रानुका बारेमा कुरा गर्दा रुन थाले हिमेश, यसरी दिए लतालाई जवाफ

मुम्बई । हिमेश रेशमियाको फिल्म ‘हैप्पी हार्डी एण्ड हीर” को गीत ‘तेरी मेरी कहानी’ रिलिज भएको छ ।

शुरुआतदेखि नै यो गीत निकै लोकपिैय हुँदै आएको छ । यसको कारण हो सोशल मिडिया स्टार रानु मण्डल ।

अवस्था यतिसम्म भयो कि यो गीत लन्चको बेला एकपटक त हिमेश साँच्चिकै रुन समेत थालेका थिए ।

लन्चिङ कार्यक्रममा रानु मण्डल, हिमेश रेशमिया र उनकी श्रीमती सोनियका कपूर उपस्थित थिए । मिडियासँग हिमेशले गीत, चलचित्र र रानु मण्डलका बारेमा कुरा गरिरहेका थिए । तर कुराकानीकै क्रममा हिमेश यति भावुक भए कि रुन थाले ।

भावुक हुँदै रुन थालेका हिमेशलाई उनकी श्रीमती सोनियाले आँसु पुछेर सान्त्वना दिइन । अहिले यो तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ ।

लता मंगेशकरले रानुका बारेमा नकारात्मक टिप्पणी गरेपछि यसको जवाफ रेशमले कार्यक्रममार्फत दिएका हुन । रानुको प्रतिभा लताको गीतको लय चोरी गरेर मात्रै नभएको उनले बताए ।

‘भद्रगोल’बाट छुट्टिएपछि ‘सक्किगोनि’ ल्याउँदै पाँडे–जिग्री

काठमाडौंः ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलकारहरूले ‘सक्किगोनि’ ल्याउने भएका छन् । उनीहरुलाई ‘सक्किगोनि’ मार्फत पुनःटेलिभिजनको पर्दामा दर्शकले हेर्न पाउनेछन् । ‘सक्किगोनि’ नेपाल टेलिभिजनमा असोज २ गतेदेखि प्रत्येक बिहीवार प्रसारण हुनेछ ।

प्रभास अभिनित ‘साहो’ले १० दिनमा कति कमायो?

काठमाडौंः  बलिउड अभिनेता प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ ले १० दिनमा करिब ४ अरब कमाइ गरेको छ । ३० अगस्टमा रिलिज भएको उक्त चलचित्र अझै हलमा जारी रहेको र अझै प्रदर्शन गर्न सकिने अनुमान गरिएको छ । यो फिल्मले विश्वव्यापी र दक्षिण भारतमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी, महेश मांजरेकर, अरुण विजय र मुरली शर्माको पनि भूमिका रहेको छ । चलचित्रले दर्शकहरुबाट धेरै प्रशंसा कमाइरहेको छ । फिल्मले पाँच अर्बको आकडा पार गर्ने आशा राखिएको जनाइएको छ ।

सधै हँसाउने मनोज गजुरेलले सबैलाई रुवाए, प्रचण्डदेखि सबैका रसाए आँखा (भिडियो)

काठमाडौं : कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन सिस्नुपानी नेपालले काठमाडौंमा आयोजना गरेको थियो, एक विशेष कार्यक्रम । उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले ‘बा’शिर्षकमा कविता सुनाए । सधै हँसाउने गजुरेल त्यो दिन निकै भावनात्मक रुपमा प्रस्तुत हुँदै कविता सुनाउनतर्फ लागे । ‘बा’शिर्षकमा निकै भावनात्मक रुपमा कविता सुनाउँदै जाँदा सबैका आँखा रसाए । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड, नेकपाकै नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न क्षेत्रका मानिस सहभागी थिए । गजुरेलले कवितात्मक शैलीमा कवितामा ‘बा’ बारे वर्णन गरिरहदा सहभागी प्रचण्ड, श्रेष्ठलगायत सबैका आँखा रसाए । माहौल सुनसान बन्यो । भिडियोमा हेर्नुुस्, गजुरेलले प्रस्तुत गरेको ‘बा’ शिर्षककोे कविता र कार्यक्रमको माहौल :

शुक्रबारदेखि फेरि प्रसारण हुँदै ‘भद्रगोल’

काठमाडौं : बहुचर्चित हास्य टेलिश्रृखला ‘भद्रगोल’ शुक्रबारदेखि फेरि नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘भद्रगोल’ अब नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो । दर्शक माझ निकै रुचाइएको ‘भद्रगोल’ लाई स्थापना कालदेखि कै कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्दै नेपाल टेलिभिजनबाट आउन लागेका हो । हास्य टेलिश्रृखला ‘भद्रगोल’ शुक्रबार राति ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । काफ्ले भद्रगोलमा पहिलेकै चर्चित पात्र मङ्गल थाडु बनेर आउनेछन् भने अशोक धिलात बाहुन डन बनेर आउनेछन् । मोसफल चितवन हुँदै राष्ट्रिय कलाकारितामा छिरेका काफ्लेले ‘मेरी बास्सै’ र ‘तितो सत्य’मा नक्कली बाबुराम बनेर चर्चा कमाएका थिए । उनले चलचित्र समेत अभिनय गरेका छन् । हास्य टेलिश्रृखला ‘भद्रगोल’ मा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिनालगायतको कलाकारहरुको अभिनय रहने छ ।

जय किशनको ‘हिरो नं. १’ सेन्सर पास, भदौ २७ गतेदेखि देशब्यापी प्रदर्शन हुने

काठमाडौं : नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा प्रमुख भुमिका रहेको चलचित्र ‘हिरो नं. १’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास भएको यस चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेयको सम्पादन रहेको छ । मदन ताम्राकार कार्यकारी निर्माता र बिक्रम माङ्मु एवम बिशाल गुप्ता सह निर्माता रहेको यो चलचित्र ‘हिरो नं. १’ यही आउँदो भाद्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँन लागेको छ । निर्माण क्रममा नै व्यापक चर्चा भएको यो चलचित्रलाई विशेष तरिकाले हेरिएको छ । यसभन्दा अगाडी सार्वजनिक भएका गीत र ट्रेलर एवम अन्य प्रचार सामाग्रीमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट पनि नायक एवम निर्देशक जय किशन बस्नेत ‘हिरो नंं. १’ सफल हुनेमा उत्साही देखिन्छन् ।

‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका सुशिल गर्तौलाको ‘पहिलो यो माया’ सार्वजनिक

काठमाडौंः सुशील गर्तौलाले आफ्नो पहिलो गीत ‘पहिलो यो माया’ सार्वजनिक गरेका छन् । ‘भ्वाइस अफ नेपाल’को पहिलो संस्करणबाट शास्त्रीय संगीतका कारण चर्चामा आएका गर्तौलाले शास्त्रीय संगीतमा आधारित गीत सार्वजनिक गरेका हुन् । धनबहादुर गोपालीले लेखेको ‘पहिलो यो माया’मा संगीत श्री केसीको रहेको छ भने शेखर सुवेदी र समीक्षा पोखरेललाई अभिनयमा देख्न सकिन्छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई सन्तोष राजबाकहले कोरियोग्राफी गरेका छन् । हेर्नुहोस् भिडियोः

आयुष केसीको ‘हजार जुनीसम्म’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौंः  भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष केसीले नेपाली फिल्मको गीत गाएका छन् । उनले उदय सोताङ्गको ‘हजार जुनीसम्म’ बोलको हिट गीत गाएर फिल्मकाे पाश्र्र गायनमा डेब्यु गरेका हुन् । फिल्मका लागि यो गीत रि–एरेञ्ज गरिएको हो । गीतलाई उदय सोताङले तयार पारेका हुन् । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसी बनाएको बताए । उनले फिल्ममा गीत आफ्नो र आयुष दुवैको स्वरमा रहने खुलाए । निर्माण पक्षले आइतबार गीत समेत सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ‘किरण’को शब्द र योगेन्द्र घातानीको संगीत छ । उदयको स्वर रहेको गीतमा फिल्म भित्र अभिनेता आर्यन सिग्देल देखिने छन्, भने आयुषको स्वरमा बालकलाकार अनुभव रेग्मीको अभिनय रहने निर्देशक बिकाश आचार्यले जानकारी दिए । गीतले आफ्नो फिल्मी करियरमा निकै महत्व राखेको आयुषले बताए । ‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीत हो’ आयुषले थपे । साउन ३० अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माताको रुपमा रहेका छन् ।

गायक हरिदत्त फुलाराको ‘मिरमिरेको लाली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः  गायक एवं संगीतकार हरिदत्त फुलाराको ‘मिरमिरेको लाली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उनको यो गीत शनिबार हाम्रो कथा नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । ‘मिरमिरेको लाली’ मा संगीत–स्वर गायकै फुलाराकै रहेको छ । यस्तै यो गीतलाई डा. अनिल बरालले लेख्दा महाराज थापाले एरेन्ज गरेका हुन् । यस्तै फुलाराको यो गीतलाई नरेश बिसी रेकर्ड र साजन शाहले मिक्सिङ गरेका छन् । ‘मिरमिरेको लाली’लाई एप्लस स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोमा विनोद न्यौपाने र विनु शाक्यको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई उत्सव दाहालले छायाँकन, विकाश दाहालले सम्पादन र युवराज वाइवाले निर्देशन गरेका हुन् । गायक फुलाराका यसअघि ‘म आउने प्रहर’, ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमी संगित तिमी’, ‘मेरो देश’, ‘सँगैसँगै हिँडे पनि’, ‘नक्कली’ लगायत बोलका गीत बजारमा आइसकेका छन् । ती गीतहरुलाई स्रोता–दर्शकले राम्रो रुचाएका छन् । झण्डै डेढ दशकदेखि नेपाली सङ्गीतमा लागि पर्दै आएका गायक फुलारा पछिल्लो समय अलग्गै पहिचान बनाउँदै गएका छन् । भारत, काँशी हिन्दु विश्व विद्यालयबाट शास्त्रीय संगीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका गायक फुलारा पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् । उनले त्यहाँको सैनिक आवासिय महाविद्यालयमा दुई वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेपश्चात २०७१ सालबाट काठमाडौंलाई कर्मथलो बनाएर गीत, संगीतको क्षेत्रमा क्रियायाशिल रहँदै आएका छन्।

एक महिना नबित्दै स्मिताको नयाँ गीत रिलिज हुँदै

काठमाडौंः एक महिना नबित्दै गायिका स्मिता दाहालले अर्को नयाँ गीत बजारमा ल्याउने भएकी छिन् । उनले ‘मायालु तिमी कता छौ’ बोलको नयाँ गीत बजारमा ल्याउन लागेकी हुन् । स्मिताको यो गीत भोलि (मंगलबार) ४ बजे रिलिज हुँदैछ । ‘मायालु तिमी कता छौ’ मा स्मितासँगै आवाजमा राजनराज सिवाकोटीले साथ दिएका छन् । गीतमा दिनेश थपलियाको शब्द, राजनराज सिवाकोटीको संगीत रहेको छ । यस्तै स्मिताको यो गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । भिडियोलाई सरोज ओलीले निर्देशन, उदयराज पौडेलले एरेन्ज, श्यामस्वेत रसाइलीले मिक्सीङ र सन्देश शाहले सम्पादन गरेका हुन् । गीतमा कन्सेप्ट–कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।

‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ भदौ २५ गते हुने

काठमाडौँ, साउन ६ । ‘औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ यही आउँदो भदौ २५ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।उक्त अवार्डको लागि श्रावन महिनाभरि आवेदन फारम खुल्ला रहेको छ भने भदौको दोश्रो हप्ताभित्र टप ५ मनोनयन सार्वजनिक गरिने जानकारी आयोजक सस्थाका अधक्ष्य सन्दिप महतले जानकारी गराएका छन् । विगत लामो समयदेखि नेपालको विभिन्न जिल्लाहरुमा औधोगिक व्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रम आयोजना गरी सयौं कलाकारहरुलाई स्टेज प्रदान आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रमा नया आयाम थप्नको लागि तथा सांगीतिक व्यक्तित्वहरुलाई सम्मान गर्नका लागि म्युजिकका विभिन्न विधातर्फ ‘औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ गर्ने भएको हो । म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुल्ला रहेको छ । जसका लागि २०७५ बैशाखदेखि २०७५ चैत अन्तिमसम्मका गीत संगीत समावेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०७५ भित्र गीत निकालेको हुनुपर्ने छ । सन्दिप महतको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष–महिला, राष्ट्रिय गीत, पप–आधुनिक–प्ले व्याक सिंगर गायक र गायिका, भाषा भाषिका गीत म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ  । औधोगिक शान्ति नेपाल सस्था कला साँस्कृतिक कार्यक्रम, ब्यापार मेला महोत्सवको लागि एक चिरपरिचित सस्था हो । देशभरका विभिन्न जिल्लामा गएर हजारौं बेरोजगार नागरिक, साना ठुला ब्यापारी, कलाकारदेखि स्थानिय बासिन्दा सम्मलाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गर्दै राष्ट्रिय तथा स्थानीय उत्पादनलाइ प्रोत्साहन गर्दै उचित बजार व्यवस्थापन गर्दै आएको औद्योगिक शान्ति नेपाल सस्था एक युवाहरुको सस्थागत समूह हो । यस संस्थामा अध्यक्ष सन्दिप महत, उपाधक्ष्य राजकुमार खड्का, महासचिव शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द तथा सचिवालय व्यवस्थापक बिनोद जैसवाल, कार्यालय सचिब बिमल सुर्खेती रहेका छन । स्थानिय धार्मिक, साँस्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाइ समेत वृद्धि गर्दै सस्थामा आबद्द युवाहरु गायक, गायिका, हाँस्य कलाकार, तथा अन्य कलाकारका समेत प्रिय बनेका छन । साँस्कृतिक मेला महोत्सवले गर्दा कलाकारहरुले समेत रोजगारी पाउदै आएका छन् । विभिन्न महोत्सव तथा सास्कृतिक कार्यक्रम गर्दै आएको सस्था औद्योगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रको बृहत्तर हितको लागि तथा सांगीतिक क्षेत्रमा समर्पित भएका व्यक्तित्वहरुको लागि सम्मान तथा अवसरको लागि ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ गर्न लागेको हो । अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । यसका साथै समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाइ सम्मान समेत प्रदान गरिने भएको छ । औद्योगिक शान्ति नेपाल सस्थामा आवद्ध रहेर ब्यापार व्यवसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने कुरा सस्थाका उपाधक्ष्य राजकुमार खड्काले जानकारी गराएका छन् । “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ इन्साइट मिडियाको कार्यालय बागबजारमा सम्पर्क गरेर आवेदन फर्म भर्न सक्नेछन् ।

शिल्पा पोखरेलको ‘उनकै कुरा हुन्छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन १ । अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोलका गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी) बनेका छन् । राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ । भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

नेपाली चुट्किलाः शेरे र उसकी चलाख बुडी

शेरेकी श्रीमतीः बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो, शेरेः लौ मरिछे, अनि ।।।।अनि के गरिस त ? श्रीमतीः अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि।।।।।जेठाजु जस्तो मान्छे आउँदा।।।।।हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,।।।।म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ।।।।

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

काठमाडौं, असार २८ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा २०७६ असार २७ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विशिष्ट आतिथ्यतामा निम्नानुसारका चलचित्रकर्मीहरुलाई वि.सं. २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ । सो अवसरमा मन्त्रीबाट कार्यक्रमलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा राष्ट्रपतिले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको कुरा आफ्नो मन्तव्य राखे । अझ बढी चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्नका चलचित्रकर्मीहरुमा हौसला दिने कुरा आफ्नो मन्तव्यमा राखे । राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो । कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गरेका थिए । कार्यक्रमको कृतज्ञता ज्ञापन तथा समापन बोर्ड अध्यक्षज्यूले गरेका थिए ।

‘सारी फरर’ मा अञ्जिली अधिकारीको गज्जब नृत्य (भिडियो)

काठमाडौं । हिन्दू महिलाको महान् चाड हरितालिका तीज आउने समय धेरै पनि बजारमा भने नयाँनयाँ तीज गीत सुनिन थालिसकेका छन् । यसैबीच गायक सूर्य खड्का, निर्मल क्षेत्री र गायिका सीता श्रेष्ठको स्वर रहेको ‘सारी फरर..’ बोलको तीज गीत बजारमा आएको छ । गीतमा अहिलेकी चर्चित मोडल अञ्जिली अधिकारीलगायतको नृत्य देख्न सकिन्छ https://youtu.be/dg-70wEC-7Y

रबिनालाई पानीमा नाचिरहेको देखेपछि रणवीर हेरेको हेर्यै, सेटबाटै निकालियो

एजेन्सी । अक्षय कुमार, सुनिल सेट्टी, नसिरुद्दीन शाह र रबिना टण्डन स्टार फिल्म मोहराले आफ्नो रिलिजको २५ वर्ष पुरा गरेको छ । फिल्मको एक्सन सिक्वेन्स र गीतहरु विशेष चर्चामा रहे । ‘ती चीज बडी हे मस्त मस्त’ र ‘टिप टिप बरसा पानी’ आज पनि बलिउडको सबैभन्दा चर्चित गीतमध्ये पर्छन् । यो गीतमा अक्षय कुमार र रबिना टण्डनको शानदार केमेस्ट्रि देखिएको थियो । रणवीर सिंहले यसै गीतसँग जोडिएको एउटा रोचक किस्सा सेयर गरेका छन् । रणवीरले राजिव मसन्दसँगको अन्तरवार्तामा भनेका छन्, ‘मेरा केजी कजिन क्यानडाबाट आएका थिए र सबैजना अक्षय कुमारका ठूला फ्यान । सबैले अक्षय कुमारलाई हेर्न जिद्दी गरिरहेका थिए । मेरा पिता बलिउडका केही निर्मातासँग नजिक हुनुहुन्थ्यो त्यसकारण हामीलाई अक्षय कुमारले रबिना टण्डनसँग टिपटिप बरसा पानीको सुटिङ गरिरहेको भन्ने कुरा थाहा पाउन गाह्रो भएन । उनी थप्छन्, ‘सुटिङ हेर्न हामी सबै गयौं । सेटमा रबिनालाई देखेर म हैरान भएँ । मैले आफ्नो जीवनमा यति सुन्दर युवती देखेको थिइनँ र उनलाई एकटक हेरिरहेँ । मलाई थाहै भएन कि रबिनलाई मेरो हेराइले असहज महसुस भइरहेको थियो । मलाई सेटबाट निकालिएपछि मात्रै यसबारे थाहा भयो । रणवीरले थपे, ‘म निकै मोटो थिएँ, दाँतमा ब्रेसेज बाँधिएको थियो र मेरो फुटबल खेलाडी रोनाल्डोजस्तो हेयरकट थियो । सेटबाट निकालिएपछि मलाई एकदम नरमाइलो लाग्यो किनभने म ठूलो आशा बोकेर सुटिङ हेर्न पुगेको थिएँ । मलाई उदास देखेर अक्षय कुमार म भएठाउँ आएका थिए र उनले मेरो हौसला बढाउनका लागि मेरो कपाल मनपरेको बताए ।’ अक्षयले यस्तो भनेपछि आफू फुरुङ्ग भएकमो रणवीरले बताए । त्यसपछि यी दुईले सँगै फोटो खिचेको तर रबिनासँग तस्बिर खिच्न असमर्थ भएको बताए ।