मन छुने कविताः शान्ति र प्रेम

अशान्तिलाई हटाउन यहाँ
प्रेमको बन्धन चाहिएको छ
सारा सृष्टि जोगाउन यहाँ
शान्तिको दुत चाहिएको छ

मणिकुमार श्रेष्ठ ‘सिजन’

खै के–के चाहिएको छ यहाँ
न्याय दिन नसक्नेले
प्रेमको भाषा के बुझ्लान र ?
अन्याय र अत्याचारमा रमाएका
ती कुल्लिन वर्गहरुले
शान्तिको भाषा के बझ्लान र ?
त्यसैले त
न्याय र अन्यायलाई छुट्याउन सक्ने
प्रेमको रोधन चाहिएको छ ।
त्यहीभित्र
समानता दिलाउन सक्ने
शान्तिको प्रतीक चाहिएको छ ।

कोही छन् यहाँ चिल्ला गाडीमा
कोही जान्छन्, दिनरात मेलापातमा
खै के गर्नु कुरा प्रेमको
किन गर्नु कुरा शान्तिको
धनी र गरीबबीचको
पर्खाल तोड्नका लागि
चाहिएको छ यहाँ
प्रेमरुपी शान्तिका तरवार ।।

साल्पासिलिछो, भोजपुर

रमाइलो चुट्किलाः हतारमा सालीकै कट्टु लगाएछु !

२  जना कर्मचारीहरु एकआपसमा कुरा गर्दै– पहिलो कर्मचारीः आज रातिको प्लान के छ त यार ? दोश्रो कर्मचारीः आज बिहानको मासु बचेको छ । चट्ट लोकलसंग खाँदै क्रिकेट हेर्ने । अनि तिम्रो नि ? पहिलो कर्मचारी स् घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु । दोश्रो कर्मचारीः हाहाहा… किन नि ? पहिलो कर्मचारीः बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु । के यार हाहाहा…!

आई लव युपछि गायक कमल के क्षेत्रीले सार्वजनिक गरे `डबल माया´ ( भिडियो सहित )

लामो समयदेखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर आफुलाई सफल गायकको रूपमा चिनाउन सफल गायक हुन कमल के क्षेत्री । सानै उमेर देखि गीत संगीतमा रुचि राखेका गायक कमलले अहिले सम्ममा आफ्ना शुभचिन्तकहरुलाई निकै राम्रा,मन छुने देखि लिएर नाच्न सम्म बनाउने खालको धेरै हिट गीतहरु दिईसकेका छ्न । साङ्गितिक जीवनको यात्रा २०५९ साल देखि सुरुवात गरेका कमलले आफ्नो यस यात्रामा पहिलो गीत जलाई दिए हुन्छ गाए तर उनले त्यस गीतबाट सोचेको जस्तो सफलता हासिल गर्न सकेन । त्यसपछि पुन मेहनतका साथ उनले २०६४ऽ६५ सालमा नाचन झ बोलको गीत लिएर दर्शकमाझ आए । आफ्नो लगन र मेहनतको फलस्वरूप उनको यस गीत भने दर्शक श्रोताको मन जिते र संगीत क्षेत्रमा उनले आफुलाई एक चर्चित अनि हिट गीतका गायकको रूपमा पनि चिनाए । यहि यात्रासंगै उनि सम्पुर्ण माझ लोकप्रियता कमाए र उनले आफ्नो एकल शब्द ,संगीत अनि गायनमा गीत आई लब यु पनि दर्शकमाझ सार्वजनिक गरे । एल्बम आई लब यु मा रहेको शिर्ष गीतले दर्शकको साथ पाए यहि सफल संगीत यात्रामा आफुलाई लोकप्रिय ,चर्चित , सफल गायकको रूपमा चिनाई सकेका गायकले पुन आफ्नो शुभचिन्तकहरुको लागि नया गीत लिएर आएका छ्न । सफल हिट गीतहरुलाई जस्तै दर्शकको माया पाउने आश र बिश्वासले उनले यस गीत सार्वजनिक गरेका हुन । सार्वजनिक यस ञ ड्बल मायाँझ बोलको गीतमा शब्द तथा संगीत भने बिकास पाण्डेको रहेको छ र गीतलाई एरेन्ज बाबु प्रधानले गरेको  छ । ्आकर्षक तरिकाले तयार गरिएको यस गीतको म्युजिक भिडियोलाई गायक कमल के क्षेत्रीले प्रस्तुत गरेका छन्, भने  भिडियोलाई चर्चित क्यामेरामेन अनिल के मानन्धरले खिचेका  छन  । पुरै डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माले  निकै आकर्षक अभिनय गरेका छ्न । गीतमा  सुनिल क्षेत्रीकै कोरियोग्राफ रहेको छ भने  शिलन लम्सालले सम्पादन गरेका छ्न ।

एक पटक खुसी खोसिएपछि दुखी भइरहनु पर्दैन र फेरि खुसी आउन सक्छ (हेर्नुहोस् भिडियो)

पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै सार्वजनिक यो गीतमा आसुँमा डुब्ने र एक्लो महसुस गर्ने होइन, हाँस्न र बाँच्नका लागि संसार ठूलो छ भन्ने भाव व्यक्त गरिएको छ । हरि लम्सालको संगीत रहेको यो भिडियो यतिबेला युट्युबमा समेत मन पराइएको छ । यो गीतको भिडियो रचना गर्भले बोलेजस्तै गरी बनाइएको छ । गायक बानियाले जनजिब्रोमा झन्डिने गरी गीत गाएका छन् । केही समयपछि नयाँ भिडियोसहितको गीत सार्वजनिक गरेका गायक बानिया गीत स्तरीय बनेको बताउँछन् । ‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ गायक बानियाले भने, ‘सबै एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको हो ।’ भिडियो हेरेर भावुक भएको धेरैले प्रतिक्रिया दिएका छन् । एक पटक खुसी खोसिएपछि दुखी भइरहनु पर्दैन र फेरि खुसी आउन सक्छ भन्ने भावमा गीत बनेको बताउँदै कवि तीर्थले भने, ‘गायक बानियाले गीतलाई न्याय गरेका छन् । भिडियो पनि एकल महिलाको संवेदनालाई न्याय गर्दै बनेको छ ।’ यो गीत लमजुङको भुजुङ गाउँमा देखिएको दृश्यले जन्माएको कवि श्रेष्ठले बताए । कहिले देशभक्ति, खेलकुद, रोमान्टिक त कहिले प्रेम रसका गीत पस्कीरहने बानियाले यसपटक पनि उस्तै फरक र मौलिक स्वादको गीत पस्किएका छन् । दुई दशकदेखि संगीत कर्म गरिरहेका गायक बानियाले चर्चामा रहेको ‘म त बलेनीमा’ गीतपछि यो गीत बजारमा ल्याएका हुन् । यसअघि उनको मान्छे, डाउड, प्रोफाइल एल्बम बजारमा आइसकेका छन् । एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, सिर्जना जिसी, अनील लामिछानेले अभिनय गरेका छन् । https://youtu.be/GcDFX2_ZZ08

चर्चामा स्मिता दाहाल, भाइरल हुँदै ‘पानी कुवाको’ गीत

काठमाडौं, लामो प्रतिक्षापछि नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको गीत ‘पानी कुवाको’ बाट । शुभ मिडिया होमले बजारमा ल्याएको गीत हो ‘पानी कुवाको’ । गीतको बोलमा अभिनय गरेका छन् कार्टुन क्रू, प्रियंका कार्की, सरोज ओली र स्मिता दाहालको । गीतमा स्वर सरोज ओली र स्मिता दाहालको रहेको छ । कबिराज गहतराजले निर्देशन गरेको गीतका बोल दिनेश थपलियाले लेखेका हुन । यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन कोही जस्ती भन्छिन् भन्ने बोलको उक्त एल्बमको गीत पनि निकै चर्चित भएको थियो । स्वरमा आफ्नै मौलिकता भएकी स्मिताको यो गीत अहिलेसम्म युटयूबमा ट्रेण्डिङ क्रममा रहेको छ । स्मिताको नयाँ गीत २४ घण्टा नपुग्दै १ लाख ६० हजार भन्दा बढी हेरिसकेका छन् । यूट्यूबमा अनिल सुवेदीले कमेन्ट गरेका छन् “गीत राम्रो छ, सबै सम्मिश्रण, गीत, संगीत, नाच । ४ घण्टा अपलोड भएको ५ पटक हेरेर प्रतिक्रिया दिँदै छु । बधार्इै छ सबैलाई ।” यसैगरी इन्डियन च्यानलले प्रचिक्रिया दिँदै ५०० पटक हेरिसकेको र कोही टक्कर दिने छ भन्ने लेखेका छन् । यूटुबमा अहिलेसम्म ५ सय बढीले गीतमाथि प्रतिक्रिया दिएका छन् । स्मिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डकी नातिनी हुन ।

साहित्यः ‘पुस्तकालय र जीवन’

‘कृपया शान्त रहनुहोला’ भनी पढ्दै प्रवेश गरेका उसका नजर दराजमा सजिएका पुस्तकहरुमा यसरी आक्रमण गर्दै थिए कि ! उ आवरण हेरेर पुस्तक रोज्दै थियो अनि पुस्तक रोजेर जीवनका परिभाषाहरु खोज्दै थियो !! पुजा वागीश मौनतालाई चिरफार गर्दै जिज्ञासाहरुले पहाडझै थुप्रै प्रश्नहरुका बीज उब्जाइरहेका थिए खैलाबैला मच्चाइरहेका थिए फरक आकृती,फरक रङ्ग !! अनि फरक शीर्षकहरुमा उ जीवनका फरक फरक स्वरुपहरु दाजिरहेको थियो !!! जीवन पुस्तकालय हो र जिवनयात्रामा भेटिएका यात्रुहरु आवरणभित्रका पुस्तकहरुजस्तै जसले केही न केही पाठ सिकाइरहेका हुन्छन् भेटिदा, छुटिदा, राम्रा अनि नराम्रा !!! त्यस्तो शुन्यता, जहाँ घण्टौंसम्म हराइरहेका समयका घण्टीहरु हरार्इरहन्छन भित्र–भित्रै, परपर निकै अबेरसम्म !! तरपनी उ पुस्तकालयमा जीवन खोजिरहेको हुन्छ !!! अलमलमा !! तर भेट्टाउने झिनो आशामा !!!

मस्टर एण्ड मिस पूर्वी चितवनको उपाधि जेसिसा र निश्चललार्य

रत्ननगर, असार २१ । मिस्टर एण्ड मिस पूर्वी चितवन २०१८ को उपाधि जेसिसा कुमाल र निश्चल अधिकारीले हात पारेका छन् । सर्च एजुकेशन नेपालको प्रस्तुती तथा नेपाल आइस बियरको प्रायोजनमा आयोजित मिस्टर एण्ड मिस पूर्वी चितवन २०१८ मा महिलातर्पm जेसिसा कुमाल र पुरुषतर्पm निश्चल अधिकारीले अवार्ड हात पारेका हुन । त्यस्तै रोशनी उप्रेतीले फस्टरनरअफसँगै मिस पर्सनालिटी अवार्ड हात पार्दा लबकुश थापा मगरले पुरुष तर्पmको फस्ट रनरअफको उपाधि जिते । एक महिना लामो तयारी र तालिमपछि असार १८ गते सौराहस्थित होटल सेभेन स्टारमा आयोजित उक्त कार्यक्रममा महिलातर्पm १६ जना र पुरुषतर्पm ९ जना मोडलहरु ¥याम्पमा उत्रिएका आयोजक मिलन लामाले जानकारी दिए ।

श्रीमान् र श्रीमतीको यो रमाइलो चुट्किला

शेरेः श्रीमतीसँग झगडा सकियो ? विरेः खुट्टामा ढोग्न आर्इ शेरेः कसरी ? विरेः उसले भनी, पलंग मुनिबाट बाहिर आउँ अबदेखि पिट्दीन् ।

साहित्यः मलाई यति कठोर समयले बनायो

युवराज पौडेल ‘सफल’ मलाई यति कठोर समयले बनायो जिन्दगीका हरेक त्यो लयले बनायो कहिलेकाही यतिसम्म कठोर बन्नुपर्ने यस्तो मलाई घटना कतिपयले बनायो किन रोप्थे रुख, किन लाउँथे पर्खाल यो सबै गर्न बाध्य भूक्षयले बनायो सधैं जवान हुने चाहना नभएको होइन हेर्नुस् न यो बुढेसकाल बयले बनायो वनको बाघले होइन, मनको बाघले खायो मेरो यो हालत अदृश्य भयले बनायो

‘मोडल हन्ट नेपाल २०१८’को चौथो सिजन सुरु

काठमाडौं । विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल्सले ‘मोडल हन्ट नेपाल २०१८’ को आवेदन खुल्ला भएको जानकारी दिएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरुको व्यावसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्य यस प्रतियोगिताले राखेको छ । प्रतियोगिताको पहिलो अडिसन आगामी साउन ५ गतेबाट काठमाडौदेखि सुरु हुँदैछ । काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुन काठमाडौमा आएर सकिने छ । १८ वर्षदेखि २८ वर्षसम्मका अविवाहित युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा केटा प्रतियोगिताको उचाई ५ फिट ८ इन्च र केटी प्रतियोगिताको उचाई ५ फिट ४ इन्च अनिवार्य हुनुपर्ने आयोजकको प्रावधान छ । प्रतियोगिताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम स्पर्धाका लागि नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । उनले भने ‘पहिलो चरणबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाका लागि प्रशिक्षण दिइने छ ।’ इन्टरनेशनल मल्टीटक्स अवार्ड बिजेता रोजिन शाक्यको कोरियोग्राफी रहने प्रतियोगितामा पुर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, चर्चित फोटोग्राफर राजभाई सुवाल, नेपालका पहिलो अन्तराष्ट्रिय मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केशरी शाह लगायतले अन्तिम प्रतियोगीलाई प्रशिक्षण दिनेछन् । मोडलिङ सम्बन्धि यो एकमात्र उत्कृष्ट प्रतियोगिता भएकोले चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनलाई पनि अवसर प्रधान गरिने छ । प्रारम्भिक अडिसनमा फोटोसुट, र्याम्पवाक, एक्सप्रेसन, एटिट्युट लगायत शिर्षकमा प्रतियोगीको मुल्याङकन हुनेछ। युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रियस्तरको मोडल बन्न प्रतियोगिता लाभदायक हुने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिने छ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण लिनेछन् । भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजमा फाइन हुने प्रतियोगिताको शिर्ष विजेताले नगद १ लाख र उत्कृष्ट तीनभित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सहभागीको अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरुष विजेताले चीनमा आयोजना हुने ‘मिष्टर ओसिस’ र महिला विजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने विभिन्न फेसन शोमा समेत सहभागीको अवसरका साथै बिभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोकले जनाएको छ ।

मुसहर वस्तीमा यसरी मनाइन् सुन्तलीले जन्मदिन

बर्दिवास, असार १७ । “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास-१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् । कुञ्जना र उहाँका पति हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइ दिएको दुई वर्षअघिको कुरा सम्झँदै अञ्जलीले फेरि थपिन्-, “हामीलाई मान्छेजस्तो बाँच्न सिकाउने नै तपाईहरु हो, तपाईहरुले बिर्सिदिनु भए हामी टुहुरा हुन्छौँ ।” अञ्जलीमात्र नभई आरती, प्रियङ्का, निशा र आशासहितका १५० जना मुसहर बालबालिका शनिबार कुञ्जनालाई जन्मदिनको शुभकामना दिन तल्लिन हुँदै आफ्ना मनोभाव पोखिरहेका देखिए । बस्तीका मुसहर बालबालिकालाई धुर्मुस-सुन्तली आएको दिन ठूलै पर्व हुने गर्छ । शनिबार हाँस्यकलाकार कुञ्जना आफ्नो जन्मदिन मनाउन धुर्मुससहित बस्ती आएपछि यहाँका सबै बालबालिका फुरुंग छन् । कुञ्जनालाई आफ्नै करेसाबारीमा फुलेका सयपत्रीका माला गलामा, हरियो दुवो चुल्ठोमा सिउरी दिन, राता अक्षता निधारमा लगाइदिन मुसहर बालबालिका आतुर देखिन्थे । बालबालिकाको स्वागत ग्रहण गरेकी हाँस्यकलाकार कुञ्जनाले सबै स्कूले नानीलाई कापी, कलम, कोसेली दिनुभयो । “सबै प्रेमका बशिभूत हुँदारहेछन्” कुञ्जनाले बालबालिकालाई मिठाई खुवाउँदै भन्नुभयो-, “तिमीहरुले दिएको मायाले नै मलाई तिमीहरुसँग बसेर जन्मदिन मनाउन यहाँ ल्यायो ।” कुञ्जना जन्मदिन मनाउन बस्ती आएपछि बस्तीका सबैजसो घरमा आज घोङी (एकप्रकारको शंखेकिरा) को तरकारी पाकेको छ । “हाम्रो जलसा (उत्सव) मा घोङी विशेष कुरा हुन्छ” बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले भन्नुभयो, “हाम्रालागि धुर्मुस सुन्तलीभन्दा ठूला मान्छे अरु छन् भन्ने लाग्दैन, आज सबै घरको घोङी उहाँहरुले चाख्नुहुन्छ ।” २०७२ सालको हिउँदमा बस्तीका ५० घर मुसहरलाई पक्कीघर बनाएर २०७३ साल वैशाख १ गते घर हस्तान्तरण गरेयता धुर्मुस-सुन्तली आफ्नो जन्मदिन मनाउन, मिथिला र मुसहर जातिका चाडपर्व विशेषमा भागलिन यहाँ आउने गर्नुभएको छ । “हामी शुरुमा आउँदा यहाँका बासिन्दा मुण्टो फर्काएर हिँड्थे, साना नानीहरु सिंगानको लत्को झार्दै नाङ्गै कुद्थे” हाँस्यकलाकार धुर्मुसले दुई वर्षअघिको बस्ती सम्झँदै भन्नुभयो-, “अहिले यहाँका सबै बासिन्दा शिष्टाचारपूर्वक अतिथि सत्कार गर्छन्, यहाँका नानीहरु सफासुग्घर भएर स्कूल गएको देख्दा खुशी लाग्छ ।”  -रासस

यो रमाइलो चुट्किला : चालुखाता

चालु खाता धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भने छ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि थाहा छ ! विरे– के हो भन त ? शेरे– उनी बैंकमा काम गर्छिन, उनको काउन्टरको माथि लेखिएको थियो ‘ चालु खाता’

नेपाली मोडेल बजारमा नयाँ नायिका

काठमाडौं, नेपाली मोडेल बजारमा नयाँ नायिका भित्रिएकी छिन् । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने सुक्मित घिसिङ मोडलिङलाई नै भविष्य बनाउने गरी प्रवेश गरेकी हुन । काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशका बिभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मितले बच्चा देखिकै चाहना मोडल तथा कलाकार बन्ने रहेको बताइन । सुक्मित गायक ध्रुब बिस्कोको गीतको म्युजिक भिडियो बाट मोडलिङ क्षेत्रमा प्रवेश गर्न लागेकी छिन् ।

अशोकले दुवैमा भएको कुरा नभनौं भनेपछि….

अहिले जताततै बालगायक अशोक दर्जीको चर्चा छ । उनी समाजिक सञ्जालमा निकै फैलिएका छन् । सामान्य परिवारमा जन्मिएका अशोक अहिले एकाएक चर्चित भएपछि उनको चाँसो सर्वत्र हुन थालेको हो । अचेल उनले गाउँने  गित प्रायः सबैले गुनगुनाउँ छन् । यहि गित गाउँनका लागि अहिले अशोकलाई देशविदेशका कार्यक्रम भ्याइनभ्याइ छ । केही दिन अघि मात्रै दुवैको कार्यक्रम सकेर नेपाल फर्किएका अशोकले एउटा युट्युव च्यानलसँग कुराकानी गर्दै देशविदेशमा व्यस्त हुन पाउँदा निकै रमाइलो लागिरहेको बताए । साथै, संचारकर्मीले दुवैमा के-के गर्नुभयो भनेर प्रश्न सोध्दा- अशोकले भने, त्यो चाहिँ नभनौं । बाँकि कुराकानी हेर्नुहोस्-

शनिबार विशेष : कति सजिलै रङ्गाउन दियो सिउँदो !!!

भन्न त भने हुँला टाढा जान नजिक नआउन पनि । कहाँ सकुँला आखिर तिमी बेगर मुस्कुराउन पनि ।। बोतलको बिर्कोमा जिन्दगी राखेर हर साँझ पिउनैपर्छ प्रिया तिम्रा यादहरु भुलाउन पनि । मलाई मृत्युको काखमा पुर्याएर यो समयले तिम्रो । कति सजिलै रङ्गाउन दियो सिउँदो रङ्गाउन पनि ।। मनमा राखिएको मान्छे मुटुमा राखिएको मान्छे । आज लायक भइएन पैतालामा सजाउन पनि ।। सुरेनराम, सिखरझाला कैलाली एजेन्सीको सहयोगबाट

प्रेमी र प्रेमिकाबीच यो रमाइलो गफ

प्रेमीः होइन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नुहुन्न ? प्रेमीकाः अहँ ! गर्नुहुन्न तर आमाले चाँहि साह्रै गाली गर्नुहुन्छ । प्रेमीः बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँहि किन त्यति धेरै गाली गर्ने नि ? प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनुहुन्न ।