मलेसियामा एक किशोरको उद्धारमा गएका ६ जनाको डुबेर मृत्यु
मलेसिया, असोज १८ । मलेसियाको एउटा खानीमा भएको पोखरीमा हराएका एक किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ।
बुधवार दिउँसो साथीहरूसँग माछा मार्न गएका ती १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए । अधिकारीका अनुसार उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्यार्इ दिएका थिए।
हराएका किशोरको खोजी अभियान बिहीवार फेरि थालिएको छ ।
उक्त घटना सेलाङ्गोर प्रान्तको सेपाङ जिल्लामा भएको हो । प्राप्त विवरणका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीहरूले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए ।
शक्तिशाली जलप्रवाहले सबै उद्धारकर्मीलाई पानीमा फन्फनी घुमाइदिएको उनले मलेशियाको सरकारी समाचार संस्था बेर्नामालाई बताएका छन् । त्यसो हुँदा उनीहरूले बोकेका उपकरण छुट्टिएका थिए ।
अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदलाई उद्धृत गर्दै न्यू स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ, ‘त्यहाँ भुमरी परेको थियो र उद्धारकर्मीहरूले त्यसबाट उम्कन संघर्ष गरेको देखिएको किनारामा रहेको टोलीले बताएको छ।’
ती उद्धारकर्मीहरू ३० मिनेटजति भुमरीमा फसेका थिए। अरू सहकर्मीले बाहिर निकाल्दा उनीहरू सबै अचेत थिए । कृत्रिम श्वासप्रश्वास गर्दा पनि उनीहरू बौरिएनन् । ‘६ जना कर्मचारीको मृत्यु भएको यो पहिलोचोटी हो’, उनले बेर्नामालाई भने, ‘यो हाम्रा लागि अन्त्यन्तै दुःखद दिन हो ।’
वाहिदका अनुसार प्रारम्भिक अनुसन्धानले बाढी रोक्न बनाइएको पर्खालले वर्षापछि आएको भेल रोक्न नसकेको देखाएको छ । बुधवार दिउँसो सो क्षेत्रमा ठूलो पानी परेको र त्यसका कारण पानीको वेग बढेको अनुमान गरिएको छ । बीबीसीबाट
अमेरिकामा एक नेपालीसहित तीन जनाको हत्या
वाशिङ्टन, असाेज ६ । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली महिलाको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए । सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै अाएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थालेकाे उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिदैं अमेरिकाको मूलधारको राजनीतिमा लागेका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको राससलाई जानकारी दिए। पर्वतमा जन्मनुभएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन् । -रासस
मलेसियामा मदिराको सेवन नगर्न स्वास्थ सेवा बिभागको अपिल ,विभिन्न ठाँउमा अनुगमन तीब्र
मलेशिया,असोज ५ ।मलेशियाको स्वास्थ्य सेवा बिभागले विभिन्न कम्पनीका मदिरामा अखाद्य पदार्थ तथा मेथनोल पाइएकाले तत्काल कुनैपनी कम्पनीको मदिराको सेवन नगर्न अपिल गरेको छ। गत सोमबार देखि मलेशियामा बिषक्त मदिराको सेवन बाट स्थानीय नागरिक सहित दर्जनौं आप्रवासी कामदारको ज्यान गएपछि बिभागले मदिराको सेवन नगर्न अपिल गरेको हो। यस्तै खाद्य गुण तथा सुरक्षा बिभाग र प्रहरीको टोलिले मलेशियाका विभिन्न शहरमा बिहीबार र शुक्रबार अनुगमन गरेको छ।अनुगमनका क्रममा विभिन्न स्टोरबाट छुट्टाछुट्टै कम्पनीका ६ सय ४७ वटा मदिराका बोतलमा अखाद्य पदार्थ पाइएपछी ती स्टोरहरुलाइ बन्द गरि कारबाही प्रक्रिया अगाडि बढाएको स्थानीय संचारमाध्यमले जनाएका छन। बिहीबार बिहान सम्म छुट्टाछुट्टै १४ वटा नयाँ घटनाका गुनासो आएसङ्गै स्वास्थ सेवा बिभाग र खाद्य गुण तथा सुरक्षा बिभागको टोलिले सयुक्त रूपमा अनुगमन सुरु गरेको हो ।अनुगमन कै क्रममा मदिरा बेचबिखन गर्न स्टोर हरुले खाद्य नियमको पालना नगरी अखाद्य मदिराको बिक्रीवितरण गरेको समेत भेटिएको छ। मलेशियामा सोमबार देखि बिषक्त मदिराको सेवन बाट सेलेङ्गरमा १६ क्वालालम्पुरमा ३ र पेराकमा २ गरि २१ जनाको मृत्यु भैसकेको पुस्टि भएको छ। href=”http://www.everestdainik.com/wp-content/uploads/2018/09/20180921_181947.jpg”> मलेशियाको खाद्य नियम १९८३को धारा १३९ अनुसार कुनैपनि कम्पनी वा स्टोरले जनताको स्वास्थ्यमा हानी पुर्याउने खाद्य पदार्थको उत्पादन तथा बिक्री बितरण गरेमा १ लाख रिंगेट जरिवाना सहित १० बर्ष कैद हुने ब्यबस्था गरेको छ।
मलेसियामा नेपाली कामदारहरु मदिरा सेवनबाट ६ को मृत्यु, १६ गम्भीर (नामावलीसहित)
असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ भने १६ जना नेपाली बिरामी भएका छन्। मलेसियाको सेलेङगर सहरका विभिन्न स्थानमा रोजगारीका क्रममा रहेका उनीहरु मंगलबार बेलुकादेखि अस्पताल भर्ना भएका थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। घटनाबारे जानकारी लिन उनी राति नै अस्पताल पुगेका थिए। उपचाररत जितबहादुर माझी मदिरा सेवनपछि बिरामी भएपश्चात् उनीहरुलाई सुंगाइबुलो, कजांग, क्लाङ, बान्टिङ अस्पताल लगिएको थियो । उपचार गराएर केही नेपाली फर्किइसकेका छन् । घटना सार्वजनिक भएलगत्तै त्यहाँस्थित टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए । नेपाललाइभबाट
रक्सी खाँदा मृत्यु हुनेको संख्या १९ पुग्यो, नेपालीसहित ५१ जना बिरामी
काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा खाँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । अन्य १४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाउने तथा गम्भीर बिरामी परेका अधिकांश नेपाली रहेको अनुमान गरिएको छ। सोमबार विभिन्न तीनवटा ब्राण्डका मदिरा खाँदा उनीहरु बिरामी परेका मलेसियाका सञ्चार माध्यमले जनाएका छन् । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा. नन्द हिमाम अब्दुलले बताए । विषाक्त रक्सी खानेहरुमा पेट दुुख्ने, बमिट गर्नेजस्ता लक्षण देखिएको केहीबेरमै बेहोस हुने लक्ष्यण देखिएको छ । बिरामीहरुको पनि रगत र पिसाबको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको कोआलालम्पुरमा परीक्षण भैरहेको छ ।
साइप्रसमा नेकपाको” प्रवासी नेपाली एकता मंच” गठन
साइप्रस,असोज २। नेकपाको प्रवासमा रहेका भातृ संगठनको एकता प्रक्रिया पनि तिब्र रूपमा अगाडि बढेको छ। साइप्रसमा नेकपाका कार्यकर्ताले आईतबार एक भेलाको आयोजना गरि साइप्रसको निकोसियामा रमिला राईको संयोजकत्वमा सचीव केशव ठकुरी सहित ३५ सदस्यीय नेपाल कम्युनिस्ट पार्टीको प्रवास सङ्गठन” प्रवासी नेपाली एकता मञ्च साइप्रस” गठन गरि पार्टी केन्द्रमा नाम सिफारिस गरेको छ। भेलाले नव गठित कमिटीलाई आयोजक कमिटीको रुप दिदै अबको छ महिनामा प्रवासी नेपाली एकता मन्चको अधिवेशन गर्ने उदेश्य सहित अन्य निर्णयहरु गरेको छ। यस्तै मञ्चला्ई कम्युनिस्ट एकताले दिएको प्रगतिशिल,जनवादी तथा देशभक्त नेपालीहरुको साझा संगठन बनाउने र ऐतिहासिक कालदेखि मुलुकमा रहदै आएको जातिय, भाषिक, धार्मिक, लैंगिक, क्षेत्रिय र वर्गिय विविधतालाई राष्ट्रिय सम्पदाको रुपमा स्विकार गर्दै विदेशमा रहेका नेपालीहरु विच साझा नेपाली पहिचानका आधारमा एकताको सुत्रमा समाहित गर्दै मुलुकको हितका पक्षमा क्रियासिल गराउने गरि संगठनमा सबैलाई समेट्दै अगाडि बढ्नु संगठनको मुख्य उद्देश रहेको सचिब केसब ठकुरिले बताएका छन। यस्तो छ नवगठित समितिको नामावली संयोजक रमिला राई ,सचीव केशब ठकुरि सदस्यहरुमा,माया लोप्चन तामाङ,दर्सन मगर,बिश्णु कुलुङ,संगीता गुरुङ, नबराज गौतम,सुनिला दोङ तामाङ,प्यारिता आङदेङ्बे, मुना क्षेत्री,सम्झना सेर्पा,सुस्मा बुढाथोकी,निस्चल लिम्बू,शोभा लिम्बू राई,सेरबहादुर राई,मनु लामा,कौसिला लिम्बू ,सबिता चौलागाईं निमि शेर्पा,मैना लामा,माया वाइबा,चारु दर्नान,नेहा राना मगर,सारा राना मगर,बिरेन भट्ट जस्मिन तामाङ, माया काप्ले,बिनोद साहा ठकुरि,लिला घले गुरुङ,शान्ति दोङ,आशा मल्ल,कालिका थापा मगर,रेनुका निरौला,पबि घिमेरे र अनिता लामा रहेका छन ।
मलेशियामा नेकपाको “प्रवासी नेपाली एकता मंच” गठन संयोजकमा रमेश तिवारी
मलेशिया,असोज २। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रवास संगठन प्रवासी नेपालि एकता मंच मलेशियामा गठन भएको छ। मंग्लवार मलेशियामा बसेको पुर्ब माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशील मंच र पुर्ब एमाले निकट प्रवासी नेपाली मंच बिचको सयुक्त बैठकले जन प्रगतिशील मंच मलेसियाका पुर्ब इन्चार्ज रमेश प्रसाद तिवारीको नेतृत्वमा ३० सदस्यीय समिति गठन गर्दै पार्टी केन्द्रमा नाम सिफारिस गरेको हो । बैठकले पुर्ब एमाले निकट प्रवासी मंचका महासचिव दयाराम कुमाल लाई नवगठित संगठनको सचीवमा सिफारिस गरेको छ ।भने संरक्षकमा पुर्ब एमाले निकट मंचका अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीलाइ राखेको छ। यस्तै बैठकले नवगठित संगठन को बरिस्ठ नेतामा जनप्रगतिसिल मन्चका पुर्ब अध्यक्ष प्रेम पाण्डे लाई राख्ने निर्णय गरेको छ। नेपालमा पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रवासमा साङ्ठनिक एकता हुन नसक्दा पार्टीले आबस्यक सर्कुलर पठाउन नसकेको बताउदै आपसी सहमतिमा केन्द्रको निर्देशन बमोजिम ५०/५० मा एकता गरि नाम सिफारिस गरिएको मंचका संयोजक तिवारीले जानकारी दिएका छन्। नव गठित मंचका सदस्यमा दुबै संगठन बाट १३/१३ जनाको नाम सिफारिस गरिएको छ भने तत्काल नेपाल जानुपर्ने अबस्थामा रहेका सदस्यहरुको नाम हेरफेर गर्न सकिने तिवारीले बताएका छन। यस्तो छ नवगठिन कार्यसमितिको नामावली संयोजक रमेश प्रसाद तिवारी ,सचीव दयाराम कुमाल ,संरक्षक राजेन्द्र प्रकाश भण्डारी ,बरिस्ठ नेता प्रेम पाण्डे सदस्यहरुमा,दिप लिम्बू ,रामचन्द्र घर्तीमगर ,शेर बहादुर गुरुङ ,दावा घिसिङ तामाङ ,गिता आले ,कमल शाहि ,मानविर पुजारा ,सुकमार घर्तीमगर,तेज बहादुर कार्की,अर्जुन सिह अनुरागी ,ज्ञान ध्वज गोले ,ललित प्रसाद भट्टराई ,सुगम मगर ,जीवन कुमार देवान ,सागर पहाडी ,बेद कुमार खतिवडा ,आनंद राई ,चक्र कुमार तामाङ ,सन्दीप संग्रौला ,आनंद सिह रावल ,बिनोद पाण्डे ,मनोज चापागाईं ,इन्द्र प्रसाद खनाल ,रबिन कार्की ,प्रेम मगर र तेम्बा शेर्पा रहेका छन।
युएईको रसअल खेमामा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना
युएई,असोज २।युनाईटेड अरब ईमिरेट्स(युएई)को रसअल खेमामा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता हुनेभएको छ। नेप्लीज स्पोर्ट्स क्लबको आयोजनामा बडादशैंको उपलक्षमा आगामी अक्टोबर ११ तारिकको दिन रस अलखेमाको सरकारी क्लबको ग्राउण्डमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा १५ भन्दा बढी नेपाली क्लबहरुले भाग लिने नेप्लीज स्पोर्ट्सका अध्यक्ष किशोर शाक्यले जानकारी दिएका छन ।प्रतियोगिताको बिजेताले ५ हजार ५ सय ५५ दिराम नेपाली १ लाख ७० हजार रुपैंया र उपविजेताले ३ हजार ३ सय ३३ दिराम नेपाली १ लाख रुपैंया सहित मेडल प्राप्त गर्नेछन्। खेलमा सहभागी हुन चाहाने टिमले आउँदो सेप्टेम्बर ३० तारीख भित्र आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ भने टिम दर्ताको लागि १ हजार १ सय ११ दिराम शुल्क निर्धारण गरिएको आयोजकले जनाएका छन्।
मलेशियामा रक्सी पिउँदा चार नेपाली सहित १५ जनाको मृत्यु ३३ जना बिरामी
मलेशिया,असोज २।मलेशियाका विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ। रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन र २ बंगलादेशी नागरिक बिरामी छन्। बिरामी परेका उनिहरुलाइ सुङ्गई बुलो अस्पताल, ब्यान्टिंग अस्पताल र क्वालालम्पुर अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन। यसअघि ज्यान गुमाउने ७ जनामध्ये ४ जना नेपाली थिए। पछिल्लो पटक थपिएकाको बारेमा भने केही खुलाइएको छैन। उनीहरुले तीन वटा रक्सी खाएको पाइएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाए अनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएपछि उनीहरु बिरामी भएका हुन्। घटनाको पूरा बिवरण आउन बाकी रहेको हुदा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ भने यता मलेसिया स्थित नेपाली दूतावासले घटना बारे हाल सम्म कुनै जानकारी दिएको छैन।
मलेसियामा एक नेपालीको मृत्यु
बैतडी । सडक दुर्घटनामा परी मलेसियामा शुक्रबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए । बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत रहेका थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ । रासस
६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिलबहादुर साउदी जेलबाट रिहा
रियाद,भदौ २५ ।ब्लडमनी तिर्न नसक्दा दुई बर्ष देखि साउदी जेलमा रहेका धवाङ -१० रोल्पाका दिलबहादुर घर्तीमगर जेलमुक्त भएका छन्। साउदी को रियाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत घर्तीले चलाएको सबारि दुर्घटना हुदा साउदीका एक स्थानीय नागरिक घाइते भइ उपचार को क्रममा मृत्यु भएपछी मृतकका आफन्तले घर्ती विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। घर्ती विरुद्ध दायर मुद्दामा अदालतले ६७ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएपछी दुई बर्ष देखि साउदी जेलमा जेल जीवन बिताउदै आएका उनी शनिबार ब्लडमनि बुझाएपछी रिहा भएको साउदी स्थित नेपाली दूतावासले जानकारी दिएको छ। जेलबाट रिहा भएका घर्तिलाइ आबस्यक कानूनी र कागजी प्रक्रियाका लागि साउदी स्थित ट्राफिक प्रहरी कार्यलय लगिएको र केहि दिनमा सबै प्रक्रिया पूरा गरि नेपाल फर्काइने दूतावास स्रोतले बताएको छ।घर्ती साउदीस्थित नेपाली दुतावासका प्रतिनिधिको रोहबारमा रिहा भएका हुन् । घर्तीलाई बचाउन नेपाल सहित विभिन्न देशमा रहेका नेपालीहरुले ब्लडमनि सङ्कलन गरि बुझाएका थिय ।
प्रदेश १ समन्वय परिसद कतारको पहिलो अधिवेशन, कार्की अध्यक्षमा निर्विरोध चयन
दोहा, भदौ १६ । प्रदेश नं १ समन्वय परिसद कतारको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चुडामणि काकीलार्ई अध्यक्षमा निर्विरोध चयन गरेको छ । ‘समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार’ भन्ने मुलनाराका साथ समन्वय परिसद कतारको पहिलो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार दोहाको रेडियसन होटलमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी एनआरएनए मध्यपूर्व संयोज आरके शर्माले देश अहिले संघीयता कार्यान्वयन गर्ने एतिहासिक मोडमा रहेको बताए । त्यसै अनुरुप प्रादेशिक सरकार स्थापनासंगै कामहरू भैरहेकोले प्रबासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीले व्यापार, पर्यटनमा सक्दो लगानी गर्नु पर्ने बताए । प्रवासमा दुख गरेर कमाएको पैसा स्वदेशमा विभिन्न क्षेत्रमा सक्दो लगानी गर्न उनले सबैमा अनुरोध गरे। कार्यक्रम एतिहासिक भएको भन्दै कतारमा रहेका प्रदेश न १ का सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीहरुलाई भब्य र सब्य एतिहासिक आयोजना गरेकोमा धन्यवाद दिए । कार्यक्रममा आइसीसी मानर्थ सदस्य नरेन्द्र भाट, कमलमणि गुरागाई, आइसीसी सदस्य बिमल सुवेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल प्रबासी नेपाली मन्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपालि जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाली जनप्रगतिशिल मंच अधिबेशन संयोजक रकमध्वज राई, तरार्इ मधेस लोकतान्त्रिक मन्चका हुसेन खान, संघीय समाजवादीका अध्यक्ष डिएन मगर, आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देबराज राई समाजसेवी सागर नेपाल, प्रदेश समन्वय समितिबाट प्रदेश ४ का आशबहादुर गुरुङ्ग लागायतले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश नं १ समन्वय परिसद कतारको तर्दथ समितिका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अशोक तामाङ र संचालन टेकनाथ बरालले गरेका थिए । यसैबिचमा समृद्दि हाम्रो सरोकार, उधमशिलता यसको आधार भन्ने बिषयमा जिल्लाका संस्थाहरुको सशक्तिकरण र प्रदेश समन्वय परिषदको भुमिका, समाज बिकास, ब्याक्तित्व बिकास सरकारसंग समन्वय र दिगो भबिस्यसँग सम्बधित विषयमा बिनोद भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए । समृद्दिका लागि प्रवासीको सहभागिताः प्रदेश र स्थानीय सरकारको भुमिका, रेमिटेयान्स, ज्ञान र सीपको सदुपयोग र आर्थिक साथै सामाजिक सुरक्षासंग सम्बन्धित विषयमा कुमार कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का १४ जिल्लाको बारेमा छोटो परिचय बिनेश तामाङ ले दिएका थिए। नर्वनिर्वाचित कार्यसमितिमा एक जना उपाध्यक्ष र एक जना सचिव रहने व्यवस्था छ । उपाध्यक्ष र सचिव निर्वाचित सदस्यहरू मध्येबाट मनोनयन गर्ने विधानमा व्यवस्था छ। कार्यक्रमका अध्यक्ष कार्कीले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अथिति, उपस्थितसँग प्रदेशवासीलाई विशेष धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
खस क्षत्री सेवा समाज कतारद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न
दोहा,भाद्र १६ ।खस क्षत्री सेवा समाज कतारले समाजका अध्यक्ष र सह-कोषाध्यक्षलाई बिदाई गरेको छ। समाजले बिहीवार दोहामा एक कार्यक्रमका बीच कर्मभुमि कतारको बसाइँ बिटमारेर जन्मभुमि जान लाग्नु भएका अध्यक्ष खगेन्द्र कार्की र सह-कोषाध्यक्ष रमेश चौहानलाइ सम्मान सहित बिदाई गरेको हो । बिदाई कार्यक्रममा बोल्दै खस क्षत्री सेवा समाज कतारका संरक्षक हंसराज ढकालले बिदेशको बसाई छोटाएर नेपालमा घरपरिवार संगै रहेर केही गर्ने सोच सहित जान लाग्नु भएका दुबैजनालाई सफलताको सुभकामना व्यक्त गर्दै ढिलो चाडो प्रवासमा रहेका नेपाली मातृभुमी फर्कने भएकोले बिदेशमा आर्जन गरेको पुजि र सीपलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । संरक्षक ढकालले समाजको सुरुवाती अप्ठेरो बेलादेखी निरन्तर साथ दिदै आउनु अध्यक्ष र सह-कोषाध्यक्षद्वयको बिदाईले कतारको समाजमा उहाँहरुको केहि अभाव खडने भएपनि जन्मभुमिको बसाईमा पनि सधै सामाजिक कार्यमा सक्रिय रहेन आग्रह गरे । कार्यक्रममा बोल्दै बिदाइ हुनुभएका निबर्तमान अध्यक्ष खगेन्द्र कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खस क्षत्री सेवा समाज कतारले गरेको सम्मानले आफुलाई नेपालमा गएपछी पनि समाज सेवामा लाग्न थप उर्जा प्रदान गरेको बताए । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्दु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका प्रमुख सल्लाहकार रेशम बहादुर बस्नेत, सल्लाहकार निगम कार्की, बिदाई हुनुभएकासह-कोषाध्यक्ष रमेश चौहान, आजिवन सदस्य एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती प्रवास संयोजक समीर खत्री लगाएतले बिदाई मन्तव्य राखेका थिए । समाजका उपाध्यक्ष धन बहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव रामजी खत्रीले गरेका थिए । दोहाको नज्मा स्थित युनिक रेस्टुरेन्टमा रात्री भोज सहित सम्पन्न कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी, सदस्य, आजिवन सदस्य लगाएतको उपस्थितरहेको प्रवक्ता सन्तोष क्षत्रीले बताए ।
कतार नेता नेपालले भने – मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन्
दोहा, भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार यति बेला स्थानीय र प्रदेश सरकारलाई क्रियासिल बनाउन कानुन निर्माण जुटेको बताएका छन् । नेता नेपाल अमेरिका जानेक्रममा दोहा ट्रान्जिटमा नेपाली प्रवासी मञ्च र नेपाली जनप्रगतिशिल मञ्च कतारका प्रतिनिधिसँगको दोहाको ओरिस रोटना होटलमा बिहीबार राती भएको भेटघाटमा सरकारलाई काम गर्न नदिन बाहिय शक्तिले गम्भीर पड्यन्त्र गरिरहेको आरोप लगाए । प्रवासी संगठनको एकताका लागि पार्टीभित्र गृहकार्य अन्तिम चरणमा रहेको उनले स्पष्ट पारे । सरकार अहिले पर्यटन, उर्जाको क्षेत्रको विकासमा लागिपरेको बताए । उनले भने, ‘अहिलेको सरकार २ वर्ष वा ३ वर्षको लागि सम्झौता गरेर आएको सरकार होइन । यो दिगो र स्थायी सरकार भएकाले काम गर्ने वातावरण दिनुपर्छ।’ देशमा हत्या, हिंसा, बलात्कारका जस्ता गतिविधि गर्नेलाई कडा सजाय र कानुनी दायरामा ल्याइ कडा कारबाह िगर्नु पर्ने उनले बताए । कुनैपनि अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्दछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपालबीच असन्तुष्टि बढेको भन्ने प्रति नेता नेपाले भने, ‘मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन् । पार्टी समानान्तर समिति बनाउन लागेको भन्ने कुराहरु सत्य होइन । अहिले सरकार र पार्टी विरुद्ध विभिन्न क्षेत्र र शक्ति केन्द्रबाट पड्यन्त्र भइरहेको छ । त्यसलाई निस्तेज पार्न सबै चनाखो बन्नु पर्दछ।’ भेटमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेलले देशको समसामयिक बिषय र प्रवासी संगठन एकताबारेमा नेता नेपालसँग जिज्ञासा राखेका थिए ।
साउदी जेलमा रहेका कुमारलाई आर्थिक सहयोग जुट्नेक्रम जारी
साउदी । साउदी अरबको जेलमा रहेका कुमार राना मगरलाई रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । गोरखाको भिसेन गाउँपालिका-७ घर भएका मगर साउदीमा गाडी चलाएका बेला त्यहिँका नागरिकलाई दुर्घटनामा पारेपछि उनी १ वर्षदेखि साउदी जेलमा छन् । उनले ठक्कर दिएका साउदी नागरिक उपचारका लागि अस्पतालमा छन् । घाइतेको उपचारका लागि साउदी नागरिकले रकम माग गरेपछि रानालाई जेलमुक्तका गर्न रकम संकलन कार्य जुटिरहेको हो । यसैबीच, नेपाली जन प्रगतिशील मञ्च साउदीले पनि रानालाई जेलबाट छुटाउनका लागि आर्थिक सहयोग गरेको छ । मञ्चले नवराज गिरी मार्फत राना बचाउ अभियानका संयोजक कृष्णप्रसाद ढकालको रोहबरमा रानाकी श्रीमती अम्विका मगरलाई रहकम हस्तान्तरण गरेको छ । मञ्चले राना बचाउ अभियानका लागि हिजो (बुधबार) ८७ हजार आर्थिक सहयोग गरेको हो । यस्तै, दिल बहादुर र कुमार राना रिहाई समितिका संयोजक हुम सुनारी मगरले मंचको पहलमा तीन हजार साउदी रियाल सहयोग गरेका छन् । मञ्चका महासचिव बाबुलाल बुढाले साउदीमा जेल जीवन बिताइरहेका कुमार राना र दिल बहादुर घर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यावद व्यक्त गरेका छन् । केही महिना अघि दिपेस पुनको संयोजकत्वमा बनेको दिल बहादुर रिहाइ समिति बिदेश बिभागमा रहेका महासचिव बुढा दुई वर्षदेखि दिलबहादुर घर्तीको रिहाइको लागि दूतावास मात्र नभएर तत्कालिन सभामुख ओनसरी घर्ती, बर्तमान उर्जा मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरा देखि उपराष्टपति नन्द किशोर पुनसम्म धाएका छन् । यसअघि पनि नेपाली जन प्रगतिशील मञ्चले थुप्रै सकारात्मक काम गरेको छ । उसले दिल बहादुरको रिहाइको लागि चाहिने रकम ६७ लाख रुपैयाँ परराष्ट मन्त्रालयमा जम्मा गरि सकेको छ । साथै, मञ्चले साउदी अरबका पीडित श्रमिकहरुलाई सहयोगलगायत विभिन्न राम्रा काम गरेको छ ।
मन्त्री बिष्ट र प्रवासीको हकहितमा सक्रिय पदाधिकारीबीच भेटवार्ता
काठमाडौं, साउन ३१ । श्रम रोजगार तथा सामाजिक मन्त्री गोकर्ण बिष्ट र के आइ नेपाल सस्थाका प्रमुख इन्द्र भट्टराई, मुम्जान मिया र प्रबासी मजदुर समस्याबारे लामो समय आन्दोलन चर्काउदै आएका बि बि खनालसहितको टोलीबीच भेटबार्ता भएको छ । उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो । उक्त टोलीले मन्त्री बिष्टलाई भेटेर वैदेशिक रोजगारीको नाममा दिल्ली हुँदै इराक, सिरिया, लिबिया, ओमन, कुबेत लेबलानमा नेपाली चेलीबेटी बेचबिखन भैरहेको र खाडी देशमा मेनपावर व्यावसायिक र दलालहरुले आजाद भिसाको नाममा ठगी गर्दै नेपालीहरुलार्इ अलपत्र पारेको र मेनपावर व्यावसायिले चर्को मूल्य असुलेर वैदेशिक रोजगारीमा मनपरि गरेकोबारे ध्यानाकर्षण गराएका छन । के आइ नेपालका प्रमुख भट्टराईले चेलीबेटी बेचबिखनबिरुद्ध र वैदेशिक रोजगारको नाममा नेपाली महिलालाई तेस्रो मुलुकमा लगेर बेचिएकोबारे मन्त्री लाई ध्यानाकर्षण गराउँदै आफ्नो संस्थाले एक महिना अगाडि भारतको पहाडगन्ज स्थित दिल्लीबाट दिल्ली महिला आयोगको सहयोगमा ९० जना नेपाली महिलालार्इ उद्दार गरेको उल्लेख गरे । भट्टराईले खुला नाकाको कारण नेपाली चेलीबेटी रोजगार पाउने आशामा बेचिएकोबारे चिन्तित हुँदै मन्त्री लाई गम्भीर हुन आग्रह गरे । खाडी देशमा नेपाली मजदुरहरुको हकहितको बारे आन्दोलन उठाउदै आएका बि बि खरालले दूतावासमा बस्ने श्रमिक कर्मचारी मजदुरहरुको गुनासो सुन्नुको साँटो मेनपावर व्यावसायिहरुको चाकरी गरेका कारण नेपाली मजदुरहरु अलपत्र पर्ने, भनेको तलब सुबिधा नपाउने र आजाद भिसामा ठगिने नेपालीहरुले न्याय नपाएकोप्रति मन्त्री गोकर्णको ध्यानाकर्षण गराए ।