आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदार घर फर्काइए

काठमाडौं। रोजगारदाता कम्पनीका कारण युनाइटेड अरब इमिरेट्स( यूएई) को आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, त्यहाँका रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा कामदारलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेस (एलएलसी)मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका ती कामदारमध्ये १ सय २० लाई स्वदेश फर्काइएको हो ।

बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ । नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालले पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउने प्रक्रिया थालिएको जानकारी दिए । करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । सो कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सयभन्दा धेरै कामदार समस्यामा छन् । गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो । समस्यामा परेपछि कामदारहरूले तीन महिनाअघि दूतावासलाई जानकारी गराएका थिए । ६९ जनाले लिखित निवेदन दिएर समस्या समाधान गर्न आग्रह गरेका थिए । तर, सुरुवातमा दूतावासले समस्याबारे चासो नदिएपछि पीडित थप समस्यामा परे । आबुधाबीमा अलपत्र परेका कामदारको विषयमा पीडितको दबाबपछि दूतावासले यो विषयलाई चासो दिएको थियो । दूतावासमा ६९ जनाको निवेदन परेको भए पनि अन्य क्षेत्रमा रहेका पीडितहरू सम्पर्कमा आउन थालेका थिए ।

अहिलेसम्म २ सय ५० भन्दा बढी पीडित कामदार सम्पर्कमा आएको दूतावासले जनाएको छ । नेपाली कामदारको समस्या समाधानका लागि दूतावासले श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रम सहचारी मोतीराम भुसाल र जनसम्पर्क अधिकृत इरफान आलमलाई जिम्मेवारी दिएको छ ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ

एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी

काठमाडौंः  गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’ सापकोटाले भने । सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआवासीय नेपाली संघ एन.सी.सी पोर्चुगलको कार्य समिति सदस्य २००९-११, डेनमार्कका संस्थापक अध्यक्ष, २०११-१३ गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५-१७ केन्द्रीय सदस्यमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटा वर्तमान केन्द्रीय समितिमा सह(कोषाध्यक्षको रुपमा कार्यरत छन् । एनआरएनएको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सपन्न गर्न तथा एनआरएनएलाई आर्थिक रुपले समप्पन्न बनाउन अभियान नै सञ्चालन गर्ने बताएका छन् । मौजुदा कार्यसमितिमा निडर, क्रियाशिल र उद्देश्य प्राप्तिमा लाग्ने सापकोटा गैरआवासीय नेपाली संघको स्थापनादेखि नै यसका उद्देश्यमा केन्द्रित भएर लाग्ने थोरै व्यक्तिमा पर्छन् । संस्थामा सबै क्षेत्रको प्रतिनिधित्व र वैदेशिक रोजगारीको विषय एनआरएनएको हुनुपर्ने मुद्दा सापकोटाले नै उठाएका थिए । वैदेशिक रोजगारी र यसका समस्या समाधानमा एनआरएनएलाई थप क्रियाशिल बनाउनु पर्नेमा जोड दिँदै उनले अबको कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा एनआरएनएको छुट्टै संयन्त्र बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजकको जिम्मेवारी पनि सापकोटाले निर्वाह गरिरहेका छन् । नेपालको पर्यटन प्रावधनमा पनि सापकोटाको महत्वपूर्ण भूमिका रहेको छ । २५ वर्षदेखि युरोपमा क्रियाशिल सापकोटाले विभिन्न सामाजिक कार्य र जिम्मेवारी पुरा गरेका छन् । उनले राजनीतिक विचारधाराबाट एनआरएनए नेतृत्व प्रभावित हुन नहुने भन्दै विभिन्न पद पनि परित्याग गरेका थिए ।

हङकङेली नेपालीको दुःख देखेर भावेश बिदाइमा धरधरी रोए

काठमाडौंः नेपाली साहित्यमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीलाई साब्लाबुङ प्रकाशनद्वारा सेप्टेम्बर २ का दिन एक बिदाइ कार्यक्रम आयोजना गरी हङकङबाट बिदा गरिएको छ । भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङका लागि अगस्त १७ तारिख हङकङ पुगेका भुमरी सबै कार्यक्रम सफल पारी सेप्टेम्बर ३ का दिन नेपाल फर्किसकेका छन् । मगर संघ हङकङको कार्यालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै भावेश भुमरीले हङकङेली नेपाली मान्यजन, दाजुभाइ, दिदीबहिनी र साथीहरूले दिएको मायालाई अन्तर्मनदेखि सम्झे । बाहिरबाट हेर्दा सुकिला देखिने हङकङेली नेपालीहरूको दैनिकीबाट आफू अत्यन्त प्रभावित भएको भन्दै गम्भीर बने र धरधरी रोए । आफूले विगतमा कल्पना गरेको भन्दा नितान्त फरक पाएको हङकङको गतिशील विकास र हङकङेली नेपालीले हङकङ निर्माणमा खेलेको भूमिकाको सन्दर्भ उठाए । यता नेपाली हङकङ निर्माणमा १४ घन्टा काममा खटिन्छन्, उता नेपाली दिनभरि चिया गफमा नेपाल निर्माणका फजुल कुरा गर्छन् । देश निर्माण चिया गफले होइन, योजना र काम गर्नुपर्ने कुरा हङकङले सिकाएको छ भन्दै भुमरीले हरेक दिन दक्ष जनशक्तिले विदेश निर्माणमा देश छाडिरहेको वास्तविकता कोट्याए । भुमरीले विदेशमा पसिनाका धारा बगाएर पैसा आर्जन गरेको वास्तविकता खोतल्दै हङहङेली नेपालीले पाँच छपटक आफ्नो शरीरको कपडाबाट पसिना निचोरेको वास्तविताले आफूलाई द्रविभूत बनाएको कुरा राखे । त्यसरी कमाएको पैसा भए पनि नेपाल र नेपालीका दुखहरूमा मन फुकाएर सहयोग गर्ने सहयोगी नेपाली वास्तविक भगवान् हुन् भन्दै भुमरीले अनावश्यक सहयोग र खर्च गर्नबाट पैसा बचाएर आफ्ना बालबच्चाको राम्रो शिक्षामा जोड दिन पनि अनुरोध गरे । आफूलाई हङकङसम्म ल्याएर बस्ने, खाने र घुम्नेसहति एकल कार्यक्रम आयोजनाको व्यवस्थापनमा सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गरे । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै साब्लाबुङ प्रकाशनका अध्यक्ष तथा साहित्यकार राजकुमार राईले भावेश भुमरीलाई हङकङमा निम्त्याएर कार्यक्रम गर्दा बौद्धिक तरङ्ग मात्र नआएर नेपालको पूर्व र पश्चिमलाई जोड्ने काम पनि भएको कुरा राखे । आफू पूर्व संखुवासभाको साहित्यकारले मध्य पश्चिम प्यूठानका साहित्यकार भावेशलाई हङकङमा बोलाएर कार्यक्रम गर्नुको उद्देश्य नै पूर्व र पश्चिमको सम्बन्धलाई फराकिलो बनाउनु हो भने । मध्य पश्चिम र पश्चिमबाट हङकङ आई बसोबास गर्दै आउनुभएका दाजुभाइ दिदीबहिनीहरू बढीभन्दा बढी लोकदोहोरी र नाचमै रमाउँदा बौद्धिक गतिविधि हुन नसकेको भन्दै राईले अबका दिनमा बौद्धिक गतिविधिका कार्यक्रमहरू गर्न पनि सुझाव दिए । हामी मगर भवनभित्र पसेका थिएनौँ, भावेशकै कारण मगर भवनमा एउटै परिवारका सदस्यजस्ता भएका छौँ भन्दै राईले आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्न एकजुट हुनुपर्ने विचार राखे । एउटा साहित्यकार अर्थात् भावेश हङकङ आउँदा भावेशले हङकङेली नेपालीहरूका दैनिकी, दुःख र वास्तविक जीवन देखेको र भित्रैदेखि अनुभूत गरेको कुराले आफ्नो लक्ष्यमा सफल भएको कुरा राख्दै राईले विगतमा कलाकारहरू ल्याउँदा बौद्धिक कार्यमा खासै केही हुन सकेन भने । उनले थपे, एउटा कलाकार आएको भए हाम्रा सुख मात्र देख्थे, रमाइलो मात्र देख्थे, हामीलाई तिनै सुख र रमाइलोमा रमाएको मात्रै देख्थे र त्यहीअनुसारका व्यवहार गर्थे तर साहित्यकार भावेश आउँदा हाम्रा सुख कहीँ पनि देखेनन् । बिहान पाँच बजे कोठाबाट निस्केर राति नौ बजे कोठा पसेको समय देखे, निर्माण क्षेत्रमा चौध घन्टा पसिनाका धारा बगाएका, पसिनाले निथ्रुक्क भिजेका कपडा चारपाँचचोटि निचोरेको वास्तकिता देखे । चारपाँच घन्टा आफ्नो कोठामा सुतेर या बिताएर खाजा भोलामा राखी काममा कुदेका नेपालीले पसिना पुच्दै भुइँमा बसेर खाजा खाएका वास्तविक जीवनहरूलाई बुझे । तिनै बुझाइलाई आफ्नो सम्झे र आँसु बर्साए । साहित्यकारले हेर्ने दृष्टि र खोज्ने विषय फरक हुन्छन् । यी कुरा मैले भावेशमा पाएको छु । भावेशले हङकङेली नेपालीहरूको वास्तविक जीवनबोध गराउने छन् पाठकहरूलाई । यस्तै कारण अबका दिनमा भावेशजस्ता साहित्यकारहरूलाई ल्याउनुपर्छ र बौद्धिक विकासमा ध्यान दिनुपर्छ । राईले भावेश साब्लाबुङ पुस्तकालय अभियानका एक सक्रिय सदस्य भएकाले सामाजिक कार्यमा पनि भावेशको हङकङ यात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत राखे । बिदाइ कार्यक्रम साहित्यकार जीतकर्ण राईले सञ्चालन गरेका थिए भने साहित्यकार किराती जेबी राई, सुशिला राई, विशु सम, मगर संघ हङकङकी अध्यक्ष युगमाया राना, सोही संघका सचिव नन्द राना, महिला मगर संघ हङकङकी अध्यक्ष कुमारी थापा, पुनमगर समाज हङकङकी अध्यक्ष गोमा पुन, समाजसेवी मनोज सूर्यवंशी, शिला राना, झलक पल्ली, जगत् अम्बु, मातृदीप राई, विनोद सुनारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । भावेश राजकुमार राई, विशु सम, युगमाया राना, जीतकर्ण राई, जयप्रकाश गुरुङ, नेत्र पहराई, मेख आले आदिको आर्थिक प्रायोजनमा हङकङ पुगेका थिए । गत अगस्त २४ का दिन साब्लाबुङ प्रकाशन हङकङको आयोजनामा भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङ आयोजना गरिएको थियो । सो कार्यक्रममा गत साल बेलायत भ्रमणका विषवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको भिसाको रङ नियात्रासङ्ग्रहको विमोचन पनि गरिएको थियो । स्थायी रूपले नेपालमा बस्दै आएका भावेशको बेलायत भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु एउटा अनौठौ संयोगमात्र नभएर फरक रेकर्ड पनि हो । सो एकल साँझ अत्यन्त सफल र भव्य भएको थियो ।

निवर्तमान अध्यक्ष श्रेष्ठका कारण एनआरएन युएई संकटमा

यूएईः गैर आबासीय नेपाली संघ (एनआरएनए), युएईका निबर्तमान अध्यक्ष रमेश श्रेष्ठले कानूनी झमेला देखाएर निर्बाचित नयाँ कार्यसमितीलाई सहज रुपमा कार्यभार हस्तान्तरण नगर्दा एनआरएनए युएई संकटमा परेको छ । श्रेष्ठले कार्यभार हस्तान्तरण गर्नु अघि आफु निकटका केही ब्यक्तिहरुलाई कार्यसमितिमा मनोनित गर्नु पर्ने शर्त राखेका छन् । उनी निकट नरेश सेन र मनु क्षेत्रीलाई उपाध्यक्षमा, ओम प्रकाश पोखरेल, तारा बहादुर बोहोरा र केशब नेपाललाई सचिबमा मनोनित गर्नु पर्ने शर्त राखेका हुन् । राजेश दर्शन अर्यालको सँयोजकत्व गठित निर्वाचन समितिले गत अगस्त २३ तारिखका दिन निर्बिरोध रुपमा प्रकाश कोईरालाको अध्यक्षतामा २०१९–२०२१ को पूर्ण कार्यसमितीको घोषणा गरेको थियो । नवगठिग कार्यसमितिलाई निबर्तमान अध्यक्ष श्रेष्ठकै उपस्थितीमा सोही दिन मध्यपूर्ब उपसँयोजक गोपाल कंडेलले सपथ खुवाएका थिए । गत ६ सेप्टेम्बरमा आयोजित हस्तान्तरण कार्यक्रम समेत स्थानीय निकायको हस्तक्षेपको कारण बिचैमा रोकिएको थियो । यसैबिच आईसीसी महासचिब बद्री केसीले श्रेस्ठलाई तुरुन्त खातापाता हस्तान्तरण गर्न निर्देशन् दिएका छन् । सपथ ग्रहण पश्चात श्रेष्ठले एनआरएन यूएई नेपाल एसोसियसनको ुसब कमिटीु को हैसियतमा मात्र रहने र नेपाल एसोसियसनको अनुमती बिना केही पनि गर्न नपाउने भन्दै ‘एमओयु’ मा हस्ताक्षर गर्द दबाब दिए पछि संकट शुरु भएको थियो । एनआरएन यूएईमा नयाँ कार्यसमिति चयन भए पनि श्रेष्ठले छोड्न नमाने पछि बिबाद अझ बढेको छ । निर्वाचन समितीका अनुसार एनआरएन यूएईमा हाल ३ हजार भन्दा बढी सदस्य सँख्या रहेको छ । नेपाल एसोसिएसन गत साल दुबईमा दर्ता भएको नेपाली संस्था हो । एनआरएन यूएईले कानूनी रुपमा नेपालीहरुको गतिबिधी सँचालन गर्नको लागि श्रेष्ठकै नेत्रित्वमा नेपाल एसोसिएसन दर्ता गरेको थियो । श्रेष्ठको कार्यकाल समाप्त भएसँगै नैतिक रुपमा उनीसँग नेपाल एसोसिएसनको अध्यक्ष हुने हैसियत पनि सकिएको छ । तर यूएईको कानून अनुसार उनी अझै नेपाल एसोसिएसनको बैधानिक अध्यक्ष रहेकोले एनआरएनको नवनिर्बाचित कार्यसमितिलाई कानूनी रुपमा गतिबिधी सँचालन गर्नको लागि सहजिकरणको भूमिका खेल्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । ‘उहाँको कार्यकाल सकिएको छ, एनआरएनको गतिबिधीलाई कानूनी रुपमा सँचालन गर्नको लागि अब निशर्त सहयोगीको भूमिका निभाउनु पर्छ’ नवनिर्बाचित अध्यक्ष प्रकाश कोईरालाले भने । निबर्तमान अध्यक्ष श्रेष्ठले एनआरएन यूएईलाई नेपाल एसोसिसन यूएईको शाखा समिति बनाएर आफ्नो मातहतमा राख्ने प्रस्ताब राखेका छन् । नवनिर्बचित महासचिब निश्चल दाहालले कसरी सहकार्य गर्ने भन्ने सहमती भईसकेको अवस्थामा निबर्तमान अध्यक्षले केही ब्यक्तिहरुलाई मनोनित गर्नुपर्ने शर्त राखेर कार्यकाल हस्तान्तरण नगर्दा संकट उत्पन्न भएको बताएका छन् । मनोनित गर्ने बारेमा पनि सहमती भईसकेको अवस्थामा प्रकृयागत रुपमा नगई बिधान बिपरित मनोनयन गरेपछि मात्र हस्तान्तरण गर्ने श्रेष्ठको हठका कारण असहज परिस्थिती उत्पन्न भएको दाहालले बताए । श्रेष्ठकै कारण यूएईका अधिकाँश नेपाली संघसंस्थाहरु नेपाल एसोसिएसनसँग हातेमालो गर्न तयार देखिएका छैनन् । ‘हामी हाम्रो कार्यक्रममा उनको उपस्थिती नहोस भन्ने चाहन्छौँ र निमन्त्रणा पनि पठाउँदैनौ जिल्ला स्तरीय एक समाजका अध्यक्षले भने, यूएईका कुनै पनि नेपाली संघसंस्थाहरु नेपाल एसोसिएसनसँग सहकार्य गर्न तयार छैनन । बरु उनिहरुको आकर्षण नेपाली समाज यूएई प्रति देखिएको छ । नेपाली समाजमा हाल यूएईका ४१ वटा संस्थाहरु आबद्द रही सहकार्य गरिरहेका छन् । नेपाली समाज सन १९९० मा गठित नेपालीहरुको पुरानो संस्था हो । एनआरएन यूएईको अधिबेशन पश्चात सम्पूर्ण हिसाब किताब स्वतह नयाँ कार्यसमितीलाई हस्तान्तरण गर्नु पर्नेमा निर्वाचन समितिले सेमत गरेको छैन । पुरानो कार्यसमितिसँग सहमती भए पछि मात्र हस्तान्तरण गर्ने अर्यालको भनाइ छ । निर्वाचन समितिले एक सुचना जारी गर्दै हस्तान्तरण गर्ने समयावधी एक महिना रहेको बताएको छ । निर्वाचन समितिले नेपाल एसोसिएसनको रसिद भौचर प्रयोग गरेकोले नयाँ कार्यसमितीलाई नगद हस्तान्तरण गर्न सकेको छैन । श्रोतका अनुसार एनआरएन यूएईको नयाँ समितिलाई नगद दिएमा कानूनी उपचार खोजिने नेपाल एसोसीएसन सम्बद्द ब्यक्तिहरुको भनाइ आए पछि अर्यालले हस्तान्तरण नगरेको हो । यस् अघि निर्बाचन समितिले समेत पटक पटक सहमती गराउने भन्दै प्रतिस्पर्धामा हारेका ब्यक्तिहरुलाई मनोनित गराउने प्रयास गरेको थियो । बिधान बिपरित ५ जना उपाध्यक्ष र ५ जना सचिब बनाउने सहमती निर्वाचन समितिको रोहभरमा नै भएको थियो । एनआरएन युएईको बिधानमा ३ उपाध्यक्ष र २ जना सचिबको स्पस्ट ब्यवस्था गरिएको छ ।

एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, प्रवक्तामा क्षत्री

दोहाः  सन २०१९–२०२१ कार्यकालको लागि नवनिर्वाचित एन आर एन ए एनसिसि कतारको कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार दोहामा सम्पन्न पहिलो बैठकले कार्यसमिति सदस्य मनोनीत, सचिवालय गठन, प्रवक्ता चयन, विभिन्न उपसमिति गठन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले एनआरएनएको विधानअनुसार निवर्तमान अध्यक्ष नवीन पोख्रेललाई प्रमुख सल्लाहकार, कार्यसमिति सदस्य सन्तोष क्षत्रीलाई प्रवक्ता, कार्यसमिति सदस्य नरेश श्रेष्ठ र केशव कार्कीलाई सचीवालय सदस्य रहने निर्णय गरेको छ । यस्तै कार्यसमितिलाई पुर्णता दिदै ८ जनालाई सदस्यमा मनोनीत गरेको छ । मनोनित सदस्यमा अब्दुल वासिद, ललित कुमार तामाङ, मदन गुरुङ, मदसिर नजर, सुरेश कुमार मण्डल, राजकुमार दर्जी, दिपक बिश्वकर्मा र शेख अमानुल्लाह रहेका छन् । बैठकले संस्थाको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । आगामी बैठकमा पुर्णता दिने गरि अध्यक्ष मुक्तदा मुसलमानलाई कुटनैतिक समन्वय समितीको संयोजक, प्रथम उपाध्यक्ष उत्तम गुरुङलाई सुरक्षीत आप्रवाशन तथा श्रमिक कल्याण समितीको संयोजक, दितिय उपाध्यक्ष टंक कुमार खड्कालाई संघ संस्था समन्वय समितिको संयोजक, महिला उपाध्यक्ष सरिता भण्डारीलाई सुरक्षा तथा जनचेतना अभिबृद्धि समितिको संयोगजक, महासचिव पदम गिरिलाई पर्यटन प्रवर्द्धन समितीको संयोजक, सचीव नियम भुजेललाई साहित्य तथा प्रकाशन समितीको संयोजक, सचीव अफ्सर अलि खानलाई खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितिको संयोजक, कोसाध्यक्ष बिनोद प्रसाद बसौंलालाई आर्थिक समितीको संयोजक, प्रवक्ता सन्तोष क्षत्रीलाई प्रचारप्रसार तथा जनसम्पर्क समितीको संयोजक, युवा संयोजक रबिन मगरलाई युवा बिभाग प्रमुख, महिला संयोजक अम्बिका खत्रीलाई महिला बिभाग प्रमुख, कार्यसमिति सदस्य ज्वाला शाहीलाई स्वयंसेवक तथा अतिथि सत्कार समितीको संयोजक, अब्दुल वासिदलाई सामुहिक लगानी समितीको संयोजक र मदन गुरुङलाई संस्कृति तथा कला समितीको संयोजक तोकेको छ । बैठकको अध्यक्षता गर्दै अध्यक्ष मुक्तदा मुसलमानले निर्वतमान कार्यसमितिले अन्तिम समयको अफ्ट्यारो परिस्थितिका बाबजुद पनि आठौं रास्टिय महाधिवेशन सफलताका साथ सम्पन्न गरेकोमा निवर्तमान कार्यसमितीलाई धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष मुसलमानले एनआरएनए एनसिसि कतारका सम्पूर्ण कार्यक्रममा निरन्तर साथ सहयोग गर्ने नेपाली राजदूतावास, निर्वाचन समिती, एनआरएनए आइसिसि पर्यवेक्षक लगाएत सम्पुर्ण अभियानता र पञ्जिकृत सदस्यलाई आभार व्यक्त गरेका थिए ।

नवनिर्वाचित एनआरएनए एनसीसीलाई प्रवासी नेपाली एकता मञ्च कतारको बधाई

दोहाः  प्रवासी नेपाली एकता मञ्च कतारले एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । एनसिसि कतारको आठौं राष्ट्रिय महाधिवेशनबाट सन् २०१९–२०२१ कार्यकालको लागि निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यलाई मंगलबार एक कार्यक्रमकाबीच बधाई ज्ञापन गरेको हो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनि कुमार वलीले नवनिर्वाचित कार्यसमितिले सबै काम गर्छु भन्नूभन्दा पनि थोरै तर यहाँको नेपाली समुदायको लागि नमूना काम गर्न सुझाव दिए । कार्यसमिति गठन प्रक्रियामा पक्ष विपक्ष भए पनि अब एनआरएनको अभियानमा लागेका सबैको साथ लिएर अगाडि बढनुपर्ने भन्दै वलीले नेपाली समाजको साझा संस्था एनआरएनए कतारको लागि सधै साथ सहयोग रहने प्रतिवद्द्ता व्यक्त गरे । उनले नयाँ कार्यसमितिले राम्रो भिजन सहित काम गर्न सकेमा स्वत नेपाली समाज गोलबन्ध भएर साथ सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मुक्तदा मुसलमानले यो जिम्मेवारी प्रदान गरेकोमा सबैमा धन्यवाद व्यक्त गर्दै आफूहरु सबैसङ्ग हातेमालो गरेर अगाडि बढ्न तयार रहेकोले नेपाली समाजका अगुवाबाट प्राप्त हुने सकारात्मक सल्लाह सुझाव सदैव ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष दिलकिरण खुजुम, एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष एवं समाजसेवी सागर नेपाल, नेपाली प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष शिव भुजेल, महासचिव नेपाली जनप्रगतिशिल मञ्चका सह–संयोजक राजु डुम्रे, प्रदेश नम्बर १ समन्वय परिषदका अध्यक्ष चुडामणि कार्की, तमु समाजका अध्यक्ष भाइकाजी गुरुङ, अमित गौतम, दुर्गा प्याकुरेल, खेम सुवेदी, बिशाल खतिवडा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।   यस्तै नवनिर्वाचित आइसिसी सदस्य रमेश भट्ट, केबि हमाल, युवराज शर्मा, प्रथम उपाध्यक्ष उत्तम गुरुङ, द्धितिय उपाध्यक्ष कुमार खड्का, महिला उपाध्यक्ष सरिता भन्डारीले सबै सङ्ग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका प्रवासी नेपाली एकता मञ्चका प्रस्तावित अध्यक्ष चानक पोख्रेलले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै कार्यसमिति चयनको लागि चुनाव एउटा लोकतान्त्रिक प्रक्रिया मात्रै भएको भन्दै आगामी दिनमा सबैसङ्ग समन्वय गरेर अगाडि बढ्न सुझाव दिएका थिए । उनले नेपाली राजदूतावास पछि एनआरएनए नै नेपालीको अविभावक भएको भन्दै सदैव नेपाली समाजको बारे चिन्ता गर्न आग्रह गरे । प्रवासी नेपाली एकता मञ्चका प्रस्तावित सचिव मोहन कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मञ्चका कार्यबाहक महासचिव प्रभात त्रीपाठीले गरेका थिए ।

कतारमा नेपाली कामदार नगद पुरस्कारद्वारा सम्मानित

दोहाः अन्तर्राष्ट्रिय मान्यता प्राप्त कतारको नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा कार्यरत २ नेपालीलाई नगदसहित सम्मान गरिएको छ। दश बर्षदेखि उक्त कम्पनीमा कार्यरत दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङलाई जनही १५ हजार रियाल नेपाली झन्डै ४ लाख ५० हजार रुपैयाँका साथ सम्मान गरिएको हो । इमान्दारीपूर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपलक्ष्यमा नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट उक्त सम्मान प्राप्त गरेका हुन् । सन् २००९ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका दाङका चौधरी कामप्रतिको इमान्दारिता र लगावको कारण एक सक्षम ट्रेड वर्करसमेत भइसकेका छन् । दुई छोरा र एक छोरीका पिता चौधरीले नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरेर नै घर जग्गा जोड्न सफल भएको बताउछन् । कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका चौधरी कम्पनीका मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफू पराई भूमिमा भएजस्तो पनि नलागेको बताए । उनले आफूले प्राप्त गरेको इनाम रकम घर खर्च लगायत छोराहरुको पढाईमा खर्च गर्ने बताए । ताप्लेजुङ निवासी कृष्णबहादुर गुरुङ पनि हेल्परमै सोही कम्पनीमा आएका भए पनि अहिले उनी सबै काममा सक सक्षम भइसकेका छन् । अल नासर इन्टरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताई सकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना एक छोरा र एक छोरीलाई राम्रो शिक्षादिक्षा प्रदान गरेको बताउँछन् । कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको कृष्णबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । आफनो लागि यो रकम ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराछोरीको पढाइमा समेत खर्च गर्ने बताए । नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरिरहँदा आफूले आर्थिक प्रगति गर्न र मनग्य सिप आर्जन लगायतको दुई महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु पुरस्कार र सम्मानबाट लाभान्वित भइसकेका छन् । कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सबै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेकाछन् ।

श्रेया गजुरेलले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका’को उपाधि

बोस्टन । मिस नेपाल नर्थ अमेरिका २०१९ श्रेया गजुरेलले जितेकी छन्। उनलाई पछ्याउँदै फर्स्ट रनर–अप आस्था पाण्डे र सेकेन्ड रनर–अप कृति केसी भएका छन्। प्रतियोगिताको फाइनल शनिबार अबेर न्युयोर्कमा भएको थियो। गजुरेल न्युयोर्क, पाण्डे भ्यानकुभर, क्यानडा, र केसी म्यासच्युसेट्सका हुन्। यसपटक एक क्यानडा र १५ अमेरिकाका गरी १६ प्रतिस्पर्धी फिनालेमा पुगेका छन्।  साथै मिस ट्यालेन्ट रेबेका श्रेष्ठ (न्युयोर्क), मिस कम्युनिटी आउटरिच गरिमा पौडेल (भर्जिनिया), मिस पपुलर राजश्री आचार्य (ओक्लहामा), फोटोजेनिक आस्मा थापा मगर (मिनेसोटा), मिस स्माइलस सविना पौडेल (आइडाहो), मिस वेस्ट ड्रेसमा ओशिन रायमाझी (क्यालिफोर्निया) आदिले जिते। यसपटक मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा प्रमुख निर्णायक, र निर्णायकमा नामगेल लामा, अधिवक्ता बासु फुलारा, कलाकार एड्रिएन प्रधान, अबुबोकोर हनिप तथा राजु श्रेष्ठ थिए। एड्रीएन प्रधान ,सिने गुरुङ, राभ सिटौला, राम श्रेष्ठ, आदित्य लामा, राहुल राई तथा जय गुरुङले गीत९संगीतबाट मनोरञ्जन गराएका थिए। यो दोस्रो मिस नेपाल नर्थ अमेरिका थियो। गत वर्ष न्युयोर्ककी मोनिका घलेले यो उपाधि हासिल गरेकी थिइन्। उनले अन्तिम १९ प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी थिइन्।

रुखले किच्दा भारतमा २ नेपालीको ज्यान गयो

नयाँ दिल्लीः  भारतको हिमाञ्चल राज्यको शिमला जिल्लाको नारकन्दमा रुखले किचेर दुई नेपालीको ज्यान गएको छ । साथै ५ नेपाली घाइते भएका छन्। मृतकहरू बाँके जिल्लाका रहेका बुझिएको छ । उनीहरू शिमलामा मजदुरी गर्दै आएका थिए। नेपाल भारतीय एकता मञ्चका सचिव आरबी खडका अनुसार २ दिनदेखि भएको भारी वर्षाका कारण रुख ढलेर घाइते भएका ७ नेपालीमध्ये दुईको मृत्यु भएको हो । उनका अनुसार मृतक दुईजनाको पोस्टमार्टम गरी शव नेपाल लैजाने प्रकृया थालिएको छ। मृत्यु हुनेमा बाँकेको विनुवा चिलहरिया गाउँका सन बहादुर पून मगर र अर्जुन बुढा मगर छन्। खड्काले घटनाबारे दूतावासलाई जानकारी दिइएको र आवश्यक प्रकृया पुर्‍याएर शव नेपाल पठाइने उनले बताए। पाँच घाइतेहरूमा बलबहादुर पुन मगर, रमन पुन मगर, सन पुन मगर,रणवीर घर्ती मगर र कृष्णा थारु रहेका छन्। घाइतेहरू इन्दिारा गान्धी मेडिकल कलेज, शिमलामा उपचार गराएर घर फर्किसकेका छन्। घाइतेहरू सबै राप्ती सोनारी गाउँपालिकाका बासिन्दा हुन्। त जना घाइते भएका थिए। एक जनालाई कुनै चोटपटक लागेको छैन।

कतारमा नेपालीमाथि सा‌ंघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते

काठमाडौंः  मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । दोहामा रहेको ने नेपाली राजदूतावासका अनुसार आक्रमणमा परेर थप ५ जना नेपाली घाइते भएका भएका छन् । आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्यान गएको राजदूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राजदूतावासले जानकारी दिएको छ । त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ । त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएका छन्। घाइतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ । मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ । यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा सतर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।

एनआरएनए आईसिसिको सदस्यमा भट्टको उम्मेदवारी

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा कतारबाट पनि उम्मेदवारी दिएका छन । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा एनआरएनए आइसीसीको विश्व सम्मेलन तथा महाधिबेशन हुँदै गर्दा एनआरएनए आइसीसी सदस्यमा कतारबाट समाजसेवी रमेश भट्टले उम्मदेवारी दिएका छन् । भट्टले आफ्नो प्रतिवेदन जारी गर्दै ‘हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्या्दित वैदेशिक रोजगारीको विषयमा रहने गरेको छ । यस विषयमा हालसम्मका प्रयासले उपलब्धिहरु प्राप्त भएपनि प्रयाप्त छैनन् । त्यसैले मैले आकांक्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेको’ बताए । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको एनआरएनए आईसिसि टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब, बागलुङ सेवा समाज कतारको पुर्व अध्यक्ष, विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेका अनुभव रहेको छ । एनआरएनए एनसिसि कतारको २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवार तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गरेका व्यवसायी तथा समाजसेवी भट्टले २०१९–०२१को लागि कार्यसमिति चयनमा आईसिसि पदमा दर्ता गर्दै एनआरएनए एनसिसि कतारका सबै पन्जिकृत सदस्यहरुसँग मतको लागि अनुरोध गरेका छन । राजधानीदैनिकबाट

मध्यपुर्ब एनआरएनमा डिबी क्षेत्रीको चर्चा

सुशान आचार्य,युएई। गैर आबासीय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रीय समन्वय परिषद (आईसीसी) को अधिबेशन नजिकिदै गर्दा मध्यपूर्बको उपस्थितीलाई महत्वपूर्ण तरिकाले हेर्न थालिएको छ । एनआरएनए आसीसीको अधिबेशन आगामी अक्टोबर १३-१६ मा काठमाण्डौमा हुने भएको छ । एनआरएन अभियानमा मध्यपूर्बबाट बर्तमान सचिब डिबी क्षेत्री र मध्यपूर्ब सँयोजक राजेन्द्र कुमार शर्मा (आरके) अहिले देखिएका सम्भावना बोकेका उम्मेद्वारहरु हुन् । क्षेत्रीले महासचिब र शर्माले सचिबमा उम्मेद्बारी दिने सम्भावना रहेको छ । यस् पटक मध्यपूर्बबाट कम्तीमा ५ सय पार्षदहरु नेपाल जाने सम्भावना रहेकोले पनि मध्यपूर्ब खाडीका एनआरएन एनसीसीलाई सबैले चासोका साथ हेरिरहेका छन् । मध्यपूर्बबाट एनआरएन अभियानमा अगाडि देखिएका अन्य अनुहारहरुमा गोपाल कंडेल, बिनोद भट्टराई, मनोज गोर्खाली, प्रबीण गुरुङ, राजु शैयद, सुदीप कार्की लगायत रहेका छन् । गोर्खाली र गुरुङले मध्यपूर्ब सँयोजक र कार्कीले युवा सँयोजकमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । राजनिती भन्दा माथि उठेर मजदूरहरुको हीतको लागि पनि मध्यपूर्बका यी हस्तीहरु एक हुन जरुरी छ । एनआरएन अभियानमा मध्यपूर्बका अभियान्ताहरु एक भए मजदूरका धेरै समस्याहरुलाई सम्बोधन गर्न सकिन्छ भए खाडीका मजदूरहरुको समस्या समाधानमा केही सहयोग पुग्ने विश्वाश गरिन्छ । डिबी क्षेत्री महासचिबको उम्मेद्बार हालका सचिब क्षेत्रीले छिट्टै नै उम्मेद्बारी घोषणा गर्ने बताएका छन् । उनले आफु महासचिबको पदको उम्मेद्बारीको घोषणाको तयारीमा रहेको बताए । आगामी २३ तारिक कतारको राष्ट्रिय सम्मेलनको अवसर पारेर क्षेत्रीले उम्मेद्बारी घोषणा गर्ने सम्भावना रहेको छ । मध्यपूर्बका नेपालीहरु नेत्रित्वदायी पदमा पुगेर एनआरएन अभियानलाई नेत्रित्व दिन सक्छन् भन्ने विश्वलाई बताउन आवश्यक रहेको भन्दै क्षेत्रीले खाडीमा लेबर मात्र हुन्छन, नेत्रित्व गर्ने क्षमता राख्दैनन भन्ने खालको अपमानजन्य भ्रमहरु तोड्न आवश्यक रहेको बताए । एनआरएन धनीमानीहरुको चन्दाले चलेको संस्था नरहेको भन्दै खाडीका पचासौ लाख मजदूरको साथ र उनिहरुको आर्थिक योगदानलाई नजरअन्दाज गर्नु नहुने क्षेत्रीले बताए । ‘कसैले भ्रम नराखे हुन्छ, एनआरएन अभियानमा खाडीका मजदूरहरुको पसिना पनि पोखिएको छ, कसैको डलरले चलेको हैन । संस्थामा लागेर दु:ख गर्ने मध्यपूर्ब, अफ्रिका र मलेसियाका कामदारहरुको अपमान हुने गरी कसैको माया दयाले दिएको पद स्विकार नगर्ने उनले बताए। संस्थाको महत्वपूर्ण र मुख्य पदहरुमा यिनिहरुको धनसम्पती र क्षमताले पुग्दैन भन्ने भ्रम चिर्न पनि यी क्षेत्रका एनआरएन अभियन्ताहरु एक हुन जरुरी रहेको छ, उनले भने । बैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको बिषय उठाउने क्षेत्री पहिलो एनआरएन अभियान्ता हुन । उनले हजारे अभियानको नाममा बैदेशिक रोजगारी संचय कोष अभियानको सुरुवात गरेका थिए । नेपाल सरकारले उक्त अभियानलाई सम्बोधन गर्दै हाल कानून निर्माणको क्रममा रहेको छ । ३० लाख भन्दा बढी नेपालीहरु रहेको मलेसिया र खाडीले हालसम्म महत्वपूर्ण पद अध्यक्ष र महासचिब पद पाउन सकेको छैन । खाडीमा पनि सक्षम एनआरएन अभियान्ताहरु छन तर नेत्रित्वले सधैं हेप्ने काम गरेको छ, क्षेत्रीले भने, संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने, एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टी गर्न आवश्यक छ । त्यसको लागि मध्यपूर्बले सफलतापूर्बक नेत्रित्वदायी भूमिका पुरा गर्न सक्षम छ भन्ने कुरा प्रमाणित गर्न पनि मध्यपूर्बका एनआरएनहरु एक हुनु पर्ने भएको छ । मध्यपूर्ब कसैको भोट् बैंक मात्र हैन भन्ने प्रमाणित गर्न आवश्यक रहेको क्षेत्रीको भनाइ छ । अर्थतन्त्रको एक तिहाई भाग रेमिटेन्स मार्फत योगदान गर्ने मध्यपूर्वबाट संघर्श गर्नेलाई साथ दिने कि पैसावाल र सकेसम्म युरोप अमेरिकावालालाई साथ दिने हो त्यसले नै अग्रजहरुको मध्यपूर्बलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने बुझ्न सकिन्छ । म हरेक सरकारसँग मध्यपूर्बका नेपालीहरुको हकहीतको लागि लगातर लडिरहेको छु । अझै पनि यसलाई टुङगोमा पुर्याउन जरुरी छ । के मैले एनआरएनमा लागेर मजदूरहरुको सामाजिक सुरक्षाको मुद्दा उठाउनु गलत भयो ? तसर्थ यो एउटा बर्गीय लडाईं र परिक्षा पनि हो भन्ने बुझेको छु । यदि खाली चिल्ला कुरा मात्र हैन र मध्यपूर्ब प्रती भ्रम छैन भने मलाई सर्बसम्मत महासचिब दिनुपर्छ । र म नै हो अबको एनआरएन आईसीसीको महासचिब ।

यूएईमा रानाभाट तथा भाट समाज गठन

यूएई । गत शुक्रबार वर दुबईको नेपाली ट्राभल एन्ड टुरिजममा सम्पन्न रानाभाट तथा भाट बन्धुहरुको भेलाले यूएईमा रानाभाट तथा भाट समाज गठन गर्ने निर्णय गर्दै तदर्थ समिति गठन गरेको छ । होम रानाभाटको अध्यक्ष्यतामा बसेको भेलाले थमन सिङ्ग रानाभाटको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । युएईमा छरिएर रहेका सम्पूर्ण रानाभाट तथा भाट बन्धुहरुलाई समेट्ने हेतुले गठन भएको तदर्थ समितिले आगामी ६ महिनाभित्र सबै काम कारबाही पूरा गरी संस्थाको अधिवेशन मार्फत कार्यसमिति चयन गर्ने संयोजक थम्मन सिंह रानाभाटले बताए । त्यस्तै, तदर्थ समितिको महासचिवमा बुद्धी बहादुर रानाभाट, कोषाध्यक्षमा मोहन रानाभाट रहेका छन् भने सदस्यहरुमा विष्णु रानाभाट, मिन भाट, नवराज रानाभाट, सरला रानाभाट, सन्दिप रानाभाट, धिरज रानाभाट रहेका छन् भने संस्थाको संरक्षकमा होम रानाभाट र सल्लाहकार राजकुमार रानाभाट रहेका छन् । त्यस्तै, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने अधिकार पाएको तदर्थ समितिले विधान मस्यौदा समिति बनाएको छ । जसमा लालबहादुर रानाभाट, श्रीराम रानाभाट, अमर रानाभाट, नारायण रानाभाट, मिन रानाभाट रहेका छन् ।

सभासद भण्डारीको कार्यशैली पृथक छः अमेरिकी राजनीतिज्ञ

डिसी । अमेरिकाको मूलधारको राजनीतिमा समाहित भएर हाउस अफ डेलिगेट (विधानसभा सदस्य)को रुपमा पहिलो संसदीय सत्र सम्पन्न गरेका सभाषद ह्यारी भण्डारीको लगन, कडा परिश्रम र काम गर्नसक्ने ईच्छाशक्ति मजबुत भएको टिप्पणी अमेरिकी राजनीतिज्ञहरुले व्यक्त गरेका छन् । गत बिहीबार मेरिल्याण्डमा आयोजित हयारी भण्डारीको रात्रिभोज स्वागत समारोह (रिसेप्सन डिनर)को अवसरमा सहभागी मेरिल्याण्ड विधानसभाका सभामुख, सिनटेर तथा डेलिगेट तथा महान्यायाधिवक्ता (एटर्नी जनरल)हरुले भण्डारीको पहिलो सेसनको समिक्षा गर्दै कार्यशैलीको प्रशंसा गरेका हुन् । मेरिल्याण्ड बिधान सभाका सभामुख एन्ड्रिएन जोन्सले सभासद भण्डारी एउटा नविन जन प्रतिनिधिको रुपमा बिधान सभामा जुन भूमिका खेलेर आफै मुख्य प्रस्तावक (लिड स्पोन्सर)मा विधेयक पारित गर्न सफल हुनु भयो त्यो महत्वपूर्ण उपलब्धि हो भने । साथै जोन्सले सभासद भण्डारीको काम गर्ने ईच्छाशक्ति, जिज्ञासुता, प्रतिबद्धताका साथै नीति ज्ञानले गर्दा डेमोक्रेट्स र रिपब्लिकन बिधायक सदस्यहरुमा लोकप्रिय रहेको बताए । उनले अगाडि थपे, सभासद भण्डारीको अर्को सफलता भनेको संसदीय अनुबन्धन पहल (लेजिसलेटिभ बंड इनिसिएटिव) व्यवस्थापिका विधेयक मार्फत संसदबाट अनुमोदन र कोष विनियोजन गरी पेस गरेका सबै ३ प्रस्ताव स्वीकृत भई परियोजना आफ्नो जिल्लामा ल्याउन सक्नुले पनि उनको काम गर्ने शैली पृथक छ भन्ने पुष्टि गरेको छ । कर्विन शिक्षा बिधेयकको सहायक प्रस्तावकको रूपमा सभासद भण्डारीले के–१२ शिक्षा लागि थप ७ सय मिलियन डलर सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । साथै, मेरील्याण्ड विधानसभामा २१ वर्ष मुनिका युवा वयस्कहरूलाई सुर्तिजन्य, निकोटीन उत्पादनहरू खरीद गर्न प्रतिबन्ध लगायतका विधेयक लगाएत स्वास्थ्य सम्बन्धि विधेयक पारित गर्न सभाषद भण्डारीको उलेखनीय भूमिका रहेको थियो। संसदमा शक्तिशाली स्वास्थ्य र सरकार संचालन समितिमा रहेका भण्डारीका ५९ सहायक प्रस्ताव रहेका बिधेयेक मध्ये ३३ बिधेयेक दुवै सदनबाट पारित भएर गभर्नरले स्वीकृत गरे संगै राज्य कानून बन्दैछन् । कार्यक्रममा मेरिल्याण्डका एटोर्नी जनरल ब्रेन फ्रोसले सभासद भण्डारी अमेरिकी सपनाको उदाहरण बताउंदै नेपाल देखि मेरिल्याण्डको हाउस अफ डेलिगेटस सम्मको यात्राले अमेरिकाको आप्रवासन सम्वन्धि व्यवस्थाले कसरी अनेकतामा एकता र त्यस भित्र विविधतालाई अंगिकार गरेको छ भन्ने पुष्टि गरेको बताए । महान्यायाधिवक्ता फ्रोसले अगाडि थपे, यो अवसरको भूमिमा सभासद भण्डारीको कठोर परिश्रमले अमेरिकामा नेपाली मूलको पहिलो विधायकको रुपमा उनलाई ईतिहास कोर्ने अवसर प्रदान गरेको छ । मेरिल्याण्ड सिनेटको दोश्रो वरियता क्रममा रहेकी सिनेटर तथा प्रेसिडेन्ट प्रो टेम्पोर क्याथी क्लासमारले कार्यक्रम सञ्चालन गर्दे भण्डारीको निवासको राजनैतिक रात्रिभोजको बैठकदेखि डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्य र बिधायकको रुपमा बिजयी प्राप्त गर्दा सम्मको आफ्नो सभाषद भण्डारी संगको राजनीतिक सहकार्यको भावुक हुँदै स्मरण गराए । सभाषद भण्डारीको डेमोक्रयाट दल ९पार्टी०को केन्दीय सदस्य र हाउस अफ डेलिगेटको रुपमा बिजय प्राप्त गर्दा सम्मको आफ्नो सहकार्यको अनुभव सुनाएका थिए । यसैगरी, अर्का पुराना हाउस सभाषद एरिकले सभासद भण्डारी र उनलाई सहयोग गर्ने सबै समुदायलाई प्रति हार्दिक धन्यवाद ज्ञापन गरे । कार्यक्रमलाई सम्बोधन गर्दे हाउस अफ डेलिगेट (विधान सभा सदस्य) भण्डारीले मलाई अमेरिकाले महत्वपूर्ण अवसर प्रदान गरेको भन्नु हुँदै आगामी दिनमा अझै प्रतिवद्धताका साथ नागरिक प्रति सेवा भावले समर्पित हुने आफनो ईच्छा रहेको बताए । १२ वर्षपछि रिपब्लिकन दलका पूर्वराज्य निर्देशक र अमेरिकाको सबैभन्दा लोकप्रिय गभर्नर लारी होगनका बहालवाला विश्वासपात्र सभाषद सदस्यलाई गत नोभेम्बरको संसदीय चुनावमा पराजित गरि रिपब्लिकन पार्टीलाई स्तब्ध पार्दै भण्डारीले संसदीय चुनाब जितेका हुन् । भण्डारीको निर्वाचन जिल्ला राज्यको सबैभन्दा प्रतिस्पर्धी चुनावी जिल्ला हो । भण्डारी एएपिआई समन्वय ककस सभापति र सिनेट र बिधान सभाका लागि एएपिआई ककसका सचिव छन् । उक्त ककसका एकजना सदस्य अमेरिकामा भारतीय मूलको पहिलो विधायक ९० का दशक देखि कुमार बार्वे पनि छन् । कार्यक्रममा शिक्षक संघकि अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरु, स्थानीय अस्पताल, विश्वविद्यालयका प्रतिनिधिहरु लगायत नेपाली समुदायका सदस्यहरुको समेत सहभागी रहेको थियो। ८० प्रतिसत स्वेत मतदाताहरु रहेको चुनावी संसदीय जिल्लामा कुनै पनि चनाव जित्ने भण्डारी पहिलो अल्पसंख्यक बिधायक हुन् । अहिले सम्म उक्त चुनावी क्षेत्रमा अफ्रिकन अमेरिकन लगायत कुनै पनि अल्प संख्यकले प्राथमिक तथा आम निर्वाचन जितेका थिएनन । अहिलेसम्मको जिल्लाको संसदीय चुनावी ईतिहासमा तेश्रो धेरै लोकप्रिय मत ल्याएर बिजयी हुने भाग्यमानी सभासद भण्डारी हुन् । उक्त क्षेत्रमा जन संख्या १ लाख ५० हजार हाराहारीमा रहेको छ ।

नेपालको झन्झटिलो प्रक्रियाले विदेशी पूँजी भित्र्याउन गाह्रोः अध्यक्ष कुँवर

कतार । धौलागिरी कालिका हाइड्रो लिमिटेडका अध्यक्ष बिनोद कुँवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफूसँगै बिदेशी कम्पनीको पूँजी नेपाल भित्र्याउन चाहेपनि नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद् र परिषद् अन्तरगतका जिल्ला संस्थाले आयोजना गरेको ‘समृद्ध नेपालका लागि जलविद्युत आयोजना’ साथमा ‘जीवन जिउने कलाशैली’ सम्बन्धि कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले बिदेशी कम्पनी नेपालको बिशेष गरि जलविद्युत लगाएतका क्षेत्रमा लगानी गर्न इच्छुक भएपनि सरकारको लामो कागजी प्रक्रियाले आउन नसकेको बताका हुन्। विभिन्न विवादले अगाडि बढ्न नसकेको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत परियोजना स्थानीय ब्यक्तिको लगानीमा आफुहरुले निर्माण गर्न लागेमा सानो काम गर्नको लागि सरकारी कार्यलय घुम्दा घुम्दै महिनै लाग्ने गरेको भन्दै सरकारले लगानी आकर्षण गर्नको लागि कागजी प्रक्रिया सहज गर्नुपर्ने बताए । एन आर एन ए आइसिसि प्यासिफिकको सहसंयोजक समेत रहेका कुँवरले राष्ट्र समृद्ध नभएसम्म ब्यक्ति जति सम्पन्न भएपनि विदेशमा नेपालीको श्रम र सिपको सम्मान नहुने भन्दै ब्यक्तिगत भन्दा पनि सामूहिक लगानी गर्नुपर्ने बताए । करिब ३० बर्षदेखि दक्षिण कोरियामा ब्यबसाय गर्दै आएका कुँवरले जलविद्युतसंगै आफूले मोनोरेल र अत्याधुनिक कुखुरा पालनमा लगानी भित्राइरहेको भन्दै अन्य गैरआवासिय नेपालीलाई आफ्नो मातृभूमिमा लगानी गर्न आग्रह गरे । धौलागिरी कालिका हाइड्रो लिमिटेडले सञ्चालन गर्न लागेको २५ मेगावाट क्षमताको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनाको बारेमा जानकारी गराउदै आयोजनाका म्यानेजिङ डाइरेक्टर हर्कमान घर्ती मगरले नेपालमा र विशेष गरि गण्डकी प्रदेशमा जलविद्युतको लागि आकर्षक लगानीको क्षेत्र रहेको भन्दै यसमा लगानी गर्न आग्रह गरे । हाल निर्माणधिन आयोजनाको लागी सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले ७० प्रतिशत लगानी गर्ने र ३० बर्षको लागि ‘टेक अर पे’ अर्थात् उत्पादन भएको सबै लिने आधारमा नेपाल बिधुत प्राधिकरणसंग बिद्युत् खरिद सम्झौता भएको भन्दै आफ्नो परियोजनामा लगानी सुरक्षीत रहेको बताए । आगामी ४ बर्ष भित्र बिद्युत् उत्पादन गर्ने लक्ष्यसहित म्याग्दीको मालिका गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनामा ५ किलोमिटर सुरुङ मार्ग हुने र करिब ५ अरब १५ करोड अनुमानित लागत रहेको बताए । इलेक्ट्रोनिक इन्जिनियरसमेत रहेर ३० बर्षदेखि चीन तथा हङकङमा ब्यबसाय गर्दै आएका मगरले आफनै मातृभूमिमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल आएको बताए । कार्यक्रम मानव सेवा आश्रम नेपालका अध्यक्ष एवं रामजी अधिकारीले दैनिक गरिने कामलाई कसरी सकारात्मक सोच राखेर जीवनलाई नै रचनात्मक बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए । उत्प्रेरकसमेत रहेका अधिकारीले जनजनमा मानवता प्रवर्द्दनका लागि सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनाको विकास सँगसँगै असल नागरिक निर्माण गरि समृद्ध एवं मानवीयताको राष्ट्र नेपाल निर्माणको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष हंसराज ढकाल क्षत्री जलविद्युतको बारेमा जानकारी गराउन कतार आएको धौलागिरी कालिका हाइड्रो लिमिटेडको टिमलाई धन्यवाद व्यक्त गर्दै परिषद्को तर्फबाट १ करोड लगानी रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्यानलिस्टको तर्फबाट बोल्दै आइ सिसि मानार्थ परिषद् सदस्य बिल गुरुङले लामो समय ब्यबसायगरेको अनुभवी समूहको नेतृत्वमा निर्माणधिन आयोजनामा लगानी गर्न अनुरोध गरे । सो कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश समन्वय परिषद् कतारका महासचिव रामजी खत्रीले गरेका थिए ।

खस क्षत्री सेवा समाजको नवौं स्थापना दिवस कतारमा सम्पन्न

दोहा । खस क्षत्री सेवा समाज कतारले एक कार्यक्रमकाबीच नवौं स्थापना दिवस मनाएको छ । शुक्रबार दोहामा सम्पन्न स्थापना दिवस कार्यक्रम शुभकामना व्यक्त गर्दै समाजका संरक्षक टिबि कार्कीले खस क्षत्री सेवा समाजले स्थापनादेखि नै जातिभन्दा माथि उठेर देश र राष्ट्रको सेवा गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । संस्थापक अध्यक्षसमेत रहेका कार्कीले कठिन परिस्थितिमा स्थापना गरेको संस्थाले निरन्तर समाज सेवामा सक्रिय रहँदा गर्व लाग्ने गरेको बताए । कार्यक्रममा समाजका आजिवन सदस्य एवं एन आर एन ए आइसीसि सदस्य कुमार कार्की, समाजका प्रमुख सल्लाहकार रेशम बस्नेत, आजिवन सदस्य एवं एन आर एन कतारका युवा संयोजक माया केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रवक्ता सन्तोष क्षत्री र सञ्चालन महासचिव रामजी खत्रीले गरेका थिए ।