नेपाली चुट्किलाः शेरे र उसकी चलाख बुडी

शेरेकी श्रीमतीः
बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो,

शेरेः
लौ मरिछे, अनि ।।।।अनि के गरिस त ?

श्रीमतीः
अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि।।।।।जेठाजु जस्तो मान्छे आउँदा।।।।।हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,।।।।म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ।।।।

आधुनिक गायकमा प्रमोद र मल्लिका उत्कृष्ट

काठमाडौंं, असार १३ । गायक रुपक डोटेल र गायिका प्रविसा अधिकारी उत्कृष्ट ठहरिएका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोेजित ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’मा गायनतर्फ भने रुपक र प्रविसा उत्कृष्ट ठहरिएका हुन् । कार्यक्रममा अभिनेत्री शिल्पा पोखरेल उत्कृष्ट मोडलसमेत घोषित भइन् । शिल्पाले पप तथा मोडन बिधामा उत्कृष्ट फिमेल अवार्ड हात पारेकी हुन् । यही विधाअन्तर्गत बेष्ट मोडल पुरुषको उपाधि भने अभिनेता बिनोद न्यौपानेले हात परे । योङ माइन्डस् इन्टरटेनमेन्ट आयोजक रहेको अवार्ड समारोह नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना भएको थियो । अवार्डमा करिब ५ दर्जन कलाकर्मी तथा उनीहरुका श्रृजना र पत्रकार समेत पुरस्कृत भए । , को–को ले पाए अवार्ड दोहोरी तर्फ बेष्ट नवगायकः गणेश अधिकारी बेष्ट नवगायिकाः सिता श्रेष्ठ (इज्जत) बेष्ट नवगायिका इन्करेजमेन्ट अवार्डः रीना केसी (भंगेरी) बेष्ट नवसंगीतकारः अमित बाबु रोकाया (तगारो) बेष्ट नवगीतकारः समना शाही (शुभकामना) बेष्ट नवगीतकार इन्करेजमेन्टः प्रिया शेर्पा (आमा) बेष्ट शब्दः कस्तुप पन्त (डाली सुकेर) बेष्ट संगीकारः शिव हमाल (लाग्छ माया) बेष्ट संगीकार जुरी अवार्डः केसव सापकोटा बेष्ट गायिकाः सुरेस रमन अधिकारी बेष्ट गायकः सम्झना भण्डारी बेष्ट नव मोडल फिमेलः सुस्मिता सापकोटा बेष्ट नवमोडल फिमेलः गीता केसी बेष्ट नवमोडल मेलः विजय कुवर फिमेल बेष्ट नवमोडल मेल इन्नकरेजमेन्टः बिपेश घिमिरे बेष्ट मोडल फिमेलः सारिका केसी बेष्ट मोडल फिमेल जुरीः दीपासा बिसी बेष्ट मोडल मेलः असिर प्रताप जंग बेष्ट छायाकारः करण चैसिर बेष्ट सम्पादकः प्रविन भट्ट बेष्ट नवनिर्देशकः मौसम हिमाल बेष्ट निर्देशकः स्मृति तिमेल्सिना बेष्ट निर्देशक जुरीः कपिल लामा बेष्ट प्रोडक्सन हाउसः साई भिजन पप मोडन बेष्ट नवगायकः आशिस सचिन बेष्ट नवगायिकाः भावना आचार्य बेष्ट नवगायिका इन्करेजमेन्टः बिन्दु पौडेल बेष्ट नवगीतकारः दीपेन्द्र खड्का बेष्ट नवसंगीतकारः दीपक बिश्वकर्मा बेष्ट गतिकारः डा. डिआर उपाध्याय बेष्ट गीतकार जुरीः दीपक राज पाठक बेष्ट संगीतः दीपक बज्राचार्य मोडन तर्फ बेष्ट गायकः प्रमोद खरेल बेष्ट गायिकाः मल्लिका कार्की बेष्ट संगीतकारः सन्तोस श्रेष्ठ बेष्ट संगीतकारः नागेन्द्र श्रेष्ठ बेष्ट म्युजिक एरेन्जरः आशिश अभिरल बेष्ट म्युजिक एरेन्जर दोहोरीः हेमन्त शिशिर फिल्म तर्फ बेष्ट म्युजिकः दीपक शर्मा बेष्ट म्युजिक जुरीः अर्जुन पोखरेल बेष्ट गीतः गणेश शाह बेष्ट पाश्रगायिकाः प्रविशा अधिकारी बेष्ट पाश्र्र गायकः रुपक डोटेल बेष्ट गायिकाः सोना अमात्य बेष्ट गायिका जुरीः श्रृजना खत्री बेष्ट गायकः हिमाल सागर बेष्ट रेकडिष्टः कृष्ण कुमार महर्जन बेष्ट युगल गीतः प्रेम लाउने बेष्ट राष्ट्रिय गीतः पुष्प खनाल बेष्ट राष्ट्रिय गीत जुरीः कृष्ण प्रसाद दाहाल बेष्ट एल्बमः साहिली बेष्ट नवमोडल फिमेलः नग्मा श्रेष्ठ बेष्ट नवमोडल फिमेल इन्नकरेजमेन्टः पुनम थापा बेष्ट नवमोडल मेलः आकाश मगर बेष्ट नवनिर्देशक पप मोडनः प्रदीप रसाइली बेष्ट नवनिर्देशक पप मोडनः जस यका बेष्ट मोडल मेलः बिनोद न्यौपाने बेष्ट मोडल फिमेलः शिल्पा पोखरेल बेष्ट क्यामरामेनः बुद्ध थापा बेष्ट सम्पादकः बिकाश दाहाल बेष्ट भिडियो निर्देशकः प्रकाश धिताल बेष्ट र्यापरः अराज केशव इन्करेजमेन्ट अवार्ड मोडल सृजना बिसी मोडल कशिश दाहाल गायिका श्रृजना खत्री मोडल आश्मा गिरी फिल्मी गीतकार हरि उप्रेती गायक बिरेन्द्र श्रेष्ठ गायिका नारायणी थापा मोडल समिर खान मोडल अश्मिता पुरी मोडल बिकाश लामिछाने गायिका मोडल पुजा गुरुङ ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्द ‘राष्ट्रिय गायन सम्मान’ राष्ट्रिय गीतका शर्जक ब्याकुल माइला पत्रकारीता सम्मान रंगपत्रकार शान्ती प्रिय कृष्ण भट्टराई लक्ष्मण सुवेदी

‘द सुपर मम’को ताज जित्न सफल भईन एमी कर्माचार्य

काठमाडौं, वैशाख ३० । केट्स इन्टरटेन्मेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्तरुपमा राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको ‘द सुपर मम’को बिजेता बन्न सफल भईन भक्तपुर निवासी एमी कर्माचार्य । विभिन्न चरण पार गर्दै ‘द सुपर मम’को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए । अन्य १५ प्रतिस्पर्धीहरुलाई उछिन्दै उनले उक्त विजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राइ भएका थिए। प्रमुख अतिथि उद्योगपति साहित्यकार वसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए । प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएर उनीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिएको आयोजक सस्थाको प्रमुख पुजना प्रधानले बताएकी छिन् । मोडल कोरियोग्राफर ट्रेनर उरुषा जोशीद्वारा प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसीइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक प्रधानले गराइन् । प्रतियोगितामा ‘द सुपर मम’ले ताजसहित स्कुटी, दोस्रोले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन प्राप्त गरेका थिए । विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन, यो त सुन्दर सुरुवात हो । आउनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाउँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम आयोजक नायिका पुजना प्रधानले बताइन् ।

को बन्छ करोडपतिमा राजिव बने पहिलो करोडपति

काठमाडौं, वैशाख २९ । लोकप्रिय रियालिटी शो ‘को बन्छ करोडपति’ मा पहिलो पटक विराटनगरका राजिव जैनले एक करोड रूपैयाँ जित्दै कीतिृमान बनाएका छन् । अहिलेसम्मका सहभागीले ६ लाख ५० हजार मात्रै जितेकोमा उनले एक करोड जितेका हुन्। राजीवले शनिबार प्रसारित कार्यक्रममा १३ प्रश्न मिलाएर २५ लाख जितेका थिए। शनिबार समय नपुगेको भन्दै प्रस्तोता महानायक राजेश हमालले आजका लागि बाँकी भाग सारेका थिए। शनिबार समय नपुगेर सकिएको यो कार्यक्रमा आइतवार बाँकी २ प्रश्नको उत्तर मिलाउँदै राजीवले एक करोड जितेका हुन् । १४ औँ प्रश्न ५० लाख रूपैयाँको थियो भने १५ औँ प्रश्न एक करोड रूपैयाँको थियो । राजीवले २५ लाख रूपैयाँ जित्नुअघि नै तीनवटै लाइफ लाइन सकिएका थिए । उनले बाँकी २ प्रश्न आफ्नै बुद्धिले मिलाएर एक करोड रूपैयाँ मिलाएका हुन्।  

राजेश हमाल भन्छन्, ‘युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्छ’

बाजुरा, वैशाख २६ । नायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन् । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका नायक हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताएका हुन् । केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने हमालको भनाइ थियो । बहुसङ्ख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उनको भनाइ थियो। उनका अनुसार अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ। ‘जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो’ हमालले भने। पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताए। गृह निर्माणकर्ता एवं अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गरे। क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताए । खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताए। बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो। भवन ५० लाख रुपैयाँ भन्दा बढी लागतमा निर्माण गरिएको हो। रासस

डिथ्री अनलाईनको पहिलो वार्षिकोत्सब सम्पन्न, ५ जना सम्मानित

ईटहरी, वैशाख १५ । मोफसल ईटहरीबाट संचालित पूर्वको कला र मनोरञ्जनको एकमात्र डिजिटल मिडियाको रुपमा परिचित डिथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । गतवर्षको गत वैशाख १३ गते ईटहरीस्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डिथ्री अनलाइनले एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।  वार्षिकोत्सव कार्यक्रमबाट ५ जना कला क्षेत्रका व्यक्तित्वहरु सम्मानित समेत भएका छन् । १६ वर्षको उमेरदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरतरुपमा लागिरहेका नायिका संचिता लुइँटेल, मोफसलबाट कलाकारितालाई काफ्नो कर्मथलो बनाउँदै ठूलो पर्दाको स्थानीय र राष्ट्रिय चलचित्रहरुमा आफ्नो अभिनय प्रस्तुत गरेका नायक तथा कलाकार माधवब केसी सम्मानित भएका हुन् । यस्तै इन्डियाको टेलिभिजन जिटिभीबाट प्रसारण हुने चर्चित गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर आफ्नो कला र गलालाई प्रस्तुत गर्दै सबैको प्रिय बनेका ईटहरी स्थायी घर भएका प्रीतम आचार्य, इटहरीबाट कला ब्यवसायको रुपमा ‘मार्टिना मेकअप स्टुडियो’ स्थापना गरी छोटो समयमा सफलता हासिल गरेकी उर्वि श्रेष्ठ र रङ्ग पत्रकारितामा बिगत लामो समयदेखि खटिरहेका दन्तकाली एफएम धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् । ईटहरीमा अवस्थित संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीको प्रमुख आतिथ्य, परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनका संचालक सुवास संकल्पको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम २ बजेदेखि सुरु भएको थियो । ईटहरीको त्रियुगा होटलमा भएको कार्यक्रममा सम्मानसँगै परिकलाको आयोजनामा भएको ‘मिडिया तथा प्रस्तुतीकरण’ तालिमको सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । कार्यक्रममा डिथ्रीका संचालक संकल्पको जन्मदिन पनि परेकोले पहिलो वार्षिकोत्सब संगै जन्मदिनको गरी २ ओटा केक काटिएको थियो ।  

ट्रेन्डिङमा पुग्यो रवि ओडको ‘दुई कौडीको बुद्धि’

काठमाडौं, वैशाख १५ । दुई दिनअघि बजारमा आएको नेपाल आइडल रवि ओडको दोस्रो सांगीतिक कोसेली ‘दुई कौडीको बुद्धि…’ बोलको गीत युट्युब ट्रेन्डिङमा पुगेको छ । युट्युबमा सार्वजनिक भएको दुई दिनभित्रै रविको यो गीत  ट्रेन्डिङमा पुगेको हो । आइतबार बिहानसम्म रविको यो गीत युट्युब ट्रेन्डिङको ५० नम्बरमा आएको छ । साथै, ३ लाख ६२ हजार बढी पटक हेरिएको छ ।  यो गीतमा उनीसँगै चर्चित गायिका मेलिना राइले आवाजमा साथ दिएकी छन् । गीतमा लत्ता घैरेको शब्द, भीम बीसी, ललित पौडेलको संगीत र ऐरेन्ज उदयराज पौडेलको छ । यस्तै, रविको यो गीतमा वर्षा रावत र रञ्जित पौडेलको अभिनय छ । भिडियोको सम्पादन विकास धमाला, छायांकन बुद्ध थापा र निर्देशन निकेश खड्काले गरेका छन् । केही हप्ता अघि मात्रै रविको मिठो बोलीले’ बोलको गीत सार्वजनिक भएको थियो ।

‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौंं, वैशाख १२ । दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ को उत्कृष्ट पाँच मनोनय सूची सार्वजनिक भएको छ। आयोजक योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली ४८ बिधामा उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरेको हो । नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले आयोजना हुन लागेको यो अवार्डमा आयोजकले निःशुल्क आवेदन भन्ने ब्यवस्था गरेको थियो । प्रोत्सान र जुरी अवार्डसहित कुल ४८ बिधामा बितरण गरिने अवार्डमा २०७५ वैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत–संगीतको सहभागिता रहेको छ । अवार्ड वितरण मिति केही दिनमा एक कार्यक्रमसहित घोषणा गर्ने आयोजक आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए । अवार्डमा मोटिङको ब्यवस्था पनि गरिएको छ । भोठिङका लागि ३५००५ मा भोटिङ कोड लेखेर एसएमएस गर्नु पर्नेछ ।

सर्वोच्चको अन्तरिम आदेश, पब्जीमाथि प्रतिबन्ध नलगाउने

काठमाडौं, बैशाख ०६ । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ । पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा वैशाख ३ गते रिट दायर गरेका थिए । शुक्रबार रिट निवेदकको पक्षबाट अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, आवेश अधिकारी र रितेश पौडेलले बहस गरेका थिए । पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

‘राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६’ आवेदन फाराम खुला

काठमाडौंं, वैशाख ५ । सामना म्यूजिक क्रियशन प्रालिको आयोजनामा राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६को आवेदन फारम धमाधम वितरण भइरहेको छ। अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला–गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए । नेपाली लोकगीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीतलगायत ५० विधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७५ बैशाख १ गतेदेखि चैत मसान्तभित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले बताए । गायक गायिकाको हकमा भने भिडियो तयार नभएपनि सहभागी हुन सक्ने भएका छन । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १५ गतेसम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ । आवेदन फारम अनामनगरस्थित सामना म्यूजिक क्रियसन प्रालिको कार्यालयबाट प्राप्त गर्न सकिने भएको छ । साथै फोन नं ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सामना म्यूजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।

आइम्याक्स प्रोडक्सनले नेपालमा ल्यायो ‘बिग बोस’

काठमाण्डौ, बैशाख ०३ । नेदरल्याण्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’ नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । आइम्याक्सले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने दाबी गरेको छ । आइम्याक्स प्रोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपाल प्रसारण हुन थालेको हो । आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । सोमबार होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटी शो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडै नै सुरु हुने बताइए पनि कुन च्यानलबाट प्रसारण हुने भन्नेबारे जानकारी दिइएको छैन । देशअनुसार फरक–फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचनाअनुसार हुनेछ ।बिग बोसभित्र रहने सहभागीहरु १०० दिनसम्म सञ्चार सम्पर्कविहीन रही सहभागिता जनाउँदै विभिन्न काम पूरा गर्दै बिग बोसको ट्रफी जित्नेछन् ।

‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शोका लागि आगामी चैत २५ गतेबाट अडिसन सुरु

काठमाडौं, चैत ११ । एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालार्इ समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी गराएको छ । नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभालार्इ स्थान दिने गरी ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाली प्रतिभालार्इ व्यावसायिकीकरण मात्र नभईकन व्यवस्थापनका साथ संरक्षण गर्न र सबै प्रतिभालाइ मनोरंजनका साथ टेवा पुर्याउने विश्वव्यापी प्रचारप्रसारमा एन्जल मिडिया लागि परेको छ । नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरी १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने कार्यक्रममा जानकारी दिइयो । अडिसन बाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्ड बाट भोटिंग राउण्डमा प्रवेश गराई भोटिंग राउण्डबाट नै प्रथम द्वितीयको छनोट गरिने छ । प्रथम हुनेलार्इ नगद ७० लाख द्वितीय हुनेलार्इ २० लाख र तृतीय हुने लाइ नगद १० लाख प्रदान गरिने छ । कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश रार्इ र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन् । कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ चैत २५ गतेबाट अडिसन सुरु हुने छ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ निर्णायक आनन्द कार्की, निर्णायक एलिना बास्कोटा, मेघा टेलिभिजनका प्रतिनिधिले आआफ्नो मन्तब्य राखेका थिए ।

‘नेपाल आइडल’ रवि ओड सम्मानित

कैलाली, चैत १० । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड गृह प्रदेश सुदूरपश्चिममा सम्मानित भएको छन् । उनलाई कैलाली उद्योग बाणिज्य संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्मान गरेको हो । आईतबार आइडल विजेतार रविलाई संघका अध्यक्ष पुष्पराज कुंवर लगायत पदाधिकारीले सम्मान गरेका हुन् । संघका अध्यक्ष कुँवरले आगामी वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवमा यहाँ रहेका प्रतिभालाई प्रोत्साहन स्वरुप सम्मान गर्दै जाने बताए । सम्मानपछि रविले यस्तो प्रोत्साहनले आगामी दिनमा अगाडि बढ्न हौसला मिल्ने बताए । उनले सुदूरपश्चिममा थुप्रै क्षमता भएका प्रतिभा रहेकाले उनीहरुलाई उचित स्थान दिनुपर्नेमा जोड दिए । आइडल घोषणा भएपछि रवि अहिले देश तथा विदेदेशका कार्यक्रममा निकै व्यस्त छन् ।

चर्चित हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ बन्द हुँदै

काठमाडौं, चैत १० । चर्चित हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ बन्द हुने भएको छ । मिडिया हबसँग विभिन्न कुरा नमिलेपछि ‘मेरी बास्सै’ बन्द हुने भएको हो । टेलिश्रृखलाका मुख्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छ’ ले फेसबुकमार्फत मेरी बास्सै बन्द हुने जानकारी दिएका छन् ।

निलम कार्की निहारिकाः पाल्पाको विकट गाउँदेखि साहित्यको उच्च पुरस्कारसम्म

टेक्सास, चैत १० । चर्चित साहित्यकार निलम कार्की निहारिकाले आफ्नो जीवनका विभिन्न पाटोहरु कार्यक्रम यु–स्टाट अगेनमा व्यक्त गरेकी छिन् । बहु प्रतिष्ठित मदन पुरस्कार विजेता कार्कीले कार्यक्रम यु–स्टाट अगेनका लागि पत्रकार सूर्य थापासँग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका विभिन्न पाटोहरुको बारेमा बताएकी छिन । विगत केही वर्षदेखि अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यास, कबिता,कथा जस्ता विभिन्न पाटोहरुका बारेमा कलम चलाउदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिका सम्म आउदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ । सानै उमेरमा आफ्नो बुवा र दाई गुमाउँदाका पीडादेखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छिन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ ।

अमेरिका जाँदै नेपाल आइडल तीन प्रतिस्पर्धी

काठमाडौं, चैत ८ । नेपाल आइडल सिजन-२ का रवि ओडसहित तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्। आइडल विजेता रवि, फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका जाने भएका हुन् । अप्रिल १३ तारिखमा अमेरिकाको न्युयोर्कमा उनीहले सांगीतिक प्रस्तुति दिने छन्। बाल्टिमोरमा अप्रिल १४, नेब्रास्कामा १९ अप्रिल, बोस्टनमा अप्रिल २१ सँगै उनीहरुले अमेरिकाका मुख्य १३ सहरमा सांगीतिक प्रस्तुति पस्कने छन्। नेपाल आइडल नेपाली सांगीतिक इतिहासमै अत्यन्तै धेरैले हेरिएको चर्चित रियालीटी शो हो। २०१७ देखि नै एपीवान एचडी टेलिभिजनमा यो कार्यक्रम सुरु गरिएको हो। नेपाल आइडलका उत्कृष्ट प्रतियोगी जापान, अष्ट्रेलिया र यूएई पुगेर उत्कृष्ट प्रस्तुति दिइसकेका छन्। अप्रिल र मे महिनाभर उनीहरु अमेरिकामै रहनेछन्।