२४ वर्षीया आलिया भाटको बलिउड यात्रा

चैत २ । बलिउडमा सानो उमेरमा नै चर्चित बन्न सफल बलिउड नायिका आलिया भट्ट आजबाट २४ वर्ष पुगेकी छिन् ।
बलिउडमा कम उमेरमा चाँडो सफलता हासिल गर्न सफल नायिकाहरुमा आलिया पर्छिन् ।

बालकलाकारबाट डेब्यु गरेका आलियाको फिलिम ‘संघर्ष’ पश्चात करण जोहरको ‘स्टुडेन्ट अफ द इअर’बाट नायिकाको जिन्दगी सुरु गरेकी थिइन् । ‘स्टुडेन्ट अफ द इअर’मा आलियाले पहिलोपटक मुख्य नायिकाको रुपमा प्रस्तुत भएकी थिइन् ।

हालसम्म उनले अभिनय गरेकामध्ये अधिकांश फिलिम सफल नै भएका छन् । साहिद कपुरसँग खेलेको आलियाको फिल्म ‘उड्ता पन्जाब’ भने सबैभन्दा झुर सावित भएको थियो ।

अलियाले अहिलेसम्म संघर्ष, स्टुडेन्ट अफ द इअर, उड्ता पन्जाबसहित ‘हाइवे’, ‘टु स्टेट्स’, ‘हम्पी शर्माकी दुल्हनिया’, ‘अग्ली’, ‘सान्दार’, ‘कपुर एन्ड सन्स्’, ‘ए दिल हे मुस्किल’, ‘डियर जिन्दगी’ र ‘बद्रिनाथकी दुल्हनिया’ लगायत १२ ओटा फिल्म खेलिसकेकी छन् ।

त्यस्तै, ‘गोइङ होम’ नामक फिचर फिल्मचाँहि उनी आफैंले बनाएकी थिइन् । उनले हम्पी शर्माकी दुल्हनिया फिल्ममा गीतसमेत गाएर गयिकाको रुपमा आफूलाई उभ्याइसकेकी छन् ।

आलियाले अहिलेसम्म दुई दर्जनभन्दा बढी ‘फिल्मफेयर’मा मनोनीत भएर १० ओटा अर्वाड हात पारिसकेकी छन् ।

त्यस्तै, ‘टाइम्स अफ इन्डिया’को ‘मस्ट डिजायरवल वमेन’को सूचीमासमेत परिसकेकी छन् ।

उड्ता पन्जाब र हाइवेजस्ता फिल्ममा आलिया फरक भूमिकामा देखिएकी थिइन् । उनको यो भूमिकालाई सबैले प्रशंसा गरेका थिए ।

अचम्मको कुरा के भने उनी अहिलेसम्म आफ्ना बाबु बलिउडकै चर्चित फिल्म निर्देशक महेश भट्टको फिल्ममा भने काम गरेकी छैनन् । उनको अर्काे ‘सेक्रेट’ कुरा भनेको उनले बेलायतको नागरिकता लिएकी छन् । यसकारण उनी भारतीय नागरिक भने होइनन् ।

उनी अहिले अभिनेता सिद्धार्थ मल्होत्राको साथ ‘रिलेसनसिप’मा रहेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

एजेन्सी

हाँस्य टेलिश्रृंखला ल्याप्छेको रिलिज

काठमाडौं, फागुन २२ । रेन्बो रेज मिडियाको प्रस्तुती रहेको हाँस्य टेलिश्रृंखला ल्याप्छेको ७४ भाग रिलिज भएको छ । दिलिप तमाङको लेखनमा लक्षमण लम्सालको निर्देशन रहेको ल्याप्चेमा प्रेम शर्मा पौडेलको सम्पादन र प्रकाश सुब्बा, मित्र तामाङ, दिलिप तामाङ, रोहित कार्की, देवी आले र लक्ष्मण लम्सालको अभिनय रहेको छ। जति दुःख गरेपनि आफ्नो पीडा कष्ट आफैसँगै हुन्छ भन्ने यही आशयमा ल्याप्छे ७४ भागमा प्रस्तुत गरिएको छ ।

तौल घटाउँदै सलमान

फाल्गुन २१ । चलचित्रका कलाकारहरुले तौल घटाउनु र बढाउनु भनेको उनीहरूको आगामी चलचित्रमा हुने भूमिका तथा चरित्रको आधारमा हुने गर्दछ । त्यस्तै बलिउड खान सलमान खानले पनि आफ्नो बढाएको तौल घटाउन लागेका छन् । चलचित्र ‘सुल्तान’ का लागि बढाएको तौललाई सलमानले व्यवस्थापन गर्न लागेका हुन् । सलमाले चलचित्र ‘सुल्तान’का लागि तौल बढाउनुका साथै कपाल समेत छोट्याएका थिए । यतिबेला सलमान खान ‘टाइगर जिन्दा है’ का लागि आफ्नो शरीरबाट करिब १८ केजी तौल घटाउँदैछन् । बलिउड चलचित्र ‘दंगल’ मा आमिरले तौल बढाएको तथा घटाएको देखेका सलमानले निर्देशकको आग्रहअनुसार अहिले चरित्रअनुरूप आफूलाई ढाल्न तौल घटाउन थालेका हुन् ।

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

फागुन १६ । वरिष्ठ कलाकार तथा साहित्यकार रामशेखर नकर्मीको सोमबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित नकर्मीको ८० वर्षको उमेर निधन भएको हो । उमेरमा निधन भसोमबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको ६ दशक हास्यव्यंग्य लेखनमा बिताएका थिए । नाट्य एवं हास्यव्यंग्य क्षेत्रमा विशिष्ट योगदान गरेका नकर्मीका उपन्यास, कथा नेपालभाषामा स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन् । उनले व्यंग्य लेखनमात्र नगरी आफैंले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गरेका थिए । नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उनले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्तरुपमा नेपालभाषाको फिल्म ‘राजमति’को लेखनसमेत गरेका थिए । उनले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’समेतमा अभिनय गरेका थिए । उनका चार छोरा र चार छोरी छन् ।

‘लुट–२’को आक्रामक व्यापार ! दुई दिनमा कमायो तीन करोड, ‘छक्का पञ्जा’ को रेकर्ड ब्रेक

काठमाडौं, फागुन १५ । नेपाली चलचित्र उद्योगमा सबैभन्दा छिटो धेरै कमाउने चलचित्र बनाएर ‘लुट–२’ रेकर्ड बनाएको छ । प्रदर्शनमा आएको दुई दिनमा ३ करोड ग्रस कलेक्सन गरेर चलचित्रले यसअघि छक्कापञ्जाले राखेको रेकर्ड पनि तोडेको छ । फागुन १३ गते शुक्रबार रिलिज भएको ‘लुट–२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको हो । काठमाडौंका सबै हलहरु र काठमाडौं बाहिरका ८० वटा हलमा चलिरहेको फिल्मले काठमाडौंबाट शनिबार मात्रै एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको यसका निर्माता नरेन्द्र महर्जनले बताए । निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत कलाकारको मुख्य भूमिका छ यसअघि छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो । तर ‘लुट–२’ ले दुई दिनमा तीन करोड भन्दामाथिको ग्रस कलेक्सन गरेपछि नयाँ रेकर्ड राखेको हो ।

‘लुट–२’ : हाउसफुल हलहरु

फागुन १४ । निश्चल बस्नेतद्वारा निर्देशित नेपाली फिल्म ‘लुट २’को बम्पर ओपनिङ  गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त फिलिमले राजधानीका अधिकांश मल्टिप्लेक्स अनि सिंगल स्कृन हलहरुमा हाउसफूल बनेका छन् । राजधानी तथा बाहिरका मुख्य सहरहरु नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोडलगायतका स्थानका हलहरुमा पनि चलचित्रले उत्तिकै सफलता पाएको निर्माण पक्षले जनाएको छ । बर्ष २०७३ कै सर्वाधिक प्रतिच्छित फिल्म बनेको माधव वाग्लेको ‘लुट–२’ को ओपनिङ डे कलेक्शन नै अहिलेसम्मकै फिल्मको रेकर्डमै सबैभन्दा बढी भएको बताइएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, एलिशा राई, कर्मा शाक्य, कामेश्वर चौरासिया, विपिन कार्की, सुशिल पाण्डे, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् । फिलिम ‘लुट’ काे सिक्वेल बनाइएकाे हाे । शनिबार अनि आइतबार पनि लगातार परेको विजनेसले फिल्मको पहिलो तीन दिने कलेक्शन ३ करोड बढिको हुनसक्ने अनुमान छ ।

प्रेम, युद्ध र धोकाको कथाः चलचित्र र‌ंगुन

चलचित्रः रंगुन निर्माताः साजिद नाडियाडवाला, विशाल भारद्वाज निर्देशकः विशाल भारद्वाज कलाकारः कंगना रनौत, शाहिद कपूर, सैफ अली खान, रिचर्ड मैकेबे संगीतकारःविशाल भारद्वाज निर्देशक विशाल भारद्वाजले ४० को दशकमा भारतमा हुने गतिविधिमा आधारित भएर त्रिकोणात्मक प्रेम चलचित्र बनाए, ‘रंगुन’ । यो प्रेम कहानीको सुरुवात युद्धबाट सुरु हुन्छ । दोस्रो विश्वयुद्ध चलिरहेको र भारतमा पनि स्वतन्त्रताको लडाइ लडिरहेको समयमा तीन पात्र विचको प्रेम कहानीलाई रंगुनमा समेटिएको छ । बलिउडका तीन प्रख्यात कलाकार कंगना रनावत, सैफ अलि खान र साहिद कपुरद्धारा अभिनित चलचित्र रंगनुमा के छ त? कथाः चलचित्र रंगुनको कथा बलिउडकी प्रख्यात एक्सन क्वीन जुलिया (कंगना रनावत) को हो । जुलिया रुसी विलीमोरिया सैफअलि खानको प्रोडक्सन कम्पनीमा काम गर्छिन । रुसी र जुलिया एकअर्कासंग प्रेम गर्छन । जुलियालाई बर्माको सिमामा सैनिकको मनोरन्जनको लागि पठाइएको हुन्छ । त्यहाँ जुलियाको भेट एक भारतीय सिपाही नवाब मलिक(साहिद कपुर)संग हुन्छ । नवाबसंग जुलियाको प्रेम बस्छ । तर जुलिया फेरी पुरानो प्रेमी रुसीकोमा फर्किन्छन् । रुसीले पनि जुलियाको लागि आफ्नो श्रीमतीलाई डिर्भोस दिइसकेका हुन्छन् । कथाले त्यो बेला मोड लिन्छ जब रुसीलाई जुलिया र नवाब बिचको प्रेम सम्बन्धबारे थाहा हुन्छ । कथामा ४० को दशकमा भारतको ऐना देखाउँदै त्रिकोणात्मक प्रेम देखाइएको छ । जुलिया, नबाव र रुसीबीचको त्रिकोणात्मक प्रेम र युद्धलाई चलचित्रले चित्रण गर्न खोजेको छ । निर्देशनः सधैंको जस्तो यो पटक पनि निर्देशन विशाल भारद्धाजको निर्देशन निकै प्रसंसनीय छ । रियल लोकेशनमा भएको सुटिङले भारतमा चालिसको दशकमा भएको युद्धको कुरालाई जीवन्तता दिएको छ । सिनेमाटोग्राफी पनि निकै राम्रो छ । भारत स्वतन्त्रताको लडाइ र त्रिकोणात्मक प्रेमलाई निकै सशक्त रुपमा निर्देशकले प्रस्तुत गरेका छन् । अभिनयः चलचित्रमा कंगना रनावताको अभिनयले सबैलाई एकपटक फेरी चकित पारेको छ । उनको अभिनय निकै जीवन्त छ । सैफअलि खान र शाहिद कपुरले चलचित्रमा आफ्नो भुमिकाले दर्शकको मन जित्न सफल भएका छन् । मेजर जनरलको भुमिका निभाउने , रिचर्ड मैकेबे को अभिनय निकै दमदार छ । किन हेर्नेः कंगना रनावतको कलाले तपाइलाई मोहित बनाउन सक्छ । उनको प्रशंसकको लागि यो चलचित्र उत्कृष्ट हुन सक्छ । यस्तै सैफअलि खान र साहिदको फ्यान हुनुहुन्छ भनेपनि तपाई यो चलचित्र हेर्न सक्नुुहुन्छ ।

करिनाले गरिन पति र पूर्व प्रेमीकाे यस्तो तारिफ

फागुन ९ । अभिनेत्री करिना कपुरले आफ्ना पति सैफ अलि खान र पूर्व प्रेमी साहिदले सँगै अभिनय गरेको बलिउड फिलिम ‘रंगुन’ हेरेपछि दंग पर्दै यस फिलिम वर्षकै उत्कृष्ट हुने प्रतिक्रिया दिएकी छिन् । हालसालै उनले यस फिलिम हेरेर त्यसतो प्रतिक्रिया दिएकी हुन् । उनले भनिन्, ‘मैले यो फिल्म हेरे, यस वर्षकै उत्कृष्ट फिल्म हुने आश गरिरहेकी छु किनकी यस फिल्मलाई मेरा प्रिय निर्देशक विशाल भारद्वाजले निर्देशन गरेका छन् जसले ओमकारा पनि बनाएका थिए ।’ यस फिलिमलाई दर्शकले पनि मनपराउने उनले आशा व्यक्त गरिन् । उनले फिल्ममा लङ्डा त्यागीको भूमिकामा सैफ अत्यन्तै राम्रो देखिएको बताइन् । त्यस्तै ‘रंगुन’मा सैफले यस अघि कहिल्यै निर्वाह नगरेको पारसी भूमिका असरदार रहेको पनि बताइन् । विशालका फिल्मका नकारात्मक पात्रहरू सधैं दंग पार्ने किसिमका हुने उनले बताइन् । फिलिममा कंगना, सैफ तथा शाहिद जस्ता ३ जना चम्किला कलाकारहरूको वेजोड प्रस्तुती रहेको उनले बताइन् । उनीहरू फिल्म उद्योगका उत्कृष्ट कलाकारहरू हुन् भन्दै आफू उनीहरूबाट कम आशा गर्न नसक्ने बताइन् ।

अमेरिकामा प्रियंका चोपडा र दीपिकाको प्रतिपर्धा

फागुन ८ । बलिउड होस या हलिउड कलकारहरुको प्रतिष्पर्धा हुनु स्वभाविकै मानिन्छ । तर बलिउडसँग सँगै हलिउडमा समेत प्रतिष्पर्धामा रहेका नायिका प्रिंयंका चोपडा र दीपिका पादुकोण न्यूयोर्कको एक फेसन सोमा देखिए । उनीहरु उक्त फोसनसोमा पनि प्रतिष्पर्धा नै गरिरहेका थिए । ‘न्यूयोक फेसन वीक’ मा उनीहरु सहभागी भएका थिए । अन्तर्राष्ट्रिय फेसन सो तथा टीभि सिरियलहरुलाई आफ्नो प्रभावमा पार्न सफल यि नायिकाहरु अब ‘न्यूयोक फेसन वीक’मा पनि देखिएका हुन् । प्रियंका चोपडा नेपाली डिजाइनर प्रवल गौरगसँगको फेसन सोमा पहिलो लाइनमा बसेकी थिइन् । यो लाइन महिला सशक्तिकरणबाट प्रभावित भएकाहरुका लागि हो । अर्काेतिर दीपिका पादुकोण पनि न्युयोर्कमै छिन् । आइतबार राल्फ लारेलसँग शोमा हिस्सा लिएकी पादुकोण यो फेसन शो हेर्नेको पहिलो लाइनमा थिइन् । चोपडा लामो समयदेखि नै न्यूयोकमै छिन् । आफ्नो अमेरिकन टिभी सिरिज ‘क्वाटिको’ को सुटिङका क्रममा उनी त्यही छिन् । गौरांगको यस शोमा सहभागी भएकी प्रियंकाले २०१७ डिजाइनर कलेक्सबाट फरक ड्रेस लगाएकी थिइन् । प्रियंका एक टैक्स्ड टप र हेम स्कर्टमा देखिएकी थिइन् । उनले त्यससँगै बुट र एक ज्याकेट लगाएकी थिइन् । शोका लागि प्रियंका पहिलो लाइनमा बसेकी थिइन् । एकताका हिलेरी क्लिंटनको सलाहकार समेत बनेकी हुमा आब्‍दिनसँगै प्रियंका बसेकी थिइन् । त्यस्तै एकदिन अगाडि दीपिका पादुकोण डिजाइनर मिशेल कोर्सको शोमा पुगेकी थिइन् । दीपिकाले नेवी ब्लू करलको ट्रेच डे«स लगाएकी थिइन् । मिशेलको स्प्रिंग २०१७ कलेक्सनमा पुगेकी दीपिकाले हाईनेक टपसँगै पहिरिएकी थिइन् । उक्त ड्रेसमा निकै खुलेकी दीपिकाले निकै सामान्य मेकअप गरेकी थिइन् । त्यही आइतबार नै दीपिका राल्फ लारेलको शोमा पनि पुगिन । त्यहाँ दीपिका सबैभन्दा अगाडि बसेकी थिइन् । उनीसँगै खिचिएको सेल्फी अमेरिकन कलाकार कामिला बेलेले पोष्ट गरेका छन् । दीपिका त्यहाँ ह्वाईट कलरको वन पिस ड्रेसमा देखिएकी थिइन् । खासमा दीपिका अचेल सञ्जय लीला भन्सालीको नयाँ फिलिम ‘पद्मावती’को सुटिङको सिलसिलामा न्युयोर्कमा छिन् ।

पाकिस्तानी कलाकार सवा कमरले बलिउडका हस्तिहरुको खिल्ली उडाएपछि …

फागुन ७ । पाकिस्तानी चर्चित कलाकार सबा कमरले बलिउका हस्तिहरुलाई तथानाम भनेपछि अहिलेआएर माफीमागेकी छिन् । आफ्नो नयाँ चलचित्र ‘हिन्दी मिडियम’ प्रदर्शनमा आउने बेलामा नायिका सवाले एक टक शोमा बलिउड सुपरस्टारहरुलाई खिसी गरेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेपछि उनले आफ्नो भाषालाई सच्चाउनप्रति लागेकी हुन् । उनले बीबीसीसँग भनेकी छिन्, ‘बलिउडका कलाकारहरुलाई मैले बोलेको कुरा अहिले सोसियल मिडियामा भाइरल बनेको छ, त्यो पुरानो भिडियो हो र मैले त्यो मजाक गरेको हो ।’ कमरले आफूलाई सोधिएको प्रश्नको जवाफ जिस्किएर दिएको स्पटिकरण दिएकी छिन् । तर त्यो भिडियोले अहिले सामाजिक सञ्जालहरुमा अध्याति ठाउँ पाउन थालेपछि यो विषय अनाहकमा उचालिएको उनले बताइन् । ‘मानिसले जिस्किने पारामा धेरै कृुराहरु भन्छन्, तर सो कुरालाई अनाहकमा उचालिनु हुँदैन’ उनले भनिन् ‘म सबै कलाकारलाई सम्मान गर्छु ।’ के भनेकि थिइन् टक शोमा सवाले ? ‘गुड मर्निङ जिन्दगी’ मा बलिउडमा कलाकारहरुको तस्बिर देखाएर उनीहरुसँग काम नगर्नेको कारण सोधिएको थियो । सवाले यसरी जवाफ दिएकी थिइन् सालमान खान : धेरै मात्तिएका, उनलाई डान्स गर्न नि आउँदैन । ऋतिक रोशन : उनी त दुई बच्चाका बाउ हुन् मेरो अनुसारका होइनन् । इमरान हाशमी : मेरो मुखको क्यान्सर होस भन्ने म चाहन्न । रितेश देशमुख : म पाकिस्तानकी ‘ए ग्रेड’ कलाकार हुँ त्यसैले इन्डियामा पनि त्यस्तै कलाकारहरुसँग मात्रै काम गर्छु । रणबीर कपूर : रणविरका लागि भने म तयार छु, तर रणवीरको त दीपिकासँग चक्कर छ त्यसैले उनी पनि मेरो लागि हुन्न ।

संसारकै मोटी महिलालाई चाहियो सलमान खान !

फागुन ५ । सेलिब्रेटीहरुलाई जो कोहीले पनि माया गर्छन् । आम जनताले गर्ने मायाका कारण नै सेलिब्रेटीहरु जीवनमा अघि बढेका हुन्छन् । बलिउड नायक सलमान खानलाई धेरैले मन पराउँछन् । त्यसैको भीडमा संसारकै सर्वाधिक मोटी महिला मानिएकी मिश्रकी इमान अहमद अब्दुलतीले पनि आफूलाई वलिउड स्टार सलमान खान मनपर्ने बताएकी छिन् । सर्जरीको लागि हालै मुम्बई आएकी उनले ती महिलाले आफूले इजिप्टमा रहँदा पनि नायक सलमान खानलाई माया गर्दै आएकाले अब सलमान खानबाट पनि माया पाउन चाहेको बताएकी छिन् । वलिउडको बारेमा धेरै ज्ञान नभएपनि फिल्महरु हेर्दै आएको र तीन खानलाई नै नजिकबाट बुझ्दै आएको भन्दै उनले स्पेसल प्रेम सलमानसँग रहेको बोलेकी छिन् । ५ सय बढि किलोकी उनी बेडबाट चलबलाउन सक्दिनन् तर बेडमै बस्दा टिभी हेर्छिन् त्यसमा पनि सलमानको फिल्मका गीतमा मात्र उनले इन्जोए गर्छिन् कसैलाई च्यानल परिवर्तन नगर्न आग्रह गर्छिन्, वलिउड अनलाईनले लेखेका छन् । उनको उपचारमा संलग्न डाक्टर मुफज्जलले इमानलाई वलिउड अनि यसमा प्रयोग हुने हिन्दी भाषा समेत आउने भन्दै विशेषतः सलमान स्टारर फिल्म ‘सुल्तान’ र ‘किक’को गीत ‘जुम्मेकी रात’ उनले सुन्न र हेर्न नछुटाएको बताएका छन् ।

विराट कोहलीले अनुष्कासँगको फोटो राख्दै लेखे : हरेक दिन भ्यालेन्टाइन डे

फागुन ४ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आफ्नी प्रेमिकासँगको तस्विर सामाजिक संजालमा राख्दै ‘तिमीले चाह्यौ भने हरेक दिन भ्यालेन्टाइन डे बनाइदिएकी छौं’ भनेर स्टाटस राखेका छन् । भ्यालेन्टाइन डेको एकदिन अघि राखिएको उक्त फोटो केही समयपछि नै हटाएका भएपनि इन्स्टाग्राममा भने तस्बिर अझै देखिन्छ । विराट र अनुष्काबिचको प्रेम सम्बन्ध टुंगिएको बताएपनि सार्वजनिक स्थलहरुमा सँगै देखिने, भ्यालेन्टाइन डे जस्तो महत्वपूर्ण दिनमा यस्तो स्टाटस लेख्नुले उनीहरुको प्रेम सम्बन्ध पुनः जोडिनसकने अड्कल वाजी गरिएको छ । उनीहरुबीचका प्रेम, विहेमा परिणत गर्ने योजना रहेको समाचारहरु भारतीय संचार माध्यमहरुमा ठाउँ पाउँदा विराट कोहोली भने ‘आफूलाई केही थाहा नभएको तर मिडियालाई थाहा हुने’ बताउँछन् । कोहलीले अनुष्कासँगको तस्बिरमा लेखेका थिए, ‘तपाइँ चाहनुहुन्छ भने हरेक दिन भ्यालेन्टाइन डे जस्तै हो, अनि अनुष्का तिमीले मेरो हरेक दिन भ्यालेन्टाइन जस्तै बनाएकी छ्यौ ।’

‘भ्यालेन्टाइन डे’ र यसको सुरुवात

काठमाडौं, फागुन ३। ‘भ्यालेन्टाइन डे’ प्रणय दिवस युवा पुस्ताहरुको मुख्य चाडभन्दा पनि फरक नपर्ने भएको छ । सन् २६९ मा रोमबाट सुरु भएको यस भ्यालेन्टाइन डे अहिले विश्वभरी नै मनाइन्छ । रोमका पादरी सेन्ट भ्यालेन्टाइनको मृत्यु दण्डपश्चात उनकै प्रेममा बलिदानीको सम्झनास्वरुप हरेक फेब्रवरी १४ मा भ्यालेन्टाइन डे मनाउने गरिन्छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरुलाई प्रेम र विवाह विवाह गर्न प्रतिवन्ध लगाएका थिए । युवाहरु प्रेम र विवाहतिर लागेभने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डरले उनले यसलाई प्रतिवन्ध लगाएका थिए । तर अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता बोकेका भ्यालेन्टाइनले राजाको निर्णयको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्थे । उनले कैयन युवा सैनिकको सार्वजनिक स्थलमै विवाह गराइदिए । सोही कारण राजाको निषेधाज्ञा तोडेको आरोपमा उनलाई जेल चलान गरियो । जेलभित्र उनको जेलरकी छोरीसँग प्रेम बस्यो । उनलाई २६९ फेब्रुअरीमा मृत्यु दण्ड दिइयो । उनले आफ्नी प्रेमिका जेलरकी छोरीलाई अत्यन्तै मार्मिक प्रेमपत्र लेखेका थिए । त्यसैबेलादेखि भ्यालेन्टाइन डे मनाउन थालियो । अहिले पश्चिमा मुलुकहरुमा मात्रै नभई विश्वभरी नै भ्यालेन्टाइन डेलाई आपसमा प्रेम साटासाट गरेर मनाउने गरिन्छ । नेपालमा पनि यो दिवसको लोकप्रियता बढ्दो छ । प्रेमको प्रतिक मानिने गुलावको फूल तथा उपहार एक आपसमा साटासाट गरेर यो दिवस मनाइएको पाइन्छ । यस दिनलाई प्रेमको शुरुवात गर्ने दिनको रुपमा पनि मानिन्छ ।

धुर्मुस–सुन्तलीलाई घर बनाउन एक लाख सहयाेग

फागुन १ । एकीकृत नमुना निर्माणमा लागेको धुर्मस–सुन्तली फाउन्डेसनलाई होटल व्यवसायीको तर्फबाट रु एक लाख सहयोग गरिएको छ । महोत्तरीको बर्दिबासमा मुसहर बस्ती एकता वस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोगार्थ होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गरेका हुन् । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भने, – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।” बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भने, “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।” रु चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि वस्ती निर्माण गर्न लागिएको हो । गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ ।

एकता वस्ती निर्माणमा नायिका स्वेता खड्का

भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका सिन्धुपाल्चोक ठुलोसिरुबारीका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्काको पहलमा माझी गाउँ एकिकृत बस्ती बसाउने भएको छ । शनिबार ठुलोसिरुबारी माझी गाउँमा पुगेकी अभिनेत्री खड्काले माझी गाउँमा सुविधाजनक एकिकृत बस्ती बनाउने प्रतिबद्धता जनाएकी छिन् । ‘माझी गाँउको मुहार फेर्न बस्ती बसाउने अभियान थाल्न लागेका हौं,’ उनले भनिन, ‘यसैको लागि तपाईंहरुलाई भेट्न आएको हौं । अब चाँडै बस्ती निर्माणतर्फ लाग्नेछौं ।’ उनले स्वागातार्थ बसेका माझी परिवारलाई आवासदेखि अन्य सुविधा समेत उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् । हालसम्म माझी बस्तीमा आर्थिक अभावमा कसैले पनि घर बनाउने काम थाल्न सकेका छैनन् ।

यस्तो छ दर्पण छायाँ–२ को ट्रेलर (भिडियाे)

माघ २७ । सुपरहित नेपाली चलचित्र दर्पण छायाँको सिक्वेल दर्पण छाँया–२ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मस्को प्रस्तुति तरहेको दर्पण छायाँ–२ को लेखन तथा निर्देशन तुलसी घिमिरे गरेका हुन् । आगामी फागुन २७ प्रदर्शन गरिने भनिएको यस चलचित्र दर्पण छाँया–२ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीको मुख्य भूमिका रहेको यस फिल्ममा सरोज खनाल, विएस राणाको पनि अभिनय रहेको छ । यस्ताे छ ट्रेलर