साउदीमा मृत्युदण्डको फैसला सुनाइएका यादवलाई मृतकका परिवारद्वारा माफी, माफिपत्रमा भयो हस्ताक्षर

साउदी,बैशाख १३ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतका परिवारले मृत्युदण्डको सजाय माफ गरेका छन ।

बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो ।

सुरुमा अदालत बाट ११ बर्ष जेल सजायको फैसला भएको भए पनि पछी पुन जनरल कोर्टले यादवलाई मृत्युदण्डको फैसला सुनाएको थियोे ।

यादव लाई सजाय थप गरेपछि नेपाल बाट गएका सामाजिक अभियान्त सरोज रायले मृतक पाकिस्तानी नागरिकका परिवार सङ हारगुहार गरेपछी मृत्युदण्ड माफ गरिएको रायले जानकारी दिएका छन् ।

जेलमा रहेका यादवको जीवन रक्षाको लागि मृतका परिवार लाइ भेट्न पाकिस्तान पुगेका रायले परिवार बाट मृत्युदण्ड माफ भएको जानकारी दिएका हुन ।

साउदी अदालतले मृतकका परिवार बाट सजाय माफ गरेको मन्जुरी पत्रमा हस्ताक्षर गरे मृत्युदण्डको सजाय माफ हुने निति रहेको बताएपछी राय यादवलाई सजाय मुक्त गराउन पाकिस्तान पुगेका थिए ।

मृतकका परिवारबाट सजाय माफ भए पनि कानुनी प्रक्रिया भने पूरा गर्न बाकी रहेको बताउदै दूतावासको पहलमा छिट्टै सबै प्रक्रिया पूरा गर्न राएले जानकारी दिएका छन ।

यता साउदी स्थित नेपाली दूतावासले भने अदालतले माफिपत्र लाइ स्विकार नगरे फैसला प्रति असन्तुष्टि जनाउदै पुनराबेदनमा जाने जानकारी दिएको छ ।

करीब एक कराेड ब्लडमनि बुझाएर स्वदेश फर्किदै लाेकेश

युएई । युएईमा ब्लडमनी सम्बन्धी मुद्दाका कारण ४ बर्षसम्म नेपाल फर्किन नपाएका झापाको लोकेश खतिवडा सजाय मुक्त भएका छन । बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २०९ दिराम अर्थात झन्डै एक करोड रुपैयाँ तिरेपछि लोकेशको मुद्दा टुंगिएको नेपाली दूतावास युएईले जनाएको छ । सन् २०१७ को मार्चमा आबुधाबीको एक अदालतले गरेको फैसला अनुसार भारतीय परिवारलाई झण्डै एक करोड ब्लड मनी तिर्नुपर्ने थियो । उक्त रकम तिर्न नसक्दा लोकेश स्वदेश फर्किन पाएका थिएनन । डेसर्ट म्यान कार्गो क्लियरिङ एण्ड फरवार्डिङ कम्पनीमा कार्यरत रहेका लोकेश सन् २०१४ को जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा उनले चलाएको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएपछि अदालतले ब्लड मनिको फैसला सुनाएको थियो । ब्लड मनि रकम बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने भएपनि बिमा कम्पनीले लामो समयसम्म कुनै चासो नदेखाए पछि दुर्घटनामा आफै घाइते भएका लोकेश बिगत चार बर्षदेखि युएईमा कष्टकर जीवन बिताउदै आएका थिए । दुर्घटनामा घाइते भएका लोकेशको रोग बल्झिएको र मुद्दा अल्झिएको भन्दै केहि समय अघिबाट दुतावासका कार्यबाहक राजदुत सागरप्रसाद फुँयालको सक्रियतामा लोकेशको मुद्दा अगाडि बढेको थियो । दूतावासको पहलमा बिमा कम्पनीले तोकिएको ब्लड मनि बुझाए पछि लोकेश मुद्दा टुंगिएको छ । मुद्दा टुंगिएसँगै लोकेश अव स्वदेश फर्कन सक्ने नेपाली दूतावास युएईले जनाएकोछ ।

काभ्रे सेवा समाज युएईको अध्यक्षमा एप्रील लामा चयन

युएई । काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिति गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिति बिस्तार गरिएको हो । विस्तारित समितिको अध्यक्षमा एप्रील लामा चयन भएका छन् । उक्त सारजाह क्षेत्रीय समितिमा बिगत केही बर्षदेखि युएईको सारजाहलाई कर्मथलो बनाई नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी नेपाली ब्यबसायी एप्रील तामाङको अध्यक्षतामा सारजाह क्षेत्रीय समिती गठन भएको थियो । जस्को उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिब आदित्य गौतम,कोषाध्यक्ष मेनुका लामा र सदस्यहरुमा सरिता लामा, कन्चन लामा, नोर्बु लामा र सल्लाहकार सुनिल लामा लगायतका रहेका छन । नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली जनप्रगतिशील मन्च युएईका सल्लाहकार शम्भु वाईबा, एनाअरएनए युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, युवा ब्यबसायी ओम उप्रेती, अन्तर्राष्ट्रिय कलाकार संघ युएई दुबई क्षेत्रीय उपाध्यक्ष गायिका तथा मोडल सन्ध्या सुस्केरा लगायत युएईबासी काभ्रेली र युएईमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम समाजका सचीब जनक सापकोटाले सन्चालन गरेका थिए । समाजका उपाध्यक्ष गोबिन्द पन्तको स्वागत मन्तव्य बाट शुरु गरिएको उक्त कार्यक्रमको संयोजक समाजका केन्द्रिय सदस्य निरन्जन बस्नेतले गरेका थिए । समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङ, सदस्यहरु ग्याम्सो लामा, योगेस तामाङ, माईला लामा, जेनिसा पन्त, नवराज ढकाल, सावित्री पन्त, धन बहादुर तामाङ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न खटिएका थिए । निकै खुसियाली र रमझमका साथ मनाईएको नयाँ बर्ष बिशेष कार्यक्रम अन्तर्गत चिठ्ठा प्रतियो गितामा काभ्रे सेवा समाज युएईका केन्द्रिय सदस्य योगेस लामाले प्रथम पुरस्कार हात पारेका थिए भने द्धितिय पुरस्कार सारजाह क्षेत्रीय समितिकी नव निर्वाचित अध्यक्ष एप्रील तामाङ र तृतीय पुरस्कार बिजय लामाले जितेका थिए । प्रथम, द्धितिय र तृतीय पुरस्कार बिजेताहरुलाई समाजका अध्यक्ष दिल लामाले पुरस्कार बितरण गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए । उक्त बृहत कार्यक्रम अन्तर्गत बिगत लामो समय देखि युएईमा बिबिध समस्या झेल्दै आएका काभ्रेका बिश्वराम खत्री लाई समाजले चार सय पैपैतालिस दिराम आर्थिक सहयोग गरेको थियो भने कार्यक्रममा सारजाह क्षेत्रका नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष दिल लामाले प्रमाणपत्र बितरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबैलाई नयाँ बर्ष २०७५ को शुभकामना दिदै अध्यक्ष लामाले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।

जनसम्पर्क समिति कतारद्वारा स्व‌ खड्काको शोक सभा सम्पन्न

दोहा । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको १३ औं पुण्यतिथिका दिन नेपाली जनसम्पर्क समिति कतारले शोक सभाको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरेको छ । उपचारका क्रममा गत ३० मार्च का दिन दिल्लीको एपोलो अस्पतालमा निधन भएका स्व खड्काको सोक सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनसम्पर्क समिति कतारका संस्थापक सभापति एवं कांग्रेस महासमिति सदस्य नरेन्द्र भाटले खुमबहादुर खड्का निडर हक्की र कांग्रेसका लागि मात्र नभई देश र जनताका लागि समर्पित लोकप्रिय नेता थिए । इतिहास फर्केर हेरौ राष्ट्रवादी र विकास प्रेमी नेता भएकै कारण वहालाई फसाउने काम गरियो भ्रष्टचारमा लिप्त भएर देशको अरबौ रुपैया लुटेर हिनामिना गर्नेहरुले नै वहाको देहान्त पछी पनि सामाजिक संजालहरुमा नकारात्मक टिप्पणीहरु गरिरहेको प्रति आक्रोस पोखेका थिए । कार्यवाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महामन्त्री अजिज अलिले गरेका थिए । कार्यक्रममा बोल्दै एनआरएनका आइसीसी सदस्य एवं जनसम्पर्क समितिका निवर्तमान सभापति बिमल सुवेदीले कम उमेरमै स्व खड्काले राजनीतिमा होमिएर देशको परिवर्तनका लागि आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रवासबाट बिपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्केर जेलजीवन बिताए । तत्कालिन अवस्थामा निरङ्कुश राजतन्त्रका बिरुद्ध बोल्न पनि नसकिने अवस्थामा हजारौ बिद्यार्थी र युवाहरुलाई आन्दोलनका लागि सडकमा उतार्ने नेता भएको स्मरण गराउदै संगठन भित्र र बाहिर सबैको नजरमा बस्न सफल स्व खड्काको राजनैतिक ब्यबहारिक गुणलाई सबैले अनुशरण गर्नु पर्ने बताए । स्व खड्काकै गृह जिल्लावासी जनसम्पर्क समितिका पुर्ब सल्लाह्कार एवम १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड्काले स्व खड्का नेपाली कांग्रेसका मात्र नभई कम्युनिष्टहरुका पनि लोकप्रिय अनि बिश्वाशिला नेता भएको बताए । आफ्नो अनुभव सुनाउदै उनको घरमा दैनिक कांग्रेस र कम्युनिष्ट कार्यकर्ताहरुको भिड नै लाग्ने गर्थ्यो बिकासका लागि सबैका प्रिय नेता थिए उनको भनाइ थियो । कार्यक्रममा महामन्त्रीले तयार पारेको स्व खड्काको जीवनी पत्र सहमहामन्त्री केदार भुषालले बाचन गरेर सुनाएका थिए । कार्यक्रममा संस्थापक कोसाध्यक्ष भूपति भट्टराइ, संस्थापक सल्लाहकार एवं १३ औ महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह निवर्तमान महामन्त्री एवं १३ औ महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राइ सल्लाहकार मो. शाकिर अलि केशब ढकाल लगायतले सोक मन्तब्य राखेका थिए । राष्ट्रिय गान मौन धारण र स्व खड्काको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रदान्जली व्यक्त गरिएको थियो ।

साउदीमा जीवनको भिख माग्दै धनुषाका उमेश यादव (भिडियाेसहित)

काठमाडौं, चैत ३० । साउदी अरवमा रहेका  धनुषाका उमेश यादव जीवनको भिख माग्दैछन् । उनको समस्या समाधानका लागि सरकारले आवश्यक पहल नगरेको भन्दै सरकारको आलोचना समेत भैरहेकोछ । यसलाई  सञ्चारमाध्यमहरुले भने जोडतोडका साथ उठाएका छन् । उनका परिवारले सरकारसंग हारगुहार गरिररहेका छन् । उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो।  बाँकी भिडियाेमै हेराैँ ।  

अब युएईमा समान कामका लागि महिला र पुरुषलाई समान ज्याला

काठमाडौं, चैत २९ । युएई सरकारले समान कामका लागि महिला र पुरुषलाई समान ज्याला दिने निर्णय गरेको छ । युएईको मन्त्रिपरिषदले समान ज्याला सम्बन्धी नयाँ कानुनको मस्यौदा पारित गरेको छ । महिला र पुरुषले समान काम गरेवापत समान ज्याला पाउने नयाँ कानून युएईको मन्त्रिपरिषदले गएको मंगलबार पारित गरेको बताइएको छ । समान ज्यालाको यो कानून महिला सशक्तिकारणका लागि राष्ट्रिय रणनीतिको रुपमा ल्याइएको युएई ुसरकारले जनाएको छ । यसअघि गएको मार्च एक तारिखदेखि महिलाले तीन महिने तलबसहितको बिदा पाउने निर्णय गरेको थियो । युएईको सार्वजनिक क्षेत्रमा ६६ प्रतिशत पुरुष र ३० प्रतिशत महिलाले नेतृत्व तहमा काम गरिरहेका छन् । अब ज्यालाको सम्बन्धमा महिला र पुरुषबीच कुनै असमानता नहुने युएईले जनाएको छ । नयाँ कानुनमा युएईको फेडरल नेशनल काउन्सिल र राष्ट्रपतिले हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर भएपछि यो कानुन पूर्णरुपमा लागु हुनेछ ।

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

चितवन । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ । जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले रु चार लाखभन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी प्रभावितलाई हस्तान्तरण गरेको हो । बाँकी अपुग कामका लागि भने उनीहरु आफैँले श्रमदान गरेका थिए । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा निर्माण भएको घर बुधबार प्रभावितलाई हस्तान्तरण गरिएको छ । पाँच महिना लगाएर घर निर्माण भएको थियो । विदेशमा पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गर्नु सराहनीय कार्य भएको स्थानीयवासीले बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रवासीबाट घर निर्माण भएकामा खुशी व्यक्त गर्दै महानगरको विकासमा अझै सक्रिय भएर लाग्न प्रवासी नेपालीलाई आग्रह गर्नुभयो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापानबाट आएको सहयोगले यहाँ १० घर निर्माण भएको बताउनुभयो । अर्काे चरणमा अन्य ठाउँका प्रभावितलाई सहयोग गर्ने उहाँको भनाइ छ । यहाँका बाढी प्रभावित बुद्धिराज महतो, तारा महतो, सीताराम महतो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महतो, जीवन महतो र यमराज महतोको घर निर्माण भएको हो । गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नं १३, २३, २७ र २८ मा बढी क्षति पु¥याएको महानगरपालिकाले जनाएको छ । रासस

राजदूतावासको पहलमा कतारबाट ७ नेपालीको उद्दार

कतार, चैत्र २७ । वैदेशिक रोजगारीको सिलसिलामा कतारको एक कम्पनीमा कार्यरत सात जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्दार गरेको छ । कतारस्थित स्वीस इन्जितियरिङ फर कन्ट्रयाक्तर डब्लूएलएलमा कम्पनीमा जीतबहादुर बिक, हरिकुमार थापा, श्याम केवट, गिरीराज पंगेनी, श्यामलाल राना, रामकृष्ण गुरुङ र कृष्णबहादुर दर्जीलाई उद्दार गरिएको कतारस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली कामदारहरूलाई कम्पनीका मालिकले पहिले फकाई फुलाई खाली कागजमा दस्तखत गर्न लगाएको र पछि त्यही खाली कागजमा कतारी रियल नौं हजार बुझेका भनी भरपाई गराई त्यसैको आधारमा कतारको अदालतमा मुद्दा गरेपछि उनीहरु समस्यामा परेका थिए । साथै कम्पनी छोडेर भागेको भनी मालिकले पुलिसमा उजुरी गरी गरिदिएपछि उनीहरु कतारबाट बाहिर जान यात्रा प्रतिबन्ध जारी गरेको थियो । सोबारेमा जानकारी पाएपछि नेपाली राजदूतावासको पहलमा कतार सरकारले त्यसरी मुद्दामा परेका सात जनालाई विशेष निर्णय गरी घर जान पाउने अनुमति जारी गरी दिएको आधारमा पीडित सात जनालाई चैत्र २३ गते शुक्रबार उद्दार गरी नेपाल फर्काइएको विज्ञप्तिमा उल्लेख छ। साथै, उक्त कम्पनीमा नेपाली कामदार पठाउन रोक्का गर्न र आवश्यक कारबाहीका लागि राजदूतावासबाट सम्वन्धित निकायमा पत्राचार गरिएकोछ पनि उल्लेख छ ।

लमजुङ सेवा समाज कतारले मनायो नयाँ वर्ष

दोहा, चैत्र २६ । ‘सुख दुखमा साथ –लमजुङ सेवा समाज’ भन्ने नाराका साथ स्थापना भएको लमजुङ सेवा समाज कतारले नेपाली नया वर्ष २०७५ सालको आगमनको पूर्व सन्ध्या पारेर भव्यताका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम दोहाबाट झन्डै सय किलोमिटर टाढा रहेको अलसमाल गार्डेनमा सम्पन भएको सो कार्यक्रम रोजगारीका सिलशिलामा लमजुङबाट कतार आउनु भएका लमजुंगे दाजुभाइ तथा दिदीबहिनीहरुलार्इ संगठित गरी आपसी माया, प्रेम र सदभाब अभिवृद्धिका लागी आयोजना गरीएको बताइएको छ । कार्यक्रममा लमजुङ तथा गैह्र लमजुङका कलाकारहरु, मंगल बिक, दिपक कमली, सुजिता दनुवार, प्रमिला तामाङ, डम्बर बिक, दिप हसन्ते, अमृत बिक मंजिला बिक, जीवन क्षेत्री, गोबिन्द तामाङ आदिको सांगीतिक प्रस्तुति रहेको थियो । सो अवसरमा खेलकुद विभाग संयोजक अमर गुरुङ तथा खुशी गुरुङको संयोजकत्वमा मनोरन्जनात्मक खेलकुद कार्यक्रम पनि आयोजना गरिएको थियो । जसमा लमजुङ क्षेत्रको प्रचलित खेल ठेलो तर्फका बिजयी हर्क बहादुर गुरुङ , घैटो फुटाई तर्फका बिजेता शेरजंग गुरुङ, बेलुन फुटाइतर्फका बिजेता गोबिन्द तामाङ र कुर्चीचाल तर्फकी बिजयी प्रितिका ढकाल क्षेत्रीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै संस्थाले आयोजना गरेका बिबिध कार्यकममा मेहनेत र लगनशीलताका साथ खटेर सहयोग गर्नु हुने संस्थाका सदस्य एवं पदाधिकारीहरु क्रमश रबि गुरुङ, रबिन्द्र घिमिरे, खुशीराम गुरुङ, युवराज गुरुङ, हरि दुरा, राज लोप्चान, शिब रसाइली, कर्म गुरुङ, सन्तोष केसी, रामदेब भट्ट, देब गुरुङ, वुद्धिसागर सुबर्णकार, उपेन्द्र सोती नेत्र टन्डनले पुर्याएको योगदानका उच्च मूल्यांकन गर्दै थप हौसला स्वरूप प्रसंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा थप रोचक बनाउन सहभागीहरुबीच राफल चिट्टा कार्यक्रम पनि राखिएको थियो । कार्यकममा संस्थाका दितीय उपाध्यक्ष नबराज नखोलाले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रथम उपाध्यक्ष खुशीराम गुरुङ ले लसेस कतार गठन गर्नुको उधेश्यको बारेमा प्रकास पार्नु भएको थियो । गत वर्षदेखी हालसम्म संस्थाले गरेका विभिन्न सामाजिक गतिविधि तथा सहयोग बारेको प्रतिबेदन महासचिव सिताराम थापाले प्रस्तुत गर्नु भएको थियो । झन्डै तीन सयको संख्यामा उपस्थिति रहेको सो कार्यक्रम संस्थाको आन्तरिक कार्यक्रम भनिएता पनि प्रदेश नम्बर चारका जिल्ला सस्था पदाधिकारीहरुलार्इ निमन्त्रणा गरिएको थियो । कार्यक्रममा तमु समाजका रस गुरुङ, गोर्खाका राकेश श्रेष्ठ, स्याङ्जाका धनन्जय लम्साल, तनहुँका पदम गिरी र सामाजिक अभियन्ता केबि हमाल र बिक्की बिकको सहभागीता रहेको थियो । उपस्थित अतिथिहरु तथा संस्थाका संरक्षक, सल्लाहाकारहरुले संस्थालाई सल्लाह सुझाबसहितका शुभकामना मन्तब्यहरु दिनु भएको थियो । सांस्कृतिक बिभाग संयोजक राज लोप्चान र महासचिव सिताराम थापाले संयुक्त रुपमा गर्नु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा यातायात संयोजक रबिन्द्र घिमिरे, स्वयम् सेवक संयोजक रामचन्द्र अधिकारी, अर्थ ब्यबस्थापनमा लाग्नु हुने कोषाध्यक्ष बिनोद बसौला, प्रचार प्रसार तथा सहभागी बिस्तारमा अग्रणी भूमिका खेल्ने संस्थाका सचिब युबराज गुरुङ लयायत अन्य सम्पूर्ण सहयोगी, चन्दादाताहरु शुभ चिन्तकहरु सबैलाई हार्दिक धन्यवाद दिदै नया वर्षको शभकामनासहित कार्यक्रमको समापन गर्नु भएको थियो।

एनआरएनए एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यशाला सम्पन्न

दोहा, चैत्र २४ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ । एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा शुक्रबार सालिमारा रेष्टुरेन्टको हलमा उक्त कार्यशाला सम्पन्न भएको थियो । परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने विषयमा परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ता कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांकसहित प्रकाश पारेका थिए । सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनमा क्रान्ति सिहं, विल गुरुङ र शनीकुमार ओलीले आफ्ना विचार व्यक्त गरेका थिए । साथै सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र मानार्थ सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक प्रविण गुरुङ लगायत संघमा आवद्द कतारका प्रतिनीधहरुको साथै कतारका वैचारिक, जातीय र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दीएका थिए । कार्यक्रम परिषद् कतारका महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालन,उपसयोजक नारायण भन्डारिले प्रतिबेदन सहित निस्कर्ष सुनाएका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए ।

कतारमा गायिका केसी सम्मानित

दोहा, चैत्र २२ । बागलुङ सेवा समाज दोहा कतारले लोकदोहोरी गायिका देविका केसीलाई सम्मान गरेको छ । बुधबार नेपाली आगन रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सागर पौडेल, निवर्तमान अध्यक्ष चन्द्रकान्त शर्मा लगायत नव निर्वाचित कार्य समितिले दोसल्ला ओढाएर केसीलाई सम्मान पत्रसहित सम्मान गरेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष शर्माले कलकार राष्ट्रिय गहनाको रुपमा रहने बताउदै सम्मान गर्न पाउँदा खुशी लागेको बताए । सम्मान ग्रहणवपछि संक्षिप्त सम्बोधन गर्दै , ‘म पनि यो समाजको एक सदस्य हुँ । र मलाई परिवारबाट नै सम्मान पाउँदा धेरै खुशी भएको छ । बागलुङ समाज प्रतिको मेरो माया र आत्मीयता अझै प्रगाढ भएको छ ।’ समाजका अध्यक्ष पौडेलले बागलुङ समाजले राष्ट्रिय कलकार देविका केसी पनि हाम्रो परिवारभित्रको एक सदस्य हुन् भन्दा गर्व महसुस गर्दछौ । कतारमा केसी कलकारको रुपमा मात्र नभएर एक समाजसेवीको नामबाट चिन्न सकिने बताउँदै केसीको व्यक्तिगत जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई समाजका सचिव टिका कार्कीले सहजिकरण गरेका थिए ।

मलेसियामा मृत्यु भएका खड्काको परिवारले क्षतिपूर्ति पाएनन

काठमाडौँ । “बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।” यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने । उनकी छोरी १८ वर्षीय अस्मिता भन्दै थिइन्, “बाबा म कक्षा ११ गाउँमा सकिएपछि काठमाडौँ गएर पढ्छु है ।” शेरबहादुरले पनि छोरीको कुरामा सहमति जनाएका थिए । यही फागुन १४ गते रातको १० बजेसम्म उनले परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका थिए । सुतेको एक घण्टापछि अर्थात राती १२.३० बजे मलेसियाबाट शेरबहादुरको नम्बरबाट फोन आयो, फोन आएपछि किन गरेको होला, भर्खरै त फोन गरेको, किन फेरि गरेका होलान भनेर झस्किए । शेरबहादुरले पहिले त्यसरी फोन नगर्ने गरेको उनकी श्रीमती गोपी खड्काले बताइन् । फोन शेरबहादुरको नभएर उनको साथीको आएको रहेछ । उनको साथीले अचानक भने, “शेरबहादुरलाई अचानक गाह्रो भएर यहीँकै अस्पतालमा लगेका छौँ ।” त्यति भनिसकेपछि चिन्ता नलिनु भन्दै उताबाट फोन काटियो । उक्त फोनपछि परिवारका सबै सदस्य आत्तिए । उनका साथीले चिन्ता नलिनु भनेपछि सबै सुते । २ बजेदेखि फेरि फोनको घण्टी बजिरहेको रहेछ । दुई÷तीन पटक फोन आइसकेपछि मात्र छोरी अस्मिताले फोन उठाइन् । फोन उठाउने वित्तिकै उताबाट आवाज आयो, “तपाईंको बुबा यो संसारमा रहनुभएन् ।” त्यसपछि परिवारमा रुवावासी शुरु भयो । गाउँले पनि परिवारलाई सान्त्वना दिन आइपुगे । शेरबहादुर विसं २०७१ असारमा मलेसियामा वैदेशिक रोजगारीको लागि गएका थिए । फर्निचरको काम गर्न भनेर गएका उनी त्यहाँ गएर पनि त्यही काम नै गर्न थालेका थिए । तर केही महिनामा तलब बढाइदिने भने पनि उही तलबमा तीन वर्षसम्म काम गरिरहे । परिवारको ऋण तिर्न नसकेपछि उनले पुनः एकवर्ष थप गरी काम गर्ने निधो बनाएका थिए । ०७४ असारमा नै म्याद सकिए पनि ०७५ असारसम्मका लागि समय थप गरी कामलाई निरन्तरता दिएका थिए । तर उनको अचानक मृत्युपछि चारजना छोराछोरीलाई पढाउने र ऋण तिर्ने जिम्मेवारी उनकी श्रीमती गोपीको काँधमा आइपरेको छ । बीमालगायत क्षतिपूर्ति पाउन गोपी भाइ बलबहादुर केसीको साथ काठमाडौँ आइपुगिन । तर काठमाडौँ आएपछि उनले थाहा पाइन् कि उनले ती सबै रकम नपाउने रहिछन् । तर म्यानपावरबाट भने उनले एक लाख ३० हजार क्षतिपूर्तिबापतको रकम पाउनुभयो । उहाँ भन्नुहुन्छ, “श्रीमान् विदेश जाँदाको ऋण अझै तिर्न बाँकी छ, छोराछोरीलाई पनि कसरी पढाउनु ?” वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायत बीमा कम्पनी सबैतिर उनका भाइ र उनी भौतारिँदा पनि कतैबाट क्षतिपूर्ति नपाउने बताएकाले आफू निराश भएर फर्किएको उहाँ बताउनुहुन्छ । उहाँका कान्छा छोरा अहिले सात वर्षका भए, त्यस्तै माइला छोरा १२, जेठो १६ र छोरी १८ वर्षकी भइन् । छोराछोरीलाई अब आफूले पढाउनसक्ने अवस्था नरहेको र सरकारले पढाइदिन्छ भन्ने सुनेर काठमाडाँैसम्म धाएको उहाँले बताउनुभयो । मलेसिया लगायत बाह्य देशमा एक वर्ष समय थप गरेर बस्न पाउने भए पनि नेपालमा भने ६ महिनासम्म मात्र मान्यता दिने गरेको छ । “नेपालमा यसरी म्याद नाघिसकेपछि पनि विदेशमा बस्नेको संख्या धेरै भएको र म्याद नाघेपछि मृत्यु हुनेको संख्या धेरै भएपछि नै तिनीहरुलाई क्षतिपूर्ति दिने क्षमता सरकारमा नभएपछि ऐनमा परिवर्तन गरेका हौँ ।” नेपाल पर्यटन प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले भन्नुभयो– “०७४ साउन १६ गतेबाट म्याद सकिएपछि मृत्यु हुने र दुर्घटनामा पर्नेलाई क्षतिपूर्ति बापतको रकम नदिने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो ।” यो वर्षभित्र म्याद भएकाको हकमा र यही वर्ष अनुमति लिएकाको हकमा स्वतः एक वर्ष थप हुने उहाँले जानकारी दिनुभयो । रासस

एकता मञ्चको रजौरी गार्डनमा महिला समिति गठन

माओवादी केन्द्र निकट सङ्गठन अखिल भारत नेपाली एकता मञ्च पश्चिम दिल्ली नगर समिति अन्तर्गत रजौरी गार्डन महिला समिति गठन भएको छ । जसमा नेतृत्व सुनीता थापा अध्यक्ष, उपाध्यक्ष रामी पंगेनी, उपाध्यक्ष पुनिसरा सारू, सचिव ऋतु दरलामी लगायतको ११ सदस्यीय समिति गठन गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चका क्षेत्रीय समितिका कोषाध्यक्ष सूर्य राना र जिल्ला सदस्य बीरू सारूको विशेष पहल र अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय अध्यक्ष इशरी भण्डारीको प्रमुख अतिथि र एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काको विशेष उपस्थितिमा रजौरी महिला समिति गठन गरियो उक्त कार्य्रकममा प्रमुख बक्ता इशरी भण्डारीले आधा आकाश ढाक्ने नेपाली महिलाहरुलाई राज्यको मूल प्रवाहमा ल्याउन कम्तीमा ५० प्रतिशतको प्रतिनिधित्व सुनिश्चितताको व्यवस्था गर्नुको साथै न्यायिक क्षेत्रमा पनि महिलाको सहभागिताको सुनिश्चितताको व्यवस्था संविधानमा उल्लेख गरेको भए सहभागिताको मर्म र अर्थ वास्तविक अर्थमा पूर्ति भई विकास र समुन्नत राष्ट्र निर्माणमा महिला पुरुष काँधमा काध मिलाई अघि बढ्ने सुन्दर वातावरण निर्माण हुने थियो । विशेष अथितिहरुले मन्तब्यको क्रममा आधा आकाश ढाक्ने हामी नेपाली महिलाहरुलाई नागरिकतामा समान वंशीय अधिकार राज्यले प्रदान नगरेको हुँदा आफ्नै मुलुकमा नेपाली महिला दोश्रो दर्जाको नागरिकको रुपमा बाच्नु पर्ने बाध्यतात्मक परिस्थितिको छिटो भन्दा छिटो राज्यले हल गर्नु पर्छ । महिला समितिको कार्य्रकम अध्यक्षता सुनीता थापा र कार्य्रकम संचालन पुनिसरा सारूले गर्नु भएको थियो ।

कतार नेपाली एकता समाज सैलिया एरिया समिति अन्तर्गत इकाई समिति गठन

दोहा, कतार । २०१८/०३/२३ का दिन सैलिया एरिया समिति अन्तर्गत इकाई समिति गठन भएको छ । समिति गठनको लागिविशेष लक्षमण कोइराला र गेजमान सिंह वि.कको पहलमा वृहत भेला सम्पन्न गरेको छ भने भेलाले सात सदस्यीय इकाई समिति चयन गरिएको छ, जसमा अध्यक्ष पुर्णबहादुर वि.क, सचिव जनक कार्की, कोषाध्यक्ष तुल्सीराम वि.क, सदस्यहरुमा हेमराज निरौला, तोलाकान्त भण्डारी, प्रमोद चौधरी र छत्रबहादुर वि.क रहनुभएको छ । सो भेलालाई समाजका प्रथम उपाध्यक्ष हेमन्त वाईवा तथा कोषाध्यक्ष धनबहादुर परियारले प्रशिक्षण समेत दिनुभएको थियो ।

नेपालको समृद्धिको यात्रामा योगदान गर्न कतारबाट प्रवासी मुस्लिम समुदायको पहल

कतार । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली मुस्लिम समुदायलाई एउटै छाताभित्र ल्याउने कार्यको कतारबाट शुरुवात गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले गएको शुक्रबार नज्मास्थित द गोर्खा रेस्टुरेन्टमा प्रेसमिट गरी यस्तो जानकारी दिएको हो । देश आर्थिक समृद्धिको यात्रामा रहेको समयमा सिङ्गो रास्ट्रलाई सक्दो योगदान दिने उद्देश्यले कतारमा रहेका बुद्धिजीवीहरुबाट परामर्श लिई अन्तर्राष्ट्रिय मुस्लिम समाजको परिकल्पना गरिएको कार्यक्रमका प्रमुख अथिति अन्तरास्ट्रिय मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलिमिया बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार अध्यक्ष मुक्ततदा मुसलमानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मीका विभिन्न प्रकारका जिज्ञासाको समाधान आयोजकले गर्ने प्रयास गरेको थियो । विशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिमबक्स मियाँ, अन्तरास्ट्रिय मुस्लिम समाज महिला संयोजक अमिना खान, अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार मोहम्मद अजिज अलि , अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार संयोजक हुसैन खानको उपस्थिति रहनु भएको थियो । कार्यक्रमा स्थानीय संचारकर्मी, अतिथि अख्तर गद्दी सल्लाहकार सैगरी नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब महेन्द्र प्रसाद पोख्रेल, प्रमुख सल्लाहकार गणेशप्रसाद बन्जाडे, राजधानी साप्ताहिकका दिलकुमार श्रेष्ठ , उज्यालो अनलाइन खबर कतार प्रतिनिधि महेश्वर नेपालको उपस्थिति रहेको थियो । साथै स्थानीय सञ्चारमाध्यममा कार्यरत प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा अब्दुल करीम मियाँ, हुसैन खान, मोहम्मद अजीज अली, महिला संयोजक अमीना खान शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कतारमा करीब चारलाख नेपाली कार्यरत रहनु भएकाे छ । त्यसमध्ये करीब ६० हजार मुस्लिम रहेको बताइन्छ । आफ्नो अनुकूलमा विभिन्न मुस्लिम संघसंस्था खोलेर क्रियाशील सबैलाई साझा संस्थामा आबद्ध भई अगाडि बढन अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज कतारले आह्वान गरेको छ । प्रेसमिटमा उपस्थिति भएकोमा सबैमा कृतज्ञता प्रकट गर्दै सकारात्मक सहयोग, सल्लाह र सुझावका लागि अनुरोध गर्दै समाजका अध्यक्ष मुसलमानले कार्यक्रमको समापन गर्नु भएकाे थियाे । पढ्नुहोस् अध्यक्ष मुसमानले गरेको सम्बोधन जस्ताको त्यस्तै आदरणीय पत्रकार साथीहरु सर्वप्रथमतः हाम्रो निम्तोलाई स्वीकार गरेर पाल्नु भएकोमा हार्दिक स्वागत तथा कृतज्ञता व्यक्त गर्दछौं । लामो अध्ययन, चिन्तन र वहस पश्चात अन्ततस् हामी नेपाली मुस्लिम समुदायको साझा संजाल ‘अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज’ गठन प्रक्रियाको प्रारम्भिक चरणमा प्रवेश गरेका छौं। कतारबाट यस अभियानको थालनी आरम्भ गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रिय समिति गठन प्रक्रियालाई अघी बढाइने छ। विश्व संजालमा छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा जोडी समुदाय र राष्ट्रको सम्व्रिद्दिमा सहभागी बन्न यस समाजको गठन प्रक्रिया आरम्भ गरिएको स्पष्ट पार्न चाहन्छौं । साथीहरु, विविधताले भरिएको नेपालको राजनैतिक अभ्यासमा कुनै प्रतिकुलता नआएसम्म अब मुलभूत रुपमा हकहितका राजनैतिक संघर्ष बिश्रामोंमूख छ। नेपालको लामो राजनैतिक संघर्षको प्रतिफल स्वरुप देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगको आरम्भ बिन्दुमा प्रवेश गरी सकेको छ। अब राष्ट्रले सम्व्रिद्दिको बाटो पहिल्याउँदै बढ्ने प्रण गर्दो छ, नेपाली जनताले के कति उपलव्धी हासील गरे वा कति हासील हुन सकेन त्यसको लेखाजोखा समय चक्रसंगै बनेर जाने नै छ। अतस् राष्ट्रको सम्व्रिद्दिको लागि सम्पूर्ण नेपाली नागरिकले समेत प्रण गर्नु आवस्यक छ । मुलभूत रुपमा अबको दिशा भनेको अधिकारका लागि आन्दोलन होइन, अबको दिशा सम्व्रिद्द नेपालको लागि आन्दोलन भन्ने मानासिताको बिकास गर्दै अघी बढ्नु आवस्यक छ। प्राप्त भएका अधिकार र प्राप्त हुन बाँकी अधिकारको भरपाई अब राष्ट्रको सम्व्रिद्दिले मात्र प्राप्त हुन सक्दछ, किनकि राष्ट्रले धेरै आन्दोलन खेप्यो जसकारण लाखौँ युवा विदेसिन बाध्य भए। राजनैतिक अन्दोलनले पलायन भएको शक्ति सम्व्रिद्दिको आन्दोलनले फर्किनु पर्दछ वा कम्तिमा पलायनको परम्पराको अन्त्य हुनु पर्दछ । हिंजोका दिनमा नेपाली मुस्लिम समुदायले ‘एकता पहिचान र अधिकार’ को नारा र त्यसको जगमा आन्दोलन गर्दै आए। अब हामीले ‘सम्व्रिद्द नेपाल हाम्रो अभियान’ भनेर लाग्न सक्नु पर्दछ र त्यसको जग बसाल्नु पर्दछ । देशको कुल जनसंख्या र वैदेसिक रोजगारमा रहेका कुल प्रबासी नेपालीहरुको आंकडा निकालेर विशेसतस् खाडी र मध्यपुर्वलाई हेर्ने हो भने सामुदायिक दृष्टिकोणबाट नेपाली मुस्लिमहरुको संख्या व्यापक छ । १८ वर्षदेखि ४० वर्ष उमेरका ठुलो शक्ति प्रबासमा श्रम गरी रहेका छन्। अब यिनलाई सम्व्रिद्द राष्ट्रको अभियानमा जोड्नु जरुरी छ, जसको निम्ति उचित प्लेटफर्मको आवस्यकतालाई महसुस गर्दै विश्वभर छरिएर रहेका नेपालीहरुको साझा समाजको परिकल्पना सहित अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको अवधारणा अघी सारिएको हो। मूलतस् वैदेसिक रोजगारमा रहेर हामी विदेसी भूमिलाई श्रम दियौं अब यहाँबाट स्वदेशलाई हामीले देखिने गरी केहि दिन सक्नु पर्दछ। हामी सबैको साझेदारी र जोडमा आधारित भएमात्र राष्ट्रलाई बिकासको बाटोमा डोर्याउन सकिन्छ भन्ने मान्यताको बिकास गर्नु हाम्रो ध्येय रहेको छ। नेपालको समग्र बिकासको लागि कतारबाट दिन सकिने प्रचुर सम्भावनाहरुको भण्डार छ । मुख्यतः पर्यटन, कृषि, स्वास्थ्य र शिक्षामा कतारबाट एतिहासिक रुपमा हामीले काम गर्न सक्दछौं। आदरणीय पत्रकार साथीहरु, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको सांगठनिक पक्ष र यसको उद्देश्य बारे वुँदागत रुपमा जानकारी गराउन चाहन्छौं( यो समाज नेपाली समुदायसित सामुदायिक साझेदारीमा बिस्वास गर्ने गैर राजनैतिक समाज हुनेछ बिभिन्न कारणले विश्वभर छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटा छातामा समाहित गर्ने गरी प्रारम्भमा मूलतस् खाडी र क्रमिक रुपमा विश्वभर नै यसको शाखा निर्माण गरिने छ। अन्तर्राष्ट्रिय समन्वय समितिको गठन भए लगत्तै कतार लगायत बिभिन्न राष्ट्रलाई शाखा मानिने छ। नेपालमा सम्पर्क कार्यालय रहने छ नेपाल सरकारमा दर्ता प्रक्रिया एवं नेपाली नियोगमा यथासम्भव सुचिकृत गरिने छ भने कतार सरकारको सम्वन्धित निकायमा सुचिकृत प्रक्रिया समेत अघी बढाइने छ। यो समाज मुस्लिम समुदायको मौलिकतामा आधारित भएपनि यसको खुला उद्देश्य नेपाली समुदायको हक हितमा समर्पित रहनेछ। कतारमा विगतदेखि सक्रिय रहँदै आई रहेका सबैखाले मुस्लिम समाजहरुलाई समन्वयात्मक एवं साझेदारी संस्थाको रुपमा लिइने छ। कुनैपनि संस्थाहरुको स्वामित्वमा कुनै हस्तक्षेप गरिने छैन। कतारमा कार्यरत सबै नेपाली मुस्लिम यस समाजका स्वतस् सदस्य मानिने छ, संस्थागत पद्दतिमा आउन चाहनेहरुलाई निस्शुल्क सदस्यता परिचय पत्र प्रदान गरिने छ। जसको लागि सुचना प्रविधीको उपयुक्त विधी मार्फत सहज सदस्यता लिन सकिने प्रावधानको बिकास गरिने छ। समाज संचालनको लागि आवस्यक आर्थिक पक्षको लागि विभिन्न माध्यमहरुको खोजी गरिने छ। कतारको बस्तुगत अवस्थालाई मध्येनजर गर्दै सबै संघसंस्थाहरुसित समन्वय गरी क्यालेन्डर मार्फत समाजका बिभिन्न गतिविधी संचालन गरिने छ। पर्यटन बिकासको लागि खाडीबाट गर्न सकिने पहलबारे नेपाल पत्रकार महासंघ कतार शाखाले अगाडी सारेको “कतार(नेपाल मैत्रीपूर्ण पर्यटन परियोजना” अत्यन्तै सान्दर्भिक महत्वपूर्ण छ। सामुदायिक साझेदारी सिद्दान्त अनुसार उक्त परियोजनामा साझेदारी संस्थाको रुपमा यो समाज कटिवद्द रहने छ। आधुनिक कृषिमा लगानी र स्वरोजगारको क्षेत्रमा गहिरो अध्ययन गरी वातावरण निर्माण गर्न प्रयाश रहने छ। गरिव तथा विपन्न वर्गमा शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउन दाताहरुको खोजी गरी न्यायोचित रुपमा अभियान तीव्र बनाइने छ। नेपालको कानुन सामुदायिक व्यबस्थाभित्र रही यस समाजले इस्लामिक युनिभर्सिटीको महत्वाकांक्षी परियोजना अनुरुप काम गर्नेछ। अन्तमा, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजलाई यहाँहरुको उचित रायको सदैव खाँचो रहने छ। हार्दिक आभार प्रकटसहित अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज परिवार।  

सामाजिक कार्यमा पनि प्रवासमा रहेका नेपालीहरु सकृय

स्वागत पुन मगर, दमाम साउदी अरब/ पछिल्लो पटक नेपालमा हुने गरेको विभिन्न दैबिक प्रकोप बढी रहेको बेला २ न प्रदेश अन्तर्गत सप्तरी को सुरुङ्गा नगरपालिका ३ निबासी अग्निपिडित धुर्ब कार्किको परिवारलाई आइतबार साउदी अरबमा कार्यरत मजदुर बाट संकलित रकम साउदी रियल (२३०३) नेपाली ६४४०० रुपैयाँ हस्तान्तरण भएको छ। साउदिमा कार्यरत भक्त कार्की सर्बहारा ,हरि ब बुढाथोकी , केदार कटुवाल जगत राउत तेज कार्की युबराज कटुवाल लागाएतको पहलमा संकलित रकम गाउँ का जेष्ठ नागरिक ललित ब कार्की मार्फत युवा उधमी कैलास बुढाथोकी महिला अधिकार कर्मी कोपिला कार्की लगाएत गाउका उपलब्ध छिमेकी को रोहवरमा मा पीडित धुर्ब कार्की को श्रीमती सुजिता कार्की लाई हस्तान्तरण गरिएको हो । गत फागुन ९ गते भान्सा कोठा बाट सल्किएको आगोले घर सहित घरमा रहेको नगद सुन चादी लत्ताकपडा अन्नपात गुमाएका हाल सुरुङगा नगरपालिका ३ साबिकको सप्तरी जिल्ला हर्दिया ९ भेडिया का कार्की को पुनर्स्थापना को लागि शुभेच्छुक आफन्त बाट आर्थिक सहयोग थालिएको थियो । पीडित कार्की को पुनः बास सहजताको लागि गाउँ लगाएत कतार बाट पनि आर्थिक सहयोग उपलब्ध गरिएको कुरा समेत जानकारी गराउनु भभएको छ । तर यति धेरै क्षति हुदा पनि सरकारी निकाय र गैरसरकारी संघ संस्थाबाट भने खासै सहयोग नपाएको पीडित को गुनासो छ।यस अभियान का भक्त कार्की सर्बहारा नेकपा माओवादी केन्द्र को प्रबास संगठन नेपाली जनप्रगतिसिल मंच साउदी अरबका केन्द्रिय सह कोषाध्यक्ष समेत रहेर सामाजिक कार्य गरि रहनु भएको कुरा जानकारी समेत गराउनु भएको छ ।