अनुमति प्राप्त नभएपछी नेपाल एअरलाइन्सको दुबई उडान रद्द

युएई ।संयुक्त अरब इमिरेट्सबाट काठमाडौँको लागि जुन १६ र १८ तारीख मंगलवार र विहीवारका तय भएको उडान रद्द भएको छ।

स्रोतका अनुसार एयरलाइन्सको  चार्टर्ड उडानका लागि  संबंधित निकाएको अनुमति प्राप्त नभएको पछी हाललाई उडान स्थगन भएको हो ।

नयाँ उडान मिति भने प्राप्त हुनासाथ जानकारी गराइने दूतावास स्रोतले जानकारी दिएको छ ।

गत जुन ११ तारीख दूतावासले एक सुचना जारी गर्दै कोरोना भाइरसको महामारीका कारण युएईमा अलपत्र परेका नेपालीहरु लाई सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार लैजाने भन्दै युएईका लागी पहिलो चार्टर्ड उडान दुबई बाट जुन १६ र १८ को लागि तोकेको थियो ।

पोर्चुगलमा १ नेपालीको मृत्यु

पोर्चुगलः पोर्चुगलको फारोमा १ नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ ५ वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनी पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए । लडेर आगोमा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पुर्‍याइएको थियो । उनको मष्तिस्कमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ । घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।

प्रमुख सेनानी विष्टको सुडान शान्ति मिसनमा निधन

काठमाडौंः नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातका कारण निधन भएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमै रहेका बेला उनको निधन भएको हो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको नेपाली सेनाले पुष्टि गरेको छ । हृदयघातबाट निधन भएका विष्टको शव अल्फासेरस्थित राष्ट्रसंघीय अस्पालमा राखिएको छ। उनको शवलाई सुडानको राजधानी खार्तुमस्थित अस्पतालमा पोष्टमार्टम गरेपछि नेपाल ल्याइनेछ । विष्टको निधन अप्रेशन रुपमा व्रिफिङकै क्रममा ढलेपछि भएको खुलेको छ । बिष्टको घर ललितपुरको सानेपा हो । उनका एक छोरा र एक छोरी छन्। विष्टको शव खार्तुममा पोष्टमार्टमपछि संयुक्त राष्ट्रसंघले एयर एम्बुलेन्सबाट नेपाल पठाउने भएको छ । विश्‍वमा अहिले कोरोनाको महामारी चलिरहेकाले तत्कालै उनको शव नेपाल आइपुग्‍न कठिनाई हुने भएको छ । ४० बेसिकका सैनिक अधिकृत विष्ट २०७३ फागुनमा स्टाफ कलेज पास गरेका थिए। मेजर रहेका बेला उनी मुगुको रारामा श्रीदल गुल्मका गुल्मपति पनि भएका थिए ।

कोरोना संक्रमणबाट अमेरिकामा नेपालीको मृत्यु

काठमाडौंः अमेरिकामा बस्दै आएका एक नेपालीको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचथर घर भएका रमेश (लीली) सम्वाहाङ्फे रहेका छन् । उनी कोरोना संक्रमण भएपछि केही दिअघि अस्पताल भर्ना भएका थिए । सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए । उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए । मृतक सम्वाहाङ्फेकी श्रीमती र दुई छोरा पनि अमेरिकामै बस्दै आएका छन् ।

जापानमा नेपाली युवकको मृत्यु

काठमाडौंः जापानको राजधानी टोकियोमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ घर भएर हाल जापानमा रहेका अनुप धामी रहेका छन् । उनी आफ्नै कोठमा मृत फेला परेका जापानमै रहेका भक्त जोशीले बताए । धामीको शव परिक्षण भइसकेको तर रिपोर्ट नआएकाले मृत्युको कारण नखुलेको जोशीले जानकारी दिए ।

अष्ट्रेलियामा नेपाली युवाबीच ग्याङ फाइट, एक जनाको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर भएको नेपाली युवाहरुबीचको ‘ग्याङ फाइट’मा एक जनाको मृत्यु भएको छ । अष्ट्रेलियन सञ्‍चारमाध्यका अनुसार दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको मृत्यु भएको हो । गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। बारमा तीन–तीनजनाको समूहका नेपाली युवाबीच कुटाकुट भएको थियो । त्यसपछि उनीहरुलाई सुरक्षा गार्डले निकालेका थिए। बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइजना पर्खालबाट सडकमा पछारिका थिए । लडेर घाइते भएकालाई नजिकैको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको हो । घटनामा संलग्‍न रहेको भन्दै चार जना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छ ।

भर्जिनियाका गभर्नरद्वारा नेपाली मूलका तिवारीलाई सल्लाहकार समितिमा मनोनित

विजय थापा, डिसीः अमेरिकाको भर्जिनिया राज्यका गभर्नर राल्फ नोर्थमले प्रिन्स विलियम काउन्टीमा बस्दै आएका नेपाली मूलका जीवन तिवारीलाई भर्जिनिया एसियन सल्लाहकार समितिमा मनोनित गरेका छन् । उनलाई गभर्नरले प्रिन्स विलियमको नेपाली–अमेरिकन समुदायको नेतृत्वबाट भर्जिनिया एसियन सल्लाहकार समितिमा मनोनित गरेका हुन् । तिवारी नेपाली अमेरिकी फोरम फर पोलिटिकल एम्पावरमेन्ट (एनएएफपीई) का अध्यक्ष, घर खरिद बिक्रिका अभिकर्ता ,प्राइम इस्टेट इंकका संचालक तथा सीईओ (प्रमुख कार्यकारी अधिकारी) पनि हुन् । गभर्नर र एसियाली अमेरिकी समुदाय बीच आर्थिक, व्यावसायिक, सांस्कृतिक, शैक्षिक र सरकारी सम्बन्धमा गभर्नरलाई सल्लाह दिने गरि उनलाई नियुक्त गरिएको हो । मनोनित भए पछि ‘राष्ट्रमण्डलको सेवा गर्न पाउनु सम्मानको कुरा हो र यो विशेषाधिकार हो, विशेष गरी राष्ट्रमण्डलको एशियाली अमेरिकी समुदाय’ तिवारीले भने, ‘हामी अगाडि बढ्न जारी राख्नेछौं र हामी यो सुनिश्चित गर्नेछौं कि भर्जिनियाको राष्ट्रमण्डलको सरकारी प्रक्रियामा समावेशीकरणको भावना जगाउन सरकारलाई उत्तम सल्लाह दिइन्छ।’ भिएएबीको मुख्य उद्देश्य गभर्नरलाई राष्ट्रमंडल र एशियाली राष्ट्रहरू बीचको आर्थिक र सांस्कृतिक सम्बन्ध सुधार गर्ने तरिकाहरूबारे सल्लाह दिनु हो । भर्जिनिया एशियाली सल्लाहकार बोर्ड (भिएएबी) भर्जिनियामा एसियाली अमेरिकी र प्रशान्त टापु समुदायको योगदानको महत्त्व बुझ्न र एएपिआई क्षेत्रको समस्या सामना गर्न गभर्नरलाई सल्लाह दिन र एएपिआई समुदायको हितका लागि वकालत गर्नको लागि गठन गरिएको हो । भर्जिनियामा एएपिआईहरू देशका सबै भागबाट जन्म लिएका अमेरिकी नागरिकहरू र विश्वभरीबाट आएका विदेशी नागरिकहरू हुन् । भर्जिनियाको एएपीआई समुदायले संस्कृति र भाषाहरूको विविधता, अद्वितीय आवश्यकता र कौशल, असंख्य योगदान र राष्ट्रमण्डलको लागि असीम सम्भावना प्रस्तुत गर्दछ । भिएएबीको उद्धेश्य भनेको आफ्नो राज्यलाई समृद्ध पार्ने यी भर्जिनियावासीहरूको सेवा गर्नु हो र सरकारी अधिकारीहरू, स्थानीय समुदायहरू र सबै घटकहरूलाई सकारात्मक परिवर्तनहरूमा भाग लिन आह्वान गर्नु हो जुन भर्जिनियामा बसोबास गर्नु साझ राम्रो बनाउनु हो । भिएएबीले बार्षिक रुपमा यसका खोज र सिफारिशहरु राज्यपालको लागी रिपोर्ट (प्रतिबेदन) पेश गर्दछ । तिवारी उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष हुन् । उनी सामुदायिक सेवाका क्रियाकलापमा सक्रिय रुपमा संलग्न छन् । उनि घर खरिद बिक्रिका अभिकर्ता तथा भर्जिनिया एसोसिएसन् अफ रियल्टर तथा स्थानीय तथा राष्ट्रिय स्तरको व्यापार संघका सदस्य पनि रहेका छन् । सन् २००४ मा अमेरिका आएका तिवारी सन् २००५ देखि भर्जिनियामा बसोबास गर्छन् । हाल उनी आफ्नी पत्नी हिमाली तिवारी, ९ बर्षका छोरा आदर्श तथा ७ बर्षकी छोरी अर्बिना तिवारीसँग बसोबास गर्छन् ।

दोस्रो इच्छा अवार्ड–२०१९ यूएईमा सम्पन्न

यूएईः गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले सुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा सम्पन्न भएको छ । नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए । दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डका अवसरमा विशिष्ट संगीतकर्मी शम्भुजित बाँस्कोटालाई संगीत सिताराको उपाधि प्रदान गरिएको छ । वरिष्ठ अभिनेत्री बसुन्धरा भूसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भुसालसहित वरिष्ठ गायिका देविका बन्दनालाई भने यस वर्ष कदर सम्मान प्रदान गरिए पनि गत वर्ष अनर अवार्डका अवसरमा क्रमशः विशिष्ट अभिनेत्री सम्मान एवं विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो । साथै दोस्रो अनर अवार्डसका अवसरमा मोडल आशिष पुरुष, नृत्यकार दिपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सुर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णु प्रसाद पुडासैनीलाई युवा व्यवसायि सम्मान, समाजसेवी चन्द्र प्रसाद समापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणि प्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पुर्ण प्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवं समाजसेवी मोहन शर्मा लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो । यसै अवसरमा मोफसल रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डि.आर.एन.) दाङ, प्रवासमा (दुबई) कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छापत्रकारिता सम्मान, कुवेर गिरीलाई रंग पत्रकारिता सम्मान एवं सोनी शर्मालाई इच्छा पत्रकारिता सम्मान प्रदार गरिएको थियो । सोही अवसरमा गीतकार माधव निर्देषलाई सम्मान पत्र प्रदान गरिएको थियो भनेपत्रकार÷चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान गरिएको थियो । कार्यक्रममा गजल गायनमा बलराम राजवंशीले अनर अवार्ड पाए भने, गीतकारमा डी.आ. उपाध्यय, नव गायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जर÷संगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे । त्यस्तै लोक संगीत तर्फ भने गायक विक्रम राना, मोडल दिपाशा विसी, नव मोडेल सजिना लामिछाने (सुर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे । त्यस्तै पपुलर संगीत तर्फ मोडल दिपेन्द्र सोनाम, नायिका÷गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो । त्यस्तै उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्यूजिक प्रा.लि. एवं दशकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारिले प्राप्त गरे । कार्यक्रममा चलचित्र तर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता सितल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओम प्रकाश जैसी (काशी सिनेमा, भैरहवा), प्राविधिक तर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी÷चलचित्र कलाकारमा ऋतु बहादुर क्षेत्री, रंगमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवं साहित्य तर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामा आदिले गायन प्रस्तुति दिएका थिए । त्यस्तै दिपाशा विसी, शुशीला थापा, सविता रेग्मी आदिको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवं संगीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवं लोकराज अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै छायाँछविका अध्यक्ष शान्तिप्रियले कार्यक्रमको उद्देश्य र औचित्यमा प्रकाश पारेका थिए भने नेपाली मन दुबईका मदन अधिकारीले नेपाली मनले यस किसिमको कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको र कार्यक्रम अत्याधिक सफल भएको बताएका थिए । सभापतिको आसनबाट वरिष्ट अभिनेत्री बसुन्धरा भुसालले यस किसिमको कार्यक्रमले नेपाल भीत्र–बाहिर रहेका नेपाली विचमा सांस्कृतिक उर्जा थप्ने बताइन् । कार्यक्रम यूएईको वर दुबइ स्थित एभरेष्ट क्लवमा सम्पन्न भएको थियो ।

अमेरिकामा नेपाली टेनिस खेलाडी शर्भानीले जितिन् ४ पदक

विजय थापा, डिसीः काठमाडौँको सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छिन् । १४ बर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा ४ वटा पदक जितेकी हुन् । लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि उनी टेनिस खेल्न नेपालबाट अमेरिका आएकी हुन् । सन् १९५० मा ४ वटा एकल ग्रान्ड स्लाम (प्रसिद्ध खेल) जित्ने पहिलो अमेरिकन खेलाडी मौरिन क्याथरिन कोनोल्ली ब्रिङ्कर जसलाई लिटल मो भनेर चिनिन्थ्यो उनैको नाममा स्थापित लिटल मो इन्टरनेसनलले आयोजना गरेको कार्यक्रम खेल्न शर्भानी अमेरिकाको फ्लोरिडा आएकी हुन् । १३ औँ बार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पामबीच उद्यानमा खेल सम्पन्न भएको छ भने गत डिसेम्बर ६ देखि ११ सम्म प्रतियोगिता सञ्चालन भएको थियो । शर्भानीले आफ्ना उमेरका अन्तर्राष्ट्रिय किशोर–किशोरीहरुसँग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनलाई आयोजकले मुक्त कण्ठले प्रशंसा गर्दै पहिलो पटक नेपालबाट टेनिस खेल्न आएकोमा खुशी व्यक्त गर्दै बधाई दिएका छन् । शर्भानीले १४ बर्ष मुनिका गर्ल्स डबल (जोडी) मा फाईनल र मिक्स्ड डबल (मिश्रित जोडी) खेलमा दोश्रो स्थान (रजत पदक) हासिल गर्न सफल भएकी छिन् । यसै गरी १४ बर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनलाई चोथौ स्थान हासिल भएको छ । उक्त प्रतियोगितामा अन्तर्राष्ट्रियबाट आएका करिव ५ सय जना मध्ये उनको उत्कृष्ट खेललाई उच्च सम्मान गर्दै उनलाई समग्र खेलको लागि उच्च प्रतिष्ठित पुरस्कार कृपा (काईण्डनेस) पुरस्कार प्रदान गरिएको छ । यसरी यो लगायत ४ वटा पदक जित्ने शर्भानी पहिलो टेनिस खेल्ने नेपाली किशोरी भएकी छिन् । उनकी आमा योगिता प्रधान श्रेष्ठका अनुसार शर्भानीले १० बर्षको उमेर देखि नै टेनिस खेल्न सुरु गरेको बताइन् । १४ बर्ष मुनिको उमेरको खेलाडीमा नेपाल भित्र आयोजना हुने खेलमा सक्रिय रुपमा सहभागी हुने गर्छिन भने शर्भानीले नेपालमा भएको बिभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । उनलाई यस खेलमा तालिम दिलाउन शर्भानीका मातापिता अन्य देशमा उनलाई लाने गर्छन । चीन, भारत लगायत यस पटक अमेरिकामा टेनिस खेल्न अमेरिका मातापिताको साथमा फ्लोरिडा आएका हुन् । शर्भानीले गत बर्ष सन् २०१८ मा सम्पन्न पोखरा ट्रेकर्स इन यू–१४ जुनियर एटिएफ टेनिस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा शर्मानीले भारतकी प्रियांसी चौहानलाई पराजित गरेकी थिइन् । यस्तै नेपालमा सम्पन्न एटिएफले आयोजना गरेको प्रतियोगिता पनि उनी प्रथम भएकी थिइन् ।

टिपरको ठक्करबाट भारतमा पूर्व नेपाल प्रहरीको मृत्यु

दैलेखः भारतको गुजरातमा टिपरले टक्कर दिँदा एक नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–१० गमौडीका महेन्द्र खत्री रहेका उनका आफन्त सूर्यबहादुर थापाले बताए । थापाका अनुसार सडकमा हिँडिरहेका बेलामा पछाडिबाट आएको टिपरले ठक्कर दिँएर घटनास्थलमा नै खत्रीको शनिबार मृत्यु भएको बताए । उनी पूर्व नेपाल पुलिस रहेको र कामको सिलसिलामा केही महिना अगाडि मात्र भारत गएका थिए ।

कुवेत गएको ६ महिनामा कम्पनीमै मृत फेला

कुवेतः रोजगारीका लागि ६ महिना अघिमात्र कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । काम गरिरहेकै अवस्थामा भोजपुरका ३९ वर्षीय पदमबहादुर मगर आफू कार्यरत  कम्पनीको कार्यस्थलमा मृत भेटिएका हुन् । आरआईसी कुलेक्स कम्पनीमा कार्यरत मगर दिउँसोको डिउटीमा रहेका र काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी  लडेको अवस्थामा भेटिएको कुवेत प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको कुवेतस्थित नेपाली दुताबासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले जानकारी दिए ।

कोरिया गरेको २ हप्तामै नेपाली युवकको मृत्यु

काठमाडौंः नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्। यही शिलशिलामा भर्खर मात्र पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिरबहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका छन्। उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने क्रममा सबै फर्मा उनको ज्यान माथि खसेर च्यापिन गई उनको मृत्यु भएको हो। कम्पनीमा काम गर्ने कामदारहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् सबैले आफ्नो सतर्कता आफैले अपानाउनु पर्छ। हर्रे, सुर्खेत निवासी हाल दक्षिण कोरियामा कार्यरत ज्ञानु केसी र रवि मगरले नेपाल पब्लिकलाई जानकारी दिएका छन्। यस्ता घटना यहाँ काम गर्नेहरुका लागि कुनै नौलो कुरा त होईन तर अहिले हाम्रै जिल्ला निवासीलाई प¥यो भनी साथै यो घटनाले कोरियामा काम गर्ने सबैलाई मर्माहित बनाएको छ। त्यसैले यहाँ काम गर्नेहरु सबैको ज्यान ठूलो जोखिमा छ, दक्षिण कोरिया नेपालीहरुको रोजगारीको लागि आकर्षणको केन्द्र मात्र होईन त्यो भन्दा अझ हाम्रो ज्यान जोखिममा छ। धेरै सतर्कता अपनाउनु पर्छ, के नयाँ के पुराना सबैलाई गाह्रो हुन्छ, मेरो पनि हातको दुवै औला काटिएको छ, त्यसैले सबैजना होशियारी हुनु जरुरी छ ज्ञानु केसीले थपे। कोरिया प्रवेश गर्न साथ सबै कुरा कम्पनीले व्यहोर्ने भएतापनि स्वास्थ्य विमा कार्ड लगायतका केही कुरा प्राप्त गर्न केही समय पर्खनु पर्ने भएकोले थिर बहादुरको लासलाई नेपाल ल्याउन केही दिन लाग्ने साथै घटनास्थल सम्म पुगेर लास नेपाल पठाउने प्रक्रियामा जुटेकाहरुलाई कठिनाई भएको बताईएको छ। स्रोतः नेपाली पब्लिक

प्रवासी नेपालीको दुखको मूल्य स्वदेशमा लगानी गर्न ‘पसिना फण्ड’को घोषणा

काठमाडौँ — खाडी राष्ट्रहरु, मलेसिया, कोरिया लगायतका मुलुकमा काम गरिरहेका नेपालीहरुले गरेको ससानो बचत पनि नेपालको नवनिर्माणमा प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले एउटा कोष खडा गर्न प्रस्ताव गरेका छन् । “पसिना फन्ड” नामक सो कोषमा जम्मा भएको रकम नेपालको हितका साथै लगानीकर्तालाई पनि मुनाफा हुने गरी आकर्षक योजनामा लगानी गर्ने उनको योजना छ । “कोषको संचालन पारदर्शी र प्रभावकारी ढंगले गरिने छ । यसका लागि छुट्टै विनियमावली बनाएर, नेपाल सरकारसंग समन्वय गरेर मैले काम गर्ने छु,” एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रत्यासी आचार्यले भने। स्वदेशमा रोजगारीको अभावका कारणले वैदेशिक रोजगारीका लागि नेपालका लाखौं युवाहरु विदेशमा कार्यरत रहेको र उनीहरुले रगत, पसिना बगाएर पठाएको विप्रेषणले देशको अर्थतन्त्र थेगेको उनले बताए । तर विप्रेषणको रुपमा आएको अधिकांश रकम उपभोगमा खर्च हुने गरेको अनुसन्धानहरुले देखाएका छन्। “महँगो व्याजमा ऋण लिने र २,३ वर्ष त्यही सावां र ऋण तिर्न हाम्रा धेरैजसो युवाको समय खर्च हुने गरेको छ। तीन वर्ष काम गरेर घर फर्के पछि फेरी ऋण खोजेर विदेश जानु पर्ने अवस्था छ । यस्तो अवस्थामा एकातिर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नु पर्ने आवश्यकता छ भने अर्कोतर्फ नेपाली युवाहरुले पसिना बगाएर बचत गरेको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ,” आचार्यले भने। “आजको अर्को जल्दो बल्दो समस्या भनेको नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा हो । यसैगरी हाम्रा दिदी-बहिनीहरू विदेशमा घरेलु तथा यौन हिंसाको शिकार हुँदै आएका छन् । हाम्रा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा सुनिश्चिति पनि ठूलो मुद्दा हो । त्यसैले नेपाल सरकार, विदेशस्थित कूटनीतिक निकायहरु तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी सञ्जालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ मैले काम गर्नेछु,” आचार्यले भने। आप्रवासी कामदार कल्याण कोषलाई दोब्बर गर्ने आचार्यले सङ्घले स्थापना गरेको आप्रवासी कामदार कल्याण कोषमा रहेको रकमलाइ आगामी दुई वर्षमा कम्तिमा दोब्बर गर्ने र विद्यमान कार्यविधि पुनरावलोकन गरी कोषको सञ्चालन पारदर्शी ढंगले गर्ने पनि जनाए । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने तथा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरेर विदेशमा अलपत्र परेका पीडित कामदारहरुलाई सहयोग गर्न सुरक्षित गृहको व्यवस्था मिलाउन पहल गर्ने पनि उनले बताए। खासगरी नेपालीहरु काम गर्ने मुलुकहरुमा रोजगारीको माग र नेपालीहरुसँग भएको सीपबीच तालमेल मिलाउन नेपाल सरकार, प्रदेश सरकारहरु, नेपालको निजी क्षेत्र र एनआरएनएबीच सहकार्य गरी एनआरएन सीप विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनले बताए। वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउनेबारे हालै कतार, बहराइन, कुवेत, मलेसिया लगायतका मुलुकमा कार्यरत नेपालीहरुसंग आचार्यले बृहत् अन्तरक्रिया गरेका थिए। “पसिना फन्ड” स्थापन गर्ने उनको योजना गैर आवासीय नेपाली संघकै इतिहासमा एक फड्को हुने जानकारहरु बताउंछन्।

युएईमा एक नेपालीको मृत्यु

युएई,असोज १९। युएईमा सनिवार एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। लामो समय देखि युएईको जावेल अलिमा बस्दै आएका झापाका ३८ बर्सिय घनश्याम प्रधानको मृत्युु भएको हो । दिउँसो काम सकेर कोठामा फर्किएका प्रधानले एक्कासि छाती दुख्यो भनेपछि साथीहरूले हस्पिटल लैजान एम्बुलेन्स बोलाएको भए पनि उनी तुरुन्तै बेहोस भएका थिए । एम्बुलेन्सले तत्कालै उनलाइ दुबईस्थित एनएमसी हस्पिटलमा पुर्‍याए पनि १० बजेतिर चिकित्सकहरुले प्रधान लाई मृत घोषित गरेका थिए । मृत्युको मुख्य कारण हृदयाघात नै भएको हस्पिटलले पुष्टि गरेको छ । दुबईको बोर्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका प्रधान ३ महिना अगाडि मात्र कम्पनीको छुट्टी सकेर नेपाल बाट फर्किएका थिए । मृतक प्रधानको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

रामेछाप दोहा सम्पर्क समाज कतारको शुभकामना आदान प्रदान कार्यक्रम

रामेछाप दोहा सम्पर्क समाज कतारले शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उद्धव मगर दोहा कतार– मिती २०१९÷१०÷०४ का दिन जिल्ला संस्था रामेछाप दोहा सम्पर्क समाजले २०७६ सालको विजय दशमी तथा शुभ दिपावलीको पावन अवसमा दोहाको रोयल नेपाल रेष्टुरेण्ट नजमामा कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रम समाजका प्रथम उपाध्यक्ष उद्धव मगरको अध्यक्षता र संस्थाका सचिव निर्मल नेवा खडगीको सञ्चालनमा रहेको कार्यक्रमलाई सु–सम्पन्न पार्नका लागी उपस्थित समाजका द्धितीय उपाध्यक्ष सामुयल सुनुवार, महासचीव नर बहादुर तामाङ्ग, सचिव निर्मल नेवा खडगी, कोषाध्यक्ष निर बहादुर मगर, संस्थाका प्रमुख सल्लाहाकार राम हरी खत्री, तथा सदस्यहरु ः– आशीस मुक्तान, विनीता घिसिङ्क, विक्रम योञ्जन,अशोक बल, शुभराज सुनुवार, अरुन सुनुवार, विकास सुनुवार, लाल बहादुर सुनुवार, गंगा मुक्तान,अन्जु मुक्तान, हेमा थापा, रहनु भएको उक्त कार्यक्रमलाई विधिवत रुपमा अगाडी बढाउदै उपस्थित सम्पूर्णलाई अशोक बल तामाङ्कले स्वागत मन्तव्य राख्दै शुभकामना पनि दिनु भएको थियो । उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखीसकेपछी कार्यक्रमका अध्यक्ष उद्धव मगरले पनी आफ्ना भनाईहरु राख्दै भन्नु भएकोछ नेपाल बहुजातीय, बहुधार्मिक,बहुसांस्कृतिक, मुलुक हो यहाँ प्रत्येक जातजातीका मानिसहरु बसोबास गर्दछन् र आ–आफ्नै परम्परा र चाडपर्व छन् । बडा दशैं त्यो चाड हो जुन प्राय सबै जातजाती र जनसमुदायले मनाउछन् । नेपालीहरुको महान चाड भएकैले यसलाई बडा दशैं भनिएको हो भन्दै यस पर्वको धार्मिक आध्यात्मिक,सामाजीक, पारिवारिक, सांस्कृतिक एवं राष्ट्रियताको हिसाबले पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्दै यस शुभकामना कार्यक्रमले रामेछाप दोहा सम्पर्क समाजमा आवद्ध हरेक व्यक्तिलाई अझै नजीक र सदभाव बढाउदै आगामी दिनहरुमा अझ जिल्ला बासीहरुको भेटघाट प्रगाड बनाई राख्ने आशा गर्दै यस कार्यक्रम अत्यन्तै साहद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गर्नु भएको छ ।

युएईमा ४ नेपाली अलपत्र

युएई,असोज १९।रोजगारीका लागि युएई आएका चार नेपाली कामदार करार अवधी पूरा गरेर पनि स्वदेश फर्किन नपाउदा भोकभोकै बस्न बाध्य भएका छन् । दुई बर्ष अघि युएईको शार्जहा स्थित मस्को इन्टरनेशनल टेक्निकल शर्भिस नामक सप्लाइ कम्पनीमा काम गर्न आएका उनिहरु सम्झौता अनुसारको करार अवधी पूरा गरेर पनि कम्पनीले स्वदेश नफर्काउदा अलपत्र परेका हुन्। हाम्रो भिषा सकिएको ३ महिना भयो कम्पनीले नयाँ भिसा पनि लगाउदैन बाकी तलब पनि दिदैन नेपाल जान्छौ भन्दा पैसा छैन जहिले पैसा हुन्छ त्यहिले पठाउछु भन्छ दसैंमा पनि घर जान सकिएन पीडित मध्यका एक डडेल्धुराका बहादुर खत्रीको गुनासो छ। यता पीडितहरुले अलपत्र परेको गुनासो गरेपछि इनास युएईका राम तामाङले केहि दिनको लागि रासनको ब्यबस्था गरेको र उनिहरुको समस्या गराउन पहलका लागी गैर आवासीय नेपाली संघ युएई र युएई स्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको पीडितहरु बताउँछन् । तीन महिना देखि भिसा सकिएर अवैधानिक बनेका उनिहरुलाइ समस्या समाधान गरि तत्काल नेपाल फर्काउन सम्बन्धित कम्पनी संग कुराकानी चलिरहेको दूतावास स्रोतले जानकारी दिएको छ।