पहिलो वर्ष जापानले थोरै कामदार लैजाने

काठमाडौं, चैत ५ । हेटौंडाकी रिना वाइबा काठमाडौंमा जापानी भाषा सिकाउने केन्द्र खोज्दै भौंतारिइरहेकी छन् । कहाँ पढ्ने भनेर उनले निर्णय लिन सकेकी छैनन् । ‘धेरै भाषा केन्द्रमा पुगेँ, सबैजसोमा विद्यार्थी भरिभराउ देख्छु,’ उनले भनिन्, ‘ती केन्द्रको वैधानिकता के हो, स्वीकृत पाठ्यक्रम हो/होइन, कोही प्रस्ट जवाफ दिन सक्दैनन् ।’

गत पुस ९ गते जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने नीति लिएपछि नेपालीका लागि जापान आकर्षण बनेको हो । जापानी भाषा प्रवीणता परीक्षण -जेएलपीटी) को चौथो तह पास भएका कामदार मात्रै जापान जान पाउँछन् । चौथो र पाँचौं तह भनेको आधारभूत जापानी भाषा -दैनिक रूपमा प्रयोगमा आउने) बोल्न र पढ्न सक्ने हुनु हो ।

जापान र नेपालबीच कामदार पठाउने विषयमा सम्झौता नभए पनि जापान जान इच्छुक युवा भाषा सिक्न थालिसकेका छन् । ‘यो आकर्षण देख्दा अचम्म पर्छु,’ वाइबाले भनिन्, ‘पहिलो लटमै जान पाइयोस् भन्ने चाहना छ । हेरुम् के हुन्छ ?’

जिटो असफल
जापानले नेपालबाट औद्योगिक प्रशिक्षार्थी कामदार लिएर जान थालेको दशक नाघिसकेको छ तर यो मोडल नेपालका लागि सफल भएन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान इन्टरनेसनल टे्रनिङ कोअपरेसन अर्गनाइजेसन (जिटो) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी कामदार पठाइरहेको छ ।

सुरुमा यसमा नेपाल उद्योग वाणिज्य महासंघले प्रशिक्षार्थी कामदार पठाउँथ्यो । महासंघले अपेक्षाकृत कामदार पठाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायी  (म्यानपावर कम्पनी) मार्फत कामदार पठाउने व्यवस्था भयो ।

वैदेशिक रोजगार विभागका अनुसार प्रशिक्षार्थी कामदार पठाउन २ सय ५३ म्यानपावर सूचीकृत छन् । ती सबै म्यानपावरले प्रशिक्षार्थी कामदार पठाउन सकेनन् । जापानी रोजगारदाताले १० प्रतिशत प्रशिक्षार्थी कामदार राख्न पाउने व्यवस्था गरेको छ । सबैभन्दा बढी भियतनामले १ लाख ४ हजार, चीनले ८० हजार, फिलिपिन्स, इन्डोनेसिया र थाइल्यान्डबाट २० हजार प्रशिक्षार्थी कामदार पठाउन सकेको छ । नेपालबाट भने २ सय कामदार मात्रै गए ।

वैदेशिक रोजगार व्यवसायीका अनुसार बजार प्रवर्द्धन गर्ने खर्च निकै महँगो परेका कारण नेपालबाट कामदार पठाउन नसकिएको हो । ‘रोजगारदाताले एकै पटक धेरै कामदार लैजाँदैनन् । १० देखि ५० जनालाई रोजगार दिनेले वर्षमा ३ जना मात्रै कामदार लिएर जान्छ,’ जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएको हिमालयन जब एक्सप्लोररका प्रबन्धक निर्देशक मदन महतले भने, ‘सेवा शुल्क ५० हजार रुपैयाँ तोकिएको छ । दूतावासमा कागज प्रमाणीकरण गर्न मात्रै ३७ हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसले बजार खोज्नै नपुग्ने स्थिति भयो ।’

खुला बजार भएकाले म्यानपावर व्यवसायीले अरू देशसँग प्रतिस्पर्धा गर्न सकेनन् । यहाँबाट गएका नेपाली कामदार भाग्ने समस्याले गर्दा पनि कोटा गुमेको उनले भने । ‘कामदार भागेपछि रोजगारदाताले सरकारलाई जरिवाना तिर्नुपर्छ, उनीहरूको कोटा पनि गुम्छ,’ उनले भने, ‘यसले गर्दा त्यही रोजगारदातालाई अर्को कामदार पठाउन मुस्किल छ ।’  यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेशन सम्पन्न

युएई,माघ १८।स्याङ्गजा जिल्लाको गल्याङ्ग नगरपालिकावासीहरुको समाज गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेसन शुक्रबार सम्पन्न भएको छ । समाजका तदर्थ समितिका विष्णु गैरेको स्वागत मन्तव्यबाट शुरु भएकोे उक्त कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका संस्थापक उपाध्यक्ष एकेन्द्र थापाको प्रमुख अतिथ्यता रहेका थिए । कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष खगेन्द्र गैरे विशेष अतिथि रहेका थिए भने स्याङ्गजा जिल्लाका अध्य गाउपालिका नगरपालिका स्तरिय संस्था प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । युएईको बरदुबईमा रहेको लुम्बिनि गेष्ट हाउसमा आयोजना गरिएको प्रथम अधिवेशनले पिताम्बर अर्यालको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजु वस्याल र गोपाल भट्टराई रहेका छन । त्यसैगरी महासचिवमा कल्पित भण्डारी, सचिव तुल्सीराम भुषाल, कोषध्यक्ष रेशमराज खनाल, सहकोषाध्यक्ष प्रकृति रेग्मी निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा क्रमशः विष्णु गैरे, मुक्ति भट्टराई, जमुना चापागाई, विष्णु भण्डारी, विकास कर्मचार्य, राजु अधिकारी, टिका भण्डारी र प्रदिप चापागाई रहेका छन । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक लक्ष्मण खनाल र समिति सचिव ओमकार पोखरेलले खादा तथा ओहोदाको प्रमाणपत्र प्रदान गरि वधाई तथा शुभकामना दिएका थिए ।

चितवनका जीवनले कुवेतमा ज्यान गुमाए

कुवेत,माघ १८।वैदेशिक रोजगारीका लागि कुवेत पुगेका रत्ननगर-८,चितवन नर्कटियाका ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघातका कारण कुवेतमा निधन भएको छ। कुवेतको एसके कम्पनीमा सवारी चालकको रूपमा कार्यरत चौधरी साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने क्रममा चेक जाँचका लागि बाहिर निस्किएर साथिहरु संग कुरा गर्दै गर्दा अकस्मात ढले पछी तत्काल स्थानीय आदान अस्पातल पुर्याउदा उनलाई डाक्टए मृत घोषित गरेको उनका सहकर्मीले जानकारी दिएका छन्। रक्तचाप र सुगरले ग्रसित चौधरीले मध्यपान, धुम्रपान भने गर्दैनथे ।उनी वार्षिक छुट्टी सकेर दुई महिना अघी गत डिसेम्बर ६ तारिख मात्र कुवेत फर्किएका थिए। घटना बारे कुवेत स्थित नेपाली राजदुतावास लाई जानकारी गराएको छ ।दूतावासका दितिय सचिब ज्ञान बहादुर मगरका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरि मृतकको शव तत्काल नेपाल फर्काउन पहल शुरु गरिएको जानकारी दिएका छन्। कम्पनीले मृतकको आबश्यक कागजात तथा शब पठाउन लाग्ने शुल्क समेत दुताबासमा बुझाई सकेको छ भने क्षतिपूर्तिका लागि पनि आबश्यक प्रकृया शुरु गरिने सचिबले बताएका छन। मृतक चौधरीको घरमा १ छोरा, १ छोरी र श्रीमती रहेका छन।

भारतको कोठीमा बेचिन पुगेका पाँच नेपाली महिलाको उद्धार

काठमाडौं, माघ १८ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको उद्धार गरिएको छ । समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई कानुनी प्रक्रिया पुरा नभएको हुँदा १ वर्षदेखि भारतीय सरकारको राजकीय संरक्षण गृहमा रहेका थिए । भारतमा नक्कली कागजात पेश गरी दलालहरुले आफन्त हो भनेर पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकोले आग्रा विशेष अदालत र जिल्ला अदालतबाट उद्धार गरिएको पीडित महिलाहरुको डि.एन.ए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी निजको बुवा, आमालाई बुझाउने शर्तमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी समाजसेवी पाण्डेको जिम्मेवारीमा नेपाल फर्काउन सफल भएको छ । उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने जानकारी गराएको छ।

नेपालीले आन्दोलन गरेको डव्लुआरपी कम्पनीलाई जरिवाना तिराउने मलेशियन सरकारको निर्णय

मलेशिया,माघ १८।मलेसियामा बिदेशी कामदारलाई तलब नदिने डव्लुआरपी कम्पनीलाई जरिवाना तिराउने सरकारले निर्णय गरेको छ। मलेशियाको मानव संशाधन मन्त्रालयले नेपाली लगायतका विदेशी कामदारलाई तलव नदिने कम्पनी लाई तत्काल कारबाही गरिने बताउदै कामदारको तलव रोक्का राख्ने कम्पनी विरुद्ध कडा रूपमा प्रस्तुत हुने जनाएको छ। । तीन महिनादेखि तलव नपाएपछि नेपाली, बंगलादेशी लगायतका हजारौं कामदारहरु केहि दिन यता काम छोडेर आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनले उग्र रुप लिएपछी नेपाली दूतावासको समन्वयमा भएको छलफल पश्चात नेपाली श्रमिक काममा फर्किन सहमत भएका थिए। सो कम्पनीले गत नोभेम्वरदेखि कामदारको तलव नदिएको भेटिएको छ । गत मंगलवार सो कम्पनीले आगामी फेब्रुअरी १६ भित्रमा सवै रकम चुक्ता गर्ने सहमति जनाएपनि सो कम्पनीले कानूनी कारवाही भोग्नुपर्ने मन्त्रालयले बताएको छ । बिहिवार मन्त्रालयद्धारा जारी विज्ञप्तीमा मलेशियाको श्रम विभागले सो कम्पनीलाई कारवाही गर्ने विषयमा तयारी थालिसकेको र बिदेशी कामदार प्रति कम्पनीले देखाएको रबैयाको कडा सजाय भोग्नुपर्ने स्थानीय सन्चार माध्यमले जनाएका छन्। नेपालि लगायत अन्य मुलुकका हजारौं कामदार कार्यरत रहेको उक्त कम्पनीले हातमा लाउने पन्जा उत्पादन गर्ने गर्द छ भने सो कम्पनी लाई नेपाल सरकारले यसअघि नै कालो सुचिमा समेत राखिसकेको छ।

युएईको अलऐनमा रमाईलो ल्होसार साँझ कार्यक्रमको आयोजना

युएई,माघ ७। नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ । सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवशर पारी रमाईलो ल्होसार साँझ – २०७५ मनाउने भएको छ । फेब्रुवरी ८ तारिखका दिन उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ। अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचालको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्चका कलाकारहरुको बेजाेड प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सॉस्कृतिक तथा खेलकुद संयाेजक उज्वल दाहालले बताएका छन ।

गैर आवासीय नेपाली संघ आइसिसीको ‘फेस टु फेस बैठक’ सुरु

काठमाडौं,पुष २७।गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को फेस टु फेस बैठक शूरु भएको छ । बैठकमा विश्वभरी रहेका एनआरएनका आइसिसी पदाधिकारी, सल्लाहकार, संरक्षक, सदस्य, क्षेत्रीय समितिका पदाधिकारी र विभिन्न समितिका संयोजकहरु सहभागि भएका छन् । एनआरएन महासचिव बद्री केसीका अनुसार बैठकमा प्रत्यक्ष रुपमा ७० जना भन्दा बढीको सहभागिता छ । फेस टु फेस बैठक भनीए पनि विगतको जस्तै सहभागि हुन नसक्नेलाई अनलाइनबाट स्काईभको वन्दोवस्ता पनि मिलाइएको महासचिव केसीले जानकारी दिएका छन्। बैठक विधानत एनआरएनको तीन तीन महिनामा स्काईभमार्फत बस्दै आएको छ । तर शुक्रबार बस्ने फेस टु फेस बैठकलाई भने निकै अर्थपूर्ण रुपमा लिइएको छ । एनआएनले गत वर्ष धुलिखेलमा फेस टु फेस बैठक आह्रवान गरेको थियो । सो बैठकले एक वर्षको कार्यप्रगति समिक्षा गर्दै आगामी रणनीति तय गरेको थियो । बैठकले वार्षिक कार्यप्रगतिको समिक्षा गर्नुका साथै भावी रणनीतिसमेत तय गरेको छ । साथै बाँकि समयमा गर्न सकिने कार्यको टुंगो लगाउनेछ । बैठकका लागि विभिन्न विषयमा एजेन्डा तय गरिएको र सोही अनुसार बैठक सञ्चालन हुनेछ ।

शव पठाएको दुई सातापछि रकम भुक्तानी

क्वालालम्पुर, पुस २७ । केही दिनअघि मलेसियामा निधन भएका एक युवकको शवलाई नेपाल पठाए वापतको रकम बिहीबार भुक्तानी गरिएको छ । ५ वर्षअघि रोजगारीको शिलशिलामा मलेसिया आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका ८ अरेसका नरबहादुर पुनको शव नेपाल पठाए वापत लागेको रकम सम्बन्धित निकाएलाई बिहीबार भुक्तानी गरिएको हो । मलेसियामै कार्यरत नेपाली एवं बंगलादेशी मजदुरको आर्थिक सहयोगमा रकम संकलन भएको थियो । मृतक पुन नेपालबाट आएको कम्पनीमा सम्झौता बमोजिम तलब सुविधा नपाएपछि अवैधानिकरुपमा काम गर्दै आएका थिए । अवैधानिकरुपमै कार्यरत रहेका बेला गत डिसेम्बर २२ मा उनको अकस्मात निधन भएको थियो । मलेसियामा अवैधानिक मजदुरमाथि आइपर्ने समस्याप्रति रोजगारदाता कम्पनी जवाफदेही नहुने हुँदा समस्या उत्पन्न भएको थियो । मृतक पुनका आफन्त नजिकमा नहुँदा शव अलपत्र जस्तै रहने र स्थानीयले अन्यत्रै फालिदिने चेतावनी दिएपछि त्यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरुको सक्रियतामा शव नेपाल पठाउँदा लाग्ने खर्च बेहोर्ने प्रतिबद्धतापछि एकजना स्थानीय नागरिकको जिम्मेवारीमा शव नेपाल पठाइएको थियो । शव दुई साताअघि नै नेपाल पठाइएको भएपनि लागत रकम एक लाख ३ हजार ८ सय नेपाली रुपैयाँ बिहीबार मात्रै भुक्तानी गरिएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका सचीव अर्जुन घर्ती मगरले जानकारी दिए। आफ्नो गाँस कटाएरै भए पनि एउटा आपतमा परेको नेपाली परिवारलाई सहयोग गर्ने सम्पूर्ण नेपाली र बंगलादेशी मजदुरहरुलाई आर्थिक संकलन अभियानका संयोजक सन्दिप घर्तीमगर र समाजसेवी गंगा थापाले धन्यप्रति पनि आभार व्यक्त गरेका छन् ।

अष्ट्रेलियामा पौडिने क्रममा नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलिया, पुष २६ । अस्ट्रेलियामा नेपाली विद्यार्थी पौडिने क्रममा बेपत्ता भएका छन् । न्युसाउथवेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा पर्ने अल्बरीको मुर्रे नदीमा बुधबार साँझ २१ वर्षीय नेपाली विद्यार्थी विगुल पण्डित बेपत्ता भएका हुन्। अल्बरीस्थित मुर्रे नदीको नरेउल पार्कमा साथीहरूसँग कम्मरसम्म आउने पानीमा खेल्दै रमाइलो गरिरहेका पण्डित केही बेरमा हराएपछि उनको खोजी कार्य शुरु गरिएको थियो। घटनालगत्तै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयम्सेवकले खोजीकार्य तीव्र पारे पनि बिहीबार साँझसम्म उनलाई फेला पार्न सकिएको छैन । त्यसमाथि नदीको पानी धमिलो भएकाले ३० देखि ४० सेन्टिमिटरभन्दा तल देख्न नसकिने हुनाले खोजी कार्य प्रभावित भएको कुरा ‘द एज’ पत्रिकाले लेखेको छ। चार्ल्स स्टर्ट विश्वविद्यालयमा अकाउन्टिङका विद्यार्थी पण्डितलाई उनका आफन्तले हँसिलो, मिहिनेती र इमानदार व्यक्ति रहेको बताएका थिए। एडिलेडमा निश्चल घिमिरेको समुद्रमा डुबेर ज्यान गएको दुई साता पनि नबित्दै फेरि अर्को नेपाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै पानीमा डुबेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।

जापान रोजगारीमा जान चाहनेलाई पछ्याउदै छन् दलाल

काठमाडौं, पुष २४ । केही सातायता काठमाण्डौंका ठाउँठाउँमा जापान जान तयारीमा सघाउन पुर्‍याउने ठूल्ठूला होर्डिङ्ग बोर्ड देख्न थालिएको छ । जापान जानका लागि भाषा सिक्नेको सङ्ख्या पनि बढेको छ। तर सँगसँगै जापानी भाषा सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै ‘बिचौलिया’ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। कामदारका रूपमा जापान जान पाइने खबर सार्वजनिक भएपछि जापानी भाषा सिक्नेहरू बढिरहेका बेला ‘बिचौलिया’ को जोखिम वृद्धि भएको उनीहरूको भनाइ छ। सरकारी अधिकारीहरूले भने अन्य देशमा कामदार पठाउँदा जस्तो ठगी नहोस् भनेर जापानका हकमा थप सतर्कता अपनाइने बताएका छन्। हाल नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्रीसँग समेत त्यसबारे छलफल गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। उनले ‘कामदार छनौट प्रक्रिया पारदर्शी बनाउन र कामदारले खर्च गर्नु नपरोस् एवम् बिचौलियाले दोहन नगरून्’ भनी सरकारले पहल गरिरहेको बताएका थिए। अधिकारीहरूले शून्य लागत र ठगी नहुने गरी नेपाली कामदार जापान पठाउन दुई देशका सरकारी निकायहरूलाई मात्र सहभागी गराइन लागेको जानकारी दिएका छन्। तर, त्यसले पनि ठगी रोक्छ भन्ने ग्यारेन्टी नभएको कतिपय आलोचकको भनाइ रहने गरेको छ। बीबीसीबाट

विदेशमा एक वर्षमा ८७८ नेपालीको मृत्यु, सबैभन्दा बढी साउदीमा

काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डा र नाइजेरियामा एक/एक नेपालीको ज्यान गएको छ । श्रमिकलाई पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’ कार्यक्षेत्रबाहिर बढ्दोउल्लिखित तथ्यांकमध्ये झन्डै ७.७४ प्रतिशत अर्थात् ६८ जनाको मात्रै कार्यक्षेत्रमा मृत्यु भएको हो । गन्तव्य देशका सरकारले कार्यक्षेत्रको दुर्घटना दर नियन्त्रण गरेकाले त्यहाँको मृत्युदर कम देखिएको राजदूतहरूको बुझाइ छ । ‘हाम्रा श्रमिकको ठूलो संख्या निर्माण क्षेत्रमा छ । मृत्युदर निर्माण क्षेत्रभन्दा बाहिर बढी छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘क्याम्पभित्रको मृत्युदर चिन्ताजनक छ ।’ काम सकेर क्याम्पमा आराम गरिरहेका बेला मृत्यु हुनेको संख्या २४.०३ प्रतिशत अर्थात् २ सय ११ छ । दिनभर सकुशल काम गरेका श्रमिक अचानक हृदयाघात, मस्तिष्कघातको सिकार हुने गरेका छन् । ‘कोही त खाना खाइवरि बेडमा पल्टेकाहरू बिहान मृत अवस्थामा फेला पर्छन्,’ कोइरालाले भने, ‘यस्तो हुनुको ठ्याक्कै कारण छैन ।’ कतिपयले अस्वस्थ बसाइ र खानपिन अनि दिनभर चर्को घाममा काम गरेर चिसो कोठामा बस्दा यस्तो हुने बताउने गरेका छन् । श्रमिकहरू भने खानपिन र बसाइलाई मूल कारण ठान्छन् । ‘राति पाकेको खाना भोलिपल्ट दिउँसो खानुपर्छ । त्यो विषमा परिणत हुन्छ,’ गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष नारायण पासवानले भने, ‘श्रमिकले स्वस्थ खाना नै पाउँदैनन् । फेरि बेलाबेला स्वास्थ्य परीक्षण गराउने बानी छैन ।’ मलेसियाको अवस्था झन् डरलाग्दो छ । चिसो मौसम भए पनि अस्वस्थ खानपिनका कारण यहाँ सबैभन्दा बढी ३६.७ प्रतिशतको मृत्यु भएको छ । यहाँ सहज रूपमा पाइने अस्वस्थ मदिराको सिकार न्यून आम्दानीका श्रमिक भइराखेको नेपाली दूतावासको भनाइ छ । ‘कम आय भएका श्रमिकले उच्चकोटिको मदिरा खाँदैनन् । उनीहरू घरेलु रूपमा उत्पादित मिसावटयुक्त मदिरा पिउँछन् । यसले भित्रभित्रै शरीरलाई खत्तम पारेको थाहा पाउँदैनन्,’ एक अधिकारीले भने, ‘ती श्रमिकलाई कसले सम्झाउने ?’ आत्महत्या र सडक दुर्घटना दूतावासहरूका अनुसार श्रमिकको आत्महत्या दर डरलाग्दो रूपमा बढिरहेको छ । कार्यस्थलमा रोजगारदाताले गर्ने दुव्र्यवहार र पारिवारिक मनमुटाव यसको मूल कारण औंल्याइएको छ । एक वर्षमा १५.२६ प्रतिशत अर्थात् १ सय ३४ श्रमिकले आत्महत्या गरे । ‘कोरियामा धेरै आर्थिक आम्दानी छ तैपनि उनीहरू खुसी देखिँदैनन् । कोरियाको डरलाग्दो अवस्था नै आत्महत्या हो,’ कोरियास्थित श्रम सहचारी डिल्ली बाँस्तोलाले भने, ‘श्रमिकलाई मानसिक समस्या धेरै देखिन्छ ।’ कोरियापछि बढी आत्महत्या मलेसिया (४३), यूएई (३३) र कतार (२०) मा देखिन्छ । ‘एकातिर सोचेजस्तो काम र तलब हुँदैन । ऋणको भार थपिएको हुन्छ । अर्कातिर परिवारसँग पनि मनमुटाव भइरहन्छ,’ मलेसियास्थित श्रम काउन्सेलर बद्री कार्कीले भने, ‘विदेशमा रहेका श्रीमान्/श्रीमतीलाई घरपरिवारबाट पनि अनावश्यक तनाव पुग्ने काम गर्नुभएन ।’ एक वर्षमा सडक दुर्घटनामा १७.१९ प्रतिशत अर्थात् ६८ जनाको ज्यान गयो । जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवती पौडेलले बाटो काट्न नजान्दा अकालमा ज्यान गइरहेको बताए । ‘गाडी १ सय २० को गतिमा दौडिरहेको हुन्छ । फेरि नेपालमा जस्तो दायाँ होइन, बायाँ साइडबाट गाडी कुदाइन्छ । गाडी परै छ भनेर फराकिलो सडक काट्न दौडिन्छ । कतिखेर कुन गाडीले भेट्छ पत्तै पाइँदैन,’ पौडेलले भने । सुनुवाइ हुँदैन श्रमिकको सुरक्षाका लागि सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ नहुने राजदूतहरूको गुनासो छ । ‘हरेकले भाषणमा दैनिक विमानस्थलमा कतिवटा शव आउँछन् भनेर फलाकिरहेको हुन्छ । हामीले न्यूनीकरणका लागि सुझाव पठाउँछौं, कतै सुनुवाइ हुँदैन,’ एक अधिकारीले भने । कुवेतका लागि राजदूत यज्ञ हमाल अभिमुखीकरण गुणस्तरीय बनाउनुको विकल्प नभएको बताउँछन् । ‘अहिले जसरी अभिमुखीकरण गरिन्छ, यो ठीक छैन,’ उनले भने, ‘हरेक देशको आफ्नै खालको विशिष्टता छ । पेसागत हिसाबले थाहा पाउनुपर्ने कुरा अलगअलग छन् । यी सबैलाई समेट्ने तालिम दिनुपर्छ ।’ दूतावासले जागरण कार्यक्रम चलाए पनि पर्याप्त छैन । ‘हामीले श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौं,’ ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘श्रमिकहरू गन्तव्य मुलुकमा आउने बेलामै आवश्यक सूचना दिन जरुरी छ । यता सबै श्रमिक रहेको ठाउँमा पुग्न जटिल छ ।’ श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई जोखिमयुक्त बनाउन कार्ययोजना बनाएर सुधार गरिरहेको बताए । ‘श्रमिकको जीवन सुरक्षित बनाउन हामीले गन्तव्य देशका सरकारसँग नजिकबाट काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले त श्रम सम्झौतालाई नै परिमार्जन गर्नेदेखि नयाँसग श्रम्झौता गर्ने काम भइरहेको छ ।’ उनले अभिमुखीकरण तालिमकोपाठ्यक्रम परिमार्जन गरिएको बताए ।

खड्गलाई स्वदेश फर्काउन मलेसियाबाट चार लाख सहयोग

तेह्रथुम, पुस २५ । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रु चार लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेकोे रु चार लाख रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो । मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । अभियानमार्फत सङ्कलन गरेको रकम मञ्चको अनुरोधबमोजिम परिवारलाई उपलब्ध गराइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीको स–सानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गरे। गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाइमा संकलन भएको रु ६४ हजार १०० पनि परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कूल रु चार लाख ६४ हजार १६० खड्गका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताए । विसं २०७० मा युएई गएका खड्गसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गलाई अदालतले पाँच वर्ष कैद र दुई लाख दिराम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । खड्ग अहिले युएईको आबुधावीको अलवात्बा जेलमा रहेको पारिवारिक स्रोतले जनाएको छ । खड्गलाई नेपाल फर्काउन दुई लाख दिराम अर्थात् नेपाली रु ६२ लाख जुटाउन देश विदेशमा अभियान चलेको थियो । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाउ अभियानका अध्यक्ष दुर्गा गिरीले बताए। जनता आवास कार्यक्रमबाट ४३ घर जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुममा ४३ घर निर्माण भइरहेका छन् । जिल्लाका सीमान्तकृत तथा दलित बस्तीमा सो कार्यक्रमको सहयोगमा ४३ घर निर्माण भइरहेका छन् । कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनोट भएका परिवारले प्रतिपरिवार रु तीन लाख ५० हजार अनुदान पाएका छन् । कार्यक्रम अन्तर्गत जिल्लाका छवटै स्थानीय तहमा रहेका आर्थिकरूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण भइरहेको छ । जनता आवास कार्यक्रमले जिल्लाका ५० घर बनाउने योजना दिएको थियो तर कार्यक्रमको मापदण्डभित्र रहेर जनता आवास कार्यक्रम, जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहबाट एक–एकवटा बस्ती छनोट गरी ४३ वटा घर बनाएको हो । आफ्नो घर नभएर छाप्रो र टहरामा बस्दै आएका दलित परिवारलाई सरकारले घर बनाई दिएपछि आफूहरूलाई छाप्रोबाट घरसम्म पुर्‍याएकोे भन्दै उनीहरूले खुशी व्यक्त गरेका छन् । जनता आवास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन धनकुटाले आठराई गाउँपालिका–५, छातेढुङ्गा माझी बस्तीमा दुई, फेदाप गाउँपालिका–३, जलजलको दलित बस्तीमा चार र मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङ निङ्लेखु टोलमा आठ घर निर्माण गरिरहेको छ । यस्तै, म्याङ्लुङ नगरपालिका–४, पिप्ले दलित बस्तीका आठ घर, लालीगुराँस नगरपालिकाको सोल्मामा १२ घर र छथर गाउँपालिका–२, हमरजुङ दलित बस्तीमा नौ घर निर्माण भइरहेको जनाएको छ । भवन निर्माण डिभिजन धनकुटाले धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला समन्वय समितिले घर बनाउन गत आर्थिक वर्षमा नै सबै स्थानीय तहमा एक–एक वटा बस्ती छनोट गरे पनि बजेट पूरा नआएकाले घर निर्माणमा ढिलाइ भएको थियो । घर निर्माण गर्न हालसम्ममा मन्त्रालयले पहिलो र दोस्रो किस्ताबापतको रकम उपलब्ध गराइसकेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुङ्गानाले बताए । कार्यक्रमअन्तर्गत आर्थिकरुपमा अति विपन्न परिवारलाई घर बनाउन अनुदान प्राप्त भएपछि ज्याला मजदूरी गरेर दुई छाँक टार्दैै आएका हर्षित भएका छन् । बास बस्ने आफ्नो घर नभएर बारीमा चिमले बारेर बसेका दलित परिवारमा यो कार्यक्रमले खुशियाली भित्रिएको फेदाप गाउँपालिका–३ जलजलेका कुमार धौलाकोटीले बताए । रासस

अमेरिकाबाट नेपालका अनाथहरुको लागि आर्थिक सहयोग

वाशिंगटन डीसी, पुस २५ । नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ । उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको कार्यक्रमकी सच्ची मैनालीले जानकारी गराइएकी छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैयाँ हुन गएको छ । उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो । नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयमले नेपालको विकट बाजुराका करिव ४० अनाथ बालबालिकाहरुका लागि शुरुआत गरेको अनाथ बालगृह निर्माणको निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि तत्कालै निस्शर्त उक्त अभियान ‘सच्चीको साथमा’ टिमले निःस्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघिमात्र गो–फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग अभियान थालिएको थियो । नेपालको बिकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनुहुन्न र यसका लागी अपुग रकममध्ये संसारभरका नेपाल परिवारजनबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिव ३ लाख नेपाली रुपैयाँ जति संकलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता केपी खनालले बताएका थिए । उनैको विशेष अनुरोधपछि उक्त अभियानलाई इनेप्लिजको घरबास र प्रवासको समसामयिक बिषय समेटिँदै संचालनमा रहेको चर्चित कार्यक्रम ‘सच्चीको साथमा’ का टिमले अमेरिकाका लागी सहयोग संकलन र उक्त अभियानमा सहकार्य गरेको हो । ३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको ‘हेल्प फर दि होमलेस किड्स’ अभियान शुरु गएको करिब २६ घण्टामा रकम संकलन भएको हो । ८७ जना विभिन्न मनकारी दानबीरहरुबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरुका लागि बन्ने बालश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् । दान सहयोगमा बिशेष दोश्रा पुस्ताका नेपाली अमेरिकी बालबालिकाहरुको उत्साहजनक रुपमा सहभागीता रहेको छ । ती स–साना बालबालिकाहरुमा आफ्नो मातृभूमी प्रतिको प्रेम, घरदेशको अवस्था र विशुद्ध समाजसेवाको भावनालाई जागृत गराउँदै यस्ता अभियानहरुमा सहभागी गराउन सफल भएकोमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित कार्यक्रमकी प्रस्तोता सच्ची मैनालीसहित उनको समूहले यो अभियान सोचेभन्दा सफल भएको जनाएको छ । यसले उक्त टोलीलाई थप उत्साह र जिम्मेवारी थपिएकोले भावी दिनहरुमा यस्ता अन्य मानवीय सहयोगका अभियानहरुलाई समेत निरन्तरता दिँदै लगिने सम्पूर्ण शुभचिन्तकहरुमा जानकारी गराउँदै कार्यक्रम संचालिका सच्ची मैनालीले भबिश्यमा समेत यसरी नै सवैले साथ, सहयोग र सहकार्य गर्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताएकि छिन्। साथै हालसम्म बाजुराको अनाथ बालगृह निर्माणको लागि जम्मा गो(फण्ड तथा प्रत्यक्ष रुपमा गरेर रू ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा आर्थिक सहयोग संकलन भएको छ भने भविष्यमा पनि अझै केही दाताहरुले सहयोग गर्ने इच्छा व्यक्त गरेको मैनालीले जानकारी गराईन् । गत डिसेम्बर २८ तारिखमा शुरु गरिएको गो-फण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता केपी खनालको बालगृह निर्माणको आर्थिक सहयोग संकलन अभियान शुरु भएलगतै डिसेम्बर २९ तारिखको साँझभित्र नै लक्षित सहयोग रकम संकलन भएको थियो । अमेरिकी बिदाका दिनहरुका कारण आज जनवरी ८ तारिख मात्रै खाताबाट रकम झिकी नेपाल पठाईएको र हाललाई उक्त गो–फण्ड खाता बन्द भएको जानकारी गराउँदै उक्त ठुलो रकम भन्दा पनि सवैको सहभागिता र थोरै रकम प्रदान गर्न सकियोस होस् भन्ने हेतुले गरिएको आवाज सबैले सुनी सहयोग गरेको बताइन । अभियानलाई विभिन्न संजालहरु मार्फत शेयर गरि प्रचारप्रसारमा सहयोग गर्ने करिब ३९७ सहयोगीहरु र करिव ८७ जना मनकारी सहयोग दाताहरु र सम्पूर्ण टिमप्रति आभार ब्यक्त गरेकी छन् । उनले अगाडी भनिन– ‘अनाथ बालबालिकाहरुलाई ओत लाग्ने ठाउँ बन्नैपर्छ र परदेशमा रहेर पनि देशमा केही सहयोग गर्ने यो राम्रो अवसर पनि हो भन्दै ईजरायलबाट समेत १ लाख नेपाली रूपैंयाको सहयोग प्राप्त भएको बताएकी छिन्। आफ्ना दुई मुटुका टुक्राहरू ६ बर्षकी डिएला ओली र दुई बर्ष पनि नपुगेकि आविगेल ओलीको नाममा बुवा दिपक प्रसाद ओली र आमा इश्वरी बानिया ओलीले समेत हाम्रो यस सच्चीको साथमा कार्यक्रमबाट शुरु गरिएको सहयोग संकलन अभियानलाई साथ र सहयोग गरेको जानकारी गराएका छन् । काठमाडौँमा २१ हजार ९ सय ४५ रुपैया हस्तान्तरण भइसकेको छ । सामाजिक अभियन्ता दिपक प्रसाद वलीले उक्त रकम यसै कार्यक्रमको दौरानमा समूहसंग सम्पर्क र समन्वय गरी हस्तान्तरण गर्ने जानकारी गराएका छन् । उल्लेखित रकम मध्ये अब मात्र १ लाख रूपैयाँ यसै हप्ता हस्तान्तरण नेपालमै हुने मैनालीले बताएकी छन् ।

रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन माघमा हुँदै

उमेश बन्जाडे, क्वालालम्पुर । ‘मातृभूमिका लागि विश्वभरका रोल्पाली गोलबन्द होऔं’ भन्ने मुल नाराका साथ गठित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम महाधिवेशन आगामी माघमा हुने भएको छ। आउँदो फेब्रुअरी १० अर्थात् माघ २७ गते अधिवेशन क्वालालम्पुरमा आयोजना गर्ने समाजको आइतबार मलेसियामा सम्पन्न बैठकले निर्णय गरेको हो। समाजका मलेसिया शाखा अध्यक्ष राजकुमार बुढा मगरको अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष टोपबहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बोनम्यारो पिडित रोल्पाका प्रेमबहादुर पुनको उपचार र अवैधानिक रुपले मलेसिया कार्यरत रहेकै बखत मृत्यु भएका रोल्पाकै नरबहादुर पुनको शव नेपाल पठाउँदा लाग्ने सहयोग रकम संकलनका लागि सम्पूर्ण नेपालीमा आह्वान गर्ने निर्णयसमेत गरेको छ । साथै, बैठकले मलेसिया लगायतका मुलुकमा छरिएर रहेका सम्पूर्ण नेपाली मजदुरले भोग्नु परेका समस्याको निराकरणका लागि तत्पर रहन समाजमा आवद्ध सबै सदस्यलाई सचेत समेत गराएको समाजका सचीव अर्जुन घर्ती मगरले जानकारी दिए ।

सृजना वाचन डबली युएईको १५ औं शृङ्खला सप्पन्न

युएई,पुस २२।सृजना बाचन डबली युएईको १५ औं शृङ्खला शुक्रबार युएईमा सम्पन्न भएको छ। वरदुबई स्थित एभरेष्ट क्लब अस्टोरिया होटल मा आयोजना गरिएको कार्यक्रममा टक बहादुर गुरुङको सभापतित्व रहेको थियोे भने प्रमुख अतिथिमा युएई स्थित नेपाली दूतावासका कार्यवाहक राजदुत सागर प्रसाद फुयाल ,विशिष्ट अतिथिमा डिडिए ग्रुपका अध्यक्ष डा. दिनेस आचार्य,विशेष अतिथिमा चन्द्र प्रसाद साप्कोटा,दूतावासका श्रम काउन्सिलर भेस बहादुर कार्की श्रम सहचारी मोति राम भुसाल ,गैर आवासीय नेपाली संघका एनसिसि महासचिव कृष्ण पौडेल ,प्रवासी नेपाली मन्च अध्यक्षका श्याम कंडेल ,नेपाली जन प्रगतिशील मन्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा,नेपाल बिश्व सहयोग संघका अध्यक्ष गोबिन्द ढकाल लगाएतको उपस्थिति रहेको थियोे। यस्तै अतिथिहरुमा बिश्वकर्मा समाज नेपाल युएईका सचिब गणेश कुमार रसाइली ,पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल,तनहुँ सेवा समाज युएईका अध्यक्ष कृष्ण पौडेल ,संरक्षक दिपक खड्का ,नेवा पुच युएईका खेलकुद सम्योजक हिरालाल श्रेष्ठ ,ताप्लेजुङ समाजका अध्यक्ष सोनि भण्डारी,मितेरी समाजका क्षेत्रीय अध्यक्ष राम मगर अन्तर्राष्ट्रिय नेपाली समुदायका अध्यक्ष मनु प्रसाद गुरुङ झापाली समाजका प्रतिनिधि पत्रकार लगाएत विभिन्न संघ सस्थाका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेकोे थियोे। १५औं विशेष शृङ्खलाको सांगीतिक तथा साहित्यिक शुभकामना साँझमा सुगम संगीतका हस्ती गायक राज सिग्देलका कालजयी गीतहरु प्रस्तुत गरिएको थियोे भने उज्याल एफएमको बुलबुल कार्यक्रमका प्रस्तोता तथा बुलबुल पब्लिकेसनका प्रकाशक लाई तनहुँ सेवा समाज युएई का अध्यक्ष कृष्ण पौडेल ,महासचिव कृस सुनार संरक्षक दिपक खड्का ,कोष अध्यक्ष फडिन्द्र राज अधिकारी ,प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठ ,सल्लाहकार साहित्यकार टक गुरुङ ,सल्लाहकार बसन्त रिमाल सल्लाहकार कृस रायमाझी ,बैकल्पिक कोष समयोजक सुदिप कार्की ,केन्द्रिय सदस्य अपिल भट्टराई, , लगाएतले संयुक्त सम्मान समेत गरेका थिए। यूएई रहि लामो समय देखि नेपाली साहित्यमा कलम चलाउदै आउनु आएका कवि कृष्ण विश्वकर्माको कविता कृति ” भोकको लय” विमोचन विमोचन गरिएको थियोे । कार्यक्रमको संचालन साहित्यकार जे सागरले गरेका थिए भने कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास युएईका अध्यक्ष रेखा घिमिरे महासचिव राम तामाङ लगाएको समेत उपस्थिति रहेकोे थियोे ।

अदभुत एवं बहुमुखी प्रतिभाका धनी मनोज चन्द यूएईमा सम्मानित

यूएई, पुस १९ । विश्व कृतिमानी यात्राको दौरानमा रहेका दुई हातले एकैसाथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एवं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सुदूरपश्चिम सेवा समाज यूएईले सम्मान गरेको छ । १ जनवरी २०१९ मंगलबारका दिन युएईको बर–दुबईस्थित सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिमा एउटा कार्यक्रमको आयोजना गरि सुदूरपश्चिम सेवा समाज यूएईले बैतडी जिल्लाको सिगास गाउपालिका जन्मी हाल नेपाल र नेपालीलाई सकारात्मक संदेशका साथविश्व कृतिमानी यात्राको दौरानमा रहेका दुईहातले एकैसाथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एवं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सम्मानपत्र सहित खादा ओडाएर सम्मान गरेको हो । सुदूरपश्चिमेली नेपाली समाजका वरिष्ठ उपाध्यक्ष लोकेन्द्रबहादुर बमको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाजका मध्यपूर्व संयोजक धर्मराज पाण्डेय बिशेष अतिथि रहेको थियो भने अन्य अतिथिहरुमा सुदूर पश्चिम सेवा समाज यूएई बर–दुबई क्षेत्रिय समितीका अध्यक्ष कृष्णनन्द जोशी र सुदूरपश्चिम सेवा समाज यूएई आजमान (शारजाह क्षेत्रिय समितीका सल्लाहकार राजु विष्ट तथा समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्रबहादुर बमले आफ्नो शुभकामना मन्तब्य राख्दै नेपालीलाई विश्व सामु चिनाउन गिनीज बुक ऑफ दि विश्व रिकॉर्डमा नाम लेखाउने मनोज चन्दको प्रयास सफल रहोस् भन्ने कामना ब्यक्त गरेका थिए भने विशेष अतिथि धर्मराज पाण्डेयले चन्दले छिट्टै कृतिमानी कायम गरेको खबर सुन्नु पाईयोस् भन्ने जिज्ञासा राख्दै शुभकामना दिएका थिए । त्यस्तै अन्य अतिथिहरुले पनि आ–आफ्नो शुभकामना मन्तब्य राख्दै विबिश्व कृतिमानी यात्राको दौरानमा रहेका चन्दलाई शुभकामना दिएका थिए । सोही कार्यक्रममा सुदूरपश्चिम सेवा समाज यूएईले विश्व यात्राका दौरानमा केहि सहयोग होस् भनी चन्दलाई नेपाली रु १९,८७५ (उन्नाइस हजार आठ सय पचहत्तर रुपैयाँ) आर्थिक सहयोग पनि गरिएको थियो ।