चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त
काठमाडौं, चैत ७ । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरिएको छ । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरे । भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् । उनले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गरेका छन् ।
उनले निर्माण गरेको पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ । यसअघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो । त्यसपछि पौडेलले माघ २२ गते मन्त्री समक्ष राजीनामा बुझाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।
कोमललाई के प्यारो ?
काठमाडौं । गायिकाबाट राजनीतिज्ञ भएकी कोमल वलीले विगतमा गीत मात्र गाइनन् एउटा चलचित्रमा अभिनेत्रीका रुपमा अभिनयसमेत गरिन् । यद्यपि ‘राजनीति’ शीर्षकको उक्त चलचित्रमा अभिनय गरेपछि कोमलले अभिनयलाई निरन्तरता दिने हिम्मत गरिनन् । रमाइलो कुरा के रह्यो भने चलचित्र राजनितीमा अभिनय गरेलगत्तै कोमल वास्तविक जीवनमै राजनीतिमा हामफालिन् । यसबीच अघिल्लो साता कोमललाई चलचित्र अभिनेत्री बनाउने श्रेय पाएका निर्देशक वसन्त निरैलासँग उनको जम्काभेट भयो । निरौलाले अनामनगरमा सञ्चालनमा ल्याएको सिने इक्यिुपमेन्ट हाउसको रिबन काट्न कोमललाई नै निम्त्याएका थिए । उक्त अवसमा वलीले आफैंलाई अभिनेत्री बनाउने निर्देशकलाई व्यंग्य गरिदिइन् । हुन त म वसन्तकै हिरोइन हुँ, निर्देशक निरैलाप्रति इंगित गर्दै कोमलले भनिन् तर मैले पहिलो पटक अभिनय गरेको चलचित्र राजनीति यस्तो हिट भयो कि चार दिनमै सिनेमा हलबाट उत्रियो । कोमलको कुरा सुनेर निर्देशक निरैलाले समेत आफ्नो हाँसो थाम्न सकेनन् । आफ्नो भनाइले सबै जना हाँसेको देखेपछि गम्भीर हुँदै कोमलले भनिन् अब राजनितीबाटै नेपाली चलचित्रको विकासमा केहि गर्ने प्रण गर्छु । कान्तिपुर साप्ताहिकबाट
यी हुन् गायक खुमन अधिकारीलाई मनपर्ने १० गीत
१– जोर शंख फुकेर गीत विष्णु माझी र मैले २०६४ सालमा गाएको थियौं । यो गीत मलाई निकै मन पर्नेमध्यको एउटा गीत हो । २– त्यो मन रुन्न होला र गीतले पनि मेरो सफल्तामा एउटा सिंढी थप्ने काम गर्यो । यो गितमा पनि विष्णु माझी र मैले नै स्वर दिएका छौं । ३– विष्णु माझीसंगै २०६५ मा एइटै डोरी पासो लगाम भो गीत गाएको थियो । यो गितले निकै चर्चा कमाएको थियो । ४– नेपाली समाजमा स्याङ्जाली र झापालीबीचको सम्बन्धमा आधारित स्याङ्जालीलाई नभन जाली गीत पनि मेरो टप १० फेबरेटभित्र हटायउँछ । ५– मेरो हिट गीतमध्ये देख्न मन लाको छैन र पनि एक हो दुई वर्षअघि विष्णु माझीसँग मिलेर गएको हो गीतले निकै चर्चा पाएको थियो । ६ –लोकदोहरी गित मनको देउतैले पनि रेडियो तथा टिभीमा अत्यन्तै बजेका गित मेरा गीतमध्ये एउटा गीत हो । ७– सिलाइदिउला भोटो मैले गाएकामध्ये म आफैलाई मन पर्ने अर्को गित हो । २०६६ सालमा बजारमा आएको यो गित मेरो करिअरको सुन्दर गीतमध्ये एक हो । ८– विष्णु माझी र मैले केही वर्ष अघि गाएको गीत कपाल कोर्ने काइँयो मेरो टप फेवरेट गित हो । ९– अघिल्लो वर्षको तीजमा सर्वाधिक बजेको गित हो । भँगेरी चरीले । गायिका शिलु भट्टराई र मैले मिलेर गाएको यो गीत यसपटकको तिजमा पनि निकै बज्यो । १०– रमिला न्योपाने र मेरो संयुक्त आवाजको आज त भेट्न आउँदिन है कालु् पनि मलाई मनपर्ने आफ्नै गीतमा पर्छ । कान्तिपुर साप्ताहिकबाट
हङकङमा एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने
काठमाडौं, माघ २४ । एभरेष्ट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म एवार्ड २०१९’ हुने भएको छ । उक्त अवार्ड आगामी जुनमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने भएको छ। सन् २०१८ मा प्रदर्शन भएका नेपाली चलचित्र एवार्डमा सहभागी हुन पाउने छन् । त्यसमध्ये तीन विधामा आदिवासी चलचित्रलाई हवार्ड दिइने छ । एक चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्टद्वारा सम्मान पनि गरिने छ । हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा हुने एवार्डका लागी नेपालवाट ८० जनाको टिम जाने तयारी छ । एभरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापाले भने, ‘यो एवार्डले नेपाली चलचित्रलाई विदेशमा समेत प्रचार–प्रसार गर्ने अपेक्षा राखेका छौं ।’ उनले आगामी मार्चमा नोमिनेशन सार्वजनिक कार्यक्रममा अवार्ड हुने मिति पनि सार्वजनिक गरिने बताए । एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले एवार्ड कार्यक्रम संयोजन गर्नेछन्। कार्यक्रमको सम्पुर्ण खर्च आयोजकले व्योहोर्ने समेत बताइएको छ ।
एउटै केटीको दिनमै १५० कल आए पछि निशान हैरान !
काठमाडौं । नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा चर्चा कमाएका निशान भट्टराईको माग अहिले उच्च छ । मिठो स्वरका कारण नै उनको माग उच्च रहेको हो । आइडलको उपविजेता बनेपछि निशानलाई विभिन्न प्रकारका प्रस्ताव आइरहेका छन् । प्रस्ताव गीत गाउनका लागि त छदैछन् त्यो भन्दा बढी प्रेम प्रस्ताव आउने गरेका छन् । दिनमै एक सय ५० कल गर्ने पोखराकी युवती पोखारमा एक युवती मेरो डाइहार्ड फ्यान हुनुहुन्छ । मलाई उहाँको नाम चाहिँ याद भएन । उहाँ मलाई निरन्तर फोन गरिरहनुहुन्छ । यतिसम्म कि एक दिन उहाँले मलाई १ सय ५० पटकसम्म फोन गर्नुभएको छ । म फुर्सद भएका बेला फोन रिसिभ गर्थे । मैले फोन रिसिभ नगरे पनि उहाँ मलाई फोन गरिरहनुहुन्थ्यो । ज्याकेट च्यातिदिए केही समयअघि म गाईघाटको एउटा कार्यक्रममा सहभागि भएको थिएँ । त्यहाँ दर्शकहरुको ठूलो भीड थियो । त्यही भीडमा केटीहरुको अलग भीड पनि थियो । मलाई त्यो भीड छिचोल्न निकै गाह्रो भयो । त्यसपछि मलाई कार्यक्रम आयोजकले घेरेर स्टेजमा लाँदै हुनुहुन्थ्यो, त्यही केटी फ्यानहरुको समूहले मलाई पटाडिबाट तानेर ज्याकेट नै च्यातिदिए । मसँग विवाह गर्छु भन्छिन् इटहरीमा भएकी एक डाइहार्ड फ्यानले सामाजिक सञ्जालमा मलाई निरन्तर म्यासेज पठाइरहनुहुन्छ । यद्यपि उहाँसँग मेरो भट भएको छैन । उहाँ मसँग जसरी पनि विवाह गर्छु भन्नुहुन्छ । यतिसम्म कि उहाँ मसँग विवाह गर्न मेरो बुबाममीसँग कुरा गर्छुसम्म भन्नुहुन्छ । स्केच बनाएर दिने फ्यान केही दिनअघि म बसन्तपुरको एउटा कार्यक्रमा सहभागी भएको थिएँ । त्यहाँ एक जना फ्यानले पेन्सिल स्केच बनाएर मलाई गिफ्ट दिनुभएको थियो । त्यो स्केच यति राम्रो छ कि त्यसलाई मैले आफ्नो कोठमा सजाएर राखेको छु । बर्थ डे केक बोकेर आउने फ्यान मेरो जन्मदिन जेठ २९ गते हो । यसपालि म बिहानै घरमा जन्मदिन मनाएर बेलुका साथीहरुसँग बाहिर बसेको थिएँ । भोलिपल्ट घरमा आउँत त मेरा दुई जना फ्यान बर्थ डे केक र गिफ्ट बोकेर मेरो घरमा आउनुभएको रहेछ । त्यो देखेर म आश्चर्यचकित भएँ, किनभने मैले उहाँहरुलाई चिनेको थिइनँ र उहाँहरुले पनि मेरो घर देख्नुभएको थिएन । कसरी मेरो घर पत्ता लगाएर आउनुभयो पत्तो भएन । साप्ताहिकबाट
अनमोलले फिर्ता गरे १० लाख
काठमाडौं । ४५ लाख रुपैयाँमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका अभिनेता अनमोल केसीले प्रि-प्रोडक्सनमा रहेको चलिचित्र ‘ब्याचलर बन्टि’ बाट हात झिकेका छन् । निर्माता सुदीप खड्कासँग केही अघि मात्र वैशाखदेखि फ्लोरमा जाने गरी सम्झौता गरेका अनमोलले साइनिङ अमाउन्डका रुपमा लिएको १० लाख रुपैयाँसमेत फिर्ता गरेका छन् । अनमोलले गत आइतबार औपचारिक रुपमा उक्त चलिचित्र छाडेको घोषणा गरेका हुन् । भनिन्छ, अनमोललाई चलचित्रको कथा चित्त बुझ्दो लागेन । स्क्रिप्टमा समस्या नभए पनि कथा मन नपरेकै कारण अनमोलले ठूलो धनराशि पारिश्रमिक पाउने चलचित्र छाडेको बताइन्छ । ‘मेरा लागि तयार पारिएको चरित्रमै मैले चित्त बुझाउन सकिन्, अनमोल भन्छन्- ‘आफूलाई नसुहाउने चरित्रमा जबर्जस्ती अभिनय गर्नु गलत हो जस्तो लागेर पछि सरको हुँ ।’ अनमोलले आफ्नो अभिनय करियरमा पहिलो पटक सम्झौता गरिसकेको चलचित्र छाडेका हुन् । साप्ताहिकबाट
तेस्रो ग्लोबल ‘नेपाली फिल्म अवार्ड २०१८ भब्यताको सम्पन्न
अमेरिका, पुस २४ । तेस्रो ग्लोबल ‘नेपाली फिल्म अवार्ड २०१८’ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘भुईमान्छे’बाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् । यस्तै ‘स्टार अफ द इयर’को अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन् । उनको २०७४ मा प्रेमगीत २ र लिलीबिली गरी दुवै चलचित्र सफल भएको थियो । सो अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुंगानाले चुमिन् । उनले यही विधामा अन्य अवार्ड पनि यो वर्ष जितेकी छिन् । ग्लोबल नेपाली चलचित्र अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक चलचित्र ‘छक्का पञ्जा २’ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड सो समारोहमा हासिल गरिन् । यस्तै सह–अभिनेताको अवार्ड पनि चलचित्र ‘छक्का पञ्जा २’बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हाँस्य अभिनेताको अवार्ड पनि ‘छक्का पञ्जा २’ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते । सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि चलचित्र ‘छक्का पञ्जा २’ बाटै पुरुषोत्तम प्रधानले हासिल गरेका छन् । कलाकार एवम् प्राविधिकबीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड चलचित्र ‘कृ’बाट रुपा रानाले जितिन् । संगीततर्फको अवार्ड चलचित्र ‘ऐश्वर्य’को तिमी रोएको पल‘ले हासिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेले वर्षको सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे । चलचित्र गीत गायिकाको अवार्ड चलचित्र पर्वको ‘काले दाई‘बाट गायिका मिना निरौलाले हासिल गरिन् हेल्पिङ ह्यन्ड्स एण्ड हेल्थ एजुकेसन … प्रेसिडेन्ट नरायण श्रेष्ठ र हलिउडका निर्देशक कलाकार एभ क्रुज प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यसपटक ३५औं संस्करणको अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक सुरेश दर्पण पोेखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरुको योगदानको कदर स्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियान श्रीका अध्यक्ष कृष्ण मल्लले बताए । दिवंगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको स्वर्गीय गेहेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र रामकेशर बोगटी स्मृति सम्मान २०१८ बाट अभिनेता विक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मनित गरियो । यस्तै सोही समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुंगानालाई सम्मानित गरियो । यस्तै ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ शुशिल क्षत्रीलाई र अभिनेत्रीतर्फ सारंगा श्रेष्ठलाई, निर्मातातर्फ प्रेम पौडेल र वितरणतर्फ रायन रेजलाई प्रदान गरियो । नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो । यी तिनैजना नेप्जिल भुटनिज कलाकार हुन् । विभिन्न सांस्कृतिक कार्यक्रम र नाच गान सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेसल अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), इश्वरराज थापा (क्यानडा), विक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो । ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सल्लाहका र अभिनेता शिव श्रेष्ठ हुन् । अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मदुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुंगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठी लगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए । अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सन्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले गरेका थिए । केही तस्वीरहरु हेर्नुहोस्-
नेपाल आइडलको टोली भोलि नेपाल फकिँदै
काठमाडौं, पुष २३ । जापान टुरमा रहेको ‘नेपाल आइडल सिजन-२’ को टोली भोलि (मंगलबार) नेपाल फर्किने भएको छ । यही पुष १६ गते जापान उडेको आइडलको टोली भोलि साँझ नेपाल फर्किने भएको हो । नेपाल आइडल सिजन-२ का विजेता रवि ओड, फस्र्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र टप फाइभमा पुग्न सफल अमित बरालले जापानको टूर गर्न पाएका थिए । जापानपछि आइडलको टीम अष्ट्रेलिया टूरमा निस्कीने नेपाल आइडलका पोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।
७ एल्बम लोकार्पण, साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न
काठमाडौं, पुस २२ । ७ एल्बम लोकार्पण, साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न भएको छ । पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घ–संस्थासँगको सहकार्यमा अभियान सञ्चालन गरिएको थियो । आइतबार राजधानीमा पत्रकार भेटघाट गर्दै विमर्श अभियानका बारेमा गीतकार डा.डीआर उपाध्याय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ले समापन भएको र अभियानका बारेमा विस्तृत जानकारी गराए । एकै दिनमा एकै गीतकारका सातवटा गीति एल्बम साङ्गीतिक इतिहासमा पहिलो पटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए । मंसिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौँडामा कार्यक्रम भएको थियो । दोस्रो चरणको साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो । चितवनबाट सुरु भएको अभियान बुटवल, दाङको घोराही, तुलसीपुर, बाँकेको कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हुँदै गोरखामा पुगेर सकिएको थियो । देशका विभिन्न ठाउँहरुमा आफूहरु पुग्दा त्यस क्षेत्रको साहित्य कला र संस्कृतिका बारेमा अझ बढी प्रष्ट हुन सकेको र धेरै बुझ्ने र जान्ने अवसर मिलेको डा. गीतकारले आजको पत्रकार भेटघाटमा बताए । मोफसलमा पनि राम्रा राम्रा प्रतिभा लुकेर बसेको आफूले ति ति स्थानहरुमा पुग्दा पाएको शुरेश घिमिरेल बताए । उनले भने– ‘झन्डै एक हजार साहित्यकार, सरोकारवाला निकायका प्रतिनिधि र साहित्य, सङ्गीत प्रेमीसँग अभियानका क्रममा साक्षात्कार गरियो ।’ पश्चिम नेपालमा चलेको अभियानको संयोजन तथा सञ्चालन सञ्चारकर्मी लिलप्रकाश चन्दले गरेका थिए । गीतकार डा. डीआर उपाध्यायले लेखेका गीतहरू छुट्टाछुट्टै सातवटा एल्बलमा सङ्गीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले सङ्गीत भरेका छन् भने देशका थुप्रै वरिष्ठ गायक÷गायिकाहरुले स्वर दिएका छन् । साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने गीत एल्बम ‘प्रणय’ उनको पहिलो एल्बम हो । केही सामाजिक उपन्यास सहित थप गीति एल्बम एक वर्ष भित्र पाठक, स्रोता र दर्शकमाझ ल्याउन लागेको पनि उनले आइतबारको पत्रकार भेट घाटमा जानकारी गराए ।
हाँस्य टेलिचलचित्र ‘झट्का’ले दर्शकहरुको मन जित्न सफल (भिडियोसहित)
काठमाडौँ, पुस २० । नेपाल टेलिभिजनबाट हरेक बिहीबार बेलुकी ७ः०० मा प्रसारण भइरहेको हाँस्य ब्यङ्ग टेलिचलचित्र ‘झट्का’ले अहिले दर्शक श्रोताहरुको मन जित्दै गएको छ । छोटो समयमा लाखौ दर्शकहरुको मन मुटुमा बस्न सफल हाँँस्य ब्यङ्ग टेलिचलचित्र ‘ झट्का’ समाजमा भएका विसंगति विकृतिहरु माथि चोटिलो झट्का दिने टेलिचलचित्रको रुपमा दर्शकको रोजाइमा परेको छ । रामसार मिडियाको निर्माणमा डी एल फिल्मको प्रस्तुति रहेको शिव शर्माद्वारा लेखन, निर्देशित तथा निर्माता इन्द्रदोङ्ग खम्बेद्वारा निर्मित हाँस्य टेलिचलचित्र ‘झट्का’ले समसामहिक विषयबस्तुलार्इ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ । छोटो समयमा नै दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित हास्य टेलिचलचित्र झट्काले अहिलेसम्म आइपुग्दा समय सापेक्ष परिवर्तन गर्दै दर्शकहरुलाइ नयाँ नयाँ स्वाद दिन पनि सफल भएको छ । यस हाँस्य ब्यङ्ग टेलिचलचित्र ‘झट्का’मा नेपालका चर्चित कलाकारहरुको समावेशी रहेको छ, जसमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, रमेश केसी महोर, मञ्जु श्रेष्ठ, कमला रेग्मी, इन्द्र दोङ्ग खम्बे, शिव शर्मा, नबिन श्रेष्ठ, सुशिला निरौला (बिमली), दिया श्रेष्ठ, सानु लुइटेल, स्मृति बस्नेत, सुमित्रा लामिछाने, राजेन्द्र गिरी, धर्मराज जैसी, जनक बर्तौला, श्याम बुढाथोकी लगायत अन्य चर्चित कलाकारहरुको भूमिका रहेको छ ।
पहिलो मिस नोबेल नेपाल २०१९’ को ताज प्रिया मल्ललाई (फोटोहरु)
काठमाडौं, पुस २० । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको वौद्धिक एवं सौन्दर्य प्रतिस्पर्धा ‘‘मिस नोबेल नेपाल २०१९’ उपाधि प्रिया मल्लले जित्न सफल भएकी छन् । उनले उपासध सहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भईन। राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा रश्मी बर्तौला घोसित भईन । उनले उपासधसहित मस्ट मस्ट स्मार्टको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा सुष्मा तिमल्सिना घोसित भईन उनले उपाधि सहित बेस्ट पर्सानालिटी उपाधि पनि प्राप्त गरिन् । अन्य प्रतिस्प्रधीहरुले बिभिन्न विधामा सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट ट्यालेन्ट स्मृति लुंगेली, बेस्ट स्किन कबिता तामाङ्ग , मस्ट एक्टिभ प्रकृति रंजितकारले प्राप्त गरे। अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता विनय श्रेष्ठ, नायिका मारिस्का पोखरेल, मिस ईको ईन्टरनेसनल बिजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभव उपाध्याय रहेका थिए । चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो । केही तस्वीरहरु तस्वीरः कुबेर तमाङ र सगुन शाक्य
जापान टुरः ‘शोकलाई शक्तिमा बदल्दै’ नेपाल आइडल रवि ओड
काठमाडौं, पौष १८ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडसहित ‘टप फाइभ’ भित्र पुग्न सफल प्रतिस्पर्धी अहिले जापानमा छन् । उनीहरुको यो टूर आइडल सकिएपछिको पहिलो हो । अहिले त्यहाँका विभिन्न शहरमा उनीहरु प्रस्तुति दिइरहेका छन् । टूरमा आइडल विजेता रवि, फस्र्ट रनरअप बिक्रम बराल, सेकण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र उत्कृष्ट पाँचमा पुग्न सफल अमित बराल छन् । उनीहरु त्यहाँ कार्यक्रममा व्यस्तसँगै घुमधाममा पनि मस्त छन् । पहिलो पटक जापान घुम्न पाएका प्रतिस्पर्धी निकै खुसी छन् । केही दिनअघि मात्र मातृशोक परेर पिडामा रहेका नेपाल आइडल रवि ओडको चेहरामा खुसीका रंग आउन थालेका छन् । शोकलाई शक्तिमा बदल्दै संगीत कर्ममा कटिवद्ध लाग्नेमा उनका समर्थकको अपेक्षा छ । रवि पनि त्यही मनसायका साथ अगाडि बढ्ने योजनामा देखिन्छन् । उनीसहित ‘टप फाइभ’ प्रतिस्पर्धी एक हप्ताका लागि जापान टूरमा निस्किएका हुन् । तस्वीरः रवि ओडको फेसबुकबाट
जापानमा नेपाल आइडलका ‘टप फाइभ’ यसरी रम्दै
काठमाडौं, पौष १८ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडसहित ‘टप फाइभ’ भित्र पुग्न सफल प्रतिस्पर्धी अहिले जापानमा छन् । उनीहरुको यो टूर आइडल सकिएपछिको पहिलो हो । अहिले त्यहाँका विभिन्न शहरमा उनीहरु प्रस्तुति दिइरहेका छन् । टूरमा आइडल विजेता रवि, फस्र्ट रनरअप बिक्रम बराल, सेकण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र उत्कृष्ट पाँचमा पुग्न सफल अमित बराल छन् । उनीहरु त्यहाँ कार्यक्रममा व्यस्तसँगै घुमधाममा पनि मस्त छन् । पहिलो पटक जापान घुम्न पाएका प्रतिस्पर्धी निकै खुसी छन् । केही दिनअघि मात्र मातृशोक परेर पिडामा रहेका नेपाल आइडल रवि ओडको चेहरामा खुसीका रंग आउन थालेका छन् । शोकलाई शक्तिमा बदल्दै संगीत कर्ममा कटिवद्ध लाग्नेमा उनका समर्थकको अपेक्षा छ । रवि पनि त्यही मनसायका साथ अगाडि बढ्ने योजनामा देखिन्छन् । उनीसहित ‘टप फाइभ’ प्रतिस्पर्धी एक हप्ताका लागि जापान टूरमा निस्किएका हुन् । तस्वीरः रवि ओडको फेसबुकबाट
सामाजिक सञ्जालमा यी जोडी भाइरल बन्दै (भिडियोसहित)
काठमाडौं, पुस १८ । जभोलीका युवायुवतीहरु आफू सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् । सामाजिक सञ्जालमा भाइरल बनेका यी जोडीहरुलाई भने मिडियाले पच्छ्याउन छोडेका छैनन्, कारण हामी सबैलाई थाहा छ कि उनीहरु अरु जोडीभन्दा धेरै फरक छन् । अहिले यी भाइरल जोडीले धुमधामसँग विवाह गरेको भिडियो सार्वजनिक भएको छ । तर, यो उनीहरुको वास्तविक विवाह भने चाहिँ होइन । उनीहरुले एक गीतको सुटिङका क्रममा यसरी विवाह गरेका हुन् । हेर्नुस भिडियो–
‘एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस टिन मेची २०१८’ को उपाधि जित्न सफल ऋचा
काठमाडौं, पुस १७ । ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस टिन मेची २०१८’ को उपाधि झापा मेची नगरकी ऋचा ढकालले जितेकी छिन् । डिम्स वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी मौनता प्रसाई र सेकेण्ड रनरअप कन्काईकी अंकिता उप्रेती भएको कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए । नेपाली महिलाहरुको वर्तमान अवस्था विषयमा आफ्ना सठिक कुरा राख्दै निर्णायकको ध्यान ऋचाले आफूतिर खिचेकी थिइन् । उपाधिसँगै बिजेता ऋचाले ५० हजार नगद हात पारेकी छिन् । अष्ट्ेलिया, न्युजिल्याण्ड, जापान लगायतका देशमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाउँदै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नरको टाइटल स्पोन्समा प्रतियोगिता सम्पन्न भएको हो ।
नेपाल आइडल रवि ओड जापान प्रस्थान
काठमाडौं, पुष १६ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड जापान प्रस्थान गरेका छन् । उनी सोमबार साँझ आठ बजे जापान प्रस्थान गरेका हुन् । नेपाल आइडलको विदेश भ्रमणको पूर्व योजनाअनुरु दश दिने ‘जापान टुर’ का लागि रविसंगै, पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र टप फाइभमा पुग्न सफल अमित बराल पनि गएका छन् । जापान टुरका लागि रवि आइतबार घरबाट काठमाडौं आएका थिए । सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुँदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात आमाको करेन्ट लागेर निधन भएको थियो । पिडैपिडाकाबीच पनि रवि आफ्नो काममा फर्किएका छन् ।