गुल्मीमा उम्मेदवारको टुङ्गो लाग्याे, कुन दलबाट को परे ?

गुल्मी, कात्तिक १५ । ५ नम्वर प्रदेश अन्तर्गत दोश्रो चरणमा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि गुल्मीमा बाम गठबन्धन सहिचत सवै दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको गुल्मीमा वाम गठबन्धनबाट नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली क्षेत्र नम्वर १ बाट र गोकर्णराज विष्ट क्षेत्र नम्वर २ बाट उमेदवारी दिने भएका छन् ।

उनीहरुका प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसले १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारीलाई र २ बाट चन्द्र केसीलाई उम्मेदवार बनाउदैं छ । गुल्मीमा बाम गठबन्धनबाट २ वटै प्रतिनिधी सभाको उम्मेदवार र २ वटा प्रदेश सभा एमाले पाउने भएको छ । माओवादीले २ वटा प्रदेश सभा पाउने गरी गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ‘ख’ प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् । प्रदेश सभामा सिफारिस भएका यी दुवै जना पूर्वसंसद र प्रभावशाली नेता हुन् । गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ ।

काँग्रेसबाट प्रदेशका उमेदवार
क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा नेपाली कांग्रेसले पृथ्वीबहादुर फौदार र ‘ख’ प्रदेशमा धनेन्द्र कार्की सिफारिस भएको नेपाली काँग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए । क्षेत्र नम्बर २ बाट ‘क’ प्रदेश सभा उमेदवार शालिक पन्थी र ‘ख’ प्रदेशमा छन्दबहादुर पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।

जनमोर्चाबाट
गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ ओमेन्द्र कुँवर र टंक केसी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री सिफारिस भएका छन् । प्रदेश सभातर्फ हरि न्यौपाने र सुर्य थापा सिफारिस भएको पार्टीले जनाएको छ ।

नयाँ शक्तिबाट
नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवारको टुङ्गो लगगाएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र थापा सिफारिस भएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले जानकारी दिए ।

प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस भएका छन् । प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे सिफारिस भएको पन्थले जानकारी दिए ।

गुल्मीमा भोलि बिहिवार दिउँसो १ बजे पूर्व नेपाली काँग्रेस लगायतका अन्य दलले मनोनयन गरि सक्नु पर्ने र २ पछी बाम गठबन्धनले मनोनय दर्ता गर्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागी कार्यकार्ता जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको दलहरुले जनाएका छन् ।

अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन : यादव

विराटनगर, कार्तिक १२ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न नमिल्ने बताएका छन । यदि त्यसो भएमा त्यो महाअपराध हुने उनको भनाई छ । विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले कुनैपनि बहानामा चुनव रोक्न नम्लिने बताएका हुन् । ‘सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन,’ उनले भने, ‘अदालतले मतपत्र छपाईको कुरो मात्रै गरेको र त्यो अहिलेका अफसेट प्रेसको युगमा चार दिनमा सम्भव रहेकोले चुनाव सार्नु हँदैन । चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो ।’ चुनाव सारे निष्पक्ष र स्वतन्त्र निर्वाचन आयोगमाथि प्रश्न उठ्ने बारे उनले ध्यानाकर्षण गराए । निर्वाचन अयोगले कुनै दलको हितमा चुनाव सारे त्यसको जवाफ जनतालाई दिनुपर्ने उनको भनाई थियो । उनले आफूहरुको कांग्रेससँग चुनावी तालमेलको लागि छलफल भइरहेको र आफू कहाँबाट लड्ने अहिलेसम्म टुंगो नलागेको बताए । कांग्रेससँग सहकार्य गरेरै चुनावमा जाने उनले बताए । आफूहरुको सहकार्य कसैलाई हराउन नभई आफूहरु जित्नको लागि गरेको उनको भनाई थियो । उनले आफूहरुबाट राजपाका अध्यक्ष महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीको प्रस्ताव नभएको पनि प्रष्ट पारे । उनले आफूहरुले अहिले मुख्यमन्त्रीको उम्मेदवारको घोषणा नगरेको सुनाए ।

उम्मेदवारको वाँडफाँड टुंग्याउन एमालेको स्थायी कमिटी बैठक

काठमाडौं, कात्तिक १२ । वाम गठबन्धनको टिकट बाँडफाँड कार्यदलले तयार पारेको सूचीमाथि छलफल गरी पार्टीबाट अनुमोदन गर्न एमालेको स्थायी समिति वैठक जारी छ । एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैंसीपाटीमा बैठक जारी छ । शनिबार राती अवेरसम्म बसेको पार्टी एकता संयोजन समिति र कार्यदल वैठकले एमाले, माओवादी र अन्य दलका उम्मेद्वारका लागि क्षेत्र बाँडफाँड गरेको थियो । कार्यदलले तयार पारेको क्षेत्र बाँडफाँडको प्रतिवेदनलाइई एमाले र माओवादी केन्द्रबाट अनुमोदन भएपछि मात्रैसार्वजनिक गरिने एक नेताले बताए । गएको असोज २८ गते निर्वाचन आयोगमा दलहरुले पेश गरेको समानुपातिकको उम्मेद्वारको सूचीमा नाम सच्चाउने आज अन्तिम दिन भएकाले यस विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा ढुक्क भएर सहभागी हुन सबैलाई आग्रह

चुनाव हुने या नहुने बिषयमा अनिश्चय बढी रहेको बेला प्रधानमन्त्री शेरवहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ढुक्क भएर सहभागि हुन सबैलाई आग्रह गर्नु भएको छ । सर्वोच्च अदालतले हिजो अलग अलग मतपत्र छाप्नेबारे भएको प्रगति विवरण बुझाउन निर्वाचन आयोगलाई आदेश दिएपछि माओवादी र एमालेले पत्रकार सम्मेलन गरेर निर्वाचन सारे ठूलो दुर्घटना हुने चेतावनी दिएका थिए । यसको भोलीपल्ट आज प्रधानमन्त्री देउवाले निर्वाचनमा ढुक्कभएर सहभागी हुन सबैलाई आग्रह गर्नुभएको हो । राष्ट्रिय समाचार समितिको नयाँ भवनको राजधानीमा शिलन्यास गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने भएकोले सबैको उत्साहजनक सहभागि हुनुपर्नेमा जोडदिनुभयो । संविधान कार्यन्वयन र लोकतान्त्रिक पद्दतीलाई संस्थागत गर्न सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्रीको भनाई थियो । उहाँले सञ्चार माध्यमले पनि जनतालाई लोकतन्त्रिक हक र निर्वाचन प्रकृयामा सामेल हुने वातावरण बनाउन सहयोगी भुमिका खेल्नुपर्ने बताउनुभयो ।

संघीय समाजवादी फोरमका महासचिव साह कांग्रेसमा प्रवेश

काठमाडौं, कात्तिक ९ । संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप साह कांग्रेस प्रवेश गरेका छन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले साहलाई कांग्रेस प्रवेश गराएका हुन् । केही समय अघि साहले फोरम परित्याग गरेको घोषणा गरेका थिए । साह गत संविधासनभा निर्वाचनमा कपिलवस्तु ५ बाट निर्वाचन जितेका थिए । साहको कांग्रेस प्रवेश कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु सहभागी थिए ।

बादल चितवनबाट नलड्ने, समानुपातिकमा पर्ने प्रबल सम्भावना

काठमाडौं, कार्तिक १ ।नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ चितवनबाट चुनाब नलड्ने भएका छन । नेकपा माओवादीले निर्वाचन आयोगमा बादलको नाम समानुपातिकतर्फको सूचिमा पेश नगरेपछि उनी प्रत्यक्षबाट लड्ने चर्चाले झन स्थान पाएको थियो । बादल चितवनको निर्वाचन क्षेत्र नं. २ बाट लड्ने निश्चित भएको प्रचार समेत माओवादी वृत्तबाट गरिएको थियो । तर पछिल्लो चरणमा नेकपा एमालेसँग साठी र चालिसको अनुपातमा तालमेल हुने भएपछि चितवनको क्षेत्र नम्बर दुई बाट नेता बादल उम्मेदवार नहुने देखिएको हो । यद्यपी पार्टीले यसबारे केही आधिकारिक निर्णय भने नगरेको माओवादी केन्द्र श्रोतले बतायो । “निर्वाचनमा नेता बादल चितवन क्षेत्र नं। २ बाट चुवाब लड्ने चर्चा भएपनि उनी त्यहाँबाट चुनाब नलड्ने भएका हुन । उनलाई अन्य क्षेत्रबाट प्रत्यक्षबाट उठाउने या समानुपातिकमा राख्ने विषयमा छलफल चलिरहेको छ ।” श्रोतले भन्यो । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचिमा दलहरुले सच्याउन पाउने व्यवस्था रहेको छ । गत असोज २९ गते बुझाइएको सूचिको बरियताक्रम परिवर्तन गर्न नमिल्ने भएपनि नाम भने सच्याउन पाइने भएकोले बादललाई समानुपातिकतर्फ राख्ने सुझाव पार्टीभित्र आएको श्रोतले बतायो । बादल आफूले भने प्रत्यक्ष या समानुपातिक के हुने भन्ने बारेमा कुनै विचार सार्वजनिक गरेका छैनन् । चितवन ३ बाट पार्टी अध्यक्ष प्रचण्डले भने यस अघि नै उम्मेदवारीको घोषणा गरिसकेका छन । प्रचण्ड क्षेत्र नं. ३ बाट लड्ने अवस्थामा दुई र एकमा नेकपा एमालेले दावी गर्ने सम्भावना बलियो देखिन्छ ।

प्रचण्डलाई जिताउन चितवनमा चुनाबी अभियान सुरु

चितवन, कार्तिक १ । नेकपा माओवादी केन्द्र चितवनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउनका लागि चुनावी अभियान सुरु गरेको छ । गएको भदौ २३ नै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उठ्ने घोषणा थिए । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नं. १ मा ईश्वरी भट्टराई, २ मा नारायण दाहाल र ३ मा सूर्य सुवेदी ‘पथिक’ को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । निर्वाचन परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय नेता अमिक शेरचन रहेका छन् । तीनवटै क्षेत्रमा पनि समिति गठन भएको छ । पार्टी अध्यक्ष नै उठ्ने भएपछि उनको जित निश्चित गर्न माओवादी केन्द्रले अरुभन्दा अगाडि नै चुनावी तयारीलाई तिव्रता दिएको नेताहरुको भनाइ छ । कार्तिक ७ मा आमसभा माओवादीले कात्तिक ७ गते आमसभाको आयोजना गरेको पार्टीका जिल्ला संयोजक नेता यमबहादुर परियारले जानकारी दिए । सो सभालाई सम्बोधन गर्न माओवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा ‘वादल’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ आउने परियारको भनाइ छ । आमसभाको पनि भव्य तयारी भएको नेता परियारले बताए ।

वाम एकताले देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग : मन्त्री शाही

काठमाडौं, कार्तिक १ । बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले कार्तिक ५ गते सरकारबाट बाहिरिने बताएका छन । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मंगलबार मात्रै जिम्मेवारी हेरफेर गरी विनाविभागीय बनाएका थिए । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको भन्दै कार्त्तिक ५ गते सरकारबाट हट्ने स्पष्ट बताएका हुन । ‘प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाडौंमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन्’ उनले भने, ‘हामी यही कार्तिक ५ गतेसम्म सरकारमा बस्छौं त्यसपछि सरकार छोड्छौं ।’ मन्त्री शाहीले प्रधानन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने संकेत देखाएको भन्दै आफूहरु मनोनयनको मितिसम्म सरकारमा बिनाविभागीएकै रुपमा भए पनि बस्ने स्पष्ट पारे । चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसिरहेको मन्त्री शाहीको दाबी छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले म‌ंगलबार नै राजीनामा दिने तयारी गरेका थिए । तर, दिउँसो एक्कासी सरकारले चुनाव सार्न लागेको निर्वाचन आयोगबाट गोप्य सूचना पाएको भन्दै सरकारबाट बाहिरिने निर्णयबाट माओवादी पछि हटेको थियो । तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे र चुनाव सार्ने रणनीतिमा लागेको खण्डमा सरकार र सडकबाट आन्दोलन थाल्ने उनले चेतावनी दिए । मन्त्री शाहीले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत दाबी गरे । वाम एकताको कुराबाट देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको टिप्पणी गर्दै उनले भने,‘वाम एकताको नाममा देशलाई स्थिरता र समृद्धितर्फ लैजान नदिने देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको छ, उहाँ सुते पनि नसुते पनि हाम्रो एकता मुलुकको लागि हो, लोकतन्त्रको लागि हो, कुनै छलकपट लुकाएर गर्न खोजिएको एकता होइन।’

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, चुनाब सर्ने प्रपञ्च असफल

काठमाडौं, कार्तिक १ । सर्वोच्च अदालतले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र हुनुपर्ने माग गर्दै दायर भएको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।

मुमाबहामहारानी रत्नका कारण पूर्वराजपरिवारको तिहार खल्लो हुने

काठमाडौं । यसपटकको तिहार पूर्वराजपरिवारका लागि खल्लो हुने भएको छ । देश शोकमा परेको नाममा दशैंको टीका कार्यक्रम गरिएन । तिहारका लागि पूर्वमुमाबडामहारानी रत्नले कुनै कार्यक्रम नगर्न भनेकी छन । ज्ञानेन्द्रका तीन चेलीमध्ये शोभामात्र जीवित छन् । बैंककबाट आइतबार स्वदेश फर्किएका पूर्वराजा सोही दिन आमालाई भेटन नारायणहिटीस्थित महेन्द्र मञ्जिल पुगेका थिए । रत्नको बोली पनि उति प्रष्ट छैन । उनको अवस्थाबारे ज्ञानेन्द्रले सोधे । डाक्टरले हिँडडुल गर्न र भेटघाट घटाउन सुझाव दिएको धाइआमाहरुले सुनाए । रत्नको निजी सहयोगी शम्भु अधिकारीले स्वास्थ्यकै गडबडीका कारण रत्नले तिहार नमान्ने भएको सुनाए । ‘सरकारबाट मर्जी भएअनुसार सुशील राजालाई बिन्ती गरिसकेँ’, शम्भुले ज्ञानेन्द्रलाई बताए । सुशील शमशेर रत्नका एकमात्र भाइ हुन् । उनी २०१७ देखि २०२४ सालसम्म राष्ट्रिय खेलकुद परिसदको सदस्य सचिव थिए । रत्न ८९ वर्षकी भइन् । उनलाई अन्तिम पटक गत असार २ मा नर्भिकमा भर्ना गरिएको थियो । जनआस्था साप्ताहिकबाट

सीपी मैनाली नेतृत्वको मालेबाट पोलिटव्यूरो सदस्यसहित चारजना निष्काशित

काठमाडौं, कार्तिक ३१ । नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीनजना पोलिटब्युरो सदस्यसहित चारजनालाई निष्कासन गरेको छ । निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् । उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव सीपी मैनालीको अध्यक्षमा मंगलबार बसेको बैठकले उनस्हरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यबाटसमेत निष्कासित गरेको हो । ‘पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान गर्दछ’–सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुसी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उनीहरुलाई निष्कासन गरिएको जानकारी दिए ।

देउवाले सर्वोच्च अदालतमार्फत चुनाव सार्न खोजे : महासचिव पोखरेल

काठमाडौं, कार्तिक १ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरवहादुर देउवा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको बताएका छन । चुनाव सार्न देउवाले संवैधानिक अंगलाई प्रभावित पार्ने खोजेको आरोप लगाएका छन् । महासचिव पोखरेलले बुधवार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव सार्ने खेलमा राज्यका अंगहरुलाई प्रभावित पार्न खोजिएको बताए । ‘देउवाको विगत चुनाव नगराउने खलनायकका रुपमा चित्रित छ । अहिले पनि उनी यही खेलमा लागेका छन् ।, महासचिव पोखरेलले भने, ‘सर्वोच्च अदालतमा सन्दर्भहीन विषय छलफलमा लैजानुले आशंका जन्माएको छ ।’ निर्धारित मितिमा चुनाव नभए देउवाको दुर्गति हुने भन्दै उनले चुनावबाट कांग्रेस भाग्न खोजिरहेको बताए । उनले राज्यका सबै अंगहरुले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने भन्दै कतैबाट प्रभावित भए दुर्भाग्य हुने बताए । एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमार्फत चुनाव सार्न खोजेको आरोप लगाउँदै सारिए दुर्भाग्य हुने बताएका छन् राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभाको लागि अलग–अलग मतपत्र हुनुपर्ने भन्दै दायर गरेको रिटमाथि आज सर्वोच्चमा सुुनुवाई हुँदैछ । महासचिव पोखरेलले सर्वोच्चमा आज हुने सुनुवाइप्रति लक्षित गर्दै चलखेलको आरोप लगाएका हुन् ।

गृहमन्त्री शर्माले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं, असोज ३१ । गृहमन्त्री जनार्दन शर्माले मंगलबार दिउँसो २ बजेका आगि विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन । देउवा सरकारबाट मन्त्री फिर्ता बोलाउने पार्टीले निणर्य गरे लगत्तै गृहमन्त्री शर्माले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । पत्रकार सम्मेलन गरी आजसम्म आफूले गृहमन्त्रालयमा गरेका कामबार जानकारी गराउदै सरकारबाट बाहिरिएको औपचारिक रुपमा घोषणा गर्ने बताइएको छ ।

१५ सिटमा तालमेलकाे प्रस्ताव लिएर बाबुराम पुगे प्रधानमन्त्री निवास बालुवाटार

काठमाडौं, असोज ३१ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका छन् । डा. भट्टराई सोमबार तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ शक्ति पार्टीले एमाले-माओवादी गठवन्धनसँग प्रतिनिधिसभामा १५ र प्रदेशसभामा ३० सिट दावी गरेको थियो । तर, वाम गठवन्धनले नयाँशक्तिको प्रस्ताव अस्वीकार गरेपछि डा. भट्टराई कांग्रेससँग तालमेलको प्रयासमा जुटेका हुन् । तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका भट्टराईलाई कांग्रेस नेताहरुले सकारात्मक जवाफ दिएको नयाँ शक्तिको दाबी छ । कांग्रेस नयाँ शक्तिसँग तालमेलका लागि तयार रहेको भन्दै जित्ने निश्चित भएका निर्वाचन क्षेत्र प्रस्ताव गर्न कांग्रेस नेताहरुले डा. भट्टराईलाई सुझाएका छन् । गोरखा क्षेत्र नम्बर २ डा. भट्टराईलाई छाड्न कांग्रेस नेताहरु सहमत भइसकेका छन् । त्यस वापत एक नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सघाउने छ । गोरखा २ मा डा. भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठलाई एमालेको साथ रहने छ भने भट्टराईले कांग्रेसको साथ पाउने छन् । नयाँ शक्तिले प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना उम्मेदवारको मात्र नाम सार्वजनिक गरेको छ । ती क्षेत्रमा कांग्रेसले आफूलाई सघाउनुपर्ने नयाँ शक्तिको माग छ । स्रोतका अनुसार मंगलबार कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेलबारे ठोस छलफल गर्ने सहमति बालुवाटारमा भएको छ ।

माओवादी सहमतिबाट पछि हट्दैन, मन्त्रीहरु फिर्ता बोलाइन्न : रायमाझी

काठमाडौं, असोज ३० । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेपाली कांग्रेससँग भएको सहमतिबाट आफ्नो पार्टी पछि नह्ने बताएका छन । सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु फिर्ता नहुने पनि स्पष्ट पारेका छन । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका हौं । ‘हामी र कांग्रेसबीच भएको प्रतिबद्धताअनुसार नै हाम्रा मन्त्री साथीहरु सरकारमा रहनुहुन्छ ।’ नेता रायमाझीले भने, ‘अहिलेलाई हामीले निर्वाचनसम्म साथ दिने निर्णय गरेका छौं ।’ प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराउनुको उद्देश्य स्पष्ट नभएको भन्दै नेता रायमाझीले भने, ‘प्रधानमन्त्री शेरबहादुरजीले के गर्न खोज्नुभएको हो त्यो चाहीँ बुझिएन । उहाँले राख्न खोज्नु भएको हो कि, हटाउन खोज्नुभएको हो कि, विनाविभागीय बनाउन खोज्नुभएको हो कि, त्यो बुझ्न सकिएन, यदि उहाँले निर्णय लिनुभयो भने हामी पनि त्यहीअनुसार निर्णय लिन्छौं ।’ माओवादी नेता रायमाझीले भने, ‘हामी त सहमतिबाट एक इन्चपनि तल हुँदैनौं, तर प्रधानमन्त्रीले धोका दिनुभयो, उहाँले गलत गर्नुभयो ।’ उनले विचार र सिद्धान्त मिल्ने पार्टीहरुवीच धुव्रीकरण हुनु खुशीको कुरा भएको धारणा राखे । राष्ट्रको अबको लक्ष्य आर्थिक समृद्धि हाँसिल गर्नु भएकाले मुलुकमा धेरै पार्टीको आवश्यकता नरहेको उनको तर्क छ । नेता रायमाझीले भने, ‘वामपन्थी विचारधारा बोकेका पार्टीहरु मिल्नु खुशीको कुरा हो, यो मेरो लागि गर्वको विषय हो, यो राष्ट्रले अब एक सय वटा पार्टी धान्न सक्दैन । न त जनताले नै धान्न सक्छन् ।’

वाम एकतापछि अस्थित्व संकटमा पर्ने डरले केही दल रन्थनिए : ओली

भक्तपुर, असोज २९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाम एकतापछि अस्थित्व संकटमा पर्ने डरले केही शक्ति रन्थनिएको बताएका छन । एमालेका अध्यक्ष ओलीले चुनावको मुखमै मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रकै खिल्ली उडाएको बताएका छन् । आइतबार आफ्नै निवास भक्तपुरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित भएको टिप्पणी गरे । चुनावको मुखमा मन्त्रिपरिषद् विस्तार हुँदासमेत कतैबाट बिरोध नभएको देख्दा आश्चर्य लागेको उनको भनाइ थियो । अध्यक्ष ओलीले सरकारले जस्तोसुकै हथकन्डा अपनाए पनि आगामी निर्वाचनमा वामपन्थी शक्ति पहिलो हुने दाबी गरे । कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने निर्वतमान उपसभामुख गंगाप्रसाद यादव र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतलाई स्वागत गरेका थिए ।