नेपाल आइडलमा मनलाग्दी निर्णय, अर्काे हप्ता पनि चारै जना स्टेजमा देखिने

पुष्पा महरा

एपी वान टेलिभिजनबाट प्रसारण भैरहेको नेपालको एकमात्र रियालिटी शो ‘नेपाल आइडल’ अहिले आलोचनाको भागी बन्न पुगेको छ । सयौ प्रतिष्पर्धीहरुलाई पाखा लगाउँदै अहिले चार जनाले प्रतिष्पर्धा गरिएको उक्त कार्यक्रममा हिजो शुक्रबारको एपिसोड इलिमिनेसनको राउण्डबाट एक जनाले ‘नेपाल आइडल’को शोबाट विदाई हुने थिए ।

कार्यक्रमको नियम अनुसार बिहिबार भएको गला राउण्डको प्रस्तुति पछी दर्शकले पठाएको भोटको आधारमा एक जना प्रतिस्पर्धी बाहिरिनु पर्ने हो । सबैको कौतुहलताको विषय बनेको को बाहिरिन्छ अनि कसले ‘नेपाल आइडल’को बाजी मान्र्छ भन्ने । हजार्राै दर्शक श्रोताहरु त्यसैको प्रतिक्षामा बसीरहेका छन् । तर, निर्णायकहरुले आफ्नो पावर प्रयोग गर्ने नाममा कार्यक्रमको नियम बिपरित चारै जनालाई यस हप्ता सुरक्षित पारे । ‘नेपाल आइडल’ मा प्रतिष्पर्धा गरिरहेका चार जना प्रतियोगीहरु निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासको प्रतिष्पर्धा अझै एक हप्ता लम्ब्याइदिए ।

उनीहरुको गायकी क्षमता हेर्न पाउनु सौभाग्यको कुरा पनि हो । उनीहरु सबै जनाको प्रतिष्पर्धा गायकी क्षमता राम्रो छ । देश विदेशमा रहेका नेपाली दर्शकहरुले उनीहरुलाई स्टेकमा हेर्न चाहन्छन् । तर निर्णायक मण्डल जो अहिले पर्दामा देखिएका छन्, न्यू बज्राचार्य, इन्दिरा जोशी, कालिप्रसाद बास्कोटालगायतको यो आफूखुसी बच्चा खेले जसरी गरिएको निर्णय भने असोभनिय छ ।

निर्णायकको निर्णय उचित नभएको भन्दै अहिले सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आयोजकले पैसाको खेती गर्नका लागि कसैलाई आउट नगरेको भन्दै कार्यक्रमको बिस्वस्नियतामाथि नै प्रश्न गर्न थालेका छन् । अन्तिम समयमा कार्यक्रमको नियम बिपरित निर्णय गरेर आफुले पठाएको भोटको अपमान गरिएकोप्रति आक्रोशित बनेका छन् । ।

सामाजिक संजाल फेसबुकमा भवानी पन्त लेख्छन् ‘मेरो निन्द्राको मुल्य चाहियो, अर्कालाई यसरि झुक्याउन हुन्छ ? झुक्याउनुको पनि सिमा हुन्छ नि ।’

फेसबुकमै दिपेश शाही लेख्छन्, ‘घाटामा चलेको ‘टेलिभिजन शो’ तपाइँको खल्तिमा चिलाएको पैशा कुम्ल्याउनका लागि १ हप्ता थपिएको छ। सम्पति धेरै भए भोट हालि रहनु होला । गए पैशा जान्छ। साहुले कमाउँछ।’

फेसबुकमै इमान्दार कमल लेख्छन्, ‘एकै दिनमा एसएमएसबाट करोडौं कमाउने खेलो अहिले नै बन्द गरेपछि यत्रो दिमाख लगाएर थालनी गरेको बिजनेस प्लानिङको के अर्थ ? आयोजकसंग यत्ती पनि बुद्धि हुन्न त ? साथीहरू पनी फेसबुकमा किन बिरोध गर्या होलान खान दिउ न जनाताको पैसा सकेसम्म खाउन !
शैलेस लोप्चनले फेसबुकमार्फत यसरी आक्रोस पोख्छन्, ‘एपी वान टेलिभिजनले दर्शकको गोजिमा हात हाल्न खोज्यो ।’

लाखौ दर्शकको मनमा बस्न सफल यस एपी च्यानलबाट प्रशारित हुने नेपालको एक मात्र रियालीटि सो भनिएको ‘नेपाल आइडल’ मा निर्णायक टिमको मनलाग्दी निर्णयका कारण अहिले आलोचनाको भागी बनाएको छ । कार्यक्रममा पैसाको खेलवाड भएकोसम्मको आरोप आइरहँदा आयोजकले भने यसबारे मुख खोलेको छैन । चौतर्फी आलोचनाहरु भइरहँदा निर्णायक मण्डल सुनेनसुनेझै गरी बसेको छ ।

सयौ प्रतिष्पर्धीहरुलाई पछार्दै अगाडि आई ४ जनामा आई पुग्दा भने निर्णायकको यस्तो लापर्वाही हुनु गलत हो । उसोतः यसअघि पनि ‘नेपाल आइडल’ सानातिना कमजोरीहरु भने नभएका होइनन् । प्रतियोगिको परिवारसँग मिलाउने बलिउड तरिका अपनाउँदा ‘नेपाल आइडल’ को धज्जी उडेको थियो, प्रमुख अतिथि आएर स्टेजमा गीत गाउँदा जर्ज बनेकी इन्दिरा जोशीको रुवाबासी भएको थियो जुन हावा सावित भएको थियो । यी यावत यस्ता सानातिना गल्तीहरु भइरहँदा अहिले आएर जर्जहरुले यस्तो गल्ती गर्नु गलत थियो । यसले हजारौ गीत संगीतप्रेमी दर्शकहरुको मनमा ठेस पुगेको कुरा ‘नेपाल आइडल’ का जर्ज मानिएकाहरुले महशुस गर्न जरुरी छ ।

“मिसेस गुरुङ २०१७” को उपाधी सुमना गुरुङलाई

काठमाडौं, भदौं १४ । एसके ईन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस गुरुङ २०१७”को ताज मिसेस सुमना गुरुङले हात परेकी छिन् । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको पहिलो मिसेस गुरुङमा सुमनाले अन्य १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी हात पारिन् । उनले उपाधी सहित् डियो स्कुटी र ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस गुरुङ २०१७ को फस्ट रनरअपमा सुजिता गुरुङले ताज हात पारिन् । उनले ताज सहित ५० हजार नगद पुरस्कार त्यस्तै २५ हजार बराबरको बिभिन्न गिफ्टह्याम्पर प्राप्त गरिन । सेकेन्डरनरपमा हेमा गुरुङ, थर्ड रनरअपमा रिना गुरुङ , फोर्थ रनरअपमा सुनिता गुरुङ, फिफ्ट रनरअपमा सरिता गुरुङ घोषित भईन । उनिहरुले क्रमशस् ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित् बिभिन्न स्पोन्सर गिफ्ट प्राप्त गरेका छन । बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र गुरुङ भाषा,लिपी,संस्कार,संस्कृतिको संरक्षणगर्न टेवा पुग्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।

मिस टिन कलेजको अडिसन सुरु

काठमाडौं, भाद्र १० । ‘टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५’ का लागि पहिलो अडिसन सुरु भएको छ । सिजन मिडियाले आयोजना गर्न लागेको पहिलो अडिसनमा १५ जना प्रतियोगीहरु छनौट भएका छन् भने द्रोस्रो चरणको अडिसन आगामी १६ गते शनिवार गर्ने बताइएको छ । अडिसनका लागि कमलादीस्थित सिजन मिडियाको कार्यलयमा सिधै सम्पर्क गर्न सकिनेछ । आजको अडिसनमा निर्णायक मण्डलमा चलचित्र डाइरेक्टर जनकदिप पराजुली सिम्रिक एयरका सिनियर एयर होस्टेस अस्मीता खनाल र मिस टिन कलेज २०१५ का विजेता कुसुम थापा रहेका थिए । काठमाडौं लगायत विभिन्न जिल्लामा रहेका कलेजमा अध्ययरत १६ देखि २० वर्ष सम्मको युवतीहरुले यो प्रतियोगीतामा सहभागी हुन पाउनेछन । दाेस्राे अडिसनबाट पनि १५ जना छनौट गरि ३० जना सहभागीहरुलाई भदौ को १८ गते देखि तालिम सन्चालन गरिने नाजकारी आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले “मिस टिनकलेज २०१७” कोे ताज उपाधि सहित रु एकलाख ८५ हजार पर्ने टिभिएस स्कुटर र उच्च शिक्षामो छात्रावृत्ति पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

भाइरल भयो सेक्स वर्कर र ग्राहकबीच प्रेमको भिडियो

मुम्बई, चलचित्रका कथाहरु कतै न कतै मानिसको आम जिन्दगीबाटै प्रेरित हुने गर्दछन् । कतिपय यस्ता भिडियो या चलचित्रहरुले मानवीय संवेदना र जिन्दगीका नदेखिने पलहरुलाई समेत समेटेका हुन्छन् । यतिखेर यस्तै संवेदनामा आधारित एउटा भिडियो युट्युबमा भाइरल नै बनेको छ । वेश्यालयमा शरीर बेच्न बाध्य एकजना महिलाको ग्राहकसँग प्रेम बसेको संवेदनामा आधारित चलचित्रमा एउटा जोडीले आफ्नो विगत नियालिरहेको देखिन्छ । भिडियोको कथा मानिसहरुले निकै रुचाएका छन् । एक हप्तामा अहिलेसम्म १३ लाख बढीले यो भिडियो हेरिसकेका छन् । चलचित्रको अन्त्य यसरी गरिएको छ कि त्यसको कल्पना सामान्यतः गर्न सकिँदैन । हेर्नुस भिडियो ।

तीजमा जन्मदिन मनाउँदै दीपाश्री

भदौ ७ । नेपाली दर्शकहरूको माया बटुल्न सफल चर्चित निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलालाई यो बर्षको तीज झन् बिशेष बनेको छ । उमेरले ४० वर्ष काटिसक्दा पनि अझैसम्म अविवाहित रहेकी निरौलाको यसपटक तीज र उनको जन्मदिवस सँगसँगै परेको छ । उनले जन्मदिन मनाउने या नमनाउनेबारे भने अझैसम्म केही बाेलेकी छैनन् । निर्देशक तथा कलाकारको रुपमा उनले सफलताका साथ अगाडि बढिरहेको छ । दीपाश्री नेपाली चलचित्र क्षेत्रकी थोरैमात्र यस्ती सफल चलचित्रकर्मी हुन्, जो विवादमा कमैमात्र पर्छिन् । उनले निर्देशन गरेको पहिलो नेपाल चलचित्र ‘छक्का–पञ्जा’ ले रेकर्ड राखेपछि दिपाश्री सफल चलचित्रकर्मीको सूचीमा दहरिएकी छिन् । भदौ ७ गते विराटनगरमा जन्मिएकी निरौलाले निर्देशन गरेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’ आगामी असोज ११ गतेबाट रिलिज हुँदैछ । गसिप र स्क्यान्डलबाट टाढै रहने दीपालाइ दर्शकले ‘तितो सत्य’ नामक हाँस्य टेलिचलचित्रबाट सर्वाधिक रुचाएका हुन् । रेडियोमा भने उनलाइ ‘धनियाँ’ नामले धेरै श्रोताले चिनेका थिए ।

रक्की श्रेष्ठ भइन मिसेस नेपाल आईडल

काठमाडौ, भदौ ७ । यसवर्षको मिसेस् नेपाल आईडलको उपाधि रक्की श्रेष्ठले जित्न सफल भएकी छिन् । काठमडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिसेस नेपाल आईडल’ श्रेष्ठ मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरण हो । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका तथा अबसरबाट बन्चित महिलाहरुको लागि आयोजना गरिएको यस ‘मिसेस नेपाल आईडल’ मा १८ जना प्रतिष्पर्धीहरुलाई उछिन्दै श्रेष्ठले सो ताज पहिरन सफल भएकी हुन् । त्यस्तै ‘मिसेस नेपाल आईडल २०१७’ को फस्ट रनरअप रुद्र कुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ् घोषित भएका छन् । प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम, बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोटा, बेस्ट डिसिप्लिनमा गीता भुजेल,मस्ट एक्टिभमा रेखा बस्नेत श्रेष्ठ, मस्ट कन्फिडेन्टमा रक्की श्रेष्ठ, मस्ट ब्युटिफुलमा तुलशा गिरी कार्की, मस्ट ईन्टलिजिन्टमा रुद्र कुमारी कार्की, मस्ट चार्मिङमा सबिता तामाङ्, मिसेस फ्रेन्ड्सिपमा कला पाठक , मस्ट स्टाईलिसमा दृष्टि न्यौपाने तामाङ्, बेस्ट कम्प्लेक्सनमा कोपिला रसाईली, मस्ट स्मार्टमा कृपा चुके, मिसेस पंचलमा निर्मला सिलवाल, बेस्ट ड्रेसमा मिना लामा, मस्ट पपुलरमा कोपिला रसाईली र पब्लिक चईस एवार्ड,आ रुद्र के कार्की ले हात परेका थिए । कार्यक्रमको प्रमुख निर्णायकमा नायक दिपक छेत्री, संचारकर्मी अरुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका अशिष्मा नकर्मी रहेका थिए भने बिशेष गेस्टमा संचार्कर्मी तथा मुजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए ।

नम्रताले खोलिन आफ्नो सुन्दरताको रहश्य

नायिका नम्रता श्रेष्ठको फिटनेसबारे कलिउडमा मात्र होइन, फिल्मी क्षेत्रबाहिर पनि प्रशस्त चर्चा हुन्छ । चलचित्रको स्क्रिप्ट हेरेर मात्रै अभिनयमा साइन गर्ने नम्रताको जस्तै फिगर र लुक्सका लागि कलिउडमा संघर्षरत नायिकाहरू पनि फलो गरिरहेका हुन्छन् । नम्रतालाई देख्नेहरू ब्युटिफुल मान्छन् । हुन पनि छरितो शरीर, गोरो वर्ण, सर्लक्क कपालमा डिम्पल पर्ने हँसिलो मुहार, जो–कोहीलाई मोहित पार्न पर्याप्त छ । नम्रताले आफ्नो आकर्षक फिगर र चार्मिङ लुक्ससहित कसरी आफूलाई प्रस्तुत गरिरहेकी छिन् त ? उनकै शब्दमा : नियमित व्यायाम म आफ्नो सौन्दर्य कायम राख्न सकेसम्म व्यायाम गर्न भुल्दिनँ । व्यायामका सन्दर्भमा अनुशासित हुनुपर्छजस्तो लाग्छ । व्यायामले मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ मस्तिष्कले शरीर र स्वस्थ जीवन अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ । म बिदाको दिनसमेत वर्कआउट गरिरहेकी हुन्छु । पौष्टिक खाना नेपाली खाना दाल–भात–तरकारी नै बढी मन पराउँछु । खानाको पारखी भए पनि खानामा आवश्यक सबै कुरा मिलाएर खान्छु । पानीपुरी, चटपटे र चाट कहिलेकाहीँ खान्छु । तर, आफ्नो स्वास्थ्यलाई ख्याल राखेर मनलाई बाँधेर भए पनि निकै कम खान्छु । कहिलेकाहीँ भेजिटेरियन सधैँ मासु खाने हैन, कहिलेकाहीँ भेजिटेरियन हुन पनि मन लाग्छ । सधैँ मासु खाइरहे पनि समय–समयमा भेजिटेरियन पनि हुन मन लाग्छ । खानामा हरियो फलफूल, सलाद बढी खाने गरेकी हुन्छु । कसरत र खानपान नियमित शारीरिक व्यायामले शरीर स्वस्थ रहन्छ । स्वस्थ र स्मार्ट देखिन सकेसम्म म धेरै पानी पिउने गर्छु । व्यायाम अनिवार्य गर्छु । कलाकारले मात्र शारीरिक व्यायाम गर्नुपर्छ भन्ने होइन । जुनसुकै क्षेत्रमा रहेका व्यक्तिले पनि शारीरिक व्यायाम गर्न भुल्न हुन्न । वेलैमा आफ्नो स्वास्थ्यप्रति सबै सचेत रहनुपर्छ । बिहान उठ्नेबित्तिकै जिम गर्दा स्वास्थ्यलाई फाइदा गर्छ । जतिसुकै व्यस्त रहे पनि फिट हुनका लागि दिनमा एकपटक जिम सेन्टरमा जाने गरेकी छु । त्यसले मलाई हरेक दिनको काममा सक्रिय हुन सहयोग गरेको छ । पानी प्रशस्त पिउने सकेसम्म धेरै पानी पिउन खोज्छु । दिनमा कति लिटर पिउँछु भन्ने हेक्का हुँदैन । तर, जति धेरै पानीको प्रयोग गर्न सकिन्छ, उति धेरै स्वास्थ्यका लागि फाइदा हुन्छ । पानीको प्रयोग गर्दा सकेसम्म सफा पानीको प्रयोग गर्नुपर्छ । योग र मेडिटेसन योगा र मेडिटेसनमा सधैँ ध्यान दिन्छु । यसले मान्छेको सौन्दर्यमा थप चमक प्रदान गर्छ । योगा र मेडिटेसनले आफ्नो अनुहार उज्यालो गराउन मद्दत गर्छ । साँझ सुत्नुअघि अनुहार सफा गर्ने दिनभरि कामबाट फर्किएपछि सकेसम्म नुहाउँछु । सम्भव नभएको खण्डमा अनुहारलाई राम्रोसँग धुन्छु । अनुहार सफा गरिसकेपछि आवश्यक केही क्रिम पनि लगाउँछु । घरबाट हिँड्नुअघि सनब्लक बिहान घरबाट हिँड्नुअघि सनब्लक प्रयोग गर्छु । यसले घामबाट आफ्नो छालालाई सुरक्षित गर्छ । म सनब्लक युज गर्न कहिल्यै बिर्सन्नँ । नयाँ पत्रिकाबाट

मिसेस २०१७ को ताज रक्की श्रेष्ठलाई

काठमाडौं, भदौं ६ । मिसेस नेपाल आइडल दोश्रो संकरण २०१७ को ताज रक्की श्रेष्ठले हात पारेकी छिन् ।मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस नेपाल आइडल’ मा रक्कीले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी हात पारिन् । त्यस्तै “मिसेस नेपाल आइडल २०१७ को फस्ट रनरअप रुद्रकुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ् घोषित भईन । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराइरहेका महिलाहरु तथा अवसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम , बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोटा रहेका थिए । त्यसैगरी, बेस्ट डिसिप्लिनमा गीता भुजेल,मस्ट एक्टिभमा रेखा बस्नेत श्रेष्ठ, मस्ट कन्फिडेन्टमा रक्की श्रेष्ठ, मस्ट ब्युटिफुलमा तुलशा गिरी कार्की, मस्ट ईन्टलिजिन्टमा रुद्र कुमारी कार्की, मस्ट चार्मिङमा सबिता तामाङ्, मिसेस फ्रेन्ड्सिपमा कला पाठक , मस्ट स्टाईलिसमा दृष्टि न्यौपाने तामाङ्, बेस्ट कम्प्लेक्सनमा कोपिला रसाईली, मस्ट स्मार्टमा कृपा चुके, मिसेस पंचलमा निर्मला सिलवाल, बेस्ट ड्रेसमा मिना लामा, मस्ट पपुलरमा कोपिला रसाईली र पब्लिक चईस एवार्ड,आ रुद्र के कार्की ले हात परेका थिए । नायक दिपक छेत्री , संचारकर्मी अरुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका आशिश्मा नकर्मी प्रमुख निर्णायकमा रहेका थिए । भने बिशेष गेस्टमा संचारकर्मी तथा मुजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए ।

बाढीपीडितलाई धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा राहत वितरण

भदौ ६ । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम कट्टेल (धुर्मस)ले बताउनुभयो । राहत वितरणअघि होटल व्यवसायीले गरेको स्वागत कार्यक्रममा धुर्मसले देशमा अहिले विपत्ति परेको अवस्थामा सबै नागरिक एक ढिक्का भएर देश विकासमा लाग्न आवश्यक छ भन्नुभयो । परिवारका सदस्य गुमाउनुपर्दाको पीडामा रहेका व्यक्तिलाई सहयोग आवश्यक रहेकाले सज्जन नागरिकले सामाजिक सेवा र मानवीय धर्म निर्वाह गर्नुपर्ने बेला आएको चर्चा गर्दै उहाँले भूकम्पको घाउमा खाटा नबस्दै प्रकृतिले अर्को विपत्ति थपिदिएकाले सबै नागरिक एक भएर विपत्तिको सामना आग्रह गर्नुभयो । आफ्नो पेशालाई थाती राख्दै सामाजिक कार्य गर्दैआएको छु भन्दै धुर्मुसले जोड दिनुभयो, “म एउटा देश विदेशमा परिचित कलाकार हुँ, मलाई धुर्मुस भनेर नचिन्ने यो देशमा सायदै कम होलान, तर डोकामा ढुंगा र माटो बोकेर सेवारत हुँदा सायद तपाईहरुलाई लाग्ला पहिचानका लागि तर कलाकारिता मै मैले पहिचान बनाइएकेको छु अब देश र समाजका लागि युवाले केही गर्ने बेला आएको छ । सामाजिक कार्य भनेको सेवा हो, पेशा हैन हामी सबै मिल्यौ भने नेपाल आफैमा सक्षम भएको देखाउन सक्नेछौ ।” साउन २८ गते बिहान २ बजे पहिरोमा घरसहित पुरिएर उदयबहादुर खड्काका एक श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको थियो । धुर्मुसले उदयका आमा ६५ वर्षीय देवीमायालाई कनपा–६ मा रहेको रामेश्वरधाम मन्दिरमा पुगेर भेट गर्दै विपतमा तपाई एक्लै हुनुहुन्न साथ दिने म छु भन्दै अबका दिनमा सुरक्षित आवसको व्यवस्था मिलाउन लाग्ने समेत बताउनुभयो । धुर्मुसले सुरक्षित आवास तथा पुनःस्थापनाका लागि रु ४० हजार सहयोग गर्नुभएको छ । उदयका परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा बसोवास गर्दै आएका थिए ।

जापानको टोकियोमा बफिन्स–९८ घन्किँदै

साउन २८ । म मरे पनि मलाई यो देशको माया छ, नेपाल, बितिसक्यो यो रात, धन्य छौ तिमी सहिदजस्ता राष्ट्रभावले ओतप्रोत गीत गाएर चर्चामा आएको सांगीतिक समूह बफिन्स–९८ लाइभ इन टोकियो कार्यक्रममार्फत जापानमा प्रस्तुत हुने भएको छ । उक्त कार्यक्रम साउन २८ गते शनिबार दिउँसो २ बजेदेखि राति १२ बजेसम्म युनिभर्सल सिटी, जापानमा सञ्चालन हुने ब्यान्डका मुख्य भोकलिस्ट सञ्जीव गुरुङले बताएका छन् । हामी नेपाली साँझ शीर्षकको उक्त कार्यक्रममा बफिन्स–९८ ले आफ्ना नयाँ तथा पुराना गीत सुनाउनेछ । कार्यक्रममा बफिन्स–९८ का अतिरिक्त पृष्ठभूमि ब्यान्ड, साहस ब्यान्ड, भाइ खलक ब्यान्ड तथा हेनरी एन्ड दि व्यान्डले समेत प्रस्तुति दिनेछन् ।

मनिषाले जितिन मिस ब्युटि क्विन नेपाल २०१७ को ताज

साउन ६ । मिस ब्युटि क्विन नेपाल २०१७ को ताज मनिषा पाण्डेको पोल्टामा गएको छ । उनले १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटि क्विन नेपाल २०१७ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । उनले शिर्ष उपाधिसँगै ’मस्ट ईन्टिलिजिन्ट र मस्ट पपुलर’ पनि जितिन् । यस्तै, फस्ट रनरअप तथा मस्ट ब्युटिफुलको उपाधि निमा शेर्पाले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधि संगै मस्ट एक्टिभमा सुशिला श्रेष्ठ र थर्ड रनरअपको उपाधी सहित मस्ट कन्फिडेन्समा शर्मिला विश्वकर्माले जितिन् । एमाजोन ईन्टरटेन्मेन्टले नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सबटाईटलमा बेस्ट ट्यालेन्टको उपाधी मनिषा थापा, बेस्ट हेयरको उपाधी हेमकला नाल्बो, बेस्ट स्किनको टाइटल जेबिना लोहनी, बेस्ट क्याटवाकको टाइटल ममता तामाङ्, बेस्ट स्माईल तथा मस्ट पपुलरमा इन्दिरा श्रेष्ठ, बेस्ट डिसिप्लिनमा म्यागी लामा, मस्ट चार्मिङमा अन्जु आले मगर, मस्ट स्मार्टको सबटाईटलमा अन्जना केसी , बेस्ट कम्प्लेक्सन तथाबेस्ट ड्रेस्समा कुमारी रमिला राई र मस्ट स्टाईलिसमा एल्गिना राईले उपाधि जितिन् । विजेता मनिषाले उपाधिसँगै आर्टिस्ट नेपाल, सिल्क हेयर, कोजी ब्युटी सलोनको तर्फबाट बिभिन्न गिफ्ट ह्यापर प्राप्त गरेकी छिन् । एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन

गङनम स्टाइलको रेकर्ड तोड्दै यो गीत बन्यो नम्बर वान

काठमाडौं, युट्युबमा सबैभन्दा बढी हेरिने गीत गङनम स्टाइलको रेकर्ड तोडिएको छ । गायक बिज खलिफा र चार्ली पथको नयाँ गीत “सी यू अगेन” अहिले सबैभन्दा बढी हेरिने गीत बनेको छ । यो गीतलाई युटयुबमा अहिलेसम्म २ अरब ९० करोड भन्दा बढीले हेरेका छन् । यो सँगै यो सबैभन्दा बढी हेरिने गीतहरुको लिष्टमा सबैभन्दा माथि पुग्न सफल भएको छ । यो गीत २०१५ मा रिलिज भएको छ । फाष्ट एण्ड फ्यूरिअस चलचित्रका लागि लेखिएको यो गीत कलाकार पल वाकरको सम्मानमा बनाइएको थियो । यो गीतलाई वर्षको उत्कृष्ट गीत, बेष्ट पप ड्युओ र ग्रुप फरफोर्मेन्सका लागि पनि चुनिएको छ । गंगनम स्टाइल गीत २०१२ मा रिलिज भएको थियो । यो गीतलाई अहिलेसम्म २ अरब ८९ करोड भन्दा बढीले हेरेका छन् ।

नवाजुद्दीनको हट किस सिन चर्चा

असार २९ । बलिउडमा गम्भीर भूमिकाका लागि परिचित अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नो आगामी फिल्म ‘बाबूमोशाय बन्दूकबाज’ मा हट किस सिन दिएका छन् । फिल्मको ट्रेलर सार्वजनिकसँगै उनले पहिलो पटक चलचित्रलाई दिएको किस सिनको सर्वत्र चर्चा हुन थालेको छ । फिल्ममा अभिनेत्री बिदिता बेगसँग नवाजको किस सिन समावेश गरिएको हो । ट्रेलर लन्च गर्ने कार्यक्रममा नवाजले पहिलोपटक यस्तो सिन दिँदा भएको अनुभव सेयर गरेका थिए । उनले यो सिन दिँदा आफू निकै नर्भस बनेको बताए । उनले भने, ‘मैले पहिलोपटक स्क्रीनमा इन्टिमेट सिन गरेको हुँ । यस्तो सिनको सुटिङ गर्दा मजा आउँदैन रहेछ, बरु मनमा अनेक प्रकारका भावहरु उत्पन्न हुँदा रहेछन् । मलाई यो सिनमा फोकस गर्न निकै गाह्रो भयो ।’ फिल्ममा नवाजका साथमा दिब्या दत्ता र बंगाली अभिनेत्री बिदिता बेगको अभिनय रहेको छ । नवाजले फिल्ममा आफ्नो चरित्र निभाउनका लागि बन्दूक चलाउने विशेष तालिम लिएका थिए ।

दिपकराज गिरीले गरे अवार्ड समारोह वहिष्कार

असार १४ । कलाकार दिपकराज गिरीले अब कुनै पनि अवार्ड कार्यक्रम आफू सहभागी नहुने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन् । फेसबुकमा आफ्ना धेरै साथीहरुले यस्ता अवार्डको कुरा नगरी भविष्यमा पनि लोकप्रिय चलचित्र निर्माणमा मात्रै ध्यान दिन दिएको सुझावको कदर गर्दै अवार्ड समारोहमा सहभागी नहुने निर्णय गरेको उनले लेखेका छन् । पछिल्ला केही अवार्ड समारोहलाई बिचमै छोडेकोमा आफूलाई अवार्डको लोभी तथा आफूले नै अवार्ड पाउनुपर्ने मान्यता भएका व्यक्तिका रुपमा व्याख्या गरेको भन्दै गिरीले मिलेमतो र आफ्ना प्रियजनलाई बाँडिने त्यस्ता अवार्डको विरोध मात्र गरेको बताएका छन् । गिरीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “पछिल्लो समय अवार्ड कार्यक्रममा जानु र कार्यक्रमलाई बिचमै छाड्नुलाई धेरै साथीहरूले म अवार्डको लोभी भएको, आफूले नै अवार्ड पाउनु पर्ने मान्यता भएको व्यक्ति रहेको रूपमा व्याख्या गरेको थाहा भयो । जबकि मिलेमतो र आफ्ना प्रियजन लाइ बाडिने त्यस्ता अवार्डको विरोध मात्रै थियो त्यो ।”

काजोलको ३२ वर्षे यात्रा

दक्षिणी भारतको चर्चित नायिका काजोल अग्रवाल ३२ वर्षमा लागेकी छिन् । सन् २००४ मा रिजिल भएको ‘क्युँ हो गया ना…’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी काजोलले चलचित्र दुनियाँको १३ औं वर्ष पार गरिसक्दा उनी चर्चाकाे शिखरमा पुगेकी छिन् । अझ २००९ को तेलुगु फिल्म ‘मगाधीरा’पछि त उनको करिअर बेग्लै उचाइमा पुगेको छ। काजोले आफ्नो ३२औं जन्म दिनको अवसरमा खिचिएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

ह्वाईट हाउस एसएलसी प्रिन्सेस् बनिन् नविना राई

गत शनिबार प्रज्ञा भवनको डबलीमा सम्पन्न हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज एसएलसी प्रिन्सेस् २०१७ प्रतियोगितामा स्काई र्लाक स्कुलवाट एसइई दिई विशिष्ट श्रेणीमा पास हुन सफल १६ वर्षिया नविना राईले विजेताको ताज पहिरिन सफल भएकी छिन्, नविनाले प्रतियोगितामा शीर्ष उपाधि सहित मिस पपुलर अवार्ड पनि हात पार्न सफल भइन् । नविनाले विजेताका भए पछि नगद रु.५० हजार रुपैयाँ र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका तर्फ प्लस टू अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति पुरस्कार पनि प्राप्त गरिन । रोजिन शाक्यको कोरियोग्राफीमा सिजन मिडियाद्वारा आयोजित सो प्रतियोगितामा स्मृति नेपालले फस्ट रनर अप उपाधि साथै मिस पर्सनालीटीको उपाधी जित्न सफल भइन् भने सलिना कटुवाट सेकेन्ड रनर अप विजेता बन्न सफल भइन् । साथै नेपाल र कटुवालले क्रमस रु ३० र २० हजार नगद साथै एक लाख वरावरको छात्रावृत्रि पाइन । थर्ड रनर अप सितास्मा पोखरेल र फोर्थ रनरअप प्रेरणा महत घोषित भइन । प्रतियोगितामा नामी कलेजका सिइओ योगराज कंडेल, क्याम्पीयन एकाडमीका प्रिन्सीपल रमेसन भण्डारी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजकी डाइरेक्टर विना कैनी , शिक्षक प्रेम गुरुङ, नायिका भिन्तुना जोसी, स्कीन एण्ड लेजर थेरापिष्ट आशा सुवाल निर्णायक मण्डलमा रहनु भएको थियो । प्रतियोगिताको अन्य उपाधिहरुतर्फ मष्ट ट्यालेन्ट प्रकृति साही, अर्गनाइजर च्वाइस र हेल्दी स्माइल मनकामना पुन मगर, मिस डिसिप्लिन दिक्षा गौतम, वेष्ट स्कीन जुनीमायाँ तामाङ, मिस फिटनेश विशुम तामाङ, वेष्ट फोटोजेनीक गरिमा योन्जन, ब्युटीफुल हेयर नेहा तुलाधर, वेष्ट फ्रेन्डशीप पुजा अधिकारी, वेष्ट ड्रेस इन्जु श्रेष्ठ, एकाडेमिक अवार्ड कविता देवकोटा, सोसल सर्भिस एभिन्जेलीना आर्चाय, वेष्ट वाक सोफी श्रेष्ठ मिस पङ्चुवालिटि इन्दिरा खतिवडा, मिस कन्फीडेन्ट रुषा नापित र फेशवुक लाइक अवार्ड प्रतिक्षा खत्रि, मिस क्रियटिभ रितिका चौलागाई, भिर्योस च्वाइस क्रितिका थापा, व्यूटीफूल आई श्रेर्या श्रेष्ठले जित्न सफल भएका थिए ।