कतारमा नेपालीमाथि सा‌ंघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते

काठमाडौंः  मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । दोहामा रहेको ने नेपाली राजदूतावासका अनुसार आक्रमणमा परेर थप ५ जना नेपाली घाइते भएका भएका छन् ।

आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्यान गएको राजदूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राजदूतावासले जानकारी दिएको छ ।

त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ ।

त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएका छन्। घाइतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा सतर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।

सभासद भण्डारीको कार्यशैली पृथक छः अमेरिकी राजनीतिज्ञ

डिसी । अमेरिकाको मूलधारको राजनीतिमा समाहित भएर हाउस अफ डेलिगेट (विधानसभा सदस्य)को रुपमा पहिलो संसदीय सत्र सम्पन्न गरेका सभाषद ह्यारी भण्डारीको लगन, कडा परिश्रम र काम गर्नसक्ने ईच्छाशक्ति मजबुत भएको टिप्पणी अमेरिकी राजनीतिज्ञहरुले व्यक्त गरेका छन् । गत बिहीबार मेरिल्याण्डमा आयोजित हयारी भण्डारीको रात्रिभोज स्वागत समारोह (रिसेप्सन डिनर)को अवसरमा सहभागी मेरिल्याण्ड विधानसभाका सभामुख, सिनटेर तथा डेलिगेट तथा महान्यायाधिवक्ता (एटर्नी जनरल)हरुले भण्डारीको पहिलो सेसनको समिक्षा गर्दै कार्यशैलीको प्रशंसा गरेका हुन् । मेरिल्याण्ड बिधान सभाका सभामुख एन्ड्रिएन जोन्सले सभासद भण्डारी एउटा नविन जन प्रतिनिधिको रुपमा बिधान सभामा जुन भूमिका खेलेर आफै मुख्य प्रस्तावक (लिड स्पोन्सर)मा विधेयक पारित गर्न सफल हुनु भयो त्यो महत्वपूर्ण उपलब्धि हो भने । साथै जोन्सले सभासद भण्डारीको काम गर्ने ईच्छाशक्ति, जिज्ञासुता, प्रतिबद्धताका साथै नीति ज्ञानले गर्दा डेमोक्रेट्स र रिपब्लिकन बिधायक सदस्यहरुमा लोकप्रिय रहेको बताए । उनले अगाडि थपे, सभासद भण्डारीको अर्को सफलता भनेको संसदीय अनुबन्धन पहल (लेजिसलेटिभ बंड इनिसिएटिव) व्यवस्थापिका विधेयक मार्फत संसदबाट अनुमोदन र कोष विनियोजन गरी पेस गरेका सबै ३ प्रस्ताव स्वीकृत भई परियोजना आफ्नो जिल्लामा ल्याउन सक्नुले पनि उनको काम गर्ने शैली पृथक छ भन्ने पुष्टि गरेको छ । कर्विन शिक्षा बिधेयकको सहायक प्रस्तावकको रूपमा सभासद भण्डारीले के–१२ शिक्षा लागि थप ७ सय मिलियन डलर सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । साथै, मेरील्याण्ड विधानसभामा २१ वर्ष मुनिका युवा वयस्कहरूलाई सुर्तिजन्य, निकोटीन उत्पादनहरू खरीद गर्न प्रतिबन्ध लगायतका विधेयक लगाएत स्वास्थ्य सम्बन्धि विधेयक पारित गर्न सभाषद भण्डारीको उलेखनीय भूमिका रहेको थियो। संसदमा शक्तिशाली स्वास्थ्य र सरकार संचालन समितिमा रहेका भण्डारीका ५९ सहायक प्रस्ताव रहेका बिधेयेक मध्ये ३३ बिधेयेक दुवै सदनबाट पारित भएर गभर्नरले स्वीकृत गरे संगै राज्य कानून बन्दैछन् । कार्यक्रममा मेरिल्याण्डका एटोर्नी जनरल ब्रेन फ्रोसले सभासद भण्डारी अमेरिकी सपनाको उदाहरण बताउंदै नेपाल देखि मेरिल्याण्डको हाउस अफ डेलिगेटस सम्मको यात्राले अमेरिकाको आप्रवासन सम्वन्धि व्यवस्थाले कसरी अनेकतामा एकता र त्यस भित्र विविधतालाई अंगिकार गरेको छ भन्ने पुष्टि गरेको बताए । महान्यायाधिवक्ता फ्रोसले अगाडि थपे, यो अवसरको भूमिमा सभासद भण्डारीको कठोर परिश्रमले अमेरिकामा नेपाली मूलको पहिलो विधायकको रुपमा उनलाई ईतिहास कोर्ने अवसर प्रदान गरेको छ । मेरिल्याण्ड सिनेटको दोश्रो वरियता क्रममा रहेकी सिनेटर तथा प्रेसिडेन्ट प्रो टेम्पोर क्याथी क्लासमारले कार्यक्रम सञ्चालन गर्दे भण्डारीको निवासको राजनैतिक रात्रिभोजको बैठकदेखि डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्य र बिधायकको रुपमा बिजयी प्राप्त गर्दा सम्मको आफ्नो सभाषद भण्डारी संगको राजनीतिक सहकार्यको भावुक हुँदै स्मरण गराए । सभाषद भण्डारीको डेमोक्रयाट दल ९पार्टी०को केन्दीय सदस्य र हाउस अफ डेलिगेटको रुपमा बिजय प्राप्त गर्दा सम्मको आफ्नो सहकार्यको अनुभव सुनाएका थिए । यसैगरी, अर्का पुराना हाउस सभाषद एरिकले सभासद भण्डारी र उनलाई सहयोग गर्ने सबै समुदायलाई प्रति हार्दिक धन्यवाद ज्ञापन गरे । कार्यक्रमलाई सम्बोधन गर्दे हाउस अफ डेलिगेट (विधान सभा सदस्य) भण्डारीले मलाई अमेरिकाले महत्वपूर्ण अवसर प्रदान गरेको भन्नु हुँदै आगामी दिनमा अझै प्रतिवद्धताका साथ नागरिक प्रति सेवा भावले समर्पित हुने आफनो ईच्छा रहेको बताए । १२ वर्षपछि रिपब्लिकन दलका पूर्वराज्य निर्देशक र अमेरिकाको सबैभन्दा लोकप्रिय गभर्नर लारी होगनका बहालवाला विश्वासपात्र सभाषद सदस्यलाई गत नोभेम्बरको संसदीय चुनावमा पराजित गरि रिपब्लिकन पार्टीलाई स्तब्ध पार्दै भण्डारीले संसदीय चुनाब जितेका हुन् । भण्डारीको निर्वाचन जिल्ला राज्यको सबैभन्दा प्रतिस्पर्धी चुनावी जिल्ला हो । भण्डारी एएपिआई समन्वय ककस सभापति र सिनेट र बिधान सभाका लागि एएपिआई ककसका सचिव छन् । उक्त ककसका एकजना सदस्य अमेरिकामा भारतीय मूलको पहिलो विधायक ९० का दशक देखि कुमार बार्वे पनि छन् । कार्यक्रममा शिक्षक संघकि अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरु, स्थानीय अस्पताल, विश्वविद्यालयका प्रतिनिधिहरु लगायत नेपाली समुदायका सदस्यहरुको समेत सहभागी रहेको थियो। ८० प्रतिसत स्वेत मतदाताहरु रहेको चुनावी संसदीय जिल्लामा कुनै पनि चनाव जित्ने भण्डारी पहिलो अल्पसंख्यक बिधायक हुन् । अहिले सम्म उक्त चुनावी क्षेत्रमा अफ्रिकन अमेरिकन लगायत कुनै पनि अल्प संख्यकले प्राथमिक तथा आम निर्वाचन जितेका थिएनन । अहिलेसम्मको जिल्लाको संसदीय चुनावी ईतिहासमा तेश्रो धेरै लोकप्रिय मत ल्याएर बिजयी हुने भाग्यमानी सभासद भण्डारी हुन् । उक्त क्षेत्रमा जन संख्या १ लाख ५० हजार हाराहारीमा रहेको छ ।

नेपालको झन्झटिलो प्रक्रियाले विदेशी पूँजी भित्र्याउन गाह्रोः अध्यक्ष कुँवर

कतार । धौलागिरी कालिका हाइड्रो लिमिटेडका अध्यक्ष बिनोद कुँवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफूसँगै बिदेशी कम्पनीको पूँजी नेपाल भित्र्याउन चाहेपनि नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद् र परिषद् अन्तरगतका जिल्ला संस्थाले आयोजना गरेको ‘समृद्ध नेपालका लागि जलविद्युत आयोजना’ साथमा ‘जीवन जिउने कलाशैली’ सम्बन्धि कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले बिदेशी कम्पनी नेपालको बिशेष गरि जलविद्युत लगाएतका क्षेत्रमा लगानी गर्न इच्छुक भएपनि सरकारको लामो कागजी प्रक्रियाले आउन नसकेको बताका हुन्। विभिन्न विवादले अगाडि बढ्न नसकेको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत परियोजना स्थानीय ब्यक्तिको लगानीमा आफुहरुले निर्माण गर्न लागेमा सानो काम गर्नको लागि सरकारी कार्यलय घुम्दा घुम्दै महिनै लाग्ने गरेको भन्दै सरकारले लगानी आकर्षण गर्नको लागि कागजी प्रक्रिया सहज गर्नुपर्ने बताए । एन आर एन ए आइसिसि प्यासिफिकको सहसंयोजक समेत रहेका कुँवरले राष्ट्र समृद्ध नभएसम्म ब्यक्ति जति सम्पन्न भएपनि विदेशमा नेपालीको श्रम र सिपको सम्मान नहुने भन्दै ब्यक्तिगत भन्दा पनि सामूहिक लगानी गर्नुपर्ने बताए । करिब ३० बर्षदेखि दक्षिण कोरियामा ब्यबसाय गर्दै आएका कुँवरले जलविद्युतसंगै आफूले मोनोरेल र अत्याधुनिक कुखुरा पालनमा लगानी भित्राइरहेको भन्दै अन्य गैरआवासिय नेपालीलाई आफ्नो मातृभूमिमा लगानी गर्न आग्रह गरे । धौलागिरी कालिका हाइड्रो लिमिटेडले सञ्चालन गर्न लागेको २५ मेगावाट क्षमताको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनाको बारेमा जानकारी गराउदै आयोजनाका म्यानेजिङ डाइरेक्टर हर्कमान घर्ती मगरले नेपालमा र विशेष गरि गण्डकी प्रदेशमा जलविद्युतको लागि आकर्षक लगानीको क्षेत्र रहेको भन्दै यसमा लगानी गर्न आग्रह गरे । हाल निर्माणधिन आयोजनाको लागी सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले ७० प्रतिशत लगानी गर्ने र ३० बर्षको लागि ‘टेक अर पे’ अर्थात् उत्पादन भएको सबै लिने आधारमा नेपाल बिधुत प्राधिकरणसंग बिद्युत् खरिद सम्झौता भएको भन्दै आफ्नो परियोजनामा लगानी सुरक्षीत रहेको बताए । आगामी ४ बर्ष भित्र बिद्युत् उत्पादन गर्ने लक्ष्यसहित म्याग्दीको मालिका गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनामा ५ किलोमिटर सुरुङ मार्ग हुने र करिब ५ अरब १५ करोड अनुमानित लागत रहेको बताए । इलेक्ट्रोनिक इन्जिनियरसमेत रहेर ३० बर्षदेखि चीन तथा हङकङमा ब्यबसाय गर्दै आएका मगरले आफनै मातृभूमिमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल आएको बताए । कार्यक्रम मानव सेवा आश्रम नेपालका अध्यक्ष एवं रामजी अधिकारीले दैनिक गरिने कामलाई कसरी सकारात्मक सोच राखेर जीवनलाई नै रचनात्मक बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए । उत्प्रेरकसमेत रहेका अधिकारीले जनजनमा मानवता प्रवर्द्दनका लागि सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनाको विकास सँगसँगै असल नागरिक निर्माण गरि समृद्ध एवं मानवीयताको राष्ट्र नेपाल निर्माणको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष हंसराज ढकाल क्षत्री जलविद्युतको बारेमा जानकारी गराउन कतार आएको धौलागिरी कालिका हाइड्रो लिमिटेडको टिमलाई धन्यवाद व्यक्त गर्दै परिषद्को तर्फबाट १ करोड लगानी रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्यानलिस्टको तर्फबाट बोल्दै आइ सिसि मानार्थ परिषद् सदस्य बिल गुरुङले लामो समय ब्यबसायगरेको अनुभवी समूहको नेतृत्वमा निर्माणधिन आयोजनामा लगानी गर्न अनुरोध गरे । सो कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश समन्वय परिषद् कतारका महासचिव रामजी खत्रीले गरेका थिए ।

खस क्षत्री सेवा समाजको नवौं स्थापना दिवस कतारमा सम्पन्न

दोहा । खस क्षत्री सेवा समाज कतारले एक कार्यक्रमकाबीच नवौं स्थापना दिवस मनाएको छ । शुक्रबार दोहामा सम्पन्न स्थापना दिवस कार्यक्रम शुभकामना व्यक्त गर्दै समाजका संरक्षक टिबि कार्कीले खस क्षत्री सेवा समाजले स्थापनादेखि नै जातिभन्दा माथि उठेर देश र राष्ट्रको सेवा गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । संस्थापक अध्यक्षसमेत रहेका कार्कीले कठिन परिस्थितिमा स्थापना गरेको संस्थाले निरन्तर समाज सेवामा सक्रिय रहँदा गर्व लाग्ने गरेको बताए । कार्यक्रममा समाजका आजिवन सदस्य एवं एन आर एन ए आइसीसि सदस्य कुमार कार्की, समाजका प्रमुख सल्लाहकार रेशम बस्नेत, आजिवन सदस्य एवं एन आर एन कतारका युवा संयोजक माया केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रवक्ता सन्तोष क्षत्री र सञ्चालन महासचिव रामजी खत्रीले गरेका थिए ।

हामी लगानी गर्छौं सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छः गण्डकी प्रदेश समन्वय परिषद कतार

दोहा, असार १५ । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका गण्डकीबासीले स्वदेशमा लागानी गर्न इच्छुक रहेको भन्दै त्यसको सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद कतारले शुक्रबार आयोजना गरेको अन्तरक्रीया कार्यक्रम बोल्दै सहभागीले जलविद्युतसँगै थुप्रै क्षेत्रमा लगानी गर्न सकिने भए पनि आफनो गरेको लागानिको ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन् । कार्यक्रममा हाम्रो अभिभारा–समृद्ध गण्डकी प्रदेश भन्ने मुल नारा सहित स्थापित परिषदको लगानी बोर्ड बारेमा लगानी बोर्डका संयोजक समेत रहेका परिषद अध्यक्ष हंसराज ढकाल क्षत्रीले जानकारी दिएका थिए । अध्यक्ष ढकालले गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुमा लगानीका संभावना र चुनौतितीबारे जानकारी गराउँदै जलविद्युतको लगानी पहिलो रोजाइ रहेको भएपनि पर्यटन तथा कृषि उत्पादनमा पनि थुप्रै संभावना रहेको बताएका छन् । कार्यक्रममा सहभागीले उपयुक्त योजना छनोट गरेर कम्पनी तयार गरि सामुहिक लगानी गर्न सकिने भन्दै त्यसको आवश्यक तयारी गर्न सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका महासचिव रामजी खत्रीले परिषदको २०१९–२० कार्यकालको लागि तयार पारिएको कार्यपत्र बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, सल्लाहकार भुपती भट्टराई, विधान मस्यौदा समितिका निवर्तमान संयोजक बिल गुरुङ, परिषद सदस्य एवं एनआरएन ए कतारका महासचिव बुधवल गुरुङ, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोर्खा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, लमजुङ सेवा समाजका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ, व्यवसायी लक्षण चौलागाईं लगायतले आफ्नो सुझाव राखेका थिए । गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर विश्वकर्माले स्वागत र महासचिव रामजी खत्रीले संचालन गरेका थिए भने कार्यक्रमको सहजीकरण सल्लाहकार होमनाथ शर्मा र कार्यपत्र तयारी समितिका सदस्य सन्तोष क्षत्रीले गरेका थिए ।

हामी लगानी गर्छौ सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ – गण्डकी प्रदेश समन्वय परिषद कतार

दोहा,असार १५।वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका गण्डकी बासिले स्वदेशमा लागानी गर्न इच्छुक रहेको भन्दै त्यसको सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका छन्। गण्डकी प्रदेश समन्वय परिषद कतारले शुक्रबार आयोजना गरेको अन्तरक्रीया कार्यक्रम बोल्दै सहभागीले जलविद्युत संगै थुप्रै क्षेत्रमा लगानी गर्न सकिने भए पनि आफनो गरेको लागानिको ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन्। कार्यक्रममा हाम्रो अभिभारा-समृद्ध गण्डकी प्रदेश भन्ने मुल नारा सहित स्थापित परिषदको लगानी बोर्ड बारेमा लगानी बोर्डका संयोजक समेत रहेका परिषद अध्यक्ष हंसराज ढकाल क्षत्रीले जानकारी दिएका थिए। अध्यक्ष ढकालले गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुमा लगानीका संभावना र चुनैतीहरु बारे जानकारी गराउदै जलविद्युतको लगानी पहिलो रोजाइ रहेको भए पनि पर्यटन तथा कृषि उत्पादनमा पनि थुप्रै संभावना रहेको बताएका छन्। कार्यक्रममा  सहभागीले उपयुक्त योजना छनोट गरेर कम्पनी तयार गरि सामुहिक लगानी गर्न सकिने भन्दै त्यसको आवश्यक तयारी गर्न सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका महासचिव रामजी खत्रीले परिषदको २०१९-२० कार्यकालको लागि तयार पारिएको कार्यपत्र बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, सल्लाहकार भुपती भट्टराई, बिधान मस्यौदा समितिका निवर्तमान संयोजक बिल गुरुङ, परिषद सदस्य एवं एनआरएन ए कतारका महासचिव बुधवल गुरुङ, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोर्खा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, लमजुङ सेवा समाजका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ, ब्यबसायी लक्षण चौलागाईं लगाएतले आफ्नो सुझाव राखेका थिए। गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले स्वागत र महासचिव रामजी खत्रीले संचालन गरेका थिए भने कार्यक्रमको सहजिकरण सल्लाहकार होमनाथ शर्मा र कार्यपत्र तयारी समितिका सदस्य सन्तोष क्षत्रीले गरेका थिए।

एनआरएन यूएईको अधिबेशन अगस्ट १६ मा, यूएईको कानुनअनुसार चल्नुपर्ने बाध्यता

यूएई, जेठ २९ । गैर आवासीय नेपाली संघ (एनआरएन), यूएईको कार्यसमिती बैठकले अगस्ट १६ तारिखमा अधिवेशन गर्ने निर्णय गरेको छ । एनआरएन यूएईले अधिवेशन सम्पन्न गर्न सल्लाहकार राजेश दर्शन अर्यालको सँयोजकत्वमा निर्वाचन समिती गठन गरेको छ । मिती घोषणा गरिएपनि तोकिएको मितीमा अधिवेशन हुनेमा भने अन्यौलता छाएको छ । एनआरएन, यूएई नेपाल एसोसिएसनको नाममा दुबईमा दर्ता भएपश्चात यूएईको कानूनतः अघि बढ्नुपर्ने बाध्यता रहेको छ भने अन्तराष्ट्रिय समन्वय परिषदको बिधानत अधिवेशन नगरेमा एनआरएन यूएईको भविष्य के हुने भन्ने ? अन्यौलता छाएको हो । अधिवेशनको मिती तोके पनि नेपाल एसोसियसनको बिधान देखाएर अधिवेशन गर्न नदिने र यही समितिलाई अर्को कार्यकाल सम्म लम्ब्याउन केही ब्यक्तिहरु लागिपरेका कार्यसमितिकै एक सदस्यले बताए । यही विषयमा छलफल गर्न एनआरएन यूएईले गत महिना सर्वपक्षिय बैठक आह्वान गरेको थियो । बैठकले अहिले देखिएको अन्यौलताबारे अध्ययन गरी सुझाब दिन मध्यपूर्व उपसंयोजक गोपाल कंडेलको अध्यक्षतामा समिति गठन गरेको थियो । श्रोतका अनुसार कंडेल समितीले सबैलाई विश्वाशमा लिएर सहमतीमा अधिबेशन गर्न सुझाव दिएको छ । आईसीसीले समेत अधिबेशन गर्नुपर्ने भन्ने सुझाव दिएकोले बर्तमान कार्यसमितिलाई जसरी पनि अधिवेशन गर्नुपर्ने दबाब बढेको अनुमान गरिन्छ। यद्यपि एनआरएन कार्यसमितीले थप निर्णय लिन भने बाँकी छ । एनआरएन यूएईका अध्यक्ष तथा नेपाल एसोसियसनका म्यानेजर रमेश श्रेष्ठले तोकिएको मितीमा अधिबेशन हुने बताएका छन् । सबैको सहमतीमा अधिवेशन गराउँछौ, श्रेष्ठले भने, केही कानुनी जटिलता छन् यसलाई कसरी हल गरेर जान सकिन्छ भनेर छलफलमा छौं । यूएईमा रहेका नेपालीहरुको हीतको लागि सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको श्रेष्ठले बताए।

मलेरियाका कारण मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, जेठ २५ । मलेसियामा मलेरियाका कारण एक नेपालीको ज्यान गएको छ । राजधानी क्वालालम्पुर स्थित कोतरायामा लामो समयदेखि व्यवसाय गर्दै आएका मोरङका सन्तोष खड्काको मलेरियाका कारण ज्यान गएको हो । उनको उपचारको क्रममा शनिवार मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्कालाई गत ६ तारिख चेरास अस्पतालमा भर्ना गरिएको थियो । उनको शव अस्पतालमै रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भईरहेको दूतावासले जानकारी दिएको छ।

साउदीमा बेचिएका २ नेपाली महिलालाई दूतावासद्वारा उद्दार

रियाद, जेठ ५ । घरेलु कामदारका रुपमा नेपालबाट कुवेतमा काम गर्न भन्दै दलालमार्फत् साउदी अरेबियामा बेचिएका दुई नेपाली महिलालाई दूतावासले उद्दार गरि स्वदेश फिर्ता गरेको छ । पाँचथर स्थाई घर भएकी उर्मिला राई र सिन्धुपाल्चोककी पूर्णीमाया तामाङलाई दुतावासले उद्दार गरेर नेपाल पठाइएको हो । उनीहरुले भने जस्तो सेवा सुविधा नपाएको र समस्यामा परेको भनी उद्धार गरिदिन माग गर्दै साउदीको रियाद स्थित नेपाली दूतावासमा निवेदन दिएपछि सम्पूर्ण कानुनी प्रकृया पूरा गरि राई र तामाङलाई आइतबार नेपाल पठाइएको दूतावास स्रोतले जानकारी दिएको छ। नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारका रूपमा काम गर्न जानेलाई श्रम स्वीकृत दिन बन्द गरेसंगै दलालहरुले यसको फाइदा उठाउँदै नेपालबाट विभिन्न प्रलोभन देखाएर भारतको बिमानस्थल प्रयोग गर्दै कुवेत, साउदी, इराक जस्ता देशमा पुर्याउएर अलपत्र पार्दै आएका छन्।

दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

काठमाडौं, जेठ ३ । भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकालमा आइतबार राति चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनाका विषयमा मुम्बईको ओसिवरा पुलिस थानामा एफआरआईआर दर्ता भएको छ । प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा आफ्ना दाजु भेट्न भन्दै ९ मेमा चितवनबाट नयाँ दिल्लीका लागि हिँडेको खुलेको छ । उनी ११ मेमा बसबाट दिल्ली आएकी थिइन् । दिल्ली पुगेपछि उनले मुम्बई जाने बस कहाँ छ भनेर सोधपुछ गर्न थालिन् । त्यही क्रममा एकजनाले द्वारकाबाट जान्छ भनेपछि उनी त्यहाँ पुगिन्। द्वारकामा उनी एक फलफूल पसलेको सम्पर्कमा पुगिन्। पसलेले उनलाई मुम्बई पठाइदिन्छु र आवश्यक व्यवस्था गरिदिन्छु भनेर आश्वासन दियो। साँझ पर्दै गएपछि रातिको समयमा बाहिर बस्नु हुँदैन भन्दै आफ्नो कोठामा जान अनुरोध गर्यो । मुम्बई पठाइदिन्छु भन्ने आश्वासन पाएकी ती महिलालाई थाहा थिएन, रक्षकका रूपिमा प्रस्तुत भएका व्यक्ति नै केही बेरमा भक्षक हुन्छ भन्ने । नजिकैको कोठामा लगेपपिछ बलात्कार गर्यो । प्रहरीका अनुसार आफूले बलात्कार गरेपछि उसले अन्य तीन जना साथीलाई बोलायो र उनीहरूले पनि बलात्कार गरे । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि दूतावासको सिफारिस पत्र अनिवार्य

नयाँ दिल्ली, बैशाख ३१ । भारत स्थित नेपाली दूतावासले भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि दूतावासको सिफारिसपत्र (एन व सि)पत्र बनाउन अनुरोध गरेको छ। दूतावासले मंग्लवार एक सूचना जारी गर्दै भारतको बिमानस्थल प्रयोग गरेर तेस्रो मुलुकमा जाने नेपालीको हकमा त्यहाँको अध्यागमन बिभागले यस्तो सिफारिस माग गरेकाले दूतावास मार्फत सिफारिस लिएर जान सूचित गरेको हो। सिफारिसका लागि भारत हुँदै तेस्रो मुलुक जानुपर्ने कारण सहितको हस्ताक्षरित निवेदन, यात्रा गर्ने ब्यक्तिको राहदानी र सो को प्रतिलिपी, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपी, रोजगार भिसामा बिदेश जाने ब्यक्तिले वैदेशिक रोजगार बिभाग वा अन्तगर्त बाट जारी श्रम स्वीकृतको प्रतिलिपी, अध्यन ब्यबसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा अध्यन ब्यबसाय संग सम्बन्धित परिचयपत्र तथा कागजातहरु आवश्यक पर्ने दूतावास द्वारा जारी सूचनामा उल्लेख छ। यस्तै सिफारिसका लागि अत्यन्तै जरुरी भै ब्यक्ति स्वयं उपस्थित हुन नसक्ने अबस्थामा दूतावासको इमेल ठेगाना मार्फत सिफारिसको लागि निवेदन दिन सकिने र सिफारिस गर्न सकिने अवस्था रहेमा दूतावासले इमेल मार्फत नै निजलाइ उपलब्ध गराउने समेत जनाएको छ। प्रतेक दिन भारतको बिमानस्थल प्रयोग गरि बिचलिया हरुले नेपाली महिला तथा पुरुष कामदारलाई नेपाल सरकारले बैधानिकता नदिएका मुलुकमा समेत लैजाने,बेच्ने र अलपत्र पार्ने गतिविधि बढेको अबस्थामा यस्तो नियमले गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने र लैजाने हरुलाइ रोक्न सकिने दूतावासको भनाइ छ।

कतारको जेलमा थुनिएका माडीका बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान

काठमाडौं, वैशाख २७ । कतारको जेलमा थुनिएका माडीका युवा विनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान गरिएको छ । वैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ वर्षअघि कतार पुगेका माडी नगरपालिका वडा नं. ७ किर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका छन् । रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले सवैले सहयोग गरिदिन शुक्रबार भरतपुरको चौबिसकोठीमा पत्रकार सम्मेलन गरि परिवारले आग्रह गरेको छ । यसअघि रानाभाटको उद्धारका लागि बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ । त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरी सहयोग गर्नसक्ने बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिए । सहयोग गर्न ईच्छुकहरुले नेपाल भरिको कृषि विकास बैंक लि. बाट रकम जम्मा गर्न सक्नेछन् । त्यसैगरि सहयोगका लागी मोबाईल नं. ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ । रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्दाको फैसला अनुसार रानाभाटले ५ महिनाभित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाएको छ ।

भारतको मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

झापा, वैशाख २६ । वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट बिहीबार उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताए । म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फाईबाट ती महिलालाई उद्धार गरिएको थियो । केही महिनाअघि म्यानमारसँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरुलाई कसरी दलालले म्यानमाको सीमामा पुर्‍याए भनी सोधखोज भइरहेको बताए ।

कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

लमजुङ, वैशाख ३ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो। लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराति १२ बजेतिर मृत्यु भएको हो । राति आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा मृत्युु भएको हो। ‘अचानक राति अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविकरुपमा ओछ्यानमा पल्टिरहेको देखेछन् । तत्काल कम्पनीमा खबर गरी एम्बुलेन्स बोलाएछ । ‘ढुकढुकी चलिरहेको थियो भन्छन् साथीहरु’ उनले भने, ‘डाक्टरले साढे १ घण्टाजति उपचार गर्ने प्रयास गरेपनि बचाउन सकिएन भन्ने खबर आयो ।’ लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष विनोदप्रसाद बसौलाका अनुसार दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको छ । दवाडी अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत थिए। शवलाई नेपाल पठाउने तयारी गरिएको अध्यक्ष नखोलाले बताए। उनका अनुसार कम्पनीले एचआर म्यानेजर फिलिपिनो नागरिक रुवानलाई शव लिएर पठाउने तयारी गरेको जानकारी प्राप्त भएको छ। मृतकको परिवारलाई नियम संगतको बीमा रकम पनि पठाइने पनि कम्पनीले जनाएको अध्यक्ष नखोलाले बताए । स्थानीयका अनुसार दवाडी पछिल्लो समय ३ महिनाअघि बुवा गिरीधारी दवाडीको निधनपछि घर आएर फर्केका थिए । ६ महिना अघिमात्रै आमा अम्बी दवाडीको निधनपछि उनी घर आएर फर्किएका थिए। आमाबुवाको ३ महिनाको फरकमा निधन भएपछि उनी तनावमा थिए। गण्डकी प्रदेशका सांसद समेत रहेका स्थानीय धनञ्जय दवाडीका अनुसार इन्द्रको निधनले गाउँ शोकमा डुबेको छ । घरमा मृतक दवाडीका पत्नी उमा, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन् । उनका भाइ वेदप्रसाद दवाडी र बुहारी अनिता दवाडी छन्। पारिवारिक स्थिति कमजोर रहेको सांसद दवाडीले बताए।

कसरी विश्वलाई विकासको मोडल सिकाउँदै छ चीन?

काठमाडौं, चैत १७ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ। विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसिया युग’ निर्माणमा लागेको हो। अमेरिकाले भारत, अस्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाइ चीनको छ। तर चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कूटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ। यस क्रममा चीनले छिमेकीलाई विशेष महत्व दिएको छ। ‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो। छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’ चिनियाँ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्। ‘चीन आफ्ना छिमेकको यही विश्वासका साथ अघि बढेको छ’, उनले भनिन्, ‘चीनले बीआरआईमार्फत छिमेकीसँग सहकार्य गर्दै अघि बढ्ने तयारी गरेको छ। पहिला एसियाले नैे विश्वको नेतृत्व गरेको थियो। हामी फेरि त्यसतर्फ फर्कन सक्छौं।’ चीन छोटो समयमा गरेको प्रगतिको बजारीकरणसँगै विश्व बजारमा सीधा पहँुच बढाउने उद्देश्यका साथ अघि बढेको छ। त्यसैले चीनले घुमाउरो शैलीमा अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको बताउँदै आएको छ। यसबाट चीनले पुरानो सिल्क रोडलाई नयाँ रूप दिँदै विश्व व्यवस्थामा प्रभुत्व कायम गर्न खोजेको स्पष्ट हुन्छ। छिमेकी मुलुकमा कसैको आँखा परेमा र आफ्नो मुलुकको प्रगतिमा आँच आउने काम भएमा चुप नलाग्ने रणनीति चीनको छ। यही रणनीतिले चीनले छिमेकलाई समेत सतर्क गराइरहेको छ। चीनले हरेक दिन विश्वका कुनाकुनाबाट सरकारी पाहुनाका रूपमा दुई सयभन्दा बढी कर्मचारी, पत्रकार, व्यापारी निम्त्याउने गरेको छ। यसरी बोलाइएका पाहुनालाई विश्वविद्यालयमा बहस गराउने र विभिन्न प्रान्तको भ्रमण गराउँदै आएको छ। ती पाहुनामार्फत चीनले आफ्नो धारणा विश्वमा फिँजाउँदै आएको छ। यसले स्पष्ट हुन्छ चीन अब विश्व बजारको प्रतिस्पर्धामा मात्र होइन, राजनीतिमा पनि अग्रसर भइरहेको छ। विश्वमा रेल हिमालमाथिबाट वा मुनिबाट गुडाउने भन्ने प्रश्न उठिरहेका बेला चीनले दुवै स्थानबाट सम्भव भएको जबाफ दिएको छ। चीनले हिमालमाथि रेल दौडाएको छ। रेलमार्गले हरेक पहाड छेडेको छ। विकासका लागि सबैले मिलेर सहकार्य गर्नुपर्ने बताएको चीनले अब दक्षिण एसियालाई विशेष चासो दिन थालेको छ। चीनले हिमालपारि रेलको सपना बाँडिरहेको छ। रेलबाटै छिमेकी भारत र पश्चिम एसियाको बजार खोजेको चिनियाँ अधिकारी स्वीकार्छन्। दक्षिण एसिया डेक्स हेर्ने तृतीय सचिव सङ चाओेले दक्षिण एसियासँग सहकार्य गर्न बीआरआई मुख्य माध्यम हुन सक्ने बताइन्। सार्क मुख्यालय रहेको नेपालमा चीनको सहकार्यमा धेरै काम भइरहेको दाबी उनको छ। उनले भनिन्, ‘पोखरा विमानस्थल निर्माण, कोदारी राजमार्गको स्तरोन्नति र मितेरी पुल निर्माण, रेलमार्गको प्रारम्भिक अध्ययन, जनस्तरको सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, प्रशिक्षण, नेपालका गाउँगाउँमा चिनियाँ स्वयंसेवकको उपस्थितिमा हाम्रो सहकार्य झल्किन्छ।’ जनस्तरको सम्बन्धमा भएको सहकार्य झनै महत्वपूर्ण रहेको उनले बताइन्। अर्का चिनियाँ अधिकारीले सार्कको विकासमा पनि आफूहरुको ध्यान जाने स्पष्ट पार्दै भने, ‘सार्कको विकासमा सहकार्यले यो क्षेत्रको सभ्यतालाई विश्वमा अघि बढाउन सक्नेछ।’ चीनले बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन र त्यसलगत्तै अन्तर्राष्ट्रिय हर्टिकल्चर एक्जिबिसन गर्दैछ। ती अधिकारीले भने, ‘बीआरआई सम्मेलनमा एक सयभन्दा बढी मुलुकका नेता सहभागी हुनेछन्। एक सय ६२ दिन चल्ने हर्टिकल्चर एक्स्पोमा लाखांै आगन्तुकले अवलोकन गर्ने विश्वास छ।’ प्रविधि पनि बीआरआईकै अंग बेइजिङमा निर्माणाधीन पाँच सय २८ मिटर अग्लो एक सय नौतले व्यापारिक भवन छ। त्यस्तै न्युयोर्कलाई नै चुनौती दिने सहर चुङछोङ पुग्दा विकासजति यहीं मात्र भएको छ भन्ने महसुुस जोकसैलाई हुन्छ। बेइजिङदेखि दक्षिण पश्चिममा रहेको चोङछिङबाट सिंगापुर आर्थिक करिडोरको काम भइरहेको छ। रेलमार्गले लाओस, भियतनाम, मलेसिया हुँदै सिंगापुर जोड्दैछ। जलमार्गमा यसअघिदेखि नै काम भइरहेको छ। यान्छी नदीमा चल्ने जहाजबाट बिनामानिस सामान लोड–अनलोड हुन्छ। १० मिटर गहिरो यान्छी नदीमा थ्री गर्जेजको ड्यामले अड्कलेर पानी पठाउँछ। त्यसमाथि पानीजहाज चलिरहेको छ। चीनले बीआरआईमा प्रविधिलाई मुख्य अंग बनाएको एक सरकारी अधिकारीले बताए। जेडी डटकम निजी कम्पनीका एक लाख ७० हजार व्यक्तिले विश्वका दुई सयभन्दा बढी कम्पनी र अबौँं ग्राहकसँग प्रविधिमार्फत व्यापार गर्छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

मलेसियाका लागि नवनियुक्त राजदुत उदयराज पाण्डेसंग नेपाली मजदुरबारे अन्तरक्रिया गर्ने तयारी

मलेसिया (क्वालालम्पुर), चैत १३ । नेपाली राजदुतावास मलेसियाका लागी केही समय अगाडिमात्रै राजदुतमा नियुक्त भई मलेसिया आई कार्यभार सम्हालिरहेका नवनियुक्त राजदुत उदयराज पाण्डेलाई एक कार्यक्रमका बीच भव्य स्वागत गर्ने भएको छ । मलेसियामा रहेका नेपाली व्यवसायी समाज लगायत विभिन्न समाजिक संघसंस्थाहरु जस्तैः नेपाल् आदिवासी जनजाती महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुदुर पश्चिमेली नेपाली समाज, गैर आवासीय नेपाली सेतेरियो कराते संघ, भोजपुर सेवा समाज, दोलखा समाज, खोटाङ सेवा समाज, खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरुसँगको संयुक्त सहकार्यमा यहीँ मार्च महिनाको ३१ तारिख आईतवारको दिन क्वालालम्पुरमा अवस्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भव्य कार्यक्रमको आयोजना गरी राजदुत पाण्डेलाई स्वागत गर्ने तयारी गरेको आयोजक संस्था मध्यकै नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)शाखा मलेसियाका अध्यक्ष सुनाखरी मगरले जानकारी गराए । फोनिजका अध्यक्ष मगरलाई उद्धत गर्दै मलेसियामा बिगत लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा सक्रिय नेपाली व्यवसायी बिपिन राईले बोल्दै सो कार्यक्रममा राजदुत पाण्डेलाई स्वागत गर्ने सँगसँगै मलेसियामा कार्यरत पीडित नेपाली मजदुरहरुको उद्दार गर्नको निम्ती दूतावाससँग कसरी सहयोग लिने ? अथवा सहकार्य गर्ने भन्नेबारे पनि संघसंस्थाको अगुवाहरुसँगै राजदुतसँग बृहत् छलफल, अन्तरक्रिया समेत गर्ने राईले बताए । मलेरियामा रहेका राजनीतिक दलहरु (पार्टी) बाहेकको अन्य समाजिक संघसंस्थाहरुले समेत आउँदो आइतबार आयोजना हुन लागेको उक्त कार्यक्रममा सहकार्य गर्न सक्ने, मिल्ने राईको भनाई रहेको छ। साथै उक्त स्वागत कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकी नाचगान समेत प्रदर्शन गर्ने तयारी आयोजकले गरिरहेको छ ।