सेक्स मेराे पहिलाे राेजार्इ

एजेन्सी । साउथ इण्डियामा चिनिएकी नायिका समान्था रुथ जति सुन्दर छिन् उनको बोल्डनेस झन् चर्को रहेछ भन्ने खुलासा भएको छ ।

साउथकै सुपरस्टार नागार्जुनका छोरा चैतन्यसँग निकट भविष्यमै वैवाहिक सम्बन्धमा गाँसिन लागेकी सामन्थाको एक अभिव्यक्ति यतिबेला वलिउडको आकाश नाघेर व्यापक भाइरल बन्न पुगेको छ ।

कसैकी दुलही बन्न लागेकै सन्दर्भको सेरोफेरोमा टप मोडलसमेत रहेकी सामन्थालाई एक मिडियाकर्मीले सवाल गरेछन– तपाईं बिहे गर्दै हुनुहुन्छ, एकदम भोकाएको बेला तपाईंलाई खाना या सेक्समध्ये एउटा चयन गर्न दिइए कुन रोज्नुहुन्छ ? यस प्रश्नको जवाफ दिन सामन्थाले एक सेकेण्ड पनि सोचिनन, भनिदिइन्– ‘जति नै भोकाएको भए पनि म सेक्स नै रोज्नेछु । सेक्सपूर्तिको लागि म जति दिन पनि भोको रहन तयार हुनेछु ।

गजलः यसैगरी चलेकै छ जीवन

पुजा पराजुली हरेक दिन, रात, बिहान, साझ ढलेकै छ जसोतसो यसैगरी जीवन चलेकै छ । तृप्त भर्इ चाहनाले, कल्पनामा विलिन हुँदा यथार्थको भोकमरीमा चुलो बलेकै छ ।। संघर्ष र परिस्थिति आँधिहुरीझैं जुधेपनि धिपधिप गर्दै प्रयत्नको दियो जलेकै छ । को आफ्नो को पराई,नाप्ने केही छैन तुलो छटपटीमै भित्रभित्रै मुटु गलेकै छ । विश्वासमा नै संसार अडेको छ भनेपनि हर बिश्वासमा अबिश्वासको बिज फलेकै छ ।। जसो तसो यसैगरी जीवन चलेकै छ

लोकगायक बुद्धिकृष्णको सहयोगार्थ कन्सर्ट

कार्तिक ११ । वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेको सहयोगार्थ बालकोटको अनन्तलिङ्गेश्वर खेलकुद क्लबले बिहीबार कन्सर्ट गरेको छ । छठ पर्वको अवसर पारेर आयोजित कन्सर्टमा गायकहरू धीरज राई, भरत सिटौला र नवराज घोरासैनी तथा होचा–पुड्का संघका कलाकारहरू तथा स्थानीय पाँच ब्यान्डको प्रस्तुति रहेको थियो । क्लब अध्यक्ष दिपेश श्रेष्ठका अनुसार, बुद्धिकृष्णलाई उपराचारार्थ ३५ हजार रुपैयाँ सहयोग गरियो । यी गायक लामो समयदेखि अस्वस्थ छन् । कार्यक्रममा बालकोट क्षेत्रका पाँच जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरियो । कान्तिपुरबाट

दाङमा चलचित्र लावाजुनीको पोष्टर सार्वजनिक

दाङ, कात्तिक ८ । पश्चिम नेपालका तराईमा बसोबास गर्ने थारु समुदायमा विगतमा प्रचलनमा रहेको कमलरी प्रथालाई मुख्य विषयवस्तु बनाई निर्माण गरिएको चलचित्र लावाजुनीको पोष्टर सार्वजनिक गरिएको छ । बुधबार घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि मुक्त कमलरी विकास मंचकी पूर्व अध्यक्ष उर्मिला चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन प्रियानसन, चलचित्रका लेखक एवं निर्देशक केएल पीडित, कार्यकारी निर्माता गेहेन्द्र बस्नेत, युवा अभियन्ता प्रकाश शाही, नायक बीरुभाइ बज्राचार्य, पत्रकार महासंघकी केन्द्रीय पार्षद् बसुन्धरा गौतम, निर्मात्रीद्वय रिना बस्नेत र पद्मा लम्सालले सामूहिकरुपमा पोष्टर सार्वजनिक गरेका हुन । चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेतको सभापतित्वमा पोष्टर सार्वजनिक कार्यक्रममा सम्पन्न भएको थियो । पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष, निर्देशक एवं लेखक पीडितले दास प्रथाको रुपमा प्रचलनमा रहेको कमलरी प्रथाका कारण विगतमा थारु बालिकाहरुले भोग्नु परेको नारकीय जीवन र उनीहरुको मुक्तिको संघर्ष र सपनालाई चलचित्रमा चित्रण गरिएको बताए । नेपाल तथा देशबाहिर विशेष प्रदर्शनपछि लावाजुनीलाई हलमा प्रदर्शन गरिने कार्यकारी निर्देशक पीडितलेजानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि मुक्त कमलरी विकास मंचकी पूर्व अध्यक्ष उर्मिला चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन प्रियानसन, युवा अभियन्ता प्रकाश शाही र कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए । चलचित्र लावाजुनीमा छबिलाल कोपिला, अनिता महतारा, सुशीला चौधरी, ज्वाला खतिवडा, वर्षा लम्साल, सुप्रीया देवकोटा, निष्मा वली लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको संगीत सन्तोष श्रेष्ठले गरेका छन भने कोमल वली, कुलानन्द गिरी, सतिस राजभण्डारी, स्वीकृति डाँगी र कोमलसरी घर्तीले गीतमा स्वर रहेको छ । नृत्य निर्देशन नरेन्द्र चौधरी गरेका छन् । चलचित्रको कार्यकारी निर्माता बस्नेत हुन् भने रिना बस्नेत, संझना जीएम, पद्मा लम्साल र बसन्तराज भट्ट निर्माता हुन् ।

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ घोषणा

कार्तिक १ । कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ कोऔपचारिक घोषणा गरिएको छ।आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो । यसअघि केही चलचित्रमा सहनिर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’ लार्इ निर्देशन गर्नेछन् । चलचित्रको छायांकन तिहारको लगत्तै सुरु हुनेछ । चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टि कार्कीलगायतका कलाकारहरुको अभिनय रहने छ। प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्रप्रसाद खरेल र डम्बरचन्द चलचित्रका निर्माता हुन् । चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन्नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए । चलचित्रमा आलोक सुक्लाको छायांकन, निमेश श्रेष्ठको सम्पादन, दीपक आरजेर जयन जेवाइवाको संगीत, सुनिल क्षेत्रीको कोरियोग्राफी रहने छ । निर्माण युनिटका अनुसार चलचित्र आगामी वैशाख १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

घरभित्र भुत आएपछि भागाभाग (भिडियोसहित)

असोज २८ । भुतप्रेत जस्ता कुराहरुको बारेमा धेरै बहस हुने गर्दछ तर वास्तवमा भुत हुन्छ या हुँदैन हाम्रो समाजमा पूर्णरुपमा पुष्टि हुन नसकेपनि यही समाजमा बस्ने कोहि कोहि आफूले भुत देखेको दाबि पनि गर्छन । भुत किचकन्याको बारेमा हामीले धेरै चलचित्र पनि हेरिसकेका छौ यस्तै गरी सोही विसयालाई समेटेर तयार पारिएको छोटो फिल्म ‘ब्याड ड्रिम्स’ सार्वजनिक भएको छ । आफ्नो सपनामा यस्तै डर त्रासले सताइरहने बिसय वस्तुलाई यो भिडियोमा समावेश गरिएको छ । विष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो फिल्ममा विष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्बाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रृँगार सगुन शर्माले गरेको भिडियो अविरल फिल्मस्ले सार्वजनिक गरेको छ । झट्ट हेर्दा डर लाग्ने खालको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्–

सुन्दर सुदुर पश्चिम साच्चिकै रमणिय छ (भिडियोसहित)

असोज १९ । पर्यटकीय हिसाबले अत्यन्तै रमणिय स्थान कर्णालीको चिसा पानी पनि हो, एसियाकै दोश्रो ठुलो एक खम्बाले निर्माण पुलले पनि अझ सुन्दरता थपेको छ ।  विशेषगरी गर्मी मौसममा पर्यटक हरुको घुइचोनै हुने कुरा स्थानीयबासीहरु बताउँछन । बाह्य पर्यटकहरुलाई त्रिशुली, पोखरा, सौराहासँगसँगै सुदुरपश्चिमका रमणिय स्थानहरुसम्म लैजाने पहल गरियो भने सुदुर पश्चिमको सुन्दरता अन्तरास्ट्रिय स्तरसम्म पुग्ने कर्णाली वासी बताउँछन । अविरल फिल्मस्ले तयार पारेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस-

आदित्य झाले गरे विमानस्थलमा बबाल, कट्टू उतारिदिने धम्की

असोज १६ । बलिउड क्षेत्रका चर्चित गायक उदितनारायण झाका छोरा आदित्यले विमानस्थलका कर्मचारीसँग अभद्र व्यवहार गरेपछि उनी विवादमा आएका छन् । गायक एवं अभिनेता आदित्यनारायणले भारत, रायपुर विमानस्थलमा सस्तो विमान सेवा प्रदायक कम्पनी इँडिगोका एक कर्मचारीलाई तथानाम गाली गरेको भिडियो नै सार्वजनिक भएको छ । आदित्यनारायण औंलाले अश्लील इशारा गर्दै चिच्याइ चिच्याइ कर्मचारीलाई गाली गरेका थिए । ‘तेरो कट्टु उतारिन भने म पनि आदित्यनारायण हैन’, उनले कर्मचारीलाई भनेका थिए । आदित्यनारायण हिजो सोमबार दिउँसो इंडिगोको रायपुर–मुम्बइ उडानमा थिए । विमानमा कुनै एक यात्रीले १५ किलोसम्म सामान निशुल्क लैजान पाउनेमा आदित्यनारायणले निर्धारीत सिमाभन्दा ४० किलो बढी सामान लैजाँदै थिए । त्यसबापत उनले कूल १३ हजार भारु तिर्नुपर्ने भयो । तर, आदित्यनारायणले सो रकम बुझाउन अस्वीकार गरेपछि इंडिगोका कर्मचारीसँग उनको भनाभन भएको छ । आदित्यनारायण औंलाले अश्लील इशारा गर्दै चिच्याइ चिच्याइ कर्मचारीलाई गाली गरेका थिए । ‘आदित्य नारायणले पैसा तिर्न मानेनन् र महिला कर्मचारीसँग असभ्य भाषा प्रयोग गरे’, इंडिगो एयरलाइन्सका कर्पोरेट कम्युनिकेशन्सका निर्देशक अजय जसराले मिडियालाई बताए । दुव्र्यवहार जारी राखेमा यात्राको अनुमति नदिने चेतावनी दिइएको थियो । आदित्यनारायणले अन्तमा कर्मचारीसँग माफी मागे । अनिमात्र उनलाई उडानका लागि बोर्डिङ पास दिइयो । एजेन्सी

‘रिल आमाको रियल गोदभराई’ कार्यक्रम सम्पन्न

असोज १७ । सब टिभी च्यानलबाट प्रसारित कमेडी सिरियल ‘तारक मेहेताका उल्टा चश्मा’ मा दयाबेनको भूमिका निर्वाह गरेकी अभिनेत्री दिशा वकान चर्चित बन्न सफल भएकी छिन् । उनी अहिले आफू प्रेगेन्सी भएको सात महिनामा प्रवेश गरेकी छिन् । पोवईस्थित उनको घरमा बेबी शोवरका आयोजना गरेका थिए । गोदभराईको फंक्शनमा दिशा वकानीको परिवारका साथै हाँस्य टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ का कलाकारहरु पनि सहभागी भएका छन् । ‘तारक मेहेता’ मा आनस्क्रिन छोरा टप्पुका मूख्य भूमिका निर्वाह गर्ने अभिनेता भव्य गान्धीले उनको साथ एक तस्वीर शेयर गरेको छ । यसको बारेमा भव्यले लेखेको छ– ‘रील आमाको रियल गोदभराईको हिस्सा बन्दा खुशी भएको छु, अब भव्य यस शोबाट अलबिदा गरिसकेको छ ।’ गोदभराईमा दिशा पारम्परिक लुकमा देखेकी छिन्, रातो रंगको साडीमा एकदम सुन्दर देखिरहेकी छिन् । जानकारी पाएअनुसार दिशाका बेबी शावर दुई दिनसम्म मनाएको थियो ।

एक करोड जित्ने पहिलो महिला

असोज १७ । बलिउडका बिख्यात कलाकार अमिताभ बच्चनले सञ्चालन गर्ने सोनी च्यानलबाट प्रसारित ‘कौन बनेगा करोडपति’ मा एक करोड जित्न सफल भएकी छिन् अनामिका । अहिले चारैतिर उनको चर्चा चलिरहेको छ । उनी झारखण्ड, पेसाले सामाजिक कार्यमा सक्रिय, सामान्य परिवारमा जन्मेकी हुन् । केबिसीको इतिहासमा पहिलो महिला र यो सिजनमा पहिलो करोडपतिका रुपमा अनामिकाका बारेमा भारतीय मिडियाहरुले चर्चा गरेका छन् । अनामिकाले एक करोड जितेको शो भोली सोमबार प्रसारण हुने बताइन्छ । ‘मेरा लागि बिग बी (अमिताभ बच्चन) का अगाडि बस्नु नै सौभाग्यको कुरा थियो’ अनामिकाको भनाई उद्दृत गर्दै दैनिक भास्करले लेखेको छ, ‘म निकै नर्भस थिएँ तर पनि हिम्मत नहारी खेलेँ” एक करोड जितेपछि अमिताभले उनलाई दिएको सल्लाह निकै महत्वपूर्ण रहेको उनको भनाई छ । शो मा एक करोड जितेपछि अमिताभले उनलाई पैसाको सही सदुपयोग गर्न सल्लाह दिएका थिए । पैसालाई त्यत्तिकै कुनै बस्तु खरीदमा उपयोग गर्नुभन्दा लगानी गर्ने र त्यसबाट प्राप्त हुने रकमबाट सामाजिक कार्य गर्न संस्थालाई समेत पैसा प्राप्त हुने सल्लाह अमिताभले उनलाई दिएका थिए । फेस इन इण्डिया नाम एनजीओ चलाउने अनामिका मजूमदारको जन्म जमशेदपुरमा भएको हो । वर्ष २००२ मा सत्यप्रिय मजूमदारसँग उनको विवाह भयो । उनका दुई छोरा छन् । कौन बनेगा करोडपति भारत र भारतबाहिर पनि चर्चित शोका रुपमा लिइन्छ । यो शो मा सोधिएका प्रश्नहरुको सही उत्तर दिन सकिएमा ५ करोडसम्म जित्न सकिन्छ । अमिताभ बच्चनले होष्ट गर्दै आएको शो मा सहभागी हुन भने त्यति सहज छैन । शुरुमा एक हजारको प्रश्नबाट शुरु हुँदै धनराशी बढ्दै जाने गर्छ ।

इतिहास रच्दै ‘छक्का पञ्जा २’

काठमाडौं, असोज १२ । नेपालीहरुको महान पर्व फूलपातीको अवसर पारेर बुधबारदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा २’ को पहिलो दिनको व्यापारी कारोबार नेपाली सिने इतिहासकै राम्रो रहेको बताइएको छ । प्रदर्शनको पहिलो दिन दर्शकको उपस्थिति र टिकट बिक्रीको हिसावले ‘छक्का पञ्जा २’ ले नेपाली सिने बजारमा भारतीय चलचित्र ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । साथै देशभरका एक सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने चलचित्रको रेकर्डमा पनि आफ्नो नाम लेखाइसकेको छ । चलचित्र ‘छक्का पञ्जा २’ले बुधबार राजधानी बाहिर मात्रै रात्री शोहरु बाहेक ५७ लाख रुपैयाँको कारोबार गरेको छ । तर राजधानीमा भएको व्यवसायिक कारोबारको भने विवरण आउन बाँकी रहेको वितरकले बताएका छन । कलाकार दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ गएको वर्षको रेकर्ड ब्रेकर सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल हो । ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने र मल्टिप्लेक्समा सय दिन मनाउने सिनेमाको रेकर्ड बनाएको थियो । ‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भावुक हूँदै बुद्द लामाले भने- ५५ सय तलबमा दोहोरीमा गाऊँथे, यो सफलता कल्पनामैं थिएन

आश्विन ११, २०७४-नेपाल आइडल बनेपछि आफ्नो जीवन कायापलट भएको बुद्ध लामाले बताएका छन् । मंगलबार पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भएका उनी केही छिन् भावुक पनि बने । ‘दोहोरी साँझमा गाउँथेँ,’ उनले भने, ‘५५ सय रुपैयाँ तलब थियो । यति नै होला मेरो जिन्दगी, संगीतमा मैले गर्ने भनेको यति नै होला भन्ठान्थेँ । त्यहाँभन्दा माथि पुग्छु भनेर सोचेको थिइनँ ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले जे आइपर्‍यो त्यही काम गरेको उनले बताए । ‘नेपाल आइडल लाइभ इन यूके’ को जानकारी दिन आयोजित कार्यक्रममा बुद्धसहित पहिलो र दोस्रो रनरअप क्रमश: निशान भट्टराई र प्रताप दासले पनि आइडलको प्रशंसा गरे । उनीहरूले ६ महिना क्लोज क्याम्पमा रहँदा धेरै कुरा सिकेको बताए । ‘टुँडिखेलको क्राउड देखेर छक्क परेको थिएँ,’ निशानले भने । प्रतापले भने टाइटल नजिते पनि जितेसरह नै महसुस भइरहेको प्रतिक्रिया दिए । जित्न जरुरी छैन भन्ने कुरा कतार गएपछि झनै आभास भएको उनको भनाइ थियो । यी तीन भाइसँगै होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा उपस्थित प्रमिला राईले बैंकको जागिर र सांगीतिक गतिविध सँगसँगै अघि बढाइरहेको बताइन् । समसारा युकेले गर्न लागेको ‘…यूके लाइभ’ का लागि बुद्ध, निशान, प्रताप र प्रमिला नोभेम्बर १ मा त्यसतर्फ लाग्दै छन् । उनीहरूले बेलायतका चार सहरमा प्रस्तुति दिने समसाराका राजाराम गिरीले अवगत गराए । ‘ती कार्यक्रमबाट उठेको केही रकम तराईका बाढीपीडितलाई प्रदान गर्नेछौं,’ गिरीले भने ।

वास्तविक प्रतिस्पर्धा अब सुरु हुन्छ : निशान भट्टराई

काठमाडौं, असोज ८ – नेपाल आइडलमा फस्र्ट रनर अपको उपाधि जितेका निशान भट्टराईले अब आफ्नो प्रतिस्पर्धा सुरु भएको बताएका छन् । ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेर नेपाल आइडलको फस्ट रनर अप बनेका निशानले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘मसँग सबैजनलाई एकमुष्ट सम्वोधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म आफुले आफुलाई नै अपरिचत ठानिरहेको छु र बिस्तारै आफुभित्र हराइरहेको छु । समय उहीँ हो तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर आउँदो रहेछ । मेरो हकमा समयले नेपाल आइडलको मञ्च लिएर आयो । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल आइडलको फष्ट रनर अप जस्तो गरिमामय उपाधी दिलाइ दियो यसका लागि नेपाल आइडलप्रति आभारी छु ।’ नेपाल आइडलले आफूलाई सामान्य मञ्चबाट धेरै माथि पु¥याएको भन्दै अब आफ्नो जीन्दगीमाप्रतिष्पर्धा गर्ने समय आएको भट्टराईले बताएका छन् । उर्लाबारी मोरङका निशान भट्टराईले फस्ट अनरअपको उपाधीसहित १५ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । नेपाल अाइडल पाेखराका बुद्ध लामा बने भने सेकेन्ड रनरअप ललितपुरका प्रताप दास बनेका हुन् ।  

मिस एयरहोस्टेज २०१७ को ताज पहिरन सफल भइन् रिवा

असोज ३ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरन्त कंसाकारले पानसमा वत्तिवालेर उद्घाटन गरेको थियो । विशेष अतिथि सौर्य एयरलाइन्सका प्रवन्ध निर्देशक गोपाल भट्राई राससका अध्यक्ष कुलचन्द्र वाग्लेको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपालका एभीएसन क्षेत्रका विशिष्ट व्यक्तिहरुको वाक्लो उपस्थिति थियो । उक्त कार्यक्रममा मुख्य निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा, सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रो.डा.स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणीत केसी, सिता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहेको थियो । सिजन मिडियाद्धारा विगत ७ वर्षदेखि आयोजना गर्दै आएको मिस एयरहोस्टेस २०१७ चौथो सस्ंकरणको ताज धरानकी १९ वर्षिय रिवा लिम्वुले ३४ जना प्रतियोगीहरुलाई पछि पारी ताज शिरमा लगाउन सफल भइन् । प्रतियोगितामा विजेता भई लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र उपाधि सहित रु २५ हजार नगद रुपैया र वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृत्ति पाइन् भने एभीयसन म्यूजीएममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरिन् । त्यस्तै गरी फस्ट रनर अप कंलङ्कीको सिजु सिंह ठकुरीले नगद रु.१५ हजार रुपैया र वेष्ट ड्रेसको उपाधी प्राप्त गरिन भने सेकेण्ड रनरअप मोनालिसा पाख्रीनले हातपारीन भने मिस पर्सनालीटीको अवार्ड पनि हातपारीन र रु.दश हजार रुपैयाँ साथै वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा रु.१ लाखबराबरको छात्रावृत्ति प्रदान गरिने छ । अवार्डमा अर्गनाइजर च्वाइस अवार्ड दिक्षा थापा, मिस ट्यालेन्ट अनु वुढा मगर, मिस फोटोजेनिक अस्मीता वुढाथोकी, वेस्ट स्माइल पुजा खत्री, मिस फेन्डसीप अवार्ड सुप्रीया थापा मगर, मिस डिसिपिललिन अवार्ड सपना जोशी, मिस पपुलर फुरलामु शेर्पा, मिस मल्टी मिडिया एलीना श्रेष्ठले पाएका छन् । साथै भिर्योस च्वाइस अवार्ड वर्षा चाम्लीङ राई, वेस्ट स्कीन विमु लिम्वुले हात पार्न सफल भए ।

सुपरस्टार बने यी कलाकार जसलाई आमिर खानले रिजेक्ट गरेका थिए

असोज १ । चलचित्रको पर्दामा कलाकारहरुलाई देख्दा जति उनीहरु खुसी देखिन्छन् तर त्यो स्थानसम्म पुग्नका लागि उनीहरुले धेरै मेहनत गरेका हुन्छन् । यस्तै खुलासा गेका छन् बलिउड अभिनेता वरुण धवनले । अहिले सामाजिक सञ्जालहरुमा निकै लोकप्रिय बन्न सफल अभिनेता धवन आफूलाई सबैले माया गरेको बताउँछन् । शुक्रबार ‘सिनेमा समिट– फ्यूचर अफ् सिनेमा’ मा सहभागी हुँदै उनले सामाजिक सञ्जालमा आउने सकारात्मक टिप्पणीले प्रेरणा मिल्ने बताए । सामाजिक संजालहरुमा कहिलेकाँही आउने नकारात्मक टिप्पणीले भने आफूलाई निकै तनाव दिने बताए । आफ्नो फिलिमका बारेमा गलत टिप्पणी गरिएमा भने साहै चिन्तित हुने उनले खुलासा गरे । त्यस्तै अभिनेता धवनले आफूले अनुशासित जीवन बिताउने गरेको बताए । उनले आफ्नो जीवनको कुनै पनि कुरा कसैसँग नलुकेको बताए । आफ्नो फिल्मि यात्राका बारेमा पनि उनले बताए । सुरुमा एक जना साथीसँग धेरै ठाउँहरुमा अडिसन दिन पुगेको र धेरै ठाउँबाट आफू फालिएको पनि बताए । यतिसम्मकी उनलाई आमिर खानको चलचित्र ‘धोबी घाट’बाट पनि फालिएको थियो । केही टेलिश्रृङ्खलाका लागि पनि उनले अडिसन दिएका थिए । तर उनलाई लिइएन । उनले धर्मा प्रोडक्शनमा सहायक निर्देशक पदका लागि पनि आवेदन दिएका थिए । उनले काम पाइन्छ भन्ने लागेर नै आफ्नो लामो कपाल कटाएको बताए । ‘माइ नेम इज खान’ मा सहायका निर्देशकको रुपमा काम गरेर बलिउडमा करिअर सुरु गरेका धवन अभिनेताका रुपमा भने ‘स्टुडेन्ट अफ् द इयर’ मा देखिए । त्यसपछि उनले मेँ तेरा हिरो, हम्प्टी शर्माकी दुल्हनिया, बदलापुर, एबिसिडी २, दिलवाले, ढिशुम, बद्रीनाथकी दुल्हनियाजस्ता सफल चलचित्रमा अभिनय गरे । उनको बहुप्रतिक्षित चलचित्र ‘जुडवा २’ आउँदो सेप्टेम्बर २९ मा रिलिज हुने तयारीमा छ ।

दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७ को ताज 

काठमाडौं, असोज १ । सन् २०१७ को ‘मिसेस ग्लोबल नेपाल’को उपाधी मिसेस दोर्जे डोल्मा गुरुङको पोल्टामा गएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस ग्लोबल नेपाल मा उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित् बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै  मिसेस ग्लोबल नेपाल २०१७ को फस्ट रनरअपमा सोनिया शर्मा अधिकारी , सेकेन्ड रनरअपमा रिना लामा र थर्ड रनरअपमा सोनिया लामिछाने घोषित भईन । बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस् “मिसेस ग्लोबल नेपाल २०१७”  प्रतियोगिताको अन्य टाईटलहरुमा बेस्ट ट्यालेन्टमा रिना लामा, बेस्ट क्याटवाकमा सुजा राउत, बेस्ट पर्सानालिटीमा सुनिता थापा, बेस्ट फोटोजेनिकमा सोनिया लामिछाने, बेस्ट स्माईलमा अन्जना पौडेल, बेस्ट स्किनमा सोनिया शर्मा अधिकारी, बेस्ट ड्रेस्समा रेखा बस्नेत श्रेष्ठ, बेस्ट हेयरमा पुष्पा राई, बेस्ट कम्प्लेक्सनमा आर्जु गुरुङ, मस्ट कन्फिडेन्समा सुनिला कायस्थ, मस्ट डिसिप्लिनमा मिरा राजबंशी गोर्खाली, मस्ट चार्मिङमा तारा थापा, मस्ट ईन्टलजिन्ट दोर्जे डोल्मा गुरुङ, मस्ट एक्टिभमा अनिशा श्रेष्ठ, मस्ट स्मार्टमा सन्तोषी पाण्डे जोशी, मिसेस पंचलमा सुनिता तमाङ, बेस्ट फिगरमा मिना श्रेष्ठ, मस्ट पपुलरमा सुनिता तामाङ र मिसेस पब्लिक चईस एवार्ड मा तारा थापाले हात परेका थिए । एमजोन ईन्टरटेन्मेन्टले यो सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी कला सुब्बा हुनुहुन्थ्यो। त्यस्तै अन्य निर्णायकहरुमा मोडेल दिक्पाल कार्की, मोडेल तथा फेसन डिजाईनर क्षितिजा शाक्य हुनुहुन्थ्यो ।  प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडा कोरियोग्राफर हिमानी सुब्बाले श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । यस् प्रतियोगितालाई कोरियोग्राफी हिमानी सुब्बाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई टि एम्बर्स ब्युटी सलोन एन्ड एकेडेमीको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।