दाङबाट चुनाव लड्दै कोमल ओली

काठमाडौं, भदौ ३० । राप्रपाकी नेतृ समेत रहेकी चर्चित लोक गायिका कोमल ओलीले दाङबाट चुनाव लड्ने मनसाय बनाएको जनाएकी छन् ।

दाङको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मनसाय आफुले बनाएको सामाजिक सञ्जाल मार्फत उनले सार्वजनिक गरेकी छन् । आफ्नो मनसाय सार्वजनिक गर्दै आफ्ना शुभचिन्तकसँग सुझाब समेत मागेकी छन् ।

ओली रेडियो नेपालको जागिर छोडेर कमल थापाको नेतृत्व राप्राप नेपालमा राजनीतिमा सक्रिय छिन् ।

बेबी बम्प देखाउँदा सेलिनालाई बलात्कारको धम्की

अचेल बेबी बम्प देखाउने फेसन नै चलेको छ । त्यसमा पनि बलिउडका हिरोइनले आफू गर्भवती रहेको कुरा पोजपोजका फोटा सार्वजनिक गरेर देखाउने गरेका छन् । यो मामलामा पछिल्लो समय सेलिना जेट्ली चर्चामा छिन् । तर, त्यही चर्चा उनलाई अहिले घाँडो भएको छ । फेरि जुम्ल्याहा बच्चा जन्माउने तयारीमा रहेकी सेलिनाले केही समयअघि बिकनी पहिरिएर बेबी बम्प देखाएकी थिइन् । त्यसको केही समयपछि उनले बाथ टबमा नग्नतायुक्त आफ्नो फोटो पोस्ट गरिन् । त्यसमा उनको भुँडी राम्रैसँग देखिएको थियो । त्यो फोटोमा हजारौँले कमेन्ट गरे । कतिपयले राम्रै कमेन्ट गरे पनि धेरैजसोले भने खराब टिप्पणी गरेको सेलिनाले बताएकी छिन् । ‘मलाई कतिपयले बलात्कार गर्ने धम्की पनि दिएका छन्,’ सेलिनाले भनेकी छिन्, ‘त्यो फोटो मेरा पति पिटर हगले खिचेका हुन् । कतिले त्यो फोटोको प्रतिक्रियामा माया दर्शाएका छन् भने कतिपय महिलाले समेत मेरो विरोध गरेका छन् । त्यसमा मलाई दुःख लागेको छ ।’ उनलाई कतिपयले निकै अश्लील कमेन्ट पनि गरेका छन् । त्यसमा पनि उनले चित्त दुखाएकी छिन् । भारतीय मिडियाले भने सेलिनाले बारम्बार बेबी बम्प प्रदर्शन गर्नुलाई उति साह्रो राम्रो भने मानेको छैन । –नयाँ पत्रिकाबाट

सीमा क्षेत्रका नेपालीलाई चलचित्रमा उतार्ने

काठमाडौँ, भदौ २७ । नेपाली र हिन्दी भाषामा चलचित्र ‘दि कर्मा’ निर्माण गर्ने घोषणा गरिएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा देवकुमार श्रेष्ठले नेपाल–भारत सीमानामा नेपालीले भोग्नुपरेका सत्य घटनालाई समेटेर चलचित्र निर्माण गर्न लागेको जानकारी दिनुभयो । उक्त चलचित्रमा नेपाली अभिनेत्री र भारतीय अभिनेताको मुख्य भूमिका रहने छन् । चलचित्रको मुख्य भूमिकामा भारतीय कलाकार दीपक आनन्द र करणकुमार बर्माको टुंगो लागेपनि नायिकाको टुंगो केही दिनमै लाग्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा क्षीतिजा शाक्य, नसिमा आचार्य र अनुप सक्सेनाको पनि अभिनय रहने बताइएको छ । बलिउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय दीपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’लगायत टलिउड फिल्म तथा मराठी चलचित्रमा अभिनय गर्नुभएको छ । यस चलचित्रमा दीपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहने बताइएको छ । चलचित्र मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जयराज रायको कथा, सुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ । जयराज राय र निशा खतिवडाले निर्माण गर्ने चलचित्र ’‘द कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा हुनेछ । रासस

नेपाल आइडलमा बुद्ध लामालाई सर्वाधिक मत, निशान भट्टराई तेस्रो, बाहिरिए सागर

एपी वान टेलिभिजनबाट प्रशारित गायन रियालिटी सो ‘नेपाल आइडल’बाट सागर आले बाहिरिएका छन् । सयौं प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै टप ४ सम्म आइपुगेका आलेले दर्शकहरुको भोटिङको आधारमा भएको निर्णयपछि ‘नेपाल आइडल’को मञ्च छोड्नु पर्ने भएको हो । नेपाल आइडलका लागि प्रतिष्पर्धारत निशान भटराई, प्रताप दास, बुद्ध लामा र सागर आले थिए । यही शुक्रबारबाट सागर आले नेपाल आइडलको मञ्चबाट बाहिरिएका हुन् । आलेले यसअघिका प्रतियोगिहरुले झै आफूलाई यस स्थानसम्म ल्याइदिएको नेपाल आइडलको मञ्च, प्रिय दर्शक, गुरुहरु सबैलाई सम्झिए । सागर बाहिरिने निर्णयपछि सागर प्रेमी दर्शकहरुको आँखा रसाएका थिए । आगामी दिनका प्रतिष्पर्धीहरु निशान, प्रताप, बुद्ध पनि रोएका थिए । सागरले नेपाल आइडलको मञ्चमा अन्तिम दिन सुगम पोखरेलको ‘सम्हाल्लिन्छ कैले मन्…’ बोलको गीत गाएर विदा भए । नेपालमा सर्वाधिक हेरिएको र चर्चामा रहेको को बन्ला नेपाल आइडलका विषयमा चार प्रतिष्पर्धीमध्ये कसले कति पाए भन्नेबारे भोट दिने र प्रतिष्पर्धीमात्रै होइन सम्पूर्ण नेपालीको चासोको विषय बनेको छ । अन्तिम ४ प्रतिष्पर्धीबाट ३ मा जाने विषयमा नेपाल आइडलको सवैभन्दा विवादित र चर्चामा रह्यो । यसै विषयमा जिल्ला अदालत काठमाडौंमा रिट समेत पर्यो । गत हप्ता ३७ लाख २० हजार २ सय ८० मत नेपाल आइडलका प्रतिस्पर्धीवीच ४ जनालाई आयो । यसमा सवैभन्दा वुध्द लामाले प्राप्त गरे भने कम सागर आलेले । यही कारण आले आउट पनि भए । गत हप्ता ३७ लाख २० हजार २ सय ८० मत नेपाल आइडलका प्रतिस्पर्धीवीच ४ जनालाई आयो । यसमा सवैभन्दा वुध्द लामाले प्राप्त गरे भने कम सागर आलेले । यही कारण आले आउट पनि भए । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका हुन् । बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । जसमध्ये ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् । तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् । चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् । उसोतः यसअघिसम्म बजारमा निशान भट्टराई नेपाल आइडल बन्छन् भन्ने हल्ला चलेको थियो प्रस्तुती हेर्दा पनि अन्य प्रतिष्पर्धीको भन्दा निशानको नै उत्कृष्ट देखिन्थ्यो । तर हिजो सार्वजनिक भएको भोटिङ नतिजाबाट निशान तेस्रो स्थानमा पर्न पुगेका छन् । यसले गर्दा नेपाल आइडलको अन्तिममा आएर भोटिङ प्रणालीलाई मात्रै अपनाउनाले वास्तविक प्रतियोगिको क्षमतामाथि कुठाराघात हुन लागेकोसम्म टिकाटिप्पणी गरिरहेका छन् । फेसबुक सामाजिक सञ्जालहरुमा निशान नै नेपला आइडलको विजेता हुनुपर्ने दावी गर्दै आएकाहरु पनि चकित बनेका छन् । बुद्ध लामाको जीतबाट भन्दा पनि निशानको हारबाट नेपाली दर्शकहरु चिन्तित देखिएका छन् । अब प्रतिस्पर्धी बुद्ध, प्रता र निशान भट्टराई मध्ये एकजना नेपाल आइडल हुनेछन् । जसका लागि यो हप्तादेखी अर्को हप्तासम्म मत दिन पाइने छ । लगभग १५ घण्टा मत दिने अवधीलाई बढाएर हप्ताभर मत दिनको लागि आव्हान हुनेछ । असोज ६ गते कतारको दोहाबाट नेपाल आइडल सहित पहिलो रनर अप र दोस्रो रनर अप घोषणा गरिने छ ।

यी हुन् अभिनेत्री बेनिशा हमाललाई प्रभाव पार्ने पाँच पुरुष

मानिसको जीवन अनेक नाता अनि सम्बन्धमा जेलिएको हुन्छ । कतिपय व्यक्तिले मानिसको करिअरमा विशेष अर्थ राख्छ । कोही रगतको नातासँग जोडिएका हुन्छन् त कोही भावनासँग । अभिनेत्री बेनिशा हमाललाई जीवनमा आफ्नाबाट पाउने माया, साथ र प्रेरणामा कमी भएको छैन । पारिवारिक साथ सहयोगले उनलाई सधैं मार्गदर्शन गरिरह्यो । कार्यक्षेत्र अर्थात् करिअरका लागि केही पुरुषले उनको जीवनमा प्रभाव पारेका छन् । विशेष भूमिका खेलेका छन् जसको प्रेरणाबाट उनले जीवनमा धेरै सिक्ने मौका पाइन् । उनको जीवनमा प्रभाव पार्ने पाँच पुरुष को को हुन् त ? १. रविन श्रेष्ठ रविन मेरो बेस्ट फ्रेन्ड हो । एउटा राम्रो निर्देशक र सम्पादक अनि विश्वासिलो पात्र पनि । जीवनमा एकदमै कम भेटिने रविन त्यस्तो व्यक्ति हो जसलाई म आँखा चिम्लेर विश्वास गर्न सक्छु । मलाई सीधा कुरा गर्ने मान्छे मन पर्छ । रविन ‘स्ट्रेट फरवार्ड’ छ । लुकाएर कुरा गर्ने बानी छैन । मन परे नपरेको कुरा सीधै भन्छ । ऊसँग मित्रता गाँसिएको सात वर्ष भइसक्यो । यति वर्ष भइसक्दा पनि ऊसँगको मित्रतामा सुरुको दिनको जत्तिकै ‘चार्म’ छ । २. मिलन चाम्स चलचित्र उद्योगमा उहाँ मेरो अभिभावकजस्तो लाग्छ । चलचित्र क्षेत्रमा उहाँ जत्तिको व्यावसायिक मान्छे देखेको छैन । उहाँको सबभन्दा राम्रो पक्ष व्यावसायिकता हो । प्राविधिकदेखि कलाकार सबै टिमसँग असाध्यै राम्रो व्यवहार गर्नुहुन्छ । सबैलाई सम्मान दिने बानी छ । भविष्यमा चलचित्र निर्माता भएँ भने उहाँको यो बानी ‘फलो’ गर्छु । काममा उहाँको मेहनत र लगाव देखेर छक्क पर्छु । सल्लाह सुझाव दिइरहनुहुन्छ । समयलाई महत्व दिने बानी राम्रो लाग्छ । बोलाएको ठाउँमा कत्ति पनि तलमाथि नगरी सही समयमा पुग्नुहुन्छ । ३. मीनबहादुर भाम आफ्नो चरित्रमा कसरी काम गर्ने भनेर उहाँबाट सिकेकी छु । काम गर्न खोज्दा जोसुकैलाई पनि ‘प्रेसर’ महसुस हुन्छ । उहाँले हरेक कामलाई शान्त भएर सम्हाल्न सिकाउनुहुन्छ । हरेक चीजलाई साधारण रूपले हेर्नुहुन्छ । ‘जीवनलाई सरल रूपले जिउनुपर्छ’ भनेर सिकाउनुभएको छ । म जस्तो थिएँ, अझै राम्रो बनाउन उहाँको महत्वपूर्ण भूमिका छ । मेरो करिअर र व्यक्तिगत जीवनमा उहाँको प्रभाव छ । ४. आदित्य ठाकुर उहाँलाई सानो उमेरमा भेटेकी हुँ । चितवनबाट भर्खर काठमाडौं आउँदा यहाँको वातावरणमा घुलमिल हुन गाह्रो भएको थियो । उहाँले नै यो वातावरणसँग परिचित हुन सिकाउनुभयो । मलाई आममान्छे, मिडिया आदिलाई कसरी सम्हाल्ने भन्ने थाहा थिएन । सानो विषयमा विवादित समाचार आउँदा त्यसलाई ‘ह्यान्डल’ गर्न जान्दिनथेँ । त्यति बेला मेरो लागि ‘इमोसनल सपोर्ट सिस्टम’ उहाँ हुनुहुन्थ्यो । ५. सुरजसिंह ठकुरी पहिला सञ्चारकर्मी भएकाले होला, त्यति बेलैदेखि उहाँको काम मन पथ्र्यो । म पनि त्यस्तै प्रकारको कार्यक्रम चलाउँथेँ । धेरैपटक भेटेकी छु । हरेक भेट प्रेरणादायी लाग्यो । उहाँको काम गर्ने तरिका, कार्यक्रम चलाउने शैली र व्यक्तित्वबाट प्रभावित छु । -अन्नपुर्णपाेष्टबाट

२७ वर्षीया हलिउड नायिका जेनिफरको अधिक मन पराइएको गाउन

२७ वर्षीया हलिउड नायिका जेनिफर लरेन्सले आउँदै गरेको फिल्म ‘मदर’को यूके प्रिमियरमा लगाएको गाउन रेड कार्पेटमा अधिक मन पराइएको छ । थ्रिलर फिल्म मदरको यूके प्रिमियरमा उनी सिल्भर कलरको गाउन लगाएर उत्रिएकी थिइन् । लन्डनमा भएको त्यो सन्ध्यामा जेनिफर निकै चम्किली थिइन् । प्रिमियरका क्रममा प्रशंसकसँग निकै खुलेर प्रस्तुत भएकी जेनिफरले ‘मदर’को रिलिजका लागि उत्साहित भएको पनि बताइन् । हलिउडमा महँगो पारि श्रमिक लिने नायिकाका रूपमा चिनिएकी उनी नयाँ पुस्ताको सफल नायिकाका रूपमा चिनिन्छिन् । ओस्कार अवार्ड हात पार्न सफल भइसकेकी उनी १४ वर्षअघि हलिउडमा प्रवेश गरेकी हुन् । घुमघामको सिलसिलामा न्युयोर्कमा निस्किँदा एक फोटोग्राफरले उनलाई भेटेपछि मनोरञ्जन क्षेत्रमा काम गर्ने अफर मिलेको थियो । २४ वर्षसम्म पुग्दा उनी हलिउडमा सर्वाधिक रुचाइएकी सेलिब्रेटी बनिसकेकी थिइन् । अमेरिकाको सयजना ‘मोस्ट डिजायर्ड वुमन’को लिस्टमा उनको नाम परिसकेको छ । अमेरिकी मिडियाले उनलाई निकै बुद्धिमान्, चलाख र मजाक गर्ने सेलिब्रेटीका रूपमा प्रस्तुत गर्दै आएको छ ।- एजेन्सीको सहयोगमा

‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल चलचित्र ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । ज्यातिसीको समयअनुसार बुधवार साँझ चलचित्र ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक–दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । ट्रेलर हेर्न

नेपाल आइडलकाे भाेट गणना नर्गन अदालतकाे आदेश

काठमाडौं । नेपाल आइडल छनोटविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले प्रतिस्पर्धीका भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश दिवाकर भट्टको इजलासले रिटमाथि बुधवार सुनुवाई गर्दै दुबै पक्षलाई छलफलका लागि शुक्रबार (२३ गते) बोलाएको छ । आगामी शुक्रबारसम्म भोट गणना नगर्न अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो । यज्ञमणि न्यौपानेलगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएको थिएन ।

आदित्य पंचोली भन्छन्, ‘कंगना पागल केटी हो’

भदौ २१ । अभिनेता आदित्य पंचोलीले बलिउड नायिका कंगना रणावतलाई पागल केटीको संज्ञा दिएका छन् । हालै कंगनाले ‘आप की अदालत’ शोमा दिएको बोल्ड उत्तरका कारण अभिनेता आदित्यले उनलाई पागलको संज्ञा दिएको मिडिया रिपोर्ट्सले जनाएको छ । फिल्म ‘सिमरन’ को प्रमोशनका क्रममा लागेकी कंगनाले आफ्नो जीवनसँग जोडिएका कयौँ किस्सामाथिको विचार राख्ने क्रममा ऋतिक रोशन, करण जौहर, आदित्य पंचोली र अध्ययन सुमनको बारेमा बोलेकी थिइन् । जुन कुराले अहिले मिडियामा धमाका मच्चाइरहेको छ । कंगनाको अन्तर्वार्तालाई केहीले समर्थन गरेका छन् भने केहिले आलोचना पनि गरेका छन् । यसै क्रममा आदित्यले एक अन्तर्वार्तामार्फत आफूमाथि लगाइएको कंगनाको आरोप गलत भएको भन्दै कंगनालाई पागलको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘तपाईहरुले उसको अन्तर्वार्ता हेर्नुभयो ? तपाईहरुलाई लाग्दैन कोही पागल मान्छे कुरा गरिरहेको छ । हामी फिल्म इन्डस्ट्रीमा लामो समयदेखि काम गरिरहेका छौ तर कसैले पनि यस्तो कुरा गरेनन् । म के भनुँ, कंगना पागल केटी हो । यदी तपाई हिलोमा ढुंगा फ्याक्नुहुन्छ भने हिलो आफैँ तिर आउँछ ।’ कंगनाले सार्वजनिक रुपमकै झुटो बोलेका कारण आफ्नो परिवार निकै दुःखी भएको भन्दै अब आफू र आफ्नो श्रीमती मिलेर कंगनाको विरुद्ध कानुनी प्रक्रियामा जाने बताएका छन् ।

खुमन अधिकारीको ‘निधारैमा रातो टिका’ दसैं गीत सार्वजनि (भिडियो)

काठमाडौं, भदौ १९ । यस वर्षको दशैं नजिकिदैं गर्दा लोक गायक खुमन अधिकारीले दशैं गीत बजारमा ल्याएका छन् । खुमन अधिकारी र कोपिला छिनालको स्वरमा ‘निधारैमा रातो टिका’ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । गीतकार विष्णु न्यौपानेको शब्द रहेको उक्त दशैं गीतमा संगीत अधिकारीकै रहेको छ । म्यूजिक भिडियोको निर्देशन गायत्री थापा र सुमन थापाले गरेका छन् भने गीतमा मेहन्द्र गौतम र ऋचा थापाले मोड्लिङ गरेका छन ।

चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब

नारायण ढुंगाना चितवन, भदौ १९ । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ । देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब करिब भरिएका छन् । आइतबार पनि दर्शकको राम्रो साथ पाएको चितवनको इन्द्रदेव चलचित्र हल नारायणगढका सञ्चालक मुक्ति पियाले बताए । ‘म यस्तो गीत गाउँछु,’, ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने जगतमा भित्रिएको ‘ए मेरो हजुर २’ ले शुरुवाती प्रदर्शन राम्रै वाहवाह पाएको छ । “आक्रामक व्यापार भइरहेको छ, राजधानी काठमाडौँ बाहिरको वितरणको जिम्मा लिएका केदार पराजुलीका अनुसार दुई दिनमा करिब करिब रु दुई करोड व्यापार भएको छ । युवा रोमान्सलाई कथामा उनेर १० वर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की तत्कालीन नायिका झरना थापाको डेब्यू निर्देशन रहेको उक्त चलचित्रले सार्थक बालप्रेमलाई मुख्य विषय बनाएको छ । सच्चा प्रेम जुनसुकै अवरोधले पनि रोक्न सक्दैन भन्ने कुरा गौरवसँगै बिहे हुनै लाग्दा पनि मायाँ र प्रेमको मिलनले उजिल्याएको छ । विभिन्न सामाजिक विसंगतिलाई समेत नंग्याउने प्रयासले चलचित्र जीवन्त बन्न पुगेको छ । कथाले समलिङ्गीप्रतिको सामाजिक नकारात्मक दृष्टिकोणलाई तिखो प्रहार गरिएको छ । देशको वेशभूषा र संस्कृतिको संवद्र्धनमा एक कदम अगाडि छ । चलचित्रमा आएका सबै गीत उत्कृष्ट बनेका चलचित्र पत्रकार रवि अधिकारी बताउँछन् । यसमा मुख्य भूमिका प्रेम र मायाको छ । फिल्मलाई कमेडी बनाउन ‘जे’ले साथ दिएका छन् । प्रेम र माया सहपाठी हुन् । एक अर्कालाई असाध्यै माया गर्छन् । स्कुल बसमा आउँदा जाँदा उनीहरुको लुकामारी नै हुन्छ । पोखरामा ५ कक्षा पढ्दा गितार लिएर प्रेमले चलचित्र ‘ए मेरो हजुर’को चर्चित गीत फूलको थुंगा हौ कि, बगेको गंगा हौ… गाउँछ । माया प्रभावित हुन्छे । प्रेमका बुबाको काठमाडौँ सरुवासँगै फक्रन लागेको प्रेमको कोपिलामा तुसारो पर्छ । प्रेमले भेट्न आउने कसम खाँदा माया मायाको बालप्रेम झल्कन्छ । ‘मलाई चिनेनौँ भने नि ?’ कतिपय कुराहरु मनैले थाहा पाउँछ चिनिराख्नै पर्दैन, प्रेम भन्छ । प्रमिस ! प्रेमले उत्तर दिन्छ, “आफू त सानो मान्छे ठूलो स्वर प्रमिस कुरा गरिन्छ फुल डोज ।” प्रेमले आफ्नो बालापनका साथीहरुसँग बेलिविस्तार गर्छ । ‘जे’को योजनामा स्केच बोकेर माया खोज्न उनीहरु पोखरा पुग्छन् । बाटोमा लिफ्ट पाएका गौरवका कारण मायासँग सहज भेट हुन्छ । उनीहरु बालापन सम्झाउने कोशिस गर्छन् । ग्यारेजमा थन्किसकेको त्यो स्कुल बस ल्याएर स्मरण गराउने प्रयास हुन्छ । यस्तै यस्तैमा मध्यान्तर बित्छ । उनीहरुले बाटोमा लिफ्ट दिने व्यक्ति गौवरसँगै आर्य बनेकी मायाको बिहे हुने पक्का भएको कुरा पोखरा पुगेपछि मात्रै थाहा पाउँछ प्रेमले । तैपनि हरेस खाँदैन । मर्निङ वाकको समयको सदुपयोग निरर्थक हुन्छ । आर यु फलोइङ मी ? नो । धेरैदिनदेखि वाच गरिरहेकी छु, मलाई कसैले फलो गरेको मन पर्दैन । प्रेम जवाफ दिन्छन्, “तर मलाई मन पर्छ, अझै तिमी जस्तो गर्जियस लेडिज अगाडि आउँछ्यौ । आफू त सानो मान्छे ठूलो स्वर लभ गरिन्छ फुल डोज ।” अझै मायालाई याद दिलाउने प्रयास हुन्छ । म प्रेम । तिम्रो चाइल्डहुड फ्रेण्ड, ह्वाट ? तिमीजस्तो कति प्रेमसँग भेट भयो । माया, नाम पनि याद छैन तिमीलाई ? याद आएर नि के फरक पर्छ । मैले कति स्कुल चेन्ज गरेँ र स्कुलसँगसँगै ब्वाइफ्रेड पनि । सिक्समा एउटा, यटमा एउटा, टेनमा एउटा । तिमी जस्तो प्रेम त कति भेट भयो भयो । इट्स् द लभ स्टोरी । मायालाई फकाउन टे«किङको बहानामा मनाङ जान्छन् । तिलिचो ताल घुम्छन् । प्रेमले मायालाई थुप्रै प्रयास गरेर फकाउँछ । त्यहाँबाट फर्किदा उल्टै उनीहरुबीच नै झगडा हुन्छ । यता घरमा गौरवसँगको बिहेको चाँचोपाँजो गरिएको हुन्छ । प्रेम बिहेको अघिल्लो राति नै काठमाडौँ फर्किन्छ । ‘जे’ले प्रेमको असली प्रेम मायालाई बताउँछ । उनी भावुक हुन्छिन् । साहित्यकार झमक घिमिरेको चर्चित पुस्तक ‘जीवन काँडाकी फूल’ लिएर बुबाले भनेको कुरा सम्झन्छे, “काँडामा पनि हिँड्न सक्नुपर्छ, मनले जे बोल्छ त्यो सही हुन्छ ।” अनि निर्णय बदलेर मायाले दादासँगै आफूले गौरवसँग बिहे नगर्ने निर्णय सुनाउँछे । बिहेघरमा सन्नाटा छाउँछ । “धनसम्पत्ति मानप्रतिष्ठा सब कमाउन सक्छु म पनि । सम्पत्ति र हाई क्लासको लोग्ने बिहे गराइदिएर आफ्नो बहिनीलाई किन कमजोर देखाउन खोज्नुहुन्छ ? हजुरको बहिनी संसार जित्न सक्छे दा ।” सब कुरा सुनिरहेको हुनेवाला श्रीमान् गौरवले सहज लिँदै भन्छन्, “हरेक मान्छेको एउटा कथा हुन्छ र त्यसमा एउटा हिरो । यो कथा तिम्रो थियो । जसमा म जबरजस्ती हिरो हुन पुगेछु । सायद मलाई अरु कुनै कथा होला, जसले मलाई वेट गरिरहेको छ ।” पुरानो स्कुलको थोत्रो बसमा प्रेमलाई खोज्दै काठमाडौँ पुग्छन् । बालापन झैँ बसमा बसेर मायाले आफ्नो माया माइकबाट पोख्छिन् । त्यो सुनेर प्रेम फर्किन्छ । अनि उनीहरुको डाइलग उल्टिन्छ । प्रेम, “मलाई कसैले फलो गरेको मन पर्दैन”, मायाको प्रतिउत्तर आउँछ, “तर मलाई मन पर्छ, आफू त सानो मान्छे ठूलो स्वर लभ गरिन्छ फुल डोज ।” बेलाबेलामा ‘ए मेरो हजुर’को टाइटल गीतले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झाइरहन्छ । श्रीधर्मेन्द्र उनको फ्यान भएकाले स्कुल बसभरि पोस्टर टाँसेर १० वर्षअघिको फिल्मलाई जीवन्त बनाउन खोजिएको छ । तर माया र प्रेमको परिवारका बारेमा चलचित्र मौन छ । नायकमाथि हाबी बनेका ‘जे’ अर्थात् सलोन बस्नेत कमेडी कलाकारमा देखिएका छन् । डेब्यू गरेका नायक सलिनमान बनिया (प्रेम)को अभिनयमा अझै उत्कृष्ट हुने ठाउँ छाडेका छन् । तर साम्राज्ञी राज्यलक्ष्मी शाहको यो दोस्रो फिल्म भए पनि उनको अभिनय दर्शकले मन पराएका छन् । चलचित्रमा दर्शकले सोचेजस्तो प्रेममा उतारचढाव छैन । सानो द्वन्द्वको दृश्य छ । मोड बिनाको प्रेम सच्चा छ । दर्शकमा कौतुहलता ल्याउने कथा छैन । शुक्रबारको पहिलो सो हेर्नुभएकी समीक्षा आलेले फिल्म राम्रो बनेको बताइन । सच्चा प्रेमको प्रतीकका रुपमा ‘ए मेरो हजुर २’लाई लिन सकिन्छ । बालापनको प्रेम बीचमा हराए पनि अन्ततः मिलन हुनपुग्छ । चलचित्र पोखराको फेवातालमा घुमेको छ । मनाङका दृश्यले दर्शकलाई मोहित पार्छ भने अग्लो स्थानमा रहेको तिलिचो ताल र हिमशृङ्खलाले ल्योभ्याउँछ । हरेक गीतले मन छुन्छ । ‘उकालीमा जाँदा जाँदै दाहिने प¥यो बर… माया कता प¥यो घर…’ ‘मायाँ दिन्छु मुटु दिन्छु…’ । लोक भाकामा गाएको ‘मलाई दुई चुल्ठी बाटेर फूल लाउन मन पर्छ टिपिदेउन साहिला दाइ…’ गीत मर्मस्पर्शी छन् । सुहाना इन्टरटेनमेन्टले तयार पारेको चलचित्र सुनिल थापाले बनाएका हुन् । हरिहर अधिकारीको कथामा अन्य कलाकार अम्बर सुवेदी, अनुराग कुँवर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राईको अभिनय छ । सामिप्यराज तिमिल्सिनाको पटकथा छ । प्रेम र मायाँको भूमिकामा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । जे को भूमिकामा नायक सलोन बस्नेत छन् । चलचित्र पत्रकार रवि अधिकारी फिल्म गीत–संगीतको लोकेसनसँगै बालप्रेम भुल्न नसक्ने देखाएको बताउँछन् । यस्तो थियो पहिलेको ‘ए मेरो हजुर’ आखिर दुवै चलचित्र प्रेम कथामै आधारित छ । तर पहिलेको तुलनामा २ को कथावस्तु फितलो छ । पहिलेको चलचित्रमा माया पाउन विभिन्न ठक्कर आएका छन् । शिव रेग्मीको निर्देशक सशक्त छ । सच्चा प्रेम पाएरै छाड्छ भन्ने उदाहरण दुइटैमा छ । सम्भ्रान्त परिवारभन्दा मध्यम परिवारको फरक देखाइएको छ । सम्पत्तिका लागि आफ्नै नातेदारले जे पनि गर्न सक्छन् भन्ने पाठ यसमा छ । अनेक मोड र घुम्तीले प्रेममा दर्शकलाई कौतुहलता जगाइरहन्छ । हरेक कलाकारको अभिनयमा खोट छैन । ‘ए मेरो हजुर’मा ईश्वर बनेका दिवंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्रद्धा बनेको नायिका झरना थापाको मुख्य अभिनय छ । पहिले ईश्वरले मन पराउँदा श्रद्धाले विपिनलाई मन पराएकी हुन्छिन् । तर विपिनको माया फोस्रो धन सम्पत्ति हत्याउनका लागि हुन्छ । उनका आफन्तहरुले सम्पत्ति हत्याउनका लागि श्रद्धालाई मार्न लखेट्दा गाडीमा ठोक्किएर श्रद्धाको दृष्टि गुम्छ । पहिले गाउँबाट निकालिएका ईश्वरले उनलाई बचाएर लान्छ । पालन पोषण गर्छ । चोरेको पैसाले उनको आँखाको शल्यक्रिया गरेर जब दृष्टि फर्काउँछ । अनि श्रद्धाले फेरि पुरानो ईश्वरलाई देखेर घृणा गर्छिन् । विदेश गएका विपिन फर्केर श्रद्धा भेट्छ । मायाको जालमा फसाएर विपिनले श्रद्धालाई मार्न षड्यन्त्र बुन्छ । ईश्वरले बचाउने क्रममा फाइट हुन्छ । त्यही बेला ईश्वरको पर्स खस्छ र श्रद्धाले पहिले दृष्टि गुम्दा खिचेको संयुक्त फोटोबाट माया फर्किन्छ । अनि उनीहरुको पुनः मेल हुन्छ र चलचित्र समाप्त हुन्छ ।

नमूना कलेजको ग्राजुएसन फेसन शो

भदौ १८ । अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टारफिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुद्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैलीहरु । सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले करिब एक घण्टाको समय उपस्थित फेसन पारखी दर्शकहरुलाई समुद्री परिवेशमा विचरण गराएको अनुभूति भयो । गत शनिबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संचालन भएको नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत १२औं ब्याचका ५७ जना विधार्थीहरुको अन्तिम परिक्षाको महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत सो फेसन शोको मुख्य आकर्षण थिए उल्लेखीत पहिरनशैलीहरु । ‘रिकोरेन्जा डिला मोडा’ शीर्षक अन्तर्गत विद्यार्थी स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य पाँच वटा सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए । फेसन शोको प्रारम्भमा लोलिटा फेसनबाट प्रभावित पहिरनले र्याम्पमा अवतरण गरेको थियो । त्यसपछि इन्डो वेस्टर्नको फ्युजन स्वरुपहरुले प्रवेश पायो । जसमा साडीका साथमा फिटेड ज्याकेट, स्लीम फिट ज्याकेट, केप लगायतको सुन्दर कम्बीनेसन देख्न पाइयो । त्यसपछि स्ट्रीट वेयरले आफ्नो प्रभाव देखायो । जसमा क्याजुयल र आरामदायिक मूडलाई प्राथमिकता थियो भने पहिरनहरु मुख्य गरी हेम्प फ्याब्रिकबाट बनेका थिए । नमूना कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरप्रति समर्पित पहिरनशैलीले कार्यक्रमको मध्य समयमा प्रवेश पायो । ज्ञानी शोभा तुलाधरले आफ्नो समयमा तयार पारेका विविध पहिरन शैलीबाट प्रभावित पहिरनहरुको नमूनालाई यो चरणमा देख्न पाइयो । ब्युटी क्वीन शीर्षक अन्तर्गत प्रस्तुत यी पहिरनहरु मूलतः ढाकाको प्रयोगमा साटन, रअ सिल्क जस्ता फ्याब्रिकमा खेलिएका थिए । जसमा फ्लोर लेन्थ गाउन, प्रिन्सेस लाइन, केप, अफ शोल्डर डिजाइन आदि प्रमुख थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको सो फेसन शोमा पाँच जना युवा मोडल सहित तीन दर्जन भन्दा बढी मोडलहरुले र्याम्पमा ओहोर दोहोर गरेका थिए । कार्यक्रमको पाँचौं सिक्वेन्स कर्पोरेट जगतप्रति समर्पित थियो । जसअन्तर्गत मूलतः फिटेड स्कर्ट, पेन्सिल स्कर्ट, शर्ट, टप्स आदि प्रस्तुत गरिएको थियो जुन कर्पोरेट जगतका महिला प्रोफेसनलहरु प्रति केन्दि«त थिए ।

नेपाल आइडलमा मनलाग्दी निर्णय, अर्काे हप्ता पनि चारै जना स्टेजमा देखिने

पुष्पा महरा एपी वान टेलिभिजनबाट प्रसारण भैरहेको नेपालको एकमात्र रियालिटी शो ‘नेपाल आइडल’ अहिले आलोचनाको भागी बन्न पुगेको छ । सयौ प्रतिष्पर्धीहरुलाई पाखा लगाउँदै अहिले चार जनाले प्रतिष्पर्धा गरिएको उक्त कार्यक्रममा हिजो शुक्रबारको एपिसोड इलिमिनेसनको राउण्डबाट एक जनाले ‘नेपाल आइडल’को शोबाट विदाई हुने थिए । कार्यक्रमको नियम अनुसार बिहिबार भएको गला राउण्डको प्रस्तुति पछी दर्शकले पठाएको भोटको आधारमा एक जना प्रतिस्पर्धी बाहिरिनु पर्ने हो । सबैको कौतुहलताको विषय बनेको को बाहिरिन्छ अनि कसले ‘नेपाल आइडल’को बाजी मान्र्छ भन्ने । हजार्राै दर्शक श्रोताहरु त्यसैको प्रतिक्षामा बसीरहेका छन् । तर, निर्णायकहरुले आफ्नो पावर प्रयोग गर्ने नाममा कार्यक्रमको नियम बिपरित चारै जनालाई यस हप्ता सुरक्षित पारे । ‘नेपाल आइडल’ मा प्रतिष्पर्धा गरिरहेका चार जना प्रतियोगीहरु निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासको प्रतिष्पर्धा अझै एक हप्ता लम्ब्याइदिए । उनीहरुको गायकी क्षमता हेर्न पाउनु सौभाग्यको कुरा पनि हो । उनीहरु सबै जनाको प्रतिष्पर्धा गायकी क्षमता राम्रो छ । देश विदेशमा रहेका नेपाली दर्शकहरुले उनीहरुलाई स्टेकमा हेर्न चाहन्छन् । तर निर्णायक मण्डल जो अहिले पर्दामा देखिएका छन्, न्यू बज्राचार्य, इन्दिरा जोशी, कालिप्रसाद बास्कोटालगायतको यो आफूखुसी बच्चा खेले जसरी गरिएको निर्णय भने असोभनिय छ । निर्णायकको निर्णय उचित नभएको भन्दै अहिले सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आयोजकले पैसाको खेती गर्नका लागि कसैलाई आउट नगरेको भन्दै कार्यक्रमको बिस्वस्नियतामाथि नै प्रश्न गर्न थालेका छन् । अन्तिम समयमा कार्यक्रमको नियम बिपरित निर्णय गरेर आफुले पठाएको भोटको अपमान गरिएकोप्रति आक्रोशित बनेका छन् । । सामाजिक संजाल फेसबुकमा भवानी पन्त लेख्छन् ‘मेरो निन्द्राको मुल्य चाहियो, अर्कालाई यसरि झुक्याउन हुन्छ ? झुक्याउनुको पनि सिमा हुन्छ नि ।’ फेसबुकमै दिपेश शाही लेख्छन्, ‘घाटामा चलेको ‘टेलिभिजन शो’ तपाइँको खल्तिमा चिलाएको पैशा कुम्ल्याउनका लागि १ हप्ता थपिएको छ। सम्पति धेरै भए भोट हालि रहनु होला । गए पैशा जान्छ। साहुले कमाउँछ।’ फेसबुकमै इमान्दार कमल लेख्छन्, ‘एकै दिनमा एसएमएसबाट करोडौं कमाउने खेलो अहिले नै बन्द गरेपछि यत्रो दिमाख लगाएर थालनी गरेको बिजनेस प्लानिङको के अर्थ ? आयोजकसंग यत्ती पनि बुद्धि हुन्न त ? साथीहरू पनी फेसबुकमा किन बिरोध गर्या होलान खान दिउ न जनाताको पैसा सकेसम्म खाउन ! शैलेस लोप्चनले फेसबुकमार्फत यसरी आक्रोस पोख्छन्, ‘एपी वान टेलिभिजनले दर्शकको गोजिमा हात हाल्न खोज्यो ।’ लाखौ दर्शकको मनमा बस्न सफल यस एपी च्यानलबाट प्रशारित हुने नेपालको एक मात्र रियालीटि सो भनिएको ‘नेपाल आइडल’ मा निर्णायक टिमको मनलाग्दी निर्णयका कारण अहिले आलोचनाको भागी बनाएको छ । कार्यक्रममा पैसाको खेलवाड भएकोसम्मको आरोप आइरहँदा आयोजकले भने यसबारे मुख खोलेको छैन । चौतर्फी आलोचनाहरु भइरहँदा निर्णायक मण्डल सुनेनसुनेझै गरी बसेको छ । सयौ प्रतिष्पर्धीहरुलाई पछार्दै अगाडि आई ४ जनामा आई पुग्दा भने निर्णायकको यस्तो लापर्वाही हुनु गलत हो । उसोतः यसअघि पनि ‘नेपाल आइडल’ सानातिना कमजोरीहरु भने नभएका होइनन् । प्रतियोगिको परिवारसँग मिलाउने बलिउड तरिका अपनाउँदा ‘नेपाल आइडल’ को धज्जी उडेको थियो, प्रमुख अतिथि आएर स्टेजमा गीत गाउँदा जर्ज बनेकी इन्दिरा जोशीको रुवाबासी भएको थियो जुन हावा सावित भएको थियो । यी यावत यस्ता सानातिना गल्तीहरु भइरहँदा अहिले आएर जर्जहरुले यस्तो गल्ती गर्नु गलत थियो । यसले हजारौ गीत संगीतप्रेमी दर्शकहरुको मनमा ठेस पुगेको कुरा ‘नेपाल आइडल’ का जर्ज मानिएकाहरुले महशुस गर्न जरुरी छ ।

‘द कपिल शर्मा शो’ बन्द हुने

काठमाडौं, भदौ १७ । सोनी च्यानलले अन्तत आफ्नो चर्चित कमेडि कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निणर्य गर्दै उक्त समयमा अर्का कमेडियन कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताएको छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले अचानक चर्चित कमेडि कार्यक्रम बन्द गर्नुको कारण कपिल शर्माको स्वास्थ्यस्थिति उल्लेख गरेको छ । तर, भारतीय सन्चारमाध्यमहरुका अनुसार शो बन्द हुनुको कारण कपिल शर्माले सहकर्मी सुनिल गोब्ररसँग झगडा गर्नु र पछिल्लो समय भारतीय नायक अजय देबगन लगायतको टोलिले ‘शो’को छायाँकन बहिस्कार गर्नु रहेको उल्लेख गरेका छन् । यि दुबै घटनाले ‘द कपिल शर्मा शो’ले आफ्नो टीआरपीमा गुमाएपछि त्यसको सट्टामा सोनी च्यानलले कपिल शर्माकै प्रतिस्पर्धी कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताइएको छ । ‘द कपिल शर्मा शो’ का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेपछि अन्य कलाकारले शो छोडेका थिए । उक्त घटनापछि एक्लै भएका कपिलले शोलाई अगाडी बढाउन निकै कोशिस गरेपनि दर्शकले मन पराउन छोडेको थिए । विस्तारै शो को लोकप्रियता घट्दै गैरहेको पछिल्लो समयमा नायक अजय देबगन आफ्नो टोलिसहित आफनो फिल्म बादशाहोको प्रमोशनका लागि शोमा भाग लिन गएका थिए । तर, कपिलकै कारण उनीहरुले शो बहिस्कार गरेपछि फेरि कपिल विवादमा परेका थिए । यसको असर दर्शकमा परेपछि शोको लोकप्रियतता एक्कासी घटेको र सोनि च्यानल आफ्नो लोकप्रिय कमेडि कार्यक्रम बन्द गर्न बाध्य भएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अभिनेता खनाल अस्पताल भर्ना

भदौ १६ । अभिनेता सरोज खनाल खनाल अस्पतालमा भर्ना भएका छन् । मिर्गौलामा पत्थरी भएर स्वास्थ्य बनेपछि खनाल बल्खुस्थित वयोधा अस्पतालमा बुधबार अस्पताल भर्ना भएका हुन् । उनको सोही दिन नै मृगौलाको पत्थ्रीको अपरेसन गरिएको छ । अस्पतालका वरिष्ठ युरो सर्जन डा सञ्जय खड्गी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । खनालको स्वास्थ्यवस्था सामान्य भएपनि उनी अझै दुई दिन अस्पतालमै आराम गरी बस्ने स्रोतले बताएको छ ।

न्यूर्योकमा नेपाली चलचित्रको ब्यवसायीक प्रर्दशन हुने

बाल कृष्ण भट्ट न्यूयोक । अमेरिकामा छरीएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषिहरुलाई लक्षित गरी नेपाली फिल्मको न्यूर्योकमा ब्यवसायीक प्रदर्शन हुने भएको छ । हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका फिल्महरुको शनिबार र आईतवार प्रर्दशन गरिने आयोजक तथा संञ्चालक पवन योन्जनले जानकारी गराएका छन् । हप्तामा चारवटा शो रहने बताईएको उक्तप्रदर्शनमा ६५० जना दर्शक क्षमता रहेको हलमा गरिने छ । ब्यवसायिक प्रदशनी भनिएको यहाँ नेपाली चलचित्र हेर्न दर्शकहरुलाई २० डलरको टिकट कायम गरिएको छ । पहिले पहिले आफूहरुले प्रदर्शन गरेको चलचित्र र त्यसबाट प्राप्त अनुभवले नै आफूहरुलाई ब्यवसायिक प्रदर्शनको आँट आएको योन्जनले हामीलाई जानकारी दिए ।