अमेरिकाबाट नेपालका अनाथहरुको लागि आर्थिक सहयोग

अमेरिकाबाट नेपालका अनाथहरुको लागि आर्थिक सहयोग

वाशिंगटन डीसी, पुस २५ । नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ ।

उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको कार्यक्रमकी सच्ची मैनालीले जानकारी गराइएकी छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैयाँ हुन गएको छ ।

उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो ।

नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयमले नेपालको विकट बाजुराका करिव ४० अनाथ बालबालिकाहरुका लागि शुरुआत गरेको अनाथ बालगृह निर्माणको निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि तत्कालै निस्शर्त उक्त अभियान ‘सच्चीको साथमा’ टिमले निःस्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघिमात्र गो–फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग अभियान थालिएको थियो ।

नेपालको बिकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनुहुन्न र यसका लागी अपुग रकममध्ये संसारभरका नेपाल परिवारजनबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिव ३ लाख नेपाली रुपैयाँ जति संकलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता केपी खनालले बताएका थिए ।

उनैको विशेष अनुरोधपछि उक्त अभियानलाई इनेप्लिजको घरबास र प्रवासको समसामयिक बिषय समेटिँदै संचालनमा रहेको चर्चित कार्यक्रम ‘सच्चीको साथमा’ का टिमले अमेरिकाका लागी सहयोग संकलन र उक्त अभियानमा सहकार्य गरेको हो ।

३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको ‘हेल्प फर दि होमलेस किड्स’ अभियान शुरु गएको करिब २६ घण्टामा रकम संकलन भएको हो ।

८७ जना विभिन्न मनकारी दानबीरहरुबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरुका लागि बन्ने बालश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् ।

दान सहयोगमा बिशेष दोश्रा पुस्ताका नेपाली अमेरिकी बालबालिकाहरुको उत्साहजनक रुपमा सहभागीता रहेको छ । ती स–साना बालबालिकाहरुमा आफ्नो मातृभूमी प्रतिको प्रेम, घरदेशको अवस्था र विशुद्ध समाजसेवाको भावनालाई जागृत गराउँदै यस्ता अभियानहरुमा सहभागी गराउन सफल भएकोमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित कार्यक्रमकी प्रस्तोता सच्ची मैनालीसहित उनको समूहले यो अभियान सोचेभन्दा सफल भएको जनाएको छ ।

यसले उक्त टोलीलाई थप उत्साह र जिम्मेवारी थपिएकोले भावी दिनहरुमा यस्ता अन्य मानवीय सहयोगका अभियानहरुलाई समेत निरन्तरता दिँदै लगिने सम्पूर्ण शुभचिन्तकहरुमा जानकारी गराउँदै कार्यक्रम संचालिका सच्ची मैनालीले भबिश्यमा समेत यसरी नै सवैले साथ, सहयोग र सहकार्य गर्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताएकि छिन्।

साथै हालसम्म बाजुराको अनाथ बालगृह निर्माणको लागि जम्मा गो(फण्ड तथा प्रत्यक्ष रुपमा गरेर रू ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा आर्थिक सहयोग संकलन भएको छ भने भविष्यमा पनि अझै केही दाताहरुले सहयोग गर्ने इच्छा व्यक्त गरेको मैनालीले जानकारी गराईन् ।

गत डिसेम्बर २८ तारिखमा शुरु गरिएको गो-फण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता केपी खनालको बालगृह निर्माणको आर्थिक सहयोग संकलन अभियान शुरु भएलगतै डिसेम्बर २९ तारिखको साँझभित्र नै लक्षित सहयोग रकम संकलन भएको थियो ।

अमेरिकी बिदाका दिनहरुका कारण आज जनवरी ८ तारिख मात्रै खाताबाट रकम झिकी नेपाल पठाईएको र हाललाई उक्त गो–फण्ड खाता बन्द भएको जानकारी गराउँदै उक्त ठुलो रकम भन्दा पनि सवैको सहभागिता र थोरै रकम प्रदान गर्न सकियोस होस् भन्ने हेतुले गरिएको आवाज सबैले सुनी सहयोग गरेको बताइन ।

अभियानलाई विभिन्न संजालहरु मार्फत शेयर गरि प्रचारप्रसारमा सहयोग गर्ने करिब ३९७ सहयोगीहरु र करिव ८७ जना मनकारी सहयोग दाताहरु र सम्पूर्ण टिमप्रति आभार ब्यक्त गरेकी छन् ।

उनले अगाडी भनिन– ‘अनाथ बालबालिकाहरुलाई ओत लाग्ने ठाउँ बन्नैपर्छ र परदेशमा रहेर पनि देशमा केही सहयोग गर्ने यो राम्रो अवसर पनि हो भन्दै ईजरायलबाट समेत १ लाख नेपाली रूपैंयाको सहयोग प्राप्त भएको बताएकी छिन्।

आफ्ना दुई मुटुका टुक्राहरू ६ बर्षकी डिएला ओली र दुई बर्ष पनि नपुगेकि आविगेल ओलीको नाममा बुवा दिपक प्रसाद ओली र आमा इश्वरी बानिया ओलीले समेत हाम्रो यस सच्चीको साथमा कार्यक्रमबाट शुरु गरिएको सहयोग संकलन अभियानलाई साथ र सहयोग गरेको जानकारी गराएका छन् । काठमाडौँमा २१ हजार ९ सय ४५ रुपैया हस्तान्तरण भइसकेको छ ।

सामाजिक अभियन्ता दिपक प्रसाद वलीले उक्त रकम यसै कार्यक्रमको दौरानमा समूहसंग सम्पर्क र समन्वय गरी हस्तान्तरण गर्ने जानकारी गराएका छन् । उल्लेखित रकम मध्ये अब मात्र १ लाख रूपैयाँ यसै हप्ता हस्तान्तरण नेपालमै हुने मैनालीले बताएकी छन् ।

अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए

काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।

यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

कम्बोडियाबाट १२ नेपालीको उद्दार

काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।

डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।

लोकप्रिय