रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन माघमा हुँदै
उमेश बन्जाडे, क्वालालम्पुर । ‘मातृभूमिका लागि विश्वभरका रोल्पाली गोलबन्द होऔं’ भन्ने मुल नाराका साथ गठित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम महाधिवेशन आगामी माघमा हुने भएको छ। आउँदो फेब्रुअरी १० अर्थात् माघ २७ गते अधिवेशन क्वालालम्पुरमा आयोजना गर्ने समाजको आइतबार मलेसियामा सम्पन्न बैठकले निर्णय गरेको हो।
समाजका मलेसिया शाखा अध्यक्ष राजकुमार बुढा मगरको अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष टोपबहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बोनम्यारो पिडित रोल्पाका प्रेमबहादुर पुनको उपचार र अवैधानिक रुपले मलेसिया कार्यरत रहेकै बखत मृत्यु भएका रोल्पाकै नरबहादुर पुनको शव नेपाल पठाउँदा लाग्ने सहयोग रकम संकलनका लागि सम्पूर्ण नेपालीमा आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
साथै, बैठकले मलेसिया लगायतका मुलुकमा छरिएर रहेका सम्पूर्ण नेपाली मजदुरले भोग्नु परेका समस्याको निराकरणका लागि तत्पर रहन समाजमा आवद्ध सबै सदस्यलाई सचेत समेत गराएको समाजका सचीव अर्जुन घर्ती मगरले जानकारी दिए ।
युएईमा एक बर्ष भित्र १०३ जना नेपालीको ज्यान गयो,३३ जनाले गरे आत्महत्या
युएई,पुष १७ । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स आएका १०३ जना नेपालीको एक बर्ष भित्र मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जानकारी दिएको छ। दुतावासले सन् २०१८ मा रोजगारिका लागि युएई आएर मृत्यु भएका नेपालीहरुको विवरण सार्बजनिक गरेको छ ।उक्त विवरणमा एक वर्षको अवधिमा कामका लागि युएई पुगेका १०३ जना नेपालीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। मृत्यु हुने कारणहरुमा सबैभन्दा बढि प्राकृतिक कारण रहेको छ जसमा महिलाको संख्या ३ जना र पुरुषको संख्या ४४ जना रहेको छ भने दोश्रो कारणमा आत्महत्या रहेको छ जसमा महिलाको संख्या ३ जना र पुरुषको संख्या ३० जना रहेको छ। त्यसैगरी दुर्घटनामा परि मृत्यु हुने महिलाको संख्या २ जना र पुरुषको संख्या २१ जना रहेको दुतावास द्वारा सार्बजनिक विवरणमा उल्लेख गरिएको छ। यस्तै हृदयघातका कारण मृत्यु भएका सुर्य बि.क,अमृत बहादुर कार्की ,हत्या गरिएको भनिएकि सृजना बराल तथा अशोक भट्टराईको शव नेपाल पठाउन बाकी रहेकोे र अनुसंधान चलिरहेको दूतावास स्रोतले जानकारी दिएको छ। यस्तो विवरण
सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु
काठमाडौं, पुष १६ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।
युएईमा आममाफी कार्यक्रम सकियो,अबैधानिक भेटिए जरिवाना देखि जेल सजाय सम्म
युएई,पुष १६।संयुक्त अरब इमिरेट्समा अबैधानिक कामदार लाई बैधानिक बनेर बस्न वा स्वदेश फर्किन दिइएको समय सिमा सोमबार सकिएको छ। युएई सरकारले गत अगस्ट १ तारीख बाट लागू गरेको आममाफी कार्यक्रम अक्टोबर ३० तारीखमा सकिए पनि अबैधानिक रूपमा बसेका आप्रवासी हरुलाइ समय सिमा कम भएको भन्दै पुन दुई महिना थप गरि डिसेम्बर ३१ तारीख सम्मको समय सिमा तोकिएको थियोे। सरकारले आममाफी कार्यक्रममा सहभागी भएका आप्रवासी नागरिक लाई स्वदेश फर्किन वा युएईमा बस्न चाहाने लाई ६ महिना सम्मको अस्थाई बसोबास अनुमति पत्र दिएर काम खोजी लाग्न सक्ने अवसर प्रदान गरेको थियोे । सोमबार आममाफी कार्यक्रम सकिए संगै युएईको नागरिकता पहिचान तथा परिचयपत्र बितरण बिभागले सरकारले लागू गरेको कार्यक्रम लाई ब्यवास्था गरि युएईमा नै लुकेर बस्ने माथि कडा कारबाही गरिने खलिज टाइम्समा उल्लेख छ।आफ्नो स्थिति परिमार्जन गरि सुरक्षित रहनुस” भन्ने कार्यक्रम बाट हजारौं आप्रवासीहरुले सेवा लिएको बताउदै कार्यक्रममा सहभागी नहुने माथी दण्ड जरिवाना सहित जेल सजाय समेत हुनसक्ने (FAIC) ले चेतावनी दिएको छ।
एन आरएन अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
युगान्डा,पुष १५।गैरआवासी नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ। युगान्डाको कम्पालमा आयोजना गरिएको सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने निर्णय समेत गरेको छ । सम्मेलनमा पछिल्लो समय अफ्रिकि मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो भएपनि हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपरेको बिषयलाइ समेत उठाइएको छ।समस्यालाइ ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमा समेत महाबाणिज्य दूत नियुक्त गर्नका लागि नेपाल सरकार समक्ष पहल गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दै गएको भन्दै सरकारलाई ध्यानर्कषण गराएको छ । सम्मेलनको उद्घाटन कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्यालले गरेका थिए। कार्यक्रममा एनआरएनका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, सचिव डिवी क्षत्री, कोषाध्यक्ष हिक्मत थापा, मध्य पूर्वबाट आइसिसी सदस्य मनोज गोर्खाली लगायतको सहभागिता रहेको थियो । डिसेम्बर २९ र ३० तारीख चलेको सम्मेलनमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प्राथमिकता दिदैं उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्टपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्टिक्ट कमिस्नार श्रीमति हाइट हावा नामुजेनीको समेत उपस्थिति रहेको थियोे भने कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारका बिभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा प्रस्तुती रहेको थियोे । यस्तो छ घोषणापत्र १.नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ। २. नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दो छ । युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको यथार्थ हाम्रा सामु छ । यो क्रम तत्काल रोक्नका लागि कडाई गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । ३. बैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका बिमानस्थलमा त्याँहाका कर्मचारीले अनाबश्यक दुःख दिने गरेका छन् । बैधानिक रुपमा आउनेहरुलाई यसरी अनाबश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारसंग यो बैठक आग्रह गर्दछ । ४ पछिल्लो समय अफ्रिकाका बिभिन्न मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो छ । तर हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपर्र्ने बाध्यता छ । यो यथार्थतालाई ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमासमेत अबैतनिक महाबाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकारसमक्ष यो बैठक अनुरोध गर्दछ । त्यसमा महाबाणिज्यदूत छनौट गर्ने प्रकृयामा सघाउन संघ तयार रहेको छ । ५. नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त संभाबना रहेका छन् । ती संभाबनालाई ध्यानमा राखेर नेपाल र अफ्रिकाबीच लगानीका लागि समन्वय तथा सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ । ६. एनआरएनएको पहलमा नेपालमा हुने एकीकृत लगानीका क्षेत्रमा अफ्रिकामा कार्यरत नेपालीहरु सहभागी हुने यो बैठक प्रतिबद्धता जनाउँछ । साथै, नेपालमा लगानीका लागि नेपाल सरकारसंग सहकार्य गर्न यो बैठक युगाण्डा तथा अन्य अफ्रिकी सरकारलाई आग्रह गर्दछ । ७. अफ्रिकाका बिभिन्न मुलुकमा कार्यरत नेपाली समुदायलाई आधिकारिक रुपमा मान्यता दिलाई उनीहरुको बसोबास सहज बनाउनका लागि त्याँहाका सरकारसंग पहल गरिदिन यो बैठक नेपाल सरकारलाई आग्रह गर्दछ । ८. पछिल्लो समय अफ्रिकाका कतिपय मुलुक नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य भएका छन् । ती मुलुकमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरुको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारलाई आग्रह गर्दछ । ९. अफ्रिकी मुलुकसंग व्यापार प्रबद्र्धन गर्न सन्धीका लागि पहल गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ । १०. गैरआवासीय नेपाली संघले बिगतदेखि नै जोड दिदैं आएको बैदेशिक रोजगारीमा आएकाहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्ने हजारे अभियान संचालन सम्बन्धमा सरकारले कार्यदल बनाई काम अघि बढाएकोमा नेपाल सरकारलाई धन्यवाद दिदैं चाँडै यस्तो किसिमको सामाजिक सुरक्षा कार्यक्रम थालनी गर्न सरकार समक्ष यो बैठक अनुरोध गर्दछ । ११. एनआरएनए अफ्रिकाको तेस्रो सम्मेलनको सहआयोजक इजिप्टस्थित नेपाली दूताबासको कदर गर्दै सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा नेपाली राजदूत झबिन्द्र अर्याल र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरियो । १२. एनआरएनए तेस्रो अफ्रिका सम्मेलन सफलतापूर्बक सम्पन्न गर्नका लागि युगाण्डा सरकार र त्याँहाका जनताको सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तताको अपेक्षा गर्दछ। साथै, सम्मेलनमा सहभागी कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री मदाम बेटी काम्या नामिसाग्यो, युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारलाई यो सम्मेलन धन्यवाद ज्ञापन गर्दछ ।
खस क्षत्री सेवा समाज कतारको वनभोज कार्यक्रम सम्पन्न
कतार,पुष १४।खस क्षेत्री सेवा समाज, कतारको नियमित बैठक तथा पारिवारिक भेटघाट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विश्व बन्धु थापाको अध्यक्षतामा सम्पन्न बैठकले संस्थाको सह-कोषाध्यक्षमा गोपाल कटुवाल, कार्यसमिति सदस्यमा शक्ति क्षत्री र महेन्द्र चालिसेलाई चयन गरेको छ । साथै बैठकले क्षत्री समाज नेपाल सङ्ग सम्बन्धन लिदै संस्थामा सदस्यता वृद्धि गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रममा संस्थाका संरक्षक टेकबहादुर कार्की, हंसराज ढकाल, सल्लाहकारहरु दोर्ण बस्नेत, मिलन खत्री, तेज कटुवाल लगाएत कार्यसमितिका पदाधिकारी, सदस्य, आजिवन सदस्य तथा साधारण सदस्यहरुको सहभागिता रहेको थियो । सन् २०१०मा स्थापना भएको खस क्षत्री सेवा समाज कतारले प्रदेशमा रहेर पनि नेपाली संस्कृति र पहिचान लाई जोगाइ राख्न लागी रहेको भन्दै आपसी भातृत्व कायम राखी राख्न वनभोज कार्यक्रम आयोजना गरेको प्रवक्ता सन्तोष क्षत्रीले बताए ।
मलेशियामा कार्यरत बिदेशी कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (बिज्ञप्ति सहित )
मलेशिया,पुष १३। मलेसियामा रहेका रोजगारदाता कम्पनीहरुले बिदेशी कामदारहरु लाई मलेसियाको सामाजिक सुरक्षा सस्था सोक्सोमा दर्ता गराउनु पर्ने भएको छ । एफ ड्ब्लु सी एस फरेन वर्कर कम्पेन्सेसनको सट्टामा सोसियल सेक्युरिटी अर्गनाइजेसनमा १जनवरी २०१९ देखि दर्ता गराउनु पर्ने भएको हो। बिदेशी कामदार लाई रोजगारदाता कम्पनीले सोक्सो मा दर्ता गराउनुपर्ने र श्रमिकको मासिक पारिश्रमिकको १.५ प्रतिशत रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिक बाट कटौती नहुने गरि दर्ता गराउनुपर्ने प्राबधानमा उल्लेख छ। दर्ता भएका कामदारले स्वास्थ उपचार ,अस्थायी तथा स्थायी आवश्यक सुबिधा ,आश्रित परिवार सुबिधा मृतकको सब फिर्ता लगायत अन्तिम दाहसंस्कार सुबिधा ,सहयोग भत्ता र पुनःस्थापना सुबिधा पाउने भएका छन। पुर्णतः बैधानिक हैसियतमा काम गर्दै आएका कामदारहरुले मात्रै सोसियल सेक्युरिटी अर्गनाइजेसन बाट पाउने सामाजिक सुरक्षा सुबिधा प्राप्त गर्ने छन । शुक्रबार मलेसिया स्थित नेपाली राजदुतावासले एक प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ प्रावधान बारे जानकारी गराएको छ।
मलेसियामा एउटै कम्पनीका दुई नेपाली कामदारको मृत्यु
मलेशिया,पुष १३।मलेसियाको बातु पहाड स्थित सिन कावाङ प्लास्टिक कम्पनी मा कार्यरत दुई नेपाली कामदारको मृत्युु भएको छ। केहि दिन अघि मात्र रोजगारीको शिलशिलामा मलेसिया पुगेका रौतहटका सन्तोष यादव र पाल्पाका चुरा दर्लामी मगरको मृत्युु भएको हो। विहिबार बिहान रसायनिक ( केमिकल ) को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए । उनलाई निकाल्नका लागि सहयोग गर्ने क्रममा मगर पनि बेहोस भएका थिए। केमिकलको अत्याधिक असरका कारण स्वासप्रस्वास बन्द भएर उनिहरुको मृत्यु भएको सोही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिएका छन्। विहिबार कम्पनीमा विदा भएको भन्दै सबै जना मिलेर उक्त ट्याङ्की सफाई गरिदिन कम्पनीका सुपरभाइजर ले आदेश गरेका थिए। केमिकल को ट्याङ्की धेरै दिनदेखि त्यतिकै राखिएको र त्यसभित्र केमिकलको ग्यास भरिएको थियो । ट्याङ्की भित्र फसेका उनिहरु लाई बचाउको लागि त्यहाँ कार्यरत नेपाली कामदारहरुले सुपरभाइजर लाई आग्रह गरी ट्याङ्की काट्नको लागि आदेश मागेका थिए । तर उनले प्रहरीले आदेश नदिएसम्म काट्न नमिल्ने बताए । केही बेर पछि ट्याङकी काटियो तर तब सम्म सन्तोषले ज्यान गुमाई सकेका थिए भने मगर लाई अस्पताल त पुर्याईयो तर बाच्न सकेनन् समयमै ट्याङ्की काटेर उनिहरु लाई निकालिएको भए सन्तोषको बाँच्ने सम्भावना थियो तर प्रमुखले आदेश नदिएपछि सन्तोषलाई हत्या गरिएको अारोप लगाउदै कामदारहरुले केही घण्टा कम्पनीमा हडताल समेत गरिएको थियो । मृतकको सव पोस्टमार्टम पछी नेपाल पठाउने तयारी रहेको जानकारी समेत तामाङले दिए। घटना बारे नेपाली दुतावास मलेसिया लाई सम्पर्क गर्दा शुक्रबार दिउसो सम्म पनि केही जानकारी नभएको दूतावासका कर्मचारीले बताए।
मलेसियामा नयाँ नीतिः आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा
काठमाडौं, पुष १३ । मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । हाल विदेशी कामदारको सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक कामदार क्षतिपूर्ति योजनाअन्तर्गत सञ्चालन हुँदै आएको थियो । रोजगारदाताले विदेशी कामदारलाई उक्त संस्थामा दर्ता गर्नुपर्ने र सामाजिक सुरक्षाबापत कामदारको मासिक न्यूनतम् पारिश्रमिकको एक दशमलव २५ प्रतिशत रकम सो संस्थामा तिर्नुपर्नेछ । उक्त रकम कामदारको तलबबाट कटाइने छैन । आगामी जनवरी १ उप्रान्त मलेसिया आउने विदेशी कामदारलाई अनिवार्य रुपमा संस्थामा दर्ता गर्नुपर्नेछ । उक्त संस्थामा दर्ता भएका विदेशी कामदारले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार र सुविधा, सहयोगी भत्ता तथा पुनःस्थापना सुविधा प्राप्त गर्न सक्ने क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले हाल मलेसियामा कार्यरत र आउने क्रममा रहेका सम्पूर्ण नेपाली कामदारलाई आ–आफ्नो रोजगारदातासँग सम्पर्क राखी आफूलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनसमेत अनुरोध गरेको छ । मलेसिया सरकारले घोषणा गरेको सामाजिक सुरक्षा सुविधा वैधानिक रुपमा बसोबास गर्ने कामदारले मात्र पाउनेछन् । साबिकको कम्पनी छाडेर भागेमा तथा अवैधानिक भएमा त्यस्ता कामदार उक्त सेवा सुविधाबाट वञ्चित हुनेछन् । रोजगारदातासँग वा कम्पनीमा कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न र आफूखुशी कम्पनी छाडेर नहिँड्नसमेत दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ । रासस
नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न उत्सुक छौ-कतार
दोहा,पुष १२।कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइराला र नेब्रास पावर कतारका प्रमुख कार्यकारी अधिकृत खलिद मोहम्मद जोलो बिच बुधबार शिष्टचार भेटवार्ता सप्पन्न भएको छ। भेटका अवसरमा दुई देश बिचको आपसी सम्बन्धलाई मजबुत बनाउदै नेपालको जलविद्युत क्षेत्रमा कतारको लगानी भित्र्याउने सम्बन्धमा छलफल भएको दूतावास स्रोतले जानकारी दिएको छ। छलफलमा कार्यकारी अधिकृत मोहम्मद जोलोले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउदै त्यसका लागि आवश्यक अध्ययन तथा छलफल गरी अगाडी बढ्न सकिने विचार व्यक्त गरेका छन्। नेपालको जलविद्युत क्षेत्रमा गरेको लगानी सुरक्षित रहने बताउदै राजदूत कोइरालाले संभाव्य आयोजना सम्बन्धी छलफलका लागि नेपालबाट एक प्राविधिक टोलि कतार आइ विस्तृत प्रस्तुतीकरण गर्ने सम्बन्धमा समेत छलफल भएको जानकारी दिएका छन्।
दश वर्षमा ६० हजार नेपाली युवा कोरियाको श्रम बजारमा
काठमाडौ, पुष १२ । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार ७०९ नेपाली युवाले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । सन् २००८ देखि २०१८ सम्म सञ्चालित भाषा परीक्षामा झण्डै पाँच लाख युवाले सहभागिता जनाएका थिए । विभिन्न चरणमा सम्पन्न कोरिया भाषा परीक्षामा चार लाख ८३ हजार ४९ युवाले सहभागिता जनाएको शाखाको तथ्याङ्कमा उल्लेख छ । भाषा परीक्षामा सहभागी हुने युवाको उल्लेख्य सहभागिताले दक्षिण कोरिया नेपालीको आकर्षक श्रम गन्तव्य ठहरिएको पुष्टि हुन्छ । एक दशकका अवधिमा ७० हजार ४६९ जनाले भाषा परीक्षा उतीर्ण गरेपनि ६९ हजार ९८ जनाले मात्र रोजगार आवेदन फारम भरेका थिए । सन् २००८ देखि नै कोरियाले कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ भाषा परीक्षा सञ्चालन नभए पनि अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ६४ महिलासहित एक हजार ९११ युवाले कोरियाको श्रम बजारमा रोजगारीको अवसर प्राप्त गरेको शाखाले जनाएको छ । सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा छ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा छ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । निकै इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकलाई कोरियाका रोजगारदाताले समेत विश्वास गर्दै आएका छन् । अन्य देशका तुलनामा नेपाली करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने पाइएका कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका हुन् । सोहीअनुरुप कोरिया सरकारले वर्षेनी नेपाली कामदार लैजाने कोटा बढाउँदै आएको छ । कोरिया सरकारले इपिएसमार्फत सन् २०१९ मा नेपालबाट यसअघिको भन्दा निकै ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने सङ्केत गरेको छ । कोरियाले सन् २०१९ मा विभिन्न देशबाट ५६ हजार आप्रवासी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । सन् २०१९ मा कोरिया सरकरले यसअघिभन्दा बढी आप्रवासी कामदार भित्र्याउने घोषणा गरेसँगै नेपाली कामदारको माग पनि बढ्न सक्ने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको उनले बताए । आकर्षक सुविधा दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झण्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । कोरिया सरकारले विभिन्न दुर्घटनामा परेका श्रमिकका लागि बीमाबापतको क्षतिपूर्ति दिने गरे पनि कुनै कामदारको असामयिक मृत्यु भएमा उनीहरुले कुनै राहत पाउँदैनथे । अब भने अनायासमै मृत्युवरण गरेका श्रमिकका परिवारले रु तीन लाख आर्थिक सहायता प्राप्त गर्ने कोरिया सरकारले निर्णय गरेको छ । अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (चार वर्ष १० महीना), पुनःकोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुञ्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको सङ्ख्या बढ्दै गएको निर्देशक खनालले बताए । यस्तै नेपाल र कोरिया सरकारबीच कोरियामा काम गरिरहेका कामदारले आफ्नो करार अवधिमा कम्तीमा पनि एकपटक परिवारलाई कोरिया लैजान सक्ने सहमति भइसकेको छ । जसअनुसार अहिलेसम्म केही श्रमिकका परिवार कोरिया गइसकेका छन् । १६० नेपालीको मृत्यु आकर्षक गन्तव्यका रुपमा रहेको कोरियामा पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । डिप्रेशनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् । सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले करार अवधिमा एक पटक कामदारले परिवार लैजान सक्ने व्यवस्थापछि आत्महत्याको घटनामा कमी आउने विश्वास व्यक्त गरे । मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ, उनले भने, “कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखापरेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।” रासस
जापानले पनि नेपालबाट कामदार लैजाने, महिनामा कम्तीमा ३ लाख आम्दानी
काठमाडौं, पुष १० । जापानले पनि नेपालबाट कामदार लैजाने भएको छ । उसले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको हो । यी देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजान लागिएको छ । जापान टाइम्सका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कामदार ल्याउने देश छनोट गरेको हो। जापानले चीन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजान लागेको हो। यी देशबाट लैजाने कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायत १४ वा औद्योगिक क्षेत्रमा रोजगार दिनेछ। जापानले अदक्ष कामदार (ब्लु–कलर) लाई पहिलोपटक श्रम भिसामा विदेशी कामदार लैजान लागेको हो। यसअघि नेपालबाट औद्योगिक प्रशिक्षार्थीका रुपमा कामदार लैजाने गर्थ्यो। जापानमा कामदारले महिनामा कम्तीमा ३ लाख नेपाली रुपैयाँ कमाउँछन्। नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर मात्रै कामदार पठाउने संवाद जापानसँग गर्दै आएको छ। दुई देशबीच सम्झौतामा थप छलफल गर्न जनवरीको तेस्रो साता जापानको टोली नेपाल आउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। जापान खाडी र मलेसियापछिको अर्को महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना छ।
साउदीमा ज्यान गुमाएका ३० नेपालीको क्षेतिपुर्ती रकम दूतावासले परराष्ट्र लाई पठायो
रियाद,पुष९।रोजगारीका लागि साउदीअरब पुगि विभिन्न कारणले ज्यान गुमाएका ३० जना नेपाली नागरिकले पाउनुपर्न क्षेतिपुर्ती रकम दूतावासले परराष्ट्र मन्त्रालयको खातामा जम्मा गरेको छ। सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै दूतावासले विभिन्न समयमा प्राकृतिक तथा विभिन्न दुर्घटनामा परि ज्यान गुमाएका,हत्या तथा आत्महत्या गरेका कामदारका आफन्तले पाउनुपर्ने रकमको कानुनी प्रक्रिया पूरा गरि परराष्ट्रलाई पठाएको जानकारी दिएको छ। परराष्ट्रमा रकम पुगे संगै मृतकका हकवालाले आवश्यक प्रक्रिया पूरा गरि तोके अनुसारको क्षेतिपुर्ती तथा ब्लडमनि रकम लिन सकिने दूतावास द्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। ब्लडमनि तथा क्षेतिपुर्ती रकम पाउनेको बिवरण
नेपाली दूतावास मलेशियाको आयोजनामा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मलेशिया पुष,९। मलेशिया स्थित नेपाली दूतावासको आयोजनामा आइतबार जोहोर र मेलाका राज्यमा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जोहोरको बागु सिटि होटेल तथा मेलाका को होटेल आर्किडमा आयोजना गरिएको कार्यक्रममा दूतावासको तर्फबाट श्रमिक लाई उपलब्ध सेवा ,मलेसियामा श्रमिकले पालना गर्नैपर्ने नियम ,जेल तथा डिटेन्सनमा रहेका नेपालीहरुको अवस्था ,उद्दार प्रक्रिया तथा श्रमिक सुरक्षाका समग्र पक्षहरु बारे जानकारी गराउदै प्रशिक्षण समेत दिइएको थियोे। कार्यक्रममा मलेशियामा कार्यरत श्रमिक,अध्यनका लागि पुगेका बिध्यार्थीहरु,विभिन्न संघसंगठनका प्रतिनिधिहरु पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियोे । अन्तरक्रियाकै क्रममा श्रमिकहरुले कन्सुलर सेवा तथा वैदेशिक रोजगारी र नीति नियममा बारेमा राखेका विभिन्न बिसयमा गरिएका गुनासो बारे दूतावासको तर्फबाट कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले जबाफ दिएका थिए। कार्यक्रमको अन्तिममा सहभागीहरुले यस्ता कार्यक्रम बाट नेपाली श्रमिकहरुले धेरै लाभ लिन सक्ने भन्दै कार्यक्रम लाई निरंतरता दिन र दूतावासको सेवालाई चुस्त बनाउन अनुरोध गरेका थिए ।
मानब तस्करी नियन्त्रणका लागि युएईमा अभियान सुरु
युएई,पुष ७। युएईमा बढ्दो मानव तस्करीलाई नियन्त्रण गरि तस्करलाई कारबाहीको पहल गर्ने उदेश्य सहित अभियान संचालन गरिने भएको छ। शुक्रबार युएईको राजधानी अबुधाबी स्थित नेपाली दूतावासमा बसेको बैठकमा विभिन्न बहानामा हुँदै आएको मानव तस्करीलाई नियन्त्रण गरि तस्करलाई कारबाही र पीडित लाई कानुनी सहयोग सहितको न्याय दिलाउन पहल गरिने बिसयमा छलफल भएको छ। उपस्थित सँघसंस्थाका प्रतिनिधिहरुले ७ बुँदे प्रतिबद्धता समेत जाहेर गरेका छन् । दूतावासका कार्यवाहक राजदूत सागर फुयालको प्रमुख आतिथ्यता रहेको उक्त बैठकमा श्रम काउन्सुलर भेष बहादुर कार्की,श्रम सहचारि मोतिराम भुसाल ,नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल उपाध्यक्ष लक्ष्मण खनाल,सचीव मेघराज सापकोटा एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ , प्रवासी नेपाली मंच युएईका अध्यक्ष श्याम कडेल जन प्रगतिशील मंचका अध्यक्ष बाबुराम बिस्वकर्मा जन सम्पर्क समितिका चित्र केसी लगायतको उपस्थिति रहेकोे थियो। बैठकले मानव तस्करीका कारण धेरै नेपालीले मानसिक र शारीरिक पिडा खेप्नुपरेको भन्दै त्यस्ता तस्करलाई पहिचान गरि कारबाहीको पहल गर्नुका साथै पीडितलाई उद्दारको लागि कानुनी सहयोग गर्ने निर्णय समेत गरेको छ ।मानव तस्करीमा परेका पीडितलाई राहत र उद्दारका लागि युएईमा रहेका सामाजिक सँघ सस्थाले धेरै सहयोग गरेको भएपनी तस्करहरुको मनोबल झनै उच्च बन्दै गएको भन्दै त्यसलाई घटाउन आगामी दिनमा पिडक बाट नै पीडितलाई सहयोग जुटाउन पहल गरिने र तस्करलाई कानुनी कारबाहीको दायरामा ल्याइने बैठकले निर्णय गरेको छ। युएईमा रहेका सँघसंस्थाहरुसँग दोश्रो चरणको बैठक बसी समितिलाई बिस्तार गरी पुर्णता दिने समितिका सदस्य बाबुराम बिश्वकर्माले बताए । मानब तस्करी नियन्त्रण र तस्करलाई कानुनी दायरामा ल्याउन सबैसँग सहकार्य गरिने उनको भनाइ छ। यस्तै बैठकले ५ सदस्यीय समिति समेत गठन गरेको छ समितिमा श्याम कँडेल, चित्र केसि ,बाबुराम बिस्वकर्मा ,भुपराज बस्याल र रमेश श्रेष्ठ रहेका छन्। समितिले निकट भविष्यमै नेपाल गएर मानब तस्करी र रोकथामका बिषयमा सरकारलाई सुझाब समेत प्रस्तुत गर्ने बताएको छ ।
पर्वत समाज कतारको समिक्षा बैठक सम्पन्न
सन्तोष क्षत्री ।दोहा, पुष ७।पर्वत समाज कतारको चौथो अधिवेशनको समिक्षा तथा पदभार हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सन् २००३ मा स्थापना भइ विभिन्न सामाजिक कार्यमा सक्रिय संस्थाको २०१९-२०२१ का लागि गत डिसेम्बर ७ तारिखमा चौथो अधिवेशन बाट नव निर्वाचित कार्यसमिती लाई पदभार हस्तान्तरण गरेको छ । कार्यक्रममा निवर्तमान कार्यसमितीका अध्यक्ष चिन्तामणी पौडेल, सचीव याम क्षत्री(अनिल), रघुनाथ शर्मा र आर्थिक संयोजक लेखनाथ रिमालले नवनिर्वाचित कार्यसमितीका क्रमश अध्यक्ष सबिन्द्र श्रेष्ठ, सचिव शेषराज तिमिल्सिना र कोशाध्यक्ष सन्जय तिवारीलाई आआफ्नो पदभार हस्तान्तरण गरे । पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष चिन्तामणी पौडेलले सन् २०१७-२०१९ को कार्यकाल सफल पार्न सहयोग गर्नुहुने ब्यक्तीत्वलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितीलाई सबै सङ्ग सहकार्य गर्दै पर्वत समाजको गरिमालाई उच्च राख्न अनुरोध गरे । शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले मोदिबेनी बृद्दाआश्रममा रहनु भएका वृद्ध हरुलाइ भोजन तथा सम्मान साथै सेतिबेनी संरक्षण मुल समितिलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संस्थाको सह-सचिवमा मिलन पौडेल र सह-कोसाध्यक्षमा सोम केसी तथा प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष चिन्तामणी पौडेल, सल्लाहकारमा आनान्द सुवेदी, याम क्षत्री(अनिल) र याम केसिलाई चयन गरेको छ ।