बलिउडमा जम्ने तेरियाको इच्छा, सोनाक्षी सिन्हासँग काम गर्ने सपना

मुम्बई, टेलिभिजन रियालिटी शो “झलक दिखला जा ९” जितेकी तेरिया फौजा मगरले बलिउडमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् ।

यसअघि डान्स इण्डिया डान्स लिटिल मास्ष्टर्सका उपाधी समेत जितेकी तेरियालाई गत शनिबार राती विजयी घोषणा गरिएको थियो । उनले सलमान युसुफ खान र शान्तुन माहेश्वरीलाई हराइएर ट्रफीसँगै ३० लाख जितेकी थिइन ।

तेरियाले मिडिया सँग कुरा गर्दै अब बलिउडमा काम गर्न खोजेको बताइन । “टेलिभिजनमा बलिउड चलचित्र हेर्दै हुर्किएँ, मौका पाए बलिउडमा नै काम गर्ने इच्छा छ । अब त्यसकै लागि कोशीस गर्नुपर्ला” तेरियाले भनिन् ।

बलिउडमा सोनाक्षी सिन्हा आफूलाई सबैभन्दा बढी मन पर्ने कलाकार भएको समेत उनले बताइन । “सोनाक्षी सिन्हाको हाउभाउ मलाई औधी मन पर्छ । मलाई निकै सुन्दर लाग्छिन् उनी । म उनीसँग काम गर्न चाहन्छु ।”

यो उपाधि पाउनेमा भने आफु कमै आशावादी भएको तेरियाले बताईन । “सलमान र शान्तुन निकै उत्कृष्ट डान्सर थिए, कडा प्रतिष्पर्धा थियो, ढुक्क चाहिँ थिइन । जितेपछि निकै खुशी छु ।” तेरियाको प्रतिक्रिया थियो ।

अहिले भने केही समय पढाईलाई नै निरन्तरता दिने उनले बताईन ।

नेफ्टा फिल्मअवार्ड वितरणमा को–को पुग्दैछन दुबई ?

मेघराज सापकोटा, युएई, मंसिर २८ । नेपाली चलचित्र प्राबिधिक सङ्घको आयोजनामा हुने नेफ्टा अवार्ड समारोहमा नेपालका सुपरस्टार नायक राजेश हमाल आउने भएका छन् । युएईको शहर दुबईको लनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा आगामी डेसेम्बर २३ तारिकका दिन हुने भनिएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएको छ् । समारोहमा नायक हमाल सहित नेपालका १२० भन्दा बढी कलाकार तथा प्राबिधिकहरुको उपस्थिती रहने छ । बि.स. २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका ४३ वटा नेपाली चलचित्रहरु बीच ३१ विधामा प्रतिस्पर्धा हुँदैछ । उक्त कार्यक्रममा झण्डै ३ हजार नेपाली तथा बिदेशी दर्शकहरुको उपस्थिती रहने आयोजकको दाबी रहेको छ । युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा स्थानीय वितरक कम्पनी स्पेक्ट्रम एडभरट्राईजिङ एण्ड मिडिया कन्सल्टेटको समन्वयमा सम्पन्न हुन लागेको उक्त कार्यक्रम नेफ्टाको नवौं संस्करण फिल्म अवार्ड हो । चार घण्टा सम्म चल्ने उक्त अवार्ड समारोहमा २० जना चर्चित कलाकारको नृत्य, प्रहसन लगायतका प्रस्तुती समेटिएको कन्सेप्ट भिजनका राजन अधिकारीले बताए । समारोहमा चर्चित हास्यकलाकार दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तती, नायक दयाहांग राई, नायिका प्रियंका कार्की लगायतका चर्चित कलाकारहरु आउने भएका छन । कन्सेप्ट भिजनका लागि युएईमा व्यवस्थापनको जिम्मा सालिक सुबेदी, राजन अधिकारी र सुबाश सिंह ठकुरी ९अनिश० ले गरेका छन । आयोजकले यस् अघी नै बिभिन्न मुल्यका टिकटहरु बजारमा सार्वजनिक गरिसकेका छन । अवार्ड समारोहका लागि युएईका बिभिन्न स्थानहरुबाट निशुल्क बस सेवाको ब्यवस्था गरेको आयोजकले जनाएको छ । युएईमा रहेका नेपालीहरुका संघसंस्थाका प्रतिनिधिहरुसँग बिभिन्न चरणमा कुरा भईसकेकोले नेपाली सिनेमालाई माया गर्ने सबैको सहयोग रहनेमा ढुक्क रहेको आयोजकको तर्फबाट कन्सेप्ट भिजनका सालीक सुबेदीले बताए । नेपाली चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको यस अघिका संस्करणहरु कतार, मलेसिया र हङ्कङमा सम्पन्न भईसकेका छन ।