यही हो स्थिर सरकार !

वर्तमान नेपाल सरकार गजबको सरकार हो । यो नेपाली कांग्रेसको नेतृत्वमा गठित भए पनि यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र अरू अरू पनि दल सहभागी छन् । गएको निर्वाचनमा हारेका, जितेका, राष्ट्रिय दल, लोकल दल सबै यसमा अटाएका छन् । एक–अर्कालाई धूलोमा मिलाउने गरी प्रतिस्पर्धा गरेर चुनाव लडेका दल पनि सँगै बसेर सरकार चलाइरहेका छन् ।

वाम गठबन्धनको एक मुख्य हिस्सा माओवादी केन्द्रसमेत सरकारमा सहभागी भएकाले यो वाम गठबन्धनको पनि आफ्नै सरकार हो । सरकारमा प्रचण्ड भएपछि ओली छैनन् भन्न मिल्दैन । त्यसैले यो जत्तिको सर्वदलीय र सर्वसम्मत सरकार नेपालको इतिहासमा कमै बनेका थिए होलान् । यो एकदमै बलियो र शक्तिशाली सर्वदलीय सरकार हो ।

यो सरकार अनौठो सरकार पनि हो । सर्वदलीय भए पनि यो सरकार न बहुमतको सरकार हो, न अल्पमतको । यसका विरुद्ध न अविश्वासको प्रस्ताव दर्ता गर्ने ठाउँ छ, न कसैले सजिलै ढाल्न पाउँछ । प्रधानमन्त्रीबाहेक सबैले समर्थन फिर्ता लिए पनि यो सरकार ढल्दैन ।

कतिपय अबुझहरूले यसलाई कामचलाउ सरकार भनेकामा हाम्रा मन्त्रीहरूले तिनीहरूलाई मुखभरिको जवाफ दिँदै भनेका छन्– यो सरकार कामचलाउ होइन, यसले जस्तासुकै निर्णय गर्न सक्छ, गर्न पाउनुपर्छ । नभन्दै सरकारमा मन्त्री फेरिने क्रम पनि चलिरहेको छ । कर्मचारी सरुवा गर्ने, बढुवा गर्ने र राजनीतिक नियुक्ति गर्ने कामहरू पनि भइरहेकै छन् । नौ–नौ महिनामा सरकार फेरिने अस्थिरता विरुद्ध यो सरकार एक वर्षभन्दा बढी नै टिक्ने सम्भावना देखिँदैछ ।

यस्तो बलियो र सफल सरकार हामीले भोग्न पाएका छौँ । यही सरकारले स्थानीय तहको निर्वाचन गरायो । यसले प्रदेशसभा र केन्द्रको निर्वाचन समेत भव्यताका साथ सम्पन्न गरायो । राष्ट्रियसभाको निर्वाचन पनि गराई छाड्न कम्मर कसेर लागेको छ ।

निर्वाचनजति सबै सम्पन्न गरेर मात्रै सरकार छाड्नुपरे पनि छाडौँला भन्ने विचारमा यो सरकार पुगेको छ । हो नि त, एउटा लोकतान्त्रिक सरकारलाई निर्वाचनप्रति चिन्ता नभए कसलाई हुन्छ † वामहरूले सरकार बनाए भने मुलुकमा निर्वाचन नै हुँदैन भनेर प्रधानमन्त्रीले भनेकै छन् ।

तिनीहरूले निर्वाचन नगराउलान् र प्रजातन्त्र धरापमा पर्ला कि भन्ने चिन्ताले पनि देउवाजीको सरकारले सबै निर्वाचनहरू सम्पन्न गराउने अठोट लिएको हो । मौका पायो भने यो सरकारले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखहरूको निर्वाचन गराएर प्रजातन्त्रलाई पूरै मजबुत बनाउन पनि सक्छ ।

यो सरकारलाई यसरी चारैतिरबाट नियालेर हेर्दा के निष्कर्षमा पुगिन्छ भने निर्वाचनपछि बन्ने स्थिर सरकार नै यही हो । स्थिर सरकारको नारा दिएर वाम गठबन्धनले चुनाव जितेको भए पनि अब त्यसका लागि वाम गठबन्धनको सरकारको दरकार परेन ।

मुलुकमा स्वतस् स्थिर सरकार कायम भयो । अझ केही समय यो स्थिर रहिरह्यो भने यसले वाम गठबन्धनका गाँठा खुस्काएर लामै समय सरकार चलाउने सम्भावना पनि छँदैछ । त्यसका लागि चौतर्फी प्रयासहरू भइरहेका पनि छन् ।

फस्लक्क पारेर वामहरूको गठबन्धन फुस्काउन सम्भव भयो भने यही सरकारले प्रधानमन्त्रीको निर्वाचन पनि गराइदिन्छ र थपक्क पाँच वर्ष चलाइदिन्छ । योभन्दा स्थिर सरकार कस्तो चाहिएको हो र नेपाली जनतालाई ? नेपाल साप्ताहिकबाट

नारायणगोपाल स्मृति साँझ पुस २२ मा

भक्तपुर, पुस १० । भक्तपुरमा पहिलो पटक आगामी पुस २२ गते ‘स्वरसम्राट् नारायणगोपाल स्मृति साँझ’ हुने भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकमा हुने कार्यक्रममा गायक कर्णदासलगायत राष्टियस्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले नारायणगोपाल गुरुवाचार्यका गीत गाउने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष कपिल कसपालले जानकारी दिए । भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारलाई गोलबद्ध गर्दै जाने उद्देश्यका साथ एक महिना अगाडि स्थापित समाजको उक्त कार्यक्रममा गुरुवाचार्यका मन छुने गीतलाई करिब १२ कलाकारले गाउने जनाइएको छ ।

फेशन आइडलको उपाधि रुस्मिता र सुशान्तलाई

काठमाडौं । रशलाईट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक–एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन । शुसान्तले बेस्ट फिजिक्सको उपाधी जितेका छन् । राजधानीको तिनकुनमा रहेको रोयल इभेन्टमा शनिबार सम्पन्न उक्त प्रतियोगितामा महिलातर्फ टि-छिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा बेस्ट प्रर्फमेन्स र पुरुष तर्फ अंकित मानन्धरले फस्ट रनर्सअपका साथमा मोष्ट कन्फिडेन्टको उपाधी जितेका छन् । महिला तर्फ सुप्रिना शाक्यल सेकेण्ड रनर्सअपका साथमा म्यानेजमेन्ट च्वाइसको उपाधी जितेकी छन् । त्यसैगरी पुरुष तर्फ समिप्य श्रेष्ठले सेकेण्ड रनरअफका साथमा बेस्ट स्टाइलिसको उपाधी जितेका छन्। प्रतियोगितामा मष्ट ट्यालेन्टको उपाधी रोसेनेन शर्मा, इनि मर्हजन, बेष्ट पर्सनालीटी पारस दाहाल र सन्ध्या दिवाली, बेष्ट वाक पारस दाहाल, म्यानेजमेन्ट च्वाइस निरनराज गिरी र फुर्लमु शेर्पा, फोटोजेनिक सुनिल मर्हजन र इस्वाङ लामा र बेष्ट प्रर्फमेन्सको उपाधी पवन मर्हजनले जितेका छन् । कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफी रहेको थियो भने इभेन्ट म्यानेजर सनिल महर्जन रहेका थिए । सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन स्वयत्ना योञ्जनले गरेकी थिइन ।

१२औँ लोकनृत्य प्रतियोगिता सम्पन्न

पोखरा, पुस २ । पोखराको प्रदर्शनी केन्द्रमा सञ्चालित दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १२औँ लोकनृत्य प्रतियोगिता आज सकिएको छ । ‘एन प्याब्सन कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यावहारिक ज्ञान’ मूल नाराका साथ नेशनल प्याब्सन कास्कीको आयोजनामा भएको तीनदिने सो कार्यक्रममा जिल्लाका ४४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनाका साथै उनीहरुले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले बृहत् शैक्षिक प्रदर्शनी आयोजना गरिएको थियो । विद्यार्थीको शिक्षण क्रियाकलापमा सहयोग पु¥याउने गरी विद्यार्थीबाटै विद्यालय शिक्षामा आधारित विषयगत पाठ्यक्रमअन्तर्गत स्थानीय स्रोत र साधनको प्रयोग गरी जीवनपयोगी निर्माण तथा आविष्कारका सामग्री शैक्षिक प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेको नेशनल प्याब्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण उपाध्यायले जानकारी दिए । प्रदर्शनी समापनका अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने तथा लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस प्रकारको प्रदर्शनीले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे । नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नरेन्द्र पौडेललगायतका वक्ताले शैक्षिक प्रदर्शनीको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

बिग बोसः यो हप्ता घरबाट बाहिर हुनसक्छ हितेन तेजवानी !

पुस १ । हिन्दी च्यानल कलर्सबाट प्रसारण हुँदै रियालिटी शो ‘बिग बोस’ अब अझै रोमाञ्चक हुने भएको छ । पछिल्लो हप्ता घरबाट कुनै सदस्य घरबाट बाहिर भएको थिएन । यो हप्ता भने घरबाट बाहिर हुनको लागि हितेन तेजावनी, शिल्पा शिन्दे, प्रियांक शर्मा र लभ त्यागी नोमिनेट भएको छ । जब नामको घोषणा भएको थयो, तब धेरै व्यक्तिहरुलाई यही लाग्यो कि लव बाहिर जान्छ तर सबैलाई हैरान गर्ने हितेनलाई बिग बोसका घर छोड्नुपर्ने छ । बलिउड लाइफकी एक रिपोर्ट अनुसार– ‘घरभित्र रहनका लागि लव त्यागीले हितेनलाई पछि छोडिदिएको थियो । अब घरभित्र शिल्पा सिन्दे, विकास गुप्ता, अर्शी खान, प्रियांक शर्मा, पुनिश शर्मा, आकाश ददलानी र हिना खान बचेका छन् । शिल्पालाई दर्शकहरुबाट सबैभन्दा बढी भोट पाएकी छिन् । यसपछि लव र प्रियांकका नम्बर आउने छ । त्यही टिभीको आदर्श छोरा हितेन तेजवानीको सबैभन्दा कम भोट पाएको छ । जसको कारण यो हप्ता उनले घरबाट बाहिर हुनुपर्ने छ । हालैको एपिसोडमा देखाएका छन् कि कसरी लव आफ्नो साथी हिना र प्रियांकविरुद्ध जाने छ, जो उसलाई रियालिटी शोका सबैभन्दा अयोग्य प्रतियोगी बताउने गरेको छ । यसको अलावा लग्जरी बजेट करमा महिला बनेर सबैलाई धेरै नै हँसाएका थिए ।

पुस २१ गतेदेखि टेलिचलचित्र ‘पंगा’ सञ्चालनमा आउने

पोखरा, मंसिर २७ । श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेलिचलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ । पोखरेली कलाकारले अभिनय गर्ने उक्त टेली चलचित्रले वर्तमान समाजका भोगाइ र युवायुवतीले भोगेका समस्यालाई चित्रण गर्न खोजेको चलचित्रका निर्देशक राम बास्तोलाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार पोखराको गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनमार्फत एक वर्ष प्रस्तुत गरिने उक्त चलचित्र प्रत्येक हप्ताको शुक्रबार ७ः३० बजेपछि प्रसारण गरिनेछ । युवापुस्तालाई लक्षित गरिएको चलचित्र समाजमा लोकप्रिय बन्ने विश्वास लिइएको उहाँले बताउनुभयो । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले युवा कलाकारको सक्रियतामा प्रदर्शनको तयारी गरिएको टेली चलचित्र ‘पंगा’ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

चर्चित भारतीय गायिका मोनाली ठाकुर काठमाडौंमा (भिडियो)

चर्चित भारतीय गायिका मोनाली ठाकुर काठमाडौं आइपुगेकी छिन । डिसेम्बर ९ तारिखमा आयोजना हुन लागेको “मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा भाग लिन मोनाली काठमाडौं आएकी हुन। पर्र्फेट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमाण्डौको डेजा भू क्लबमा हुनेछ । बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ । यो कार्यक्रममा नेपाली चलचित्रका नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुती रहनेछ । साथमा, नेपालका केही चर्चित ब्याण्डले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । मोनालीका ‘मोह मोहके धागे, बद्री कि दुल्हनिया, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी’ लगायतका गीत चर्चित छन् । २३ मंसिर, २०७४ – शनिवार क्लब देजावूमा हुन लागेको कार्यक्रममा मोनाली ठाकुर र चर्चित डी जेहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा अधिकांश नेपालीका साथमा भारतीय र अमेरिकनहरुको पनि सहभागिता हुने आयोजकको भनाई छ । कार्यक्रमको सम्पूर्ण तैयारी पूराभइसकेको आयोजक कम्पनि प्रिन्स इन्टरटेनमेन्टका संचालक प्रिन्स शाक्यले जानकारी दिए । कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत, संगीतको समिश्रणमा सहभागीहरुलाई विशेष किसिमको नृत्य प्रस्तुती देखाइनेछ । ७ बजेबाट सुरु हुने कार्यक्रम राती २ बजेसम्म चल्नेछ भने कार्यक्रमका लागी प्रवेश शुल्क १५०० देखी ५००० सम्म तोकिएको छ र मुख्य प्रायोजक टेन्स्बेर्गको रहेको छ ।

मधेश आन्दोलनमा आधारित वृत्तचित्र विमोचित

राजविराज, मंसिर १६ । तराई–मधेशमा २०७२ सालमा छ महिनाभन्दा बढीको लामो समय चलेको आन्दोलन र मलेठ घटनालाई समेटेर तयार पारिएको वृत्तचित्र यहाँ विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष श्रवणकुमार देवको अगुवाइमा बनेको वृत्तचित्र महासंघ सप्तरीमा शुक्रबार शहीद परिवारले विमोचन गरेको हो । ‘राज्य पक्षके दमने दमन’ नाम दिइएको उक्त वृत्तचित्रमा २०७२ सालको आन्दोलनमा सप्तरीसहित तराई–मधेशका जिल्लामा राज्य पक्षले गरेको भनिएको दमनका घटना समावेश गरिएको छ । वृत्तचित्रमा देवसहित करुणा झाको स्वर छ । समीक्षक विष्णुकुमार मण्डलले वृत्तचित्र दस्तावेज भएको बताउँदै शहीद परिवारलाई राज्यले अहिलेसम्म उचित सम्बोधन गर्न नसकेको र नेताहरुले पनि यसैलाई भर्याङ बनाएर राजनीति गर्न खोजेको आरोप लगाउनुभयो । वरिष्ठ पत्रकार अनिलकुमार अनलले वृत्तचित्रले आन्दोलनलाई ताजा राख्दै राज्य पक्षले गरेको दमनलाई प्रस्फुटन गरेको बताउनुभयो ।

राशिफलमा तपाइको यो साता

मेष साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन् । मन मिल्नेहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा विलासितातर्फ संयमित रहनुहोला । मित्रहरूको वनभोज जाने प्रस्ताव अविस्मरणीय बन्न सक्छ । साताको अन्त्यमा आर्थिक भारका कारण सापटीको चपेटामा पर्ने सम्भावना देखिन्छ । वृष लामो तथा छोटो दूरीको यात्रामा थप खर्चले पिरोल्नेछ । राजनैतिक परिवर्तनकारी भूमिकामा नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइलाग्नेछ । पारिवारिक सुख–सुविधाका निम्ति विलासिताको सामग्रीमा खर्च गर्नुपर्ने हुन्छ । धनागमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । स्वास्थ्यप्रति हेक्का राख्नुहोला । मिथुन बोलीको माधुर्यले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछ । अगाडि प्रशंसा गर्नेहरूले पछाडि कुरा काट्न सक्छन् । होसियार रहनुमा नै तपाईंको कल्याण हुनेछ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ । कर्कट कला तथा साहित्यको माध्यमबाट अरूलाई प्रभावित गर्न सकिनेछ । हठ गर्ने बानीले पारिवारमा मनमुटाव देखा पर्न सक्छ । ढिलै भए पनि सही मार्ग पहिल्याइनेछ । खरानी रंगको सवारी साधन खरिद गर्न लालायित भइनेछ । पश्चिमतर्फको यात्रा फलदायी सावित हुनेछ । सिंह बलमिच्याइँपूर्ण कामले विवादमा तान्न सक्छ । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक नोक्सानीबाट बच्न सकिनेछ । सहपाठीको सुझाव मुताविक विदेशमा अध्ययनको मौका जुर्न सक्छ । कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । यो साता पूर्वतर्फको यात्रा फलदायी साबित हुनेछ । कन्या मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सहयोगीहरूले समस्या सावधानको बाटो देखाइदिँदा गुमिसकेको स्थान पुनस् प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । शंकास्पद व्यवहारले प्रेमिका चिढिन सक्छिन् । नीलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ । तुला मनका भावना आदानप्रदान गर्ने मित्र भेटिन केही समय कुर्नुपर्नेछ । पारिवारिक मत बुझेर मात्र प्रेम प्रक्रिया अघि बढाउँदा सफलता मिल्ने देखिन्छ । रोकिएका काम सम्पन्न हुँदा आर्थिक संकटसम्बन्धी समस्या स्वतस् समाधान हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने प्रस्ताव आउन सक्छ । वृश्चिक मनमा उत्पन्न हुने चञ्चलताप्रति संयमित रहनुहोला । सुनौलो रंग तथा तरल पदार्थको कारोबार फाप्ने देखिन्छ । मन मिल्नेबीच ठाकठुक पर्न सक्छ, कम बोल्नु नै तपाईंको हितमा हुनेछ । साथीभाइको सुझाव मुताबिक व्यवसाय परिवर्तन गर्ने संयोग जुरेको छ । धनु प्रेमी–प्रेमिकाहरूको भावना सकरात्मक ऊर्जामा परिणत हुनेछ । बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भावना छ । स्मरणीय काम सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । यो साता इष्टमित्रबाट टाडै रहँदा लाभ हुने देखिन्छ । मकर जीवनचर्यामा परिवर्तन गर्दा सफलताको मार्ग सहज हुने देखिन्छ । मन मिल्नेले दिएको सुझाव मनन गरी चल्न सके तपाईंलाई प्रशस्त फाइदा हुनेछ । घरायसी व्यवहारमा समय नदिँदा पारिवारिक गुनासो बढ्नेछ । रोजगारीका निम्ति वैदेशीक यात्रा नजिकिँदो छ । कुम्भ सेतो पहिरनमा प्रस्तुत हुन सके अरूको नजर तपाईंमाथि पर्नेछ । पारिवारिक सल्लाहमा अन्यौल देखा पर्दा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ । खानपानमा फेरबदल भै शरीरिक दुर्बलता देखा पर्न सक्छ, योग अभ्यास तथा तातो पानी बढी पिउनाले समस्याबाट मुक्ति मिल्नेछ । मीन धार्मिक उद्देश्यले नयाँ स्थानहरूको यात्रा गराउनेछ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ, विचार पुर्‍याउनुहोला । मंगलबार तथा बिहीबार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । विदेशी साथीहरूले नयाँ व्यवसाय सञ्चालन गर्ने प्रस्ताव राख्नेछन्, निर्णय गर्न ढिलो नगर्नुहोला । भोजभतेर तथा खानपानमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला । साप्ताहिकबाट

बिग बोस शोबाटै विकास र शिल्पाको मित्रता गाँसियो

मंसिर १३ । बिग बोस एक यस्तो शो हो, जसको बारेमा तपाईंले पहिले नै कुनै कुरा सोच्न सक्दैन किनकी यहाँ सदस्यहरुको एकअर्कामा सम्बन्ध बन्ने र बिग्रन् गरेका हुन्छ । दर्शक यस कुरालाई केही सोच्न सक्दैन कि आउने कुनै एपिसोडमा उनलाई कस्तो सरप्राइज दिइन्छ । घरभित्र कोही व्यक्ति मित्र त कोही दुश्मन बन्न थाल्छ । यो वास्तविक शोको ११ औं सिजनको सुरुवातमा दुश्मनको नजरमा आएकी शिल्पा शिंदे र विकास गुप्ता अहिले राम्रो साथी बनिसकेका छन् । भाउजूको घरलाई लिएर शिल्पा र विकासबीच दुश्मन रहेको थियो । पहिलो दिनदेखि नै दुईजना लडिरहेकै हुन्थ्यो । अब दुईजनाबीच राम्रो मित्रता गाँसिसकेको छ । शोमा उनको ब्याण्ड धरै बलियो हुँदै गइरहेको छ । यसैकारण दुईजना घरभित्र बिहे गर्न सक्दछन् । हो, तपाईं सही सुन्नुभयो । यसअघि तपाईंले के सोच्नुहुन्छ त्योभन्दा अघि हामी नै बताउँछु कि यस्तो एउटा टास्कमा हुनेवाला छ जुन सत्य होइन । विकास गुप्ताको नजिकको सुत्रले बलिउड लाइफको यो कुराको जानकारी दिएको छ ।

आफूले दिएको बोड दृश्यप्रति पछुतो

काठमाडौं, मंसिर १२ । एक अभिनेत्रीले आफूले चलचित्रमा दिएको एउटा दृश्यप्रति पश्चताप गरेकी छन । प्रदर्शनको तयारीमा रहेको चलचित्र जुली–२ की अभिनेत्री राय लक्ष्मीले चलचित्रमा आफूले दिएको एउटा दृश्यप्रति पछुतो लागिरहेको बताएकी हुन । चलचित्रमा आफू बोल्ड भूमिकामा प्रस्तुत हुने क्रममा दिएको एउटा दृश्यका लागि आफू कसरी तयार भए भन्ने विषयमा अहिले पनि सोच्न गाह्रो हुने गरेको लक्ष्मीले बताएको छन । चलचित्रको उक्त बोल्ड दृश्यका बारेमा मैले बोल्नु हुन्छ कि हुन्न भन्ने पनि थाहा छैन, लक्ष्मीको भनाइ छ— तर उक्त दृश्य निकै अश्लील भएको कुरा मैले लुकाउनु हुँदैन । लक्ष्मीका अनुसार दर्शकलाई वास्तविकता अनुभव गराउने क्रममा उक्त दृश्य तयार पारिएको हो । उक्त दृश्यमा उनले एक जना पुरुषसँग सुतेकी छन । उक्त दृश्यको छायांकन समेत खराब रहेको लक्ष्मीको भनाइ छ । लक्ष्मी भन्छिन्– उक्त दृश्यमा मैले असहज महसुस गरें । व्यक्तिगत रूपमा मलाई के लाग्छ भने त्यस्तो दृश्य तथा अंग प्रदर्शन सीमित कलाकारले मात्र गर्नुपर्छ, हरेक कलाकार त्यस्तो दृश्यका लागि सहजै तयार हुन सक्दैनन् । तर म तयार भए । कसरी भए अहिले अचम्म लाग्छ ।

सुष्माको विकिनी अवतारले चर्चा पाउँदै

मंसिर ५ । नेपाली चलचित्र नायिका तथा माृेडलका रुपमा चर्चित सुष्मा कार्कीलाई दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनयभन्दा यस्तै बोल्ड शैलीले बढी भएको थियो । चलचित्रमा पनि सुष्मालाई दर्शकले नायिका भन्दा आइटम गर्लको रुपमा बढी रुचाए । सुष्मा आइटम गीतमा बोल्ड बनिन् । फोटोसुटका क्रममा उनका पहिरन छोटिए । विकिनी लगाएर उनले जवानी शो गरिन् । तर, चलचित्रमा अहिले उनको सक्रियता पहिलेको जस्तो छैन । सुष्मालाई लिएर निर्माताले जोखिम मोल्न चाहदैनन् । सुष्मा भने फेसबुकमा बिन्दास शैलीमा तस्बिर राखेरै मस्त छिन् । हालैमात्र उनले, पाँच तारे होटलको स्विमिङ पूलमा पौँडिदा खिचेको केही विकिनी तस्बिरले चर्चा पाएको छ । रातो विकिनीमा सुष्माले पौडीमात्र खेलिनन्, पोज–पोजमा तस्बिर पनि खिचेकी छिन्। सुष्माको यो अवतार फेरि दर्शकले पर्दामा देख्न पाउलान् ?  

दुर्व्यसनसम्बन्धी सन्देश दिन ‘जुभेनियल’

  काठमाडौँ, कात्तिक २९ । लागूऔषधको दुर्व्यसनबाट समाजमा युवा युवतीलाई पार्ने समस्याबारे सन्देश दिने उद्देश्यले ‘जुभेनियल’ नामक चलचित्र निर्माण सम्पन्न भएको छ । मुलुकका कर्णधारका रुपमा लिइएका युवा वर्गले विभिन्न कारण र परिवेशले गर्दा दुव्र्यसनको सिकार हुनपरेको बाध्यता तथा घर परिवारमा अभिभावकलाई परेको असरबारे समेटेर सो चलचित्र निर्माण गरिएको हो । करिब एक घण्टा लामो सो चलचित्र छोटा चलचित्रको वर्गीकरणमा राखिएको छ । चलचित्रमा विद्यालय र कलेजका विद्यार्थी बढी प्रभावित भएको सन्देश दिइएको छ । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर’ ब्यानरमा निर्देशक सोवनम मुखियाले निर्देशन गरेको उक्त चलचित्रमा दुव्र्यसनबाट गरिब, धनी दुवै वर्गमा समस्या देखिएको कथालाई चलचित्रमा समावेश गरिएको छ । अभिभावकले आफ्ना बालबालिकालाई उचित रेखदेख पु¥याउन नसकेमा पनि उनीहरु दुव्र्यसनमा फस्न सक्ने र त्यसबाट बाहिर निस्कनका लागि विभिन्न पुनःस्थापना केन्द्रमा आवश्यक अभ्यास गर्नुपर्ने शिक्षा दिइएको छ । विभिन्न चलचित्रका माध्यमबाट अन्तरराष्ट्रिय तहका पुरस्कार प्राप्त गरिसक्नुभएकी मुखियाले युवालाई राम्रो शिक्षा दिने र सिर्जनशीलतामा व्यस्त गराउने कार्यमा राज्यले ध्यान दिनसकेमा उनीहरु वैज्ञानिक, अनुसन्धानकर्ता, राष्ट्रसेवकलगायतका माध्यमबाट सामाजिक रुपान्तरणमा सक्रिय हुने बताउनुभयो । उहाँले उनीहरुलाई नराम्रो संगतको प्रभावले दुव्र्यसनतर्फ उन्मुख गराउने र त्यसका दुष्परिणामले समाजको चौतर्फी विकासमा बाधा पुर्याउने शिक्षा चलचित्रमा रहेको बताउनुभयो । काठमाडौँ उपत्यकाका निजी तथा सामुदायिक विद्यालय तथा केही कलेजमा आगामी मंसिरमा च्यारिटी शो गरिने निर्माता माधव पौडेलले जानकारी गराउनुभयो ।

शिल्पाको एमएमएसको भिडियो भाइरल, साथीले रहस्य खुलासा गरिन्

मुम्बई, कार्तिक ३० । ‘बिग बोस’ कन्टेस्टेण्ड शिल्पा शिन्देका एमएमएस हालैमात्र सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भइरहेको एमएमएसमा शिल्पाजस्तै देखिने एउटी युवती कुनै नचिनेको व्यक्तिको साथ रहेको देखिरहेको थियो । एउटा इन्टरटेनमेन्ट पोर्टलमा सार्वजनिक रिपोर्टको अनुसार, अब यस एमएमएसको सत्य कुरा सबैको सामुन्ने आइसकेको छ । शिल्पाको साथीले बताएका छन् कि यो पुरै फ्रेब्रिकेटेड इमेज हो, जसमा शिल्लाकी जुडुवा केटी नजर आइरहेको छ । उनले भनिन्– ‘यस्तै अनुहार आजकल फोटोशप र माफ्र्ड फोटो समाजिक सञ्जालमा तीव्रगतिमा बढिरहेको छ र के बोलिन् त शिल्पाको साथीले । शिल्पाको साथीको भनाइअनुसार, बिगबोसको सबैले कन्टेस्टेण्टको घरको बाहिर धेरै फ्यानहरु फलोइङ्ग रहेका छन् । यिनैमध्ये कुनै फ्यानहरु अर्काे कन्टेस्टेन्टकी इमेज खराब गर्नको लागि यस्तो कार्य गर्दछन् । शिल्पाका यो फेब्रिकेटेड एमएमएस पनि यसै तरिकाले अर्काे नचिनेको व्यक्तिले यस्तो घिनलाग्दो काम गर्दछन् । जसले उसको इमेज खराब गर्नका लागि शोबाट बाहिर निकाल्न चाहन्छन् । भाइरल भइरहेको एमएमएसको फोटोमा शिल्पा शिन्देजस्तै देखिने वाली युवती कुनै अन्जान व्यक्तिको साथमा बेडमा सुतिरहेको नजर आइरहेको छ । अहिलेसम्म यस्तो मानिरहेको थियो बिना मेकअपमा देखिरहेको यो युवती शिल्पा शिन्दे नै हो, तर अब शिल्पाको साथीले यस झूठो रहेको बताएकी छिन् । स्वयं शिल्पाले भनिन्– जुन युवती मजस्तै देख्छिन्, ऊ कुनै हिन्दी पोर्न कलाकार हो, जो बिना मेकअप मजस्तै देखिने गर्छिन् ।  

कलाकारहरु दलहरुको लागि घरघरमा भोट माग्दै

काठमाडौं, कार्तिक २८ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर चुनावी गीत सार्वजनिक गर्ने क्रम ह्वात्तै बढेको छ । डिजिटल दुनियाँमा चुनाव लक्षित गीत–संगीतको बाढी नै आएको देख्न सकिन्छ । युट्यूब च्यानलमा नै यतिबेला चुनाव लक्षित गीत नै बढ्ता चल्तीमा देख्न सकिन्छ । लोकदोहोरी गीतमा प्रसिद्धी कमाएका कलाकार बद्री पंगेनीले वाम गठबन्धनको पक्षमा भोट माग्दै गीत तथा संगीत तयार पारेका छन्। विशेषगरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा नै उनले चुनावी गीत तयार पारेका छन् । विभिन्न जिल्लाका चुनावी अभियानमा व्यस्त रहेका पंगेनीले भने– ‘राष्ट्रिय आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दायित्व हामी कलाकारको पनि हो । सोही दायित्वलाई पूरा गर्ने लक्ष्यका साथ हामीले वाम गठबन्धनको पक्षमा गीत गाएका हौं ।’ युट्यूबमा पंगेनीले गाएको ‘एमाले अध्यक्ष ओलीलाई विजयी गराऊँ’ भन्ने गीत ३४ हजारले हेरेका छन् भने– ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विजयी गराऊँ’ भन्ने गीत ८८ हजारले हेरेका छन् । स्थानीय निर्वाचनका क्रममा पंगेनीले नै गाएको ‘मै पनि एमाले’ भन्ने गीत १६ लाखले हेरेका छन् । अर्का लोकदोहोरी गायक विष्णु खत्रीले पनि निर्वाचनलाई केन्द्रित गरेर गीत तयार पारेका छन् । खत्रीको एक गीतको बोल छ, ‘माओवादी केन्द्र, एमाले, मसाल देश हाँक्ने संयुक्त वामले हो, कमरेड प्रचण्ड देशका राजनेता, मिलीजुली जिताउने हामीले हो ।’ खानेपानी, सिँचाइ, सडक, स्वास्थ्य अनि शिक्षा, पर्यटन प्रवद्र्धन गर्ने वाम गठबन्धन जरुरी रहेको भन्दै खत्रीले गीतमार्फत, बेरोजगारले रोजगार पाउने सामाजिक सुरक्षा भत्ता बढाउने जस्ता राष्ट्रिय आवश्यकता पूरा गर्न वामपन्थीको सत्ता जरुरी रहेको बताएका छन् । खत्रीको उक्त गीत हालसम्म १७ हजारले युट्यूबमा हेरेका छन् । यस्तै, टीका पुन र नवीन खड्काले पनि चुनावलाई केन्द्रित गरेर ‘आयो वाम गठबन्धन’ नामक गीत प्रस्तुत गरेका छन् । मध्यपश्चिम क्षेत्रमा प्रचलित ‘सिंगारु टप्पा’ लोकलयमा तयार पारिएको उक्त गीत हालसम्म २३ हजारले हरेका छन् । उनै, गायक खड्का र पुनको वाम गठबन्धन नै मुलुकको अत्यावश्यक रहेको भन्दै अर्को गीत तयार पारेका छन् । यस्तै, माओवादीको सामना परिवारमा लामो समयदेखि काम गर्दै आएका झंकार बुढाले पनि चुनावी गीत ल्याएका छन् । सारङ्गी लयमा तयार भएको सो गीतमा ‘वाम गठबन्धनलाई किन विजयी गराउने’ भन्ने विषय समेटिएको छ । यस्तै, लोकगायक सुनिल परियार, सम्झना विसीले ‘मिलाउँ हातमा हात, देश बनाउने पार्टी हो एमाले’ भन्ने लोकलयको गीत तयार पारेका छन् । युट्यूबमा सो गीतले पनि राम्रो दर्शक पाएको छ । सार्वजनिक भएको ७ दिनमा सो गीतले ३६ हजार दर्शक पाएको छ । गायक तारानाथ आचार्य र तारा पौडेलले ‘देशले खोजेको वाम एकता, जनताले रोजेको वाम एकता’ नामक गीत सार्वजनिक गरेका छन् । सो गीतले हालसम्म ६६ हजार दर्शक पाएको छ । लोकगायक डिल्ली परियार र अमित परियारले पनि पूर्वमा लाली छाउँदैछ भन्ने चुनावी गीत तयार पारेका छन् । सार्वजनिक भएको तीन दिनमा सो गीत १२ हजारले हेरेका छन् । वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले ‘एमाले जनताको साथमा छ’ भन्ने गीतमार्फत संविधान कार्यान्वयन गर्न आग्रह गरेका छन् । सो गीतले हालसम्म एक लाख ६१ हजारले हेरेका छन् । लोक दोहोरी गायिका राधिका हमालले ‘काँग्रेस हो सुख र दुःखमा’ भन्ने गीत सार्वजनिक गर्नुभएको छ । स्थानीय तहको निर्वाचनकै क्रममा सार्वजनिक गरिएको सो गीतले राम्रो दर्शक पाएको छ । लोक दोहोरी गायक विमलराज क्षेत्री र स्मृति शाहीले पनि काँग्रेसका लागि चुनावी गीत गाउनुभएको छ । यस्तै, नेतापिच्छे पनि चुनावी प्रचारका गीत बनाउने गतिविधि बढेर गएको छ । जाजरकोटमा वाम गठबन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेतको नाममा चुनावी गीत बनाइएको छ । यस्तै, गोरखाबाट प्रदेशसभाका उम्मेदवार प्रकाशचन्द्र दुवाडीको नाममा पनि लोकदोहोरी गायक राजु ढकालले चुनावी गीत तयार पारेका छन् । नेपाल सांस्कृतिक संघ, रोल्पाले ‘चारतारे झण्डालाई’ भन्ने चुनावी गीत तयार पारेको छ । सो गीतले हालसम्म २० हजार दर्शक पाएको छ । त्यस्तै, लोक गायक भानुभक्त जोशीले ‘प्रधानमन्त्री शेरबहादुर देउवा विशेष’ भन्ने चुनावी गीत गाएका छन् । लोकगायक वैकुण्ठ महत र पूर्णकला विसीले पनि ‘आयो एमाले आयो’ भन्ने गीत सार्वजनिक गर्नुभएको छ । यस्तै, गायक तथा संगीतकार चेतन सापकोटाले पनि चुनावी गीत गाएका छन् । संगीतकारसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता मणि थापा गीत–संगीतको माध्यमबाट चुनावी अभियान चलाउने विषय सकारात्मक भएको बताउँछन् । उनले जनतालाई प्रत्यक्ष प्रभावमा पार्ने भनेकै गीत(संगीत भएकाले पछिल्लो दिनमा गीत(संगीतको मात्रा बढेको जानकारी दिए । युट्यूबको ट्रेन्ड हेर्दा लोकशैलीमा गाइएका चुनावी गीतले बढ्ता दर्शक पाएका छन् । लोकशैलीमा मात्रै होइन, लोक(आधुनिक शैलीमा पनि चुनावी गीत तयार पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भने वाम गठबन्धनलाई विजयी गराऊँ भन्ने गीत नै युट्यूबमा बढी देखिन्छन् ।

‘मिस टुरिजम २०१७’ को उपाधि हात पार्न सफल भईन् आरती

काठमाडौं, कार्तिक २५ । ‘मिस टुरिजम २०१७’ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । शुक्रबार भएको फाइनलमा नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेका अबको दश वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम २०१७ को उपाधि जितेकी हुन् । थापाले मिस पब्लिक च्वाईसको उपाधि पनि पाईन् । थापालाई मिस टुरिजम २०१६ ओरुसा थापाले ताज लगाईदिइन् भने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, अर्थ बाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा र प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नगद पचास हजारसहितका पुरस्कार हस्तान्तरण गरे । त्यसैगरी मिस पर्सनालिटी र मिस स्माईलसहित मिस टुरिजम फस्ट रनर अपको उपाधि काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन् । त्यस्तै मिस फिगर र मिस फोटोजेनिक सहित सेकेण्ड रनर अपरको उपाधी एन्जि लामाले जितिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः नगद तीस र बीस हजार प्राप्त गरेका छन् भने मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस ईन्टेलिजेन्ट सुजाता लामा, मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन् । कार्यक्रममा बोल्दै मिस टुरिजम २०१७ को आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गरिएको बताए । फाईनलमा निर्णायकको भूमिकामा नाट्टाका अध्यक्ष मधुसुदन आचार्य, भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडा, पूर्वमिस नेपाल सुगरिका केसी, नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र पर्यटनविद् लेखनाथ भण्डारी रहेका थिए ।