शिक्षिका र विद्याथीबीच यो रमाइलो गफ

शिक्षिका (रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?

रामः मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं ।

शिक्षिकाः ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?

रामः किनभने त्यो महिला सडक पार गर्न चाहिरहेको थिईन नि त

श्यामः राम तिमीलाई पौडी खेल्न आउछ ?

रामः अहँ आउँदैन

श्याम (खिसी उडाउदै)ः तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।

रामः तिमीलाई पौडी खेल्न आउछ त ः

श्याम (गमक्क फुल्दै)ः आउछ

रामः त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

पुलिस र डाँकाबीच रमाइलो गफ

पुलिसः (डाँकालाई) भोलि बिहान ५ बजे तिमीलाई फासी दिइने छ । डाँकाः हा हा हा पुलिसः ओए किन हाँस्दै छस् ? डाँकाः किनभने म त बिहान ८ बजेसम्म सुतिरहेको हुन्छु ।

अभिनेता रविले भने– ‘म अहिले नै बाबु बन्न चाहन्नँ’

मुम्बई । टिभी हिन्दी सिरियल ‘जमाई राजा’ को मुख्य भूमिका निर्वाह गर्न सफल रहेको कलाकार रवि दुवेले २०१३ मा अभिनेत्री सरगुन मेहतासँग विवाह बन्धन बाँधिएका थिए । दुवै एकअर्कासँग अति नै माया गर्दछन् । तर, ५ वर्षपछि पनि यी जोडी आफ्नो परिवारलाई अगाडि बढाउन चाहँदैनन् । हालैमात्र दैनिकभाष्करसँग कुराकानी गर्ने क्रममा रविले यसको बताएका छन् । रवि (३४) का मान्यता यस्तो छ कि अहिले हामी दुवै करियर राम्रो चलिरहेको छ । यसैले गर्दा यति चाँडै फ्यामिली प्लानिङ गर्न चाहँदैनौं । रविले भने– ‘मेरो घरमा एउटा बच्चा छ’ रविले भने– ‘अहिले हामी आफ्नो सन्तान नभएपनि एउटा बाबुआमाको जीवन बाँचरिहेका छौं ।’ विश्वास गर्नुहोस् कि उसलाई हामी आफ्नो सन्तानलाई जस्तै माया र शिक्षादीक्षा दिने छौं । त्यही बच्चाले मेरो जीवनमा बाबुको स्थानलाई पूरा गर्ने छ । फेरि रविले अगाडि हाँस्दै भने– ‘मेरो घरमा एउटा बच्चा छ, डाँग मोयो । त्यसैले एक बाबुको सेन्टिमेन्ट पहिलेदेखि नै त्यहाँ उपस्थित छ ।’ यसपछि रवि केही सिरियस भए र भने– ‘फ्यामिली प्लानिङ अहिले नै हुने छैन ।’ मलाई थाहा छ कि यो हाम्रो करियरको समय राम्रो चलिरहेको छ । त्यसैले अहिले फ्यामिली सुरु गर्ने कुनै विचार छैन । यस कुरामा हामीले कहिले कुनै कुराकानी पनि गरेका छैनौं ।’ दैनिकभाष्करबाट

आँखा मारेर रातारात भाइरल भएकी प्रिया प्रकाश बेरोजगार

मुम्बई, कोच्ची । ‘भ्यालेन्टाइन डे’ का अवसरमा आफ्नो आँखा झिम्क्याउने स्वभावका कारणले गर्दा  रातारात फेमस भएकी प्रिया प्रकाश वारियरको भिडियो सामाजिक सञ्जालहरुमा निकै भाइरल हुन पुगेका थिए । प्रियाको पपुलारिटीको मध्यनजर गर्दै लाग्दछ कि उनको साथमा कामको कुनै कमी छैन । तर, वास्तवमा यसबाट निकै फरक देखिन आउँछ । शनिबार प्रिया प्रकाशले आफ्नो चलचित्र ‘ओरु अदार लव’ को स्टार रोशन अब्दुर रउफको साथमा एक फोटो शेयर गर्दै आफू स्वयंलाई बेरोजगार भएकी बताएकी छिन् । तस्विरमा प्रिया र रोशनले निकै राम्रो पोज दिइरहेका देख्न सकिन्छ । प्रियाको हातमा रातो गुलाफको फूल र फोटो ब्याकग्राउण्ड पनि रोमान्टिक देखिन्छन् । फोटोशुट गर्ने क्रममा प्रियाले पहेंला–सेतो रङको टप्समा देखिन्छिन् भने रोशन रातो रङको टिसर्ट–डेनिमको गेटअपमा देखिएका छन् । तस्विर शेयर गर्दा उनले लेखेकी छिन्– ‘जब तपाईं बेरोजगार भएर घुमिरहेका छन् तर, पनि कोही, सधैं तपाईंको साथमा पोज दिन र खिच्नका लागि तयार हुन्छन् ।’ इष्टाग्राममा ६० लाख फलोअर्स प्रिया प्रकाश अब चाँडै नै बलिउड डेब्यू गर्ने भएकी छिन् । रणवीर सिंह र सारा अली खानको आउँदै गरेको नयाँ बलिएड चलचित्र ‘सिम्बा’ को लागि उनको नाम पनि अगाडि आएका छन् । तर, पक्कापक्की भने अझैसम्म हुन सकेको छैन । प्रियाको पपुलारिटीका कारण यसै कुराबाट लगाउन सकिन्छ कि इष्टाग्राममा उनको ६० लाख फलोअर्सहरु रहेका छन् । यस्तै एक प्रमोशनल पोष्टको लागि रु.८ लाख रिचार्ज गर्ने गर्दछिन् । यहीबीच उनीसँगको कुराकानीमा अाफूलार्इ बेरोजगार भएकी बताएकी थिइन् । यो कुरा भने बुझ्न अलि गाह्रो नै छ । बेरोजगार विद्यार्थी हुन् प्रिया प्रकाश ! केरलको त्रिशुल भन्ने ठाउँमा जन्मिएकी प्रिया अहिले यही विमला कलेजमा बीकम प्रथम वर्षकी विद्यार्थी हुन् । मलयालम मूभी ‘ओरु अदार लव’ मा पनि प्रियाले विद्यार्थीको भूमिका निभाएकी छन् । ‘ओरु अदार लव’ को गीतमा ‘मनिक्या मलराया पुवी’को भिडियोमा उनको आँखाको इसाराले उनलाई संसारभरि नै निकै फेमस गराएका छन् । भाष्करडटकमबाट साभार

‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८’ को ताज परिना, इशा र इभाले हात पार्न सफल

काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरिएको सातौं चरणको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८’ को ताज समूह ‘ए’ बाट परिना श्रेष्ठ, समूह ‘बी’ बाट इशा थापामगर र समूह ‘सी’ बाट इभा गिरीले ताज चुम्न सफल भएका छन । गत सोमबार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगितामा ७४ जना प्रतियोगीलाई पछि पार्दै उनीहरुले ताज जित्न सफल भएका थिए भने फष्ट रनरअप पुनीका श्री बस्नेत, सुवेक्षा श्रेष्ठ त्यसैगरी रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि सिग्देल, समिया थापा र सिम्रन तुलाधर विजेता हुनुभएको थियो भने उहाँहरुले साइकल तथा मोवाइल फोन उपहार पाएका छन् । साथै, टपटेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । साथै अन्य सव टाइटल विधामा पनि २५ जना सहभागीलाई वितरण गरिएको थियो । हेर्नुहोस् केही तस्वीरहरु-  

च्याम्प चितवन २०७५ को उपाधि सेलिसा र अभियानलार्इ

चितवन । च्याम्प चितवन २०७५ को सेलिसा आचार्य र अभियान पौडेलले हात पारेको छन् । गैडाकोटको नारायणी नदी कनिारमा रहेको होटल नारायणी रिर्सोर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलेसा आचार्य र बालक तर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् । उपाधिसगैँ नगद १५र१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, सीनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरेका थिए । यस्तै प्रतियोगिताको बालिका तर्फको फष्ट रनर अफमा आयुषा काफ्ले र सेकेण्ड रनर अफमा अर्यानका केसी घोषित भएका थिए । भने बालक तर्फ फष्ट रनर अफमा आर्यन पोख्रेरल र सेकेण्ड रनर अफमा संयोग शर्मा घोषित भएका थिए । भने मिस्टर एण्ड मिस टिन चितवन २०७५ को उपाधी अनु श्रेष्ठ र आयुष पाण्डे हात पारेका छन् । प्रतियोगितामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिनमा अनु र मिस्टर टिनमा आयुषले उपाधी हात पारेका थिए । सो अवसरमा टिनका उपाधि विजेतालाई नगद १५र१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै प्रतियोगिताको टिन तर्फको फष्ट रनर अफमा एपिसा अधिकारी र सेकेण्ड रनर अफमा साहिसा सापकोट घोषित भएकी थिईन् । भने मिस्टर तर्फ फष्ट रनर अफमा दिवस अधिकारी र सेकेण्ड रनर अफमा सुशन जोशी घोषित भएका थिए । च्याम्प तर्फको अन्य विधामा मस्ट ट्यालेन्ट आयुसा काफ्ले र अनुकरणीय श्रेष्ठ, बेस्ट परफर्मेन्स सेलेस्ता आचार्य र बिध्वतमा भटरार्इ, बेस्ट वाक युविसा रौनियार र साहीरा चुके, कन्जिनालिटी सम्रागी श्रेष्ठ र सुलभ खत्री, मस्ट डिस्सिप्लिन आर्यनका के सी र कुसुम खड्का, मस्ट पंचुअल आरजु अर्याल र रोस्नी गिरी, बेस्ट स्माइल प्रथमा लोहनी र अभिप्सा अधिकारी, मस्ट कन्फिडेन्ट सुभ्ना काप्री र आयुष पाण्डे, चार्मिङ्ग पर्सनालिटी गौरङ श्रेष्ठ र सुसन जोसी, फोटोजनिक आरती अर्याल अभियान पौडेल अंकुर पन्त सेजल कंडेल, मस्ट क्रियटिभ रोसी पौडेल र आदित्य कर्ण र मस्ट इनोसेन्ट बिभीका घिमीरे रहेका छन्। प्रतियोगितामा यस पटक प्रेतियोगीहरुले आफ्नी मम्मीसगैँ डान्स गरेर सबैलाई चकित समेत पारेका थिए । विभिन्न नाटकहरुको प्रस्तुती र बालबालिकाहरुमा हुने यौन र्दुव्यवहारको बारेमा कसरी सजग र जानकार हुने भन्ने विषयमा समेत बालबालिकाहरुलाई विशेष प्रशिक्षण गराईएको थियो । बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई जागरुप गराउन गएको बर्ष देखि यो प्रतियोगिता चितवनमा सुरु भएको थियो । होलीडेज क्रियसन होम प्रालिको आयोजनामा भएको प्रतिस्पर्धामा ४८ जना बालवालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा बालवालिकाहरुले आ–आफ्नो क्षमता प्रस्तुत गरि सबै दर्शकहरुलाई चकित पारेका थिए । प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, सीनीयर फोटो ग्राफर राज भाई सुवाल, चलचित्र निर्माता दिपक खाँड, रामपुर कलेजकी सहायक डिन कल्याणी मीश्र र सन्तोष सापकोटाले निर्णायक रहेका थिए । प्रतियोगीतामा विभिन्न सांस्कृतिक कार्यक्रम लगाएत नाटकहरु प्रस्तुत गरिएको थियो । बालबालिकालाई शैक्षिकसत्रको अन्त्यमा हुने खाली समयको सदुपयोगको लागि सो प्रतियोगीताको आयोजना गरीएको क्रियशन होम नारायणगढकी सञ्चालक लक्ष्मी पन्तले बताईन् । प्रतियोगितामा ७ देखि १३ वर्ष उमेरका बालबालिका सहभागीता जनाएका थिए । कार्यक्रममा सिम नेपाल २०१८ की मस्ट पपुलर विजेता सन्धा अधिकारी कोरियोग्रफर एनिला श्रेष्ठको विशेष सहभागी थियो । भने प्रतियोगितालाई सजै एजुकेशन रत्ननगर टाडीले प्रायोजक गरेको थियो ।

नमस्ते ब्याण्डसँगै जीत लामा टोकियोमा गुञ्जने

जापान । नमस्ते ब्याण्डको ३०औं बार्षिकोत्सव र नेपाली नयाँवर्ष २०७५ को सु–अवसरमा यही अप्रिल १५ तारिक आइतबारको दिन टोकियोस्थित यूनिर्भसल सिटीमा हुने विशेष साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आमन्त्रित ब्याण्डका सम्पूर्ण सदस्यहरु टोकियो आइपुगेका छन् । अमर गुरुङ पोखरेली, सुदेशकुमार श्रेष्ठ, महेस केसी, सुरज श्रेष्ठलगायतका कलाकारहरु सँगसंगै ठमेलका युवा व्यवसायी तथा गायककार जीत लामाको पनि निकै आर्कषक र रोचक प्रस्तुति रहने ब्याण्डका संयोजक ईश्वर गुरुङले बताएका छन् । नेपालको पहिलो संगेतिक समुह नमस्ते ब्याण्ड र अन्य पाँचभन्दा बढी ब्याण्डले सहभागिता जनाउन लागेको उक्त कार्यक्रममा प्रवेश भने निशुल्क रहने ब्याण्ड द्धरा जारि गरिएको अपिलमा भनिएको छ । केही तस्वीरहरु-

श्रृंखला खतिवडालाई मिस नेपालको उपाधि

काठमाडौं, चैत्र २९ । यस वर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । अन्य २४ प्रतिस्प्रर्धीलाई पछि पार्दै श्रृङ्खलाले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । अन्तिम सातमा पर्न सफल भएका प्रतिस्प्रर्धीलाई निर्णायक गोविन्द गजुरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि तीनवटा काम के गर्नुपर्ला ?’ भनेर प्रश्न सोधेका थिए । सातमध्ये खतिवडाले उत्कृष्ट जवाफ दिदै ‘मिस नेपाल २०१८’ उपाधि हात पारेकी हुन् । उनलाई गत वर्षको मिस नेपाल निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । श्रृङ्खलाले उपाधी जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । त्यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई मिस नेपाल अर्थ नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । देवकोटाले उपाधाीसँगै १ लाख नगद पनि प्राप्त गरिन् र साथै मिस यूनिभर्समा सहभागी हुन पाउने छिन् । प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । त्यस्तै ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

आगामी चैत २९ गतेदेखि सुपरडान्स १८ बुगीवुगी आउँदै

यही चैत २९ गतेदेखि एपी वान च्यानलबाट सुपरडान्सर १८ बुगीवुगी शो कार्यक्रम राति ८ बजेबाट प्रसारणमा आउने भएको छ । हेर्नुहोस् भिडियो-

४०० बर्ष पुराना गीतहरु सार्वजनिक

काठमाडौं, चैत २५ । कवि राजा सिद्धिनरसिंह मल्लले सृजना गरेका ३२ गीत सार्वजनिक गरिएको छ । ललितपुर संस्कृति सम्वर्द्धन केन्द्रको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्कृतिविद् वाङमय शताब्दिपुरुष सत्यमोहन जोशीले उक्त सृजना संग्रहित सिडी ‘३६ सङ्स अफ पोएट किङ सिद्धिनरसिंह मल्ल’ सार्वजनिक गरेका हुन् । उक्त ऐतिहासिक सांस्कृतिक महत्वका गीतहरुको सिडी विमोचन गर्दै शताब्दिपुरुष जोशीले सांगीतिक सांस्कृतिक परम्परा अमूर्त सम्पदा भएको र अन्तर्राष्ट्रिय भाषासमेत रहेको संगीतको सांस्कृतिक परम्परा संरक्षणमा ती गीत लिपिवद्ध हुनु र सुन्नका लागि सिडीको रुपमा सार्वजनिक हुनु महत्वपूर्ण भएको बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन विशेष अतिथिको रुपमा उपस्थित थिए । नेपाल सम्वत ७२० ताकाका यी गीत ललितपुर नगरका विभिन्न दाफा भजनहरु, नसंचागुथि, ताम्रकार समाजद्वारा निरन्तर रुपमा दैनिक भजन, रातो मच्छेन्द्रनाथको जात्रा, ज्येष्ठ पूर्णिमाजस्ता विशेष पर्वहरुमा गाइदैं आएका छन् । विभिन्न राग तथा तालमा आधारित यी गीत आर्टोम्यूज रेकर्डिङ स्टुडियोले संगीत निर्देशक जुगल डंगोलको संयोजनमा तयार गरेको हो भने यी गीत अन्तर्राष्ट्रिय समुदायले समेत बुझ्ने गरी पाश्चात्य र पूर्वीय दुवै स्वरलिपिमा लिपिवद्ध गरिएका छन् । खोज अनुसन्धान गरी २ बर्ष लगाएर उक्त पुस्तक तयार पारिएको संगीत निर्देशक जुगल डंगोलले जानकारी गराए । लोपोन्मुख यस्ता अमूर्त संस्कृतिको संरक्षणका लागि गीतको सिडी तथा लिपिवद्ध गर्ने कार्यमा सघाउने ब्यक्तिहरु संस्कृतिविद् छत्रबहादुर कायस्थ, संगीत निर्देशक जुगल डंगोल, गुरु रामकृष्ण ताम्रकार, गुरु केशवकृष्ण श्रेष्ठ, गायक तथा सगीतकारहरु रुद्र ताम्रकार, श्यामगोविन्द ताम्रकार, काजीबाबु महर्जन, बाबुकाजी महर्जन, सनलाल ताम्रकार, ज्ञानलाल अवाले, बाबुकाजी महर्जन, तह्रिबाबु महर्जन, मलिक ताम्रकारलाई सम्मानसमेत गरिएको थियो । संग्रहित गीतहरुमध्ये विभास राग तथा धरन्जती तालमा आधारित ‘शंकर पञ्चमाः’, ‘असिक रसिक’तथा ‘रागआशावरी तथा च्व तालमा आधारित ‘छु यात मन्मथ्व’गीत प्रस्तुतसमेत गरिएको थियो । ज्येष्ठ नागरिकहरुको सहभागिता र सक्रियतामा परम्परागत रुपमा गाइदैं आएको यो परम्परामा युवापुस्ताको रुचि कममात्र देखिएको छ । यी गीतको संरक्षण तथा युवापुस्तामा हस्तान्तरणको लागि ज्येष्ठ नागरिकहरुकै सक्रियतामा ४ बर्ष अघि स्थापित ललितपुर संस्कृति सम्वर्द्धन केन्द्रले यो कार्य गरेको हो । यस कार्यका लागि ललितपुर महानगरपालिकाअन्तर्गत विश्व बैंकमार्फत जापान सामाजिक विकास कोषबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ । यूनेस्कोका अनुसार यी अमूर्त कला नेपालको मात्रै नभइ विश्वको सम्पदा हो भने यी सम्पदा संरक्षणको पहिलो दायित्व स्थानीय समुदायको हुन्छ । यसको प्रमुख दायित्व सरकारको हो । तर संरक्षण तथा विस्तारमा सरकारको चासो निकै कम भएको स्थानीयको गुनासो छ । विश्वकै एउटै मात्र लामो समयसम्म चल्ने नाट्य परम्पराको दावी गरिएको कार्तिकनाच, दशैंताका नचाइने गंप्याखं (गणनृत्य) लगायतअमूर्त संस्कृति सृजनामा अग्रणी मानिने मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले पाटन दरवार क्षेत्रमा निर्माण गरेको २१ गजुरको ढुंगैढुंगाले बनेको कृष्ण मन्दिर उल्लेखनीय छ । कलात्मकयस मन्दिरमा महाभारत तथा रामायण कुँदिएको छ ।

सेलिब्रेटी रोबोट सोफियाले अाज काठमाडौंमा सम्बोधन गर्दै

काठमाडौं । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदैछिन्। उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो । सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेही हुन् । सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए ।

नेपाल आउँदै रोबोट सोफिया

काठमाडौँ, चैत ६। कुनै देशको नागरिकता प्राप्त गर्न सफल पहिलो रोबोट मानव सोफिया वुधबार नेपाल आउने भएकी छिन्। ह्युमनोइड रोबोट सोफियालाई साउदी अरबले गत वर्ष अक्टोबरमा नागरिकता प्रदान गरेको थियो। रोबोट सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिस/डेभलपमेन्ट’ सम्मेलनमा वक्ताका रुपमा सहभागी हुन नेपाल आउन लागेकी हुन्। युएनडिपीकी सञ्‍चार अधिकृत ऋचा रञ्‍जितकारले दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्‍न सक्‍छ भन्‍नेबारे मेयर लगायतका सरकारी अधिकारीलाई जानकारी गराउन सोफिया आउन लागेकी हुन्। बुधबार याक एण्ड यति होटलमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले सोफियाको प्रमुख अातिथ्यमा कार्यक्रम आयोजना गर्ने भएको छ। हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। रोबोट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्।

शनिबारदेखि ‘आइडिया अस्त्र’ प्रसारण हुँदै !

आइडिया हव प्रालिद्वारा यही चैत १० गते शनिबारदेखि नेपाल टेलिभिजनको पर्दामा विज्ञान र प्रविधि सम्बन्धि टेलिभिजन कार्यक्रम ‘आइडिया अस्त्र’ प्रसारण गर्ने भएको छ । विद्यार्थी, युवा तथा समस्त शिक्षाप्रेमीलाई लक्षित गरी बनाइएको कार्यक्रम शनिबार बेलुका ५ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका निर्माता तथा निर्देशक सागर लामिछानेले बताए । बाँकेको कोहलपुर निवासी सागरले यसअघि रोबोट, होममेड प्लेनको परीक्षणमा सफलता प्राप्त गरेका थिएभने इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा इन्जिनियर पनि सकेका छन् । दक्ष युवाहरु विदेश पलायन हुने क्रम बढिरहेको बेला सागरले नेपालमै केही गर्न सकिने भन्दै आइडिया एकेडेमी, आइडिया अस्त्र सामग्रीको स्टोर तत्कालै सञ्चालनगर्ने लक्ष्य लिएका छन् । नेपाली टेलिभिजनमा बालशिक्षा केन्द्रीत कार्यक्रम नभएको अवस्थामा आइडिया अस्त्र प्रभावकारी हुने र बालबालिकाले घरेलु सामानबाट विज्ञान प्रविधिबारे जानकारी ग्रहण गर्न सक्ने सागरको विश्वास छ । आधा घण्टा समयावधि रहेको कार्यक्रममा तीनवटा सेमेन्ट रहेको छ । पहिलो सेगमेन्टमा आर्ट तथा क्राफ्ट, दोस्रोमा प्रतिभावान् व्यक्तिसँग अन्तर्वार्ता र तेस्रोमा गेम तथा विज्ञान सम्बन्धि प्रश्न समावेश गरिएको छ । कि एड्भरटाइज प्रालिबाट प्रायोजित उक्त कार्यक्रमको पुनः प्रसारण भोलिपल्ट नेपाल टेलिभिजनमा प्रसारण हुनुको साथै यु ट्युबतथा फेसबुक पेजमा समेत हेर्न सकिने बताइएको छ । इन्जिनियर कृपेन्द्र हुमागाईँ, सौरभ लामिछानेसमेतको सक्रिय भूमिका रहेको छ ।

प्रथम खोटाङ आइडल बने तेजकुमार

खोटाङ । सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । विजेता राईलाई दिक्तेलस्थित इटिसी मोबाइल सेन्टरले रु २१ हजार मूल्य बराबरको मोटोरोला मोबाइल प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा छात्रवृत्तिमा कक्षा ९ मा अध्ययनरत राई केपिलासगढी गाउँपालिका–५, सप्तेश्वरका हुन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आइडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दीपा राई पाँचौँ भएका छन् । प्रतियोगितामा दोस्रो हुनेले नगद रु २४ हजार ५७४ का साथमा तीन महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद रु १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ । परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीद्वारा आयोजित रियालिटी शोमा चौथो हुनेलाई रु दुई हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौँ हुनेलाई व्यक्तिगततर्फबाट नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । गत मंसिर २३ गतेबाट शुरु प्रतियोगितामा जिल्लाका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए । दिक्तेलस्थित सरस्वती माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । राति अबेरसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायक रेवत राईलगायतले दर्शकलाई नचाएका थिए । रासस

जागरणदेखि बुद्ध वल्र्ड रेकर्ड अभियानसम्म – धीरज राई

काठमाडौं, चैत २ । हाम्रो दुर्भाग्य प्राविधिक ज्ञानको अभाव, भिडको अत्यधिक चाप र आगन्तुकलाई नियन्त्रण गर्न नसक्दा सही तत्यांक दुरुस्त संकलन गर्न सकेनौँ । धीरज राई विशेषगरी नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । गायनयात्राका तमाम उतारचढाव पार गरेका राईका सेक इट सेक इट, बुद्ध वाज बर्न इन नेपाल, तिम्रा नयन तिम्रा अधर जस्ता गीत हिट छन् । आर्किटेक्चरमा इन्जिनियरिङ र अंग्रेजी साहित्यमा डिग्री गरेका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा गौत्तम बुद्ध नेपालमा जन्मिएको लेखाउने अभियानमा सक्रिय रहे । जुन अभियानले गत फागुन् १९ गते काठमाडौंको टुंडिखेलमा विशाल आकार लियो । राईकै शब्दमा उनको संगीतयात्रा र बुद्ध अधायनको अनुभव आजको नयाँ पत्रिकामा छ ।

थाहा कला केन्द्रले चलचित्र निर्माण गर्ने

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा कला, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्धेश्यका साथ कृयाशिल थाहा कला केन्द्रले चलचित्र निर्माण गर्ने भएको छ । सोमबार थाहानगरको बिकास घरमा चलचित्र निर्माण सम्बन्धी केन्द्रले अन्तरकृया आयोजना गरेको थियो । सामाजिक बिक्रिति,बिसंगती तथा समाजमा रहेका बिभिन्न समस्याहरुको न्युनिकरण गर्नको लागि चलचित्र मार्फत शन्देश प्रवाह गर्ने उद्धेश्यका साथ चलचित्र निर्माण गर्न लागेको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताए छ । सोमबार भएको अन्तरकृयाबाट चलचित्र निर्माणको लागि बिभिन्न बिभागहरुको गठन गरेको छ । चलचित्र निर्माणको लागि ४१ जनाको समुह निर्माणगरी केही समय पश्चात शुटिङ को तयारीमा लाग्ने जनाएको छ । चलचित्र निर्माणको लागि भएको अन्तरकृयाबाट सर्बनाम थिएटरका सगुन तामाङ ले सहयोग गर्ने घोषणा गनुभएको थियो । कला केन्द्रको पदाधिकारी र कला केन्द्रमा आवद्ध कलाकारहरुबिचमा भएको अन्तरकृयामा चलचित्र निर्माणको लागि जिम्मेवारीमा मनोनित गरिएकाहरुलाई प्रमाणपत्र हस्तान्तरण समेत गरेको थियो । चलचित्र निर्माणको लागि गठन गरेको बिभागमा नित्य ब्यवस्थापनमा रोशन तामाङ, गायन ब्यवस्थापनमा बिना मुक्तान,स्वयम सेवक ईन्चार्जमा युबराज विष्ट,सञ्चार संयोजकमा कौशिला वाईबा,कलाकार ब्यवस्थापनमा सुनसानी थिङलाई मनोनित गरिनुका साथै अनुशासन बिभागमा सुरज मोक्तान,शुस्मिता भ्लोन र कृपा गोपालीलाई चयन गरेको छ । त्यसैगरी कला केन्द्रका कलाकार ताेकराज लो लाई सुटिङ ब्यवस्थापन प्रमुखमा चयन गरेको छ । केन्द्रका अध्यक्ष मोक्तानका अनुसार कला केन्द्रको जुन उद्धेश्यका साथ स्थापना गरिएको हो त्यसै अनुरुपको मर्म अनुसार काम गर्दै आईरहेको छ । उत्तरी क्षेत्र थाहानगरमा बि.स. २०७२ सालमा स्थापना भएको कला केन्द्रले निरन्तर रुपमा कला र संस्कृति सम्बन्धी काम गर्दै आईरहेको छ । कला केन्द्रले स्थापनाको चरणमानै प्रथम मकवानपुर आईडलको आयोजना गरेको थियो । त्यसैगरी हालसम्म बिभिन्न कार्याक्रमहरु गर्नुका साथै संगीत कक्षा, अभिनयको तालीम,नृत्य सिकाईरहेको छ । केही समय अघि देखि केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानको निर्देशनमा बिभिन्न गीतहरुको अफिसियल भिडीयो र कभर भिडीयो निकालीरहेको छ । सोमबार भएको अन्तरकृया कार्याक्रममा केन्द्रमा आबद्ध कलाकारहरुले आ आफ्नो प्रस्तुती समेत देखाएको थियो । हाल कला केन्द्रमा आवद्धहुनेहरुको संख्या तिन सय भन्दा बढी रहेको छ । सोमबार भएको अन्तरकृया कार्याक्रममा सञ्चारकर्मी तथा कला प्रमी राममाया वाईबा,कलाकार रमेश रिजाल र संजिता श्रेष्ठको पनि सहभागिता रहेको थियो ।