्कीले सातौ अधिबेशनमा अध्यक्षको प्रत्याहासी समेत रहेका थिए । आउदै गरेको आठौ अन्तराष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा अगाडि बढीरहेको बेला विभिन्न पदका आकांछीहरुले उम्मेदवारी घोषणा भई रहदा कार्की अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिती सदस्य हुदै २००७ देखि २००९ मा आइसीसी सदस्य, चौथो महाधिवेशन (२००९–२०११) को कार्यकालमा सक्रिय रहदै पाँचौ सम्मेलनमा (२०११–२०१३) मा सचिव पदमा रहि सशक्त रुपमा विश्वभर रहेका गैरआवसीय नेपालीहरु बिच आफु लाई स्थापित गराएका थिए । (२०१३–२०१५) को छैठौं विश्व सम्मेलनमा उपाध्यक्षमा पदमा विजय सगै एनआरएनए लाई सस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय रहदै आएका थिए । हाल उनी सल्लाहकारको भुमिकामा रहेका छन् । अघिल्लो सातौ महाधिबेशनमा हालका अध्यक्ष शेष घलेसगँ प्रतिस्पर्धामा रहेका कार्कीलाई यस पटक भने उनै घले निकटबाट सर्मथन गर्ने देखिएको छ । सस्थापक अध्यक्ष उपेन्द्र महत्तो पुर्वअध्यक्ष जिबा लामिछाने लगायत एनआरएनका अग्रजहरुसँग निकट सम्बन्ध रहेका कार्कीलाई सर्बसम्मत नेतृत्व प्रदान गर्न शिर्ष तहमा समेत चर्चा चलिरहेको बताइएको छ । संस्थाका उपाध्यक्ष कुमार पन्त लगायतका पदाधिकारीहरु समेत कार्कीको पक्षमा रहेका हुदाँ उनको उम्मेदवारी अर्थपुर्ण रुपमा हेरिएको छ । पदीय दाउपेचमा अधिवेशनमा देखिने गुट उपगुटले संस्थालाई स्तरउन्नोति र विकाश हुन नसक्ने भन्दै एनआरएनका अभियान्ताहरुसमेत चिन्तित रहने गरेका छन । मध्यपूर्वमा रहेका एनआरएनहरुले एकता र सहकार्यतामा जोड दिदै यसपटक मध्यपूर्वले नेतृत्व पाउनु पर्ने आवाज उठाइरहेका छन् ।

एनआरएनए मध्यपूर्व संयोजक पदमा आरके शर्माको उम्मेदवारी घोषणा

युएई, असोज ८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको मध्य पूर्व संयोजक पदमा कतारका आरके शर्माले उम्मेद्बारी घोषणा गरेका छन । शर्मा बर्तमान आईसीसी सदस्य समेत हुन । शर्माले १४ बुँदे प्रतिबद्दता सहितको घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेद्बारी घोषणा गरेका हुन । ईराक, जोर्डन र लेबनान लगायतका दुताबास नभएका मुलुकहरुमा नियमित भ्रमण गरी समस्या समाधानमा जोड दिने शर्माले घोषणा पत्रमा बताएका छन । उनले मध्यपुर्बबाट पर्यटन प्रबर्दनमा लागिपर्ने प्रतिबद्दता जाहेर गरेका छन । शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउने पहल गर्ने लगायतका घोषणा पत्रमा समेटिएका छन । एनआरएनको अन्तरास्ट्रिय सम्मेलन आगामी अकोटोबर १४ देखि १६ तारिकसम्म काठमाडौं हुँदैछ । सम्मेलनमा विश्वभरका ७५ भन्दा बढी मुलुकका एनआरएनहरुको उपस्थिती हुनेछ । शर्माको घोषणा पत्र आदरणीय गैरआवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु, विश्वभरी छरिएर रहेका नेपालीहरुको आशा र भरोसाको केन्द्र गैरआवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौंमा हुदै गरेको सर्वविदितै छ । विगत लामो समयदेखि एनआरएन अभियानमा सहभागी हुदै आएको एनआरएनए कर्मिको हैसियतमा मैले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उक्त सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । विगतदेखि एनआरएन संस्थामा प्रत्यक्ष रुपमा संलग्नता जनाएर खाडी राष्ट्र, यूरोप संघीय मुलुक, एसिया प्रशान्त तथा नेपाल लगायत विश्वभर हुने गरिएका गैरआवासीय नेपाली संघको विभिन्न गतिविधीहरुमा प्रत्यक्ष रुपमा सरिक भई आफ्नो स्वविवेकले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्दै गैरआवासीय नेपाली संघको नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रलाई व्यवहारमा सावित गर्न व्यक्तिगत रुपमा भूमिका खेल्दै आएको सन्दर्भमा कतार लगायत खाडी मुलुक तथा विश्वभर छरिएर रहनुभएका सम्पुर्ण गैरआवासीय नेपालीजनले विगतदेखि दिनुभएको माया र सद्भावका कारण मलाई एनआरएनए अभियानमा सकृयताका साथ अगाडि बढ्न थप उर्जा मिलेको छ । मेरा एजेण्डाहरु १ मध्यपूर्वका एनआरएनए एनसीसीहरु र एनआरएन आईसीसीबीच सुमधुर र थप अर्थपूर्ण सम्बन्ध स्थापित गर्दै मध्यपूर्वका एजेण्डाहरुलाई आईसीसीका एजेण्डा बनाउने दिशामा काम गर्न आईसीसी र एनसीसीहरुबीच पुलको रुपमा समन्वयकारी एवं सहयोगी भूमिका खेल्नका लागि पूर्ण प्रतिबद्ध रहनेछु । एनआरएनए आईसीसीको विधानले तोकेका सबै काम सही ढंगले गर्न प्रतिबद्ध रहनेछु । २) युरोप, अमेरिका र ओसियाना क्षेत्रको तुलनामा मध्यपूर्वका एजेण्डा र समस्याहरु फरक छन् । खासगरी युरोप, अमेरिका र ओसियाना क्षेत्रका नेपालीहरुलाई प्रतिनिधित्व गर्ने दोहोरो नागरिकताको विषय एकहदसम्म संविधानमा समेटिइसकेको छ । त्यसैले अब सिङ्गो एनआरएनको आईसीसीको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रीत हुन जरुरी छ । मध्यपूर्वका नेपालीका सम्पूर्ण समस्या र एजेण्डालाई ठोसरुपमा लिपिवद्ध गरी नीति निर्माणका लागि अगाडि बढाउन बिशेष पहल सहयोग गर्नेछु । ३) मध्यपूर्व नेपालको सबैभन्दा ठूलो श्रम बजार हो । वैदेशिक रोजगारीका नाममा नेपालबाट ठूलो श्रम मध्यपूर्वमा बाहिरिने गरेको छ । उपयुक्त सीप र दक्षताको अभावमा मध्यपूर्वमा काम गर्ने नेपालीहरुले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् । उनीहरुको सिप अभिवृद्धि गरी सीप अनुसारको उचित पारिश्रमिक दिलाउने दिशामा एनसीसीहरुसँग समन्वय गरेर कार्यक्रमहरु अगाडि बढाउन पहल गर्नेछु । यसका लागि मध्यपूर्वमा रहेका नेपाली दूतावासहरु तथा सम्बन्धित सरकारी निकायहरुसँग छलफल गरी उनीहरुमार्फत उचित कार्यक्रम ल्याउनका लागि पहल गर्नेछु । साथै मध्यपूर्वमा भित्रिने श्रमलाई नेपालमा नै उपयोग गर्न सकिने वातावरणका लागि आईसीसीसँग समन्वय गरेर उचित नीति निर्माणका लागि पहल गर्नेछु । ४) स्वास्थ्य र सुरक्षासम्बन्धि जनचेतनाको अभावमा वैदेशिक रोजगारमा कतार लगायत खाडी राष्ट्रमा कार्यरत कैयन नेपालीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । सम्पुर्ण गैरआवासीय नेपाली जनहरुमा स्वास्थ्य तथा सुरक्षा सचेतना प्रदान गर्न व्यवहारिक रुपमा नै आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै मध्यपूर्वका नियम कानुन र श्रमबारेका अधिकार तथा कानुनको जनचेतनाको अभावमा धेरै नेपालीहरुले समस्या भोग्दै आएका छन् । यसबारे जनचेतनामुलक कार्यक्रमहरु गर्न एनसीसीहरु, नेपाली दूतावास र अन्य सम्बन्धित निकायहरुको सहभागितामा विशेष पहल गर्नेछु । ५) मध्यपूर्वमा नेपालीहरुले आर्जन गरेको कमाई उत्पादनमुलक काममा लगाउन र सही सदुपयोगका लागि उचित कार्यक्रमहरु ल्याउन पहल गर्नेछु । बर्षौसम्म मध्यपूर्वमा काम गरेर पनि स्वदेश फर्कने बेलासम्म सबै रकम अनुत्पादकमुलक र विलासितामा खर्च भइसकेको हुने समस्या रहेकाले त्यसलाई उत्पादनमुलक काममा लगाउँदा नेपाल फर्किसकेपछि पनि त्यो लगानीले आय आर्जन गरिरहने खालका कार्यक्रम ल्याउनु मेरो प्राथमिकता हुनेछ । ६) मध्यपूर्वका राष्ट्रहरुले विश्वका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको सर्वविदितै छ । यो सन्दर्भमा मध्यपूर्वका राष्ट्रहरुबाट नेपालमा वैदेशिक लगानी भित्राउने उचित पहल गर्न नेपाल सरकारका सम्बन्धित निकाय तथा मध्यपूर्वका राष्ट्रका सम्बन्धित निकाय, तथा विज्ञहरुसँग समन्वय गर्दै विशेष भूमिका खेल्नेछु । ७) खाडी राष्ट्रमा रहेका नेपालीका सबै समस्याको उचित पहिचान गर्दै समस्या समाधानार्थ प्रत्यक्ष निगरानी राख्न आईसीसी र एनसीसीहरुसँग समन्वय गर्दै विशेष कार्यदल गठन गर्न भूमिका खेल्नेछु । मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या समाधान र विभिन्न अवशरहरुको सदुपयोगका लागि यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुसँग समन्वय गर्दै सहकार्यको वातावरण बनाउन पहल गर्नेछु । ८) हाल एनआरएनएको परिभाषाले २ बर्षसम्म विदेशमा रहेका नेपालीहरुलाईमात्र एनआरएनको मान्यता प्रदान गरिेको छ । यसले मध्यपूर्वमा रहेका धेरै नेपालीहरु नसमेटिने भएकाले अन्तर्राष्ट्रिय मान्यता अनुसार १८३ दिन विदेशमा विताएका नेपालीहरुलाई एनआरएनको मान्यता दिलाउन आईसीसी मार्फत सम्बन्धित निकायहरुसँग पहल गर्नेछु । ९) मध्यपूर्वका एनआरएन एनसीसीहरुमा प्राय एकै प्रकृतिका समस्याहरु र त्यसको समाधानका लागि पनि उस्तै खालका उपायहरु अबलम्बन आवश्यक भएकाले एनसीसीहरु र त्यसका पदाधिकारीहरुलाई थप सकृय बनाउन सबैलाई जिम्मेवारी प्रदान गर्ने कार्यक्रमहरु ल्याउन एनसीसीहरुसँग सामुहिक छलफल र बैठक गर्नेछु । कार्यसम्पादनको मूल्यांकन गर्दै प्रोत्साहन गर्ने कार्यक्रमहरु अगाडि बढाउन भूमिका खेल्नेछु । १०) लेबनान, जोर्डन तथा इराकमा नेपाली दूतावासहरु नभएको हुनाले ती क्षेत्र हेर्ने दूतावासहरुलाई मासिक रुपमा ती क्षेत्रमा पुगेर नेपालीका समस्याहरु समाधान गर्न तथा सेवा पुर्याउन कार्यक्रम ल्याउन सम्बन्धित निकायसँग पहल गर्नेछु । ११) मध्यपूर्वका पर्यटकहरुलाई नेपाल भित्र्याउन तथा मध्यपूर्वबाट अन्य देशमा घुम्न जाने पर्यटकहरुलाई नेपाल घुम्न जानका लागि प्रोत्साहन गर्न पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै सूचारु गर्न विशेष जोड दिएर लाग्नेछु । १२) मध्यपूर्वमा रहेका एनसीसीहरुमार्फत एनआरएन कार्डको व्यवस्था गरी सदस्यहरुलाई कार्डमार्फत एयरलाइन्स, होटल, रेष्टुरेण्ट, ग्रोसरी स्टोर, अस्पताल लगायतका विभिन्न क्षेत्रमा डिस्काउन्ट र सुविधा प्राप्त गर्ने व्यवस्थाका लागि पहल गर्नेछु । यो प्रावधानले स्वतस्फूर्त एनआरएनएको सदस्यता लिनेहरुको संख्या बढ्ने तथा सदस्यहरुले प्रत्यक्ष रुपमा तुरुन्तै फाइदा लिनसक्ने वातावरण बन्नेछ । १३) मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउन पहल गर्नेछु १४) नेपाली संस्कृति र पर्यटन प्रबद्र्धनका लागि नेपाल हाउस स्थापना गर्न, यसक्षेत्रमा रहेका नेपालीका परिवारलाई दृष्टिगत गरी नेपाली स्कुलहरु स्थापना गर्न र नेपाल हाउसमार्फत नेपाली उत्पादनको प्रवद्र्धनको लागि भूमिका खेल्नेछु । माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सकृय भूमिका रहनेछ । एनआरएनएको र मध्यपूर्वमा रहेका नेपालीहरुको हितमा काम गर्न एनआरएनए आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकको भूमिका पूरा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने मैले अपेक्षा गर्दछु । धन्यवाद सहित आरके शर्मा (राजेन्द्रकुमार शर्मा) उम्मेदवार क्षेत्रीय संयोजक (मध्यपूर्व) गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

नेपाललाई अमेरिकाकाे ५० अर्ब बढी सहयोग मिल्ने

काठमाडौ, भदौ ३० । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत नेपाललाई सो रकम उपलब्ध हुने भएको हो । अमेरिकमा एक कार्यक्रमका बीच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका निमित्त प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले सो सहयोगसम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरेका छन् । अमेरिकाले दिने ५० अर्ब सहयोगमा नेपाल सरकारले १३ अर्ब थप गरी विद्युतको प्रसारण लाइन र सडक मर्मतमा खर्च गर्नेछन् । सहयोग रकमबाट करिब ३ सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत लाइन निर्माण गरिनेछ । त्यस्तै तोकिएको स्थानमा सडक मर्मतपछि नयाँ सडक निर्माणमा समेत खर्च हुने सम्झौतामा उल्लेख छ । यो एमसिसिबाट दक्षिण एसियामै सबैभन्दा ठूलो सहयोग हो ।

डेनमार्कमा किराँतीहरु संगठित

कोपनहेगन, डेनमार्क । उच्च शिक्षा तथा रोजगारीका लागि डेनमार्कमा आएका किराँतीहरु संगठित भएका छन् । आफ्नो कला संस्कृति, भेषभुषा, रितिरिवाज तथा भाषाको संरक्षण तथा एकआपसमा आपसि सम्बन्ध विकास गर्ने उद्देश्यले कोपनहेगनमा हालै भएको भेलाले किरात समाज गठन भएको हो । अमृत सुब्बाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्यक्षहरुमा गंगा थेबे र बिनय राइ, सचिवमा रुमी हाङ राइ, सहसचिव शैलेन्द्र राइ र कोषाध्यक्षमा नोफुङ इजम चयन भएका छन् । सदस्यहरुमा अश्विनी राइ, स्मृति राइ, रिस्ता राइ, जमुना राइ, सुनिल राइ, सन्जिव लिम्बु थेबे, दिवस लिम्बु थेबे, आयना सुब्बा र कला मोदेन अधिकारी रहेका छन् । सल्लाहकार संयोजकमा प्रतिक सुब्वा, बरिस्ठ सल्लाहकारमा डा।अमृत राइ र गुन्ज सुनुवार रहेका छन् ।

बाढी पीडितका लागि नेपाली जन प्रगतिशील मंच मलेसियाको सहयोग

सुसान आचार्य नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग सङठन नेपाली जन प्रगतिशील मन्च मलेसिया ले बाढी पीडितका लागि राहत स्वरूप पहिलो चरणमा १लाख १ हजार १ सय ११ रुपैयाँ नेपाल पठायको छ । मन्च मार्फत पार्टीको बिदेश बिभाग सचिबको नाममा सहयोग रकम पठायको जानकारी मंच मलेसियाका सचिब रुपक काफ्लेले दियका छन । लामो समय देखि मजदुर हक हित र अधिकारका लागि लड्दै आयको मन्चले विभिन्न समयमा देखा पर्न प्राकृति बिपत्ति र रास्ट्रिय बिपत्तिमा समेत हातेमालो गर्दै पटक पटक सहयोग गर्दै आएको बताउदै मन्चले भैपरी आउने समस्यामा सधै सहयोगको हात अघि बढाउने बतायका छन । मन्चका केन्द्रिय सल्लाहकार राजु ढुंगाना ९प्रनिल० को सम्योजकत्वमा सुरु गरियको राहत सङकलन अभियानले थोरै भयनी पीडित लाइ राहत महसुस गराउन सकियोस भन्ने उदेश्यले मन्चका सबै पदाधिकारी लागी परेको जानकारी काफ्लेले दियका छन । यता राहत रकम बुझ्दै माओवादी केन्द्रका बिदेश बिभाग सचिब युवराज चौलागाईंले रोजगारीका लागी बिदेशी भुमिमा पुगेर समेत पार्टी सङठनमा आबद्ध रहदै आपतकालीन अबस्थामा पीडितलार्इ गरेको सहयोग अतुलनीय रहेको बताउदै सहयोग गर्न सबैलाई धन्यवाद समेत दिइएका छन ।

नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण अभियानमा

कोरिया, भदौ २३ । नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् । क्ष्ल्क् कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलग रहेको राजिनामा पत्रमा उल्लेख गरिएको एक पदाधिकरीले खबरडबलीलाइ जानकारी दिए । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको गठनदेखि नै सकृय र अग्रणी भुमिका निभएका श्री र शेर्पा संगठन भित्र प्रभावशाली ब्यक्तिका रुपमा मानिन्थे । शेर्पा आर्थिक बिभाग प्रमुख तथा ५ नम्बर क्षेत्रको क्षेत्रीय इन्जार्ज समेत रहिसकेका थिए । आर्थिक बिभाग प्रमुख रहदा संगठन भित्र मितब्ययिता अपनाएर शेर्पाले आर्थिक रुपमा संगठन लाई बलियो बनाएका थिए भने राजनीतिक बैचारिक रुपमा दख्खल राख्ने राजु श्री ३ नम्बर क्षेत्रको क्षेत्रीय इन्चार्ज, संगठन बिभाग प्रमुख, प्रचार प्रसार बिभाग प्रमुख हुदै प्रबास प्रादेशिक सदस्यसमेत थिए । INS कोरियाको प्रथम अधिबेशन देखि संगठन को रफ्तारमा गिरावट आउदै गएको र उहाहरु सहित धेरै साथिहरु पनि निष्क्रिय बन्दै गएका उनिहरु निकटका एक पदाधिकारी ले बताए । यसै सन्दर्भमा कुरा गर्दा शेर्पाले सिङ्गो पार्टी र संगठन भित्र बिचार र निस्ठाको राजनितिक अन्त्य जस्तै रहेको बताए ।साथै पार्टी भित्र नाताबाद र कृपाबाद ले जरा गाड्दै कामको मुल्यांकन शुन्य रहेको बताए । INS कोरिया बाट बाहिरिएर धुर्बिकरण अभियानमा राजु श्रीले आफू छलफलमा रहेको बताउदै ‘परिबर्तन का शुत्रधार हरुमा धुर्बिकरण मात्र हैन चुनवाङ दोहोरिन आबश्यक छ भन्दै घुमाउरो कुरा गरे । भने अन्य समसामयिक जिज्ञासा हरुमा उनी खासै खुल्न मानेनन् । पत्रकारिता, राजनीती र साहित्य लेखनमा दख्खल राख्ने श्री संगठन निर्माणमा कुशल भुमिका निभाउन सक्ने खुबी भएका ब्यक्तिका रुपमा रहेको एक पदाधिकारी ले बताए । स्मरण रहोस नयाँ शक्ति कोरियामा पहिला पनि सचिबालय सदस्य तथा केन्दृय सचिब महेन्द्र पोख्रेल, केन्दृय सदस्री बैरागी माइला , सचिबालय सदस्य दिपेन किराँती लगायत केही कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् ।

नेपालमा बाढी पीडितका लागि अष्ट्रेलियाले १६ करोड सहयोग प्रदान गर्ने

नारायण खड्का अष्ट्रेलिया, भदौ २१ । नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको अष्ट्रेलिया सरकारले सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले एक बिज्ञप्ति जारी गर्दै उक्त सहयोग दिने बताएकी हुन् । उनले केही दिनअघि जारी गरेको विज्ञप्तिमा १७ लाख जनताहरु हालै आएको बाढीपहिरोका कारण पीडित बनेको बताउँदै नेपाललाई उक्त रकम उपलब्द्ध गराउने उल्लेख गरिएको छ । उनका अनुसार १ मिलियन (करिब ८ करोड रुपैयाँ) अष्ट्रेलियाको गैरसरकारी मानवीय संस्थाहरुमार्फत र थप १ मिलियन (करिब ८ करोड रुपैयाँ) विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रदान गरिनेछ । अष्ट्रेलियाले उपलब्द्ध गराउने सहयोगबाट तत्काल पीडितहरुका लागि आवास, खाद्यान्न, सफा पानी र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने जनाइएको छ । यसका साथै अष्ट्रेलियाली सरकारले ६ हजार ६ सय महिला तथा युवतीहरुलाई जरुरी स्वास्थ्य सेवा र स्वास्थ्य सामाग्रीहरु उपलब्द्ध गराइने समेत भएको छ । अष्ट्रेलियाले विश्व खाद्य कार्यक्रम अन्तरगत पुरयाउने सहयोगले अति प्रभावित क्षेत्रका ५ बर्षमुनिका ५ हजार ६ सय बालिबालिका र १ हजार ६ सय गर्भवती तथा महिलाहरुलाई सहयोग पुरयाउने उल्लेख गरिएको छ । विज्ञप्तिमा १ सय ५० को मृत्यु भएको, ६५ हजार घरहरु नष्ट भएको र ६४ हजार हेक्टर क्षेत्रफलको बाली नष्ट भएका उल्लेख गरिएको छ भने उद्धारमा देखाएको तदारुकताप्रति नेपाल सरकारको प्रशंसा समेत गरिएको छ ।

एनआरएनए अमेरिकाको निर्वाचन दौडमा डा. केशब धेरै अगाडि छेउ मै छैनन प्रतिस्पर्धी

टेक्सस (अमेरिका), भदौ १९ । एक वर्षदेखि प्रतीक्षारत गैरआवासीय नेपाली संघ, अमेरिका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन यसै हप्ताको ५ र ६ तारिख तय भएसँगै अमेरिकी डायस्पोरामा नेतृत्व पदका लागि जोड–घटाउ शुरु भएको छ । यसअगाडि अध्यक्ष पदमा पाँच प्रत्यासीले नेतृत्वमा आकांक्षा देखाए पनि गौरीराज जोशीको उम्मेदवारी मनोनयनलाई निर्वाचन समितिले प्रक्रिया नपुगेको कारणसहित अयोग्य ठहराएको थियो । त्यही अयोग्यताको असन्तुष्टिलाई लिएर जोशी अदालतको ढोका ढकढक्याउन पुगेपछि अनिश्चित बनेको राष्ट्रिय समितिको निर्वाचन पुनः जोशीले डा. केशव पौडेललाई एक कार्यकाल थप काम गर्न दिने भन्दै मुद्दा फिर्ता लिएपछि मार्ग प्रशस्त भएको थियो । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष डा. केशव पौडेलसँग प्रतिस्पर्धा गर्न वर्तमान कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षद्वय रविना थापा र राम सी पोखरेल लागिपरेका छन् । १४ हजार सदस्य रहेको गैरआवासीय नेपाली संघकोे नयाँ नेतृत्वमा ४ आकांक्षीमध्ये वर्तमान अध्यक्ष डा. केशव पौडेल नै सबैभन्दा योग्य उम्मेदवार भएको प्रतिक्रिया दिन्छन् न्यूयोर्कस्थित शिक्षा पेशामा आबद्ध दिलिप ओझा । ओझा भन्छन्– ‘दुई वर्षअगाडि भारी मतले निर्वाचित डा. पौडेलविरुद्ध पराजितहरुले हारेकै हप्तादेखि मुद्दा हालेर दुःख दिए । मलाई लाग्छ डा. पौडेलले उनको क्षमताअनुसार काम गर्नै पाएका छैनन् । उनलाई काम गर्न दिइएकै छैन । त्यसैले एक पटक पुनः उनलाई अमेरिकाबासी नेपालीले विवेक पु¥याएरै जिताउनुपर्छ ।’ लभलेस हेल्थ सिस्टम नामक अस्पतालका सिनियर मेडिकल डाइरेक्टर, स्टेट युनिभर्सिटी अफ न्यूयोर्क अपस्टेटका पूर्व प्राध्यापक, हस्पिटल मेडिसिन सोसाइटी न्यू मेक्सिकोका पूर्व अध्यक्ष तथा त्रिवि शिक्षण अस्पतालको उत्कृष्ट मेडिकल अफिसर अवार्डबाट सन् २००३ मा सम्मानित डा. पौडेलका वर्तमान प्रतिस्पर्धीहरु सामान्य रुपमा पनि अमेरिकी नेपालीले एनआरएन अध्यक्षका लागि स्वीकार गर्ने खालको नहुनुले पनि यस पटकको निर्वाचनमा डा. पौडेल निकै अगाडि भएको बताउनेहरुको कमी छैन । अध्यक्ष पदका अन्य प्रत्यासीहरुमा कृष्ण पोखरेल न्यूयोर्क लाइफ इन्स्सुरेन्सका इन्सुरेन्स एजेन्ट हुन् भने रविना थापा बाल्टिमोरस्थित लुम्बिनी रेष्टुरेन्टकी सञ्चालिका हुन् । त्यसैगरी राम सी पोखरेल टेक्ससस्थित किराना व्यापारी हुन् । डा. पौडेल निकै अगाडि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका डा. केशव पौडेलप्रति विश्वभरि क्रियाशील ८० प्रतिशत कांग्रेस निकट एनआरएन अभियन्ताहरुको सहानुभूति छ । डा. पौडेललाई अबका एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षका प्रत्यासी भवन भट्टले महासचिव पदमा अफर गरेका थिए भने उनीसँगै भिड्ने तयारी गरेका कुमार पन्तले सचिव पदमा अफर गरेका थिए । तर, डा. पौडेलले माथि जाने उच्च महत्वाकांक्षा देखाएनन् । गत कार्यकालमा विपक्षीहरुले निर्वाचन जितेकै दिनदेखि मुद्दामामिला गरेर अनावश्यक विवाद गरेर काम गर्नै नदिएपछि थप एक कार्यकाल अमेरिकाभित्रै काम गर्ने उनको उद्देश्यलाई सकारात्मक रुपमा लिने ठूलो जमात अमेरिकामा उनको पछाडि छ । उनलाई बोलेपछि पूरा गरेरै छाड्ने व्यक्तिका रुपमा अमेरिकामा चिन्ने गरिन्छ भने विपत्ति परेका बेला स्टेथेस्कोप बोकेर बिरामी जाँच्न मैदानमा उत्रने व्यक्ति हुन् डा. पौडेल भन्छन् क्यालिफोर्नियाका जीवन पन्त । उनी भन्छन्– ‘डा. पौडेलले नेपालको भूकम्पमा देखाएको भूमिकाले म नतमस्तक छु । अहिलेका अन्य प्रतिस्पर्धीहरुभन्दा डा. पौडेलले धेरै अगाडिको दूरी तय गरिसकेका छन् । डा. केशव पौडेलले सबैभन्दा महत्वपूर्ण दृष्टि टिम निर्माणमा देखाएका छन् । मधेस र मधेसीको प्रतिनिधित्व हुने गरी वरिष्ठ उपाध्यक्षमा सुमन साह लिएका छन् । महासचिवमा जनजाति प्रतिनिधित्व हुने गरी बाबुराम लामालाई लिएका छन् । डा. केशव पौडेलको अर्को जित्ने आधार भनेको उनीसँगै प्रतिस्पर्धा गर्न कम्मर कसेर लागेका गौरीराज जोशीको समर्थनले उनलाई थप मजबुत बनाएको छ । नेपालमा व्यापारिक साझेदारीदेखि वृद्धाश्रम निर्माण र चेपाङलाई सहयोगमा समेत सहयत्रा गर्दै आएका गौरीराज जोशी र डा. पौडेलको मित्रता अत्यन्त गहिरो छ । त्यही कारणले जोशीले डा. पौडेलसँग प्रतिस्पर्धा नगर्ने बरु सहकार्य गर्दै सफलता हासिल गर्ने भन्दै मुद्दा फिर्ता लिएको कुरा यी दुईको सहमति भएको बैठकमा बसेका एक सामाजिक कार्यकर्ताले बताए । एकातर्फ प्रतिस्पर्धीहरु निकै कमजोर हुनु र अर्कोतर्फ डा. पौडेल व्यावसायिक, राजनीतिक र सामाजिकरुपमा अब्बल हुनुले सन् २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि अमेरिकी एनआरएनमा पुनः डा. पौडेल लगभग सुरक्षित देखिएका हुन् । वकिल जिसीको हर्कत गतवर्ष एनआरएन अन्तर्राष्ट्रिय परिषद्मा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर भारी मतले पराजय भोगेका न्यूयोर्कका वकिल खगेन्द्र जिसीलाई पुनः उपाध्यक्ष पदको भोक जागेपछि उनले योग्यता नै नपुगेका सोझा स्वभावका व्यवसायी गौरीराज जोशीलाई अनावश्यक उचाले । आफ्नो अनुकूलको अध्यक्ष जिताउँदा आफू अनुकूलका प्रतिनिधि अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा पु¥याउँदा आफूलाई उपाध्यक्ष जित्न सजिलो हुने जिसीको सपनाका कारण फुल्दै गरेको एनआरएन कचहरीसम्म पुग्यो । निर्वाचन नै तीन महिना ढिला सम्पन्न हुने भयो । कांग्रेस नेता महेन्द्रध्वज जिसीका भाइ खगेन्द्र जिसी आफ्नो फाइदाका लागि जुनसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । अहिलेका अध्यक्ष पदका बलिया प्रत्यासी डा. केशव पौडेल नेविसंघकै पूर्व नेता भए पनि जिसीले आफू अनुकूल नहुने भएपछि गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध उम्मेदवारी दिन लगाएका थिए । तर, गौरीराज जोशी एक कार्यकाल काम नगरेका कारण विधानअनुसार उनी अध्यक्ष पदका लागि योग्य भएका थिएनन् । उता, जिसीसँगसँगै कांग्रेस प्रवास संगठन जनसम्पर्क समितिका अध्यक्ष गोरखबहादुर विष्ट पनि डा. पौडेलविरुद्ध व्यक्तिगत रिस साँधेर पछि लाग्दै गए । गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध भड्काउँदै गए । गौरीराज जोशीलाई अनावश्यक उचालेर जिसी, विष्ट र एमालेका केही कार्यकर्ता मिलेर अदालतमा मुद्दा दर्तासमेत गराइयो । तर, व्यापारमा राम्रो सफलता हासिल गरेका सोझो स्वभावका जोशीले यी सबैलाई पिठ्युँ फर्काएर मुद्दा फिर्ता लिए र एक पटक डा. पौडेललाई नै अध्यक्ष बनाउने निर्णयमा पुगे । जोशीले नाम फिर्ता लिएपछि एकाएक तिलमिलाएका खगेन्द्र जिसी अर्का अवसरवादी स्वभावका कृष्ण पोखरेललाई अध्यक्ष बनाउनुप¥यो भनेर सामाजिक सञ्जालमा शेयर गर्न व्यस्त छन् । जिसी अध्यक्षका कृष्ण पोखरेल र अन्य पदमा एमालेका कार्यकर्ताको फोटो राखेर प्रचारप्रसार गर्न थालेपछि अहिले सामाजिक सञ्जालमा जिसीविरुद्ध व्यापक विरोध भएको छ । तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको कृपामा परराष्ट्रको अवैतनिक एनआरएनएन सल्लाहकारको नियुक्ति लिएका जिसीले खुल्लम्खुल्ला सामाजिक सञ्जालबाट उम्मेदवारी प्रचार गर्न थालेपछि विरोध भएको हो ।

मलेसियामा ८ नेपाली सम्पर्कविहीन

 राजविराज ,भदौ १९।  रोजकारीका लागि मलेसियामा रहेका ८ नेपाली बेपत्ता भएका छन् । तमिल मूलका व्यक्तिले छुरा प्रहरा गरेको घटनापछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाका नीरेन्द्र यादवसहित ८ नेपाली बेपत्ता भएका हुन् । नीरेन्द्रका जेठान वैद्यनाथ यादवले दिएको जानकारीअनुसार सर्लाही र सुनसरीका २–२ जना तथा महोत्तरकिा ३ जनासहित नीरेन्द्र मलेसियाको कन्तार भन्ने स्थानमा बस्दै आएका थिए । उनीहरु पेनाङस्थित जाम्बुलमा रहेको जीयूएच सर्किट इन्डिस्ट्रिज पीजी एसडीएन बीएचडीमा कार्यरत थिए । गत २९ अगस्त साँझ पौने सात बजेदेखि नीरेन्द्य्रसहित उनका साथी सम्पर्कविहीन भएको वैद्यनाथले बताए । उनीहरु बस्दै आउको कन्तारस्थित डेरा नजिकै डिस्कोमा हल्ला बढी भएपछि उनीहरु गुनासो गर्न त्यहाँ पुगेका थिए । डेरा फर्किएलगत्तै केही तमिल मूलका युवा आएर झ्याल–ढोका फोरी छुरा हानेको उनीहरुसँग बस्दै आएका नेपालीको भनाइ उद्धृत गर्दै वैद्यनाथले बताए । त्यो दिनदेखि उनीहरु बेपत्ता छन् । ‘फोनको स्विच अफ छ ।नीरेन्द्रका साथीभाइलाई फोन गर्दा कुनै अत्तोपत्तो नरहेको जानकारी दिएका छन्,’ वैद्यनाथले भने, ‘परराष्ट्र मन्त्रालयले खोजीमा सक्रियता देखाओस् ।’ –कान्तिपुरबाट

एनआरएनए युकेको संयोजकमा लालबहादुरको उम्मेदवारी

युके, भदौ १८ । आगामी सेप्टेम्बर ९ तारिखमा हुन लागेको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा युवा संयोजक पदमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा रहेर लामो समयदेखि व्यवसायसँगै समाजसेवा सक्रिय गुरुङले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार शुरु गरेका छन । गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मिडिया सेक्रेटरीसमेत छन् । आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु परिचित छन । ‘अहिलेका युवाले के चाहन्छन् र युवाले लिने अबको बाटो कस्तो हुनुपर्छ भन्ने मैले नजिकबाट बुझेको छु,’ गुरुङले भने, ‘मैले रहरले भन्दा पनि बेलायतमा रहेका युवालाई संगठित गर्न र युवाको मनोभावना अनुसार काम गर्न उम्मेदवारी दिएको हुँ ।’ गुरुङले बेलायती नेपालीका समस्यालाई नजिकबाट नियालेकाले ती समस्याका समाधान खोज्न र संस्थालाई सही मार्गमा हिडाउन आफुले युवाको नेतृत्व गर्न चाहेको बताए । बिगतमा एनआरएनमा रहेर काम गरेको अनुभव आफुसँग नभए पनि एनआरएनलाई नजिकबाट नियालेको र अन्य विभिन्न संस्थामा काम गरेको अनुभव भएकाले बेलायती नेपालीले माया गर्ने विश्वास उनको छ । युवामुखी योजना र काम गर्ने दृढ संकल्पका साथ प्रवासी बेलायती युवा र नेपाली समुदायमाझ विभिन्न महत्वपूर्ण ल्याउने उनले बताए ।

न्युयोर्कमा २६ वर्षिया नेपालीले जितिन् ७० लाख डलरको चिठ्ठा

एजेन्सी, भदौ १७ । भगवानले दिए भने छत फोडेर पनि दिनुहुन्छ भन्ने भारतीय उखान सोलुखुम्बु घर भई हाल न्युयोर्क बसोबास गर्ने २६ वर्षीया याङ्गजी शेर्पाले जीवन काल ७० लाख डलर को चिट्ठा जितेकी छिन् । न्युयोर्कको वुड साइड कि महिला ले क्यास फर लाइफ नामक चिट्ठा खेल्दा उक्त रकम जितेकी हुन् । प्रसाशनिक सहायक पदमा कार्यरत २६ बर्षिय शेर्पाले किनेको उक्त चिट्ठामा ५ वटै अंक मिलेको र अन्तिम क्यास बल पनि मिल्न गएकोले त्यति ठुलो राशी उनले प्राप्त गरेकी हुन् । उनी कामबाट घर फर्केपछि हेर्ने बित्तिकै परेकोले विश्वास नलागेर पटक–पटक हेरेको बताईन । उनले मेरो पिताश्री ले धेरै खेल्ने गरेकोले मलाई उहाँले सुझाव दिएकोले आफुले खेलेको बताईन । उनको क्यास फर लाइफ ८–१७–२७–२८–३९ र क्यास बल ०२ हो । उनले ७० लाख डलर मध्ये खुद ४३ लाख ६१ हजार २ सय ८० डलर पाउने छिन् । यति ठुलो रकम हात लागे पछि घर किन्ने योजना रहेको उनले बताईन । उनले खुशी हुदै भाग्य भनेको भाग्य नै रहेछ बिश्व मा धेरै भाग्यशाली हुन्छन तर आफु त्यसमध्येकै एक हुँ भनिन । उनले जितेको चिट्ठा प्रत्येक दिन हजार डलर ले जीवनकाल भर पाउने चिट्ठा हो । तर उनी दिनहुँ पैसा ननिकाली एकैचोटी लिने निधो गरेकी छिन् ।

नयाँ शक्ति साइप्रसको कार्यसमिति भंग, सिंगो कार्यसमिति ध्रुबिकरण अभियानमा

साइप्रस, भदौ १० । नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन ‘अन्तर्राष्ट्रिय नेपाली समाज साइप्रस’ को कार्य समिति विघटन गरिएको छ । गत वर्ष गठित ३३ सदस्यीय कार्य समिति ध्रुविकरण अभियानमा लागेपछि नयाँ शक्ति साइप्रस विघटन भएको हो । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा साइप्रसका सस्थापक संयोजक लगायत प्रवास प्रादेशिक महिला विभागका संयोजक रमिला राईको संयोजकत्वको कार्य समितिनै पार्टी परित्यागको घोषणा गरि ध्रुबिकरणको तयारीमा लागेको छ । नयाँ शक्ति साइप्रसबाट पार्टी परित्याग गरि ध्रुबिकरण अभियानमा लाग्ने सदस्यहरू यस प्रकार छन: १) रमिला राई ( केन्द्रिय परिसद सदस्य, प्रवास महिला बिभाग संयोजक तथा साइप्रस सस्थापक अध्यक्ष ) २) बिरेन्द्र भट्ट साइप्रस बर्तमान अध्यक्ष तथा प्रवास प्रादेशिक सदस्य । ३) मुना कुमारी क्षेत्री ( साइप्रस उपाध्क्ष ) तथा प्रवास प्रादेशिक सदस्य । ४) पासांग शेर्पा ( साइप्रस उपाध्यक्ष ) ५) कालिका थापा मगर ( साइप्रस उपाध्यक्ष ) ६) निशा लामा ( साइप्रस उपाध्यक्षा ) ७) सम्जान शेर्पा ( साइप्रस उपाध्यक्षा ) ८) अनु लामिछने ( महासचिब ) ९) एष्टिना राई ( सचिब ) १०) पासांग ल्हामु शेर्पा ( सचिब ) ११) रिना कुमारी रौनियर ( सहसचिब ) १२) अनिमा शेर्पा ( कोष अध्यक्ष ) १३) प्रकाश श्रेष्ठ ( सह कोष अध्यक्ष ) १४) अस्मिता लामा ( सहसयक कोष अध्यक्ष ) १५) बिष्नु कुमारी थिन ( प्रबक्ता ) १६) नानी माया तामांग ( सदस्य ) १७) कौशल्या तामांग ( सदस्य ) १८) अम्बिका श्रेष्ठ ( सदस्य ) १९) निशा लामा ( सदस्य ) २०) तारा देवी मगर ( सदस्य) २१) रेखा राई ( सदस्य ) २२) गोमा राई ( सदस्य ) २३) जमुना लामा ( सदस्य ) २४) अलि राज ( मुस्लिम बिभाग संयोजक ) २५) निमि शेर्पा ( सदस्य ) २६) सर्मिला राई ( सदस्य ) २७) बिमल तामांग ( सदस्य ) २८) एलिशा मगर ( सदस्य ) २९) निरमाया तामांग ( सदस्य ) ३०) कमला लामा ( सफस्य ) ३१) सरिता सुब्बा लिम्बु ( सदस्य ) ३२) फैसल बिन हमिदुल ( सदस्य ) ३३) शेर बहादुर राई ( सदस्य ) ३४) बबित बिष्ट ( सदस्य ) ३५) सुमित्र दोङ्ग ( सदस्य ) ३६) मोना बेवी राई ( सदस्य ) ३७) रामु गिरि ( सदस्य ) ३८) पुतली माया श्रेष्ठ ( सदस्य ) ३९) राजिब बुन्दास ( सफस्य ) ४०) आशा राई ( सदस्य) ४१) अनु तामांग (सदस्य) ४२ ) मैना लामा ( सदस्य ) ४३) शरद बोहोरा ( सदस्य) ४५) सबिना तामांग ( सदस्य ) र संगम क्षेत्री ( सदस्य ) रहेका छन ।

हत्या आरोपमा तीन वर्षदेखि साउदी जेलमा

काठमाडाैं ,साउन १९ ।  हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको अदालतले निर्दोष घोषणा गरे पनि थप प्रक्रियामा ढिलासुस्ती हुँदा रिहा हुन सकेका छैनन् । सोमप्रसादको हत्या आरोपमा तीन वर्षअघि प्युठानका सतिउल्लाह मियाँसँगै टीकाराम पनि पक्राउ परेका थिए । मियाँले हत्या आफूले मात्र गरेको स्वीकार गरेपछि गत १७ वैशाखमा साउदीको तल्लो अदालतले टीकारामलाई निर्दोष घोषणा गरेको थियो । तर, तल्लो अदालतको फैसला अपिल कोर्टले सदर गरिनसकेकाले उनी अझै रिहा हुन सकेका छैनन् । साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवतीरमण पौडेलका अनुसार तल्लो अदालतले गरेको फैसला अपिल कोर्टले सदर गरेपछि मात्रै कार्यान्वयनमा आउँछ । ‘प्युठानका सतिउल्लाहले ब्लडमनी आफूले मात्र तिर्न नपरोस् भनेर टीकारामले पनि हत्या गरेको हो भनेका रहेछन् । उनले पछिल्लो बयानमा टीकाराम निर्दोष रहेको भनेर स्विकारेका छन् । तल्लो अदालतले टीकारामको पक्षमा फैसला दिएको छ, अपिल कोर्टले तल्लो अदालतको निर्णय सदर गरेपछि कार्यान्वयनमा आउँछ,’ उनले भने,नयाँ पत्रिकामा खबर छ । साउदीमा अहिले हजको समय रहेको र अपिल कोर्टका एक न्यायाधीश बिदामा रहेकाले टीकाराम निर्दोष भएको निर्णय सदर भइनसकेको महावाणिज्यदूत पौडेलले बताए । ‘अहिले यहाँ हजको समय छ । मुस्लिम समुदायको तीर्थयात्राको समय हो । अगस्ट पहिलो हप्तातिर हामी अपिल कोर्टका न्यायाधीशसमक्ष कुरा गर्न जान्छौँ । उहाँ छुट्नलाई अब धेरै समय नलाग्ने देखिन्छ । तर, अपिल कोर्टले तल्लो अदालतको निर्णय मान्नुपर्छ,’ उनले भने । सोही घटनाको शव ३ वर्षदेखि अलपत्र मृतक सोमप्रसादका दाइ नवदीप सिलवालका अनुसार हत्या भएको तीन वर्ष पूरा भयो । उनको कंकाल पनि नेपाल ल्याउन सकिएको छैन । जसले गर्दा धार्मिक परम्पराअनुसार परिवारले दाहसंस्कार पनि गर्न पाएको छैन । ‘घरमा बुढा बाआमा छन् । भाइ नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए,’ नवदीपले भने । सोमप्रसादको जलेको शरीरको कंकाल संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । पटक–पटक पहल गर्दा पनि कंकालसमेत नेपाल ल्याउन नसकेको नवदीपले बताए । यसरी भएको थियो घटना चितवनको खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि रोजगारीका लागि साउदी अरब गए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । एक दिन साँझ सोमप्रसाद, टीकाराम सापकोटा र प्युठानका सतिउल्लाह मियाँले सँगै बसेर मदिरा सेवन गरे । व्यक्तिगत रिसइबीका कारण त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए । तीनैजना ड्राइभिङ भिसामै साउदी पुगेकाले सतिउल्लाहले आफ्नै गाडीमा राखेर सोमप्रसादको शव मरुभूमि लगेका थिए । सो घटनामा सहयोग रहेको आशंकामा प्रहरीले टीकारामलाई पनि पक्राउ गरेर जेलमा राख्यो । सतिउल्लाहको पछिल्लो बयानका आधारमा तल्लो अदालतले टीकाराम निर्दोष रहेको फैसला दिएको छ । उनी निर्दोष साबित भए पनि तीन वर्ष जेल राखिएकोमा क्षतिपूर्ति पाउने–नपाउने भन्ने अझै स्पष्ट भएको छैन ।

क्यान्सर पीडित तामाङलार्इ कतारबाट आर्थिक सहयोग

कतार, साउन १७। ‘सेवा नै धर्म हो, जहाँ मन हुन्छ त्यहाँ आत्मियता उत्पन्न हुन्छ र त्यसैबाट कसैले जिवन दान पाउछ’ त्यस्तै एक नमुना काम गरेको छ काभ्रेपलान्चोक सेवा समाज कतारले । काभ्रेको तिमाल गाउँपालिका वार्ड–१ निवासी ३८ वर्षीय बुद्दिलाल तामाङ केही समयदेखी ब्लड क्यान्सरका कारण उपचारार्थ तिनकुनेस्थित एक अस्पतालमा भर्ना भइ उपचाररत छन । बिरामीको पारिवारिक अवस्था नाजुक भएको र उनलाई उपचारमा अति समस्या भएको भन्ने मिडियामा आएपछि काभ्रे पलान्चोक सेवा समाज कतारको पहलमा आर्थिक सहयोग अभियान सन्चालन गरिएको थियो । उक्त अभियानबाट संकलित रकम संस्थाका सल्लाहकार श्री भरत बडाल र सस्थाका सस्थापक सदस्य सुर्य भण्डारीले अस्पतालमा गएर बुद्दिलाल तामाङ बचाऊ अभियान का संयोजक इन्द्रबहादुर तामाङ र सह–संयोजक ज्ञानबहादुर तमाङ्ग को रोहवर मा पीडित बुद्दिलाल तामाङलार्इ  ६२,४६५ रुपैयाँ हस्तान्तरण गरेको आर्थिक संकल अभियानका अभियन्ता तथा समाजका बरिस्ट उपाअधक्ष्य नारायण बिष्टले जानकारी दिए । बिष्टले पीडितलाइ आर्थिक रुपमा सहयोग गरि उनको उपचारमा टेवा पुर्‍याउनु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति कृतज्ञतत प्रकट गर्दै काभ्रे पलान्चोक सेवा समाज कतारको तर्फ बाट हार्दिक आभार ब्यक्त गरे ।

अरबमा पहिलोपटक नेपाली संस्थाले पायो बैधानिकता

युएइ, साउन ३ । लामो समयको प्रायसपछि अरब मुलुक युएइमा ‘हामी नेपाली एसोसियसन’ नामक सामाजिक संस्थाले कानुनी बैधानिकता पाएको छ । लामो समय देखि विभिन्न सस्थाले कानुनी रूपमा आफ्ना संस्थाहरुलार्इ दर्ता गराउने कोसिस गरे पनि यसअघि कुनै संस्थाले कानुनी वैधानिकता पाएका थिएनन । अन्तत बाहिर त्यति चर्चामा नआएको हामी नेपाली एसोसियसनले सामाजिक काम गर्न पाउने गरि युएइको कानुन बमोजिम अनुमतिपत्र (लाइसेन्स) पाएको हो । युएइका विभिन्न सहरमा कार्यरत नेपालीहरुले दशकौंदेखि नियमित जसो कार्यक्रम गर्दै आएका भएपनि यहाँको कानुनले ती सबैलाई अवैधानिक रूपमा लिदै आएको छ । नेपालीहरुले युएइमा झन्डै एकसय भन्दा बढी सामाजिक संस्थाहरु आफुखुसी सञ्लन गर्दै आएका भएपनि यहाँको कानुन बमोजिम दर्ता हुने सँस्थामा हामी नेपाली एसोसिएसन नै पहिलो हो । विभिन्न देशमा रहेका संस्था गैरआवसिय नेपाली संघ युएइ तथा युएइको सबैभन्दा पुरानो संस्था नेपाली समाज युएइ समेत दर्ता हुने प्रक्रियामा लागेको लामो समय बितिसक्दा पनि अहिलेसम्म दर्ता भएका छैनन । युएइ सरकारले यसअघिनै वैधानिकता नलियका कुनैपनि संस्थाले कार्यक्रम तथा क्रियाकलाप गर्न नपाउने भनी बताइ सकेको छ । लामो समयसम्म पनि कानुनी रुपमा कुनैपनि संस्था दर्ता हुन नसकिरहेको अबस्थामा DDA Group का प्रबन्धक डा. दिनेश आचार्यको सकृयतामा हामी नेपाली एसोसियसन दर्ता हुन सकेको हो । पहिलो पटक नेपालीहरुको सोसियल क्लब दर्ता गराउन पहल गरेकोमा युएइ बासी नेपालीहरुले डा.आचार्यलार्इ मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् । साथै युएइमा रहेका अन्य (दर्ता नभएका) संस्थाका प्रमुखहरुसंग १९ जुलाई  बेलुकी ६.३० मा सुझाव संकलन कार्यक्रम आयोजना पनि गरेको छ ।