‘नेपाल नेक्स्ट सुपरस्टार–२०१८’को उपाधी धिरज र करिस्नालाई

काठमाडौं, असोज २३ ।

यसवर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन्।

थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करणमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा पुरुषतर्फ धिरज र महिलातर्फ करिस्नाले नेपाल नेक्स्ट सुपरस्टारको उपाधी जित्न सफल भएका हुन् ।

सोमबार साँझ काठमाडौंको न्यूरोड, बिशाल बजारस्थित सासा इभेन्ट भेन्यूमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ८, टप ५ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ स्टेजमा उत्रिएका थिए ।

प्रतियोगिता अन्तर्गत बेष्ट वाक बिधाको उपाधी धिरज रसाईली र विभूति तण्डुकार, बेष्ट पर्सनालिटि संक्षम संग्रैला र रोशिका दहाल, मोस्ट कन्फिडेन्ट पुष्पा नेपाली र दिवस लामिछाने, मोस्ट फोटोजेनिक असिम अली र विभूति तण्डुकार, बेस्ट स्माईल कल्पना बिष्ट र सौरभ शाह, मोस्ट ट्यालेन्ट दिपेश लामा र करिस्ना श्रेष्ठ, पब्लिक च्वाइस अवार्डमा गणेश खत्री र मनिषा लिम्बु, मोस्ट ह्यान्डसम बिबेक जोशी, मोस्ट क्रियटिभ लोमन रेग्मी र करुना शाह, मोस्ट ब्यूटिफुल पुजा एरी, मल्टिमिडिया च्वाईस दिपक बुढाथोकी र करिस्ना श्रेष्ठ, मोस्ट डिसिप्लेन अर्जुन विश्वकर्मा र गरिमा शर्माले विभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् ।

सनिस शाक्यको कोरियोग्राफीमा कुल २५ जना प्रतियोगीहरुलाई १ महिनासम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन जवान रञ्जित र सुनिल गुभाजुले गरेका हुन् ।

कार्यक्रमको प्रमुख आतिथिमा सिनेकर्मी तथा चलचित्र निर्देशक अनिल पाण्डे र निर्णायकको भूमिकामा उत्तम बनेपाली, सुमित सिग्देल र शिवराज कार्की हुनुहुन्थ्यो ।

सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई अझै भब्य बनाउन एमपी इभेन्टसले ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने आयोजक मदन पौडेलले बताए । मिडिया पार्टनरमा अर्थ संसार डट रहेको थियो ।

हेर्नुहोस् भिडियो–

नरेश पातलीले ल्याए ‘आइह्याब अ गर्लफ्रेण्ड’ [भिडियोसहित]

काठमाडौं । नेपाल आइडलको छनौंट अडिसन धनग‍ढीबाट चर्चामा आएका नरेश पातलीको स्वर र अभिनयमा रहेको ‘आइह्याब अ गर्लफ्रेण्ड’ सार्वजनिक भएको छ ।     केही समय अगाडी नेपालकै चर्चित हाँस्य टेलीशृङ्खला भद्रगोलमा पनि आफ्नो क्षमता प्रदर्शन गरेका पातलीले यस गीतमा स्वर र शशक्त अभिनय गरेका छन् ।     बादल घिमेरेको प्रस्तुतीमा रहेको आइह्याब अ गर्लफ्रेण्ड बोलको गीतको म्युजिक भिडियोमा नरेश पातली, जशोदा कार्की, बादल घिमेरे र सिवानी कार्कीको शशक्त अभिनय देख्न पाइन्छ । यस गीतमा लयररचना घिमेरेकै रहेको छ ।

नेपालमा पनि ‘को बन्छ करोडपति’ कार्यक्रम सुरु हुँदै, राजेश हमाल प्रस्तोता

काठमाडौं, असोज १८ । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ ।   एसआरविएन मिडिया प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएको सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए ।   नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औंल्याए । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।   भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् । भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् ।   नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्ने छन् । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ । -रासस

बिग बोसको घरबाट चुहियो गोप्य सूचना !

काठमाडौँ, असोज १८ । बिग बोसको १२ औं सिजन चलिराखेको छ । बिग बोसको घरभित्र के के हुन्छ भन्नेबारे अधिकांश कुराहरू रहस्यमय नै रहने गरेका छन् । कतिपयले त बिगबोसको घरमा हुने झैझगडा र विवाद पूवनिर्धारित हुने र दर्शक तान्नका लागि त्यसमा विभिन्न बखेडाजस्तो सिर्जना गरिने गरेको बताउँछन् । यस सिजनको एउटा चर्चित प्रसङ्ग ६५ वर्षीय भजन गायक अनुप जलोटा र ३७ वर्षीय जस्लीन मथारूबिचको प्रेम प्रसङ्गलाई समेत धेरैले दर्शक तान्ने ‘फण्डा’ रहेको मान्ने गर्छन् । वास्तवमै के हुन्छ त बिगबोसको घरभित्र ? नितिभा कौल यस सोको सिजन-१० की कमनर कन्टेस्टेन्ट नितिभा कौलले बिगबोसको घरको १० वटा रहस्य सार्वजनिक गरेकी छिन् । कमनर कन्टेस्टेन्टको रूपमा प्रवेश पाएपनि नितिभाको जीवनशैली कुनै सेलिब्रिटी भन्दा कम छैन । कस्मीर मूलकी उनी दिल्लीमा बस्छिन् यसअघि गुगल मार्केटिङ सोल्युसनमा एसोसिएट म्यानेजर थिइन् । नितिभाले निकै सोचविचार गरेर सो जागिर छोडेर बिगबोसमा भाग लिएको बताइएको छ । नितिभाका अनुसार बिगबोसको घरमा यस्ता रहस्य रहेका छन्: १. कहिले काहिँ सलमान खानको घरबाट आउँछ सबैको लागि खाना  यस कार्यक्रमको ‘विकेण्ड का वार’ भन्ने एपिसोडमा प्रतियोगीहरूका लागि सलमान खानको घरबाट खाना आउने गरेको थियो । खाना सलमानका कुकले तयार पार्दथे र यसमा धेरैकुरा सम्मिलित हुने गर्दथ्यो । सलमानले एपिसोडको सुरुमा नै सबैलाई ‘आज खाना कस्तो भयो?’ भनेर सोध्थे । नितिभाले एउटा प्रसङ्ग सार्वजनिक गरिन्: एक पटक खाना समयमा पुगेनछ । सलमानले ‘खाना कस्तो लाग्यो ?’ भनेर सोधे । प्रतियोगीहरूले आज खाना नै नआएको बताएपछि सलमानले एपिसोड बीचमै रोकेर निर्माता टोलीसँग असन्तुष्टि व्यक्त गरे । २. घरभित्र रक्सी पिउन मनाही नितिभा भन्छिन् कतिपय मानिसले बिग बोसको घरभित्र हप्तामा एक दिन मदिरापान गर्न पाइने भन्ने गरेकोमा उक्त कुरा साँचो नभएको बताइन् । उनका अनुसार यस घरभित्र रक्सी पाइनु त कता हो कता पिउन समेत अनुमति नरहेको बताइन् । उनी भन्छिन्, “पिउन पाइन्न, यहाँ चुरोट पिउनसम्म अनुमति छ ।” उनी भन्छिन्, “कतिपय प्रतियोगीहरूले ड्रग्स ल्याउने भन्ने गरिएकोले घरमा प्रवेश गर्नु पूर्व समानको जाँच गरिने गरिन्छ ।” ३. सो बीचमै छाडे ठुलो जरिवाना प्रत्येक सिजनमा कतिपयले बीचमै सो छोड्ने कुरा गर्दछन् । तर बिग बोसको घरमा प्रवेश गरिसकेपछि आफूखुसी घर छोड्नु चाहिं त्यति सजिलो छैन ।नितिभाका अनुसार बिग बोसको घरभित्र प्रवेश गर्नुभन्दा अगाडि सबै जनालाई केही कागजपत्रमा हस्ताक्षर गर्न लगाइन्छ जस अनुसार बीचमा नै सो छाडेको खण्डमा क्षतिपूति स्वरूप दुई करोड भारतीय रुपैयाँसम्म तिर्नुपर्ने प्रावधान राखिएको छ । ४. दुई झोलाभित्र सामान अटाउनुपर्ने यहाँ आउने सबै प्रतियोगीहरूलाई दुई वटा झोला दिइने र ती झोला भित्रै सबैले आफ्नो सबै समान अटाउनु पर्ने हुन्छ । तर विशेष अनुरोधमा प्रतियोगीहरूले केही सामान बाहिरबाट मगाउन सक्छन् यसमा कुनै विशेष प्रकारको लुगा या मेकअप सामग्री हुने गर्दछन् । ५. बिहान उठ्ने समय ‘फिक्स’ हुँदैन नितिभाका अनुसार प्रतियोगीहरूले बिहान उठ्ने समय निश्चित हुँदैन । विशेष गरेर यस्तो समय अगिल्लो दिनको सुटिङ कुन बेला सिद्धिएको थियो भन्नेमा भर पर्दछ । उनले आफू उठ्दा कतिपय बेला बिहानको ११ या १२ बजिसकेको हुने बताइन् । घरभित्र घडी नहुने भएकाले समयको अनुमान घाम हेरेर र छेवैको मस्जिदको प्रार्थना सुनेर लगाउनुपर्ने उनले बताइन् । ६. सरसफाइको काम राति बिग बोसको घरमा चारैतिर क्यामेराहरू लगाइएका हुनाले कयौंपल्ट घरको स्तर कायम राख्न घरमा सरसफाइको काम राति गर्ने गरिन्छ ताकि घरको कुना कुना सफा देखियोस् । ७. निर्माण टोलीका सदस्यहरूलाई देख्न सक्दैनन् प्रतियोगीहरू बिग बोसको घरमा निर्माण टोलीका सदस्यहरू प्रतियोगीहरूकै आसपास हुन्छन् तर प्रतियोगीहरूले उनीहरूलाई देख्न नसक्ने बनाइएको हुन्छ । नितिभाका अनुसार घरलाई चारैतिरबाट सीसाले घेरिएको हुन्छ जसको कारण घभित्रका सदस्यहरूमाथि उनीहरूले निगरानी गर्न सक्छन् तर प्रतियोगीहरूले भने उनीहरूलाई देख्न सक्दैनन् । ८. हप्तामा एक दिन हुन्छ विदा बिग बोसमा एक दिन सबैलाई बिदा दिइने गरिन्छ तर बिदामा उनीहरू आफ्नो घर जान पाउँदैनन् बरु उनीहरू बिदामा ब्युटी पार्लर जाने मेकअप गर्ने या आराम गर्ने गर्दछन् । बिग बोसमा शनिबार बिदा हुने गरेको छ । ९. अनुहार छोपेर ल्याइने गरिन्छ प्रतियोगीहरूलाई नितिभाका अनुसार बिग बोसको भ्यानिटी भ्यानसम्म पुग्नु पहिले सदस्यहरूको अनुहारमा मस्क लगाइन्छ र आँखामा पट्टी बाँधिन्छ । निर्माताहरूले प्रिमियर हुनु पहिले उनीहरूको अनुहार कसैले नदेखोस् भनेर यस्तो गर्ने गरेको नितिभा बताउँछिन् । १०. कडाईका साथ हुन्छ सामानको जाँच सोमा भाग लिन चाहने हरेक प्रतियोगीको प्रत्येक सामानलाई कडाईपूर्वक छेक गरिने गरिन्छ । घरभित्र ठुल्ठुला अक्षरमा ब्राण्डको नाम लेखिएका कपडाहरू समेत लाग्न निषेध गरिएको हुन्छ । यसका अतिरिक्त चेक र लाइनिङ भएका कपडा सेट भित्र लाग्न पाइंदैन । किनभने यस्ता कपडा क्यामेरामा बेग्लै देखिने गरेका छन् । यसका साथै टोपी, घडी, किताब र सनग्लास समेत यस घर भित्र लाग्न मनाही छ । एजेन्सी  

सुदुरपश्चिमका एक्ला प्रतियोगी रवि वड बिहीबार टप १० प्रवेशका लागि प्रतिस्पर्धा गर्दै

अत्तरिया, असोज १८ । सुदुरपश्चिम प्रदेशका एक्ला प्रतियोगी रवि ओड बिहीबार टप १० प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालको सबैभन्दा ठुलो सिंगिङ रियालिटी शो नेपाल आईडलमा उनी यस प्रदेशबाट अहिलेसम्म छनौट हुँदै आएका छन् । कञ्चनपुरको कृष्णपुर घर भएका रविको अहिलेसम्मको प्रस्तुति दर्शक श्रोताले धेरै मन पराएका छन् । दर्शकको भोटिङको आधारमा अबको उनको यात्रा तय हुने छ । उनले सुदुरपश्चिम प्रदेशका सबै शुभ चिन्तकहरुलाई भोटिङ गर्न अनुरोध गरेका छन् । उनले आफ्नो फेसबुक पोस्टमा यस्तो लेखेका छन्– आज मेरो लागि एकदमै महत्वपूर्ण दिन रहेको छ । नेपाल आईडलको टप १० प्रबेश का लागि म आज नेपाल आईडलको मन्चमा प्रतिस्पर्धा गर्न गैरहेको छु। हजुरहरु सम्पुर्णको साथ र सपोट का साथ मन्चमा प्रस्तुत हुनेछु। म आफुले १००५ दिनेनै छु साथसाथै मलाई हजुरहरु सम्पुर्ण को माया अनि सपोटको ठुलो खाँचो छ। आशा छ सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुले मलाई धेरै भन्दा धेरै भोट गरिदिनुहुने र सम्पूर्णमा हार्दिक अनुरोध पनि छ । भोटिङ कसरी गर्ने ? रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

‘राधा २’ मा प्रियंका र आयुष्मानको जोडी पक्का

काठमाडौं, असोज १४ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको सम्बन्धलाई लिएर अनविज्ञ अब सायदै होलान् । उनीहरुको इन्गेजमेन्ट समेत भइसकेको छ । अर्को वर्षको असारमा बिहे मितिसमेत तय भएको छ । प्रेम समबन्धमा रहेको खबर बाहिरिएदेखि धेरै मेकर्सले प्रियंका र आयुष्मानलाई लिएर फिल्म निर्माण गर्ने सोच बनाइरहेका छन् । केही फिल्म यी दुईले सँगै पनि गरे । हाल यो जोडीले अभिनय गरेको फिल्म ‘कथा काठमाण्डू’ प्रदर्शन भइरहेको छ । फेरि एकपटक यो रियल जोडीलाई एक नयाँ फिल्मलाई देख्न पाइने भएको छ । योगेश घिमिरेले निर्देशन गर्ने फिल्म ‘राधा २’ मा प्रियंकाको जोडी आफ्नै प्रेमी आयुष्मानसँग बाँधिने पक्का भएको छ । यो कुराको पुष्टि निर्देशक घिमिरेले नै गरेका छन् । कथाको मागअनुसार आयुष्मानलाई फिल्ममा लिएको उनले बताए । ‘यो म्यूजिकल लभस्टोरी फिल्म हो । उहाँहरु प्रेममा हुनुहुन्छ भनेर जोडी बाँधेका होइनौं । म्यूजिकको रेन्स आयुष्मानभन्दा मैले अरुमा देखिनँ । यसैले उहाँलाई लिएका हौं’ निर्देशक घिमिरेले भने । ‘राधा’ को पहिलो श्रृंखलामा अभिनेत्री सञ्चिता लुईँटेल र जीवन लुइँटेल प्रमुख भूमिकामा थिए । कथाले नयाँ पात्रको डिमान्ड गरेका कारण पुरानो जोडीलाई दोहोर्‍याउन नसकेको निर्देशकको भनाई छ । ‘राधा २’ को कात्तिक ८ गतेबाट छायांकन सुरु हुँदैछ ।

युवाका ढुकढुकी जनकले ल्याए ‘ठेगाना भेटियो’ (भिडियो)

डडेल्धुरा, असोज १२ । गायक जनक ताम्राकारले नयाँ गीत ‘ठेगाना भेटियो’ बजारमा ल्याएका छन् । उक्त गीतमा जनकसंगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेतीलगायतको स्वर दिएका छन् ।   यस गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् भने अल्मोडाले एरेन्ज गरेका हुन् । शब्द, उत्कृस्ठ संगीत संयोजन र सबैले एकै पटक आवाज दिएकाले गीत राम्रो बनेको गायक ताम्राकार बताउँछन् ।   यो गीतले सबैको मन जित्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ । ‘ठेगाना भेटियो’ जनकको चौथो गीत हो । यसअघि उनले ‘जुनकिरी’ ‘काफल खान्या कुइयाँ’ र ‘लौलौ सररर’ बजारमा ल्याइसकेका छन् ।

प्रतिस्पर्धी रवि वडले ‘नेपाल आइडल-२’ को यात्रा पूरा गर्न सक्लान् ?

लोकेश धामी, काठमाडौं । नेपाल आइडलमा सुदूरपश्चिमबाट एकमात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाहा नहोला । त्यसकारण हामी जानकारी गराउँदै छौं । सबैभन्दा पहिले मोबाइलको म्यासेज बक्समा जानुहोस्, अनि १० नम्बर टाइप गरि ३१००९ मा पठाउनुहोस् ।   भोट गर्न बिहीबार साँझ ८ः३० देखि शुक्रबार बिहान ११ बजेसम्म गर्न सकिने छ । भोट नमस्ते, स्काई, एनसिएल, स्मार्ट तथा जुनसुकै सिमबाट पनि गर्न सकिने छ । केही महिनादेखि नेपालको एक ठूलो ‘गायन रियालीट शो’ नेपाल आइडल सिजन-२ प्रसारण भइरहेको छ । सिजन-२ मा पनि थुप्रै मिहिनेती प्रतिस्पर्धी छन् ।   उनीहरुबीच अहिले प्रतिस्पर्धाको रौनक झन बढेको छ । कठिन प्रतिस्पर्धाबीच मैदानमा छन्, प्रदेश ७ बाट मिठो आवाज भएका रवि वड ।उनी नेपाल आइडलमा अब प्रदेश ७ बाट प्रतिस्पर्धा गर्ने एकमात्र प्रतिस्पर्धी हुन् । रविको आवाजमा जादू छ । त्यसकारण त उनी आइडलमै छन् । रविको आवाजको जति प्रशंसा गरेपनि कम हुन्छ ।   हालको प्रदेश सात (साविक सुदूरपश्चिम विकास क्षेत्र) बाट पनि आइडलको उपाधि जित्ने सम्भावना भएका थुप्रै प्रतिस्पर्धी थिए । तर, उपाधिका जित्ने दौडमा रहेका सम्भावित प्रतिस्पर्धी आउट भएका छन् । यद्यपि रवि भने अहिलेसम्म घर फिर्ता हुनबाट जोगिएका छन् ।   रविले आफ्नो संगीत यात्रा शुरुवात धनगढीस्थित एक दोहोरी साँझबाट गरेका हुन् । आर्थिक स्थिती कमजोर भएको परिवारमा जन्म लिएका उनले आफ्नो बाजेको प्रेरणाबाट गीत संगीतमा लागेको सुनाउँछन् । रविले सांगीतक क्षेत्रमा अगाडि बढ्ने प्रेरणाबारे भने, ‘हजुरबुबा गीत गाउनुहुन्थ्यो विशेष गरि म यो क्षेत्रमा आउन उहाँबाट नै प्रभावित भए ।’   रबिको घर कञ्चनपुर हो । अहिले उनी २० वर्षका भए । रबिका बुवा भारतमा वाचम्यानको काम गर्ने गर्दछन् । आमाको भने केही वर्षअघि घाँटीको समस्याले निधन भइसकेको छ । रबिले आइ परे जस्तोसुकै गीतलाई पनि न्याय दिन सक्छन् । उनले मध्य तथा सुदूरपश्चिममा गाइने ठाडी भाका पनि मिठो लयमा गाउन सक्छन् ।   यस्तै, लोकदोहोरी, पप, हिन्दी गीत त उनले सजिलै गाउन सक्छन् । विशेष गरि उनले शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु गुन गुनाउँछन् ।रबिले ‘पियानो राउण्ड’ पूरा गरिसकेका छन् । उनी अहिले ‘उत्कृष्ट १२’ भित्र पर्न सफल भएका छन् । रबिले धनगढी अडिसनबाट भाग लिएका हुन् । उनने पहिलो चरणमा कमल खत्रीको ‘अब जाउँला रेलैमा, माया तिम्रो साथैमा’ बोलको गीत गाएर ‘गोल्डेन टिकट’ पाएका थिए ।   त्यसपछि उनले ग्रुपमा ‘पार्यो भुतुक्कै’, थिएटर राउण्ड पूरा गर्दा सुगम पोखरेलको ‘झिल्केले जाल बुन्यो’ बोलको गीतले साथ दियो । र गाला राउण्डमा पुर्याउन ‘फेवा तालमा साइली’ र ‘तिमि रोएको पल’ले महत्वपूर्ण भूमिका खेल्यो । गायक वडको पुख्र्यौली घर अछाम हो । उनको उनको यात्रा झन कठिन बनेको छ । आगामी यात्रा उनले बढि मिहिनेत गर्न जरुरी छ । किनकी अब कोहीभन्दा कम प्रतिस्पर्धी छैनन् ।   अब रवि झन कठिन मोडमा पुगेका छन् । कठिन यस अर्थमा कि आगामी चरणमा भोटिङबाट अगाडि बढ्ने हो । यसकारण उनको यात्राबारे यसै भन्न गाह्रो छ। तर, यथार्थ यो होकि रविले आइडलको उपाधि जित्न निकै मुस्कील छ । अझ भनौं सयमा दश प्रतिशत मात्रै । कसरी भन्ने पश्न आउँछ ।   यसको सरल जवाफ छ भोटिङमा सुपका अधिकांश बासिन्दा ज्ञानी छैनन् । र, हौसल पनि जति अरु ठाउँको हुन्छ त्यतित्यहाँबाट हुन्न । यसको ज्वलन्त उदाहरण गएको संस्करणमा पनि हेर्न सक्छौं सन्ध्या जोशीले पर्याप्त भोट नपाएरै उत्कृष्ट पाँचसम्म पनि पुग्न सकिनन् । उनी टप-९ बाटै घर फिर्ता भएकी थिइन्। रविले गाएको ‘फेवातालमा साइँली’ हेर्न यहाँ क्लिक गर्नुस् यद्यपि, अरु ठाउँका प्रतिस्पर्धीलाई जिताउन एकजुट हुने, सामाजिक सञ्जालको प्रशस्त उपयोग गर्नेलगायत उपाय रचिन्छन् । तर, सुदूरपश्चिममा यसको अलि अभाव छ । त्यसकारण अब रविलाई सके उपाधि जिताउने तवरबाट लागौं त्यति सकिन्न भने टप भाइभसम्म पुर्याएर उनको सांगीतक जीवनको यात्रा सुन्दर बनाउन सहयोग गरौं ।   हुन त आफूमा राम्रो प्रस्तुति भयो र दर्शक स्रोताको ध्यान आकृष्ट गर्न सक्यो भने न क्षेत्रियता चाहिन्छ नत जातियता । त्यसकारण रवि पनि दमदार तवरबाट प्रस्तुत हुनुपर्छ ।   प्रदेश सातका एक मात्रै प्रतिस्पर्धी भएकाले अब उनमा हौसला भर्न आवश्यक देखिन्छ । त्यसका लागि सम्पूर्णले उनलाई सहयोग गर्न आवश्यक छ । त्यो सहयोग अहिलेलाई माया र साथ हो । विशेष गरि उनले प्रदेश सातबाट प्रतिधित्व गरेकाले उनलाई यहाँका नागरिकले बढी साथ र माया दिन आवश्यक छ ।   अब हेर्दै जाउ रविको नेपाल आइडल यात्रा कहाँसम्म पुग्छ ? आशा गरौं उनले नै आइडलको उपाधि जित्न सफल हुन् । रविलाई हाम्रो धेरै शुभकामना !

गजलः विचित्रको रहेछ भोले तिम्रो लिला

विद्या भण्डारी डिएक्सएन विचित्रको रहेछ, भोले तिम्रो लिला गज्जबको रहेछ, मान्छेको विचार सही सत्यको कसैलाई जरुरत नै छैन, यहाँ आफ्नै स्वार्थमा, क्षणिकको रमाइलोमा, भुल्ने मान्छेहरु शीत । सत्य कुरा बोल्दा सम्बन्ध टुट्छ भन्ने मलाई थाहै भएन, पत्तै भएन, म एकोहोर बनेर आफ्नै सही मार्गमा हिडिरहे, मलाई उस्ले छोडेको ख्यालै भएन, मसित नाता तोडेको ख्यालै भएन । सबैले छोडेपनि तिमी मलाई नछोड है, अरुले चिनेनन् मलाई, तिमी दिल नतोड है, भोले… साँच्चै भनुपर्दा जाने ठाउँ तिम्रो द्वारबाहेक कहीँ छैन । मेरो मान्छेहरुमा मानवता नै पाईन मैले खोजी नगरेको हैन भगवान, सङ्गत नगरेको हैन ! तर पशुमा होला दया माया करुणा, यो नास्तिक बिचाररुपी मानवमा कहीँ भेटिन मैले, रुप र धन को घमण्ड ले ,भरिएको मानव विचार ओहो…।

कविताः ‘प्रेम अनि संभोग’

जसरी दिन र रातको सम्बन्ध छ त्यस्तो सम्बन्ध, जहाँ दिनको उपस्थितिमा रात बिलिन हुन्छ र रात आउँदै गर्दा दिन ढल्दै जान्छ । कस्तो अटुट सम्बन्ध अनबरत सम्बन्ध… जुन एकपछी अर्को निश्चित छ ।। जसरी जन्म र मृत्युको सम्बन्ध त्यस्तो सम्बन्ध, जब कोही जन्मिन्छ त जन्मसँगै मृत्यु सङै जोडिएर आएको छ… हो त्यसरी नै, प्रेम र संभोग त्यस्तै उस्तै होलान दिन र रात अनि जन्म र मृत्युसँगै हो प्रेम दिन हो जहाँ बिहानीजस्तै हरेक आशाहरु लिएर आउँछन् र जन्मजस्तै जहाँ सुनौला भोलिहरुका टुसा जागृत हुन्छन् र संभोग रातजस्तै जुन एकदम नितान्त हुन्छ सुनसान हुन्छ तर अन्तरालमा खलबली मचाइरहेको हुन्छ र मृत्युजस्तै जुन निश्चित छ तर भरोशीत छैन निश्चित छैन तर अमान्य छैन … जब प्रेमसँग संभोग जोडिएको हुन्छ त प्रेम दिन जस्तै बिलिन भएर जाने छ र मृत्युपछिको अस्तित्वहिन जन्मझै निरीह हुने छ र सायद त्यही समय नै भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ…

अफिसर र सिपाहीबीच याे रमाइलो चुट्किला

पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ । अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउँदै खुब हल्ला मच्चायौ रे, यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ  ? तिमीले सोचेको छौ  ? पुलिस : यो त  तपाईंलाई मभन्दा धेरै थाहा होला नि, ठेलामा त तपाईं सवार हुनुहुन्थो त ।

झापामा ‘बस स्टप’ नाटक प्रदर्शन

भद्रपुर । परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्म रहेका छन् । सो नाटक अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रुपान्तरण हो । नाटकलाई रङ्गकर्मी सागर खातीले परिकल्पनासँगै निर्देशन गरेका हुन् । मूलतः सन् १९५० को दशकको अमेरिकी समाज र व्यक्तिको चरित्र चित्रण नाटकमा गरिएकामा त्यसलाई नेपाली समाजसँग जोड्ने काम निर्देशक खातीले गरेका छन् । उनलाई निर्देशनमा मण्डला थिएटरका रङ्गकर्मी इंगी होपो कोइच सुनुवारले सघाएका छन् । नाटकमा काठमाडौँदेखि पूर्वतर्फ हुइकिएको बसलाई कृष्णभिरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने देखिन्छ । रातको समय छ । त्यही भएर यात्रु थकाइ मार्न नजिकैको होटलमा पस्छन् । कृष्णभीरको पहिरोले अलपत्र सात यात्रु र होटल साहुनीका भिन्नाभिन्नै कथा छन् । तिनै कथा नाटक ‘बस स्टप’ मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाचघरले यसअघि जिल्लाका विभिन्न स्थानमा कचहरी नाटक, सुकुम्बासी राजालगायतका नाटक प्रदर्शन गरिसकेको अध्यक्ष कविता शर्माले बताए । नाटक सोमबारसम्म प्रदर्शन गरिने छ । रासस

‘नेपाल्स लिटल स्टार २०१८ को ओरेन्टेसन क्लास सम्पन्न

काठमाडौं । सिद्धी मिडिया प्रालिले आयोजना गर्न लागेको ‘नेपाल्स लिटल स्टार २०१८’ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ । करिब २ दर्जन बालबालिका प्रतिस्पर्धा गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व विकास गर्दै उनीहरुभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ ‘नेपाल्स लिटल स्टार २०१८’ आयोजना गर्न लागिएको सिद्धी मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउँछन् । चाडै नै प्रतिस्पर्धी बालबालिकाहरुको अभिभावकहरुलाई समेत उपस्थित गराएर बालबालिकाहरुको मनोवैज्ञानिक तरिकाले उनीहरुको चौतर्फी बिकाशमा सहयोग पुग्ने तरिकाले प्रशिक्षण प्रदान गरिने कुरा शाह बताउँछन । उक्त ओरेन्टेसन क्लास चर्चित फेशन डिजाईनर काजल शर्मा, समाजसेवी निकिता पाण्डे, गायिका बसन्ता प्रकृति र रमेश मास्केको उपस्थितिमा सम्पन्न भएको थियो । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ २५ दिनसम्म विशेष प्रशिक्षण प्रदान गरिने छ, जसमा कोरियोग्राफर ट्रेनर आशिष मिश्रबाट प्रतिस्पर्धीहरुलाई उनीहरुको बाल मनोवैज्ञानिक पहिचान गरी आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलार्इ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

कविता : पुरुष तिमी को ?

सरस्वती चौलागाईं समानताको बगैंचा खोज्दै कालो बादलभित्र मान्छे हौं भन्ने नारा लकार्दै कस्तो कोर्दैछौं चित्र बाँच्ने यात्रामा म मान्छे हुँ भन्दै माग्छौं भिख यहाँ चुचुरो चुम्दै छ, कसै खोज्दै जाउँ न्याय कहाँ ? नजरबन्दमा राख्छ समाज युगीनार्तन यो आमाको वात्सल्य लत्याई हिड्ने पुरुष तिमी को ?

चुटकिला: अर्काे बुवा खोजिदिउँला !

बुवा, आमा र छोरा बजार घुम्ने क्रममा छोरालाई आइस्क्रिम किनिदिएछन् । छोराले त्‍यो आइस्क्रिम खानै नपाई खसेछ । छिटो–छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनिछः छि खसेको चिजलाई नटिप म अर्कै किनिदिउँला । अनि अगाडि जादैं गर्दा एकछिनपछि बाबु चाहीँ लडेछन् । आमाले हत्‍तपत्‍त उठाउन खोज्‍दा छोराले भनेछ खसेको चिजलाई नउठानुस् आमा म अर्कै बुबा खोजिदिउला ।

म हत्यारा बन्न तयार छु

आफ्ना आमा नचिन्ने नालायक पुत्रहरुलाई बाँच्ने कुनै अधिकार छैन यो धर्तीमा आफनै चेलीको अस्मिता लुट्ने ती यौन पिपासूहरुलाई गोली ठोक्न अनुमति देउ सरकार म हत्यारा बन्न तयार छु । मणिकुमार श्रेष्ठ ‘सिजन’ दिनदिनै बढिरहेको छ यहाँ हत्या र हिंसा संविधानको वर्खिलाप भईरहेछ कानून बन्छ यो देशमा जसले व्याख्या गरेपनि फरक ढंगले गर्न सकिने तिनै कानूनको आडमा मौलाईरहेछन् देशद्रोही दलालहरु त्यसैले त दलालहरुलाई गोली ठोक्न अनुमति देउ सरकार म हत्यारा बन्न तयार छु । दिन दहाडै ! लुटिन्छ नेपाली चेलीको अस्मिता कहिले देशमा, कहिले प्रदेशमा कहिले आफ्नैबाट त कहिले सहकर्मीबाट समातिन्छन् दोषीहरु छुट्छन केहीवर्षमा तर, चेलीको अस्मिता लुटिन्छ जीवनभरको लागि यहाँ त्यसैले त अस्मिता लुटने नर पिपासुहरुलाई बाँच्ने अधिकार छैन यहाँ गोली ठोक्न अनुमति देउ सरकार म हत्यारा बन्न तयार छु । साल्पासिलिछो, भोजपुर