रु ३५ करोड ६० लाख जापानी अनुदान

काठमाडौँ, मङ्सिर ४ ।

जापान सरकारले खाद्य सहायता कार्यक्रम अन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अनुदान सहायता सम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेका परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको छ ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी तारो कोनोबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्न जापान सरकारले उक्त सहायता उपलब्ध गराएको हो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक, आर्थिक एवं भौतिक पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग गर्दै आएको छ । रासस

नेपालका जुनसुकै विमान अब थाइल्यान्ड जान पाउने

काठमाडौं, कार्तिक १७ । नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् ।   दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।   पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, कोअपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राट्रिय उड्डयन संगठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

युएईमा सिर्जना बरालको हत्या !नेपालीको बदनाम, मदिरा सेवन प्रमुख कारण

युएई,कार्तिक १६। युनाईटेड अरब ईमिरेट्स (युएई) को शारजाहमा गत शुक्रबार २६ अक्टोबरका दिन काठमाण्डौ घर भएकी सिर्जना बरालको हत्या भयो । सविना तामाङ (सोनी) ले छुरी प्रहार गरी सिर्जनाको हत्या गरेकी हुन् । शारजाहको ईण्डस्ट्रिअल एरिया १२ नम्बरमा तान्जिफ्को ईमिरेट्स कम्पनीमा कार्यरत २७२ जना नेपाली महिलाहरुको क्याम्प छ । सोही घटनामा क्याम्पमा रहेकी सर्लाही घर भएकी ममता चौधरी सख्त घाईते भएकी छिन् । उनको अहिले दुबईको अल कासिमी अस्पतालमा उपचार भईरहेको छ । सामान्य घाईते सलिना मगर र आशा दर्जी दुबईकै कुबेती अस्पतालमा उपचार पछी डिस्चार्ज भएका छन् । सिन्धुली माईत र नुवाकोट घर भएकी विवाहित सोनी एक बर्ष अघी शारजाहको ईण्डस्ट्रिअल एरिया १२ नम्बरमा रहेको क्याम्पमा बस्न आईपुगेकी हुन् । उनी २ जना सन्तानको आमा हुन् । ३ बर्ष अघी युएई आएकी उनी रस अल खैमह र फुजैराह हुँदै शारजाह बस्न आईपुगेकी थिईन् । झगडा गरिरहने भएकोले कम्पनीले सोनीलाई रस अल खैमह र फुजैराहमा लामो समय नराखी शारजाह सरुवा गरेको थियो । ३९ बर्षिय सोनी मानसिक रुपमा बिच्छिप्त देखिन्थिन् । सधैं झगडा गरिरहने र साथीहरुलाई हातपात गरिरहने कारणले उनलाई कम्पनीले पटक पटक चेतावानी समेत दिएको थियो । केही दिन अघी मात्र उनले एक जना बङ्लादेशी केटालाई हिर्काएकी थिईन् । उनी अत्यधिक मात्रामा मदिरा सेवन गर्थिन् । सोनी तामांग अत्यधिक मदिरा सेवन गर्ने बानी भएकोले नै कम्पनीले मदिरा नपाउने एरिया भनेर शारजाहमा सरुवा गरेको थियो। तर पनि उनले मदिरा पिउन छोडिनन् । क्याम्प एरिया भित्र मदिरा ल्याउन र पिउन निषेध छ । त्यसैले उनीहरु क्याम्प देखि केही पर बालुवा घारीमा वा अन्य कतै छेलिएर एकान्तमा बसेर मदिरा पिउने गर्थे । मदिरा पिईसके पछी क्याम्प फर्कन्थे । उक्त स्थानमा बाङ्लादेशीहरुले गैर कानुनी रुपमा लुकीछिपी मदिरा बिक्री बितरण गर्दै आएका छन् । घटना गत शुक्रबार राती ११ बजे तिरको हो । क्याम्पमा रहेका लक्ष्मी राई, आशा दर्जी, सिर्जना बराल र सविना तामाङ पहिले झै बाहिर गएर रक्सी पिएर कोठा फर्के । बगरमा बसेर रक्सी पिउँदा सधैं झै उनिहरुमा बिबाद भयो । सविनाको मुख्य बिबाद र झगडा लक्ष्मी राईसँग भएको थियो । उनिहरु बिचको झगडामा सिर्जनाले लक्ष्मीको समर्थनमा बोलेकी थिईन् । रक्सी पिएको स्थानमा उनिहरु बिच सामान्य ठेलाठेल र भनाभन मात्र भयो । भनाभनको क्रममा लक्ष्मीले सविनालाई ’हिँजडा’ र ’भालु’ आदि उपनामले गाली गरिन् । रिसालु सविनालाई ती शब्दहरु मुटुमै गढे । घाईते ममता राती ११ बजे क्याम्पमा कोलाहल मच्चियो । पल्लो कोठामा बस्ने ममता चौधरी कुदेर झगडा भएको कोठामा पुगिन । उनी पुग्दा सविनाले सिर्जनालाई छुरी प्रहारी गरिसकेकी थिईन् । सिर्जना भने भुइमा ढलेर ऐया ऐया भनेर चिच्याईरहेकी थिईन् । सविनाले खासमा लक्ष्मीलाई प्रहार गर्न खोजेकी हुनुपर्छ। लक्ष्मीलाई नभेटे पछी उनले सिर्जनालाई प्रहार गारिन् । प्रहार गर्नु अघी उनिहरु बिच कपाल लुछालुछ भएको थियो। सविनाले पहिले नै भान्सामा प्रयोग हुने छुरी कम्मरमा लुकाएर ल्याएकी रहिछिन् । तर उनले छुरी ल्याएको बारे कसैलाई पनि थाहा थिएन् । उनले कम्मरबाट छुरी निकालिन् र सिर्जनाको तिघ्रा, योनी हुँदै पेट सम्म घोपिन् । सविनामा महाकालीको रुप उत्रिसकेको थियो । कोठाका अन्य साथीहरुले बचाउन सक्ने स्थिती नै भएन । अस्पतालमा पुर्याए पछी डाक्टरले बचाउने धेरै प्रयास गरे पनि अत्यधिक रक्तश्राबको कारण सिर्जनाको मृत्यु भयो । उनको १० बर्ष जतिकोे छोरो रहेको छ । मृतक सिर्जना बराल सविनाले ममतालाई पनि छुरी हानिन् । ममतालाई पहिले पछाडिबाट टाउकोमा छुरी प्रहार गरिन् भने उनी ढले पछी ढाडमा ३ पटक प्रहार गरिन् । उनी झगडा छुट्याउन र सविनालाई रोक्न पुगेकी थिईन् । छुट्याउने क्रममा सँगै गएकी सलिनालाई तिघ्रामा चोट लागेको छ। लक्ष्मी, आशा, सिर्जना र सविना ४ जनाले रक्सी सेवन गरेका हुन् । ममता र सलिना उक्त झगडामा सामेल थिएनन् र रक्सी पनि खाँदैनन् । साथीहरुको झगडा मिलाउने क्रममा घाईते भए । बिभिन्न समाचारहरुमा आएको जस्तो ग्यांग फाइट पनि हैन । झगडा सविना र लक्ष्मी बिचको हो । क्याम्पमा २७२ जना नेपाली महिला छन् । ती मध्ये एक दुई जना खराब भए पनि सबै खराब छैनन् । खाडीमा आएर क्लिनिङको काम गर्नुमा सबैको आफ्नो आफ्नो बिबशता र बाध्यता छ । हाम्रो पनि घर, परिवार र समाज छ । सिर्जनाको हत्याले सबैजना शोकाकुल छौं । त्यो भन्दा पनि धेरै चिन्तित आफुहरु बद्नाम भएकोमा छौं । हामी रक्स्याहा महिला हैनौ भनेर लेखिदिनुस् है ! (कम्पनीमा कार्यरत नेपाली महिला र घाइतेसँग गरेको कुराकानीको आधारमा)सहयोगि :मेघराज सापकोटा

नेपाली चेली अमेरिकाको पार्क एण्ड लिजर सर्भिसको बोर्ड सदस्य

काठमाडौं । अध्‍ययनका लागि अमेरिका पुगेकी नेपाली मूलकी इशा शर्मा टेक्सस राज्यस्थित युलेस सहरको पार्क एण्ड लिजर सर्भिसको बोर्ड सदस्‍यमा मनोनीत भएकी छन् । दुई वर्षका लागि शर्मालाई युलेस सहरकी मेयर लिण्डा मार्टिनले अक्टोबर २४ माबोर्ड सदस्‍यमा मनोनयन गरेकी हुन्।  उनको मनोनयनलाई युलेस नगरको बोर्डले अनुमोदन गरिसकेको छ। शर्माले सन् २०१० मा युनिभर्सिटी अफ न्‍यू ओर्लियन्सबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् भने लुजियना स्टेट युनिभर्सिटीबाट मानव संसाधन तथा नेतृत्व विकास विषयमा स्नातकोत्तर गरेकी छिन्। शर्मा बोर्ड सदस्य मनोनीत भएपछि त्‍यहाँ बस्‍ने नेपाली समुदाय खुसी भएको टेक्ससबाट सञ्चालन हुँदै आएको अनलाइन हिमालयखबरले उल्लेख गरेको छ। नेपाली समुदायकी अगुवा प्रभात दीक्षितले खुसी हुँदै भनेका छन्, ‘हाम्रो लागि यो खुसीको कुरा हो। अब हामी अगाडि बढ्‍नुपर्छ।’ शर्मा सपरिवार युलेसमा बस्‍दै आएकी छन्। -देशसञ्चारबाट

प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

ओमन,कार्तिक ३। प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको रुबि स्थिति अल मासा हलमा शुक्रबार भब्यताका साथ सम्पन्न भएको छ ।   बिजया दशमीको दिन आयोजना गरिएको उक्त कार्यक्रममा ओमनमा कार्यरत नेपाली हिन्दू धर्मावलम्बीहरुले एकआपसमा सुभकामना आदानप्रदान समेत गरेका थिए।   प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला ढकाल पराजुली रहेकी थिइन् भने अतिथिहरुमा नेपाल बाट आएका चर्चित कलाकारहरु गायक तिलक परियार, गायिका अमृता लामिछाने, नेपाली जनसम्पर्क समिति ओमनका उपसभापति सालिकराम चापागाईं, ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, बिवेकशील साझा पार्टीका सचीव राजेन्द्र सिलवालको सहभागिता थियो ।    यस्तै, नेपाली समाज ओमानकि पार्वती श्रेष्ठ, गैर आवाशीय नेपाली सोसल क्लब ओमनका महासचिव पुर्ण ब. श्रेष्ठ, म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष उमा आचार्य ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ, बुद्ध भिजन ओमन,तमु समाज ओमन,नेपाल मगर संघ ओमन, दलित एकता संजाल ओमान ,सगरमाथा समूह ओमन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमन , कृश्चिएन फिलोसोपि ओमन, पत्रकार, बुद्धिजीवी, व्यवसायीसमेतको पनि उपस्थिति थियो। उपस्तिथि अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसि, बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात मैन बत्ती बालेर राष्ट्रिय गीत बजाई कार्यक्रमको उद्दाटन गरीएको थियो । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै, प्रवासी नेपाली एकता मञ्च ओमनका सांस्कृतिक बिभाग सह संयोजक रामहरी गिरिले स्वागत मन्तव्य राखेका थिए।   संयोजक रन्जित आचार्यले बिहान उठन बित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् भन्ने गित बाट कार्यक्रममा उपस्थित अतिथीहरु लाई स्वागत गरेका थिए । प्रमुख अतिथी नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला पराजुली ढकाल, कार्यदल सदस्य उमेश विश्वकर्मा लगायत ओमनमा रहेका विभिन्न संघ संस्थाहरुले दशैँको शुभकामना मन्तब्य राखेका थिए । मन्तव्य संगै महामहिम राजदुत सर्मिला ढकाल पराजुली संस्थाका सल्लाहकार समाज सेवि तोलाकान्ता भट्टराईले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाएका थिए भने विष्णु चौलागाईं , पुर्ण विश्वकर्मा (पहाडी ), सम्झना केसिले कार्यक्रम संचालन गरेका थिए ।   नेपाल बाट आएका कलाकार तिलक परियार, अमृता लामिछानेको गायन प्रस्तुति बाट हलमा रहेका दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए। साथमा ओमन स्थित विभिन्न संस्था बाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमले थप रौनक थपेको थियो । संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै आएका कलाकारलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा खाना पानी चिसो पियपदार्थको पनि व्यवस्था रहेको थियो। कार्यक्रमलाई डिसि नेपालका बिनेश खनाल, इरुप्से ड्ट्कमले फेसबुक मार्फत लाईभ प्रसारण गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रम अध्यक्ष सोम कृष्ण श्रेष्ठले कार्यक्रम सफल पार्न नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । दशैको अवसरपारेर गरिएको यस्तो कार्यक्रम बाट ओमानमा कार्यरत नेपालीहरु बिच आत्मियता र भाइचाराको सम्बन्ध अझै प्रगाढ हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिने पुर्ण विश्वकर्माले बताएका छन।

कतारमा पनि भब्य रुपमा मनाइयो दशै [फोटो फिचर]

दोहा,कार्तिक ३।नेपाली हिन्दुहरुको महान पर्व दशैं रोजगारीको शिलसिलामा कतारमा रहेका नेपालीहरुले पनि टिका र जमरा लगाएर सामुहिकरुमा मनाएका छन्। खस क्षत्री सेवा समाज कतारले आयोजना गरेको शुभकामना आदानप्रदान सहित सामुहिकरुपमा टिका ग्रहण कार्यक्रममा सहभागी भएर कतारमा रहेका नेपालीहरुले दशैं मनाएका हुन । खस क्षत्रीहरुले हरेक वर्ष विजया दशमीको घटस्थापनाको दिनलाई क्षत्री दिवसको रुपमा मनाउँदैं आएकोमा यस वर्षपनि विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा क्षत्री दिवस मनाउँदैं बिजया दशमी, सुभ दिपावली र छ्ठ पर्वको शुभकामना आदान प्रदान गरिएको छ । कार्यक्रममा बोल्दैं खस क्षत्री समाज कतारका संरक्षक टिबी कार्कीले बाध्यताले परदेशिय पनि आफ्नो संस्कार र संस्कृती सबैलाई प्यारो हुने भन्दैं परदेशिएका नेपालीहरु एक भएर आफ्ना मौलिक संस्कृतिहरुको संरक्षण गर्नुपर्ने बताए। देशका विभिन्न स्थानबाट विदेशिएका युवाहरु एक ठाउँ हुँदा आपसी एकता र सद्भाव अझै बढी हुने बताए । शालिमार दरवार रेष्टुरेन्टमा विन महोमुद दोहामा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसीका द्दितिय उपाध्यक्ष सुर्दशन भट्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री महोमद अजिज अली, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम वक्स मिया, गण्डकी प्रदेश समन्वय परिषदका संयोजक आश बहादुर गुरुङ, प्रदेश नम्बर ३ समन्वय परिषदका अध्यक्ष समिर केसी, फेवा सांस्कृतिक परिवारका सचिव सावित्री गिरी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका महासचिव लेख कार्की लगाएतले मन्तव्य राखेका थिए। दाङ देउखुरी सेवा समाज र फेवा सांस्कृतिक परिवारले विषेश सहयोग गरेको कार्यक्रममा प्रशान्त परियार, साजना स्वणाकार, सन्तोष गिरी (माग्ने बुढा), अभिषेक धमला, विवस दुतराज, भरत के सी , बिनिता के सी र बिरेन्द्र सुनार लगाएतको सांगितीक प्रस्तुती रहेको थियो। कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष विश्व बन्धु थापाको अध्यक्षता, प्रमुख सल्लहाकार रेशम बस्नेतको स्वागत र महासचिव रामजी खत्रीको सञ्चालनमा सम्पन्न भएको समाजका प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

नेपाली मजदुरका समस्या समाधान गर्न कतारमा संयुक्त अभियान सुरु

दोहा,असोज २६।कतारमा नेपाली मजदुरका समस्या प्रति दूतावासले चासो देखाउन छोडेको भन्दै मजदुर समस्या समाधानका लागि संयुक्त अभियान सुरु गरिएको छ। विशेषगरि मानव तस्करी,ठगी र आजाद भिषाको नाममा नेपाली लाई कतार पुर्याइ अलपत्र पार्न गिरोहका विरुद्ध एक भएर लाग्न कतारमा रहेका ५ राजनीतिक दलका भातृ संगठनका प्रतिनिधि हरुले संयुक्त कार्यदल बनाइ काम सुरु गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन्। रोजगारीका लागि कतार पुगेका धेरै नेपालीहरु दलाल बाट ठगिदा समेत दूतावासले ठोस कदम नचाले पछी आफुहरुले संयुक्त अभियान संचालन गरि दलाल विरुद्ध लड्न लागेको खरालको भनाइ छ। बिहिवार कतारको राजधानी दोहा स्थित तरबारगेट नजिक रहेको बम्बे चौपाटी रेस्टुरेन्टमा विभिन्न संगठनका प्रतिनिधि सहितको भेलाले ७ जनाको कार्यदल गठन गरेको छ । उक्त भेलामा मजदुरहरुको आवाज उठाइरहने मजदुर नेता बि बि खराल नेकपाका प्रतिनिधि रामहरि गैरे,पुर्ब एमाले प्रबासी मंचका अध्यक्ष ,उपाध्यक्ष अब्दुल मिया ,संघीय समाजबादी फोरमका नेता हिराधन राई ,नयाँ शक्ती पार्टीका अध्यक्ष देब परियार ,बिबेकशिल साझाका कतार अध्यक्ष सुरेश आश्रति भट्ट ,नेकपा बिप्लब जनप्रगतिशिल मोर्चाका माहसचिब जेपि किशोर यादब,जिफन्ड कतारका मजदुर संगठनका अध्यक्ष बसन्त बिक , जनप्रगतिशिल मोर्चाका सल्लाहकार संयोजक रमेश गिरि ,नयाँ शक्ति कतारका सल्लाहकार दोय शिशिर सुवेदी ,ध्रुब क्षेत्री सहित२१ जनाको उपस्थिती रहेकोे थियो। भेलाले एक कमिटी गठन गरि उक्त कमिटीलाई मजदुर समस्या पहिचान त समाधान अभियानको रूपमा संचालन गर्न जानकारी दिएको छ। कमिटीले नेपाल सरकार ,नेपाली दूतावास र सरोकारवाला निकाए लाई कतारमा कार्यरत मजदुरको अवस्था र समस्या बारे जानकारी गराउदै समस्या समाधानको लागि तत्काल पहल गराउने जनाएको छ।

बिदेश पठाइदिने भन्दै दलालले भारतमा बन्धक बनाएर राखेका ८ नेपाली महिलाको उद्दार

नयाँ दिल्ली,असोज २५।रोजगारीका लागी बिदेश लैैैजान्छु भन्दै भारतको नयाँ दिल्ली स्थित एक होटेलमा बन्धक बनाइ राखिएका ८ नेपाली महिलाको उद्दार गरिएको छ। भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट बन्धक रहेका नेपाली महिला तथा किशोरीहरुको के. आई. नेपाल, दिल्ली महिला आयोग र दिल्ली पुलिसको संयुक्त प्रयासमा बिहीबार उद्दार गरिएको हो। १९ देखि ३७ बर्ष उमेरका उक्त महिला तथा किशोरीहरुलाई विभिन्न बहानामा कुवेत तथा इराकमा रोजगारीका लागि पठाइदिने भन्दै ३ दिनदेखि १ महिनासम्म नेपालका विभिन्न जिल्लाहरुबाट दिल्ली पुर्याई बन्धक बनाएर राखिएको जानकारी के.आई. नेपाललाई प्राप्त भए पश्चात उद्धार प्रकृया अगाडि बढाइएको थियो भने उद्धार गरिएका महिला तथा किशोरीहरुलाई दिल्ली महिला आगोगको सहकार्यमा दिल्ली स्थित पुनस्र्थापना केन्द्रमा राखी परामर्श दिने कार्य भईरहेको जानकारी के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले दिएका छन्। उद्धार गरिएका महिला तथा किशोरीहरुले लामो समयको बन्धकबाट मुक्त भई नजिकिदै गरेको दशैको अवसरमा घर तथा परिवारमा पुनर्मिलन हुने आशमा खुशी व्यक्त गरेका छन् भने ती महिला तथा किशोरीहरुलाई आवश्यक कानुनी प्रकृया पुरा गरी स्वदेशफिर्ती गरी परिवारमा पुनर्मिलन गराइने जानकारी दिल्लीस्थित के. नेपालका प्रतिनिधिले दिएका छन। के. आई. नेपालले गत साउन ९ गते भारतको नयाँ दिल्लीस्थित मुर्निकाको एक कोठाबाट १६ जना नेपाली महिला तथा किशोरीको उद्धार गरेको थियो ।भने सोही साताको साउन १५ गतेका दिन भारतको नयाँ दिल्लीस्थित पहाडगंजबाट ३९ जना महिला तथा किशोरीको उद्धार गरी ५२ जना महिला तथा किशोरीहरुलाई स्वदेशफिर्ती पश्चात परिवारमा पुनर्मिलन गराउन सफल भएको थियो । नेपाल सरकारले रोजगारीका लागि घरेलु कामदारका रूपमा बिदेश जान प्रतिबन्ध लगाए पश्चात् वैदेशिक रोजगारीका बर्सेनि हजारौं महिला दिल्लीको बाटो हुँदै विभिन्न देशमा लुकुछिपी जाने गरेका छन्।

यूएइमा एक नेपालीलाई ५ वर्ष जेल

काठमाडौं, असोज २४ । यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।     यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् ।   फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । जोशी सुपरभाइजर थिए । कान्तिपुर दैनिकमा खबर छ ।

मलेशियामा मृत्यु भएका १३ नेपालीको सम्झनामा दूतावास द्वारा शोक सभाको आयोजना

मलेसिया,असोज २३। बिषादियुक्त मदिराको सेवनबाट मलेशियामा ज्यान गुमाएका १३ जना नेपालीको सम्झनामा नेपाली दूतावास मलेशियाले शोक सभाको आयोजना गर्ने भएको छ। गत असोज १ गते देखि मलेशियाका विभिन्न ठाउँमा बिषाक्त मदिराको सेवन बाट असोज २३ सम्म १३ जना नेपालीले ज्यान गुमाएको पुष्टि गर्दै दूतावासले मृत्यु हुने नेेपालीको सम्झनामा आउँदो २६ तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको छ। वैदेशिक रोजगारीका लागि मलेशिया आएका नेपालीले अनाहकमा ज्यान गुमाएको देख्दा हामी निक्कै दुखित छौ ।त्यो एउटा ठुलो घटना थियो आगामी दिनमा हामी सबैलाई सचेत रहन आग्रह गर्छौ दूतावास स्रोतको भनाइ छ।

नासर अल अली इन्टरप्राइसेसका ६० कामदारले सुनको सिक्का पाए

कतार, असोज २३ । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत साठीजना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५–५ ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए । यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान गरेका थिए । सुनको सिक्का पाउने मध्येका एक कामदारले आफु २००८ मा यस कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्कर (मेसन) मा पदोन्नती भएको बताउँदै सो कम्पनीमा काम गरेर आफ्नो आर्थिक स्थितिमा समेत आफुले सुधार गर्न सकेको बताए । सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अल अली इन्टरप्राइसेस आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सबैसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन् । आफनो घरपरिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ । आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनै पनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउँदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए । समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।

साउदीमा नेकपाको प्रवासी नेपाली एकता मंच गठन

साउदी,असोज २०।नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवास संगठन “प्रवासी नेपाली एकता मंच साउदीमा पनि गठन भएको छ। साउदी अरबका कृयाशिल दुई प्रबास संगठन प्रबासी नेपाली मञ्च र नेपाली जन प्रगतिशील मञ्चबीच एकीकरण भइ प्रबासी नेपाली एकता मञ्च गठन भएको हो । पार्टी केन्द्रको निर्देशन अनुसार प्रवासमा रहेका दुबै पार्टीका जन बर्गिय संगठनहरु बिच एकता प्रक्रिया सुरु भएको थियो। नेकपाले साउदी अरबमा एकीकरणको लागि बलराम गिरी ,कमल साही (निर्मल), राजु खनाल ,र बाबुलाल बुढा रहेको चार सदस्यीय कार्यदल वनाएको थियो । कार्यदलको पटक पटक बैठक बसि नेतृत्वको लागि दुबै मंचको दाबी यथावत रहेकोले नेतृत्व चयन हुन नसकेको कार्यदलका एक सदस्यले बताए । नेतृत्वको लागि दुई दुई जनाको नाम सिफारिस गरि आबश्यक निर्णयार्थ पार्टी केन्द्रमा पठाइएको छ । संयोजक र सचिबबाहेक ३१ जना केन्द्रीय सदस्य निर्बिरोध चयन भएको छ कमल साही (निर्मल) ले जानकारी दिएका छन्। नेपालमा पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रवासमा रहेका संगठनहरु बीच एकता हुन नसके पछी नेकपाको बिदेश बिभागले सकभर सहमतिमा र यदि सहमति हुन नसके कायर्दल बाट केन्द्रमा नेतृत्वको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

प्रतिस्ठानको सहयोगार्थ कतारमा विविध सास्कृतिक कार्यक्रम सम्पन्न

सन्तोष क्षत्री दोहा,असोज २०।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निर्माणधिन भवनको लागी आर्थिक सहयोगार्थ कतार शाखाको आयोजनामा बिजया दशमी तथा सुभ दिपावलीको सुभकामना आदानप्रदान सहितको विविध संस्कृति कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनीले नेपालको पुर्ब देखि पश्चिम र हिमाल देखि तराई सम्मका लोक संस्कृतिको संरक्षणको लागि भवन निमार्ण गर्न लागीएको बताए । अध्यक्ष पङ्गेनीले विभिन्न भुभाग, भाषाभासी र भूगोलमा छरिएर रहेको मैलिक लोक संस्कृतिका बाजा देखि कलाकार सम्मको अभिलेख तथा संग्रहालय रहने गरि महत्त्वपूर्ण योजना सहित आफुहरु लागेको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे । आफ्नै कार्यकालमा भवन निर्माण गरि सक्ने लक्ष्य रहेको भन्दै अध्यक्ष पङ्गेनीले नेपालीले बिदेशमा रहेर पनि मातृभुमिमा आइपर्ने हरेक दुख सुखमा निरन्तर साथ दिदै आएको भन्दै प्रतिस्ठानको भवन निर्माणमा पनि सहयोग प्रदान गर्न आग्रह गरे । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा अध्यक्ष कृष्ण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्व संयोजक आर के शर्मा, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितीका महामन्त्री मोहमद अजिज अलि,नेपाली जनप्रगतिशील मन्च कतार पाँचौ महाधिवेशन आयोजक समितिका उप-संयोजक राजु डुम्रे,तराइ मधेस लोकतान्त्रिक मन्चका अध्यक्ष हुसेन खान,एनआरएनए एनसिसि कतारका महासचिव बुधवल गुरुङ, नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मिया, सम्पुर्ण सामाजिक संघसंस्थाको तर्फबाट पर्वत युवा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाका प्रमुख सल्लाहकार दुर्गा पङ्गेनी, सल्लाहकार ईश्वर पोख्रेल, अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, नारायण समाजसेवी लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै कार्यक्रम संयोजक शक्ति क्षत्रीले “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण ,श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नाराका साथ स्थापित संस्थाले आफ्नै भवन निर्माण गर्ने पवित्र उदेश्यले कार्यक्रम आयोजना गरेकोले सहयोगको लागि आग्रह गरे । कार्यक्रमको प्रमुख आकर्षण समेत रहेका चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनी र गायिका तुलसा जिसि क्षत्रीको लाइभ दोहोरीमा दर्शक झुमेका थिए । कार्यक्रममा नेपाल बाट आएकी मोड्ल रोजि बस्नेत संगै रित कुमार श्रेष्ठ, लेखनाथ रिमाल, पुष्पा लिम्बु, सपना थापा, दिपेन्द्र सुनार लगाएतका कलाकारको प्रस्तुति रहेको थियो । साथै प्रदेशिएका हरुको बास्त्विकता बोकेर पछिल्लो समय चर्चित बनेको गित `बोल माया´ मा आधारित कलाकारको अभिनयले दर्शक दिर्घामा सन्नटा छाएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा सचीव रित कुमार श्रेष्ठ र सचिवालय सदस्य तिलुशर्मा पौडेलले गरेका थिए ।  

मलेसियामा एक किशोरको उद्धारमा गएका ६ जनाको डुबेर मृत्यु

मलेसिया, असोज १८ । मलेसियाको एउटा खानीमा भएको पोखरीमा हराएका एक किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ। बुधवार दिउँसो साथीहरूसँग माछा मार्न गएका ती १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए । अधिकारीका अनुसार उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्यार्इ दिएका थिए। हराएका किशोरको खोजी अभियान बिहीवार फेरि थालिएको छ । उक्त घटना सेलाङ्गोर प्रान्तको सेपाङ जिल्लामा भएको हो । प्राप्त विवरणका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीहरूले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए । शक्तिशाली जलप्रवाहले सबै उद्धारकर्मीलाई पानीमा फन्फनी घुमाइदिएको उनले मलेशियाको सरकारी समाचार संस्था बेर्नामालाई बताएका छन् । त्यसो हुँदा उनीहरूले बोकेका उपकरण छुट्टिएका थिए । अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदलाई उद्धृत गर्दै न्यू स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ, ‘त्यहाँ भुमरी परेको थियो र उद्धारकर्मीहरूले त्यसबाट उम्कन संघर्ष गरेको देखिएको किनारामा रहेको टोलीले बताएको छ।’ ती उद्धारकर्मीहरू ३० मिनेटजति भुमरीमा फसेका थिए। अरू सहकर्मीले बाहिर निकाल्दा उनीहरू सबै अचेत थिए । कृत्रिम श्वासप्रश्वास गर्दा पनि उनीहरू बौरिएनन् । ‘६ जना कर्मचारीको मृत्यु भएको यो पहिलोचोटी हो’, उनले बेर्नामालाई भने, ‘यो हाम्रा लागि अन्त्यन्तै दुःखद दिन हो ।’ वाहिदका अनुसार प्रारम्भिक अनुसन्धानले बाढी रोक्न बनाइएको पर्खालले वर्षापछि आएको भेल रोक्न नसकेको देखाएको छ । बुधवार दिउँसो सो क्षेत्रमा ठूलो पानी परेको र त्यसका कारण पानीको वेग बढेको अनुमान गरिएको छ । बीबीसीबाट

मलेशियामा २६ नेपाली ठगिको आरोप लागेका शेर्पा विरुद्ध दूतावासमा संयुक्त उजुरी

मलेशिया,असोज ११।मलेशियामा रहेका २१ वटा नेपाली सस्थाहरुले मजदुर ठगी विरुद्ध एकजुट हुँदै नेपाली दूतावासमा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन। मलेशियन सरकारले दिएको आममाफी कार्यक्रम गत अगस्ट ३१तारीखमा सकिय लगत्तै नेपाल पठाउछु भनेर २६ जना नेपालीलाई अलपत्र पार्न नेपाल आदिवासी जनजाती महासघ मलेशियाका पुर्व अध्यक्ष समेत रहेका फूपू तेम्बा शेर्पालाई प्रतिब्यक्ती २ हजार रिंगेट लिएर मजदुर ठगी गरेको आरोप सहित दूतावासमा उजुरी परेको छ। आममाफी कार्यक्रममा सहभागी हुन नसके पछी सेर्पाले आफ्नो मातहत बाट नेपाल पठाइदिने भन्दै अबैधानीक रूपमा रहेका उनिहरु संग रकम ठगी गरेर मौन बसेको पीडितको आरोप छ।रकम बुझाएका उनिहरु मलेशियाको राजधानी आसपासका विभिन्न होटेल तथा आफन्तको सरणमा घर फर्किने आसा लिएर बसेका छन ।भने यता मलेशिया स्थित नेपाली दूतावासले जारी गरेको एक तर्फी यात्रा अनुमती पत्र को मिति समेत गत १९ तारीख नै सकिए पछी यत्तिखेर उनिहरु बिचल्लीमा परेको बताउछन। यता पीडितले आफू ठगिएको उजुरी मलेसिया स्थित नेपाली दूतावासमा दिए पछी नेपाल आदिवासी जनजाती महासघ मलेसियाले शेर्पालाइ गत १९ तारीख नै पदबाट निलम्बन गरेको थियो भने बिहिवार विभिन्न संघसस्थाले शेर्पालाइ कारबाहीको माग गर्दै दूतावासको समेत ध्यानाकर्षण गराएका छन। हाल अलपत्र अवस्थामा रहेका २६ जना नेपालीहरुले शेर्पा लाई स्वदेश फर्काउन बारम्बार आग्रह गर्दा पनि बेवास्ता गर्दै आश्वासन मात्र दिए पछि पीडितहरुले मलेशियामा गठित नेपाली सघ सस्थाहरु लाई गुहारेका थिए। एन आरएनए मलेशियाको नेतृत्वमा सयुक्त ध्यानाकर्षण पत्र सहित दूतावास पुगेको टोलीले मजदुर ठगी बारे छानबिन गरेर दोषी देखिए शेर्पालाइ कडा कारबाही गर्न दूतावास समक्ष माग गरेका छन। सयुक्त ध्यानाकर्षण पत्र बुझ्दै नेपाली दूतावास मलेशियाका कार्यवाहक राजदूत कुमार राज खरेलले पीडितहरुले मलेशिया स्थित स्थानीय प्रसासनमा समेत गएर ठगीको उजुरी दिएमा तत्काल कारबाही हुने बताएका छन । यता मजदुर ठगीको आरोप लागेका शेर्पाले आफ्नो चरित्र हत्या गरी विभिन्न मिडियामा समाचार सम्प्रेषण गरेका पत्रकार तथा समाजसेवी घनश्याम चौधरी(आर.एन)बिरुद्ध मलेशियन प्रशासनमा मानहानीको मुद्दा दर्ता गरेको बताएका छन्। समाचार लेखेको भन्दै धम्की आएपछी घनश्याम चौधरी द्वारा जिवनरक्षाका लागि दूतावासमा निबेदन हमर सैनेश डटकमका प्रधान सम्पादक तथा थारु समाज मलेशियाका संरक्षक तथा नेपाल आदिबाशी जनजाती पत्रकार महासघ साखा मलेशियाका सचिब समेत रहेका चौधरीले नेपाली दुतावास मलेशियामा आफ्नो जीवन रक्षाको लागि निबेदन दिएका छन। केही दिन अगाडि शेर्पाले नेपाली मजदुरलाई ठगी गरि अलपत्र पारेको भन्दै विभिन्न अनलाइनमा समाचार सम्प्रेषण गरे पछि चौधरी लाई आरोपित फूपू तेम्बा शेर्पाले धम्क्याएका थिए। आफूले गलत काम नगरेको र कुनै मजदुर लाई नठगेको सामाजिक सन्जालमा किटान गर्दै बारम्बार स्ट्याटसहरु लेख्दै हिडेका शेर्पाले आफू लाई गुण्डा लगाउन सक्ने र आफू असुरक्षित महसुस गरेको कारण जिवनरक्षाका लागि निवेदन दिएको निबेदनमा उल्लेख।

मलेसियामा बेपत्ता सुकमाया थेबेको खोजी गरिदिन परिवारको आग्रह

मलेसिया,असोज ११। रोजगारीका लागि मलेशिया पुगेकी मगुरमादि ४ झापाकि सुकमाया थेबे बेपत्ता भएकी छन। कम्जोर आर्थिक अवस्थाका कारण ८ बर्ष अघि काठमाडौको S V म्यानपावर बाट मलेसिया पुगेकि थेबे परिवारको सम्पर्कमा नआए पछी खोजी गरिदिन परिवारले अनुरोध गरेका छन। मलेसिया गएको केही समय सम्म परिवारको सम्पर्कमा रहेकी उनी आफ्नो काम मन्त्री को घरमा रहेको र काम अलिक धेरै गर्नुपर्ने, पारिश्रमिक समयमा नमिल्ने तथा सम्झौता अनुसार भनेको काम अनि नपाए नभएको भन्दै आफु अबैधानिक भएर काम गर्दै आएको बताएकी थिइन्। केहि दिन सम्पर्क बाहिर रहेर पुनः श्रीमान डम्बर बहादुर आदाङ्बे लाई आफू मन्त्री को घर बाट भागेर अबैधानिक रूपमा नेपाली होटल मा काम गर्न थालेको बताएकि उनी ७ बर्ष एता सम्पर्कमा नभएको पारिवारिक स्रोतले बताएको छ। श्रीमती बाट धन सम्पत्तिको कुनै आपेक्षा नरहेको भन्दै कहि फेला परेमा (9803812998)नम्बरमा खबर गरिदिन आदाङ्बेले अनुरोध गरेका छन्।