यस वर्षका उत्कृष्ट तीन नेपाली चलचित्र
चैत २८ । नेपाली चलचित्रको बजारले यसवर्ष दर्शकलाई खासै हलतिर तान्न सफल भएनन् । यसको अर्थ चलचित्र निर्माणमा कमी आएको भने पक्कै होइन । यसै वर्ष नयाँ नयाँ सेलिब्रेटीहरुले चलचित्रमा डेब्यु गर्ने क्रम पनि बढ्यो । तर अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष चलचित्रले खासै सोचेजस्तो सफलता हात पार्न भने सकेनन् ।
उसोतः चलचित्र बिदेशी चलचित्रको प्रभाव पनि कम भएन यस वर्ष । त्यस्तै प्रदर्शनमा आएका धेरै चलचित्रहरु असफल बने । केहीले लगानी मात्र उठाउन सके भने केहीले चाँही राम्रो
व्यवसाय गर्न पनि सफल भए । त्यस्तै यस वर्ष उत्कृष्ट ब्यवसाय गर्न सफल तीन चलचित्रहरुमा ‘छक्का पन्जा’, ‘जात्रा’ र ‘लुट–२’ परे ।
‘छक्का पन्जा’
नेपाली चलचित्रका पनि दर्शक छन् है, चलचित्र राम्रो भए दर्शक हलसम्म आउँछन् भन्ने कुरालाई चलचित्र ‘छक्का पन्जा’ले प्रमाणित गरिदियो यस वर्ष । चलचित्रले १६ करोड माथीको ब्यवसाय गरेर बर्षकै उत्कृष्ट बन्न सफल रह्यो । चलचित्रले सिग्गल थिएटर र मल्टिप्लेक्स सबैतिर राम्रो दर्शक पाएको थियो । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र उनैले, दीपकराज गिरी, निर्मल शर्मा लगायत कलाकारसँग मिलेर बनाएकी हुन् । चलचित्र दिपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहेको थियो । चलचित्रको एक गीत ‘पुर्व पश्चिम रेल’ले यु–ट्युवमा राम्रो दर्शक पाएको छ ।
‘लुट–२’
‘लुट–२’ले ८ करोड भन्दा माथिको ब्यवसाय गरेको बितरक समेत रहेका चलचित्रका निर्माता माधव वाग्लेले बताए । सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, कर्मा शाक्य, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको यो चलचित्रले ओपनिङ ब्यवसाय निकै धमाकेदार गरेको थियो । तर केही दिन पछि त्यसको रफ्तार समाउन सकेन । सफल चलचित्र ‘लुट’को सिक्वेलको रुपमा निर्माण भएको यो चलचित्र निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।
चलचित्रको आइट गीत ‘ठमेल बजार’ले भने निकै बजार तताएको थिष्यो । यो गतिको चर्चा अहिले पनि त्यतिकै छ । यो गीतको आइटम गीत मार्फत चर्चा कमाएपछि एलिसा राई अहिले निकै ब्यस्त कलाकार बनेकी छन् ।
‘जात्रा’
‘जात्रा’ प्रदीप भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र हो । यो वर्ष राम्रो व्यापार गर्ने चलचित्र मध्य यो पनि अग्र पंतिमा आउछ । कमेडी जनरामा बनेको योचलचित्रले तीन करोड भन्दा माथिको ब्यवसाय गरेको बताइएको छ । केही चलचित्र भवनमा ५१ औं दिन मनाउन सफल यो चलचित्र सिंगे लामा र यादव पौड्यालले निर्माण गरेका हुन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रबिन्द्र सिंह बानीया, रबिन्द्र झा, प्रियंका झा लगायकातको मुख्य भूमिका रहेको थियो ।
रणबिरले गौरीलाई लेखेको पत्र स्टाग्रामार्फत सार्वजनिक
चैत १६ । बलिउड किङखान शाहरुखपत्नी तथा हाल इन्टेरियर डिजाइनरको रुपमा परिचित गौरी खानलाई बलिउड स्टार रणबीर कपुरले लेखेको पत्र स्टाग्राममार्फत सार्वजनिक गरिदिएकी छिन् । चलचित्र निर्मातासमेत रहेकी गौरीले डिजाइनिङलाई व्यवसायिक रुपमा अगाडी बढाएकी छिन् । स्तै हालै उनलाई अभिनेता रणबिर कपूरको बान्द्रा, पाली हिलमा रहेको घरको इन्टेरियर डिजाइनिङको जिम्मा लिएकी थिइन् । घरको तयारी सक्किएको र रणबिर त्यो घरमा आगामी अक्टोबरबाट सर्दैछन् । घरको आन्तरिक डिजाइनका लागि रणबिरले गौरीप्रती कृज्ञता व्यक्त गर्दै पत्र लेखेका थिए । गौरीले भने रणबिरले पठाएको पत्रलाई इन्स्टग्राममा पोस्ट गरेकी छिन् ।
सुष्मा थापालाई ‘मिसेस’ चितवनको ताज
चितवन, चैत १५ । चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छिन् । गएराति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको ताज पहिरिएकी हुन् । एक सन्तानकी आमा उनले ‘योर च्याइस’ अवार्ड र पर्सनालिटी अवार्डसमेत हाता पारिन् । ताजसँगै सुष्माले रु ५० हजार नगद पुरस्कार समेत प्राप्त गरिन् । सो प्रतिस्पर्धामा फस्ट रनरअप रेनु तामाङ भइन् भने सेकेन्ड रनरअपमा आना ढकालले ताज उचालिन् । ताजसँगै उनीहरुले पनि क्रमश रु ३० हजार र रु २० हजार नगद प्राप्त गरे । ‘मिसेस चितवन २०१७ को प्रतिस्पर्धाले नारी सशक्तिकरणमा कस्तो भूमिका खेलेको छ ?’ पहिलो मिस नेपाल रुवी राणा शाहले लिखित प्रश्न सोधेकी थिइन् । उत्तरमा सुष्माले भनेकी थिइन् ‘यो मिसेस चितवन २०१७ एउटा यस्तो अवसर वा मञ्च हो, जसले नारीभित्र लुकेर तथा गुम्सेर रहेका प्रतिभा, आत्मविश्वास, समय अनुसारको सत्यतालाई सहज अगाँल्न सक्ने जीवनशक्तिका आधारको ऊर्जालाई थप प्रोत्साहन दिन्छ । ‘फलस्वरुप नारी सशक्तिकरणमा यसको उल्लेखनीय अनि अदुभूत भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ यसअघि निर्णायकको सामाजिक सञ्जाल सोसल नेटवर्कको सकारात्मक र नकारात्मक पक्ष के के हुन् भन्ने प्रश्नमा उनले सहज र सटिक उत्तर दिइन । उनले भनिन्, ‘सकारात्मक र नकारात्मक मानिसको प्रवृत्ति हो । जसले जसरी लिन्छ त्यस्तै फल पाउछ । सही तरिकाले सकारात्मक ढङ्गले लियो भने सफलता पाउछ, नकारात्मक हिसाबले लियो भने दुर्घटना निम्त्याउछ ।’ थप प्रष्ट्याउँदै भनिन ‘सकारात्मक पक्षलाई जोड्नुपर्दा हाम्रा प्रियजन्, आफन्त जो देशबाट टाढा रहनुभएको छ, उहाँहरुसँग मिठो कुराकानी, देश विदेशको कुनाकाप्चामा भइरहेको कुरालाई तत्काल जान्न र सचेत हुनसकिन्छ भने, नराम्रो पक्ष भन्नुपर्दा समाजमा कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप हुने खालका क्रियाकलाप, ठगी र जघन्य अपराध र त्यो अपराध गर्ने योजनालाई यसले बढावा दिएको महसुस गरेको छु ।’ कन्फिडेन्ट अवार्ड सुष्मा तामाङ, स्माइल शान्ति शाही, इनोसेन्ट रिता थनेत, चार्मिङ ज्योतिका थापा, डिसप्लिनमा सङ्गीता अर्यालले अवार्ड पाइन । मिसेस क्वाटवाकमा रोजिना प्रधान भइन । प्रतिस्पर्धामा २५ देखि ४० वर्ष उमेर समूहका १९ जना आमाहरु सहभागि थिए । तीन सन्तानकी आमासमेत प्रतिस्पर्धामा सहभागी भइन् । दुई महिला मीना झा र दुर्गा घिमिरेको प्रयासमा पहिलो मिसेस चितवन २०१७ प्रतियोगिता भएको हो । यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने चितवनका व्यवसायी गुणचन्द्र विष्टले बताउनुभयो ।
आँफूले रोजेको पुरुषसँग विवाह गर्न असमर्थ केकीले चालिन् यस्तो कदम
काठमाडौं, चैत १५ । नायिका केकी अधिकारीले अभिनय गरेको ‘खेलौना हैन म’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा केकीले अहिलेसम्मकै दमदार भुमिकामा अभिनय गरेकी छिन् । जीवनमा आँफूले राजेको पुरुषसँग विबाह गर्न असमर्थ केकीले भोग्नु परेको अप्ठ्यारो र पाएको धोकालाई जीवन्त शैलीमा निर्देशक युबराज वाईबाले सामान्य कथा तर गम्भिर विषयसहित उठान गरेका छन् । जसमा केकीलाई मोडल अनिल थापाले अभिनयमा साथ दिएका छन् । गायक संजय तुम्रोकले आफ्नो जीवनमा नै सर्वाधिक अपेक्षा गरेको भनिएको गीतका शब्द गीतकार डिपी खनालका हुन् । चोक गुरुगंले संगीत भरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोलाई भाईब्स क्रियशनले बजार ब्यबस्थापन गरेको छ । हेर्नुस भिडियो https://www.youtube.com/watch?v=ZeAl5cWMABg&feature=youtu.be
रणवीर र दीपिका एकसाथ देखिन चाहँदैनन्
चैत १४ । चलचित्र उद्योगमा प्रेम र ब्रेक अप फेसन जस्तै मानिन्छ । कहिले काँही त्यस्तै कलाकारहरुको जीवनमा आधारित भइदिन्छ फिलिमहरु पनि अनि त्यसमा काम गर्नुपर्ने हुन्छ कलाकारहरुले । त्यसको पछिल्लो उदाहरण बनेका छन्, बलिउड रणवीर सिंह र नायिका दीपिका पादुकोण । प्रेमिका दीपिका पादुकोणका बारेमा बोलेर नथाक्ने बिन्दास शैलीका रणबीर एक समारोहमा दीपिकासँग फोटो खिचाउन मानिरहेका थिएनन् । दीपिकासँग सार्वजनिक समारोहमा सँगै देखिन पनि चाहेका छैनन् उनी । दीपिका र रणवीरले फोटोमा सँगै नदेखिन ठूलै प्रयास गरिरहेको एक मनोरञ्जन अनलाइनले पनि लेख्यो । दीपिकाले भाग लिएको एचटी मोस्ट स्टाइल अवार्डमा रणवीर गएनन् भने शाहिद कपूरको पार्टीमा पनि एकअर्कालाई नभेट्ने गरी योजना बनाए । यो वास्तविक घटना नभई पद्मावती फिल्मका लागि तयारी गरिएको दृश्य थियो । निर्देशक सञ्जय लीला भन्सालीको निर्देशनमा बनिरहेको यस फिलिममा रणवीर र दीपिकालाई सँगै नदेखिन कडा निर्देशन दिएका हुन् । पद्मावतीको प्रमोसनका बेलामा सँगै देखिएपनि अहिले चाहिँ सँगै नदेखिनू भनी भन्सालीको चेतावनीलाई उनीहरुले शिरोधार्य गरेका हुन् ।
कपिल शर्मालाई यस्तो झट्का, नयाँ शो ल्याउने तयारीमा डा.गुलाटी
चैत १३ । चर्चित कमेडियन ‘कपिल शर्मा शो’मा विवाद भएपछि यस हप्ता कार्यक्रमको छायांकनमै नगएका डाक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोभरले आगामी अप्रिलमा त्यही भूमिकामा नयाँ दिल्लीमा देखिने भएका छन् । सुनिलले आइतबार फेसबुकमा अप्रिल १ मा दिल्लीमा हुने ‘डाक्टर मसुर गुलाटी कमेडी क्लिनिक’ को पोस्टर सार्वजनिक गरेका छन् । सुनिलका साथमा सोका अर्का कलाकार किकु शारदा पनि हुनेछन् । अष्ट्रेलियाबाट फर्कने क्रममा जहाजमा कपिलले आफूलाई दुव्र्यवहार गरेको भन्दै उनीहरुले ‘कपिल शर्मा शो’ छोड्ने बताएका थिए । तर द कपिल शर्मा सोकै पात्रलाई लिएर सुनिलले प्रस्तुति दिने भएपछि उनीहरुको विवादमा नयाँ कुरा थपिएको छ । सुनिलले कपिल शर्मा सो छोडेका भए त्यही कार्यक्रमको पात्रलाई लिएर उनले बाहिर कार्यक्रम गर्दा त्यो विवादित हुने कि नहुने भन्ने विषय अन्योल बनेको छ । किकु शारदा भने अहिले पनि कपिलको पक्षमा छन् र उनी सुटिङमा पनि उपस्थित भइरहेका छन् । कपिलसँग झगडा गरेका सुनिल र उनीसँग काम गरिरहेका शारदा एकै मञ्चमा आउने भएकाले पनि धेरैलाई कपिल र सुनिलको विवादले कुन मोड लिदैँछ भनेर आश्चार्यमा पारेको छ । सुनिलसँगको विवादपछि कपिल शर्मा सोका अन्य कलाकार चन्दन प्रभाकर, अलि असगरले पनि सोबाट बाहिरिने निर्णय गरेका छन् । गत बुधबारको सोको सुटिङमा ती कलाकार नआएको र कुनै पाहुना पनि सोमा आउन नचाहेकाले कपिल एक्लिएको भारतीय मिडियाले जनाएका थिए।
‘बाहुबली २’ को ट्रेलरले बनायाे नयाँ कीर्तिमान !
चैत १३ । चर्चित तामिल फिलिम बाहुबलीको सिक्वेल बनाइएको ‘बाहुबली–२’ ले ट्रेलरबाटै नयाँ किर्तिमान कायम गरेको छ । एस एस राजामौलीद्वारा निर्देशित ‘बाहुबली २ द कन्क्लुजन’को ट्रेलर भिडियो संजाल यूटुयूबमा सार्वजनिक गरिएपछि बलिउड फिल्महरूलाई समेत पछाडी पार्दे ट्रेलरमै नयाँ कीर्तिमान कायम गरेको हो । तेलेगु, तमिल, हिन्दी तथा मल्यालम भाषामा रिलिज यस फिल्मको ट्रेलर एक सय मिलियनभन्दा बढी पटक हेरिएपछि सो कीर्तिमान राख्न सफल भएको हो। रेकर्डपछि निर्देशक राजामौलीले आफूले यस्तो कहिल्यै कल्पना नगरेको भन्दै ट्विट गरेका छन् । उनले ट्वीटरमार्फत दर्शकहरुलाई धन्यवाद दिएका छन् । फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ।
करन र ऐश्वर्याको सम्बन्ध समाप्त
चैत १२ । चलचित्र उद्योगमा कलाकार र निर्माता÷निर्देशकबीचको सम्बन्ध खासै लामो रहँदैन भन्ने उदाहरण बनेका छन् निर्माता निर्देशक करन जोहर र अभिनेत्री ऐश्वर्या राय । बलिउडमा राम्रो दोस्ती रहेको दुईको सम्बन्ध अब करिव करिब समाप्त नै भएको वलिउड भास्करले उद्धत गरेको छ । वलिउड मिडियाले पछिल्लो पटक ऐश्वर्या र करनको सम्बन्धमा खटपट आएको छ कुरा यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यस्तै वलिउड भास्करले उनिहरुको सम्बन्ध ठिक नभएको भन्दै प्याचअप नै नहुने संकेत देखिएको लेखेको छ । पछिल्लो रिलिज फिल्म ए दिल है मुश्किलको समयदेखि यी दुईको सम्बन्ध बिग्रेको बताईएको छ । उक्त फिल्म रिलिजपछि करनले अर्को फिल्मको लागी ऐश्वर्यालाई अफर गरेको र त्यो अफर पनि ऐश्वर्याले सिधा लत्याएको बताईन्छ । त्यसो त हप्ता दिन पहिले दिवंगत भएका ऐश्वर्याको पीताको श्रद्धाञ्जली कार्यक्रममा समेत करन नपुगेको बताईएको छ ।
अाफ्नै व्यवहारले एक्लिए कपिल शर्मा
चैत १२ । चर्चित ‘द कपिल शर्मा शो’ बाट सहभाकर्मीहरुले एकाएक साथ छोड्दै गएपछि कपिल शर्मा एक्लिएका छन् । शोमा समस्याहरुको ओइरो लाग्न थालेपछि कपिलका सहकर्मीहरु सुनिल ग्रोवर, अली असगर र चन्दन प्रभाकरले शो छाडेका हुन् । उनीहरु शोमा नभएपछि निर्माताले राजु श्रीवास्तव, एहसान कुरेसी र सुनील पललाई बोलाएका थिए। तर कपिल अहिले एकदमै एक्ला भएका छन्। किनकि उनको कार्यक्रमको टोली त उनले गुमाए नै कार्यक्रममा अतिथि समेत कोही भएनन्। बलिउड सेलेब्रेटीहरु पनि उनको शोमा आउन चाहेनन्। बुधबारको सुटिङमा निम्ता दिइएका सेलेब्रेटी आउन नचाहेपछि सुटिङ नै क्यान्सिल भएको थियो। हालै शोका लागि मनोज बाजपेयी र तापसी पन्नुसँग सुटिङ गरे पनि कार्यक्रममा सुगन्धा मिश्रा पनि आउन मानिनन्। यो सबै घटना कपिलले प्लेनमा आफ्ना सहकर्मी सुनिल ग्रोवरलाई गरेको नराम्रो व्यवहारका कारण भएका हो। एयर इन्डियाको प्लेनमा गत शुक्रबार कपिल आफ्नो टोलीसँग अस्ट्रेलियाबाट भारत फर्किने क्रममा रक्सीले मातेका कपिले आफूलाई नकुरी अरुले खाना खाएको भन्दै उग्र भएका थिए । रिसाएका कपिललाई सुनिलले शान्त पान खोज्दा कपिलले सुनिललाई आफ्नो जुत्ता खोलेर हिर्काएका थिए। कपिलले सुनिललाई धेरैपटक थप्पड हानेको र यस क्रममा महिला सदस्यहरुलाई पनि चोट लागेको बताइएको छ।
राप्रपा झडपमा कोमल ओली घाइते
चैत ७ । निर्वाचन आयोगविरुद्व राप्रपाले गरेको प्रदर्शनको क्रममा चर्चित गायिका तथा राप्रपा नेत्री कोमल वली घाइते भएकी छिन् । ओली सहित घटनामा अन्य १९ नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको काठमाडौं मोडल अस्पतालमा र अन्यको वीर अस्पतालमा उपचार भइरहेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी गराएका छन् । मोडल अस्पतालमा उपचाररत गायिका तथा नेतृ कोमल वलीको अवस्था अहिले सामान्य हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । यसैबीच पार्टी अध्यक्ष कमल थापा अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् । राप्रपाले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको विषय निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग अगाडी प्रदर्शन गरेको हो भने सो विरुद्ध आयोगलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
‘पतंजली सुरशाला’ आइडल जुनियरको बिजेता आयुष केसी
काठमाडौं, चैत ५ । सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएकोछ । मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस के सी पतंजली सुरशाला आइडल जुनियरको बिजेता बनेका छन । उनले पतंजलिको तर्फबाट रु ५१, ००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०,००० गरि जम्मा नगद रु १ लाख १ हजार नगद प्रुस्कार का सहित ३, लाख ५० हजार रुपैया बराबर गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृतिको पुरुस्कार जितेका छन् । सी.टि.भी मोबाइल को तर्फबाट मोबाइल गिफ्ट हयाम्पर जितेका छन् । यसै गरि ज्ञान निकेतन मा अध्यनरत काठमान्डौका स्रजल महर्जन यु ट्युब मा सबै भन्दा बढी दर्शक भोट पाएर पब्लिक चोइस अवार्डू को बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०, ०००र १५, ००० गरि जम्मा नगद रु ६६,००० र नगद प्रुस्कार का सहित १, लाख ५० हजार रुपैया बराबर गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति को पुरुस्कार जितेका छन् । त्यसै गरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हँसिल गरी पतंजलिको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ००० गरि जम्मा नगद रु ७१,०००र नगद पुरस्कार का सहित २, लाख ५० हजार रुपैया बराबर गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृतिको पुरुस्कार जितेका छन् । क्रमश चितवनका अद्दित्य राज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थान मा परि सुरशालाको तर्फबाट नगद रु १० र १० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति प्राप्त गरेका छन् । साथमा रेबेल क्रियशनको तर्फबाट पतंजली सुरशाला आइडल जुनियर टप १० लाइ नै गीति अल्बम र टप ५ लाइ म्युजिक भिडियो को अवसर , लोकप्रिय संगीतकार आलोक श्री का तर्फबाट टप ७ लाइ गीति अल्बम को अवसर पाउनेछन । देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभंन्दा बढी प्रतिभाशाली बाल सहभागीहरुले अडिशन दिएका थिए र उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट भएको थियो । रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधान ज्युको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए। कार्यक्रममा संगीत साहित्य र कला क्षेत्रका बिशिष्ठ अतिथिज्युहरु उपस्थिति थियो बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, गायक रामकृष्ण ढकाल ,प्रमोद खरेल, नरहरि प्रेमी लगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्व, अविभावक हरुको उपस्थित थियो । यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमत शर्मा, राज सिग्देल र जुना प्रसाईं थिए भने अमन प्रधान सुप्रिया मास्के का साथमा नरेश भट्टराई ले कायक्रम संचालन गरेका थिए । कार्यक्रमका निर्देशक गायक अमृत छेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टीमलाई धन्यबाद दिदै सुरशाला फ़ाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजि गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताए । साथमा यस पहिलो कार्यक्रमको अपार सफलता पछि सुरशाला आइडल जुनियर दोस्रो छिटै शुरु हुनेघोषणा समेत गरेका छन् ।
भिमफेदीका युवाहरुको सपनीमा अशिष्माले डेरा जमाएपछि (हेर्नुस भिडियो)
काठमाडौं, चैत ५ । मोफसलमा रहेर पनि नृत्यमार्फत चर्चा र लोकप्रियता कमाइरहेको भिमफेदी गाइजको सपनीमा अशिष्माले डेरा जमाएकी छिन् । हेटौँडा भिमफेदीका युवाहरुको सपनीमा अशिष्मा छाएकी हुन् । केहि फिल्म र थुप्रै म्युजिक भिडियोमा देखिएकी अशिष्मा नकर्मी पहिलोपटक भिमफेदी गाइजसँग देखिएकी हुन् । राजु बरालको स्वर रहेको गीतको म्युजिक भिडियोमा अशिष्माले भिमफेदी गाइजसँग नृत्य गरेकी हुन् । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजु बराल आफैँ पनि मोडलको रुपमा अभिनय गरेका छन् । निर्मल लामाको कोरियोग्राफीमा निर्माण भएको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । हेर्नुस भिडियो
दिपक दीपाको अफरलाई लत्याउँदै साम्राज्ञी लागिन इन्टु मिन्टुतिर
चेत ४ । बहुचर्चित फिलिम ‘छक्का पञ्जा’को सिक्वेल बनाउन दिपक–दीपाको अफरलाई ड्रिम गर्ल साम्राज्ञीले अस्वीकार गरेकी छिन् । निर्माता/निर्देशक/कलाकार दिपक–दिपाले २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेल बनाउने घोषणा यसअघि नै गरिसकेका छन् । केहि दिनअघि मात्रै दिपकले ‘छक्का पञ्जा–२’ मा अन्य कलाकारहरु पुरानै हुने र दुइजना नयाँ नायक र नायिकालाई मात्रै समावेश गर्ने भनि चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले एक संचारमाध्यमसँग भनेका थिए । यसै सिलसिलामा अहिलेकी चर्चित नायिका ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी अफर गरेको थियो । सँगै पछिल्लो पुस्ताका चल्तिका कलाकार प्रदिप खड्का र साम्राज्ञीलाई समेत फिल्ममा जोड्ने तयारी गरेका थिए । तर साम्राज्ञीले भने उक्त अफरमा आनाकानी गरेको कुरा सार्वजनिक भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको प्रोजेक्टमा साम्राज्ञी राख्ने चर्चा हुँदै गर्दा उनले भने सोहि समयमा कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्ने निश्चित भएको र सुटिङ अबधि एकै समय पर्ने भएकोले ‘छक्का पञ्जा-२’लाई उनले समय दिन नभ्याउने बताइएको छ । प्रदिपका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन ।
टाइगरको फ्यान क्लब
चैत ४ । टाइगर श्राफ बलिउडमा प्रवेश गरेको छोटो अवधिमा नै निकै चर्चित नाम हो । बलिउडमा प्रवेश गरेको करिव तीन वर्षजनि मात्रै हुँदा विशेषतः युवा पुस्ताको मन मुटुमा बस्न सफल कलकार बनेका हुन् । उनले कम समयमै प्रशस्तै आफ्रना प्रशंसकहरु बटुल्न सफल भएका छन् । उसोतः जयकी श्रवका छोरा उनी बलिउडमा प्रवेशमा सहज भएपनि प्रशंसक भने उनी आफ्नै संघर्षले बटुलेका हुन् । अहिले सामाजिक सञ्जालहरुमा उनका नामका दर्जनौं फ्यान क्लबहरु छन् । एउटा फ्यान क्लबको फ्यान पेजलाई त फेसबुकले भेरिफाइड नै गरेको छ । कतिपय अवस्थामा टाइगरका बारेमा उनकै फ्यान क्लबमार्फत जानकारी प्राप्त हुनथालेको छ । टाइगरलाई पनि उक्त कुराको जानकारी छ । उनले भनेका छन्, ‘म प्रशंसकहरूको प्रेमकै कारण आज यो अवस्थामा छु’ उनी थप्छन्, ‘उनीहरूले पेजमा अपलोड गर्ने सामाग्रीहरू मेरो उत्साह बढाउने शैलीका छन्।’
‘छक्का पञ्जा–२’ छायांकनभन्दा पहिला प्रदर्शन मिति घोषणा
चैत ३ । सिनेमा निर्माण गर्दा ६ लाई कहिल्यै पनि नछोड्ने दीपक र दीपाले चलचित्र ‘छक्का पञ्जा’के सिक्वेल आगामी भदौ १६ गतेलाई प्रदर्शनको मिति घोषणा गरेका छन् । चलचित्र छायांकनमा जानु अगावै ‘छक्का पञ्जा–२’को रिलिज मिति घोषणा गरिएको हो । जेठ १० गतेबाट फ्लोरमा जाने तयारी गरेको ‘छक्का पञ्जा–२’ भदौ १६ मा रिलिज हुने निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । दिपक–दीपाका यसअघि फिलिमहरुमा पनि ‘६ एकान ६’ पुस २६, ‘वडा नम्बर ६’ असोज ६ र छक्का पञ्जा भदौ २४ मा रिलिज भएका थिए । छक्का पञ्जाको रिलिज मिति दुई र चार जोडेर ६ हुने भएकाले दीपक र दीपाले भदौ २४ गते राखेका थिए । ‘छक्का पञ्जा–२’ मा पनि ‘छक्का पञ्जा’कै कलाकारहरु हुने र एक जना नायक र एक जना नायिका भने नयाँ थप गरिने निर्माता तथा कलाकार दिपक राज गिरीले जानकारी दिएका छन् । अहिलेको चलेकै नायक नायिका सिनेमामा थपिने बताएपनि त्यो को हो भने नाम खुलाएका छैनन् । चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल बनाउने भनि यसअघि नै घोषणा गरिएको थियो ।
‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक, यस्तो छ चलचित्रको ट्रेलर (भिडियो)
चैत ३ । सन् २०१६ मा निकै सफल मानिएको चलचित्र ‘बाहुबली’को सिक्वेल ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार यस फिलिमको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ भने दक्षिण भारतका तीन सय सिनेमाघरमा पनि यसको ट्रेलर प्रदर्शन गरिएको छ । युट्युवमा यो चलचित्रको ट्रेलरले निकै लोकप्रियता पाएको छ । ट्वीटरमा पनि ‘बाहुबली–२’ को ट्रेलरले राम्रो ‘ट्रेन्ड’ गरिरहेको छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामै यसका दर्शकको संख्या झण्डै चार लाख पुगेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् । ट्रेलरमा बाहुबलीको एउटा संवाद निकै घतलाग्दो र रोचक मानिएको छ । बाहुबलीले कटप्पालाई भनेका छन्, ‘जबसम्म तपाई मेरो साथ हुनुहुन्छ, मलाई मार्ने मान्छे जन्मिने छैन मामा १’ चलचित्रको पहिलो शृंखलाको अन्त्यमा कटप्पाकै हातबाट बाहुबली मारिएको देखाइएको थियो । तर तिनै कटप्पामाथि बाहुबलीले यति विश्वास गरेको दृष्यलाई ट्रेलरमा देखाएपछि दर्शकमा कौतुहलता अझ बढेको छ– ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे ?’ रहस्य जान्नका लागि पनि बाहुबली–२ प्रदर्शनको पर्खाइमा आम दर्शक रहेका छन् । आगामी २८ अप्रिलमा चलचित्रले प्रदर्शन आरम्भ गर्नेछ ।