अमेरिकामा विदेशी विद्यार्थीका लागि नयाँ नियम लागू, नेपालीसहित लाखौं प्रभावित हुने

अमेरिका, साउन २६ । अमेरिकाले विदेशी विद्यार्थीका लागि नयाँ कडा कडा नयान् नीति ल्याएको छ । अमेरिकामा अध्ययनरत विद्यार्थीले ‘स्टूडेन्ट स्टेटस’ (विद्यार्थीको हैसियत) उल्लंघन गरेको भोलिपल्टदेखि उनीहरुलाई अमेरिकामा बस्ने गैरकानूनी मानिने छ । भलै उनीहरुको भिषा अवधि बाँकी नै किन नहोस् । नयाँ नियम बिहीबार (९ अगस्त) देखि लागू भएको हो । नयाँ नियमसँग लाखौं विद्यार्थी प्रभावित हुने भएका छन् ।

यसअघिका नियममा जुन दिन अदालतले दोषी ठहर गथ्र्यो या आप्रवासी मामिला हेर्ने न्यायाधीश आदेश जारी गर्थे त्यसपछि अमेरिकामा बस्न गैरकानूनी मानिन्थ्यो । नयाँ नीतिका अनुसार १८० दिनसम्म अनाधिकृत रूपमा त्यहाँ बसेकालाई फेरि अमेरिका प्रवेशका लागि १० वर्षसम्म प्रतिबन्ध लगाइने छ ।

कुनै पिद्यार्थीले संस्थान (कलेज वा विश्वविद्यालय) मा पूरा समय दिएनन भने उनीहरुलाई स्टूडेन्ट स्टेटसको नियम उल्लंघन गरेको मानिने छ । अध्ययन सकिसकेपछि पाइने अतिरिक्त अवधि (ग्रेस पीरियड) भन्दा धेरै अमेरिकामा बस्न र अनाधिकृत रूपमा जागिर गर्नेहरु पनि अब सजायका भागीदार बन्ने छन् ।

अमेरिकामा सबैभन्दा धेरै चिनियाँ विद्यार्थी अध्ययनरत रहेको बताइन्छ । त्यसपछि भारतीय विद्यार्थी रहेको बताइन्छ । अमेरिकामा थुप्रै नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । नयाँ नियमको असर नेपाली विद्यार्थीमा पनि पर्ने निश्चित छ ।

मलेसियमा पनि कोरियामा मोडेलमा कामदार पठाउने तयारी

काठमाडौं, साउन १५ । नेपाली कामदारलाई अहिले मलेसिया जान रोक लगाइएको छ । यो नेपाल सरकारले रोकेको छ। वैदेशिक रोजगारीका क्रममा मलेसिया जादाँ नेपालीहरूले धेरै शुल्क तिर्नुपरेका भन्दै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै मलेसिया कामदार पठाउन रोक लगाएको हो । शुरुमा विरोध गरिएपनि यस विषयमा अहिले व्यापक छलफल गरिएको छ । र छलफलले नयाँ उचाइ लिएको छ । नेपालले वैदेशिक रोजगार सुझाव कार्यदल बनाएको थियो । जसले विदेशिने कामदारलाई ठगिनबाट जोगाउन र आर्थिक भारलाई ‘शून्य’ मा झार्न सरकारलाई नयाँ सुझाव दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाइएको प्रतिवेदनमा कामदारलाई आर्थिक भार पनि नथोपरिने र नठगिने वातावरण तयार गर्न केही महत्त्वपूर्ण सुझाव समेटिएका बताइएको छ । यसको दबाब मलेसिया सरकारसम्म पनि पुगेको छ। नेपाली कामदार जान रोकिएसँगै त्यहाँ सुरक्षा गार्डको अभाव भइरहेको भन्ने समाचार आइरहेका छन्। जसको कारण मलेसिया सरकार पनि यो विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउन चासो व्यक्त गरेको छ । साथै उसले नेपाली कामदारका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै त्यहाँ मानव संसाधन मन्त्रीले नेपालका यसअघिको कामदार नपठाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । र समस्या समाधानका लागि सरकारी तबरबाट काम गर्न सकिने बताएको छ । अब समाधान के हुन्छ त ? कसरी मिलाउन सकिएला यो विषय। दुईवटा विकल्प छन्। एउटा फ्री भिसा फ्री टिकट प्रक्रियालाई हटाएर ‘इम्प्लोयर्स पे मोडल’ को प्रयोगलार्इ प्रभावकारी गर्ने अर्को कोरियामा नेपाली कामदार पठाए जस्तै जिटुजी व्यवस्थामार्फत सरकारी तबरबाटै कामदार पठाउने। दुवैको उद्देश्य एउटै हो, नेपाली कामदारको सुरक्षा र काम अनुसारको प्रभावकारी तलब सुविधा। इम्प्लोयर्स पे मोडल किन ? अहिले कार्यान्वयनमा रहेको ‘फ्री भिसा र टिकट’ को मोडलका कारण बढिरहेको कामदार ठगिने क्रम रोक्न यो व्यवस्थामा नेपाली कामदार लैजाने मुलुकका रोजगारदाताले लाग्ने सबै खर्च आफैँले पठाउनुपर्छ । त्यसैले ‘कामदारले पैसा तिर्नु पर्दैन । बिचमा कुनै दोस्रो निकायले खेल्न र ठग्न सक्दैन। श्रीलंकामा यो मोडल सफल छ। जी टु जी भएमा के फाइदा ? कोरियामा नेपाली गएको जस्तै सरकारी तबरबाट कामदार पठाउने व्यवस्था भएकाले यो अरू व्यवस्थाभन्दा धेरै सुरक्षित छ। विदेशमा पाउने तलब र सुविधा त्यहाँको सरकारले तोकेको बमोजिम नै हुन्छ। नेपालीहरूले अहिले पाइरहेको तलब भन्दा धेरै तलब हुन सक्छ।

३६ महिला र बालबालिका आइएसको अपहरणमा

बेरुत, साउन १५ । इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा ३६ जना महिला र बालबालिका अपहरण गरेको छ । मानव अधिकारवादी समूहले ३६ महिला तथा बालबालिका आइएसको अपहरण गरेको सोमबार जानकारी दिएको छ । केही दिनअगाडि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २५० भन्दा बढीका मृत्यु भइसकेको छ । यी आक्रमणहरूमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताएका थिए। सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा प्रान्तका केही दिनदेखि लगातार आत्मघाती आक्रमण, गोलाबारी र अपहरण जस्ता घटना जारी रहेको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि शुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट तीन लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मकरूपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो । सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो । विश्वका महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरू र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो । गृहयुद्धको चपेटामा परेर लाखौँको सङ्ख्यामा मानिस घाइते हुनाका साथै लाखौँ सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य भएका छन् । रासस÷एएफपी

काम खोज्न दिनमा हजार नेपाली भारत जाँदै

बाँके, साउन ८ । कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, महिला तथा ज्येष्ठ नागरिकसमेत भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार एक हप्तायता जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, रोल्पा, दाङ, प्युठानबाट कामको खोजीमा दैनिक एक हजार भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक अनिल शाहले कामका लागि धेरै भारत जाने गरेकाले नेपालीको रेकर्ड राख्न कठिन भएको बताए । उनले हुल बाँधेर पहाडी र हिमाली भेगका नेपाली कामको खोजीमा भारत पलायन हुने गरेको बताए । एक हुलमा कम्तीमा १५-२० जना भारत पस्ने गरेको सइ शाहले बताए । उनले भने, ‘युवाको समूह हुल बाँधेर भारत जान लागेको देख्दा मन खिन्न हुन्छ ।’ कामका लागि भारत जाने र फर्किनेलाई लक्षित गरी यातायातका साधनसमेत बढेका छन् । स्वर्गद्वारी यातायात प्रालिले यात्रुको चाप बढेपछि सवारीसाधन थपेको छ । कामको खोजीमा भारत जाने नेपालीको संख्या बढेपछि पाँचवटा ‘हायस’ थप गरेको प्रालिका अध्यक्ष दीपकराज चन्दले बताए । उनले हिमाञ्चल प्रदेशको सिमलामा स्याउ टिप्ने सिजन भएकाले कामको खोजीमा भारत जाने नेपालीको संख्या तीन गुणाले बढेको बताए । प्रालिले सञ्चालन गरेका हायसका साथै दाङबाट दुईवटा यात्रुबाहक बस र भारतको रुपडिहाबाट प्रत्येक घन्टा रोडवेज बस छुट्ने गरेको छ । कपिपय सवारीसाधन नपाएर सिमला जाँदै गरेका नेपाली फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज शाहले बताए । नयाँ पत्रिकामा खबर छ ।

युएईमा ब्लडमनिको सजाय पाएका टोप बहादुर नेपाल फर्किदै ,यात्रा प्रतिबन्ध हटाउन दूतावास सफल

युएई ,साउन ५। युएईमा ब्लडमनीको सजाय पाएका खैरेनी ९, चितवनका टोपबहादुर बिक नेपाल फर्किने भएका छन्। ब्लडमनी बापतको रकम १ लाख दिर्हाम्स नेपाली झन्डै ३० लाख रुपैयाँ बुझाउन नसक्दा ४ बर्ष देखि स्वदेश फर्कन नपाएका बिकलाई अदालतको फैसला अनुसारको ब्लड मनि रकम बुझाइ सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरि नेपाल जाने बाटो खुल्ला गरिएको युएई स्थित नेपाली दूतावासले जानकारी दिएको छ। चार बर्ष अघि १४ जुन २०१४ मा काम गर्दै गर्दा क्रेन दुर्घटनामा परि दुई थाई नागरिकको ज्यान गएपछि युएईको अलऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम ब्लडमनि दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो । दुर्घटना पछी ४ महिना २० दिन जेलमा बसेका बिकलाई फैसला पछी अदालतले यात्रा प्रतिबन्ध गरि कम्पनीमा पठाए पनि उनी काम गर्ने कम्पनी बन्द भएपछी लामो समय सम्म चिनजानका साथिभाइ र केहि महिना एनआरएन युएईको संरक्षणमा बस्दै आएका थिए ।   अदालतको फैसला पछि ब्लडमनी जुटाउनका लागि युएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक सहयोगका लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिकलाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाए पछी गैर आवासीय नेपाली संघ युएईको संयोजकत्वमा युएईमा क्रियाशील सबै संघसस्थाहरु सदस्य रहने गरि एक महिने आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो । अभियान बाट संकलित रकम दूतावासलाई हस्तान्तरण गरेपछि दूतावासले सो रकम अदालतमा बुझाउदै कानुनी प्रक्रियामा लागेको थियो । लामो समयको कानुनी प्रक्रिया लाई पार गर्दै दूतावासले बिकको पासपोर्ट अदालत बाट निकालि उनलाइ स्वदेश फर्कन सक्ने बाटो खुल्ला गरिदिएको हो। अध्यागमनको जरिवाना मिनाहा ,यात्रा प्रतिबन्ध हट्यो यस्तै ब्लडमनिको सजाय पाएपछि भिसा सकिएर अबैधानिक बनेका बिकले युएईको अध्यागमन बिभाग लाई बुझाउनु पर्न जरिवाना बापतको रकम ७२ हजार ८ सय दिर्हाम्स दूतावासको पहलमा मिनाहा गर्न सफल भएको दूतावासका कार्यवाहक राजदूत सागर फुयालले जानकारी दिएका छन्। अदालतको प्रक्रिया पूरा गरेपनी अध्यागमनको जरिवानाका कारण केहि दिन रोकिएका बिकलाइ दूतावासको पहलमा सबै प्रक्रिया पूरा गरि उनिमाथी लागेको यात्रा प्रतिबन्ध (ब्यान्ड ) समेत हटाउन सफल भएको राजदूत फुयालको भनाइ छ। बिक अब कुनैपनी दिन स्वदेश फर्किन सक्ने छन भने, अभियान लाई सफल पार्न साथ सहयोग गर्न सबैलाई दूतावासले धन्यवाद समेत दिएको छ।

२४ औं विश्व आदिवासी जनजाति दिवस, युएईमा पनि मनाइने

युएई ,साउन ५ ।नेपाल आदिवासी जनजाति महासंघ युएई र उक्त महासंघ अन्तरर्गतका ११ वटा जातीय संघ संस्थाहरु मिलेर संयुक्तरूपमा २४ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो। महासंघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङले विश्व आदिवासी दिवसलाई भव्यतामा साथ मनाउन आगामी अगष्ट १० तारिखमा ”पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिबासी जनजातिको अडान,पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान“ भन्ने मुल नाराको साथ युएईको दुबई स्थित कार्ल्टन होटलमा भव्य कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन। वरिष्ठ उपाध्यक्ष तामाङले गत शुक्रबार महासंघको बैठकबाट उक्त कार्यक्रमको मुल समिति नेपाल आदिबासी जनजाति महासंघ युएई रहने गरि संस्थाका प्रतिनिधिहरुलाई कार्यविभाजन समेत गराएको बताए। जस अन्तरर्गत कार्यक्रम संयोजकको जिम्मा महासंघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, आर्थिक विभागमा कोषाध्यक्ष नर बहादुर सुनुवार, प्रचारप्रसार विभागमा महासचिव सनिल घिसिङ लगायत एघार वटैै संघसंस्थाका प्रतिनिधि रहने गरि जिम्मेवारी दिएका छन्। साथै प्रायोजक प्रमुखमा महासंघका अध्यक्ष पासाङ शेर्पा र पुर्वअध्याक्ष डिआर गुरुङ रहने भएका छन । मिडिया पार्टनरको जिम्मा भने उज्यालो नेपाललाई दिएको छ। कार्यक्रममा विभिन्न जातजातिहरुको संयुक्त झाँकी तथा भेषभुषा प्रदर्शन, आवद्ध ११ वटै संस्थाबाट जातीय पहिचान झल्किने विभिन्न प्रस्तुति दिनेछन् भने स्थानीय कलाकारहरुको समेत बिजोड प्रस्तुतिका साथै निरन्तर संस्थामा रहेर समुदायलाई महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई नागरिक अभिनन्दन सहित लाइफ टाईम अवार्ड समेत प्रदान गर्ने तयारी रहेको बताएका छन् । उक्त कार्यक्रममा विभिन्न जातीय पहिचान झल्काउने सामाग्री तथा परिकार सहितको प्रत्येक समुदायहरुको बेग्लाबेग्लै स्टल रहनेछन् । विश्व आदिवासी दिवस १९९४ बाट संयुक्त राष्ट्र संघले विश्व भरका आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकास गर्ने,प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालन मा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्वीकार गरेको उपलक्ष्यमा विश्वका सबै देशहरुमा आदिवासीहरुले यो दिवस मनाउन थालेको हो । प्रत्येक वर्ष अगष्ट ९ मा मान्दै आएको यो दिवस प्रवासमा भने समय अनुकुल नेपालीहरुको छुट्टिको दिन पारेर मनाउने गरेका छन् ।

विश्वकप सकियो, क्रोएसियाली राष्ट्रपतिको चर्चा चुलियो !

काठमाडौं, साउन १ । विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४-२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो । निर्धारित समय सकिएलगत्तै जब रेफ्रीले सिठ्ठी फुके, मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम सदस्य मैदानमा छिरेर जितको रमाइलो गर्न लागे । सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी भने, कोही रुन थाले, कोही निरास भएर मैदानमै लडिरहेका थिए । फ्रान्सको सर्मथनमा रहेका दर्शकमा जति खुसीयाली थियो, क्रोएसियाको समर्थन गरिरहेका दर्शक त्यति नै निराश । पुरस्कार वितरण समारोह सुरु हुनेबित्तिकै पानी पर्न थालेको थियो । जति पुरस्कार वितरणको रौनकताले विश्वभरका दर्शकलाई तानिरहेको थियो, त्यत्ति नै, क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनाइरहेको थियो । नागरिक दैनिकमा खबर छ ।

पाकिस्तानमा आत्मघाती बम आक्रमण, १२८ जनाको मृत्यु

एजेन्सी, असार ३० । पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १२८ जनाको ज्यान गएको छ । बलुचिस्तानको मास्तुङ्ग जिल्लामा भएको एक चुनावी र्‍यालीमा शुक्रबार आत्मघाती बम आक्रमण भएको हो । घटनामा सयौँ मानिस घाइते भएका छन् । पछिल्लो चार वर्षमा पाकिस्तानमा भएको यो सबैभन्दा ठूलो आक्रमण रहेको सरकारी अधिकारीले बताएका छन् । घटनामा ज्यान गुमाउनेमा आउँदो चुनावका लागि मास्तुङ्गबाट उठेका उम्मेदवार पनि रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । बलुचिस्तान अवामी पार्टीका नेता नवाबजादा सिराज रईसानीको पनि घटनामा ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमण क्वेटी नेहसाना राजमार्गको उक्त पूर्व तथा क्वेटाबाट झण्डै ३५ किलोमिटर पर भएको हो । विस्फोटका लागि ८ देखि १० किलो विस्फोटक पदार्थ प्रयोग भएकाले ठूलो क्षति भएको हो । सिराज रईसानी बलुचिस्तानका पूर्व मुख्यमन्त्री नवाब असलम रईसानीका भाइ हुन् र आउँदो चुनावका लागि सिराजले असलम विरुद्ध नै उम्मेवारी दिएका थिए । उनले गरेको चुनावी र्‍यालीमा आक्रमण भएको हो र धेरैको ज्यान गएको छ ।

खस क्षत्री सेवा समाज कतारको आठौं स्थापना दिवस सम्पन्न

दोहा ,असार २९।खस क्षत्री सेवा समाज कतारको आठौं स्थापना दिवस दोहा स्थित एक होट्लमा शुक्रबार सम्पन्न भएको छ । समाजको आठौं स्थापना दिवस अन्तरक्रिया तथा बिबिध सास्कृतिक कार्यक्रम सहित शालीमार दरबार रेस्टुरेन्टमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन खस क्षत्री सेवा समाजका प्रमुख संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथि टिबि कार्की, संरक्षक हंसराज ढकाल लगाएत अतिथिले ब्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै समाजका प्रमुख संरक्षक टिबि कार्कीले खस क्षत्री सेबा समाज कतार बिसुद्द सामाजिक संस्था रहेकोले कोहि समुदायको विरुद्ध नभइ नेपाली बिचको आपसी एकता लागि गठन भएको बताए । खस क्षत्री सेवा समाजको आवश्यकता अझै रहेको भन्दै खत्रीले सम्पुर्ण सामाजिक संघसंस्था बिच समन्वय गरि निरन्तर समाज सेवामा लागि रहने बताए। स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा समाजको स्थापना उदेश्य, समाजमा क्षत्रीको भुमिका बारे समाजका प्रमुख संरक्षक टिबि कार्की,समाजको कार्ययोजना र प्रगति बारे समाजका संरक्षक हंसराज ढकाल , कतारमा नेपाली ब्याबसायिको अबसर र चुनौतीका बारे संस्थापक सल्लाहकार सागर नेपालले र खस क्षत्रीहरुको इतिहास को बारेमा समाजका सल्लाहकार निगम कार्कीले प्रशिक्षण प्रदान गरेका थिए । समाजका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा संस्थापक उपाध्यक्ष पुर्ण केसि, सल्लाहकार तेज कटुवाल, भोजपुर सेवा समाजका अध्यक्ष गोपाल बस्नेत, प्रबासि कटुवाल बन्दु सेवा समाजका अध्यक्ष गोपाल कटुवाल लगाएतले सुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा समाजका सल्लाहकार संयोजक रेशम बस्नेतले कविता बाचन गरेका थिए भने समाजका कार्यसमिति सदस्य भरत केसी लगाएत दाङ देउखुरी सेबा समाजको सास्कृतिक बिभागका कलाकारहरुले विभिन्न गित, नृत्य तथा हास्य प्रसन प्रस्तुति गरेका थिए। खस क्षत्री सेवा समाजका उपाध्यक्ष बिश्व बन्दु थापाले स्वागत गरेको कार्यक्रम महासचिव रामजि खत्रीको संचालनमा सम्पन्न भएको समाजका प्रवक्ता सन्तोष क्षत्रीले बताए।

रोल्पाका दिलबहादुरलाई बचाउन मलेसियाबाट सहयोग

काठमाडौं, असार २९ । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियामा एक लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । रोल्पा घर भई मलेसियामा रहेका पृथ्वीप्रसाद रानामगरको पहलमा संकलित एक लाख ४५५ रुपैयाँ ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ । ‘दिलबहादुरको जीवन रक्षाका लागि हामीले सहयोग अभियान जारी राखेका छौँ । यसैक्रममा मलेसियाबाट थप एक लाख रकम अभियान मूल समितिलाई प्राप्त भएको छ,’ अभियान मूल समितिका संयोजक दिपेश पुनले भने, ‘म आर्थिक सहयोग गर्ने सबै सबै साथीहरुलाई समितिको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ मलेसियाबाट यसअघि पनि तीन लाख भन्दा बढी रकम मूल समितिलाई हस्तान्तरण गरिसकेको छ । संयोजक पुनले दिलबहादुरको जीवन रक्षाका लागि ओमनबाट हेमराज चलाउनेको पहलमा १८ हजार ४४१, कतारबाट कविराम बानियाँको पहलमा १२ हजार ७१५ रुपैया, दुबईमा रहेका कमल महरले ३१ हजार २५६, जोर्डनमा रहेका गोविन्द पुनले १५ हजार १८, साउदीमा रहेका गणेश रोका र प्रशान्त रोकाले १० हजार ९९८, दलप्रसाद विकले १६ हजार ८११ रुपैया मूल समितिमा आईपुगेको जानकारी दिए ।

एनआरएनए युएईको पहलमा दुई महिलाको उद्दार

युएई ।युएईमा लामो समय देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली महिलालाई एनआरएनए युएईले उद्दार गरी बुधबार स्वदेश फिर्ता गरेको छ। युएईको अलऐन स्थित एउटा घरमा बिगत एक बर्ष देखि बन्धक बनाइ राखेको अबस्थामा पीडित मध्ये एक महिलाले सामाजिक संजाल मार्फत आफ्नो उद्दारको लागि पहल गरिदिन अपील सहितको भिडियो हाले पछी एनआरएनए युएईले प्रहरीको सहयोगमा ठेगाना पत्ता लगाई पीडितको उद्दार गर्न सफल भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्। यसरी अलपत्र पर्नेहरुमा बर्दिया घर भएकी रेनुका र उनकी साथी भुप कुमारी रहेकी छिन भने अर्कि एक महिलालाई दलालले भगाउन सफल भएको भए पनि नेपाली दूतावास युएईले सम्पर्क गरी हाल दूतावासको सेल्टरमा राखेको दूतावासले बताएको छ। अलपत्र मध्ये रेनुका र भुप कुमारीलाई एनआरएनए युएईले आवश्यक प्रकृया पुरा गरी बुधबार हवाई टिकटको ब्यबस्था मिलाई स्वदेश फिर्ता गरेको छ भने अर्की एक महिलालाई दूतावासले केही दिनमा नेपाल फर्काउने तयारी गरेको दूतावास स्रोतले जानकारी दिएको छ। पछिल्लो समय युएईमा रहेका सँघसस्थाहरु खासगरि एनआरएनए युएईले मजदुर हितमा उल्लेखनीय काम गर्दै पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नेपाली दूतावास युएईका कार्यबाहक राजदूत सागर फुयाँलले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

युएईमा सुपरभाइजरबाट कुटिएकी नेपाली महिलालाई दूतावासले दिलायो न्याय

युएई, असार २७ । युएईमा आफ्नै कम्पनीको सुपरभाइजरले कुटपिट गर्दा घाइते भएकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई नेपाली दूतावास युएईले न्याय दिलाएको छ । गत मंग्लवार कम्पनीमा काम गर्न जादा मादक पर्दाथ सेवन गरि गएकी गङ्गालाई कम्पनीका एक भारतीयन सुपरभाइजरले गाडीमा राखी कम्पनी होस्टेल फर्काउदै गर्दाबीचच बाटोमा गाडी रोकि कुटपिट गरेको भिडियो सामाजिक संजाल फेसबुक मार्फत भाइरल बनेपछि दूतावासले घटनाबारे चासो दिएको थियो । युएईको सोनापुरस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनिङ काम गर्दै आएकी बास्तोलाले मादक पदार्थ सेवन गरि सामान्य भनाभन गरेकै भरमा बिच बाटोमा घाइते हुने गरि कुटपिट गर्नु नितान्त कानुन बिपरित रहेको भन्दै दूतावासले घाइतेको उपचारसहित कम्पनीसँग क्षतिपूर्ती दाबी गरेको राजदूत सागर फुयालले बताए । ‘मादक पदार्थ सेवन गरि काममा जानू झगडा गर्नु नितान्त गलत हो तर त्यसो भन्दैमा महिलामाथी हातपात गर्ने लाई हामी त्यसै माफ दिन सक्दैनौं कम्पनीले सुपरभाइजरलाई कारबाही गरेको छ बास्तोला उपचार पछी नेपाल जादैछिन,’ राजदुत फुयालको भनाइ छ। पछिल्लो समय युएईमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता काममा नेपाली महिला तथा पुरुषको सङ्ख्या बढेको देख्दा दुख लागेको बताउदै स्वाभिमानी नेपालीको शिर झुकाउने काम नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनी भविष्यवाणी गर्ने नेतालाई मृत्युदण्ड

जापान । पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक जना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ब्रह्माण्ड समाप्त हुँदैछ भनी अफवाह फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई मृत्युदण्ड दिइएको हो । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् । उनी सन् १९९५ को २० मार्चमा स्नायू प्रणालीमा असर पुर्‍याउने रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो । उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् । -एजेन्सी

कतारमा १७ नेपालीलाई आममाफी !

कतार, असार १९ । कतारका विभिन्न जेलमा बन्दी जीवन विताइरहेका १७ नेपालीलाई आममाफी दिइएको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कैदी बन्दीहरुलाई आममाफी दिइएको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास, दोहाले कतार सरकार समक्ष गरेको अनुरोध बमोजिम निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट रमदानको अवसरमा १७ नेपाली कैदीलाई आममाफीसहित रिहाइ गरिएको दुतावासले विज्ञप्तिमार्फत जनाएको छ । साथै २९ जना कैद भुक्तानीको क्रममा रहेको पनि दूतावासले जनाइएको छ ।

खरो बन्दै महाथिर सरकार, समस्यामा अवैधानिक कामदार

क्वालालम्पुर । नयाँ सरकार बनेसँगै मलेसियामा कार्यरत अवैधानिक कामदारहरु संकटमा परेका छन् । ‘रुखो प्रशासन र चोखो राजस्व’ को आक्रामक तयारी सहित ‘फिल्ड मार्शलमा’ उत्रिएको मलेसियाली प्रशासनको मुख्य निशाना अवैधानिक कामदार पनि हुन् । बिहानीले दिनको छनक देखाउँछ भनेझैँ ‘मोहमद महाथीर’को सरकारले निर्वाचित भएको पाँच दिनपछि नै ५० अर्ब डलर ‘कालो–धन’ जफत गरेको थियो। विमानस्थल र बन्दरगाहमा शिलबन्दी गरेर ‘भ्रष्ट मन्त्रीलाई पक्राउ, कमिशनखोर र माफियाहरूलाई घेराबन्दी लगायतका काम गरिसकेको महाथिर सरकारले १४४ जना ‘कालाबजारिया व्यापारीहरु’ लाई कारबाही समेत गरिसकेको छ। त्यस्तै गत महिनामा ५० जना ‘भ्रष्टचारी न्यायाधीश र २०० बढी रिश्वतखोर पुलिस’ लाई जेल चलान समेत गरेको छ। हाल अवैधानिक रुपले कार्यरत कामदारहरुलाई ‘धरपकडको चरण’मा प्रवेश गरेको यहाँको प्रशासनले विभिन्न कम्पनी तथा कामदार बस्ने आवासहरुमा छापा मारिरहेको छ । पक्राउ कार्यलाई जुलाई एक तारीख अर्थात आजैदेखि तीव्र बनाइने भएको मलेसियामा स्थिति प्रशासनले जनाएको छ। मलेसियाले अवैधरुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो । यता मलेसिया स्थित नेपाली राजदूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ । अहिले पनि हज्जारौंको संख्यामा नेपाली कामदारहरु अवैधानिक तरिकाले मलेसियाका विभिन्न स्थानमा कार्यरत छन् । नेपालबाट भिसा लगाएर आएको कम्पनिमा भने अनुसारको तलब सुविधा नहुँदा नेपाल लगाएत अन्य देशका कामदारहरु अवैधानिक बन्ने गरेका छन् । यसअघि बेला–बखतमा यहाँको सरकारले वैधानिक हुन वा घर फर्किन समय दिने गरेको थियो। तरपनी आफ्नो आग्रहको बेवास्ता गरेको भन्दै मलेसियाको नयाँ सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो। वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदार सहित उनीहरुका रोजगारदातालाई पनि कारबाही गरिने मलेसिया सरकारले जनाएको छ ।

नेपाली दूतावास साउदीद्वारा सुरक्षा ,सचेतना तथा स्वास्थ्य परीक्षण

साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षा ,सचेतना तथा स्वास्थ्य परिक्षण सम्बन्धि एक दिने कार्यक्रम सप्पन्न भएको छ। नेपाली राजदुतावास साउदीको आयोजनामा रियादको हायलमा बिहिवार आयोजना गरिएको कार्यक्रममा झन्डै १सय १०जना भन्दा धेरै नेपालीहरुको उपस्थिति रहेको दूतावास स्रोतले जानकारी दिएको छ। उक्त कार्यक्रममा अलनुर मेडिकल कम्प्लेक्स, हायल र नेपाली प्रवासी समाज हायलको सहयोग तथा समन्वय रहेको थियो ।अलनुर मेडिकल कम्प्लेक्सले निःशुल्क सभाहल तथा नेपाली श्रमिकको स्वास्थ्य परीक्षण कार्यमा सहयोग गरेको थियो भने प्रवासी नेपाली समाज हायलको समन्वयमा कार्यक्रममा उल्लेख्य सहभागीता रहेको थियो । निःशुल्क स्वास्थ्य परीक्षणवाट ६० जनाले लाभ लिएका छन । कार्यक्रममा नेपाली श्रमिकका समस्या र समाधानका उपायहरू, दूतावासले दिने सेवा र तिनको कार्यविधि एवं वितीय साक्षरता सम्बन्धी अलग अलग श्रोतव्यक्तिवाट जानकारी दिदै सहभागी वीच अन्तरक्रिया समेत भएको थियो ।