साइप्रसमा नेकपाको” प्रवासी नेपाली एकता मंच” गठन
साइप्रस,असोज २। नेकपाको प्रवासमा रहेका भातृ संगठनको एकता प्रक्रिया पनि तिब्र रूपमा अगाडि बढेको छ।
साइप्रसमा नेकपाका कार्यकर्ताले आईतबार एक भेलाको आयोजना गरि साइप्रसको निकोसियामा रमिला राईको संयोजकत्वमा सचीव केशव ठकुरी सहित ३५ सदस्यीय नेपाल कम्युनिस्ट पार्टीको प्रवास सङ्गठन” प्रवासी नेपाली एकता मञ्च साइप्रस” गठन गरि पार्टी केन्द्रमा नाम सिफारिस गरेको छ।
भेलाले नव गठित कमिटीलाई आयोजक कमिटीको रुप दिदै अबको छ महिनामा प्रवासी नेपाली एकता मन्चको अधिवेशन गर्ने उदेश्य सहित अन्य निर्णयहरु गरेको छ।
यस्तै मञ्चला्ई कम्युनिस्ट एकताले दिएको प्रगतिशिल,जनवादी तथा देशभक्त नेपालीहरुको साझा संगठन बनाउने र ऐतिहासिक कालदेखि मुलुकमा रहदै आएको जातिय, भाषिक, धार्मिक, लैंगिक, क्षेत्रिय र वर्गिय विविधतालाई राष्ट्रिय सम्पदाको रुपमा स्विकार गर्दै विदेशमा रहेका नेपालीहरु विच साझा नेपाली पहिचानका आधारमा एकताको सुत्रमा समाहित गर्दै मुलुकको हितका पक्षमा क्रियासिल गराउने गरि संगठनमा सबैलाई समेट्दै अगाडि बढ्नु संगठनको मुख्य उद्देश रहेको सचिब केसब ठकुरिले बताएका छन।
यस्तो छ नवगठित समितिको नामावली
संयोजक रमिला राई ,सचीव केशब ठकुरि सदस्यहरुमा,माया लोप्चन तामाङ,दर्सन मगर,बिश्णु कुलुङ,संगीता गुरुङ, नबराज गौतम,सुनिला दोङ तामाङ,प्यारिता आङदेङ्बे, मुना क्षेत्री,सम्झना सेर्पा,सुस्मा बुढाथोकी,निस्चल लिम्बू,शोभा लिम्बू राई,सेरबहादुर राई,मनु लामा,कौसिला लिम्बू ,सबिता चौलागाईं निमि शेर्पा,मैना लामा,माया वाइबा,चारु दर्नान,नेहा राना मगर,सारा राना मगर,बिरेन भट्ट जस्मिन तामाङ, माया काप्ले,बिनोद साहा ठकुरि,लिला घले गुरुङ,शान्ति दोङ,आशा मल्ल,कालिका थापा मगर,रेनुका निरौला,पबि घिमेरे र अनिता लामा रहेका छन ।
मलेसियामा एक नेपालीको मृत्यु
बैतडी । सडक दुर्घटनामा परी मलेसियामा शुक्रबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए । बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत रहेका थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ । रासस
६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिलबहादुर साउदी जेलबाट रिहा
रियाद,भदौ २५ ।ब्लडमनी तिर्न नसक्दा दुई बर्ष देखि साउदी जेलमा रहेका धवाङ -१० रोल्पाका दिलबहादुर घर्तीमगर जेलमुक्त भएका छन्। साउदी को रियाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत घर्तीले चलाएको सबारि दुर्घटना हुदा साउदीका एक स्थानीय नागरिक घाइते भइ उपचार को क्रममा मृत्यु भएपछी मृतकका आफन्तले घर्ती विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। घर्ती विरुद्ध दायर मुद्दामा अदालतले ६७ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएपछी दुई बर्ष देखि साउदी जेलमा जेल जीवन बिताउदै आएका उनी शनिबार ब्लडमनि बुझाएपछी रिहा भएको साउदी स्थित नेपाली दूतावासले जानकारी दिएको छ। जेलबाट रिहा भएका घर्तिलाइ आबस्यक कानूनी र कागजी प्रक्रियाका लागि साउदी स्थित ट्राफिक प्रहरी कार्यलय लगिएको र केहि दिनमा सबै प्रक्रिया पूरा गरि नेपाल फर्काइने दूतावास स्रोतले बताएको छ।घर्ती साउदीस्थित नेपाली दुतावासका प्रतिनिधिको रोहबारमा रिहा भएका हुन् । घर्तीलाई बचाउन नेपाल सहित विभिन्न देशमा रहेका नेपालीहरुले ब्लडमनि सङ्कलन गरि बुझाएका थिय ।
प्रदेश १ समन्वय परिसद कतारको पहिलो अधिवेशन, कार्की अध्यक्षमा निर्विरोध चयन
दोहा, भदौ १६ । प्रदेश नं १ समन्वय परिसद कतारको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चुडामणि काकीलार्ई अध्यक्षमा निर्विरोध चयन गरेको छ । ‘समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार’ भन्ने मुलनाराका साथ समन्वय परिसद कतारको पहिलो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार दोहाको रेडियसन होटलमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी एनआरएनए मध्यपूर्व संयोज आरके शर्माले देश अहिले संघीयता कार्यान्वयन गर्ने एतिहासिक मोडमा रहेको बताए । त्यसै अनुरुप प्रादेशिक सरकार स्थापनासंगै कामहरू भैरहेकोले प्रबासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीले व्यापार, पर्यटनमा सक्दो लगानी गर्नु पर्ने बताए । प्रवासमा दुख गरेर कमाएको पैसा स्वदेशमा विभिन्न क्षेत्रमा सक्दो लगानी गर्न उनले सबैमा अनुरोध गरे। कार्यक्रम एतिहासिक भएको भन्दै कतारमा रहेका प्रदेश न १ का सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीहरुलाई भब्य र सब्य एतिहासिक आयोजना गरेकोमा धन्यवाद दिए । कार्यक्रममा आइसीसी मानर्थ सदस्य नरेन्द्र भाट, कमलमणि गुरागाई, आइसीसी सदस्य बिमल सुवेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल प्रबासी नेपाली मन्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपालि जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाली जनप्रगतिशिल मंच अधिबेशन संयोजक रकमध्वज राई, तरार्इ मधेस लोकतान्त्रिक मन्चका हुसेन खान, संघीय समाजवादीका अध्यक्ष डिएन मगर, आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देबराज राई समाजसेवी सागर नेपाल, प्रदेश समन्वय समितिबाट प्रदेश ४ का आशबहादुर गुरुङ्ग लागायतले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश नं १ समन्वय परिसद कतारको तर्दथ समितिका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अशोक तामाङ र संचालन टेकनाथ बरालले गरेका थिए । यसैबिचमा समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार भन्ने बिषयमा जिल्लाका संस्थाहरुको सशक्तिकरण र प्रदेश समन्वय परिषदको भुमिका, समाज बिकास, ब्याक्तित्व बिकास सरकारसंग समन्वय र दिगो भबिस्यसँग सम्बधित विषयमा बिनोद भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए । समृद्दिका लागि प्रवासीको सहभागिताः प्रदेश र स्थानीय सरकारको भुमिका, रेमिटेयान्स, ज्ञान र सीपको सदुपयोग र आर्थिक साथै सामाजिक सुरक्षासंग सम्बन्धित विषयमा कुमार कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का १४ जिल्लाको बारेमा छोटो परिचय बिनेश तामाङ ले दिएका थिए। नर्वनिर्वाचित कार्यसमितिमा एक जना उपाध्यक्ष र एक जना सचिव रहने व्यवस्था छ । उपाध्यक्ष र सचिव निर्वाचित सदस्यहरू मध्येबाट मनोनयन गर्ने विधानमा व्यवस्था छ। कार्यक्रमका अध्यक्ष कार्कीले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अथिति, उपस्थितसँग प्रदेशवासीलाई विशेष धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
खस क्षत्री सेवा समाज कतारद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न
दोहा,भाद्र १६ ।खस क्षत्री सेवा समाज कतारले समाजका अध्यक्ष र सह-कोषाध्यक्षलाई बिदाई गरेको छ। समाजले बिहीवार दोहामा एक कार्यक्रमका बीच कर्मभुमि कतारको बसाइँ बिटमारेर जन्मभुमि जान लाग्नु भएका अध्यक्ष खगेन्द्र कार्की र सह-कोषाध्यक्ष रमेश चौहानलाइ सम्मान सहित बिदाई गरेको हो । बिदाई कार्यक्रममा बोल्दै खस क्षत्री सेवा समाज कतारका संरक्षक हंसराज ढकालले बिदेशको बसाई छोटाएर नेपालमा घरपरिवार संगै रहेर केही गर्ने सोच सहित जान लाग्नु भएका दुबैजनालाई सफलताको सुभकामना व्यक्त गर्दै ढिलो चाडो प्रवासमा रहेका नेपाली मातृभुमी फर्कने भएकोले बिदेशमा आर्जन गरेको पुजि र सीपलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । संरक्षक ढकालले समाजको सुरुवाती अप्ठेरो बेलादेखी निरन्तर साथ दिदै आउनु अध्यक्ष र सह-कोषाध्यक्षद्वयको बिदाईले कतारको समाजमा उहाँहरुको केहि अभाव खडने भएपनि जन्मभुमिको बसाईमा पनि सधै सामाजिक कार्यमा सक्रिय रहेन आग्रह गरे । कार्यक्रममा बोल्दै बिदाइ हुनुभएका निबर्तमान अध्यक्ष खगेन्द्र कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खस क्षत्री सेवा समाज कतारले गरेको सम्मानले आफुलाई नेपालमा गएपछी पनि समाज सेवामा लाग्न थप उर्जा प्रदान गरेको बताए । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्दु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका प्रमुख सल्लाहकार रेशम बहादुर बस्नेत, सल्लाहकार निगम कार्की, बिदाई हुनुभएकासह-कोषाध्यक्ष रमेश चौहान, आजिवन सदस्य एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती प्रवास संयोजक समीर खत्री लगाएतले बिदाई मन्तव्य राखेका थिए । समाजका उपाध्यक्ष धन बहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव रामजी खत्रीले गरेका थिए । दोहाको नज्मा स्थित युनिक रेस्टुरेन्टमा रात्री भोज सहित सम्पन्न कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी, सदस्य, आजिवन सदस्य लगाएतको उपस्थितरहेको प्रवक्ता सन्तोष क्षत्रीले बताए ।
कतार नेता नेपालले भने – मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन्
दोहा, भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार यति बेला स्थानीय र प्रदेश सरकारलाई क्रियासिल बनाउन कानुन निर्माण जुटेको बताएका छन् । नेता नेपाल अमेरिका जानेक्रममा दोहा ट्रान्जिटमा नेपाली प्रवासी मञ्च र नेपाली जनप्रगतिशिल मञ्च कतारका प्रतिनिधिसँगको दोहाको ओरिस रोटना होटलमा बिहीबार राती भएको भेटघाटमा सरकारलाई काम गर्न नदिन बाहिय शक्तिले गम्भीर पड्यन्त्र गरिरहेको आरोप लगाए । प्रवासी संगठनको एकताका लागि पार्टीभित्र गृहकार्य अन्तिम चरणमा रहेको उनले स्पष्ट पारे । सरकार अहिले पर्यटन, उर्जाको क्षेत्रको विकासमा लागिपरेको बताए । उनले भने, ‘अहिलेको सरकार २ वर्ष वा ३ वर्षको लागि सम्झौता गरेर आएको सरकार होइन । यो दिगो र स्थायी सरकार भएकाले काम गर्ने वातावरण दिनुपर्छ।’ देशमा हत्या, हिंसा, बलात्कारका जस्ता गतिविधि गर्नेलाई कडा सजाय र कानुनी दायरामा ल्याइ कडा कारबाह िगर्नु पर्ने उनले बताए । कुनैपनि अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्दछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपालबीच असन्तुष्टि बढेको भन्ने प्रति नेता नेपाले भने, ‘मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन् । पार्टी समानान्तर समिति बनाउन लागेको भन्ने कुराहरु सत्य होइन । अहिले सरकार र पार्टी विरुद्ध विभिन्न क्षेत्र र शक्ति केन्द्रबाट पड्यन्त्र भइरहेको छ । त्यसलाई निस्तेज पार्न सबै चनाखो बन्नु पर्दछ।’ भेटमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेलले देशको समसामयिक बिषय र प्रवासी संगठन एकताबारेमा नेता नेपालसँग जिज्ञासा राखेका थिए ।
साउदी जेलमा रहेका कुमारलाई आर्थिक सहयोग जुट्नेक्रम जारी
साउदी । साउदी अरबको जेलमा रहेका कुमार राना मगरलाई रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । गोरखाको भिसेन गाउँपालिका-७ घर भएका मगर साउदीमा गाडी चलाएका बेला त्यहिँका नागरिकलाई दुर्घटनामा पारेपछि उनी १ वर्षदेखि साउदी जेलमा छन् । उनले ठक्कर दिएका साउदी नागरिक उपचारका लागि अस्पतालमा छन् । घाइतेको उपचारका लागि साउदी नागरिकले रकम माग गरेपछि रानालाई जेलमुक्तका गर्न रकम संकलन कार्य जुटिरहेको हो । यसैबीच, नेपाली जन प्रगतिशील मञ्च साउदीले पनि रानालाई जेलबाट छुटाउनका लागि आर्थिक सहयोग गरेको छ । मञ्चले नवराज गिरी मार्फत राना बचाउ अभियानका संयोजक कृष्णप्रसाद ढकालको रोहबरमा रानाकी श्रीमती अम्विका मगरलाई रहकम हस्तान्तरण गरेको छ । मञ्चले राना बचाउ अभियानका लागि हिजो (बुधबार) ८७ हजार आर्थिक सहयोग गरेको हो । यस्तै, दिल बहादुर र कुमार राना रिहाई समितिका संयोजक हुम सुनारी मगरले मंचको पहलमा तीन हजार साउदी रियाल सहयोग गरेका छन् । मञ्चका महासचिव बाबुलाल बुढाले साउदीमा जेल जीवन बिताइरहेका कुमार राना र दिल बहादुर घर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यावद व्यक्त गरेका छन् । केही महिना अघि दिपेस पुनको संयोजकत्वमा बनेको दिल बहादुर रिहाइ समिति बिदेश बिभागमा रहेका महासचिव बुढा दुई वर्षदेखि दिलबहादुर घर्तीको रिहाइको लागि दूतावास मात्र नभएर तत्कालिन सभामुख ओनसरी घर्ती, बर्तमान उर्जा मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरा देखि उपराष्टपति नन्द किशोर पुनसम्म धाएका छन् । यसअघि पनि नेपाली जन प्रगतिशील मञ्चले थुप्रै सकारात्मक काम गरेको छ । उसले दिल बहादुरको रिहाइको लागि चाहिने रकम ६७ लाख रुपैयाँ परराष्ट मन्त्रालयमा जम्मा गरि सकेको छ । साथै, मञ्चले साउदी अरबका पीडित श्रमिकहरुलाई सहयोगलगायत विभिन्न राम्रा काम गरेको छ ।
मन्त्री बिष्ट र प्रवासीको हकहितमा सक्रिय पदाधिकारीबीच भेटवार्ता
काठमाडौं, साउन ३१ । श्रम रोजगार तथा सामाजिक मन्त्री गोकर्ण बिष्ट र के आइ नेपाल सस्थाका प्रमुख इन्द्र भट्टराई, मुम्जान मिया र प्रबासी मजदुर समस्याबारे लामो समय आन्दोलन चर्काउदै आएका बि बि खनालसहितको टोलीबीच भेटबार्ता भएको छ । उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो । उक्त टोलीले मन्त्री बिष्टलाई भेटेर वैदेशिक रोजगारीको नाममा दिल्ली हुँदै इराक, सिरिया, लिबिया, ओमन, कुबेत लेबलानमा नेपाली चेलीबेटी बेचबिखन भैरहेको र खाडी देशमा मेनपावर व्यावसायिक र दलालहरुले आजाद भिसाको नाममा ठगी गर्दै नेपालीहरुलार्इ अलपत्र पारेको र मेनपावर व्यावसायिले चर्को मूल्य असुलेर वैदेशिक रोजगारीमा मनपरि गरेकोबारे ध्यानाकर्षण गराएका छन । के आइ नेपालका प्रमुख भट्टराईले चेलीबेटी बेचबिखनबिरुद्ध र वैदेशिक रोजगारको नाममा नेपाली महिलालाई तेस्रो मुलुकमा लगेर बेचिएकोबारे मन्त्री लाई ध्यानाकर्षण गराउँदै आफ्नो संस्थाले एक महिना अगाडि भारतको पहाडगन्ज स्थित दिल्लीबाट दिल्ली महिला आयोगको सहयोगमा ९० जना नेपाली महिलालार्इ उद्दार गरेको उल्लेख गरे । भट्टराईले खुला नाकाको कारण नेपाली चेलीबेटी रोजगार पाउने आशामा बेचिएकोबारे चिन्तित हुँदै मन्त्री लाई गम्भीर हुन आग्रह गरे । खाडी देशमा नेपाली मजदुरहरुको हकहितको बारे आन्दोलन उठाउदै आएका बि बि खरालले दूतावासमा बस्ने श्रमिक कर्मचारी मजदुरहरुको गुनासो सुन्नुको साँटो मेनपावर व्यावसायिहरुको चाकरी गरेका कारण नेपाली मजदुरहरु अलपत्र पर्ने, भनेको तलब सुबिधा नपाउने र आजाद भिसामा ठगिने नेपालीहरुले न्याय नपाएकोप्रति मन्त्री गोकर्णको ध्यानाकर्षण गराए ।
एनआरएन कतारको समन्वयमा कतारमा तीज मनाइदै
दोहा, साउन ३१ । आउदै गरेको नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज कतारमा पनि भव्यताका साथ मनाइने भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी सेप्टेम्बर १४, २०१८ का दिन दोहाको गल्फ प्याराडाइज होटलको सभाहलमा कार्यक्रम गर्ने एनआरएनए कतारले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । विगतको जस्तै संस्थाले कार्यक्रमको शुल्कसमेत तोके छ । सूचनामा बताइए अनुसार आयोजकको लागि आयोजक शुल्क कतारी रियाल ५१ कतारीयन रियाल निर्धारण गरेको छ । आयोजक रहन इच्छुक संघसंस्थालाई आफ्नो संस्थाको नाम दर्ता समेत गराउन अनुरोध गरेको छ । जसमा संस्थाका प्रथम उपाध्यक्ष ५५८६८२१४ र सचिव ६६४४३१४७ नम्बरमा सम्पर्क गरि आगामी ३१ अगष्ट २०१८ सम्म दर्ता गराउन सकिने जानकारी गराइएको ।
तीजमा हरिदेवी कोइराला कतार आउने
दोहा, साउन ३१ । वरिष्ठ लोक गायिका हरिदेवी कोइराला यसपालीको तीजमा कतार आउने भएकी छन् । कास्की आदर्श सेवा समाज कतारले नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा सहाभागी हुन कोइराला कतार आउने भएकी हुन । तीजका गितसंगीतमा बिकृति बढी रहेको बेला लामो समयसम्म नेपाली लोक गीतको क्षेत्रमा सक्रिय पोख्रेली साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाको उपस्तिथिमा कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष बिश्वबन्धु थापाले बताए । अध्यक्ष थापाले गायिका कोइरालाको सम्मान तथा प्रावासमा रहेर पनि नेपाली कला र सस्कृतिको संरक्षणको लागि आफुहरुले कार्यक्रम गर्न लागेको बताए । कर्णप्रीय स्वरकी धनी कोइरालाका ‘पाइन खबर, घर फर्की आउनुहोस मेरो हजुर’ लगाएतका दर्जनौ गित लोकप्रिय रहेका छन् । आगामी सेप्टेम्बर १४ तारिख कतारको दोहास्थित शालिमार दरबार रेस्टुरेन्ट बिन महमुदमा गर्न लागेको तिज बिशेष सास्कृतिक कार्यक्रममा फेवा सास्कृतिक परिवारसंगै विभिन्न स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ।
इनास क्षेत्रीय समिति रसअल खेमाको अध्यक्षमा पुन निर्वाचित
युएई, साउन २६ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज, युएई (इनास) क्षेत्रीय समिति रसअल खेमाको अध्यक्षमा नीलम पुन निर्वाचित भएका छन् । शुक्रबार दोहामा सम्पन्न अधिबेशनले पुनको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा संकल्प चन्द, प्रथम उपाध्यक्षमा प्रकाश सुबेदी र द्वितीय उपाध्यक्षमा अमरसिंह खत्री रहेका निर्वाचित भएका छन् । महासचिवमा सुरज खत्री, सचिवमा दिल बडुवाल, कोषाध्यक्षमा शोभा परियार र सहकोषाध्यक्षमा प्रतिक्षा शर्मा रहेका छन् । सदस्यहरुमा भक्त तुम्बाहाम्पे लिम्बु, प्रदीप लिम्बु, मनिष जीएम, प्रदिप लिम्बु, प्रबीण घिसिंग, माया नेपाली, रबिन केसी, संगिता मगर, अनिता घलान, रेशम मल्ल, रंजिता बिक, सपना राई र दिपक गिरी रहेका छन् । अधिबेशनले जनार्दन सुबेदी, सन्तोष अधिकारी, गणेश शाहीलाई संरक्षकमा चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा जिएन शर्मा, दिपक बिष्ट, धन बहादुर चन्द, राजेन्द्र रोस्यारा, गुन्ज बस्नेत र ईन्द्रराज पौडेल रहेका छन् । एनआरएन युएईको पुर्ब अध्यक्ष सन्तोष प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकार महासँघ युएईका सचिब मेघराज सापकोटा, इनास महासचीब राम तामाँगको बिशेष अतिथ्यता रहेको थियो । त्यसैगरी दैलेख सेवा समाजका अध्यक्ष धनबहादुर चन्द, गणेश शाही, नेपाली जनप्रगतिशील मंच राकका अध्यक्ष दीपक बिष्ट, एनआरएन राकका अध्यक्ष जनार्दन सुबेदी, अर्घाखाँची सम्पर्क समिति राकका गुन्ज बस्नेत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम ईनास राकका निबर्तमान अध्यक्ष केबिनजंग शाहीको सभापतित्वमा भएको थियो ।
अमेरिकामा विदेशी विद्यार्थीका लागि नयाँ नियम लागू, नेपालीसहित लाखौं प्रभावित हुने
अमेरिका, साउन २६ । अमेरिकाले विदेशी विद्यार्थीका लागि नयाँ कडा कडा नयान् नीति ल्याएको छ । अमेरिकामा अध्ययनरत विद्यार्थीले ‘स्टूडेन्ट स्टेटस’ (विद्यार्थीको हैसियत) उल्लंघन गरेको भोलिपल्टदेखि उनीहरुलाई अमेरिकामा बस्ने गैरकानूनी मानिने छ । भलै उनीहरुको भिषा अवधि बाँकी नै किन नहोस् । नयाँ नियम बिहीबार (९ अगस्त) देखि लागू भएको हो । नयाँ नियमसँग लाखौं विद्यार्थी प्रभावित हुने भएका छन् । यसअघिका नियममा जुन दिन अदालतले दोषी ठहर गथ्र्यो या आप्रवासी मामिला हेर्ने न्यायाधीश आदेश जारी गर्थे त्यसपछि अमेरिकामा बस्न गैरकानूनी मानिन्थ्यो । नयाँ नीतिका अनुसार १८० दिनसम्म अनाधिकृत रूपमा त्यहाँ बसेकालाई फेरि अमेरिका प्रवेशका लागि १० वर्षसम्म प्रतिबन्ध लगाइने छ । कुनै पिद्यार्थीले संस्थान (कलेज वा विश्वविद्यालय) मा पूरा समय दिएनन भने उनीहरुलाई स्टूडेन्ट स्टेटसको नियम उल्लंघन गरेको मानिने छ । अध्ययन सकिसकेपछि पाइने अतिरिक्त अवधि (ग्रेस पीरियड) भन्दा धेरै अमेरिकामा बस्न र अनाधिकृत रूपमा जागिर गर्नेहरु पनि अब सजायका भागीदार बन्ने छन् । अमेरिकामा सबैभन्दा धेरै चिनियाँ विद्यार्थी अध्ययनरत रहेको बताइन्छ । त्यसपछि भारतीय विद्यार्थी रहेको बताइन्छ । अमेरिकामा थुप्रै नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । नयाँ नियमको असर नेपाली विद्यार्थीमा पनि पर्ने निश्चित छ ।
अन्तराष्ट्रीय नेपाली कलाकार समाज (ईनास) रसअल खेमाको अध्यक्षमा पुन निर्वाचित
युएई । अन्तराष्ट्रीय नेपाली कलाकार समाज, युएई (ईनास) क्षेत्रीय समिती रसअल खेमाको अध्यक्षमा नीलम पुन निर्वाचित भएका छन् । शुक्रबार १० तारिक सम्पन्न अधिबेशनले पुनको नेतृत्वमा २१ सदस्यीय समिती चयन गरेको छ । समितीको बरिष्ठ उपाध्यक्षमा संकल्प चन्द, प्रथम उपाध्यक्षमा प्रकाश सुबेदी र द्वितीय उपाध्यक्षमा अमर सिंह खत्री रहेका छन् । महासचीबमा सुरज खत्री, सचीबमा दिल बडुवाल, कोषाध्यक्षमा शोभा परियार र सहकोषाध्यक्षमा प्रतिक्षा शर्मा रहेका छन् । सदस्यहरुमा भक्त तुम्बाहाम्फे लिम्बु, प्रदीप लिम्बु, मनिष जीएम, प्रबिण गुरुंग, सुबास घिसिंग, माया नेपाली, रबिन केसी, संगिता मगर, अनिता घलान, रेशम मल्ल, रंजिता बिक, सपना राई र दिपक गिरी रहेका छन् । अधिबेशनले जनार्दन सुबेदी, सन्तोष अधिकारी, गणेश शाहीलाई संरक्षकमा चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा जिएन शर्मा, दिपक बिष्ट, धन बहादुर चन्द, राजेन्द्र रोस्यारा, गुन्ज बस्नेत र ईन्द्रराज पौडेल रहेका छन् । एनआरएन युएईको पुर्ब महासचीब सन्तोष प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकार महासँघ युएईका सचिब मेघराज सापकोटा, इनास महासचीब राम तामाँगको बिशेष अतिथ्यता रहेको थियो । त्यसैगरी दैलेख सेवा समाजका अध्यक्ष धन बहादुर चन्द, गणेश शाही, नेपाली जनप्रगतिशील मंच राकका अध्यक्ष दीपक बिष्ट, एनआरएन राकका अध्यक्ष जनार्दन सुबेदी, अर्घाखाँची सम्पर्क समिती राकका गुन्ज बस्नेत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम ईनास राकका निबर्तमान अध्यक्ष केबिन जंग शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।
इमरान खानलाई अमेरिकाको छिर्के, आइएमएफको ऋण पाउन गाह्रो
इस्लामाबाद । अगस्त ११ देखि पाकिस्तानको सत्ताको बागडोर सम्हालिरहेका पूर्व पाकिस्तानी क्रिकेट कप्तान इमरान खानको बाटो त्यति सहज छैन। ठुलो आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट १२ अर्ब अमेरिकी डलरको ऋण लिन खोज्ने इमरानको योजना सफल होला जस्तो देखिन्न। यस्ताे भएकाे अवस्थामा याे उनलार्इ पहिलाे गाँसमै ढुङ्गा जस्तै हुनेछ । अमेरिकाको छिर्के मिडियामा वर्तमान आर्थिक संकटबाट जुझ्न पाकिस्तानले आइएमएफसँग ऋण माग्न सक्ने समाचार आइरहेको बेला अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफूहरूले आइएमएफको प्रतिक्रिया हेरिरहेको चेतावनी दिएका छन्। पोम्पियोकै शब्दमा, “हामीहरू आइएमएफले के गर्छ भन्ने राम्ररी नियालिरहेका छौं। कोषले कुनै पनि प्रकारको गल्ती गर्नु हुन्न । ” हुन त सिएनबिसीसँगको एउटा साक्षात्कारमा पोम्पियोले आफूहरूले पाकिस्तानसँग पारस्परिक लाभको सम्बन्ध स्थापित स्थापित गर्न इच्छुक रहेको बताएका थिए। तर उनले अहिलेको अवस्थामा पाकिस्तानलाई डलर दिइनु तर्कसंगत नरहेको बताए। पोम्पियोका अनुसार आइएमएफको मुद्रा संचितिमा अमेरिकी डलरको भूमिका महत्वपूर्ण हुने गर्दछ। उनका अनुसार पाकिस्तानलाई दिनु नै पर्ने भए चिनियाँ बोंड दिइनु पर्ने या चीनले नै उसलाई ऋण दिनसक्ने विचार व्यक्त गरेका छन्। इमरानलाई रित्तो भाँडो पाकिस्तानको डलर संचितिमा उल्लेख्य रूपमा कमी आएको छ र उसलाई तत्काल सहयोग चाहिएको छ। उता चीनबाट उसले यसअघि नै ठुलो रकम उधारो लिइसकेको छ। पाकिस्तानको प्रमुख समाचारपत्र ‘डन’मा प्रकाशित एउटा रिपोर्ट अनुसार इमरान नेतृत्वको ‘तहरिक – ए – इंसाफ’ पार्टीले सरकार बने लगत्तै आइएमएफसँग सहायताको लागि सम्पर्क गर्नेछ। संकटग्रस्त अर्थतन्त्र पाकिस्तानको निर्यातमा लगातार कमी आइरहेको छ र उसको ऋण दिनानुदिन बढ्दै गइरहेको छ। फाइनान्सियल टाइम्सका अनुसार पाकिस्तानका वरिष्ठ अधिकारीहरू कोषसँग १२ अर्ब डलरको ऋण लिन आवश्यक तयारी गरिरहेका छन्। उसो त समाचार एजेन्सी रोयटर्सले अन्तर्राष्ट्रिय मुद्रा कोषका एक जना प्रवक्तालाई उद्धृत गर्दै पाकिस्तानको तर्फबाट कोषलाई कुनै प्रकारको पनि अनुरोध आएको छैन। यस्तो अवस्थामा पाकिस्तान फेरि एकपल्ट चीनसँग ऋण लिन सक्छ। चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एंड रोड प्रोजेक्ट’मा सामेल भए यता उसले चीनबाट ठुलो रकम ऋण लिइसकेको छ। अर्थशास्त्रीहरूले पाकिस्तानलाई चीनसँग लिएको ऋणसम्बन्धमा चेतावनी दिइसकेका छन्। चीनको बढ्दो ऋण अर्थशास्त्रीहरूका अनुसार यस परियोजना अन्तर्गत पाकिस्तानमा जेजति काम भइरहेको छ त्यसमा पाकिस्तानको स्वामित्व नरहन सक्छ। रिपोर्टहरू अनुसार पाकिस्तानलाई चीनको ऋण तिर्न गाह्रो पर्न सक्छ। डनले सोमवार प्रकाशित गररेको एउटा रिपोर्ट अनुसार चीन ‘चाइना पाकिस्तान इकनॉमिक करिडोर’मा अझ लगानी थप्न तयार रहेको छ। घट्दो विदेशी मुद्रा संचिति केही महिना यता पाकिस्तानको विदेशी मुद्रा भंडारमा ठुलो कमी आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातारको वृद्धिले पाकिस्तानले गर्ने आयात महँगो हुँदै गइरहेको छ। स्टेट बैंक अफ पाकिस्तानले २० जुलाइमा जारी गरेको तथ्यांक अनुसार पाकिस्तानसंग अब मात्र ९ अर्ब डलर विदेशी मुद्र मात्र बाँकी छ। यो रकम मुस्किलले २ महिनासम्म आयात गर्न मात्र पर्याप्त रहेको छ। चीनले भने पाकिस्तानलाई लगातार ऋण उपलब्ध गरिरहेको छ। गत आर्थिक वर्षमा मात्र उसले चीनसँग ५ अर्ब डलर ऋण लिएको थियो। गत वर्ष डलरको तुलनामा पाकिस्तानी रुपैयाँ २० प्रतिशतले अवमूल्यन भएको थियो र पश्चिमा अर्थशास्त्रीहरूका अनुसार यस वर्ष रुपैयाँ अझै १० प्रतिशत तल खस्किन सक्छ।
युएईमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन दूतावासको आग्रह
युएई ,साउन १५ । नेपाली दूतावास युएईले गैर कानुनी रूपमा युएईमा कार्यरत नेपालीलाई युएई सरकारले ल्याउन लागेको आममाफी प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ। मंगलवार एक सूचना जारी गर्दै दूतावासले बिदेशी कामदारलाई लक्षित गरि युएई सरकारले आगामी अगस्ट १ तारीखदेखि अक्टोबर ३१ तारीखसम्म लागू हुने गरि सुरु गर्न लागेको आममाफी प्रक्रियामा सहभागी भएर बैधानिक बन्न वा स्वदेश फर्किन गैर कानुनी रूपमा कार्यरत नेपाली लाई अनुरोध गरेको छ। युएई सरकारले सुरु गर्न लागेको आममाफीको नयाँ नियम ३ महिना सम्मको लागि मात्रै भएको हुदा यथासिग्र आबस्यक कागजात र दस्तुर सहित दूतावासको कार्यलयमा सम्पर्क गारी स्वदेश फर्किन आवश्यक एक तर्फी यात्रा अनुमति पत्र वा नयाँ पासपोर्ट बनाउन दूतावासले सुचना मार्फत जानकारी दिएको छ। दूतावासद्वारा जारी सूचनामा गैर कानुनी रूपमा बसोबास गरेका नेपालीले नयाँ पासपोर्ट बनाउनका लागि पुरानो राहदानीको कपी ,नेपाली नागरिकताको कपी प्रहरी रिपोर्ट (पुरानो राहदानी हराएको अवस्थामा), राहदानी बनाउनको लागि दस्तुर नियमितको लागि दिरहाम २००, हराएरर बिग्रिएर राहदानी बनाउनु परेमा ४००र नाबालको लागि दिरहाम १००, उल्लेख गरेको छ । यस्तै एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्टका) लागि, पुरानो राहदानीको कपी भए पुग्नेछ भने यस्तो डकुमेन्ट निशुल्क जारी गरिने दूतावासले जानकारी दिएको छ।
मलेसियमा पनि कोरियामा मोडेलमा कामदार पठाउने तयारी
काठमाडौं, साउन १५ । नेपाली कामदारलाई अहिले मलेसिया जान रोक लगाइएको छ । यो नेपाल सरकारले रोकेको छ। वैदेशिक रोजगारीका क्रममा मलेसिया जादाँ नेपालीहरूले धेरै शुल्क तिर्नुपरेका भन्दै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै मलेसिया कामदार पठाउन रोक लगाएको हो । शुरुमा विरोध गरिएपनि यस विषयमा अहिले व्यापक छलफल गरिएको छ । र छलफलले नयाँ उचाइ लिएको छ । नेपालले वैदेशिक रोजगार सुझाव कार्यदल बनाएको थियो । जसले विदेशिने कामदारलाई ठगिनबाट जोगाउन र आर्थिक भारलाई ‘शून्य’ मा झार्न सरकारलाई नयाँ सुझाव दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाइएको प्रतिवेदनमा कामदारलाई आर्थिक भार पनि नथोपरिने र नठगिने वातावरण तयार गर्न केही महत्त्वपूर्ण सुझाव समेटिएका बताइएको छ । यसको दबाब मलेसिया सरकारसम्म पनि पुगेको छ। नेपाली कामदार जान रोकिएसँगै त्यहाँ सुरक्षा गार्डको अभाव भइरहेको भन्ने समाचार आइरहेका छन्। जसको कारण मलेसिया सरकार पनि यो विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउन चासो व्यक्त गरेको छ । साथै उसले नेपाली कामदारका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै त्यहाँ मानव संसाधन मन्त्रीले नेपालका यसअघिको कामदार नपठाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । र समस्या समाधानका लागि सरकारी तबरबाट काम गर्न सकिने बताएको छ । अब समाधान के हुन्छ त ? कसरी मिलाउन सकिएला यो विषय। दुईवटा विकल्प छन्। एउटा फ्री भिसा फ्री टिकट प्रक्रियालाई हटाएर ‘इम्प्लोयर्स पे मोडल’ को प्रयोगलार्इ प्रभावकारी गर्ने अर्को कोरियामा नेपाली कामदार पठाए जस्तै जिटुजी व्यवस्थामार्फत सरकारी तबरबाटै कामदार पठाउने। दुवैको उद्देश्य एउटै हो, नेपाली कामदारको सुरक्षा र काम अनुसारको प्रभावकारी तलब सुविधा। इम्प्लोयर्स पे मोडल किन ? अहिले कार्यान्वयनमा रहेको ‘फ्री भिसा र टिकट’ को मोडलका कारण बढिरहेको कामदार ठगिने क्रम रोक्न यो व्यवस्थामा नेपाली कामदार लैजाने मुलुकका रोजगारदाताले लाग्ने सबै खर्च आफैँले पठाउनुपर्छ । त्यसैले ‘कामदारले पैसा तिर्नु पर्दैन । बिचमा कुनै दोस्रो निकायले खेल्न र ठग्न सक्दैन। श्रीलंकामा यो मोडल सफल छ। जी टु जी भएमा के फाइदा ? कोरियामा नेपाली गएको जस्तै सरकारी तबरबाट कामदार पठाउने व्यवस्था भएकाले यो अरू व्यवस्थाभन्दा धेरै सुरक्षित छ। विदेशमा पाउने तलब र सुविधा त्यहाँको सरकारले तोकेको बमोजिम नै हुन्छ। नेपालीहरूले अहिले पाइरहेको तलब भन्दा धेरै तलब हुन सक्छ।

