एमआरपी पासपोर्टका लागि अनलाईन सुविधा लिन दूतावासको अनुरोध

कतार, माघ १७ । एमआरपी पासपोर्टका लागि अनलाईन आवेदनमार्फत सेवा लिन कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै प्रत्यक्ष दर्ता प्रणालीमार्फत आवेदन लिन शुरु गरेकोले एमआरपी पासपोर्ट लिन चाहने नेपालीहरुलाई निवेदन दिन अनुरोध गरेको हो ।

के के चाहिन्छ त एमआरपीका लागि

१. इन्टरनेट चलाउन जान्नेहरुले https://online.nepalpassport.gov.np/PreEnrollment/home.html मा अनलाईन गई आवेदन फारम  दर्ता गर्ने । उक्त फारमको रिफरेन्स नम्बर लिएर दूतावासमा सम्पर्क गर्ने ।

२. पुरानो राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र र कतारी आइडीको सक्कल लिएर दूतावासमा गएर नयाँ राहदानीका लागि आवेदन गर्न सकिने ।

Live-Enrollment बाट फोटो तथा औंठा छाप लिन नमिल्ने बच्चाहरुकोहकमा भने पूर्ववत् रुपमा नै दुईप्रति राहदानी आवेदन फारम, सेतो पृष्ठभूमि भएको दुईप्रति MRP साईजको फोटो एवं आवश्यक कागजात सक्कल तथा फोटोकपीहरु लिई दूतावासमा सम्पर्क गर्ने

भारतमा गणतन्त्र दिवसमा भयो यस्तो बम विष्फाेट

माघ १३ । भारतमा गणतन्त्र दिवस मनाइरहेका बेला आज छ वटा छुट्टाछुट्टै बम विष्फोट भएको छ । विष्फोटमा परी के कति घाइते भए बन्नेबारे हालसम्म खुलाइएको छैन । गणतन्त्र दिवसका दिन भारतको असम र नागालैडको सीमानामा उक्त बम विष्फोट भएको हो । ‘करिव ६ वटा बम विष्फोट भएको हुनसक्ने अनुमान छ, अझैसम्म के कति घाइते भएका छन् भन्नेबारे सूचना आएको छैन,– असमका डीजीपी मुकेश सहायले मिडियासमक्ष बताएका छन् । असमको उपल्लो भागमा भएको ती आधा दर्जन बम विष्फोटका कारण असम पुरै बलेको देखिन्छ । असमको चरायदेवोमा दुई स्थानमा र पानीजानमा एक पेट्रोल पम्पमा उक्त बम विष्फोट भएको हो । उक्त बम विष्फोट उल्फा उग्रवादीले गराएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि उल्फा उग्रवादीले गणतन्त्र दिवसका दिन राज्यमा धमाका मच्चाउने चेतावनी दिएको थियो । असम–नगालैंडको सीमामा रात भरी गोलीबारी भएको आवाज सुनिएको बताइएको छ । डिब्रूगढ़को जालाननगर टी गार्डेन एक बम विष्फोट भएको हो । त्यसबाहेक अन्य दुई बम विष्फोट नाजिरा इलाकको बिहुबोरमा भएको हो । बम विष्फाेटपछि देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

मोरङ–सुनसरी कतारको अध्यक्षमा कार्की निर्वाचित

दिलिप पराजुली, दोहा । मोरङ–सुनसरी सेवा समाजकतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचि भएका छन् । गत २० जनवरी २०१७ का दिन कतारको दोहामा सम्पन्न संस्थाको बाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वा्चित गरेको छ । कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्षको थिए । अन्य पदाधिकारीमा उपाध्यक्षमा क्रमश चिरञ्जिवीतिम्सीना, तेज कटुवाल, सचिव दिलिप पराजुली, सहसचिव लिला प्रसाद घिमिरे, भरत श्रेष्ठ, कोषाध्यक्ष भिम वहादुर विक, सह–कोषाध्यक्ष परशुराम बास्तोला र गोपाल कटुवाल रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा रमेश निरौला, समिन वराल, मंगलसिंह तामाङ्ग, अमृत चौधरी, गोविन्द कटुवाल, सिताराम कटुवाल, राजनारायण चौधरी, भोला वस्नेत, संजिवआचार्य, मुस्ताक मंसुरी, वलभद्र अधिकारी र सुवास चौधरी रहेका छन् । सन् २००१ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरिरहेको मोरङ सुनसरी सेवा समाज कतारले संस्थाका अध्यक्ष टिएन वरालको अध्यक्षतामा १२ औं साधारण सभा तथा वृहत बनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा गैरआवासिय नेपाली संघका मध्यपुर्व क्षेत्रिय उपसंयोजक उमेश अधिकारी प्रमुख अतिथि रहेका थिए भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषद सदस्यश्री बिनोद प्रसाद भट्टराई, आरके शर्मा, एनसिसि कतारका अध्यक्ष विनेश तामाङ्ग, संस्थाकापुर्ब अध्यक्षहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु तथा दोहामा रहेका सामाजिक, वैचारिक र पेशागत सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मोसु कतारको स्थापना देखि विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहयोग गरिरहेका तथा सन २००४ माकार्यवाहक अध्यक्षको भुमिका निर्वाह गरेका कमलमणि गुरागाईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसका साथै मोसु कतारलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्रतथा सम्मानपत्रले सम्मान गरेको थियो ।

क्यान्सर पीडीत अनितालाई सहयोग गर्यो बागलुङ सेवा समाज दोहा कतारले

  तेजेन्द्र गैरे,दोहा । बागलुङ सेवा समाज दोहा कतारले स्तन क्यानरबाट पीडित अनिता गैरेलाई बाग्लुङ सेवा समाज दोहा कतारले सहयोग गरेको छ । बागलुङ नगरपालीका ७ कालीमाटी निवासी अनितालाई समाजले सन्ताउन्न हजार दुई सय अठचालिस रुपैयाँ सहयोग गरेको हो । समाजका पदाधिकारी तथा दोहाकतारमा रहेका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको थियो । संकलन गरिएको रकम अन्तराष्ट्रिय बागलुङ सेवा समाज नेपालका सचिव तथा सहयोग संकलन अभियानका संयोजक तेजेन्द्र गैरेलाई दोहाको मुन्तजा पार्कमा सामान्य भेटघाट कार्यक्रमको बीच समाजका दोहाकतार शाखाका अध्यक्ष चन्द्रकान्त शर्मा, उपाध्यक्ष दोय सागर पौडेल, नगेन्द्र ब पौडेल र सल्लाहकार संयोजक बालसीह परियार लगायत समाजका सदस्यहरूको उपस्थितिमा हस्तानतरण गरिएको छ । अनिता विगत तीनवर्षदेखि चितवनको क्यानसर अस्पतालमा उपचाररत छिन् ३ वर्ष देखी उपचारमा ठुलो धनराशी खर्च भईसकेको र उपचारको लागी आर्थीक समस्या परेकोले उनका श्रीमान् अमृत गैरेले सहयोग जुटाई दीनको लागी सबै माझ अनुरोध गरेका थिए । सहयोग संकलन अभीयानका संयोजक तेजेन्द्र गैरेले अहीले सम्म यो रकम सहीत ५ लाखको नजीक संकलन गर्न सफल रहेको र संकलीत रकम बाट १ लाख रूपयाँ पीडीत परीवारलाई हस्तान्तरण गरी सकेको जानकारी गराउदै यो अभियानलाई सफल पार्न सहयोग गर्नुहुने बागलुङ समाज परीवार लगायत सहयोग दाताहरुलाई धन्यवाद दिएका थिए। गैरेको परीवारमा २ छोरी ,१ छोरा र श्रीमान रहेका छन् । उनका श्रीमान् अमृत गैरे पनी पेटको रोगबाट ग्रसीत रहेको र वीगत १ वर्ष देखी दैनीक रूपमा औषधी सेवन गर्दै आएका छन् ।

मलेसियाले गैरकानुनी कामदारलाई ‘वर्कपास’ दिने, रोजगारीका थप चार क्षेत्र खुला

मलेसिया, माघ ४ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्वीकृति(वर्कपास) दिने भएको छ । मंगलबार विदेशी विदेशी एवं गैरकानुनी कामदारबारे संसदीय समितिको बैठकपछि मलेसियाली उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले उक्त कुरा बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो निर्णय लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले बैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् । यद्यपि यो निर्णय मलेसियाली महान्यायाधिवक्ताको कार्यालयबाट कानुनी प्रक्रियाबारे टुंगो लागिसकेपछि मात्र लागू हुने जनाइएको छ । गैरकानुनी कामदारले बैध हुन पूरा गर्नुपर्ने पूरा प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि हाल केही पनि खुलाइएको छैन । मलेसियाले गत वर्ष जनवरीमा संशोधित बजेट भाषणसँगै गैरकानुनी आप्रवासी कामदारलाई बैधता दिने घोषणा गरेको थियो । त्यसपछि गत वर्ष फेब्रुअरी १५ देखि ‘पुनः भर्ना एवं स्थानान्तरण कार्यक्रम’मार्फत दर्ता भई योग्य हुने कामदारलाई निर्माण, उत्पादन लगायत क्षेत्रमा रोजगारीमा लगाइएको थियो । त्यतिबेला रोजगारीका विभिन्न थप १७ सहायक क्षेत्रहरु खुला गरिएको थियो । त्यसरी गैरकानुनी कामदारलाई बैधता हुन दिइएको समयावधि सकीएको झण्डै तीन सातापछि मलेसियाको यस्तो निर्णय आएको हो । औद्योगिक क्षेत्रहरुमा भएको माग पूर्ति गर्न र गैरकानुनी कामदारको संख्या घटाउन यस्तो अवसर दिन लागेको हो । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रोजगारदाताले यसअघि विदेशी कामदारलाई रोजगारी दिन अवलम्बन गरेको सामान्य प्रक्रियाअनुसार नै यसपाली पनि गैरकानुनी कामदार राख्न पाउनेछन् । रोजगारदाताले कामदारको लेभी रकम र आवश्यक प्रक्रिया पूरा गरी कामदारको लागि अस्थायी श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । विदेशी कामदारका लागि रोजगारीका विभिन्न चार क्षेत्रहरु पनि खुला गरिएको जनाइएको छ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका कामदारका लागि अस्थायी श्रम स्वीकृति लिई सेवा, निर्माण लगायत अन्य क्षेत्रका साथै पोल्ट्री फार्म, खानी तथा उत्खनन्, कार्गो ह्याण्डिलिङ र ट्राभल एण्ड टुरिजम् लगायत चार क्षेत्र समेत खुला गरिएको उल्लेख गरेको छ । समाचारहरुअनुसार यीमध्ये उत्खनन् र टुरिज्म क्षेत्र आगामी सन् २०२० सम्मका लागि खुला हुनेछ । नेपाली कामदारहरु बढीजसो सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् । त्यसका अलावा यहाँका थीम पार्क, गल्फ क्लब, होलसेल एण्ड रिटेल सप, टेक्सटाइल, ज्वेलरी, कार वास, वेयलफेयर एसिस्टेन्ट, मार्केट्स, पेट्रोल स्टेशन, हाइपर मार्केट, खानी, फर्नीचर, वायर हाउस, पोर्ट कार्गो लगायत विभिन्न क्षेत्रमा पनि विदेशी कामदार कार्यरत छन् ।

यस्तो थियाे दुई देशका ऊर्जामन्त्रीबीच कुराकानी

अबुधावी, माघ ३ । नेपालका तर्फबाट ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच आज भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको सो भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको त्यहाँ स्थित नेपाली राजदुतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिएका छन् । वल्र्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुगेका उर्जामन्त्री शर्माले कम्तीमा आगामी एक सय वर्षसम्मको लागि नेपालमा हाइड्रो पावर विकासको राम्रो संभावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गरेका थिए । त्यहाँका ऊर्जामन्त्री मजौरीले नेपालमा हाइड्रो पावरमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको भन्दै त्यसको लागि दुबै पक्षबीच औपचारिक प्रक्रिया शुरु गर्न सकिने बताइए । झण्डै करिब ४५ मिनेट भएको भेटवार्ताको क्रममा युएईका ऊर्जामन्त्री मजौरीले हाइड्रो पावरका अतिरिक्त नेपालमा कृषि र पर्यटनमा लगानी गर्न आफुहरु इच्छुक रहेको जानकारी दिए । उनले दीगो ऊर्जा विकासका लागि हाइड्रो पावर र सोलार पावरलाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिए । अबुधावीमा जारी वल्र्ड फ्युचर इनर्जी समिटमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले भाग लिएका छन् । समिटमा पेट्रोलियम र हाईड्रो ऊर्जालाई क्रमश सौर्य उर्जा र वायोग्याँसले विस्थापित गर्दै लैजाने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै समिटमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य उर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्याउने र अन्य उर्जालाई १० मा सीमित पार्ने लक्ष कार्यन्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेको छ । एक सातासम्म चल्ने इनर्जी समिटमा एक सय ५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरुले भाग लिएका छन् ।

अष्ट्रेलियामा तीन सातासम्म धुर्मुस सुन्तली साँझ हुने

अष्ट्रेलिया, माघ १ । अष्ट्रेलियामा चर्चित कलाकारद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सम्मिलित ‘धुर्मुस–सुन्तली साँझ’हुने भएको छ । अष्ट्रेलियाको सिड्नी, मेलबर्न र ब्रिसबनमा ३ सातासम्म हुन लागेको कार्यक्रममा कलाकारद्वयलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार सिड्नीमा यही शनिबार कार्यक्रम आयोजना हुँदैछ भने मेलबर्नमा २९ तारिख र ब्रिसबनमा फेब्रुअरी ४ तारिखमा आयोजना हुँदैछ । सिड्नीमा रहेको गजबको इभेन्टसले आयोजना गर्न लागेको धुर्मुस सुन्तली साँझमा उनीहरुका साथै गायक भरत सिटौला र दीपक आचार्य ‘बाङ्गे बा’को समेत प्रस्तुति रहनेछ । कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा स्थानीय गायकगायिकाहरु समीर आचार्य, ईश्वर पोखरेल, सञ्जीव पराजुली, मोक्षदा सिलवाल, सुजन पोखरेलले गायन प्रस्तुत गर्नेछन भने सिड्नीमा नेपाली नृत्यको प्रबर्द्धन गरिरहेको नृत्य समूह द नेक्स्टले समेत आफ्नो प्रस्तुति देखाउनेछन् ।

पत्रकार महासंघ युएईको अध्यक्षमा बस्याल

युएई । नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा भुपराज बस्याल चयन भएका छन् । शुक्रबार युएईको बरदुबईमा भएको पाँचौ अधिवेशनले बस्याललाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव ध्रुव लम्सालको प्रमुख आतिथ्यमा भएको अधिवेशनले बर्ष २०१७/१९ का लागि नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकबाट विगत पन्ध्र वर्षदेखि पत्रकारिता गर्दै आएका बस्याल यस अघि केन्द्रिय प्रतिनिधि थिए । स्थापना भए देखिनै सदस्यता लिएका बस्यालले कार्यसमिति सदस्य, उपाध्यक्षको रुपमा आफ्नो कार्यकाल पूरा गरि सकेका थिए । अध्यक्षमा निर्बाचित भएपछि बस्यालले युएईमा रहेका नेपाली दुतावास, एन आर एन ए, नेपाली समाज लगायत सबै संघ संस्थाको सहकार्यमा नेपाली संचारकर्मीको क्षमता अभिबृद्धिसँगै नेपाली कामदार, नेपाली ब्यवसायीको हितमा समेत सक्रिय रहने प्रतिवद्धता जनाए । बस्याल कारोबार दैनिकका लागि युएई प्रतिनिधि हुन् । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सह सचिवमा निर्भिक नारायण भुर्तेल, कोषाध्यक्षमा दिनेश आचार्य रहेका छन् । यस्तै सदस्यमा मोहन बस्याल, दामोदर दाहाल, निमाकान्त पाण्डे र खिमलाल पाण्डे रहेका छन् । अधिवेशनले बिनोद श्रेष्ठ र हरि नेपालीलाई केन्द्रिय सभाषद चयन गरेको छ । अधिवेशनले अघिल्लो कार्यसमितिले पेश गरेका आर्थिक तथा प्रगति प्रतिवेन सुधार सहित पारित गरेको छ । बैठकमा निवर्तमान कमिटिका सचिव लक्ष्मण खनालले सांगठनिक प्रगति प्रतिवेन र कोषाध्यक्ष मेघराज सापकोटाले तीस हजार दिराम बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए । नेपाल पत्रकार महासंघ युएईमा आवद्ध पत्रकार २२ जना छन् । युएई पत्रकार महासंघमा आवद्ध नभएका पनि उत्तिकै संख्यामा पत्रकार रहेका छन् । नेपाल पत्रकार महासंघ युएई शाखा सन २००७ मा स्थापना भएको हो । यो शाखा प्रवासमा खोलिएको नेपाल पत्रकार महासंघको पहिलो शाखा हो ।

भारतको सिमलामा चार नेपालीको मृत्यु

काठमाडौं, पुस २१ । भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारजना नेपाली मजदुरको ज्यान गएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने ठाउँमा बुधबार बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर उनीहरुको घटनास्थलमै ज्यान गएको सँगै काम गर्ने कञ्चनपुर झलारीपिपलाडी नगरपापालिकाका–११ का नरेन्द्रबहादुर विष्टको भनाई उधृत गर्दै उज्यालो अनलाइनले बताएको छ । ज्यान गुमाउनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । ६ जना नेपाली त्यस ठाउँमा कार्यरत रहेपनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको विष्टले बताए ।

कुवेतमा नेपालीले गरे नेपालीकै हत्या

कुवेत, पुस १८ । कुवेतको सुभानमा एक नेपालीलाई अर्का नेपालीले हत्या गरेका छन् । आइतबार अल यासरा फुड कम्पनीमा कार्यरत मोरङका २६ वर्षीय जिवन भट्टरार्इलार्इ सोही कम्पनीमा कार्यरत रसुवा घर भएका राजेश ग्यावाले चक्कु प्रहार गरी हत्या गरेका हुन् । एउटै कम्पनीमा कार्यरत उनीहरु करिब ८ महिनापहिला रोज़गारीको लागि कुवेत गएका थिए । मृतक जिवन मिल्स स्टोरमा कार्यरत थिए भने राजेश ड्राइभर थिए । राजेशले क़रिब एक महिना पहिलादेखि आफूलार्इ मानसिक समस्या रहेको बताउदै गत डिसेम्बर २२ तारिकदेखि कम्पनीमा राजिनामा दिएर कोठामै बसेको बताइन्छ । घटनापछि घटनास्थल पुगेको कुवेत प्रहरीले राजेश ग्यावासहित सोही कोठामा बस्ने लालबहादुर बोहोरा र राम बाबु दमाइलार्इ नियन्त्रणमा लिएको लिई अनुसन्धान थालेको छ ।

खुशीको खबरः मलेशियामा कामदारले लेबि तिर्नु नपर्ने

काठमाडौं, १७ पुस । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ– मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने जनाएका छन् । मलेसिया सरकारले दुई वर्षअघि मात्र लेबी शुल्क दोब्बर बनाएको थियो । कामदारले वार्षिक दुई हजार ६ सय रिंगेट लेबी तिर्नुपर्ने अवस्था थियो । कामदारसँग लेबी उठाएकोमा मलेसियाको आलोचना हुँदै आएको थियो । श्रम सम्झौता गर्न मलेसियाका प्रतिनिधि आउँदै नेपाल र मलेसिया सरकारबीच श्रम–सम्झौताको विषयमा लामो समयदेखि छलफल चलिरहेको छ । मलेसिया सरकारका प्रतिनिधि एक महिनापछि श्रम–सम्झौताको मस्यौदामा छलफल गर्न नेपाल आउने तयारीमा छन् । सरकारले कामदारको हितका यस्ता निर्णय नेपालसँगको श्रम–सम्झौतामा नै उल्लेख गर्नुपर्ने सुझाब दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले भने, ‘पटक–पटक कुरा उठ्दा पनि लेबी हटेको थिएन, अहिले कामदार आकर्षण गर्न नै मलेसियाले लेबी हटाएको छ । यस्ता विषय नेपालसँगको श्रम–सम्झौतामा नै उल्लेख गर्नुपर्छ’, उनले भने, ‘हामी कामदार पठाउने देश हो, त्यसैले कामदारको सुविधा र अधिकारका सबै कुरा श्रम–सम्झौतामा सुनिश्चित हुनुपर्छ ।’ नेपाली कामदारलाई प्रत्यक्ष फाइदा मलेसियाको नयाँ निर्णयले नेपाली कामदारलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भएको छ । नयाँ निर्णयसँगै प्रत्येक कामदारको वार्षिक दुई हजार ६ सय रिंगेट ९६३ हजार रुपैयाँभन्दा बढी० जोगिनेछ । मलेसिया नेपाली कामदारको प्रमुख श्रम गन्तव्य हो । मलेसियामा ६ लाखभन्दा बढी नेपाली कामदार छन् । महँगो लेबी, बायोमेट्रिक, माइग्राम्स, भिएलएन, होस्टेल खर्च, परिचय बनाउने खर्चलगायतका शुल्कले गर्दा पछिल्लोपटक मलेसियाप्रति नेपाली कामदारको आकर्षण घट्दै गएको थियो । नेपालबाट जाँदा म्यानपावरलाई चर्को शुल्क बुझाउनुपर्ने र उता पुगेपछि पनि विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने भएपछि मलेसिया जाने घटेका थिए । वैदेशिक रोजगार व्यवसायीले पनि मलेसियाले लेबी शुल्क हटाएपछि नेपाली कामदारको आम्दानी बढ्ने बताएका छन् । ‘हामीले यो विषयमा धेरै पहिलादेखि नेपाल सरकारलाई कूटनीतिक पहल गर्न भनेका थियौँ,’ मदिना इन्टरनेसनलकी सञ्चालिका सुवर्ण श्रेष्ठले भनिन्, ‘खर्च बढी हुने र आम्दानी कम हुने भएपछि मलेसिया जाने कामदार घटेका थिए, मलेसियाले पुनः कामदारलाई आकर्षण गर्ने नयाँ नियम ल्याएको छ ।’

नेपाली कामदारले मलेसियामा ‘लेबी’ तिर्न नपर्ने

मलेसिया, पुस १६ । मलेसियामा कार्यरत विदेशी कामदारले त्यहाँको सरकारलाई बुझाउँदै आएको लेवि तिर्न नपर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि लागू हुनेगरी यसअघि तिर्दै आएको लेबी रकम तिर्नु नपर्ने निर्णय गरेको हो । मलेसियाले कामदारको लेभी रोजगारदाता कम्पनीलाई तिर्न निर्देशन समेत दिएको छ । यो नयाँ नीति पारित भई पूर्णरुपमा लागू भएमा कानुनी रुपमा रहेका ५ लाखभन्दा बढी नेपाली कामदारहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । शनिबार गृहमन्त्री अहमद जहिद हमिदीले विदेशी कामदारको लेबी शुल्क अबदेखि रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने भन्दै कामदारको तलबबाट उक्त शुल्क कटौती नगर्न रोजगारदातालाई निर्देशन दिएका छन् । मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले ‘रोजगारदाता–अनिवार्य प्रतिबद्धता’ अन्तर्गत उक्त निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री समेत रहेका हमिदीले विदेशी कामदार आफ्ना मुलुक नफर्केसम्म रोजगारदाता नै उनीहरुका लागि पूर्णरुपमा जिम्मेवार हुनुपर्ने बताएका छन् । मलेसियाली राष्ट्रिय समाचार संस्था ‘बर्नामा’ का अनुसार परिवर्तित नयाँ नीतिले आफ्ना कामदारको हेरचाहप्रति रोजगारदाता पूर्णरुपमा जिम्मेवार हुने र कामदार भाग्ने, गैरकानुनी भई बेग्लै कम्पनीमा काम गर्ने जस्ता समस्या समेत हट्ने बताए । गृहमन्त्री हमिदीले विदेशी कामदार बस्ने आवासगृहको सुविधा समेत ‘न्यूनतम पारिश्रमिक’ सम्बन्धी मापदण्डअनुरुप रोजगारदाताले नै ब्यहोर्नुपर्नेमा जोड दिँदै सरकारले छिट्टै विदेशी कामदारको रेखदेख तथा अवस्थाको मूल्यांकन गर्न ‘जिम्मेवारी र अवलोकन’ सम्बन्धी नयाँ मापदण्ड ल्याउने बताएका छन् । मलेसियाले कामदारको ‘सेक्युरिटी डिपोजिट’मा पनि पुनरावलोकन गर्ने जनाइएको छ । ‘अहिले लागू गरिएको दर निकै कम र विदेशी कामदारको करार सकिएपछि रोजगारदाताले उनीहरुलाई फिर्ता पठाउन पनि त्यति प्रभावकारी छैन ।’ गहृमन्त्री हमिदीको भनाइ उद्धृत गर्दै समाचार संस्था बर्नामाले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।

बाढी पीडितलाई झापाली समाज अष्ट्रेलियाको सहयोग

पुस १४ । झापाली समाज अष्ट्रेलियाले झापामा रहेका बाढीपडितहरुलाई नगद सहयोग गरेको छ । गत वर्ष वर्षातको समयमा आएको वाढीका कारण ज्यान गुमाएकाहरुको आफन्तलाई सो समाजले राहतस्वरुप साढे तीन लाख रुपैयाँ सहयोग गरेको हो । एक कार्यक्रमबीच समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलले उक्त रकम बराबरको चेक नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीलाई हस्तान्तरण गरेका हुन् । मृतकका परिवारलाई सो रकम दामासाही तरिकाले वितरण गर्नका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको झापाली समाज अष्ट्रेलियाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । झापाली समाज अष्ट्रेलियाको अगुवाईमा संकलित राहत रकमका लागि अष्ट्रेलियामा बस्ने ४२ जनाले सहयोग प्रदान गरेका थिए ।

कानपुर रेल दुर्घटनामा २ को मृत्यु ४४ घाइते, उद्धार कार्य जारी

पुस १३ । भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ४४ जना घाइते भएका छन् । कानपुरबाट ५० किलोमिटरको दुरीमा रहेको रुरा स्टेशन नजिकै बुधबार अजमेर–सियालदह एक्सप्रेस रेलको १५ वटा डिब्बा लिकबाट उछुट्टिएर सो दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । हाल त्यहाँ उद्धार कार्य भइरहेको पनि खबर छ । समाचार एजेंसी पीटीआईले घटनामा दुई जनाको मृत्यु भएको जनाएको छ तर त्यहाँको रेल मन्त्रालयले भने हालसम्म घटनामा घाइतेमात्रै भएको मृत्यु कसैको नभएको ट्वीट गरेको छ । यसअघि पनि गत नोभेम्बरमा कानुपरमै रेल दुर्घटना हुँदा १ सय ४२ जनाको मृत्यु भएको थियो ।

दुई नेपाली कतारको सडकमा अलपत्र

कतार, पुस ८ । कतारको सैलियामा दुई नेपाली श्रमिक अलपत्र अबस्थामा भेटिएका छन् । बारा भलायोखोरका कृष्ण प्रसाद न्यौपाने र धनुषा भट्टियानका राजकुमार सादा अलपत्र अबस्थामा भेटिएका हुन् । उनिहरु १६ महिना पहिले अलग–अलग मेनपावर एजेन्सी मार्फत कतार आएको पीडित कृष्ण न्यौपानेले बताए । रोडमा भौतारिएर हिड्ने क्रममा उनीहरुको भेट सैलियामा भए पछि सँगै बस्दै आएका छन् । खाली गोदामको एउटा कुनामा बाहिर रोडमा फालिएको ओढ्ने ओछ्याउने भेला पारेर बस्दै आएका उनिहरु सँग खाने बस्ने कुनै व्यबस्था नभएको उनीहरुले बताए । ‘अलपत्र अवस्थामा बाटोमा कसैले भेटे र देखे कहिलेकाही खाने कुरा दिन्छन् कसैले पैसा दिन्छन त्यही पैसाले खाने कुरा किनेर खान्छौ’– सिरानीमा चाउचाउको पोको देखाउदै उनिहरुले भने– चार महिना देखि हामी यहि अबस्थामा छौ ।’ सूचना र सञ्चारको माध्यम नहुँदा घर –परिवार सँग पनि सम्पर्क बाहिर रहेको उनिहरुले गुनासो गरे । पीडित न्यौपानेले पहिला नेपालीले सञ्चालन गरेको बम्पनीमा काम गरेको बताए । ‘मलाई नेपाल पुगेर त्यहीँबाट यहाँ ल्याइएको हो, महिनाको एक हजार रियल दिएका थिए तर यहाँको कानुनअनुसार पाउनुपर्ने कतारी आइडी नबनाइदिए पछि मैले गरेको कामको वाँकी पैसा दिएनन्, अनि त्यो कम्पनि छाडेर अर्काे कम्पनीमा काम गर्न गएँ ।’ गहँभरी आँसु पार्दै उनले भने । नेपालीले सञ्चालन गरेको उक्त कम्पनी छोड्न उनीसँगै काम गर्ने अर्का नेपाली थिए । भागेर काम गर्दा धेरै कमाइ हुने सुनेर भागेको उनले बताए । ‘म कम्पनी छोडेर भाग्न त भागे तर, साथीसँग सम्पर्क हुन सकेन साथमा भएको मोबाइल हरायो अनि म बिचल्ली जस्तै परेँ ।’ उनले भने । धनुषा मट्टियानिका राजकुमार सादा कतार आएदेखि कम्पनीबाट जम्मा नेपाली रुपैयाँ सा७ी हजार मात्रै बुझेको बताउँछन् । आएदेखि जम्मा साठी हजारमात्रै बुझे अरु दिएनन् उनले गुनासो गरे । लेख पढ नगरेका उनलाई नेपालबाट कुन म्यानपावर कम्पनीले कतार पठाएको पनि याद नभएको बताउँछन् । नेपालबाट कतार आएर कम्पनीबाट उनीहरु ठगिएको भन्ने जानकारी रोल्पाका युबराज बस्नेतले नेपाली जनप्रगतिसिल मञ्चका सूचना तथा सञ्चार प्रमुख होम बहादुर बस्नेतलाई गराएपछि मञ्चका महासचिव जैबी राई र होम बहादुर बस्नेत पीडित लाई भेट्न पुगेका थिए । पीडित लाई भेट्न पुग्दा खुल्ला गोदाम भित्र एउटा कुनामा बसि रहेको उनीहरुको अबस्था अत्यन्तै दयनीय रहेको पाए पछि तत्काल मञ्चका अध्यक्ष शनि कुमार ओलि र प्रमुख सल्लाहकार होमनाथ शर्मालाई जानकारी गराइ पीडितहरुलाइ नेपाली दूतावास दोहा कतारको सेल्टरमा पुर्याउन थालिएको उनले एभरेष्टदैनिक डटकमलाई जानकारी दिए । यसअघि कतार सरकारले तीन महिनाको लागि विभिन्न रुपले अवैध रहेका कामदारलाई आफ्नो मुलुक फर्कन आम माफी समेत दिएको थियो । तर ती दुई पीडितहरुले कतार सरकारले दिएको आममाफीको समयमा नेपाल फर्कन हवाइ टिकटका लागि लाग्ने पैसा नभएको बताए । ‘कतार सरकारले दिने आममाफीमा घर जान चाहन्छौं, तर, घर जाने हवाई टिकटको लागि पैसा र आवश्यक कागज अभावमा जान सएिको छैन ।’ उनीहरुले आफूहरुलाई उद्धार गरिदिन कतारमा रहेका विभिन्न संघसँस्थासँग अनुरोध गरेका छन् ।

जयललिताको शोकमा ७७ जनाद्वारा आत्महत्या !

मंसिर २३ । भारत तमिलनाडु राज्यकी लोकप्रिय नेत्रृ तथा तत्कालिन मुख्यमन्त्री जयललिताको निधनपछि उनकाे शोकमा ७७ जनाले आत्महत्या गरेका छन् । सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके) ले जारी गरेकाे विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि आत्महत्या गर्नेहरुको संख्या ७७ पुगेको हाे । यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ । केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र आत्महत्याको प्रयास गर्नेको संख्या ४ रहेको जनाएको छ । तर एआइडीएमकेले जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेको दाबी गर्दै उनीहरुको सूचीसमेत सार्वजनिक गरेको छ । सो पार्टीले जयललिताको निधनपछि आत्महत्या गर्ने प्रयास गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता, आफ्नो औंला काटेर शोक मनाएका कार्यकर्तालाई क्षतिपूर्तिस्वरुप पार्टीका तर्फबाट ५०–५० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ ।