प्रथम खोटाङ आइडल बने तेजकुमार

खोटाङ । सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् ।

गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् ।

पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो ।

विजेता राईलाई दिक्तेलस्थित इटिसी मोबाइल सेन्टरले रु २१ हजार मूल्य बराबरको मोटोरोला मोबाइल प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा छात्रवृत्तिमा कक्षा ९ मा अध्ययनरत राई केपिलासगढी गाउँपालिका–५, सप्तेश्वरका हुन् ।

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आइडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दीपा राई पाँचौँ भएका छन् ।

प्रतियोगितामा दोस्रो हुनेले नगद रु २४ हजार ५७४ का साथमा तीन महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद रु १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीद्वारा आयोजित रियालिटी शोमा चौथो हुनेलाई रु दुई हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौँ हुनेलाई व्यक्तिगततर्फबाट नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । गत मंसिर २३ गतेबाट शुरु प्रतियोगितामा जिल्लाका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

दिक्तेलस्थित सरस्वती माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै बेजोड सांगीतिक प्रस्तुति रहेको थियो ।

राति अबेरसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायक रेवत राईलगायतले दर्शकलाई नचाएका थिए । रासस

स्थगित ‘दबंग द टुर’ कार्यक्रमको मिति तय

काठमाडौं, फागुन २९ । सुरक्षाका कारण स्थगित गरिएको ‘दबंग द टुर’ कार्यक्रम मे ५ मा हुने भएको छ। बलिउड अभिनेता सलमान खानसहितका कलाकार सहभागी हुने सो कार्यक्रम मार्च १० का लागि तय गरिएको थियो। अहिले अवस्था शान्त बन्दै गएकाले कार्यक्रम मे ५ का लागि निर्धारण गरिएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले बताए। ‘हामीले कार्यक्रमको तयारी गरिरहेका छौं,’ उनले भने, ‘मे ५ मा सलमान आउने पक्का भएको छ।’ पहिले सलमान खानको नेपाल भ्रमणका सम्बन्धमा सम्झौता गर्दा उल्लेख भएअनुसार नै कार्यक्रम सारिएको उनको भनाइ छ। टुँडिखेलमा हुने भनिएको कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ।

महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी सुधार हुनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गर्नुभयो । आयोगका पूर्वअध्यक्ष नैनकला थापाले महिलामाथिको विभेद अन्त्य गर्नका लागि सबै महिला एकजुट हुनुपर्ने औँल्याउनुभयो । आयोगका पूर्व सदस्य लिली थापाले आयोगले गाउँ नगर पुगेर महिलाको पीडा न्यूनीकरणका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आयोगका पूर्वसचिव शरदराज विष्टले महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी व्यवस्थामा सुधार हुनुपर्ने औँल्याउनुभयो । कार्यपत्र प्रस्तोता गीता पाठक र सुशीला श्रेष्ठले सामाजिक परिवर्तन नभएसम्म सर्वसाधारण जनता तथा विशेष गरी शोषित अवस्थामा रहेका महिलाले परिवर्तनको अनुभूति गर्न नसक्ने बताउनुभयो । आयोगका सचिव तुल्सीराम सेढार्इंल आयोगले महिलाको अधिकारको रक्षाका लागि काम गर्दैआएको जानकारी दिनुभयो । रासस

‘खोट्टाबजी ’का बाबालाई रु एक लाख सहयोग

काठमाडौँ । सुखावती मल्टी प्रोडक्ट र खोट्टाबजी समूहले कलाकार मानकृष्ण कपाली ‘बाबा’लाई रु एक लाख २२ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । मुटुरोगबाट पीडित कपालीको उपचारमा सहयोगका लागि विभिन्न कलाकारबाट रकम संकलन गरिएको थियो । ‘इमेज च्यानल’बाट नेवारी भाषामा प्रसारण भएको मा खेल्ने स्थानीय जनबहालमा बसोबास गर्दै आउनुभएका कपालीको केही महिनादेखि मुटुमा समस्या देखिएको छ । सुखावती प्रोडक्टका निर्देशक विनोद तुलाधरले कलाकारिताको माध्यमबाट नेवारी भाषा साहित्यको विकासमा योगदान गर्नुभएका कपालीको स्वास्थ्यमा समस्या र आर्थिक अवस्था कमजोर रहेका कारण आफ्नो संस्थाले विभिन्न कलाकारसँग समन्वय गरी मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । रासस

‘नेपाल आइडल–२’ को अडिसनको कहिले ताेकियो ?

काठमाडौं । अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो नेपाल आईडल २ को अडिसन मिति र स्थान सार्वजनिक गरेको छ । देशका कुना कुनामा रहेका प्रतिभाहरुको लागि अवसर भन्दै शुरु गरिएको गायन शोका अडिसन भैरहवाबाट शुरु हुने भएको छ । भैरहवाको जेसिस किन्डर गार्डेनमा चैत ६ गते सिजन २ को पहिलो अडिसन हुन लागेको हो । त्यस्तै दोस्रो अडिसन धनगढीमा चैत ११ गते हुनेछ । उक्त टिमले हेटौंडामा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरमा बैशाख १४ गते तथा काठमाडौं अडिसनको मिति भने तोकिएको छैन ।

जयकिशनको फिल्म‘तिम्रै छोरी तरुनी…’लाई पिजी सर्टिफिकेट (ट्रेलरसहित)

काठमाडौं । पछिल्लो समयमा हास्य बिधामा नेपाली चलचित्र क्षेत्रमा जमेका नायक जयकिशन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ले पिजी सर्टिफिकेट पाएको छ । यही फागुन १८ गते शनिबारदेखि प्रदर्शनमा आउँने उक्त चलचित्रमा प्रयोग भएका दोहोरो अर्थ लाग्ने संवादका कारण सेन्सरबोर्डले आपत्ति जनाएपछि पिजी केही ढिलाई भएको थियो । सेन्सरबोर्डले १६ वर्ष भन्दा कम उमेरका दर्शकलाई बन्देज गरेको बताइएको छ । हास्य विधालाई मुख्य बिधा बनाईएको चलचित्र “तिम्रै छोरी तरुनी हामीलाई के को दोष” को निर्माण दिलाराम सापकोटाले गरेका हुन् भने क्लासिक फ्रेमको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको प्रस्तुतकर्ता ईन्द्र दोङ (खम्बे) हुन् । कार्यकारी निर्माता सुदन धिताल रहेको उक्त चलचित्रमा जनकराज अधिकारीको छायाँकन, देव महर्जनको द्वन्द, शिव बि।क। र जय किशन बस्नेतको नृत्य तथा संजय लामा (बल) को सम्पादन रहेको छ । चलचित्रमा जयकिशन बस्नेत, विष्णु सापकोटा (हर्के हवल्दार), महिमा सिलवाल, सुरबिर पण्डित (दारीबा, प्रकाश दाहाल, सुदन धिताल, मान बहादुर लामा, टिका थापा, दिलाराम सापकोटा, स्व। दिपेन शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यी हुन् सुन्दरताकै कारण प्रतिबन्ध झेलेकी नायिका

जकार्ता, फागुन १७ । विभिन्न मुलुकमा सौन्दर्य प्रतियोगिता हुने गर्दछन् । सुन्दरताका लागि कयौंले निकै मेहनत र खर्चसमेत गर्दछन् तर डेनी क्वान यस्ती अभागी भइन् जो सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छन् । डेनी क्वान कम्बोडियाकी नायिका हुन् । गत वर्ष अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो । आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ चलचित्रमा अभिनय गर्न एक वर्षसम्मका लागि रोक लगाएको हो । उनलाई कम्बोडियामा कामुक सुन्दरी मानिन्छ । डेनी क्वानका प्रशंसकहरुका अनुसार उनले अन्य नायिकासरह नै आफूलाई प्रस्तुत गर्र्दै आएकी थिइन् । तर सरकारले उनलाई मात्र प्रतिबन्ध लगाउनुको प्रमुख कारण उनी सुन्दर हुनु नै रहेको प्रशंसकहरु बताउँछन् । सरकारको सो निर्णयविरुद्ध उनले अपीलसमेत गरेकी थिइन् । तर परिणाम निराशाजनक नै रह्यो । अन्ततः उनी प्रतिबन्ध झेलेर अभिनयबाट टाढिएको १० महिना बितेको छ । उनीमाथि लागेको प्रतिबन्ध अझै दुई महिना कायम रहनेछ । सो अवधिपछि उनले का मगर्न पाउने हुन् या फेरि पनि त्यस्तै प्रतिबन्धको सामना गर्नुपर्ने हो भन्ने प्रष्ट भइसकेको छैन ।

मानव तस्करीको अभियोगमा द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान

काठमाडौं, माघ २५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । उनीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो । ‘निर्देशक खड्गीविरुद्ध अनुसन्धान हुँदै छ । उनीविरुद्ध मानव तस्कर गरेको अरोप छ । सोहीअनुसार जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरेको हो । उनले मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको उजुरी परेको छ । घटना सम्बन्धमा अनुसन्धान हुँदै छ । वास्तविकता अनुसन्धानपछि खुल्नेछ,’ स्रोत भन्छ । -नयाँ पत्रिकाबाट ।

‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ विभिन्न विद्यालयमा प्रदर्शन

काठमाडौं, माघ २५ । ऐतिहासिक चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ गत साता ललितपुरका विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ प्रदर्शन गरिएको छ । प्रदर्शनीको तयारीमा रहेको यस चलचित्रमा यसराज कार्की, हिसिला महर्जन (राजमति), मनिराज लवत, मदनदास श्रेष्ठ, अञ्जला नकर्मी, सुशील राजोपाध्याय, सञ्जय शर्मा राजोपाध्याय, मञ्जु श्रेष्ठलगायत कलाकारको मुख्य अभिनाय रहेको छ । प्रदीप खड्गीको निर्देशनमा बनेको यस चलचित्रमा नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणको समयमा अपनाएका विभिन्न युद्धशैली समेटिएको छ । फोकस पिक्चर्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘कीर्तिपुर’को कुल अंशमध्येको ९० प्रतिशत एनिमेटड रहेको छ । म्हसिका एजुकेसन एन्ड इन्टरटेन्मेन्टको आयोजनामा गरिएको उक्त चलचित्र प्रदर्शनीमा ललितपुरमा रहेका डिलाइ, श्रीज्ञान मन्दिर, ग्य्रान्ड एकेडेमी, माइलस्टोन, सगरमाथालगायत विद्यालयका विद्यार्थीका साथै शिक्षक–शिक्षिकाको पनि उपस्थिति थियो । विद्यार्थीले आफ्नो पाठ्यक्रममा नै उक्त लडाइँको विषयमा पढ्नुपर्ने भएकाले सर्वप्रथम स्कुलका विद्यार्थीहरुमाझ चलचित्र प्रदर्शन गरिएको आयोजकले जानकारी दिए । युद्धको समयमा के–कस्तो शैलीहरु अपनाइयो ? के–कस्ता घटनाहरु घटे ? भन्ने आधारमा चलचित्र तयार पारिएको जनाइएको छ । विद्यालयको पाठ्यक्रममा नै रहेको इतिहासलाई विद्यार्थीहरुले पढ्दै आएका थिए भने चलचित्रकोरुपमा हेर्न र बुझ्न पाउँदा विद्यार्थीहरु रमाएका थिए । शिक्षक–शिक्षिकाहरुले पनि यस्तो चलचित्रले विद्यार्थीहरुलाई इतिहासको विषयमा बुझाउन सहयोग पुग्ने बताए । चलचित्र प्रदर्शनपश्चात् गरिएको अन्तरक्रिया कार्यक्रममा निर्देशक प्रदीप खड्गीले विद्यार्थीहरुको प्रश्नको उत्तर दिएका थिए ।

बलिउड अभिनेत्री र भारतीय क्रिकेटरको केमिष्ट्रि मिलेकै हो ?

काठमाडाैं । केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् । उनीहरुको रोमान्सका कारण धेरै मसालेदार समाचार पनि बेला बेलामा आइनैरहन्छन् । भारतमा क्रिक्रेट, बलिउडमा ठुलो धनराशी लगानी हुनेगर्छ । त्यही भएर पनि अभिनेत्रीहरु क्रिक्रेटरसँग लवअफयेर गर्न रुचाउँने फिल्म विश्लेषकहरु बताउँछन् । १. बिराट कोहली र अनुष्का शर्मा सन् २०१४ र २०१५ मा सबैभन्दा बढी चर्चा रह्यो यो जोडीको । कहिले रोमान्सका कारण, कहिले ब्रेकअपका कारण त कहिले प्याचअपका कारण । सन् २०१३ मा एउटा सानो व्यापारिक कार्यक्रममा उनीहरु भेट भएका थिए । त्यसपछि उनीहरुको प्रेम कथा सूरु भयो । हाल उनीहरुको विवाह भइसकेको छ । २. युवराज सिंह र किम शर्मा यो जोडीको रोमान्स करिब ४ वर्षसम्म चल्यो । बि७लमबकजसटाउनमा उनीहरुको चर्चाले ठुलो स्थान पाएको थियो । सन् २००७ मा उनीहरु अलग्गिए । युवराजकी आमाले किमलाई मन नपराएपछि उनीहरुको सम्बन्ध टुटेको हो ।?रउश्र ३. जाहिर खान र इशा सर्वानी भारतीय राष्ट्रिय टिमका खेलाडी जाहिर खान र बलिउडी अभिनेत्री इशा सर्वानीको ८ वर्षसम्म प्रेम सम्बन्धमा रहे । उनीहरुको सम्बन्ध पछि त्यसै टुट्यो । हल्लाको कुरा पत्याउने हो भने लामो दुरीका कारण उनीहरुको प्रम सम्बन्ध टुटेको थियो । ४. उसमान अफजल र अमृता अरोरा चार वर्षसम्म अफयेर चलेको यो जोडीको पनि ब्रेकअप नै भयो । युकेमा बस्दै आइरहेका क्रिक्रेटरलाई धोका दिदै व्यापारी सकिल लडाकसँग अमृताले विवाह गरिन् । लडाकसँग ६ महिनाको अफेयर चलेपछि उनले विवाह गरेकी थिइन् । ५. शर्मिला टेगोर र मन्सुर अली खान पटाउँदी बलिउडको पुरानो तर चर्चीत लब स्टोरी रह्यो शर्मिला र मन्सुरको । बेंगली केटी तथा मुस्लिम केटा रहेका यी दुईको जोडी आज सम्म चर्चा हुने गर्छ । राज परिवारको सम्बन्धमा आएकी शर्मिलालाई अन्तत मन्सुरले विवाह नै गरे । शाही घरनाभन्दा पनि उनीहरुको प्रेम उच्च रह्यो । ६. रवि शास्त्री र अमृता सिंह रवि शास्त्रीलाई नचिन्ने कमै होलान् । अमृतालाई जब देखे उनी पहिलो भेटमै मायामा परे । तर उनीहरुको प्रेमको सूरुवात सुखद भएपनि अन्त्य दुखद नै रह्यो । केही वर्ष अफयेर चल्यो तर अन्तत उनीहरु अलग्गिए । ७. ब्रिट लिइ र प्रिति जिन्डा ब्रिट र प्रितिको लवस्टोरीबारे खुलेर कसैले पनि चर्चा गरेनन् । तर उनीहरु धेरैपटक सँगै देखिए । उनीहरु एकअर्कालाई डेटिङ गरेको खबर बाहिर आइरहँदा ब्रिटले भने लाना एन्डरसँग विवाह गरे । ८. हर्वजन सिंह र गीता वर्षा हर्वजन र गीता एकअर्काको बारेमा कुरा पनि गर्न चाहानन् । तर उनीहरु एकअर्कालाई डेटिङ गरेको भन्ने तथ्य टिवइटरले प्रस्ट पारेको थियो । उनीहरु अझै पनि प्रेम सम्बन्धमा रहेको बताइन्छ । गीताले एक कार्यक्रममा भज्जीको भुमिका आफ्नो लाइफमा ठुलो रहेको बताएका छन् । ९. युवराज सिंह र दिपिका पादुकोण सन् २००८ मा दिपिका र युवराजबिच अफेयर भएको चर्चा चुलिएको थियो । तर धेरै ठाउँमा उनीहरुलाई भेटिए पनि उनीहरुले अफयेरबारे जानकारी भने गराउन चाहेनन् । एजेन्सी

सलमानको ‘टाइगर जिन्दा हे’ को कमाई ३ सय ४० करोडको नजिक

काठमाडौं, माघ २४ । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा यति धेरै कमाई गर्यो, जसको कीर्तिमान तोड्न अन्य फिल्मलाई लामो समय कुर्नुपर्ने देखिन्छ। बलिउड इतिहासमा ३ सय करोड कमाई गर्ने फिल्मको सूचीमा सबैभन्दा बढी फिल्म नै सलमान खानको छ। सलमानको ‘बजरंगी भाईजान’, ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ ले ३ सय करोडभन्दा बढी व्यापार गरेको थियो। बक्स अफिसमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्ममा आमिर खानको दुईवटा फिल्म छ, जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन्। आमिरको फिल्म ‘पिके’ ले घरेलु बक्स अफिसमा ३ सय ४० करोडको आम्दानी गरेको थियो। जुन रकमको नजिक सलमानको फिल्म पुगेको छ। ‘टाइगर जिन्दा हे’ ले ३ सय ३८ करोड भारु कमाई गरिसकेको छ। अब ‘पिके’ को कमाईको कीर्तिमान तोड्न ‘टाइगर जिन्दा हे’ लाई गाह्रो पर्ने देखिन्छ। किनभने पछिल्लो साता यसले २ करोड ६३ लाख रुपैयाँ मात्र कमाई गर्यो। बक्स अफिसबाट बाहिरिनुअघि यो फिल्म ‘पिके’ को कीर्तिमान नजिक पुग्छ कि भन्ने आशा सबैलाई छ। -नुवाकाेटएक्सप्रेसबाट

अार्थिक समस्याका कारण ‘भद्रगोल’ को प्रसारण बन्द

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको निकै नै चर्चित हाँस्य टेलिश्रृखला ‘भद्रगोल’ अबदेखि यो साताबाट प्रसारण नहुने भएको छ । अब दर्शकले यो चर्चित श्रृंखला भद्रगोल हेर्न नपाउने भएका छन् । ‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्येका एक अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । घिमिरेले श्रृंखला सम्बन्धी एक लामो स्टाटस पोष्ट गर्दै दर्शकले अब ‘भद्रगोल’ हेर्न नपाउने जनाएका हुन् । चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’लाई साथ दिने मिडिया हब, दर्शकप्रति आभार व्यक्त गर्दै घिमिरेले आर्थिक समस्याका कारण श्रृंखला बन्द गर्नुपरेको उल्लेख समेत गरेका छन् । कार्यक्रमको सम्झौता अनुसार कहिले पनि रकम भुक्तानी भएन । केही कथित ब्यक्तिहरुको मनोमानीले गर्दा कार्यक्रम उत्पादनमा निकै समस्या परेको घिमिरेले बताए । ‘मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दा माथि देखिए,’ घिमिरेले अगाडि लेखेका छन् ‘केही ब्यक्तिको स्वार्थले कार्यक्रम मनोमानी ढंगले बिगारेर प्रशारण गराइयो ।’ मिडिया हबको ब्यापारलाई उच्च मुल्यांकन गरि दर्शकले चाहेअनुसारको श्रृंखला निर्देशक गरेको समेत उनले दाबी गरेका छन् । छोटो समयमै दर्शकको मन जितेर चर्चित बनेको ‘भद्रगोल’ केहि अघि पनि आर्थिक तथा आन्तरिक विवादका कारण बन्द भएको थियो । ‘भद्रगोल‘ करिब ३ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । श्रृखलामा घिमिरेको अलवा कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठलगायतको अभिनय रहँदै आएको थियो ।

इनासले बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने

काठमाडौं, माघ २० । अन्तराष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतीको संरक्षण र प्रवद्र्धन गरिरहेको एक विश्वब्यापी नेपाली संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)ले युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ । इनासको छैठौं युरोपेली सम्मेलनको अवसर पारेर युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०१८ अप्रिल २१ र २२ गते लन्डनमा आयोजना गर्न लागेको इनास बेलायतका महासचिव संजयभक्त कंडेलले जानकारी दिए । कार्यक्रम तालिका अनुसार २१ अप्रिलमा युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा इनास युरोपको छैठौं यूरोप स्तरीय वृहत भेला हुनेछ भने कार्यक्रमको दोस्रो दिन छैठौं युरोप महादेश स्तरीय नृत्य तथा तेश्रो महादेश स्तरीय गायन प्रतियोगिता गरिनेछ । गायन तथा नृत्य विधाका प्रतियोगीका लागि नियमावली समेत निर्धारण गरिएको छ । प्रतियोगितामा युरोपका विभिन्न देशबाट गायन र नृत्यमा दुई–दुई जना र आयोजक देशबाट दुवै विधामा तीन–तीन जनाले भाग लिन पाउनेछन् । बेलायतबाट इच्छुक सहभागिहरुका लागि १७ फेब्रुअरी २०१८ का दिन लन्डनमा अडिशन गर्न लागिएको यूके संरक्षक एवं ग्लोबल सचिव मनिषकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति बनाइएको श्रेष्ठको भनाइ छ । उक्त अडिशनबाट छानिएका दुवै विधाका ६ जनाले अन्य देशबाट आएका प्रतियोगीहरुसँग २२ अप्रिलमा हुने युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुनेले इनास युरोप महादेशका लागि एक वर्षे कार्यकाल रहने गरी इनासको अवैतनिक मानार्थ सद्भावना दूत नियुक्त गरिनुका साथै ‘इनास यूरोप नेपाली डान्सिङ स्टार २०१८ को उपाधि सहित सात सय एक युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१८ र ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१८‘ को विशेष उपाधि सहित क्रमशः पाँच सय एक यूरो र तीन सय एक यूरो, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । सम्पूर्ण सहभागी कलाकारलाई उच्च कदर गर्दै मायाको चिनो स्वरुप ट्रफी र प्रमाण पत्र प्रदान गर्ने आयोजकको तयारी छ । साथै विजयीलाई इनास आफैंले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा नृत्य प्रस्तुतिका लागि अवसर प्रदान गर्नेछ । चलचित्र, म्युजिक भिडियोमा समेत अभिनयका लागि अवसर प्रदान गरिने आयोजकले बताएको छ । इनासले गत वर्षको संस्करण डेनमार्कको कोपनहेगनमा आयोजना गरेको थियो । विश्वव्यापी रुपमा फैलँदै गरेको उक्त संस्थाले नेपाल लगायत विभिन्न देशमा नेपाली फिल्म अवार्ड कार्यक्रम समेत गर्दै आएको छ ।

‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री

राजविराज, पुस २५ । पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ । ‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो । विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’का निर्माता राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे । उक्त राहत सामग्री ‘राज्जा रानीकी गायिका अञ्जु यादवलगायतले हस्तान्तरण गर्नुभयो । लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ । यसैबीच बालविवाह र दाइजोविरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने निर्माता महतोले भन्नुभयो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित उक्त चलचित्र यही पुस २१ गतेदेखि देशैभर प्रदर्शनमा रहेको बताइएको छ । विपन्न समुदायलाई कम्बल यहाँका दलित तथा विपन्न समुदायमा चिसो र शीतलहरको प्रभाव परेपछि एक गैरसरकारी संस्थाले सोमबार कम्बल वितरण गरेको छ । पीडितलाई लक्ष्य गरी राहत सामग्री उपलब्ध गराउँदै आएको धर्मी हल्फा महिला विकास क्लब लालापट्टीले महादेवा गाउँपालिका वडा नं ६ ढिकलीवासीलाई राहत सामग्री उपलब्ध गराइएको हो । शीतलहरले कष्टकर जीवन बिताइरहेका ढिकलीका २८ दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगिन एक एक थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष इ सूर्यनारायण यादवले बताउनुभयो । सो वडाका वडा सचिव नमोनाथ मिश्र, समाजसेवी विश्वनाथ यादव र वेदनारायण लौगीलगायतको सहभागितामा सो राहत वितरण गरिएको हो । एक सातायता बढेको चिसो र शीतलहरका कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । प्रहरीले भने छ जना व्यक्तिको मात्र चिसोबाट मृत्यु भएको पुष्टि गरेको छ ।

बिग बोस ११– लव त्यागी घरबाट बाहिरिए, शिल्पा विजेता बन्ने दावी

मुम्बई, भारतीय रियालिटी शो ‘बिग बोस’ को ११ औं सिजनको अन्तिम चरण आइपुगेको छ । बिग बोसको आज सम्पन्न “विकेन्डका वार” मा प्राप्त भोटका आधारमा चर्चित सेलेब्रेटी लव त्यागीको यात्रा सकिएको छ । कैयन हप्तादेखि जोगिँदै आएका लब त्यागीले निकै लोकप्रिय प्रतियोगीहरुसँग नोमिनेशनमा फँसेको कारण बाहिरिनु परेको प्रतिक्रिया दिएका छन् । नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार, आकाश बाहिरिनु पर्ने भएपनि उनी नोमिनेशनमा नपरेको कारण जोगिएको प्रतिक्रिया लवले दिएका छन् । शुरुको चरणमा निकै आक्रामक र हिंस्रक व्यवहार गरेका लव पछिल्लो दिनमा भने लोकप्रिय हुँदै गएका छन । लवका अनुसार, यो सिजनको विजेता भने शिल्पा सिन्दे हुनेछिन् । शिल्पाले निकै स्मार्ट खेल खेलिरहेको उनको बुझाई छ । घर बाहिर आएपछि उनले प्रिया, बेनाफ्सा र हिना खान आफ्ना प्रिय साथी भएको बताउँदै आकाशप्रति भने नकारात्मक प्रतिक्रिया दिए । आकाशको गलत व्यवहार आफूले सधैं सम्झिइराख्ने उनले बताए । अभिनेता बन्ने लक्षमा अघि बढने आफ्नो योजना रहेको समेत लवले सुनाए ।

कमेडी आशीष ठकुरीको प्रस्तुती हाँस्दा हाँस्दा दर्शक बेहोस (भिडियो)

  काठमाडौं, क्यारिकेचर गर्ने धेरै हुन्छन, तर क्यारिकेचरसँगै अभिनय र चुटकिला कमेडी समेत मिसाउन सक्ने कला कमैमा हुन्छ । यहाँ एउटा भिडियो राखिएको छ । जसमा नेपालका चलचित्र कलाकार र फिल्मि क्षेत्रका हस्तीहरुका अगाडि आशीष ठकुरीले दर्शकहरुले बेजोडले हँसाएका छन् । बाँकी भिडियोबाट