दुलही बनिन् इभाना

जेष्ठ ६ । सन् २०१५ की मिस नेपाल इभाना मानन्धर वैवाहिक बन्धनमा बाँधिएकी छिन् । युवा व्यवसायी प्रगुण राजभण्डारीसँग इभानाले लगनगाँठो कसेकी हुन् ।

इभानाले आफ्नो फेसबुक तथा इन्स्टाग्राममार्फत वैवाहिक समारोहको फोटोहरु सार्वजनिक गरेकी छिन् ।

उक्त तस्बिरमा देखिए अनुसार समारोहमा विभिन्न ग्ल्यामर दुनियाँका मानिसहरुको उपस्थिति रहेको थियो ।

गोदावरीलाई पर्यटकीय आकर्षकणको केन्द्र बनाउँछुः राज घिमिरे

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका राज घिमिरेलाई ‘चपली हाइट’ चलचित्रको नायकको रुपमा चिनिने गरिन्छ । उनी आफ्नो कलाकारिताको यात्रालाई थाँती राखी राजनीतिमा होमिएका छन् । वाइसीयल ललितपुर जिल्लाका सह–संयोजक, गोदावरी नगरका ईञ्चार्जका साथै गोदावरी नगरपालिका वडा नं.३ का अध्यक्षको रुपमा सक्रियताका साथ काम गर्दै आएका छन् । स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा गोदावरी नपा.३ नम्बरको वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उनले उम्मेदवारीको टिकट पाइसकेका छन् । स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएको घिमिरेको भनाई छ । यस वडामा हुँदै आएको भ्रष्टाचारलाई निर्मुल गर्ने आफ्नो पहिलो काम हुने उनले वताए । उनले आफूले गरेका विभिन्न कामहरुको जानकारी गराउँदै आफ्नो प्रतिवद्धता समेत सुनाउन भ्याए । उनी भन्छन्– ‘१२ वर्षे मेलामा मेरो संयोजकत्वमा संघर्ष गरेर ८४ लाख रकम संकलन गर्न सफल भयो । भूकम्पको बेलामा राहत वितरणदेखि भूकम्प पीडितहरुलाई अस्थायी आवासको ब्यवस्था, पीडितले पाउनुपर्ने राहत रकम उपलब्ध गराउनका लागि कसरत गर्ने काममा पनि अग्रसर भएर काम गरें । पीडितलाई राहत उपलब्ध गराउने क्रम जारी नै छ ।’ उनले वडामा खाने पानीलाई सहजै उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै मर्मतदेखि लिएर नयाँ पाइप पिछ्याउने, स्रोत संकलन जुटाउने काम लाग्ने वताए । उनले वडाध्यक्षमा म आफू विजयी भएपछि गर्ने कामहरुको बारेमका समेत जानकारी गराए । उनले भने– ‘मासिक तलब र सुविधाको रकम यसै नगरका विपन्न, दलीत तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सो रकम सुविधा उपलब्ध गराउने छु । यस नगरमा पुराण लगाई संकलन भएको गुमनाम ५५ लाख रुपैयाँलाई जनचाहना अनुसार कै अस्पताल बनाउन पहल गर्नेछु । स्थानीय तहमा उपलब्ध हुने रोजगारीमा दक्ष तथा अनुभवी व्यक्तिहरुलाई रोजगारी दिलाउने, फुल्चोकीमा केवलकार सहितको विकास योजना ल्याउने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्ने र महिला, दलीत, आदिवासी जनजाति, सिमान्तकृत वर्गहरुलाई माथि उठाउनका निम्ति पहल गर्ने, गोदावरी पर्यटकीय स्थालको रुपमा देशकै नमुना बनाउने, गोदावरी कुण्ड तथा नौ धारालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गराउनेछु ।’ साथै पुष्पाञ्जली स्कूलमा अप्रत्यासित रुपमा दुर्घटना हुँदा विद्यार्थीको उद्धार, उपचार तथा भावि शिक्षा तथा क्षति समेत दिलाउनका लागि अग्रणी भूमिका निभाएको र यही नगरमा सामाजिक तथा राजनीतिक कार्यमा अहोरात्र खटिदै आएको पनि उनले बताए । राज घिमिरे एक जोशिला युवा हुन् । उनीसँग विकासको स्पष्ट खाका छ । विकास गर्ने क्षमता छ । यसैकारणले उनीबाट विकासको आश गर्न सकिन्छ ।

“चिरिप्पै तानी …फकाउला सानीलाई” भिडियोसहित

वैशाख १८ । दर्जनौं हिट म्यूजिक भिडियोहरु पस्किसकेका निर्देशक रोजल थापाले गायकको रुपमा पनि आफ्नो परिचय थपेका छन् । हालैमा युट्युबमार्फत सार्वजनिक भएको “चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई” बोलको गीतमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ । क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मन पर्दैन् । यसैबीच क्रिस्टिना र दिव्यको प्रेममा अर्का मोडल अमृत शाही ठकुरीको ईन्ट्री हुन्छ । अन्ततः क्रिस्टिनालाई अमृतले आफ्नी प्रेमीका बनाउँछन् । लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी छ । रामेश्वर कार्कीले भिडियो खिचेका हुन् भने सम्पादन श्याम कुँवरले गरेका हुन् । गायक रोजल आफैले भिडियो डायरेक्सन गरेका हुन् ।

उद्योगपति विनोद चौधरीका छोरा बरुणको भव्य बिहे, ३५ जना पण्डित, चाँदीको मण्डप, सलमान खानदेखि पूर्व राष्ट्रपतिसम्म उपस्थित

काठमाडौं, वैशाख १७ । चर्चित उद्योगपति विनोद चौधरीका छोरा वरुण चौधरीका बारेमा भारतीय मिडियामा चर्चा चलेको छ । नेपालका सबैभन्दा धनी व्यक्तिका छोराको भव्य विवाह आशयमा भारतबाट प्रकाशित हुने केही मिडियामा विवाहको बारेमा समाचार प्रकाशित छ । दैनिक जागरणले यसलाई शाही विवाहको संज्ञा दिएको छ । वरुण चौधरीको विवाह गत शुक्रबार जयपुर निवासी ज्वैलरी व्यवसायी राजकुमार टोंग्याकी छोरी अनुश्रीसँग भएको थियो । विहा उदयपुरमा भएको थियो । यस्तो छ बिहेको वर्णन जन्ती साँझ साढे सात बजे फतेह प्रकाश पैलेसबाट निस्केर एक घण्टापछि जग मन्दिर पुगेको थियो । विवाहको मुख्य समारोह समेत मन्दिरमा नै सम्पन्न भएको थियो । विवाह शनिबार बिहानसम्म चलेको थियो । विवाहमा चाँदीको मण्डप बनाइएको थियो । बत्तीले सजिएका मण्डपमा पुष्कर, वनारसलगायतका भारतका कैयन् सहरबाट आएका ३५ जना पण्डितहरुले मारवाडी शैलीमा सात पटक परिक्रमाको संस्कार पुरा गराएका थिए । अतिथीहरुका लागि मिनी कारको व्यवस्था गरिएको थियो । अहमदाबादबाट झिकाइएका ५ सय वटा मिनी कारहरुबाट अतिथीहरुलाई सिटी प्यालेसबाट मन्दिरसम्म पुगाइएको थियो । यसका साथै अतिथीहरुका लागि ७ सय कोठाहरु बुक गरिएका थिए । को को थिए अतिथी ? चर्चित उद्योगपतिका छोराको बिहेमा विश्वका बिभिन्न कुनाबाट चर्चित व्यक्तित्वहरु उपस्थित थिए । श्रीलंकाका पूर्व राष्ट्रपति हुसैन मोहम्मद अरसद, बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद अरसद, फोब्र्सका सिईओ र अध्यक्ष माइकल एस. पेरलिस, कलाकारहरु सलमान खान, शत्रुघ्न सिन्हा, रजनीकान्तकी श्रीमती लता रजनीकान्त, राजनीतिज्ञ दिग्विजय सिंह, कमलनाथलगायतको उक्त अवसरमा उपस्थिति थियो । फोब्र्स पत्रिकाले चौधरीलाई सन् २०१६ मा व्लर्ड विलियनर्सको सूचिमा राखेको थियो । सन् २०१५ मा चौधरीका जेठा छोरा राहुल चौधरको बिहा मुम्बईका व्यापारीकी छोरी सुरभी खेतानसँग भएको थियो ।

बाहुबली–२ को रेकर्ड : एकै दिनमा कमायो ११५ करोड

बैशाख १६ । शुक्रवार रिलिज भएको चलचित्र ‘बाहुबली–२ द कन्क्लूजन’ले प्रदर्शनको पहिलो दिनमै ११५ करोड कमाएको छ । यो अहिलेसम्मकै चलचित्रले पहिलो दिन कमाउने रकममा सबैभन्दा बढी हो । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार चलचित्रका सबै भर्जनले बक्स अफिसमा पहिले दिन ११५ करोड भारतिय रुपैयाँ कलेक्शन गरेको छ । चलचित्रले कलेक्शनको आधारमा बाहुबलीको पहिलो भाग , ‘कबाली ’ र ‘सुल्तान’ भन्दा अगाडि रहेको छ । पहिलो दिन चलचित्रको प्रत्येक सेकेण्डमा १२ टिकट अनलाइन बिक्री भएका छन् । भारतिय रुपैयाँ २७० करोडको बजेटमा बनेको चलचित्र बाहुबली–२ पहिले नै नाफामा रहेको छ । चलचित्रले रिलीज हुनुभन्दा पहिले नै थिएट्रिकल राइट्स बेचेर ५०० करोड भारु भन्दा ज्यादा कमाई गरेको छ । ट्रेड एनालिस्ट रमेश बालाले शुक्रबार ट्वीट गर्दै ‘एस. एस. राजामौलीद्वारा निर्देशित चलचित्र ‘बाहुबली २’ हिन्दी भर्जनले बक्स अफिसमा पहिले दिन ३८.५ करोड रुपैयाँ कमाएको छ ’ लेखेका छन् । चलचित्रले आन्ध्रप्रदेश र तेलंगानामा ५३ करोड, कर्नाटकमा १० करोड, तमिलनाडुमा ९ करोड र केरेलामा ४।५ करोड रुपैयाँ कमाएको छ । चलचित्र भारतमा ६ हजार ५ सय स्क्रीन्समा रिलिज भएको छ भने संसारभरमा ९ हजार स्क्रीन्समा रिलिज भएको छ ।

एसइई परीक्षार्थीका लागि ‘हवाइट हाउस एसएलसी प्रिन्सेस २०१७’

काठमाडौं, वैशाख १६ ।  एसइइ परीक्षा दिएर बसेका युवतीहरुको लागि ‘ह्वाट हाउस एसएलसी प्रिन्सेस २०१७’ मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.ले विगत ८ वर्षदेखि निरन्तररुपमा गर्दै कार्यक्रमको पहिलो अडिसन शनिबार काठमाडौंको कमलादीस्थित सिजन मिडियाको कार्यालयमा ४० जना प्रतियोगीहरु छनौट गरिएको छ । यसैवर्ष एसइइ परिक्षा दिएर बसेका छात्राहरुको सहभागिता रहने छ उक्त प्रतियोगितामा काठमाडौं र नेपाल भरवाट एसइइ परिक्षा दिएका छात्राहरुको लागि मध्यनजर गरी उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोहीअनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएको बताउँछन्, सस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्त । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७४ वैशाख १७ गते आइतबारबाट डेढ महिनासम्मको लामो अवधिको प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने इनट्रान्स परिक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजीट ,चन्द्रागिरि भ्रमण, काठमाडौं फन भ्याली भ्रमण, कल्चरल भिजिट, कलेज भिजिट र हस्पितालिटी सम्बन्धि जानकारी प्रदानको लागि एकदिनको नगरकोट वा दामन भ्रमण पनि गराइने छ । साथै विभिन्न कलाकारहरुसँगको अन्तरक्रियाको पनि कार्यक्रमहरु रहने छ । समाजसेवा अन्तर्गत रक्तदान कार्यक्रम, बागमति सरसफाई कार्यक्रम, फुटसल प्रतियोगितालगायत विभिन्न अनय विधाहरुमा पनि आन्तरिक प्रतिष्पर्धा हुनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने भएको छ । असारको पहिलोे साता उत्तm प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेस २०१७’ को ताज उपाधि सहित नगद रु ५० हजार र उच्च शिक्षामा २ लाखबराबरको छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ३० हजार र २० हजार नगद तथा उच्च शिक्षामा १ लाखबराबरको छात्रावृत्ति अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यसबाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने छ ।

कुमार र कुमारीले अलदार क्लबमा धमाका मच्चाउने

भोला थापा क्षेत्री, दोहा । तनहुँ समाज कतारले आयोजन गरेको बनोभोज तथा सागितिक कार्यक्रममा लोक दोहोरी गायिका कुमारी थापा र गायक रित कुमारले बेजोड प्रस्तुती गर्ने भएका छन । कतारको दोहा शहर देखी करिब ४५ किमी दुरीमा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा हुने उक्त कार्यक्रमा आफ्नो प्रस्तुती पस्कन नेपाल देखी लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आईरहेकी तनहुँ बन्दीपुरकी गायिका कुमारी थापा कतार आउने भएकी छिन भने कतारमा रहेर लोक दोहोरी क्षेत्रमा गहिरो छाप छोड्दै आईरहेका लोक दोहोरी गायक रित कुमारले उनलाई साथ दिने भएका छन । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनहुँवासीहरुको सकृय साझा संस्था तनहँु सेवा समाज कतारले गत २१ अप्रेल शुक्रबारका दिन संस्थाको भेलाले उक्त कार्यक्रमको पुर्ण तयारी भएको कार्यक्रम संयोजक केश मगरले बताएका छन । मगरले विगतका दिन भन्दा तनहुँ सेवा समाजले छुट्टै मनोरञ्जन तरिकाले गर्ने कार्यक्रमको हाल सम्मा करिब चार सय टिकट बिक्रिवितरण भईसकेको बताएका छन । पहिलो पल्ट आफ्नो प्रस्तुती पस्कन कतार आउदै गरेकी गायिक कुमारीले आफ्नो प्रस्तुतीले तनहुँ बासी तथा गैह्र तनहुँ बासीलाई भरपुर मनोरञ्जन दिने बताएकी छन । यता कतारको माहोलमा चर्चा चुम्न सफल लोक दोहोरी गायक श्रेष्ठले आफ्नै जिल्लाबासी कार्यक्रममा र नेपालबाट निम्ताएकी जिल्ला बासी अतिथी कलाकार कुमारी संग आफ्नो प्रस्तुती पस्कन पाउदा खुसी तुल्याएको बताएका छन । आगमी २८ अप्रिल शुक्रबार का दिन गर्न लागेको उक्त कार्यक्रममा कतारमा आबद्ध सकृय सागिंतिक संघ सस्थाका स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने भएको छ । जसमा डान्सर जीना मगर , भगवती बस्याल, हाँस्या कलाकार सुरज विसी,लोक दोहोरी गायक÷गायिक बलविक्रम थापा र कमला गुरुङ, आधुनिक गायक विजय रानापाली साथै कलाकार सोम थापा,कृष्ण विसी, शुभराज खत्री, र आधुनिक गायक टंक राज विक लगायतले उक्त कार्यक्रमा आफ्नो धमाकेदार प्रस्तुती पस्कने भएका छन । दोहाबाट करिब ४५ किमी दुरीमा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा विहान १० बजेदेखी हुने कार्यक्रमका लागी संस्थाले तरबार गेट,अलात्तिया,साहानिया,दुखान,अल्खोर,उम्साईड लगायत विभिन्न ठाउँबाट यातायातको पनि सुविधा रहेको यातायात व्यावस्थापक तोयानाथ पौडेलले जानकारी दिएका छन ।

कलाकार प्रदीप सिंहको निधन

बैशाख ९ । पुराना कलाकार तथा चलचित्र निर्माता प्रदीप सिंहको निधन भएको छ । मृगौला रोगबाट लामो समयदेखि पीडित रहेको कलाकार सिंहको उपचारका क्रममा भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिर्सच अस्पतालमा शुक्रबार साँझ निधन भएको पारिवारिक श्रोतले बताएको छ । ५८ वर्षीय सिंहको गत वर्ष मृगौला प्रत्यारोपण गरिएको थियो । २०४१ सालमा ‘२५ औं बसन्त’ नामक नेपाली चलचित्रबाट अभिनय यात्रा सुरु गरेका सिंहले ‘देउता’, ‘रहर’, ‘मीतज्यू’, ‘अन्याय’ लगायत थुप्रै चलचित्रहरुमा अभिनय गरेका छन् । चलचित्र क्षेत्रमा झण्डै ३३ वर्ष विताएका कलाकार सिंहको पछिल्लो चलचित्र अभिनेत्री निशा अधिकारी अभिनित ‘पद्यिनी’मा अभिनय गरेका छन् । कलाकार संघको सदस्य भएर कलाकारको हकहितको लागि सक्रिय सिंहले केही चलचित्रमा निर्माताको रुपमा समेत काम गरेका छन् । काठमडौंको बौद्ध निवासी सिंहका दुई छोरी, १ छोरा र श्रीमती छन् । उनको पार्थिव शरीर सोमबार मात्र राजधानी ल्याइने कलाकार संघले जनाएको छ ।

बालबालिकाहरुका लागि ‘म जोकर बन्छु’

वैशाख ९ । मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ नाटक मञ्चन थिएटर मल नाटकघरमा गरिएको छ । बालबालिकाहरुलाई अभिभावकले वेवास्ता गरेपछि उनीहरुमा पर्ने मनोवैज्ञानिक नाकारात्मक असरलाई विषय बनाइएको छ । बालबालिकाका इच्छामाथि अभिभावकले दवाव दिदा हुने परिणामा र बालबालिकाले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बाल मस्तिष्कमा पर्ने प्रभावलाई नाटककमा उतारिएको छ। सबै पात्रहरुमा बालबालिकाले अभिनय गरेका हुन्। अभिनय कार्यशालामा भएका ५ देखि १४ वर्षका बालबालिकाहरु सहभागी थिए। नेपाली बालसाहित्यका पिताका रुपमा चिनिने बालसाहित्यकार शान्तदास मानन्धरको लेखन रहेको यस नाकटलाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । टिसीसी नेपालको ‘बालबालिकाका लागि अभिनय कार्यशाला’को अन्तिम दिन बालबालिकाहरुले नाटक मञ्चन गरेका हुन् ।

लोडसेडिङ अन्त्यको कथा ‘उज्यालाे नेपाल’ (भिडियाेसहित)

बैशाख ७ । लोडसेडिङमुक्त देश बनाउने अभियानका साथ निर्माण भएको फिल्म ‘उज्यालो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । नेपालमा लोडसेडिङका लामो मार खेप्नु परेको जनता तिनले पाएका दुःख पीडा र लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर निर्माण भएको यस फिलिममा उर्जामन्त्री जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई फिल्ममा देखाएको छ। कुलमान घिसिङ जस्तो इच्छाशक्ति बलियो भएको व्यक्तिको कारण उर्जा क्षेत्रमा भएको नाटकीय परिर्वतन र सकारात्मक प्रभाव नै फिल्मको मुख्य विषय भएको बताइएको छ । अभिनेता राजेश हमालले फिल्ममा मन्त्रीको भूमिका निभाएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । शुभ मिडिया होम प्रालिले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको यस फिलिममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ । उक्त फिलिम हाल नेपाल टेलिभिजनमा प्रसारण भइसकेको छ ।

आफ्नै प्रेमकथामा अभिनय गर्दै उमेश र कविता

वैशाख १ । निर्देशक मिलन चाम्सले चलचित्र ‘बोबी’ घोषणा गरेका छन् । वास्तविक कथामा आधारित भइ बन्न लागेको यस चलचित्रका बारेमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले जनाएको छ । हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले ‘वीर बिक्रम २’को पनि घोषणा गरेका थिए । ‘वीर बिक्रम २’ घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपालमा छायांकन हुने चलचित्र ‘बोबी’ घोषणा गरेका हुन् । यो चलचित्रलाई चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईले निर्माण गर्नेछ । यि दुवै संस्था निर्देशक चाम्सका नै हुन् । हालै उनले बेलायतको सेरोफेरोमा काम गर्नेगरी लण्डन सिने आई प्रोडक्शन शुरु गरेका हुन् । ‘बोबी’ नर्वेमा बस्दै आएको जोडीको वास्तविक कथामा बन्न लागेको हो । उमेश थापा र कविता गुरुङलाई निर्देशक चाम्सले भेटेर उनीहरुको वास्तविक कथा सुनेपछी त्यसैमा अाधारित भइ फिल्म बनाउने लागेकाे उनले बताए । चलचित्रमा उमेश र कविता नै प्रमूख कलाकार रहनेछन् । उमेश नर्वेका एक सफल इन्जिनियर हुन् । फिल्ममा उमेश र कविताको साथमा पाइलट विजय लामाको पनी अभिनय रहनेछ । नर्वे र नेपालको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन गरिने बताइएको छ । आगामी जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

जापानमा नेवारी भाषाको चलचित्र ‘तुयुमती’

काठमाडौँ, चैत २९ । सोमबार जापान टोकियोमा नेपाल (नेवारी) भाषाको चलचित्र ‘तुयुमती’ को प्रदर्शन भएको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको नेपाल भाषाको चलचित्र्र तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले बताए । साथीहरुको लहैलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनुपरेको कथावस्तु भएको तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीको सहभागिता थियो ।

यस वर्षका उत्कृष्ट तीन नेपाली चलचित्र

चैत २८ । नेपाली चलचित्रको बजारले यसवर्ष दर्शकलाई खासै हलतिर तान्न सफल भएनन् । यसको अर्थ चलचित्र निर्माणमा कमी आएको भने पक्कै होइन । यसै वर्ष नयाँ नयाँ सेलिब्रेटीहरुले चलचित्रमा डेब्यु गर्ने क्रम पनि बढ्यो । तर अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष चलचित्रले खासै सोचेजस्तो सफलता हात पार्न भने सकेनन् । उसोतः चलचित्र बिदेशी चलचित्रको प्रभाव पनि कम भएन यस वर्ष । त्यस्तै प्रदर्शनमा आएका धेरै चलचित्रहरु असफल बने । केहीले लगानी मात्र उठाउन सके भने केहीले चाँही राम्रो व्यवसाय गर्न पनि सफल भए । त्यस्तै यस वर्ष उत्कृष्ट ब्यवसाय गर्न सफल तीन चलचित्रहरुमा ‘छक्का पन्जा’, ‘जात्रा’ र ‘लुट–२’ परे । ‘छक्का पन्जा’ नेपाली चलचित्रका पनि दर्शक छन् है, चलचित्र राम्रो भए दर्शक हलसम्म आउँछन् भन्ने कुरालाई चलचित्र ‘छक्का पन्जा’ले प्रमाणित गरिदियो यस वर्ष । चलचित्रले १६ करोड माथीको ब्यवसाय गरेर बर्षकै उत्कृष्ट बन्न सफल रह्यो । चलचित्रले सिग्गल थिएटर र मल्टिप्लेक्स सबैतिर राम्रो दर्शक पाएको थियो । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र उनैले, दीपकराज गिरी, निर्मल शर्मा लगायत कलाकारसँग मिलेर बनाएकी हुन् । चलचित्र दिपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहेको थियो । चलचित्रको एक गीत ‘पुर्व पश्चिम रेल’ले यु–ट्युवमा राम्रो दर्शक पाएको छ । ‘लुट–२’ ‘लुट–२’ले ८ करोड भन्दा माथिको ब्यवसाय गरेको बितरक समेत रहेका चलचित्रका निर्माता माधव वाग्लेले बताए । सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, कर्मा शाक्य, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको यो चलचित्रले ओपनिङ ब्यवसाय निकै धमाकेदार गरेको थियो । तर केही दिन पछि त्यसको रफ्तार समाउन सकेन । सफल चलचित्र ‘लुट’को सिक्वेलको रुपमा निर्माण भएको यो चलचित्र निश्चल बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रको आइट गीत ‘ठमेल बजार’ले भने निकै बजार तताएको थिष्यो । यो गतिको चर्चा अहिले पनि त्यतिकै छ । यो गीतको आइटम गीत मार्फत चर्चा कमाएपछि एलिसा राई अहिले निकै ब्यस्त कलाकार बनेकी छन् । ‘जात्रा’ ‘जात्रा’ प्रदीप भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र हो । यो वर्ष राम्रो व्यापार गर्ने चलचित्र मध्य यो पनि अग्र पंतिमा आउछ । कमेडी जनरामा बनेको योचलचित्रले तीन करोड भन्दा माथिको ब्यवसाय गरेको बताइएको छ । केही चलचित्र भवनमा ५१ औं दिन मनाउन सफल यो चलचित्र सिंगे लामा र यादव पौड्यालले निर्माण गरेका हुन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रबिन्द्र सिंह बानीया, रबिन्द्र झा, प्रियंका झा लगायकातको मुख्य भूमिका रहेको थियो ।

कविता : शहर

 जब हुन्छ गोधूलि साँझ तब हुन्छ सुरू कथा सहरको अनेक अनेक शीर्षकमा । बिहानको नानी घामसँगै एकातिर गुडाउछन् अभाब पूर्तिका लागि आ आफ्नै ठेलागाडी कपडा बेच्नेहरू तरकारी बेच्नेहरू फलफूल बेच्नेहरू उठाएर दुबै हत्केलामा ठेलाका पर्वतहरू अर्कातिर फुकालेर इज्ज्तको ओहदा तोडेर सामाजिक संरचना थुप्रै थान नरनारीहरू गर्छन बिज्ञापन शरीरको र फाल्छ्न बेश्या आकर्षण ग्राहकहरुको भिडमा । म दर्शक हुँं मानौं नाटक हेर्दैछु निस्शुल्क टुँडिखेलमा बसेर संगती नमिलेका अलपत्र सहरका मान्छेहरूको छटपटीको ह्यामलेट र हेर्दैछु रत्नपार्कका पेटीमा बेच्न राखिएका दुला परेका जुत्ताहरू अनि म भन्न हुन्छु बाध्य सूर्योदयदेखि सूर्यास्तसम्म कमसल मालको प्रचारमै सहर सक्छ भुक्न,भुकिरहन सहरको कथा हेरिरहेको घण्टाघरले कहिले लेख्ला महाकाब्य रु लागेन मलाई सहरमा मुटु हुन्छ र त मान्छे पथर भए सतरीका हजुरबाहरू भन्दैनन् सात वर्षकी नातिनी गर्छन् बलात्कार मझेरिमै र लगिन्छ बालिकाहरुलाई होस फर्काउन अस्पतालको शैयामा साँच्चै सहर पेडोफाइल हुर्काउने कारखाना हो कोही भोकले मरोस कोही शोकले मरोस कोही रोगले मरोस सहरको आँखाले चुहाउदैन आँसु बरू साँघुरिन्छ मन जसरी दुर्गन्धले साघुरिएको छ टुकुचा खोला । मैले बुझेको यति हो सहरमा रक्सी बिक्छ,शरीर बिक्छ त्यो भन्दा अझ धेरै बोकाको टाउको झुन्डाएर पसल थापे कुकुरको मासु बिक्छ तर बिक्दैन गरिबको आँसुको काव्य बुझिदैन परिश्रमको त्रिशूली । मेरो गाउँमा धान फल्थ्यो र बेचिन्थ्यो आलु फल्थ्यो र बेचिन्थ्यो भटमास फल्थ्यो र बेचिन्थ्यो सहरमा भ्रम फलाउछ्न एकथरी त्यही भ्रमको दलदलमा डुबेर मर्छन अर्काथरी साँच्चै सहरको मुटु नै हुँदैन अझ भनौँ मुटु नै भएपनि संवेदना नै हुँदैन म यही संवेदनाहीन सहर भोगिरहेछु।

२३ वर्षीय अनमोल, चार सिनेमामा चार नायिकासँग रोमान्स

चैत १७ । नेपाल सुपरस्टर भुवन केसीका पुत्र नायक अनमोल केसी ‘होस्टेल’बाट सिनेमा उद्योगमा प्रवेश गरेर हालसम्म ४ वटा चलचित्र दिए दर्शकलाई त्यो पनि फरक फरक नायिकासँग रोमान्स गर्दै । अभिनेता अनमोल केसी बिहीबारबाट २३ वर्षमा प्रवेश गरेका छन् । २०५१ साल चैत १७ गते काठमाडौंमा जन्मेका अनमोल १९ वर्षको उमेरमै सिनेमामा मुख्य कलाकारको रुपमा डेब्यु गरेका थिए । चलचित्रमा डेब्यु गरेदेखि नै सफल मानिएका अनमोल छोटो समयमै सुपरस्टार बनेका हुन् । अनमोल बाल्यकालदेखि नै सिनेमामा संलग्न भने थिए । पारिवारिक पृष्ठभूमि नै फिल्मी दुनियाँमा भएका कारण आमा अभिनेत्री शुष्मिता बोम्जन र बुवा अभिनेता भुवन केसी पनि अनमोलको सिनेमा प्रति सानैदेखि लगाव बढेको हो । मुख्य अभिनेताको रुपमा प्रवेश गरेको ४ वर्षे फिल्मी करिअरमा अनमोलले धेरै यस्ता रेकर्डहरु राखेका छन् जुन अहिलेसम्म अन्य कलाकारले सायदै राखेका छन् । अनमोलको एउटा बानी, उनी हत्तपत्त सार्वजनिक ठाउँमा जाँदैनन् । उनी आफ्नो स्टारडमलाई आफै मेन्टेन गरेर राख्छन् । सञ्चार माध्ययमहरुले पनि उनीसँग कुरा गर्न त्यति सहज छैन । तर पनि उनका प्राय कुराहरु उनको निकट स्रोतबाट सार्वजनिक हुने गर्छन् । हरेक सिनेमामा नयाँ अभिनेत्री भित्र्याउने । उनी त्यस्ता भाग्यमानी अभिनेता हुन् जसले हरेक सिनेमामा नयाँ अभिनेत्रीसँग रोमान्स गर्न पाउँछ । उनका प्राय सिनेमाबाट एउटा नयाँ अनुहारको डेब्यु हुन्छ । उनको डेब्यु सिनेमा ‘होस्टेल’मा अभिनेत्री प्रकृती श्रेष्ठले काम गरेकी थिईन् जुन प्रकृतीको पनि डेब्यु सिनेमा नै थियो । त्यस्तै अनमोलको दोस्रो सिनेमा ‘जेरी’मा पनि नयाँ अनुहार नै लन्च गरिएको थियो आन्ना शर्माको । अनमोलको तेस्रो सिनेमा ‘ड्रिम्स’ मार्फत पनि अभिनेत्री साम्राज्ञीलाई लन्च गरियो । साम्राज्ञी अहिले नेपाली सिनेमामा अत्यधिक रुचाईएकी अभिनेत्रीमा पर्छिन् । अनमोलको चौथो सिनेमा हो ‘गाजलु’ । यसै सिनेमा मार्फत मिस नेपाल ९२०१२० श्रृष्टी श्रेष्ठले डेब्यु गरिन् । अनमोलसँगको डेब्यु सृष्टीलाई पनि फलिपाप नै भयो । हाल श्रृष्टी दोस्रो सिनेमा ‘रोमियो एण्ड मुना’ मा काम गरिरहेकी छिन् । अनमोल आगामी सिनेमा ‘कृ’ मा पनि नयाँ अभिनेत्री अदिती बुढाथोकीसँग काम गर्ने कुरा भइरहेको छ । स्कृप्ट र छायांकन सुरु नभइसकेको हिसाबले यस चलचित्र प्रति शंका बढेको छ । यद्यपी ढिलोचाडो काम हुने आशा गरिएको छ । यस हिसाबले अनमोलले काम गरेका हरेक सिनेमाबाट नेपाली सिनेमा उद्योगले नयाँ अभिनेत्री पाउने गरेको छ ।

जनवादी, लाेक तथा अाधुनिक साँझ एकै ठाउँ

चैत १६ । यही चैत २२ गते चितवन कालिका नगरपालिकाको जुटपानी चौरमा सहिद, वेपत्ता परिवार, घाइते, समाजसेवी सम्मानार्थ तथा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको छ । जनवादी तथा लाेक दाेहाेरी र अाधुनिक गायक गायिकाहरूकाे प्रस्तुती एकै ठाउँमा हेर्न अनि सुन्न सकिनेछ । रामबहादुर थापा (बादल) को प्रमुख अतिथ्यमा संचालन हुन लागेको यस सांस्कृतिक कार्यक्रमलाई लागु औषध मुक्ति अभियान र जनप्रगतिशिल मञ्चले आयोजना गर्न लागेको हो । जहाँ जनवादी कलाकारहरु नविन खड्का, खुशिराम पाख्रिन, झंकार मगर, धनु कमरेडलगायतले प्रस्तुती दिनेछन् । त्यस्तै लोक दोहोरी तथा आधुनिक कलाकारहरु प्रमोद खरेल, पुस्कल शर्मा, शिवम पोखरेल, टिका पुन, जुन डल्लाकोटी, जिवन खड्का, बसन्तराज गौतम, अमित रसाइली, शिव बिकीलगायतको गीत तथा अन्य डान्स समूहहरुले आफ्ना प्रस्तुती दिनेछन् ।