मलेसियामा नेपाली माथी तरवार प्रहार

मलेसिया । मलेसियामा स्थानीय तामिल मुलका एक ब्यक्तिले नेपालीमाथि तरवार प्रहार घाइते बनाएका छन ।

मलेसियामा को सेलाङ्गर राज्यस्थित कापर सेल्टर सेक्युरिटी फोर्समा कार्यरत सिन्धुली गोलन्जोर गापा रत्तचुरा–६ का गणेशबहादुर रार्इमाथि बिहीबार बिहान कम्पनीमा कार्यरत रहेको अवस्थामा अपरिचित स्थानीय ब्यक्तिले तरवार प्रहार गरेका हुन ।

बिहान करिब ६ः३० बजे काम सकेर कोठामा फर्कन लागेका राईमाथि मोटरसाइकलमा आएका २ जना तामिल नागरिकले एक्कासि तरवारले प्रहार गर्दा राई घाइते भएका छन।

साथीहरू सँगै बाटोमा हिडिरहेका राईलाई तरबारले हिर्काउन थालेपछि साथीहरू भागेको र आफू एक्लै भएपनि केहि बेर प्रतिकार गर्न सफल भएको राईको भनाइ छ । आफुमाथि प्रहार गरेको तरबारलाई रोक्न खोज्दा उनको हात र ढाडमा गम्भीर चोट लागेको छ ।

घटना लगत्तै कम्पनीलाई फोन गरी जानकारी गराउन सफल भएका राइले कम्पनीका प्रतिनिधिका साथमा प्रहरीलाई उजुरी दिएपछी लगत्तै घटनामा सङ्लग्न ब्यक्ति लाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको राइले जानकारी दिएका छन ।
उपचार पछि राई कम्पनी होस्टेलमा फर्किएका छन भने उनको अवस्थामा अहिले सुधार आएको छ ।

आइसीसी अध्यक्षसँग भेटघाट सम्पन्न

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्टसंग भेटघाट सम्पन्न गरेका छन् । २७ अप्रिल २०१८ का दिन अन्तर्राष्ट्रिय झापाली समाजको निमन्त्रणामा कतारमा सम्पन्न क्षेत्रीय भेला कार्यक्रमका लागि स्पेन हुँदै कतार आइपुगेका अध्यक्ष भवन भट्टसँग एनसीसी कतारले भेटघाट गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा आईसीसी मध्यपूर्व उप संयोजक, आईसीसी मानार्थ परिषदका सदस्यहरु तथा आईसीसी सदस्यहरू, एनसीसी कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू उपस्थित रहेका थिए । एनसीसीका अध्यक्ष, उपाध्यक्षहरू र महासचिवले संयुक्त रुपमा खदा लगाई फूलद्वारा उनलाई स्वागत गरेका थिए । भेटघाटको क्रममा एनसीसी कतारका अध्यक्ष नविन पोखरेलले एनसीसी कतारको वर्तमान स्थिति, भावी कार्ययोजनाबारे संक्षिप्त जानकारी दिएका छन् भने आईसीसी अध्यक्ष भवन भट्टले आईसीसीको गतिविधिका बारेमा जानकारी दिएका छन् । आईसीसीको अध्यक्ष पदमा निर्वाचित भए पश्चात पहिलो पटक कतार आइपुगेका अध्यक्ष भवन भट्टले एनसीसी कतारको कार्यशैलीको प्रशंसा गर्दै कतार सानो मुलुक भएकाले पनि आवश्यक परेको बेला यहाँ रहेका सबै नेपालीहरु हरेक अभियानमा सबैभन्दा अगाडि रहेको र छिटो छरितो रुपमा सम्पन्न गरेको स्मरण गराए । उनले अगाडि थपे, नेपालीहरुका समृद्धिका लागि एनआरएनए अभियानमा लागेको छु । यस कार्यकालका लागि आफ्नो ब्यवसायिक कार्यकारी जिम्मेवारी अन्य दोस्रो व्यक्तिलाई अख्तियारी दिएको छु र त्यसकारण पनि कतार लगायत हरेक एनसीसीले गरेका हितकारी पहल कदमीलाई आईसीसीको माध्यबाट कति पनि ढिलाई नगरी सम्बन्धित निकायबाट सहयोग गर्न सकिने गरी आईसीसी टीम परिचालित भएकाले कुनै पनि आवश्यक सहयोगका लागि कन्जुसाई नगर्नहुन अनुरोध गरे । त्यस अवसरमा एनसीसी कतार टीमले एनआरएनए अभियानका पछिल्लो गतिविधि र अन्य विविध विषयप्रति जानकारी लिनुका साथै उनीमार्फत सुझावहरू लिएका थिए । अशोक तामाङ, एनआरएनए एनसीसी कतार

साउदीमा मृत्युदण्डको फैसला सुनाइएका यादवलाई मृतकका परिवारद्वारा माफी, माफिपत्रमा भयो हस्ताक्षर

साउदी,बैशाख १३ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतका परिवारले मृत्युदण्डको सजाय माफ गरेका छन । बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो । सुरुमा अदालत बाट ११ बर्ष जेल सजायको फैसला भएको भए पनि पछी पुन जनरल कोर्टले यादवलाई मृत्युदण्डको फैसला सुनाएको थियोे । यादव लाई सजाय थप गरेपछि नेपाल बाट गएका सामाजिक अभियान्त सरोज रायले मृतक पाकिस्तानी नागरिकका परिवार सङ हारगुहार गरेपछी मृत्युदण्ड माफ गरिएको रायले जानकारी दिएका छन् । जेलमा रहेका यादवको जीवन रक्षाको लागि मृतका परिवार लाइ भेट्न पाकिस्तान पुगेका रायले परिवार बाट मृत्युदण्ड माफ भएको जानकारी दिएका हुन । साउदी अदालतले मृतकका परिवार बाट सजाय माफ गरेको मन्जुरी पत्रमा हस्ताक्षर गरे मृत्युदण्डको सजाय माफ हुने निति रहेको बताएपछी राय यादवलाई सजाय मुक्त गराउन पाकिस्तान पुगेका थिए । मृतकका परिवारबाट सजाय माफ भए पनि कानुनी प्रक्रिया भने पूरा गर्न बाकी रहेको बताउदै दूतावासको पहलमा छिट्टै सबै प्रक्रिया पूरा गर्न राएले जानकारी दिएका छन । यता साउदी स्थित नेपाली दूतावासले भने अदालतले माफिपत्र लाइ स्विकार नगरे फैसला प्रति असन्तुष्टि जनाउदै पुनराबेदनमा जाने जानकारी दिएको छ ।

मलेसियामा नेपालीको छुरा प्रहार गरि हत्या

मलेसिया, वैशाख १२ । रोजगारीका लागि मलेसिया पुगेका झापाका मोहनकुमार राजवंशीको हत्या भएको छ । झापा कन्काई नगरपालिका वडा नं ६ स्थायी घर भएका ३२ वर्षीय राजवंशी बिगत दुई वर्षदेखि मलेसियाको राजधानी क्वललाम्पुरस्थित एक क्लवमा कार्यरत थिए । सोमवार राति करीव दुई वजेतिर अज्ञात समुहले उनको हत्या गरेको स्थानीय प्रसासनले जानकारी दिएको छ । राती बाटोमा हिडिरहेका राजवंशीलाई कोतारायमा अज्ञात समुहले छुरा प्रहार गरेका थिए । मृतकको शव पोसमार्टमको लागि क्वालालम्पुरस्थित सरकारी अस्पतालमा राखिएको छ । घटनाबारे दूतावासलाई जानकारी गराइसकेको हुँदा पोस्टमार्टमपछि आवश्यक प्रकृया पुर्याएर शव नेपाल पठाईने उनका साथी लोचन विमलीले जानकारी दिएका छन ।

शिव परियार र पूर्णकला बिसी सांगीतिक कार्यक्रमका लागि युएई आउने

युएई, वैशाख १० । युएईको फुजेरा राज्यमा त्यहा स्थित क्रियाशिल संघसस्थाहरुको सयुक्त आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक शिव परियार, लोकगायिका पूर्णकला बिसि र नायक सलोन बस्नेत कार्यक्रम भाग लिन फुजेरा आउने आयोजकले जानकारी दिएका छन् । आउदो अप्रिल २७ तारिख शुक्रबार फुजेराको मिडिया हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा युएईका नेपाली व्यावसायि र कलाकारिता क्षेत्रका विशिस्ट ब्यक्ति हरुलाई विशेष अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको आयोजक सदस्य सस्था एनआरएन फुजेराका कार्यवाहक अध्यक्ष सेर सुनारले जानकारी दिएका छन् । लामो समयदेखि फुजेरामा कुनै भब्य कार्यक्रम नभएको हुदा रास्ट्रीय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्न फुजेरामा रहेका सक्रिय सामाजिक संघसंस्थाहरु एकै मञ्चमा उभिएर संयुक्त प्रस्तुति झल्काउने उदाहरणीय काम हुन लागेको प्रवासी नेपाली मञ्च फुजेरा क्षेत्रीय समितिका सचिव मेघराज कंडेलले बताएका छन् । फुजेरामा रहेका नेपाली व्याबसायीहरुको संयुक्त प्रायोजन रहने यस कार्यक्रममा नमस्ते रेस्टुरेन्ट मुख्य प्रायोजकको रुपमा रहेको र प्रायोजकहरुमा सिल्भर स्पून रेस्टुरेन्ट, अल बर्दी क्याफटेरिया र नासर लेडिज सैलुन रहेका छन् । युएईमा कार्यरत नेपाली कलाकारहरु मध्ये सर्वाधिक रुचाइएकाहरुको सिमित प्रस्तुति रहने उक्त कार्यक्रममा कलाकारहरुलाई सम्मान समेत गरिने आयोजक संस्था एनआरएन फुजेराले बताएको छ । एनआरएन फुजेरा , प्रवासी नेपाली मंच, जनसम्पर्क समिति, पाल्पाली समाज , झापाली समाज, स्याङ्जा सहयोग समाज, अर्घाखाँची सम्पर्क समिति र नेपाल मगर समाज युएईको फुजेरा क्षेत्रीय समिति लगायतको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम उदाहरणीय, सफल र पुर्ण मनोरञ्जनात्मक हुने दाबी आयोजकले गरेका छन ।

प्राथमिक उपचार सम्बन्धि निः शुल्क तालीम नेपालका थप ८ जिल्लामा

युएई, वैशाख ८ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी को सहयोगमा दोस्रो चरण अन्तर्गत नेपालका ८ जिल्लामा एकै पटक निशुल्क प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिने भएको छ । शुक्रबार युएईको दुबईस्थित सिल्भर स्पोन रेस्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्बेलनमा गैरआवासिय नेपाली सघ (एनआरएनए) युएईका एनसीसी सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक ओम उप्रेतीले तालीम सम्बन्धि जानकारी दिएका हुन । एनआर एनए युएईका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा गरिएको उक्त पत्रकार सम्बेलनमा युएईस्थित विभिन्न संघसंगठनका प्रतिनिधिहरु ,पत्रकार तथा व्यावसायीहरुको ठूलो उपस्थिति रहेको थियो । बहोश(Faint)हिस्टेरिया (Seizure)अंगभंग भएमा (Fracture)निस्सासिएमा (Choking)विद्युत प्रबाह घात (Electronic shock) सर्पको टोकाई (Snake bite) रक्तस्राव (Bleeding) आगोले पोल्नु (Burn बिष सेवन (Poisson) हृदयघात (Heart attack) किराको टोकाइ (Insect bite) दम (Asthma)लु लाग्ने (Heat stroke)घात (Shock)स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली (CPR) जस्ता महत्त्वपूर्ण उपचार विधि सम्बन्धि जानकारी सैद्धान्तिक र प्रगोगात्मक रूपमा प्रस्तुत गरिने उप्रेतीले एभरेस्ट दैनिक लाई बताएका छन । स्वास्थ्य सम्बन्धी सामन्य ज्ञान समेत नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यसलार्इ केहि हदसम्म न्यूनीकरण गर्दै हरेक गाउँ टोलमा प्राथमिक उपचार गर्न सक्ने स्वयंसेवकको उत्पादन गर्नु मुख्य तालिमको मुख्य उदेश्य रहेको उप्रेतीको भनाइ छ । यसअघि पहिलो चरण अन्तर्गत नेपालका विभिन्न ७ जिल्लामा भब्य रूपमा सम्पन्न भै सकेको तालीमबाट ९५० भन्दा धेरै स्वयंसेवक उत्पादन गर्न सफल भएको भन्दै तालीम लाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गरिने उनको भनाइ छ । तालिमका लागि दोस्रो चरण अन्तर्गत स्याङ्जामा असोज १३ गते सनिवार ,पाल्पामा असोज १४ गते आइतबार ,गुल्मीमा असोज १५ गते सोमबार ,रुपन्देहीमा असोज १६ गते मंग्लवार ,धनकुटामा असोज १९ गते शुक्रबार ,सुनसरीमा असोज २० गते सनिवार ,मोरङमा असोज २१ गते आइतबार र तालिम समापन झापा बाट असोज २२ गते सोमबार हुने आयोजकले जानकारी दिएका छन । प्रत्येक जिल्लाबाट बढिमा ७० जनाको उपस्थिति रहने तालिममा १८ देखि ५० बर्ष उमेर समुहका प्रतिक्षार्थीले भाग लिन पाउने छन। भने प्रतिक्षार्थीको छनोट गाउँ पालिका वा नगरपालिका भित्रका बिध्यालय , क्याम्पस तथा गा।पा। को प्रत्येक वडा बाट बढिमा ५ जना ३ पुरुष र २ महिला सहभागी हुने गरि छनौट गरि पठाउन गापा सङ आबश्यक समन्वय गरिने बताएका छन । तालिम सम्पन्न पश्चात् सहभागी प्रशिक्षार्थीलाई अन्तरास्ट्रिय (ISO) मान्यता प्राप्त सर्टिफिकेट प्रदान गरि तालिममा सिकेको ज्ञान सीप लाई व्यबहारमा लागू गर्न प्रशिक्षार्थीलाई प्रेरित गरिने उप्रेतीले जानकारी दिएका छन ।

करीब एक कराेड ब्लडमनि बुझाएर स्वदेश फर्किदै लाेकेश

युएई । युएईमा ब्लडमनी सम्बन्धी मुद्दाका कारण ४ बर्षसम्म नेपाल फर्किन नपाएका झापाको लोकेश खतिवडा सजाय मुक्त भएका छन । बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २०९ दिराम अर्थात झन्डै एक करोड रुपैयाँ तिरेपछि लोकेशको मुद्दा टुंगिएको नेपाली दूतावास युएईले जनाएको छ । सन् २०१७ को मार्चमा आबुधाबीको एक अदालतले गरेको फैसला अनुसार भारतीय परिवारलाई झण्डै एक करोड ब्लड मनी तिर्नुपर्ने थियो । उक्त रकम तिर्न नसक्दा लोकेश स्वदेश फर्किन पाएका थिएनन । डेसर्ट म्यान कार्गो क्लियरिङ एण्ड फरवार्डिङ कम्पनीमा कार्यरत रहेका लोकेश सन् २०१४ को जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा उनले चलाएको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएपछि अदालतले ब्लड मनिको फैसला सुनाएको थियो । ब्लड मनि रकम बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने भएपनि बिमा कम्पनीले लामो समयसम्म कुनै चासो नदेखाए पछि दुर्घटनामा आफै घाइते भएका लोकेश बिगत चार बर्षदेखि युएईमा कष्टकर जीवन बिताउदै आएका थिए । दुर्घटनामा घाइते भएका लोकेशको रोग बल्झिएको र मुद्दा अल्झिएको भन्दै केहि समय अघिबाट दुतावासका कार्यबाहक राजदुत सागरप्रसाद फुँयालको सक्रियतामा लोकेशको मुद्दा अगाडि बढेको थियो । दूतावासको पहलमा बिमा कम्पनीले तोकिएको ब्लड मनि बुझाए पछि लोकेश मुद्दा टुंगिएको छ । मुद्दा टुंगिएसँगै लोकेश अव स्वदेश फर्कन सक्ने नेपाली दूतावास युएईले जनाएकोछ ।

काभ्रे सेवा समाज युएईको अध्यक्षमा एप्रील लामा चयन

युएई । काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिति गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिति बिस्तार गरिएको हो । विस्तारित समितिको अध्यक्षमा एप्रील लामा चयन भएका छन् । उक्त सारजाह क्षेत्रीय समितिमा बिगत केही बर्षदेखि युएईको सारजाहलाई कर्मथलो बनाई नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी नेपाली ब्यबसायी एप्रील तामाङको अध्यक्षतामा सारजाह क्षेत्रीय समिती गठन भएको थियो । जस्को उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिब आदित्य गौतम,कोषाध्यक्ष मेनुका लामा र सदस्यहरुमा सरिता लामा, कन्चन लामा, नोर्बु लामा र सल्लाहकार सुनिल लामा लगायतका रहेका छन । नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली जनप्रगतिशील मन्च युएईका सल्लाहकार शम्भु वाईबा, एनाअरएनए युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, युवा ब्यबसायी ओम उप्रेती, अन्तर्राष्ट्रिय कलाकार संघ युएई दुबई क्षेत्रीय उपाध्यक्ष गायिका तथा मोडल सन्ध्या सुस्केरा लगायत युएईबासी काभ्रेली र युएईमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम समाजका सचीब जनक सापकोटाले सन्चालन गरेका थिए । समाजका उपाध्यक्ष गोबिन्द पन्तको स्वागत मन्तव्य बाट शुरु गरिएको उक्त कार्यक्रमको संयोजक समाजका केन्द्रिय सदस्य निरन्जन बस्नेतले गरेका थिए । समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङ, सदस्यहरु ग्याम्सो लामा, योगेस तामाङ, माईला लामा, जेनिसा पन्त, नवराज ढकाल, सावित्री पन्त, धन बहादुर तामाङ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न खटिएका थिए । निकै खुसियाली र रमझमका साथ मनाईएको नयाँ बर्ष बिशेष कार्यक्रम अन्तर्गत चिठ्ठा प्रतियो गितामा काभ्रे सेवा समाज युएईका केन्द्रिय सदस्य योगेस लामाले प्रथम पुरस्कार हात पारेका थिए भने द्धितिय पुरस्कार सारजाह क्षेत्रीय समितिकी नव निर्वाचित अध्यक्ष एप्रील तामाङ र तृतीय पुरस्कार बिजय लामाले जितेका थिए । प्रथम, द्धितिय र तृतीय पुरस्कार बिजेताहरुलाई समाजका अध्यक्ष दिल लामाले पुरस्कार बितरण गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए । उक्त बृहत कार्यक्रम अन्तर्गत बिगत लामो समय देखि युएईमा बिबिध समस्या झेल्दै आएका काभ्रेका बिश्वराम खत्री लाई समाजले चार सय पैपैतालिस दिराम आर्थिक सहयोग गरेको थियो भने कार्यक्रममा सारजाह क्षेत्रका नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष दिल लामाले प्रमाणपत्र बितरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबैलाई नयाँ बर्ष २०७५ को शुभकामना दिदै अध्यक्ष लामाले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।

जनसम्पर्क समिति कतारद्वारा स्व‌ खड्काको शोक सभा सम्पन्न

दोहा । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको १३ औं पुण्यतिथिका दिन नेपाली जनसम्पर्क समिति कतारले शोक सभाको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरेको छ । उपचारका क्रममा गत ३० मार्च का दिन दिल्लीको एपोलो अस्पतालमा निधन भएका स्व खड्काको सोक सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनसम्पर्क समिति कतारका संस्थापक सभापति एवं कांग्रेस महासमिति सदस्य नरेन्द्र भाटले खुमबहादुर खड्का निडर हक्की र कांग्रेसका लागि मात्र नभई देश र जनताका लागि समर्पित लोकप्रिय नेता थिए । इतिहास फर्केर हेरौ राष्ट्रवादी र विकास प्रेमी नेता भएकै कारण वहालाई फसाउने काम गरियो भ्रष्टचारमा लिप्त भएर देशको अरबौ रुपैया लुटेर हिनामिना गर्नेहरुले नै वहाको देहान्त पछी पनि सामाजिक संजालहरुमा नकारात्मक टिप्पणीहरु गरिरहेको प्रति आक्रोस पोखेका थिए । कार्यवाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महामन्त्री अजिज अलिले गरेका थिए । कार्यक्रममा बोल्दै एनआरएनका आइसीसी सदस्य एवं जनसम्पर्क समितिका निवर्तमान सभापति बिमल सुवेदीले कम उमेरमै स्व खड्काले राजनीतिमा होमिएर देशको परिवर्तनका लागि आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रवासबाट बिपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्केर जेलजीवन बिताए । तत्कालिन अवस्थामा निरङ्कुश राजतन्त्रका बिरुद्ध बोल्न पनि नसकिने अवस्थामा हजारौ बिद्यार्थी र युवाहरुलाई आन्दोलनका लागि सडकमा उतार्ने नेता भएको स्मरण गराउदै संगठन भित्र र बाहिर सबैको नजरमा बस्न सफल स्व खड्काको राजनैतिक ब्यबहारिक गुणलाई सबैले अनुशरण गर्नु पर्ने बताए । स्व खड्काकै गृह जिल्लावासी जनसम्पर्क समितिका पुर्ब सल्लाह्कार एवम १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड्काले स्व खड्का नेपाली कांग्रेसका मात्र नभई कम्युनिष्टहरुका पनि लोकप्रिय अनि बिश्वाशिला नेता भएको बताए । आफ्नो अनुभव सुनाउदै उनको घरमा दैनिक कांग्रेस र कम्युनिष्ट कार्यकर्ताहरुको भिड नै लाग्ने गर्थ्यो बिकासका लागि सबैका प्रिय नेता थिए उनको भनाइ थियो । कार्यक्रममा महामन्त्रीले तयार पारेको स्व खड्काको जीवनी पत्र सहमहामन्त्री केदार भुषालले बाचन गरेर सुनाएका थिए । कार्यक्रममा संस्थापक कोसाध्यक्ष भूपति भट्टराइ, संस्थापक सल्लाहकार एवं १३ औ महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह निवर्तमान महामन्त्री एवं १३ औ महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राइ सल्लाहकार मो. शाकिर अलि केशब ढकाल लगायतले सोक मन्तब्य राखेका थिए । राष्ट्रिय गान मौन धारण र स्व खड्काको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रदान्जली व्यक्त गरिएको थियो ।

साउदीमा जीवनको भिख माग्दै धनुषाका उमेश यादव (भिडियाेसहित)

काठमाडौं, चैत ३० । साउदी अरवमा रहेका  धनुषाका उमेश यादव जीवनको भिख माग्दैछन् । उनको समस्या समाधानका लागि सरकारले आवश्यक पहल नगरेको भन्दै सरकारको आलोचना समेत भैरहेकोछ । यसलाई  सञ्चारमाध्यमहरुले भने जोडतोडका साथ उठाएका छन् । उनका परिवारले सरकारसंग हारगुहार गरिररहेका छन् । उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो।  बाँकी भिडियाेमै हेराैँ ।  

अब युएईमा समान कामका लागि महिला र पुरुषलाई समान ज्याला

काठमाडौं, चैत २९ । युएई सरकारले समान कामका लागि महिला र पुरुषलाई समान ज्याला दिने निर्णय गरेको छ । युएईको मन्त्रिपरिषदले समान ज्याला सम्बन्धी नयाँ कानुनको मस्यौदा पारित गरेको छ । महिला र पुरुषले समान काम गरेवापत समान ज्याला पाउने नयाँ कानून युएईको मन्त्रिपरिषदले गएको मंगलबार पारित गरेको बताइएको छ । समान ज्यालाको यो कानून महिला सशक्तिकारणका लागि राष्ट्रिय रणनीतिको रुपमा ल्याइएको युएई ुसरकारले जनाएको छ । यसअघि गएको मार्च एक तारिखदेखि महिलाले तीन महिने तलबसहितको बिदा पाउने निर्णय गरेको थियो । युएईको सार्वजनिक क्षेत्रमा ६६ प्रतिशत पुरुष र ३० प्रतिशत महिलाले नेतृत्व तहमा काम गरिरहेका छन् । अब ज्यालाको सम्बन्धमा महिला र पुरुषबीच कुनै असमानता नहुने युएईले जनाएको छ । नयाँ कानुनमा युएईको फेडरल नेशनल काउन्सिल र राष्ट्रपतिले हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर भएपछि यो कानुन पूर्णरुपमा लागु हुनेछ ।

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

चितवन । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ । जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले रु चार लाखभन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी प्रभावितलाई हस्तान्तरण गरेको हो । बाँकी अपुग कामका लागि भने उनीहरु आफैँले श्रमदान गरेका थिए । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा निर्माण भएको घर बुधबार प्रभावितलाई हस्तान्तरण गरिएको छ । पाँच महिना लगाएर घर निर्माण भएको थियो । विदेशमा पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गर्नु सराहनीय कार्य भएको स्थानीयवासीले बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रवासीबाट घर निर्माण भएकामा खुशी व्यक्त गर्दै महानगरको विकासमा अझै सक्रिय भएर लाग्न प्रवासी नेपालीलाई आग्रह गर्नुभयो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापानबाट आएको सहयोगले यहाँ १० घर निर्माण भएको बताउनुभयो । अर्काे चरणमा अन्य ठाउँका प्रभावितलाई सहयोग गर्ने उहाँको भनाइ छ । यहाँका बाढी प्रभावित बुद्धिराज महतो, तारा महतो, सीताराम महतो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महतो, जीवन महतो र यमराज महतोको घर निर्माण भएको हो । गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नं १३, २३, २७ र २८ मा बढी क्षति पु¥याएको महानगरपालिकाले जनाएको छ । रासस

राजदूतावासको पहलमा कतारबाट ७ नेपालीको उद्दार

कतार, चैत्र २७ । वैदेशिक रोजगारीको सिलसिलामा कतारको एक कम्पनीमा कार्यरत सात जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्दार गरेको छ । कतारस्थित स्वीस इन्जितियरिङ फर कन्ट्रयाक्तर डब्लूएलएलमा कम्पनीमा जीतबहादुर बिक, हरिकुमार थापा, श्याम केवट, गिरीराज पंगेनी, श्यामलाल राना, रामकृष्ण गुरुङ र कृष्णबहादुर दर्जीलाई उद्दार गरिएको कतारस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली कामदारहरूलाई कम्पनीका मालिकले पहिले फकाई फुलाई खाली कागजमा दस्तखत गर्न लगाएको र पछि त्यही खाली कागजमा कतारी रियल नौं हजार बुझेका भनी भरपाई गराई त्यसैको आधारमा कतारको अदालतमा मुद्दा गरेपछि उनीहरु समस्यामा परेका थिए । साथै कम्पनी छोडेर भागेको भनी मालिकले पुलिसमा उजुरी गरी गरिदिएपछि उनीहरु कतारबाट बाहिर जान यात्रा प्रतिबन्ध जारी गरेको थियो । सोबारेमा जानकारी पाएपछि नेपाली राजदूतावासको पहलमा कतार सरकारले त्यसरी मुद्दामा परेका सात जनालाई विशेष निर्णय गरी घर जान पाउने अनुमति जारी गरी दिएको आधारमा पीडित सात जनालाई चैत्र २३ गते शुक्रबार उद्दार गरी नेपाल फर्काइएको विज्ञप्तिमा उल्लेख छ। साथै, उक्त कम्पनीमा नेपाली कामदार पठाउन रोक्का गर्न र आवश्यक कारबाहीका लागि राजदूतावासबाट सम्वन्धित निकायमा पत्राचार गरिएकोछ पनि उल्लेख छ ।

लमजुङ सेवा समाज कतारले मनायो नयाँ वर्ष

दोहा, चैत्र २६ । ‘सुख दुखमा साथ –लमजुङ सेवा समाज’ भन्ने नाराका साथ स्थापना भएको लमजुङ सेवा समाज कतारले नेपाली नया वर्ष २०७५ सालको आगमनको पूर्व सन्ध्या पारेर भव्यताका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम दोहाबाट झन्डै सय किलोमिटर टाढा रहेको अलसमाल गार्डेनमा सम्पन भएको सो कार्यक्रम रोजगारीका सिलशिलामा लमजुङबाट कतार आउनु भएका लमजुंगे दाजुभाइ तथा दिदीबहिनीहरुलार्इ संगठित गरी आपसी माया, प्रेम र सदभाब अभिवृद्धिका लागी आयोजना गरीएको बताइएको छ । कार्यक्रममा लमजुङ तथा गैह्र लमजुङका कलाकारहरु, मंगल बिक, दिपक कमली, सुजिता दनुवार, प्रमिला तामाङ, डम्बर बिक, दिप हसन्ते, अमृत बिक मंजिला बिक, जीवन क्षेत्री, गोबिन्द तामाङ आदिको सांगीतिक प्रस्तुति रहेको थियो । सो अवसरमा खेलकुद विभाग संयोजक अमर गुरुङ तथा खुशी गुरुङको संयोजकत्वमा मनोरन्जनात्मक खेलकुद कार्यक्रम पनि आयोजना गरिएको थियो । जसमा लमजुङ क्षेत्रको प्रचलित खेल ठेलो तर्फका बिजयी हर्क बहादुर गुरुङ , घैटो फुटाई तर्फका बिजेता शेरजंग गुरुङ, बेलुन फुटाइतर्फका बिजेता गोबिन्द तामाङ र कुर्चीचाल तर्फकी बिजयी प्रितिका ढकाल क्षेत्रीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै संस्थाले आयोजना गरेका बिबिध कार्यकममा मेहनेत र लगनशीलताका साथ खटेर सहयोग गर्नु हुने संस्थाका सदस्य एवं पदाधिकारीहरु क्रमश रबि गुरुङ, रबिन्द्र घिमिरे, खुशीराम गुरुङ, युवराज गुरुङ, हरि दुरा, राज लोप्चान, शिब रसाइली, कर्म गुरुङ, सन्तोष केसी, रामदेब भट्ट, देब गुरुङ, वुद्धिसागर सुबर्णकार, उपेन्द्र सोती नेत्र टन्डनले पुर्याएको योगदानका उच्च मूल्यांकन गर्दै थप हौसला स्वरूप प्रसंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा थप रोचक बनाउन सहभागीहरुबीच राफल चिट्टा कार्यक्रम पनि राखिएको थियो । कार्यकममा संस्थाका दितीय उपाध्यक्ष नबराज नखोलाले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रथम उपाध्यक्ष खुशीराम गुरुङ ले लसेस कतार गठन गर्नुको उधेश्यको बारेमा प्रकास पार्नु भएको थियो । गत वर्षदेखी हालसम्म संस्थाले गरेका विभिन्न सामाजिक गतिविधि तथा सहयोग बारेको प्रतिबेदन महासचिव सिताराम थापाले प्रस्तुत गर्नु भएको थियो । झन्डै तीन सयको संख्यामा उपस्थिति रहेको सो कार्यक्रम संस्थाको आन्तरिक कार्यक्रम भनिएता पनि प्रदेश नम्बर चारका जिल्ला सस्था पदाधिकारीहरुलार्इ निमन्त्रणा गरिएको थियो । कार्यक्रममा तमु समाजका रस गुरुङ, गोर्खाका राकेश श्रेष्ठ, स्याङ्जाका धनन्जय लम्साल, तनहुँका पदम गिरी र सामाजिक अभियन्ता केबि हमाल र बिक्की बिकको सहभागीता रहेको थियो । उपस्थित अतिथिहरु तथा संस्थाका संरक्षक, सल्लाहाकारहरुले संस्थालाई सल्लाह सुझाबसहितका शुभकामना मन्तब्यहरु दिनु भएको थियो । सांस्कृतिक बिभाग संयोजक राज लोप्चान र महासचिव सिताराम थापाले संयुक्त रुपमा गर्नु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा यातायात संयोजक रबिन्द्र घिमिरे, स्वयम् सेवक संयोजक रामचन्द्र अधिकारी, अर्थ ब्यबस्थापनमा लाग्नु हुने कोषाध्यक्ष बिनोद बसौला, प्रचार प्रसार तथा सहभागी बिस्तारमा अग्रणी भूमिका खेल्ने संस्थाका सचिब युबराज गुरुङ लयायत अन्य सम्पूर्ण सहयोगी, चन्दादाताहरु शुभ चिन्तकहरु सबैलाई हार्दिक धन्यवाद दिदै नया वर्षको शभकामनासहित कार्यक्रमको समापन गर्नु भएको थियो।

एनआरएनए एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यशाला सम्पन्न

दोहा, चैत्र २४ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ । एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा शुक्रबार सालिमारा रेष्टुरेन्टको हलमा उक्त कार्यशाला सम्पन्न भएको थियो । परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने विषयमा परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ता कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांकसहित प्रकाश पारेका थिए । सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनमा क्रान्ति सिहं, विल गुरुङ र शनीकुमार ओलीले आफ्ना विचार व्यक्त गरेका थिए । साथै सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र मानार्थ सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक प्रविण गुरुङ लगायत संघमा आवद्द कतारका प्रतिनीधहरुको साथै कतारका वैचारिक, जातीय र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दीएका थिए । कार्यक्रम परिषद् कतारका महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालन,उपसयोजक नारायण भन्डारिले प्रतिबेदन सहित निस्कर्ष सुनाएका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए ।

कतारमा गायिका केसी सम्मानित

दोहा, चैत्र २२ । बागलुङ सेवा समाज दोहा कतारले लोकदोहोरी गायिका देविका केसीलाई सम्मान गरेको छ । बुधबार नेपाली आगन रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सागर पौडेल, निवर्तमान अध्यक्ष चन्द्रकान्त शर्मा लगायत नव निर्वाचित कार्य समितिले दोसल्ला ओढाएर केसीलाई सम्मान पत्रसहित सम्मान गरेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष शर्माले कलकार राष्ट्रिय गहनाको रुपमा रहने बताउदै सम्मान गर्न पाउँदा खुशी लागेको बताए । सम्मान ग्रहणवपछि संक्षिप्त सम्बोधन गर्दै , ‘म पनि यो समाजको एक सदस्य हुँ । र मलाई परिवारबाट नै सम्मान पाउँदा धेरै खुशी भएको छ । बागलुङ समाज प्रतिको मेरो माया र आत्मीयता अझै प्रगाढ भएको छ ।’ समाजका अध्यक्ष पौडेलले बागलुङ समाजले राष्ट्रिय कलकार देविका केसी पनि हाम्रो परिवारभित्रको एक सदस्य हुन् भन्दा गर्व महसुस गर्दछौ । कतारमा केसी कलकारको रुपमा मात्र नभएर एक समाजसेवीको नामबाट चिन्न सकिने बताउँदै केसीको व्यक्तिगत जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई समाजका सचिव टिका कार्कीले सहजिकरण गरेका थिए ।