वाम गठबन्धनलाई स्वागत गर्दै भारतमा भब्य कार्य्रकम गर्ने निर्णय

नयाँदिल्ली, कात्तिक २३ । नेपाली कम्युनिष्ट आन्दोलनको यात्रामा १७ असोज २०७४ नेपाली जनताको लागि वडा दशैंको उपहार सहितको महान उपलब्धिको दिन सावित भएको छ ।

अप्रत्याशित र अपत्यारियो यो महान कार्यको थालनी गर्ने माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड र एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली श्रमजिवि नेपाली मात्र हैन, विश्वकै श्रमजिवि नेताको अन्तराष्ट्रिय आकर्षण बन्न सफल भएका छन ।

नेपाली जनताले अलग, टुटफुट र विभाजनको सिकार भएका नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकत्रित गर्ने यात्रा ७ बुँदे लिखित प्रतिवद्धता सार्वजनिक गर्ने नेता कमरेडहरु प्रति श्रमजीवि र उत्पिडित प्रवासी नेपाली जनताले लालसलामसँगै हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् ।

नेपालको राष्ट्रिय राजनैतिक दल माओवादी केन्द्र र एमाले पार्टीको जनवर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिव आरबी खड्काको नेतृत्वमा क्षेत्रिय अध्यक्ष ज्ञानबहादुर केसी, केन्द्रीय सदस्य अर्जुन दयाल, केन्द्रीय सदस्य मानु क्षेष्ठ र प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा केन्द्रीय उपाध्यक्ष सीता अधिकारी, केन्द्रीय सल्लहाकार कवि कार्की, केन्द्रीय सदस्य बेधप्रसाद भण्डारी राज्य सचिब बिमलप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

बाम गठबन्धनलाई स्वागत गर्दै भारतको राजधानी नयाँ दिल्ली होटल स्टार फ्लावर इन पहाडगञ्जमा बिहीबार एमाले निकट प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त बैठकले नेपालमा आसन्न प्रतिनिधी र प्रदेशसभाको चुनावलाई लक्षीत गरी संयुक्त कार्य्रकम गर्ने निर्णय गरिएको छ ।

कतारमा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक १ । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार जानुभएको थियो । उहाँको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उहाँ कतार जानुभएको थियो । उहाँको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी

आश्विन ३१, २०७४-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए । १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताए । ‘एनआरएनएमा हालसम्म सुरु भएका सबै एजेन्डा अघि बढाउने छु,’ इकान्तिपुरसंगको संक्षिप्त कुराकानीमा उनले भने, ‘निर्वाचनमा हारजित स्वभाविक हो । सबै एनआरएनएलाई एकढिक्का बनाई काम गर्ने छु ।’ चुुनावी परिणामलाई मनमा नलिइ एनआरएनए अभियानमा सहभागी हुन उनले आव्हान समेत गरेका छन् । ‘एनआरएनए एउटा महत्वपूर्ण अभियान हो । यसमा सहभागी हुन म सबै एनआरएनएहरुलाई थप आब्हान समेत गर्दछु,’ उनले भने । एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डाहरु समेत अघि बढाउने उनले बताए । दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएको निर्वाचन समितिका सदस्य पाण्डेले बताए । उनको रञ्जु थापासँग प्रतिस्पर्धा भएको हो । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुन: डा. बद्रि केसी निर्वाचित भएका छन् । ६ जना उमेदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुन: हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएके छ । महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् । सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ । Source: ekantipur

एनआरएनए मध्यपूर्वको संयोजकमा आरके शर्मा बलियो अवस्थामा

युएई । गैरआवासीय नेपाली संघ (एनआएनए), अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को मध्यपूर्व क्षेत्रको संयोजकमा कतारका राजेन्द्रकुमार शर्मा (आरके शर्मा) को बलियो दावी छ । शर्माले केही दिनअघि १४ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै मध्यपूर्वको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका थिए । उनीसँगै साउदी अरबका धरम केसीले पनि संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । शर्मा वर्तमान आईसीसी सदस्य हुन भने धरम केसी विभिन्न टास्क फोर्समा बसेर काम गरिसकेका व्यक्ति हुन् । मध्यपूर्वका खाडी राष्ट्रहरु युएई, कतार, साउदी अरब, ओमान, बहराइन र कुवेत लगायतका मजदुरहरुको समस्यालाई बुझ्ने र सम्बोधन गर्न सकेन व्यक्तिको रुपमा आरके शर्मालाई लिन थालिएको छ । केसी भन्दा शर्मालाई बलिया उम्मेद्कवारका रुपमा हेर्न थालिएको छ । पछिल्लो चरणमा शर्मा खाडी क्षेत्रमा निकै नै सक्रिय छन । उनी कतारका नेपाली ब्यवसायी पनि हुन् । शर्माले जारी गरेको १४ बुँदे प्रतिबद्दता सहितको घोषणापत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । इराक, जोर्डन र लेबनान लगायतका दुतावास नभएका मुलुकहरुमा नियमित भ्रमण गरी समस्या समाधानमा जोड दिने शर्माले घोषणा पत्रमा बताएका छन । उनले मध्यपूर्वबाट पर्यटन प्रबर्दनमा लागिपर्ने प्रतिबद्दता जाहेर गरेका छन । शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउने पहल गर्ने लगायतका घोषणा पत्रमा समेटिएका छन । पछिल्ला दिनहरुमा शर्माको सकृयता बढेसँगै खाडीमा एनआरएनएको अबको नेता शर्मा हुने अनुमान गर्न थालिएको थियो । एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन अक्टोबर १४ देखि १६ तारिकसम्म काठमाडौं हुँदैछ । सम्मेलनमा विश्वभरका ७५ भन्दा बढी मुलुकका एनआरएनएहरुको उपस्थिती हुनेछ ।

दलाल भन्छ–पैसा तिर्दिन, कारबाही गर्न नसक्ने दूतावासको भनाई

युएई, असोज १७ । भिजिट भिसामा आई युएईमा अलपत्र परेका २२ जना नेपालीहरु दुतावासको शरणमा पुगेका छन । गैर आवासीय नेपाली संघ, युएईको पहलमा उनीहरु सोमबार दुतावास पुगेका हुन् । पीडितहरु दुतावास पुगेपछि मानव तस्करका नाइके भनिने रमेश कुँवरले पीडितहरुलाई कुनैपनि सहयोग नगरिने बताएका छन । पीडित मध्येका एक बिष्णु खवासलाई फोन गरी उनले दुताबास गएको भन्दै धम्क्याएका हुन । सम्पर्कमा आउन नचाहेका रमेश कुँवरलाई दुताबासले उनको भाइ मार्फत सम्पर्कमा ल्याएको थियो । दुतावासकी श्रम सहचारी हीरा यादबसँग भएको छलफलमा कुँवरले पीडितहरुलाई टिकट काटेर नेपाल फर्काउन तयार भए पनि उनी पीडितहरुलाई भने कुनै पनि उद्दार नगर्ने भन्दै धम्क्याउने गरेका छन । ‘बरु दुताबासमा पैसा दिएर मिलाउछु तर टिकट काट्दिन’ कुँवरको भनाइलाई उदृत गर्दै खवासले भने । दुतावासले पीडितहरुलाई नेपाल फर्काउन पहल गर्ने तर दलालहरुलाई तिरेको पैसा फिर्ता गर्न कुनै सहयोग गर्न नसक्ने बताएको छ ।‘हीरा म्याडमले अजमानमा त राम्रो कुरा गर्नु भएको थियो तर दुताबासमा आए पछी भने दुताबासको कुरा परिवर्तन भयो, एक पीडितले भने ।’ हामी दलाललाई टिकट काट्न लगाउँछौ, पैसा के कती तिर्नु भएको हो नेपाल गएर आँफै उठाउनुस्, यो तपाईंहरुको आपसी मामाला हो ू दुताबासको भनाइ उद्द्रित गर्दै पीडितले भने । मानब तस्कर आँफै सरकारी निकायमा उपस्थित भएर अपराध स्विकार गर्दा पनि दुताबास दलाललाई कारबाही गर्न नसक्ने बताउँदै आएको छ । यसअघि अबुधाबीको मुसाफामा १९ नेपालीहरुलाई भिजिट भिसामा युएई ल्याएर अलपत्र पार्ने अर्का दलाल प्रेम पाण्डेलाई समेत दुताबासले कारबाही गर्न नसक्ने भने पछी दुताबास बिबादमा मुछिएको थियो । हरेक पटक दलालहरुले मानब तस्करी गरेको स्विकार गर्छन् तर दुताबासले बजेटको कारण देखाउँदै कारबाही गर्न पन्छिने गरेको छ । हाल दुताबासको शरणमा पुगेका २१ जना नेपालीहरु मध्ये ६ जना प्यानाडोर मेनपावरबाट युएई पुगेका थिए भने बाँकी १५ जना नेपाल एअरपोर्टको अध्यागमनको सेटिङ हुँदै युएई पुगेका थिए ।

यता दशैको रौनक, कोरियामा ३ नेपालीको मृत्यु

सोल : देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब चार महिना अघि यहाँ आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो। ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इन्छनको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ। त्यस्तै सोमबार राती मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि छ। मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ । रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ । अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ । सन् २०१७ यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ । कोरियामा कठिन काम लगायत विविध कारणले डिप्रेशनमा परेर आत्महत्या रोज्ने क्रम बढेपनि न्यूनिकरण गर्न नेपाल सरकार र सरोकारवाला निकायले खासै सक्रियता देखाएको छैन् । यहाँस्थित नेपाली दुतावासले तनाब व्यवस्थापनका कार्यक्रम पनि विभिन्न स्थानमा बेला बेलामा गरेपनि प्रभावकारी बन्न सकेको छैन् । अन्नपूर्ण पोस्टबाट

एनआरएनएको अध्यक्षका लागि कार्की उम्मेदवार बन्ने

दोहा, असोज ८ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्ष पदमा टिबि कार्कीले उम्मेदवारी दिने तयारी गरेका छन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष पदको जिम्मेवारी पुरा गरीसकेका कार्कीले सातौ अधिबेशनमा अध्यक्षको प्रत्याहासी समेत रहेका थिए । आउदै गरेको आठौ अन्तराष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा अगाडि बढीरहेको बेला विभिन्न पदका आकांछीहरुले उम्मेदवारी घोषणा भई रहदा कार्की अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिती सदस्य हुदै २००७ देखि २००९ मा आइसीसी सदस्य, चौथो महाधिवेशन (२००९–२०११) को कार्यकालमा सक्रिय रहदै पाँचौ सम्मेलनमा (२०११–२०१३) मा सचिव पदमा रहि सशक्त रुपमा विश्वभर रहेका गैरआवसीय नेपालीहरु बिच आफु लाई स्थापित गराएका थिए । (२०१३–२०१५) को छैठौं विश्व सम्मेलनमा उपाध्यक्षमा पदमा विजय सगै एनआरएनए लाई सस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय रहदै आएका थिए । हाल उनी सल्लाहकारको भुमिकामा रहेका छन् । अघिल्लो सातौ महाधिबेशनमा हालका अध्यक्ष शेष घलेसगँ प्रतिस्पर्धामा रहेका कार्कीलाई यस पटक भने उनै घले निकटबाट सर्मथन गर्ने देखिएको छ । सस्थापक अध्यक्ष उपेन्द्र महत्तो पुर्वअध्यक्ष जिबा लामिछाने लगायत एनआरएनका अग्रजहरुसँग निकट सम्बन्ध रहेका कार्कीलाई सर्बसम्मत नेतृत्व प्रदान गर्न शिर्ष तहमा समेत चर्चा चलिरहेको बताइएको छ । संस्थाका उपाध्यक्ष कुमार पन्त लगायतका पदाधिकारीहरु समेत कार्कीको पक्षमा रहेका हुदाँ उनको उम्मेदवारी अर्थपुर्ण रुपमा हेरिएको छ । पदीय दाउपेचमा अधिवेशनमा देखिने गुट उपगुटले संस्थालाई स्तरउन्नोति र विकाश हुन नसक्ने भन्दै एनआरएनका अभियान्ताहरुसमेत चिन्तित रहने गरेका छन । मध्यपूर्वमा रहेका एनआरएनहरुले एकता र सहकार्यतामा जोड दिदै यसपटक मध्यपूर्वले नेतृत्व पाउनु पर्ने आवाज उठाइरहेका छन् ।

एनआरएनए मध्यपूर्व संयोजक पदमा आरके शर्माको उम्मेदवारी घोषणा

युएई, असोज ८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको मध्य पूर्व संयोजक पदमा कतारका आरके शर्माले उम्मेद्बारी घोषणा गरेका छन । शर्मा बर्तमान आईसीसी सदस्य समेत हुन । शर्माले १४ बुँदे प्रतिबद्दता सहितको घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेद्बारी घोषणा गरेका हुन । ईराक, जोर्डन र लेबनान लगायतका दुताबास नभएका मुलुकहरुमा नियमित भ्रमण गरी समस्या समाधानमा जोड दिने शर्माले घोषणा पत्रमा बताएका छन । उनले मध्यपुर्बबाट पर्यटन प्रबर्दनमा लागिपर्ने प्रतिबद्दता जाहेर गरेका छन । शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउने पहल गर्ने लगायतका घोषणा पत्रमा समेटिएका छन । एनआरएनको अन्तरास्ट्रिय सम्मेलन आगामी अकोटोबर १४ देखि १६ तारिकसम्म काठमाडौं हुँदैछ । सम्मेलनमा विश्वभरका ७५ भन्दा बढी मुलुकका एनआरएनहरुको उपस्थिती हुनेछ । शर्माको घोषणा पत्र आदरणीय गैरआवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु, विश्वभरी छरिएर रहेका नेपालीहरुको आशा र भरोसाको केन्द्र गैरआवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौंमा हुदै गरेको सर्वविदितै छ । विगत लामो समयदेखि एनआरएन अभियानमा सहभागी हुदै आएको एनआरएनए कर्मिको हैसियतमा मैले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उक्त सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । विगतदेखि एनआरएन संस्थामा प्रत्यक्ष रुपमा संलग्नता जनाएर खाडी राष्ट्र, यूरोप संघीय मुलुक, एसिया प्रशान्त तथा नेपाल लगायत विश्वभर हुने गरिएका गैरआवासीय नेपाली संघको विभिन्न गतिविधीहरुमा प्रत्यक्ष रुपमा सरिक भई आफ्नो स्वविवेकले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्दै गैरआवासीय नेपाली संघको नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रलाई व्यवहारमा सावित गर्न व्यक्तिगत रुपमा भूमिका खेल्दै आएको सन्दर्भमा कतार लगायत खाडी मुलुक तथा विश्वभर छरिएर रहनुभएका सम्पुर्ण गैरआवासीय नेपालीजनले विगतदेखि दिनुभएको माया र सद्भावका कारण मलाई एनआरएनए अभियानमा सकृयताका साथ अगाडि बढ्न थप उर्जा मिलेको छ । मेरा एजेण्डाहरु १ मध्यपूर्वका एनआरएनए एनसीसीहरु र एनआरएन आईसीसीबीच सुमधुर र थप अर्थपूर्ण सम्बन्ध स्थापित गर्दै मध्यपूर्वका एजेण्डाहरुलाई आईसीसीका एजेण्डा बनाउने दिशामा काम गर्न आईसीसी र एनसीसीहरुबीच पुलको रुपमा समन्वयकारी एवं सहयोगी भूमिका खेल्नका लागि पूर्ण प्रतिबद्ध रहनेछु । एनआरएनए आईसीसीको विधानले तोकेका सबै काम सही ढंगले गर्न प्रतिबद्ध रहनेछु । २) युरोप, अमेरिका र ओसियाना क्षेत्रको तुलनामा मध्यपूर्वका एजेण्डा र समस्याहरु फरक छन् । खासगरी युरोप, अमेरिका र ओसियाना क्षेत्रका नेपालीहरुलाई प्रतिनिधित्व गर्ने दोहोरो नागरिकताको विषय एकहदसम्म संविधानमा समेटिइसकेको छ । त्यसैले अब सिङ्गो एनआरएनको आईसीसीको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रीत हुन जरुरी छ । मध्यपूर्वका नेपालीका सम्पूर्ण समस्या र एजेण्डालाई ठोसरुपमा लिपिवद्ध गरी नीति निर्माणका लागि अगाडि बढाउन बिशेष पहल सहयोग गर्नेछु । ३) मध्यपूर्व नेपालको सबैभन्दा ठूलो श्रम बजार हो । वैदेशिक रोजगारीका नाममा नेपालबाट ठूलो श्रम मध्यपूर्वमा बाहिरिने गरेको छ । उपयुक्त सीप र दक्षताको अभावमा मध्यपूर्वमा काम गर्ने नेपालीहरुले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् । उनीहरुको सिप अभिवृद्धि गरी सीप अनुसारको उचित पारिश्रमिक दिलाउने दिशामा एनसीसीहरुसँग समन्वय गरेर कार्यक्रमहरु अगाडि बढाउन पहल गर्नेछु । यसका लागि मध्यपूर्वमा रहेका नेपाली दूतावासहरु तथा सम्बन्धित सरकारी निकायहरुसँग छलफल गरी उनीहरुमार्फत उचित कार्यक्रम ल्याउनका लागि पहल गर्नेछु । साथै मध्यपूर्वमा भित्रिने श्रमलाई नेपालमा नै उपयोग गर्न सकिने वातावरणका लागि आईसीसीसँग समन्वय गरेर उचित नीति निर्माणका लागि पहल गर्नेछु । ४) स्वास्थ्य र सुरक्षासम्बन्धि जनचेतनाको अभावमा वैदेशिक रोजगारमा कतार लगायत खाडी राष्ट्रमा कार्यरत कैयन नेपालीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । सम्पुर्ण गैरआवासीय नेपाली जनहरुमा स्वास्थ्य तथा सुरक्षा सचेतना प्रदान गर्न व्यवहारिक रुपमा नै आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै मध्यपूर्वका नियम कानुन र श्रमबारेका अधिकार तथा कानुनको जनचेतनाको अभावमा धेरै नेपालीहरुले समस्या भोग्दै आएका छन् । यसबारे जनचेतनामुलक कार्यक्रमहरु गर्न एनसीसीहरु, नेपाली दूतावास र अन्य सम्बन्धित निकायहरुको सहभागितामा विशेष पहल गर्नेछु । ५) मध्यपूर्वमा नेपालीहरुले आर्जन गरेको कमाई उत्पादनमुलक काममा लगाउन र सही सदुपयोगका लागि उचित कार्यक्रमहरु ल्याउन पहल गर्नेछु । बर्षौसम्म मध्यपूर्वमा काम गरेर पनि स्वदेश फर्कने बेलासम्म सबै रकम अनुत्पादकमुलक र विलासितामा खर्च भइसकेको हुने समस्या रहेकाले त्यसलाई उत्पादनमुलक काममा लगाउँदा नेपाल फर्किसकेपछि पनि त्यो लगानीले आय आर्जन गरिरहने खालका कार्यक्रम ल्याउनु मेरो प्राथमिकता हुनेछ । ६) मध्यपूर्वका राष्ट्रहरुले विश्वका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको सर्वविदितै छ । यो सन्दर्भमा मध्यपूर्वका राष्ट्रहरुबाट नेपालमा वैदेशिक लगानी भित्राउने उचित पहल गर्न नेपाल सरकारका सम्बन्धित निकाय तथा मध्यपूर्वका राष्ट्रका सम्बन्धित निकाय, तथा विज्ञहरुसँग समन्वय गर्दै विशेष भूमिका खेल्नेछु । ७) खाडी राष्ट्रमा रहेका नेपालीका सबै समस्याको उचित पहिचान गर्दै समस्या समाधानार्थ प्रत्यक्ष निगरानी राख्न आईसीसी र एनसीसीहरुसँग समन्वय गर्दै विशेष कार्यदल गठन गर्न भूमिका खेल्नेछु । मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या समाधान र विभिन्न अवशरहरुको सदुपयोगका लागि यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुसँग समन्वय गर्दै सहकार्यको वातावरण बनाउन पहल गर्नेछु । ८) हाल एनआरएनएको परिभाषाले २ बर्षसम्म विदेशमा रहेका नेपालीहरुलाईमात्र एनआरएनको मान्यता प्रदान गरिेको छ । यसले मध्यपूर्वमा रहेका धेरै नेपालीहरु नसमेटिने भएकाले अन्तर्राष्ट्रिय मान्यता अनुसार १८३ दिन विदेशमा विताएका नेपालीहरुलाई एनआरएनको मान्यता दिलाउन आईसीसी मार्फत सम्बन्धित निकायहरुसँग पहल गर्नेछु । ९) मध्यपूर्वका एनआरएन एनसीसीहरुमा प्राय एकै प्रकृतिका समस्याहरु र त्यसको समाधानका लागि पनि उस्तै खालका उपायहरु अबलम्बन आवश्यक भएकाले एनसीसीहरु र त्यसका पदाधिकारीहरुलाई थप सकृय बनाउन सबैलाई जिम्मेवारी प्रदान गर्ने कार्यक्रमहरु ल्याउन एनसीसीहरुसँग सामुहिक छलफल र बैठक गर्नेछु । कार्यसम्पादनको मूल्यांकन गर्दै प्रोत्साहन गर्ने कार्यक्रमहरु अगाडि बढाउन भूमिका खेल्नेछु । १०) लेबनान, जोर्डन तथा इराकमा नेपाली दूतावासहरु नभएको हुनाले ती क्षेत्र हेर्ने दूतावासहरुलाई मासिक रुपमा ती क्षेत्रमा पुगेर नेपालीका समस्याहरु समाधान गर्न तथा सेवा पुर्याउन कार्यक्रम ल्याउन सम्बन्धित निकायसँग पहल गर्नेछु । ११) मध्यपूर्वका पर्यटकहरुलाई नेपाल भित्र्याउन तथा मध्यपूर्वबाट अन्य देशमा घुम्न जाने पर्यटकहरुलाई नेपाल घुम्न जानका लागि प्रोत्साहन गर्न पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै सूचारु गर्न विशेष जोड दिएर लाग्नेछु । १२) मध्यपूर्वमा रहेका एनसीसीहरुमार्फत एनआरएन कार्डको व्यवस्था गरी सदस्यहरुलाई कार्डमार्फत एयरलाइन्स, होटल, रेष्टुरेण्ट, ग्रोसरी स्टोर, अस्पताल लगायतका विभिन्न क्षेत्रमा डिस्काउन्ट र सुविधा प्राप्त गर्ने व्यवस्थाका लागि पहल गर्नेछु । यो प्रावधानले स्वतस्फूर्त एनआरएनएको सदस्यता लिनेहरुको संख्या बढ्ने तथा सदस्यहरुले प्रत्यक्ष रुपमा तुरुन्तै फाइदा लिनसक्ने वातावरण बन्नेछ । १३) मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउन पहल गर्नेछु १४) नेपाली संस्कृति र पर्यटन प्रबद्र्धनका लागि नेपाल हाउस स्थापना गर्न, यसक्षेत्रमा रहेका नेपालीका परिवारलाई दृष्टिगत गरी नेपाली स्कुलहरु स्थापना गर्न र नेपाल हाउसमार्फत नेपाली उत्पादनको प्रवद्र्धनको लागि भूमिका खेल्नेछु । माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सकृय भूमिका रहनेछ । एनआरएनएको र मध्यपूर्वमा रहेका नेपालीहरुको हितमा काम गर्न एनआरएनए आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकको भूमिका पूरा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने मैले अपेक्षा गर्दछु । धन्यवाद सहित आरके शर्मा (राजेन्द्रकुमार शर्मा) उम्मेदवार क्षेत्रीय संयोजक (मध्यपूर्व) गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

नेपाललाई अमेरिकाकाे ५० अर्ब बढी सहयोग मिल्ने

काठमाडौ, भदौ ३० । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत नेपाललाई सो रकम उपलब्ध हुने भएको हो । अमेरिकमा एक कार्यक्रमका बीच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका निमित्त प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले सो सहयोगसम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरेका छन् । अमेरिकाले दिने ५० अर्ब सहयोगमा नेपाल सरकारले १३ अर्ब थप गरी विद्युतको प्रसारण लाइन र सडक मर्मतमा खर्च गर्नेछन् । सहयोग रकमबाट करिब ३ सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत लाइन निर्माण गरिनेछ । त्यस्तै तोकिएको स्थानमा सडक मर्मतपछि नयाँ सडक निर्माणमा समेत खर्च हुने सम्झौतामा उल्लेख छ । यो एमसिसिबाट दक्षिण एसियामै सबैभन्दा ठूलो सहयोग हो ।

डेनमार्कमा किराँतीहरु संगठित

कोपनहेगन, डेनमार्क । उच्च शिक्षा तथा रोजगारीका लागि डेनमार्कमा आएका किराँतीहरु संगठित भएका छन् । आफ्नो कला संस्कृति, भेषभुषा, रितिरिवाज तथा भाषाको संरक्षण तथा एकआपसमा आपसि सम्बन्ध विकास गर्ने उद्देश्यले कोपनहेगनमा हालै भएको भेलाले किरात समाज गठन भएको हो । अमृत सुब्बाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्यक्षहरुमा गंगा थेबे र बिनय राइ, सचिवमा रुमी हाङ राइ, सहसचिव शैलेन्द्र राइ र कोषाध्यक्षमा नोफुङ इजम चयन भएका छन् । सदस्यहरुमा अश्विनी राइ, स्मृति राइ, रिस्ता राइ, जमुना राइ, सुनिल राइ, सन्जिव लिम्बु थेबे, दिवस लिम्बु थेबे, आयना सुब्बा र कला मोदेन अधिकारी रहेका छन् । सल्लाहकार संयोजकमा प्रतिक सुब्वा, बरिस्ठ सल्लाहकारमा डा।अमृत राइ र गुन्ज सुनुवार रहेका छन् ।

बाढी पीडितका लागि नेपाली जन प्रगतिशील मंच मलेसियाको सहयोग

सुसान आचार्य नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग सङठन नेपाली जन प्रगतिशील मन्च मलेसिया ले बाढी पीडितका लागि राहत स्वरूप पहिलो चरणमा १लाख १ हजार १ सय ११ रुपैयाँ नेपाल पठायको छ । मन्च मार्फत पार्टीको बिदेश बिभाग सचिबको नाममा सहयोग रकम पठायको जानकारी मंच मलेसियाका सचिब रुपक काफ्लेले दियका छन । लामो समय देखि मजदुर हक हित र अधिकारका लागि लड्दै आयको मन्चले विभिन्न समयमा देखा पर्न प्राकृति बिपत्ति र रास्ट्रिय बिपत्तिमा समेत हातेमालो गर्दै पटक पटक सहयोग गर्दै आएको बताउदै मन्चले भैपरी आउने समस्यामा सधै सहयोगको हात अघि बढाउने बतायका छन । मन्चका केन्द्रिय सल्लाहकार राजु ढुंगाना ९प्रनिल० को सम्योजकत्वमा सुरु गरियको राहत सङकलन अभियानले थोरै भयनी पीडित लाइ राहत महसुस गराउन सकियोस भन्ने उदेश्यले मन्चका सबै पदाधिकारी लागी परेको जानकारी काफ्लेले दियका छन । यता राहत रकम बुझ्दै माओवादी केन्द्रका बिदेश बिभाग सचिब युवराज चौलागाईंले रोजगारीका लागी बिदेशी भुमिमा पुगेर समेत पार्टी सङठनमा आबद्ध रहदै आपतकालीन अबस्थामा पीडितलार्इ गरेको सहयोग अतुलनीय रहेको बताउदै सहयोग गर्न सबैलाई धन्यवाद समेत दिइएका छन ।

नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण अभियानमा

कोरिया, भदौ २३ । नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् । क्ष्ल्क् कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलग रहेको राजिनामा पत्रमा उल्लेख गरिएको एक पदाधिकरीले खबरडबलीलाइ जानकारी दिए । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको गठनदेखि नै सकृय र अग्रणी भुमिका निभएका श्री र शेर्पा संगठन भित्र प्रभावशाली ब्यक्तिका रुपमा मानिन्थे । शेर्पा आर्थिक बिभाग प्रमुख तथा ५ नम्बर क्षेत्रको क्षेत्रीय इन्जार्ज समेत रहिसकेका थिए । आर्थिक बिभाग प्रमुख रहदा संगठन भित्र मितब्ययिता अपनाएर शेर्पाले आर्थिक रुपमा संगठन लाई बलियो बनाएका थिए भने राजनीतिक बैचारिक रुपमा दख्खल राख्ने राजु श्री ३ नम्बर क्षेत्रको क्षेत्रीय इन्चार्ज, संगठन बिभाग प्रमुख, प्रचार प्रसार बिभाग प्रमुख हुदै प्रबास प्रादेशिक सदस्यसमेत थिए । INS कोरियाको प्रथम अधिबेशन देखि संगठन को रफ्तारमा गिरावट आउदै गएको र उहाहरु सहित धेरै साथिहरु पनि निष्क्रिय बन्दै गएका उनिहरु निकटका एक पदाधिकारी ले बताए । यसै सन्दर्भमा कुरा गर्दा शेर्पाले सिङ्गो पार्टी र संगठन भित्र बिचार र निस्ठाको राजनितिक अन्त्य जस्तै रहेको बताए ।साथै पार्टी भित्र नाताबाद र कृपाबाद ले जरा गाड्दै कामको मुल्यांकन शुन्य रहेको बताए । INS कोरिया बाट बाहिरिएर धुर्बिकरण अभियानमा राजु श्रीले आफू छलफलमा रहेको बताउदै ‘परिबर्तन का शुत्रधार हरुमा धुर्बिकरण मात्र हैन चुनवाङ दोहोरिन आबश्यक छ भन्दै घुमाउरो कुरा गरे । भने अन्य समसामयिक जिज्ञासा हरुमा उनी खासै खुल्न मानेनन् । पत्रकारिता, राजनीती र साहित्य लेखनमा दख्खल राख्ने श्री संगठन निर्माणमा कुशल भुमिका निभाउन सक्ने खुबी भएका ब्यक्तिका रुपमा रहेको एक पदाधिकारी ले बताए । स्मरण रहोस नयाँ शक्ति कोरियामा पहिला पनि सचिबालय सदस्य तथा केन्दृय सचिब महेन्द्र पोख्रेल, केन्दृय सदस्री बैरागी माइला , सचिबालय सदस्य दिपेन किराँती लगायत केही कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् ।

नेपालमा बाढी पीडितका लागि अष्ट्रेलियाले १६ करोड सहयोग प्रदान गर्ने

नारायण खड्का अष्ट्रेलिया, भदौ २१ । नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको अष्ट्रेलिया सरकारले सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले एक बिज्ञप्ति जारी गर्दै उक्त सहयोग दिने बताएकी हुन् । उनले केही दिनअघि जारी गरेको विज्ञप्तिमा १७ लाख जनताहरु हालै आएको बाढीपहिरोका कारण पीडित बनेको बताउँदै नेपाललाई उक्त रकम उपलब्द्ध गराउने उल्लेख गरिएको छ । उनका अनुसार १ मिलियन (करिब ८ करोड रुपैयाँ) अष्ट्रेलियाको गैरसरकारी मानवीय संस्थाहरुमार्फत र थप १ मिलियन (करिब ८ करोड रुपैयाँ) विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रदान गरिनेछ । अष्ट्रेलियाले उपलब्द्ध गराउने सहयोगबाट तत्काल पीडितहरुका लागि आवास, खाद्यान्न, सफा पानी र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने जनाइएको छ । यसका साथै अष्ट्रेलियाली सरकारले ६ हजार ६ सय महिला तथा युवतीहरुलाई जरुरी स्वास्थ्य सेवा र स्वास्थ्य सामाग्रीहरु उपलब्द्ध गराइने समेत भएको छ । अष्ट्रेलियाले विश्व खाद्य कार्यक्रम अन्तरगत पुरयाउने सहयोगले अति प्रभावित क्षेत्रका ५ बर्षमुनिका ५ हजार ६ सय बालिबालिका र १ हजार ६ सय गर्भवती तथा महिलाहरुलाई सहयोग पुरयाउने उल्लेख गरिएको छ । विज्ञप्तिमा १ सय ५० को मृत्यु भएको, ६५ हजार घरहरु नष्ट भएको र ६४ हजार हेक्टर क्षेत्रफलको बाली नष्ट भएका उल्लेख गरिएको छ भने उद्धारमा देखाएको तदारुकताप्रति नेपाल सरकारको प्रशंसा समेत गरिएको छ ।

एनआरएनए अमेरिकाको निर्वाचन दौडमा डा. केशब धेरै अगाडि छेउ मै छैनन प्रतिस्पर्धी

टेक्सस (अमेरिका), भदौ १९ । एक वर्षदेखि प्रतीक्षारत गैरआवासीय नेपाली संघ, अमेरिका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन यसै हप्ताको ५ र ६ तारिख तय भएसँगै अमेरिकी डायस्पोरामा नेतृत्व पदका लागि जोड–घटाउ शुरु भएको छ । यसअगाडि अध्यक्ष पदमा पाँच प्रत्यासीले नेतृत्वमा आकांक्षा देखाए पनि गौरीराज जोशीको उम्मेदवारी मनोनयनलाई निर्वाचन समितिले प्रक्रिया नपुगेको कारणसहित अयोग्य ठहराएको थियो । त्यही अयोग्यताको असन्तुष्टिलाई लिएर जोशी अदालतको ढोका ढकढक्याउन पुगेपछि अनिश्चित बनेको राष्ट्रिय समितिको निर्वाचन पुनः जोशीले डा. केशव पौडेललाई एक कार्यकाल थप काम गर्न दिने भन्दै मुद्दा फिर्ता लिएपछि मार्ग प्रशस्त भएको थियो । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष डा. केशव पौडेलसँग प्रतिस्पर्धा गर्न वर्तमान कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षद्वय रविना थापा र राम सी पोखरेल लागिपरेका छन् । १४ हजार सदस्य रहेको गैरआवासीय नेपाली संघकोे नयाँ नेतृत्वमा ४ आकांक्षीमध्ये वर्तमान अध्यक्ष डा. केशव पौडेल नै सबैभन्दा योग्य उम्मेदवार भएको प्रतिक्रिया दिन्छन् न्यूयोर्कस्थित शिक्षा पेशामा आबद्ध दिलिप ओझा । ओझा भन्छन्– ‘दुई वर्षअगाडि भारी मतले निर्वाचित डा. पौडेलविरुद्ध पराजितहरुले हारेकै हप्तादेखि मुद्दा हालेर दुःख दिए । मलाई लाग्छ डा. पौडेलले उनको क्षमताअनुसार काम गर्नै पाएका छैनन् । उनलाई काम गर्न दिइएकै छैन । त्यसैले एक पटक पुनः उनलाई अमेरिकाबासी नेपालीले विवेक पु¥याएरै जिताउनुपर्छ ।’ लभलेस हेल्थ सिस्टम नामक अस्पतालका सिनियर मेडिकल डाइरेक्टर, स्टेट युनिभर्सिटी अफ न्यूयोर्क अपस्टेटका पूर्व प्राध्यापक, हस्पिटल मेडिसिन सोसाइटी न्यू मेक्सिकोका पूर्व अध्यक्ष तथा त्रिवि शिक्षण अस्पतालको उत्कृष्ट मेडिकल अफिसर अवार्डबाट सन् २००३ मा सम्मानित डा. पौडेलका वर्तमान प्रतिस्पर्धीहरु सामान्य रुपमा पनि अमेरिकी नेपालीले एनआरएन अध्यक्षका लागि स्वीकार गर्ने खालको नहुनुले पनि यस पटकको निर्वाचनमा डा. पौडेल निकै अगाडि भएको बताउनेहरुको कमी छैन । अध्यक्ष पदका अन्य प्रत्यासीहरुमा कृष्ण पोखरेल न्यूयोर्क लाइफ इन्स्सुरेन्सका इन्सुरेन्स एजेन्ट हुन् भने रविना थापा बाल्टिमोरस्थित लुम्बिनी रेष्टुरेन्टकी सञ्चालिका हुन् । त्यसैगरी राम सी पोखरेल टेक्ससस्थित किराना व्यापारी हुन् । डा. पौडेल निकै अगाडि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका डा. केशव पौडेलप्रति विश्वभरि क्रियाशील ८० प्रतिशत कांग्रेस निकट एनआरएन अभियन्ताहरुको सहानुभूति छ । डा. पौडेललाई अबका एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षका प्रत्यासी भवन भट्टले महासचिव पदमा अफर गरेका थिए भने उनीसँगै भिड्ने तयारी गरेका कुमार पन्तले सचिव पदमा अफर गरेका थिए । तर, डा. पौडेलले माथि जाने उच्च महत्वाकांक्षा देखाएनन् । गत कार्यकालमा विपक्षीहरुले निर्वाचन जितेकै दिनदेखि मुद्दामामिला गरेर अनावश्यक विवाद गरेर काम गर्नै नदिएपछि थप एक कार्यकाल अमेरिकाभित्रै काम गर्ने उनको उद्देश्यलाई सकारात्मक रुपमा लिने ठूलो जमात अमेरिकामा उनको पछाडि छ । उनलाई बोलेपछि पूरा गरेरै छाड्ने व्यक्तिका रुपमा अमेरिकामा चिन्ने गरिन्छ भने विपत्ति परेका बेला स्टेथेस्कोप बोकेर बिरामी जाँच्न मैदानमा उत्रने व्यक्ति हुन् डा. पौडेल भन्छन् क्यालिफोर्नियाका जीवन पन्त । उनी भन्छन्– ‘डा. पौडेलले नेपालको भूकम्पमा देखाएको भूमिकाले म नतमस्तक छु । अहिलेका अन्य प्रतिस्पर्धीहरुभन्दा डा. पौडेलले धेरै अगाडिको दूरी तय गरिसकेका छन् । डा. केशव पौडेलले सबैभन्दा महत्वपूर्ण दृष्टि टिम निर्माणमा देखाएका छन् । मधेस र मधेसीको प्रतिनिधित्व हुने गरी वरिष्ठ उपाध्यक्षमा सुमन साह लिएका छन् । महासचिवमा जनजाति प्रतिनिधित्व हुने गरी बाबुराम लामालाई लिएका छन् । डा. केशव पौडेलको अर्को जित्ने आधार भनेको उनीसँगै प्रतिस्पर्धा गर्न कम्मर कसेर लागेका गौरीराज जोशीको समर्थनले उनलाई थप मजबुत बनाएको छ । नेपालमा व्यापारिक साझेदारीदेखि वृद्धाश्रम निर्माण र चेपाङलाई सहयोगमा समेत सहयत्रा गर्दै आएका गौरीराज जोशी र डा. पौडेलको मित्रता अत्यन्त गहिरो छ । त्यही कारणले जोशीले डा. पौडेलसँग प्रतिस्पर्धा नगर्ने बरु सहकार्य गर्दै सफलता हासिल गर्ने भन्दै मुद्दा फिर्ता लिएको कुरा यी दुईको सहमति भएको बैठकमा बसेका एक सामाजिक कार्यकर्ताले बताए । एकातर्फ प्रतिस्पर्धीहरु निकै कमजोर हुनु र अर्कोतर्फ डा. पौडेल व्यावसायिक, राजनीतिक र सामाजिकरुपमा अब्बल हुनुले सन् २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि अमेरिकी एनआरएनमा पुनः डा. पौडेल लगभग सुरक्षित देखिएका हुन् । वकिल जिसीको हर्कत गतवर्ष एनआरएन अन्तर्राष्ट्रिय परिषद्मा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर भारी मतले पराजय भोगेका न्यूयोर्कका वकिल खगेन्द्र जिसीलाई पुनः उपाध्यक्ष पदको भोक जागेपछि उनले योग्यता नै नपुगेका सोझा स्वभावका व्यवसायी गौरीराज जोशीलाई अनावश्यक उचाले । आफ्नो अनुकूलको अध्यक्ष जिताउँदा आफू अनुकूलका प्रतिनिधि अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा पु¥याउँदा आफूलाई उपाध्यक्ष जित्न सजिलो हुने जिसीको सपनाका कारण फुल्दै गरेको एनआरएन कचहरीसम्म पुग्यो । निर्वाचन नै तीन महिना ढिला सम्पन्न हुने भयो । कांग्रेस नेता महेन्द्रध्वज जिसीका भाइ खगेन्द्र जिसी आफ्नो फाइदाका लागि जुनसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । अहिलेका अध्यक्ष पदका बलिया प्रत्यासी डा. केशव पौडेल नेविसंघकै पूर्व नेता भए पनि जिसीले आफू अनुकूल नहुने भएपछि गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध उम्मेदवारी दिन लगाएका थिए । तर, गौरीराज जोशी एक कार्यकाल काम नगरेका कारण विधानअनुसार उनी अध्यक्ष पदका लागि योग्य भएका थिएनन् । उता, जिसीसँगसँगै कांग्रेस प्रवास संगठन जनसम्पर्क समितिका अध्यक्ष गोरखबहादुर विष्ट पनि डा. पौडेलविरुद्ध व्यक्तिगत रिस साँधेर पछि लाग्दै गए । गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध भड्काउँदै गए । गौरीराज जोशीलाई अनावश्यक उचालेर जिसी, विष्ट र एमालेका केही कार्यकर्ता मिलेर अदालतमा मुद्दा दर्तासमेत गराइयो । तर, व्यापारमा राम्रो सफलता हासिल गरेका सोझो स्वभावका जोशीले यी सबैलाई पिठ्युँ फर्काएर मुद्दा फिर्ता लिए र एक पटक डा. पौडेललाई नै अध्यक्ष बनाउने निर्णयमा पुगे । जोशीले नाम फिर्ता लिएपछि एकाएक तिलमिलाएका खगेन्द्र जिसी अर्का अवसरवादी स्वभावका कृष्ण पोखरेललाई अध्यक्ष बनाउनुप¥यो भनेर सामाजिक सञ्जालमा शेयर गर्न व्यस्त छन् । जिसी अध्यक्षका कृष्ण पोखरेल र अन्य पदमा एमालेका कार्यकर्ताको फोटो राखेर प्रचारप्रसार गर्न थालेपछि अहिले सामाजिक सञ्जालमा जिसीविरुद्ध व्यापक विरोध भएको छ । तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको कृपामा परराष्ट्रको अवैतनिक एनआरएनएन सल्लाहकारको नियुक्ति लिएका जिसीले खुल्लम्खुल्ला सामाजिक सञ्जालबाट उम्मेदवारी प्रचार गर्न थालेपछि विरोध भएको हो ।

मलेसियामा ८ नेपाली सम्पर्कविहीन

 राजविराज ,भदौ १९।  रोजकारीका लागि मलेसियामा रहेका ८ नेपाली बेपत्ता भएका छन् । तमिल मूलका व्यक्तिले छुरा प्रहरा गरेको घटनापछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाका नीरेन्द्र यादवसहित ८ नेपाली बेपत्ता भएका हुन् । नीरेन्द्रका जेठान वैद्यनाथ यादवले दिएको जानकारीअनुसार सर्लाही र सुनसरीका २–२ जना तथा महोत्तरकिा ३ जनासहित नीरेन्द्र मलेसियाको कन्तार भन्ने स्थानमा बस्दै आएका थिए । उनीहरु पेनाङस्थित जाम्बुलमा रहेको जीयूएच सर्किट इन्डिस्ट्रिज पीजी एसडीएन बीएचडीमा कार्यरत थिए । गत २९ अगस्त साँझ पौने सात बजेदेखि नीरेन्द्य्रसहित उनका साथी सम्पर्कविहीन भएको वैद्यनाथले बताए । उनीहरु बस्दै आउको कन्तारस्थित डेरा नजिकै डिस्कोमा हल्ला बढी भएपछि उनीहरु गुनासो गर्न त्यहाँ पुगेका थिए । डेरा फर्किएलगत्तै केही तमिल मूलका युवा आएर झ्याल–ढोका फोरी छुरा हानेको उनीहरुसँग बस्दै आएका नेपालीको भनाइ उद्धृत गर्दै वैद्यनाथले बताए । त्यो दिनदेखि उनीहरु बेपत्ता छन् । ‘फोनको स्विच अफ छ ।नीरेन्द्रका साथीभाइलाई फोन गर्दा कुनै अत्तोपत्तो नरहेको जानकारी दिएका छन्,’ वैद्यनाथले भने, ‘परराष्ट्र मन्त्रालयले खोजीमा सक्रियता देखाओस् ।’ –कान्तिपुरबाट

एनआरएनए युकेको संयोजकमा लालबहादुरको उम्मेदवारी

युके, भदौ १८ । आगामी सेप्टेम्बर ९ तारिखमा हुन लागेको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा युवा संयोजक पदमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा रहेर लामो समयदेखि व्यवसायसँगै समाजसेवा सक्रिय गुरुङले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार शुरु गरेका छन । गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मिडिया सेक्रेटरीसमेत छन् । आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु परिचित छन । ‘अहिलेका युवाले के चाहन्छन् र युवाले लिने अबको बाटो कस्तो हुनुपर्छ भन्ने मैले नजिकबाट बुझेको छु,’ गुरुङले भने, ‘मैले रहरले भन्दा पनि बेलायतमा रहेका युवालाई संगठित गर्न र युवाको मनोभावना अनुसार काम गर्न उम्मेदवारी दिएको हुँ ।’ गुरुङले बेलायती नेपालीका समस्यालाई नजिकबाट नियालेकाले ती समस्याका समाधान खोज्न र संस्थालाई सही मार्गमा हिडाउन आफुले युवाको नेतृत्व गर्न चाहेको बताए । बिगतमा एनआरएनमा रहेर काम गरेको अनुभव आफुसँग नभए पनि एनआरएनलाई नजिकबाट नियालेको र अन्य विभिन्न संस्थामा काम गरेको अनुभव भएकाले बेलायती नेपालीले माया गर्ने विश्वास उनको छ । युवामुखी योजना र काम गर्ने दृढ संकल्पका साथ प्रवासी बेलायती युवा र नेपाली समुदायमाझ विभिन्न महत्वपूर्ण ल्याउने उनले बताए ।