मलेसियामा लिम्बू चलचित्र ‘के’ प्रदर्शन

मलेसियाः याक्थुङ फिल्म्स ब्यानरद्वारा निर्मित लिम्बू चलचित्र ‘के’ प्रदेशी रेस्टुरेन्ट क्वालालम्पुरमा चलचित्र लेखक/निर्देशक सागर केरुङको उपस्थितिमा प्रदर्शन गरिएको छ ।

चलचित्र ‘के’ले विशेषगरी लिम्बू समुदायको साँस्कृतिक मौलिक बाजाको महत्व र सामाजिक अस्थित्वलाई प्रतिबिम्बित गरेको छ । नेपालका आदिवासी जनजाती समुदायहरुको प्रत्यक्ष घट्नालाई समाबेश गरेर निर्माण भएको सो चलचित्रमा उत्पीडित जाति समुदाय र राज्य सयन्त्रबीचको सामाजिक, साँस्कृतिक र मौलिक बहसको विषय लाई उठान गरेको छ ।

याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ को उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ । यसैगरी जोमोगाङ फिल्म अवाड–२०१९ थाइल्यान्डको उत्कृष्ट–५ भित्र नोमिनेट र एफ.एल.एफ अवाड–२०२० को उत्कृष्ट–४ को नोमिनेसनमा पर्न सफल भएको छ ।

नेपालका आदिवासी जनजातिहरुप्रति नेपाल सरकारले गरिरहेको ब्यवहार र असन्तुष्टिको मुद्धालाई कथाको रुपमा प्रस्तुत गरिएको चलचिले समय सान्दर्भिक र वास्तविक घट्नामा अधारित रहेको दर्शक श्रोताहरुले प्रतिक्रिया दिएका छन् ।

लिम्बू भाषिक चलचित्र प्रदर्शनमा मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपालको उपस्थिति रहेको थियो ।

वेब सिरिज ‘लभ यू’ बन्ने, दिव्यको जोडी सरिता

काठमाडौंः केही वर्षयता नेपाली दर्शकले गीत–संगीत र फिल्मसँगै वेब सिरिजलाई पनि हेर्ने सूचीमा राख्न थालेका छन् । यही कारण पछिल्लो समय वेब सिरिज बनाउने क्रम ह्वात्तै बढेको छ । तर, एकाधले मात्र दर्शकको मन जित्दै सफलता हात पारेका छन् । प्रायः वेब सिरिज युवापस्तालाई लक्षित गरेर प्रेम कथामा निर्माण हुने गरेका छन् । यो भीडमा एक नयाँ वेब सिरिज थपिएको छ, ‘लभ यू’ । म्यूजिक भिडियो निर्देशनको अनुभव संगालिसकेका मनोज विस्टले यो वेब सिरिजको निर्देशन गर्दैछन् । यसको कथा मन्दिप गौतमले लेखेका हुन् । उनी अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ का लेखक समेत हुन् । यसकारण यो वेब सिरिज कस्तो होला भन्ने कौतुहलता धेरैमा छ । चाँडै छायांकनमा जान लागेको ‘लभ यू’ वेब सिरिज च्यानल फोरबाट प्रशारण हुनेछ । भने, एमवी क्रिएशनमार्फत् युट्युबमा हेर्न सकिनेछ । युवा अवस्थाको प्रेमलाई आधार बनाएर निर्माण हुन लागेको यो वेब सिरिजमा दिव्य दाहाल, रविन विष्ट, सरिता थापा, सुमन घिमिरे, दीपिका दाहाल, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहनेछ । यसमा दिव्य र सरिताको जोडी बाँधिएको छ । दिव्यले यसअघि केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयको थप अनुभव हासिल गर्न वेब सिरिजमा हात हालेको उनको भनाई छ । चाँडै नेपाली चलचित्रमा समेत डेब्यू गर्न लागेका दिव्य ‘लभ यू’ वेब सिरिजले दर्शकको मन जित्नेमा आशावादी छन् । उनी भन्छन्, पछिल्लो समय वेब सिरिज दर्शकको रोजाई बन्न थालेको छ । ‘लभ यू’ लाई पनि मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु । यसमा मैले लभर ब्वाईको भूमिका निभाउँदैछु ।’ निर्देशक विष्टले वेब सिरिजको प्रत्येक नयाँ श्रृंखला मंगलबार टिभीमा प्रशारण भएपछि युट्युबमा सार्वजनिक हुने बताए ।

‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा

काठमाडौंः वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे)लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा मंसिर १३ गते देखि प्रदर्शन हुने छ । डिस होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर,डिस होमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिस होम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

सिस्नुपानी नेपालको व्यंग्यात्मक देउसी–भैलो : झण्डावाला गाडी चढी जुलुस लगाउने

काठमाडौंः सिस्नुपानी नेपालले यसवर्ष पनि तिहारमा व्यंग्यात्मक देउसी–भैलो खेलेको छ । आइतबार साँझ प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा–सिस्नुपानी देउसी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, सरकारी कर्मचारी र सिंगो मुलुकका गन्नेमान्नेहरु उपस्थित रहेको थियो । सिस्नुपानी नेपालले विगत २१ वर्षदेखि तिहारमा व्यंग्यात्मक देउसी–भैलो खेल्दै आएको छ । यस्तो छ सिस्नुपानी नेपालले खेलेको व्यंग्यात्मक देउसी–भैलो : भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे सिस्नुपानी भन्छ – देउसिरे देउसी खेल्न मन छ – देउसिरे । आन्दोलनको आगो – बालेर निरंकुशतन्त्र – ढालेर राजतन्त्रलाई – फालेर द्वन्द्वलाई शान्तिले – टालेर जनताको संविधान – लेख्नेले नाका बन्दी – छेक्नेले धुलो बढार्न – सक्दैनौ ? खाडल पुर्न – सक्दैनौ ? जेल र नेल – भोग्नेले छातीले गोली – रोक्नेले देशको लागि – भनेर सर्वस्व गुमाउन – सक्नेले भ्रष्टाचार नगर्न – सक्दैनौ ? नैतिकता जोगाउन – सक्दैनौ ? दलाललाई नटेर्न – सक्दैनौ ? अपराधी नपाल्न – सक्दैनौ ? देउसी खेल्न आयौँ हामी जनताले पठाए अझै बहादुर सभामुख खोज्न खटाए तानिँदैछन् लहरा भत्किँदैछन् पहरा भिआइपीमा को को होलान् गुप्त महरा (माननीय सदस्यहरू, म हुँ भन्नेले हात उठाउनुहोस् , म होइन भन्नेले शिर उठाउनु होस् ।) ज्वालामुखी जस्तो गरी विस्फोट हुन्छन् घटना घटनालाई सामसुम पार्न आयोग गठन झ्याप्पै पारी जसको च्याप्पै समाउनु थ्यो कठालो आयोग आर्फैँ बस्ने गर्छ उसकै गोठालो । कल्ले खायो कल्ले खायो वाइडबडी पिलेन मिलिजुली खाको कुरा भन्नै मिलेन । भेट्न भनी बोलाउँछन् प्रधानमन्त्री ओलीले एकोहोरो हानिरन्छन् आफ्नै बोलीले बालुवाटारको डाँडामाथि चिसो हावा सिरिरि विकास सिकास त्यस्तै हो रेशम फिरिरि रेशम फिरिरि रेशम फिरिरि पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरि । हा……. विषादीले भिसा माग्यो रक्सौलमा आएर सरकारले दिन्न भन्यो हा….. लैनचौरले फोन घुमायो के हो पारा भनेर बालुवाटारले सरी भन्यो हा…… इण्डियालाई खुशी पार्न व्यापारीलाई बचाउन हाम्ले विष खानुपर्ने हा…. सागपात समेत आयात गरी हाम्ले जीवन चलाको हामै खेतमा खोइ फलाको हा….. वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै नपिउन्जेल ज्ञानी पिएपछि पानी अन्तै जाने घरै नजानी .।….. नेकपाको इस्कूलैमा कस्तो उच्च भावना नि लै लै माधव नेपाल दिने केपी ओली नलिने स्वास्थ्यलाभको शुभकामना…… एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको जनताले विश्वास गर्ने कुन चैं बोलीको नातागोता आफन्त र परिवारका सबैलाई अंशै सरी बाँडेका छन् पद बरि लै कस्को घरमा डेरा बस्छौ भात खान काँ जान्छौ चिप्लिरन्छ जिब्रो तिम्रो केको तेल खान्छौ ? भाग्यमानी घरबेटी महादानी डेरावाल ब्ल्याक् लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल । कोही सांसद डन गुण्डा कोही सांसद ज्यानमारा यिनै सांसद पार्टीलाई परम पियारा भजन सुन्न मन्दिर गाको राष्ट्रगान पो घन्कियो चिताबाट मान्छे उठी तनक्क तन्कियो । मधेशवादी दलको आफ्नै मौलिक ढङ्ग छ छेपारोलाई छक्कै पार्ने बहुरङ्ग छ सरकार पनि चलाउने संविधान नि जलाउने झण्डावाला गाडी चढी जुलुस लगाउने । काँ बिलाए आरके कमरेड काँ हराए अशोक राई कहाँ पुगे निख्खुर क्रान्तिकारी भट्टराई चिन्ता लाग्छ ती प्याराले हामीलाई भुले कि ! चोक्टा खान हिँडेका थे झोलमा डुबे कि ? गुन्द्रुकमा कर लिने –को होला ! एनसेललाई छूट दिने – को होला ! सिंगापुरको बिल भर्ने – को होला ! टुँडिखेल पिच गर्ने – को होला ! वाइडबडी पचाउने – को होला ! सूनतस्कर बचाउने – को होला ! होली वाइन बाँड्ने – को होला ! मेलम्ची भाँड्ने – को होला ! पप्पुलाई पुल पार्ने – को होला ! गाई लडाई मार्ने – को होला ! हाम्रो देशको न्यायालय कति साह्रै चोखो छ नि लै लै कार्यकर्ता न्यायाधीश दलले सोध्छ कहाँ थिस् न्याय चाहिँ टाँय टाँय फिस… अख्तियारको आयुक्त नै भ्रष्टाचारमा चुर्लुम्म नि लै लै कुन चाहिँ निस्क्यो भिलेन कता सेटिङ मिलेन पदै ढल्यो गल्र्याम गुर्लुम्म । नेपालमा आउँछ भन्छन् विदेशीको लगानी आशैआशमा बित्यो दुई तिहाइको जवानी नागार्जुनमा मुसो कुद्दा सिंहदरबार थर्किन्छ यस्तो कुरा सुन्दा हाम्लाई पानी सर्किन्छ हुक्के पनि तिनै छन् बैठके नि तिनै छन् शितल निवास जनताबाट टाढा हुँदै झन् राष्ट्रपति हुन खोज्दा राजाराजा भयौ कि घरतिर जानु पर्ने दरबार गयौ कि ! माथिकाले खाका छन् तलकाले खाका छन् प्रदेश सरकार कठैबरा मुख बाका छन् । एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइद्यूँ पिर्का माथि चढीचढी खान थाले सलामी कस्तो हतार यिनलाई जान आफ्नै मलामी म हिँड्दा बाटोमा – जाम छैन धुवाँ र धुलोको – नाम छैन जुत्ताले कार्पेट – टेकिन्छ खोइ कहाँ हिलो – देखिन्छ ! जाँ गयो त्यहीँ – भिड लाग्छ क्यामेरा मेरै – मुख ताक्छ शिलान्यासको – धपेडी छ मन्चमा जाँदा – थपडी छ देखेका जति – सुकिलै छन् भेटेका जति – हँसिलै छन् राजदूतले कुर्छन् – एक घण्टा मन्त्री नै ढुक्छन् – दुई घण्टा सि जिन फिङ लाई – ल्याकै हो मोदीलाई पनि – भ्याकै हो को हो त्यो विकास – नदेख्नी विकासका सम्चार –नलेख्नी सरकारलाई चौतर्फी – चेप्नी हो ? दुईतिहाइ सरकारलाई – हेप्नी हो ? हिटलरले मान्छे माथ्र्यो ग्यास च्याम्बरमा हालेर अफ्तावले आगो ताप्यो मान्छे बालेर मन्त्री, पुलिस, वकील र न्यायाधीश किनेर न्याय खोज्न हिँड्नेको घाँटी थिचेर इट्टा पोल्ने भट्टीमा जिउँदै मान्छे पोलेर सांसद भयो, मन्त्री खायो छाति खोलेर देउवा दाइ भन्नुहुन्छ आलम मलाई चाहिन्छ नि लै लै दुनियाँले बोल्दैमा भट्टिमा मान्छे पौल्दैमा समाइहाल्न कहाँ पाइन्छ ? हाम्रा विश्वविद्यालय घाँस र झारले ढपक्कै नि लै लै दलले खेद्दै लान्छन् गाईगोरु जान्छन् खुरुखुरु हरियो घाँस खान्छन् । गीत केको लर्को केको लर्को युट्यूबरको लर्को बन्ने भयो संस्कृति हाम्रो घाटको न घर्को नि लौ केको हल्ला केको हल्ला फेसबुकैको हल्ला फेसबुकले आगो लाउँदा आफ्नै घर जल्ला नि लौ खाए सके सिध्याए लुटे देशै बेचे भन्छन् युट्युबैमा भिडिओ हाली डलर पो गन्छन् नि लौ केमा थुप्र्यो केमा थुप्र्यो मोवाइलमा थुप्र्यो अग्लो थियो मान्छे पहिले अहिले भयो कुप्रो नि लौ केको खेति केको खेति अनलाइनको खेति भाइरल बन्न मनपरि लेख्दा मुलुकैको क्षति नि लौ चौथो अङ्ग मिडियाको कस्तो खबरदारी तर्साउँदै समाचारमै कालो बजारी राष्ट्रसेवक भन्ने हाम्रो स्थायी सरकार कस्तो छ ? बाली चोरी खाने अटेर साँढे जस्तो छ पछिपछि अख्तियारले पिँडुलामा हान्दैछ अघिअघि घुसको बुजो मुखले तान्दैछ कसले भन्छ नेपाललाई गरिब देश भनी– दे दनादन स्वीट्जरलेन्डका बैंकभरि हाम्रो डलर मनी– दे … बेइजिङबाट ह्याकरहरू बैंक लुट्न आउँछन्– दे … ब्राजिलबाट तस्करहरू कोकिन बेच्न ल्याउँछन्– दे … यूएस युरोप अष्ट्रेलिया सन्तान पढाउँछौ– दे दनादन दिल्ली बैंकक सिंगापुरमा उपचारलाई धाउँछौ – दे … गाडी आउँछन् जापानबाट जहाज युरोपबाट – दे … मलेसिया चाइनाबाट आउँछन् सुत्ने खाट – दे … दशैं तिहार मनाउनलाई च्याङ्ग्रो तिब्बतको– दे … भ्यालेन्टाइनको उपहारलाई गुलाब इटलीको – दे … ब्रिटिस–भर्जिन आइल्याण्डमा हाम्रो बल्याक् मनी– दे . कसले भन्छ नेपाललाई गरिब देश भनी – दे … आशिष धर्मका नाममा – नखेल्नु भिरबाट गाई – नठेल्नु वैदेशिक सम्बन्ध – राम्रो होस् चीन भारत दुवै – हाम्रो होस् सामाजिक सुरक्षा – पक्का होस् श्रमिकको भविष्य – ढुक्क होस् अतिथि सेवा – सभ्य होस् पर्यटन वर्ष – भव्य होस् लोडशेडिङ् फर्केर – नआओस् पावरहाउस बाढीले – नखाओस् पारदर्शी स्वच्छ – चुनाव होस् मनी र मसललाई – तनाव होस् डाटा प्याक चलाउँ – मर्जिले टेलिकम राम्रो – फोरजीले डाक्टरले किड्नी – नचोरुन् जनताले अस्पताल – नफोरुन् जहाजमा मतुवा – नचढोस् एयरपोर्टमा एनआरएन – नलडोस् हुण्डीको जाल – तोडियोस् मेलम्ची छिटो – जोडियोस् अख्तियारका खुट्टा – नकामुन् ठूला माछा – नभागुन् सिजिन पिङ मोदी – आइरहून् जनताले सास फेर्न – पाइरहून् रेलले हिमाल – चढी आउन् सुरुङले पहाड – छेडी जाउन् श्रममात्र होइन –दाम पनि होस् कुरामात्र होइन –काम पनि होस् ।।

शनि विश्वकर्माले जिते नेपाल लोक स्टारको उपाधि, प्राप्त गरे ५० लाख

काठमाडौंः आइएमई नेपाल लोक स्टारको उपाधि शनि विश्वकर्माले जितेका छन् । जितसँगै उनले ५० लाख पुरस्कार प्राप्त गरेका छन् । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पार्न सफल भएका छन् । यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा हात पाए । विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरे । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भएका छन् । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रम एपिवान टेलिभिजनबाट प्रशारण भएकाे थियाे । पहिलो नेपाल लोक स्टारमा मुख्य निर्णयकमा जयनन्द लामा, राजमजी खाँण, बिबि अनुरागी र सुनिता दुलाल रहेका थिए । नेपाल लोक स्टारको अडिसन धनगढीमा फागुन १६, सुर्खेतमा फागुन २२, बुटवलमा फागुन २८, पोखरामा चैत्र ४, काठमाडौंमा चैत २२ र विराटनगरमा चैत्र ११ गते अडिसन भएको थियो । यो रियालिटी ‘शो’ चाहना मिडिया प्रा.लिले आयोजना गरेको हो ।

चितवनमा गायक प्रताप दासले प्रस्तुति दिने

चितवन– नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअफ प्रताप दासले चितवनको भरतपुरमा प्रस्तुति देखाउने भएका छन् । भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा गायक प्रताप दासले प्रस्तुति देखाउने भएका हुन् । गायक दासले कार्तिक १ गते शुक्रबार स्नूक्स क्याफे एण्ड पबमा विभिन्न प्रस्तुति दिएर धमाका मच्चाउने छन् । चितवनमा पछिल्लो समय धमाधम खुलेका पब तथा सांगीतिक रेष्टुरेण्टमा चर्चित कलाकारहरुले धमाका मच्चाउन थालेका छन् ।

विराज भट्टको ‘साङ्लो’ को रिलिज मिति धकेलियो

काठमाडौंः नायक विराज भट्टद्वारा निर्देशन गरिएको नेपाली चलचित्र ‘साङ्लो’ रिलिज मिति सारिएको छ । छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिए पनि ‘साङ्लो’ आउँदो फागुन ९ गते रिलिज हुने भएको हो । शनिबार फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो। यसै सिनेमाबाट मिस नेपाल २०१७ निकिता चण्डकले नेपाली रजतपटमा डेब्यू गर्दै्छिन्। सिनेमामा विराज भट्ट तथा निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारहरुको अभिनय रहनेछ। सिनेमालाई सुदूरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ। विराज फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्मित सिनेमामा तेजबहादुर खड्काको लगानी रहेको छ। शिवम् अधिकारीले पटकथा र संवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन्।

तरकारीवाली कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौंः तरकारीवालीको रुपमा भाइरल भएकी कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । आइतबार युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् । भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् । लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, विकास चौधरीको संगीत छ । विकास चौधरी र चन्दा घिसिङले यसमा स्वर दिएका छन् । विक्रम कार्की टिमको छायाँकन रहेको गीतको भिडियो कृष्ण पाण्डेले सम्पादन गरेका हुन् । भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन । यो म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उनले बताइन् ।

मेलिना र बिकुको आवाजमा ‘लिङ्गे पिङ’ बजारमा (भिडियोसहित)

काठमाडौंः एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेकी लोकप्रिय गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएकाे छ । उनी र बिकु क्षेत्रीको आवाजमा रहेको ‘लिङ्गे पिङ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक आज सार्वजनिक गरिएको हो । उनीहरुको यो गीतमा राजनराज सिवाकोटीको संगीत, नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । यस्तै गीतको भिडियोमा नेपाल आइडल रवि ओड, रञ्जित पौडेल, दीपा दामानाको मोडलिङ, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको कलर–सम्पादन रहेको छ । भिडियोलाई राजेन्द्र कटालले कोरियोग्राफी र सुरेन्द्र बासेलले निर्देशन गरेका हुन् ।

मिसेस नेपाल- २०१९ बनिन् महेन्द्रनगरकी भाविषा कोइराला चटौत

मिसेस नेपाल इन्टरनेसनल- २०१९ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले जितेकी छिन् । रिबन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको प्रतियोगितामा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरलाई क्राउन र स्यास पहिर्‍याएका थिए। सोही अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको हाे । समारोहमा प्रतियोगिता पाँचौं वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपालसुन्दर लाल कक्षपतिलाई रिबन अनर अवार्डबाट सम्मानित गरिएको थियो। विभिन्न पेसामा आबद्ध ३० विवाहित महिलाबीच सम्पन्न प्रतियोगितामा विजयी भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाइकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छन्। भाविषा र रंगीनाले उपाधि जितेबापत सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनरअप, स्नेहा राउत थापा सेकेन्ड रनरअप र बेस्ट पर्सनालिटी, शवनम खरेल थर्ड रनर्सअप र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाइस, कुश्मादेवी खाँड मल्ल मोस्ट पपुलर र मस्ट फ्रेन्डली तथा आश्मा तामाङ पब्लिक च्वाइस र मोस्ट गर्जियस भएका छन्। अश्विनी झाको कोरियोग्राफी तथा निशुकान्त झाको निर्देशनमा भएको समारोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए।

चर्चामा स्मिता, फेरि ल्याइन् यस्ताे गीत (भिडियोसहित)

काठमाडौंः ‘मायालु तिमी कता छौ’को सफलतापछि गायिका स्मिता दाहालले नयाँ गीत ‘कल्लाई थाछैन’ बोलको नयाँ गीत ल्याएकी छन् । अर्जुन पोखरेलको संगीत तथा यादव लम्सालले लेखेको गीतलाई सोमबार सार्वजनिक गरिएको छ । स्मिता र हिमाल सागरको स्वर रहेको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय देख्न पाइन्छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् । यसअघि दाहालको ‘मायालु तिमी कता छौ’ गीत एक करोडभन्दा बढी पटक हेरिएको छ ।

स्मिता दाहालको ‘मायालु तिमी कता छौ’लाई एक करोड भ्युज

काठमाडौंः गायिका स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’ले एक करोड भ्युज कटाएको छ । ६ अगस्टमा युट्युबमा राखिएको स्मिताको यो गीतले शुक्रबार एक करोड भ्युज कटाएको हो । शुक्रबार साँझसम्म ‘मायालु तिमी कता छौं’लाई एक करोड ११ हजार बढीपटक हेरिएको छ । आफ्नो गीतलाई करोड बढी भ्युज भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका दाहालले सबैलाई धन्यवाद दिएकी छिन् । ‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन्। भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । राजु पेन्टरद्वारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन्। विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन्।

नेपाल आइडल रवि ओड कुवेत प्रस्थान

काठमाडौंः नेपाल आइडल सिजन–२ का विजेता रवि ओड कुवेत प्रस्थान गरेका छन् । त्यहाँ आयोजना हुने ‘सांगीतिक धमाका’ मा भाग लिनका लागि रवि त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीसँगै लोकदेउडा गायक चक्र बम पनि कुवेत गएका छन् । सामाजिक सञ्जाल फेसबुकमा रविले लेखेका छन्, ‘ कुवेमा हुन गइरहेको सांगीतिक धमाकामा त्यहाँ बस्नुहुने सबै नैपाली दिदिबहिनीमा हार्दिक निमन्त्रणा ।’ कार्यक्रम २० सेप्टेम्बर १२ बजे ब्याज् स्काउट एसोसियन हल हवालीमा हुने जनाइएको छ । आइडल घोषित पछि रवि देश तथा विदेशमा हुने कार्यक्रममा निकै व्यस्त छन् । साथै, उनले एकपछि अर्को गीत बजारमा ल्याइरहेका छन् । केही दिनअघि मात्रै रविले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका छन् । यो गीतमा रविको आवाज, लिरिक्स–संगीत अर्जुन पौडेल, एरेन्ज लहाङ सुब्बाको रहेको छ । यस्तै वर्षा रावत, रञ्जित पौडेल र रवि ओडले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई बुद्ध थापाले छायांकन, बिकास धमालाले सम्पादन, सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई निकेश खड्काले निर्देशन र सगुन, सौगात पौडेलले उत्पादन गरेका हुन् । निकै व्यस्त रहेका रविले नेपाल आइडलपछि ‘च्याप्प समाउँदै’, ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् । साथै ती गीतहरुले दर्शक–स्रोताको मन जित्न सफल भइरहेका छन् ।

नेपाल आइडल रवि ओडले ल्याए ‘पिएर नशा’ (भिडियोसहित)

काठमाडौंः  एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले अर्को नयाँ कोसेली ल्याएका छन् । उनले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका हुन् । यो गीतमा रविको आवाज, लिरिक्स–संगीत अर्जुन पौडेल, एरेन्ज लहाङ सुब्बाको रहेको छ । यस्तै वर्षा रावत, रञ्जित पौडेल र रवि ओडले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई बुद्ध थापाले छायांकन, बिकास धमालाले सम्पादन, सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई निकेश खड्काले निर्देशन र सगुन, सौगात पौडेलले उत्पादन गरेका हुन् । निकै व्यस्त रहेका रविले नेपाल आइडलपछि ‘च्याप्प समाउँदै’, ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् । साथै ती गीतहरुले दर्शक–स्रोताको मन जित्न सफल भइरहेका छन् ।

नागिनकी यी नायिकाले गरिन् नग्न योग, तस्वीर भाइरल हुँदै

एजेन्सीः सानो पर्दाकी चर्चित नायिका हुन् आशका गोडरिया । हालै मात्र उनले सार्वजनिक गरेका केही तस्वीरले अहिले उनी भाइरल बनेकी छिन् । नागिन सिरियलमा खेलेपछि चर्चित भएकी हुन् आशका । तर अहिले भने समुन्द्र किनारमा उनले खिचेका तस्वीर व्यापक चर्चाको विषय बनेका छन् । आशका बेलाबखत चर्चामा आइरहन्छिन् । बिहेपछि पोल डान्स गरेर उनी चर्चामा आएकी थिइन् । समुन्द्रको किनारमा लिइएका यी तस्वीरमा आशकाले माथिल्लो कुनै पनि बस्त्र लगाएकी छैनन । आशकाले आफ्नो क्यारिअरको शुरुआत २००२ मा “अचानक ३७ साल बाद” नामक सिरियलबाट गरेकी थिइन । यसपछि उनले सुपरहीट सिरियल कुसुम, गैट सेट गो, सिन्दुर तेरे नामका, विरुद्ध र नागिनमा खेलिसकेकी छिन् । उनी बिस बोस, खतरोंका खेलाडी र नच बलिए जस्ता रियालिटी शोमा पनि देखिएका थिइन । दुई वर्ष अघि उनको बिहे ब्रेट गोबले सँग भएको थियो । ब्रेट गोबले सर्टिफाइड योगा प्रशिक्षक हुन् ।

‘सक्किगोनि’को प्रोमो सार्वजनिक, हेर्नुस् यस्तो छ

काठमाडौंः हास्य टेलिचलचित्र ‘भद्रगोल’को प्रोमो सार्वजनिक भएको छ । ‘सक्किगोनि’ असोज २ गतेबाट हरेक बिहीबार नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । ‘भद्रगोल’बाट छुट्टिएको टिमले ‘सक्किगोनि’ निकालेको हो । जसलाई ‘भद्रगोल’बाट चर्चा कमाएका कुमार कट्टेल ‘जिग्रि’ र अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेका छन् ।