रवि ओडलाई हराउन यस्तोसम्म हर्कत !

काठमाडौं, मंसिर २० । अहिले ‘नेपाल आइडल सिजन–२’ चलिरहेको छ । आइडलको रौनकले चौतर्फि छोएको छ । नेपाल आइडलमा पाँचजना मात्र प्रतिस्पर्धी बाँकी रहेकाले यसको रोमाञ्चकता बढ्दै गएको हो ।

बाँकी रहेका पाँचजनाले आज (बिहीबार) ‘टप फोर’ मा स्थान बनाउन प्रस्तुति दिदै छन् । पाँचै प्रतिस्पर्धीका समर्थक अहिले निकै व्यस्त छन् । उनीहरुको व्यस्तता आफूले मन पराएका प्रतिस्पर्धीलाई जिताउनमा रहेको छ ।

अधिकांश समर्थकले सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम एवं अन्य उपाय अपनाइरहेका छन् । आफूले मन पराएको प्रतिस्पर्धीलाई भोट दिन पाउनु, प्रचार गर्न पाउन स्वतन्त्रताको कुरा हो । तर, प्रतिस्पर्धीको नक्कली ‘फेसबुक आइडी’ खोलेर दूरुपयोग गर्नु चाहिँ पक्कै पनि राम्रो होइन । यो एक हिसाबले अपराध नै हो ।

यस्तै गलत कार्य भइरहेको पाइएको छ । आइडलमा बाँकी रहेका रवि ओडको नाममा ‘नक्कली फेसबुक आइडी’ बनाएर कतिपय व्यक्तिले दूरुपयोग गरिरहेका पाइएको हाे ।

रविको व्यक्तिगत एक मात्र फेसबुक आइडी छ । तर, अधिकांश व्यक्तिले दूरुपयोग गर्ने तरिकाबाट आइड बनाएका छन् । र, त्यसको दूरुपयोग गरिरहेको भेटिएको हो ।

रविको एकमात्र आइडको फोटो यस्तो छ- यो मात्र उनको आइडी हो !

रविका समर्थकले उनको आइडी हो भनेर कुरा गर्दा नक्कली आइड बनाएर फेसबुक चलाउने व्यक्तिले विभिन्न कुराहरु पठाउने गरेका छन् । एकजना रविका समर्थकले उनको नामको आइडीमा कुरा गर्दा यस्तो लेखिएको सन्देश आएको थियो । यो आजको कुरा हो-

यस्तो हर्कत गर्ने व्यक्ति पक्कै पनि कतैबाट प्रयोग भएका हुनसक्छन् । यसकारण यस्तो कार्य जोसुकै भएपनि गर्न र गराउनुहुन्न । नेपाल आइडलमा आज ‘टप फोर’ का लागि प्रतिस्पर्धा हुँदैछ । अब आइडलमा रवि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल बाँकी छन् ।

नेपाल आइडलः रविले अाज ‘टप फोर’ मा पुग्न यस्तो गीत गाउँदै (प्रोमोसहित)

काठमाडौं, मंसिर २० । नेपाल आइडल सिजन–२ अन्तर्गत आज हुने अंकमा आइडलका मुख्य दाबेदार रवि ओडले ‘प्रिय तिम्रो सम्झना, भविष्यको कल्पना..’ बोलको गीत गाउने भएका छन् । यो गीतका वास्तविक गाएक सुरेश कुमार हुन् । अहिलेसम्म दमदार प्रस्तुति दिएका रवि आजको अंकमा पनि त्यही लय दोहोर्याउने लक्ष्यका साथ मञ्चमा उपस्थित हुने छन् । उनले आफ्नो फेसबुकमार्फत सबैलाई भोट गर्न अनुरोधसमेत गरेका छन् । रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ । रवि बाहेक नेपाल आइडलमा अब सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र बिक्रम बराल नेपाल आइडलमा बाँकी छन् । आजको प्रस्तुति ‘टप फोर’ मा पुग्नका लागि हो । कम भोटका आधारमा भोलि (शुक्रबार) एक प्रतिस्पर्धी बाहिरिने छन् ।

‘लिटिल आइकन २०१८ सिजन ७’ को ताज पहिरन सफल भइनु सेरियन

एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाचघर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन–७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० वर्षीय सेरियन बेगम । उनले बिजेताको ताजसंगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी थिइन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिँदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् । लालीगुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्र सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी सेरियन बेगम पढाइसँगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समिर खानले बताए । काठमाडौँको टोखा नगरपालिका बानियाटरको स्थायी बासिन्दा लिटल आइकन सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन । छोरी सेरियन बेगमले लिटल आइकन २०१८ सिजन–७ बाट विजेताको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुशियाली छाएको समाजसेवी तथा उनका बाबा समिर खानले बताए ।

यसरी प्रिया गोलानी आफ्नो डान्स सामाजिक सञ्जालमा भाइरल बन्दै

गुजरात, कार्तिक २८ । भनिन्छ, कोसिस कहिले खेर जाँदैन ! गुजरातको सुरत बस्ने प्रिया गोलानी यसको उदाहरण बनेकी छन् । करवाचौथको दिन आफ्नो डान्सको कारण सामाजिक सञ्जालमा अहिले निकै भाइरल बनेकी छिन् । सामाजिक सञ्जालमा कैयौं भिडियो हेर्न सकिने छ । भनाई छ कि हरेक पुरुषको सफलता एक महिला हात हुन्छ, ठीक त्यस्तै प्रियाकी सफलताको पछाडि उनकी श्रीमान् विजयका सबैभन्दा ठूलो भूमिका रहेको छ । प्रिया १९ वर्षीया बालिकाकी आमा भएसँगै आफ्नो पैशनलाई सधैं उत्साहित बनिरहन्थिन् ।

रमाइलो चुट्किला : फेसबुक चलाएर के फाइदा ?

(बाबु छोरलाई सम्झाउँदै) बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तँलाई खाना दिँदैन । छोरा : किन पीर गर्छौ बा ! फेसबुकले खाना नदिएपनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

हाँसौं एक खुलेर : साला ठग भिखारी

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ … भिखारी : “भागवानको नाममा केइ दिनुस् हजुर्… २ दिनदेखि केही खान पाको छैन” हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ? भिखारी खुशी हुँदै : “छ हजुर्, छ ! हाकु : “साला ठग भिखारी, पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?”

यो रमाइलो चुट्किला : इञ्जिनियर र डाक्टरको एउटै केटीसँग लभ परेछ

एकपल्ट एउटा Engineer र Doctor को एउटै केटीसँग लव परेछ । यत्तिकै मा एकदिन Engineer लाई कामले गर्दा पोखरा जानुपर्ने भएछ एक हप्ताको लागि…जाने बेलामा Engineer ले केटीलाई ७ वटा स्याउ दिएर गएछ…. किन होला ? * An Apple a day keeps a Doctor away.

सिस्नुपानी देउसी हेर्नुस्, पेट मिचिमिचि हाँस्नुहोस् ! [भिडियोसहित]

काठमाडौं, कार्तिक २२ । दिपावलीको अवसरमा विगतका वर्षझैं यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको भव्य आयोजना गरिएको छ । र, कार्यक्रम सकिएको पनि छ । तर, कार्यक्रमले देखाएको प्रस्तुतिबारे चर्चा सकिएको छैन । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरेको थियो । कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत देखाइएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति देखाएका थिए । कार्यक्रममा नेपालका शिर्ष नेताहरु उपस्थित थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेसका नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल। गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत मन्त्री तथा नेताहरुको उपस्थित थियो ।

मेनुकालाई सफलता, ‘सारेगामापा’ को अर्को चरणमा प्रवेश ! (भिडियासहित)

भारतीय चर्चित सांगीतिक प्रतियोगिता ‘सारेगामापा’ मा नेपाली गायिका मेनुका पौडल अर्को चरणमा प्रवेश गर्न सफल भएकी छन् । टेलिभिजन जी टिभीबाट प्रशारण हुने ‘सारेगामापा’ मा अर्को चरणमा उनी प्रवेश गर्न सफल भएकी हुन् । मेनुका मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी छन् । आइतबार प्रसारण भएको सो कार्यक्रममा मेनुकाले ‘रंग दे वसन्ती’ मा लता मंगेसकरले गाएको ‘लुकाछुपी बहुत हुई’ बोलको गीत गाएकी थिइन् । उनलाई सो गीतले अघिल्लो राउण्डमा पुर्याएको छ । मेनुकाले लताको गीत गाउँदा जज र जुरी मेम्बर नतमस्तक बनेका थिए । उनको आवाजले त्यहाँ जादू गरिरहेको थियो । जुरी मेम्बरबाट ९५।३ नम्बर प्राप्त गरेपछि उनी आगमी राउण्डका लागि प्रवेश गरिन् । कार्यक्रम सञ्चालक नेपाली मुलका आदित्य नारायण झाले मञ्चमा मेनुकासँग नेपालीमा कुरा गरेका थिए । उनले भनेका थिए, तपाईँले गाएको गीतले सबैजनालाई आ आफ्नो ठाउँबाट उठाएको छ, तपाईँले राम्रो गाउनु भो ।’ त्यसपछि आदित्यले मेनुकालाई जुरी मेम्बरले दिएको अंक सुनाएका थिए । मेनुका ब्लाइण्ड भएकाले उनले जुरी मेम्बरले दिएको अंक आफै भने हेर्न सकिनन् । कार्यक्रमको दर्शक दिर्घामा रहेकी मेनुकाकी आमा भने छोरी अघिल्लो राउण्डमा प्रवेश गर्दा हर्षले विभोर देखिन्थिन् । मेनुका नेपालमा हाल जारी रहेको नेपाल आइडलमा टप टेन भित्र पर्न नसकेपछि सारेगामापाको अडिसनमा पुगेकी थिइन् । सारेगामापाले पहिलो पटक नेपालमा पनि अडिसन गरेर नेपाली प्रतिभालाई मौका दिएको हो । हेर्नुहोस् भिडियो-

रवि ओड नेपाल आइडलको ‘टप ८’ मा पुग्न सफल

काठमाडौं, कार्तिक १६ । एपी वान एचडीबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन-२’ मा सुदूरपश्चिमबाट सहभागी भएका रवि ओड ‘टप ८’ मा पुग्न सफल भएका छन् । दर्शकको भोटका आधारमा उनी  ‘टप ८’ मा पुग्न सफल भएका हुन् । आज आउट भएकी छन् ।   नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाह नहोला । त्यसकारण हामी जानकारी गराउँदै छौं । रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।   भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

मनिष वसिष्ठको सर्ट फिल्म ‘काल मेरो साथी’ चाँडै नै आउने तयारीमा

पछिल्लो समय फरक किसिमको गीत–संगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष वसिष्ठले सर्ट फिल्म ‘काल मेरो साथी’ लिएर आएका छन् । पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन् । यसमा रंगकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्टअनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रंगकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन । यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् । म्युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन् । निकेश खड्का स् पछिल्लो समय म्युजिक भिडियो भन्दा केहि फरक गर्ने प्रयास हो, यो सर्ट फिल्म । मैले धेरै भिडियोको निर्देशन गरे, तर यो टिमसँग काम गर्दा फरक नै हुँदै गयो । यही टिमसँग मैले मुखौटा, पखेटा लगायतका भिडियो तयार गरिसकेको छु, जुन मेरो अन्यभन्दा फरक छ । यो पनि त्यसैको निरन्तरता हो । हामीले परिस्थितिलाई सिम्बोलिकरुपमा देखाउने कोसिस गरेका छौं । भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आशावादी छु । मनिष वसिष्ठ यसलाई सुरुवातमा गीत मात्र बनाउने कि भन्ने सोचाइ नआएको होइन तर डेभलप हुदै गएपछि यसले सर्ट फिल्मको रुप लिएको हो । मेरो रचनामा तयार भएका अघिल्ला गीतहरु फरक नै छन्, जसलाई मैले युट्युब एमबी क्रिएसनमार्फत ल्याएको छु । दर्शकबाट आउने प्रतिक्रियाले हामीलाई अगाडि बढ्न अझै हौसला मिल्छ भने मार्गदर्शन पनि पाइन्छ । हेर्नुहोस् भिडियो-

करिश्मा बिष्ट अब ‘हास्य टेलिशृंखला’ मा पनि ! [भिडियोसहित]

काठमाडौं, कार्तिक १३ । नेपाल आइडल सिजन-२ बाट चर्चामा आएकी कैलाली अत्तरियाकी करिश्मा बिष्ट ‘हास्य टेलिशृंखला’समेत देखिएकी छन् । उनी हास्य टेलिशृंखला ‘खुल्दुली’मा देखिएकी हुन् । यो सिरियलमा करिश्माले आ्नो चर्चित र्याप ‘इको नि लाग्यो, गणित नि लाग्यो…’ गीत गाएकी छन् । र, अन्य सदस्यलाई पनि सिकाइरहेको भूमिका उनी देखिन्छन् । बाँकी हेर्नुस् उनको प्रस्तुती भिडियोमा-

‘छक्का पञ्जा-३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन !

काठमाडौं, कार्तिक ४ । ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढाइ पनि हुन्छ…’   सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न सक्छ तर यस्तै संवाद र कथावस्तुको सो चलचित्रले यसपटकको दसैंमा दर्शकको मन जित्न सफल भएको हो । यही अवधिमा प्रदर्शन भइरहेको अर्को नेपाली चलचित्र ‘जयभोले’ ले पनि बजार पाएको छ । दुई घन्टा पच्चीस मिनेटको ‘छक्कापञ्जा–३’ र एक घन्टा ५५ मिटेनको ‘जयभोले’ले को टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा आइतबार पनि दर्शकको लाइन देखिन्छ ।   सामाजिक यथार्थलाई जीवन्त र हाँस्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन सुरु भएदेखि १३औं दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ । हरेक दिन तीन पटक लाग्ने काठमाडौं उपत्यकाका विभिन्न २० हल (मल) मा यी दुई चलचित्र हेर्नेको भीड देखिन्थ्यो ।   दुबै चलचित्रका कतिपय कलाकार उही भएपनि कथावस्तु र प्रस्तुतिमा भिन्नताका कारण दर्शकले दुबै चलचित्र हेर्न छोडेनन् । विदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र पनि भएकाले पनि यी दुई चलचित्र चलेको देखिन्छन् ।   यसबीचमा चलेका कतिपय हिन्दी चलचित्रलाई भन्दा यी दुई नेपाली चलचित्रलाई दर्शकले बढी रुचाएको पाइएको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताए । ‘विगत चार वर्षदेखि दसैंका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ ।’ पौडेलले भने ।   ‘बक्स अफिस प्रणाली’का परामर्शदाता मनिष पण्डितका अनुसार ‘छक्कापञ्जा–३’ ले यसबीचमा राम्रो बजार लिएको छ ‘जयभोले’ले पनि यसलाई पछ्याइरहेको छ । सामाजिक सन्देशभित्र पनि ‘हे हे माधुरी पहिलो नम्बरमा, हाइ हाइ औंठी बैन्हा मारे मैले पहिलो नम्बरमा..’ जस्ता मनोरञ्जनात्मक गीतसमेत यो चलचित्रमा समावेश छ ।   बक्स अफिस प्रणाली लागू भएपछि कुन चलचित्रले हालसम्म कति व्यापार गरेको छ भन्ने एकिन विवरण वितगमा जस्तो सार्वजनिक हुँदैन । निर्माता र निर्देशकले आफूखुशी धेरै व्यापार भएको प्रचार गर्ने तर चलचित्रको कर छली हुने सम्भावना रोक्न गत वैशाख १ गतेदेखि हरेक चलचित्र घरमा बक्स अफिसको सफ्टवेयर जडान गरेर ‘इ–टिकट’ अनिवार्य गरी एकीकृत सूचना संकलन गरिन्छ ।   ‘छक्कापञ्जा’ चलचित्रको शृङ्खलावद्ध प्रस्तुति भएकाले पनि दीपाश्री निरौलाको निर्देशन र कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिका खड्का र दीपिका प्रसाईँलगायत कलाकार अभिनित ‘छक्कापञ्जा–३’ ले अहिलेको बजार लिएको देखिन्छ ।   घटस्थापनाको दिनदेखि चालू यो चलचित्रले बजार पाएको र दर्शकले माया गरेकामा प्रशन्न हुँदै निर्देशक निरौलाले भने, ‘सामाजिक चेतनाप्रधान विषयको नेपाली फिल्मलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने देखिएको छ, यसबाट हामी उत्साहित छौं ।’   फूलपातिका दिनदेखि चल्न शुरु गरेको अशोक शर्माको ‘जयभोले’ले युवाका विकृति, प्रेम र मनोरञ्जनका साथै जातीय विभेदविरुद्धका विषयवस्तुलाई समेटेको छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धी तामाङलगायतका कलाकार रहेको यो चलचित्रमा प्रेमका लागि युवाहरुको आपसी द्वन्द्व र त्यसले निम्त्याएका गलत प्रवृत्ति उजगार गरेको छ । -रासस

‘नेपाल नेक्स्ट सुपरस्टार–२०१८’को उपाधी धिरज र करिस्नालाई

काठमाडौं, असोज २३ । यसवर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन्। थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करणमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा पुरुषतर्फ धिरज र महिलातर्फ करिस्नाले नेपाल नेक्स्ट सुपरस्टारको उपाधी जित्न सफल भएका हुन् । सोमबार साँझ काठमाडौंको न्यूरोड, बिशाल बजारस्थित सासा इभेन्ट भेन्यूमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ८, टप ५ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ स्टेजमा उत्रिएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट वाक बिधाको उपाधी धिरज रसाईली र विभूति तण्डुकार, बेष्ट पर्सनालिटि संक्षम संग्रैला र रोशिका दहाल, मोस्ट कन्फिडेन्ट पुष्पा नेपाली र दिवस लामिछाने, मोस्ट फोटोजेनिक असिम अली र विभूति तण्डुकार, बेस्ट स्माईल कल्पना बिष्ट र सौरभ शाह, मोस्ट ट्यालेन्ट दिपेश लामा र करिस्ना श्रेष्ठ, पब्लिक च्वाइस अवार्डमा गणेश खत्री र मनिषा लिम्बु, मोस्ट ह्यान्डसम बिबेक जोशी, मोस्ट क्रियटिभ लोमन रेग्मी र करुना शाह, मोस्ट ब्यूटिफुल पुजा एरी, मल्टिमिडिया च्वाईस दिपक बुढाथोकी र करिस्ना श्रेष्ठ, मोस्ट डिसिप्लेन अर्जुन विश्वकर्मा र गरिमा शर्माले विभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् । सनिस शाक्यको कोरियोग्राफीमा कुल २५ जना प्रतियोगीहरुलाई १ महिनासम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन जवान रञ्जित र सुनिल गुभाजुले गरेका हुन् । कार्यक्रमको प्रमुख आतिथिमा सिनेकर्मी तथा चलचित्र निर्देशक अनिल पाण्डे र निर्णायकको भूमिकामा उत्तम बनेपाली, सुमित सिग्देल र शिवराज कार्की हुनुहुन्थ्यो । सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई अझै भब्य बनाउन एमपी इभेन्टसले ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने आयोजक मदन पौडेलले बताए । मिडिया पार्टनरमा अर्थ संसार डट रहेको थियो । हेर्नुहोस् भिडियो–

‘मिस्टर एन्ड मिस टिन प्लानेट २०१८’ को प्रथम अडिसन सम्पन्न

काठमाडौं, असोज २३ । जेनिथ इन्टरटेनमेन्टद्वारा इ प्लानेटको सहकार्यमा आयोजना हुन लागेको ‘लिटल मिस एन्ड मास्टर नेपाल २०१८’ र ‘मिस्टर एन्ड मिस टिन प्लानेट २०१८’ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन तीनकुनेस्थित ग्रीन क्याफेमा सम्पन्न भएको छ । उक्त अडिसनमा २० जना प्रतिस्पर्धि सहभागी भएको र त्यसमध्ये १४ जना प्रतिस्पर्धीलाई प्रतियोगितामा सहभागिताका लागी छनोट गरिएको छ । अडिसनमा मिसेस हेरिटेज इन्टरनेसनल रजनी थापा, सिनियर फोटो पत्रकार एवम् फिल्म निर्माता श्रीधर पौडेल र नायिका दिपशिखा खड्का निर्णायक रहेका थिए । ८ देखि १९ बर्षका बालबालिकालाई केद्रित गर्दै उनीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्दै उनिहरुमा ब्यक्तित्व विकास र आत्मविश्वास अभिबृद्धि गर्नका लागि यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो । साथै मोडलिङमा रुचि राख्नेहरुका लागि उपयुक्त प्ल्याटफर्म प्रदान गर्नको लागि समेत यस कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । यस सौन्दर्य प्रतियोगिताका बिजेताहरुले नगद रासीको साथमा आकर्षक पुरस्कार, म्युजिक भिडियोमा अभिनय गर्ने पाउने अवसर, विभिन्न छात्रवृत्तिको साथै नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछन् । प्रतियोगिताको दोस्रो अडिसन कार्तिक १० गते हुने जानकारी जेनिथ इन्टरटेनमेन्टका सिइओ बिक्रम सिंह मैनालीले बताएका छन् ।

‘मिस कोच इन्टरनेशनल २०१८’ को उपाधि हालोलिनलाई

बिर्तामोड, असोज २२ । मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनौट भएका छन् । झापा मिडिया हाउसको आयोजनामा हुन गइरहेको मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयको तुरास्थित होटल रिकमानमा भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगी छनौट भएका हुन् । छनौट हुनेहरुमा अनामिना सिम्चाङ, रुविता कोच, पिंकी कोच, मोनिसा कोच, हारोलिन कोच सदाप, चन्दना कोच, बुलबुली कोच, कृति कोच, पार्वती कोच, सागोरिका कोच रहेका छन् । उनीहरुलाई प्रोफेसर सुजता गुरुदेव, शिक्षक कौशल्या कोच, मेघालय कोच एसोसिएसनका पूर्व महासचिव बरुण कोच र मेघालय दुरदर्शन टेलिभिजनका स्टेशन डाइरेक्टर कमलेश्वर कोच रहेको निर्णायक टोलीले छनौट गरेको थियो । निपेन्द्र कोचको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेघालय कोअर्डिनेटर उषा कोचले स्वागत गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि निपेन्द्र कोचले कोच समुदायको संस्कृतिको संरक्षणमा यो कार्यक्रम कोशेढुंगा हुने बताए । उनले नेपाल, भारत, बंगलादेश लगायतका स्थानमा रहेका कोच समुदायहरुको भाषा, संस्कृतिको संरक्षण गर्न सबै जुट्नुपर्ने बताए । मेघालय कोच समुदायको उद्गम स्थल रहेको बताउँदै उनले कोच समुदायको भाषा संस्कृति संरक्षण गर्न मेघालय कोच एसोसिएसन लागीपरेको बताए । मिस कोच इन्टरनेशनल मेघालय अडिसन सफल बनाउन एडभाइजर सुप्रभा सिम्चाङ, कोअर्डिनेटर उषा कोच, मिडिया कोअर्डिनेटर कन्र्दप कोच लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशी, सिइओ योगेश राजवंशी, कोच राजवंशी सांस्कृतिक संग्रहालय तथा पर्यटन प्रबद्र्धन केन्द्र कनकाई–९ का केन्द्रीय उपाध्यक्ष धर्मलाल राजवंशी, आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव सुकमति राजवंशी, कोचिला महिला फ्रन्टकी केन्द्रीय सदस्य पार्वती राजवंशी, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, मिस कोच इन्टरनेशनलकी मेकअप कोअर्डिनेटर नविना राजवंशी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा मेघालयको कोच संस्कृति झल्कने पहिरन र गरगहनामा सजिएर प्रतियोगीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा आयोजक झापा मिडिया हाउसले मिस कोच इन्टरनेशल मेघालय अडिसन सफल बनाउने व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको थियो भने मेघालय अडिसनका पदाधिकारीहरुले आयोजक झापा मिडिया हाउसका पदाधिकारीहरुसहित अतिथिहरुलाई त्यहाँको कोच संस्कृति झल्कने मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशीले नेपाल, भारत र बंगलादेशका कोच समुदायका युवतीहरूको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले मिस कोच इन्टरनेशनल प्रतियोगिताको आयोजना गरिएको बताउँदै यसले कोच संस्कृति संरक्षण गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले मेघालय कोच समुदायको ऐतिहासिक भूमि भएको र मेघालयबाट कोच समुदायले धेरैकुरा सिक्नुपर्ने बताए । उनले मेघालयबाट मिस कोच इन्टरनेशनलको अडिसन शुरु भएको बताउँदै बंगलादेश, आसामको कोक्राझार, गुहाटी, शिलगढी, विहारसहित नेपालको बिर्तामोड, विराटनगर, इटहरी, काठमाडौंमा अडिसन गरेर प्रतियोगीहरूको छनौट गरिने बताए । विभिन्न अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने र उनीहरुबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गराइने झापा मिडिया हाउसका सीइओ योगेश राजवंशीले बताए । कार्यक्रममा कोच संस्कृति झल्कने गीत, नृत्य प्रस्तुत गरिएको थियो भने नेपालको तर्फबाट मिस कोच इन्टरनेशलकी मेकअप को-अर्डिनेटर नविना राजवंशीले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कोनिका कोचले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सीमा कोचले गरेकी थिइन् । त्यसैगरी मिस कोच मेघालयको उपाधि हालोलिन कोच सदापले हात पारेकी छिन् । झापा मिडिया हाउसको आयोजनामा मेघालयको तुरास्थित होटल रिक्मानमा भएको मिस कोच इन्टरनेशनलको मेघालय अडिसन अन्तर्गत भएको प्रतियोगितामा उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । त्यस्तै प्रतियोगिताको फस्ट रनर अप कृति कोच भइन् भने सेकेण्ड रनर अप सगोरिका कोच घोषित भइन् । विजेता प्रतियोगीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।