‘विकास र सम्वृद्धीका लागि प्रचण्डले जित्नुपर्छ’

चितवन, असोज २९ । देश र चितवनको विकासका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाब जित्नु पर्ने बताइएको छ ।

चितवनको समग्र विकास र संबृद्दीका लागि अध्यक्ष प्रचण्डले चुनाब जित्नैपर्ने बताइन् ।दाहालले सम्पुर्ण जनसमुदायलाइ एकाकार गर्दै निर्वाचनमा केन्द्रीत हुन आग्रह गरिन् ।

आफ्ना हक अधिकार स्थापित गर्ने लडाइ अझै जारीराख्न अनेम संध क्रान्तिकारीकि महासचिब तथा भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले आग्रह गरेकी छन् ।

अधिकारको लडाइ अझै जारीराख्दै हक अधिकारहरू मागेर होइन खोसेर लिनुपर्ने बताइन् ।महिलाहरूलाइ आर्थिक सामाजिक राजनितिक र सॉस्कृतिक अधिकार दिलाउन अनेमसंध क्रान्तिकारीको बलिदानिपूर्ण भूमिका रहेक भन्दै अधिकारको लडाइ अझै जारी राख्न आग्रह गरिन् ।

अखिल नेपाल महिला संध क्रान्तिकारी माडी नगरसमितिको बसन्तपुरमा नगर भेलालाइ सम्बोधन गर्दै महासचिब दाहालले ०६४ साल निर्वाचन बर्ष भयको भन्दै सबै नेता कार्यकर्ता मंसिर २१को निर्वाचनमा केन्द्रित हुन आग्रह गरिन् ।

भरतपुर महानगरपालिकाकी प्रमुख समेत रहेकी दाहालले पार्टी अध्यक्ष पुस्पकमल दाहाल ९प्रचन्ड० चितवन क्षेत्र न ३ बाट चुनाब लड्नेबताउदै चितवनबासीकालागी अवसर र चुनौती खडा भयको बताइन् ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तथा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य ठाकुर ढकालले भेलाको सफलताको शूभकामना ब्याक्तगर्दै आगामी निर्वाचनमा पार्टी अध्यक्ष प्रचन्डलाइ बिजयी गराउने काममा अभियानको रूपमा सक्रिय हुन सम्पुर्ण नेता कार्यकर्तालाइ आग्रह गरे ।

ढकालले माडीमा भ्रमको खेतीगरेर जनता ढॉट्ने हरूको कमिनरहेको भन्दै त्यस्ताहरूलार्इ खबरदारी गरिरहन आग्रह गरे ।

माडी नगरपालिका स्तरिय भेलामा अनेमसंध क्रान्तिकारीकी चितवन अध्यक्ष संगिता भट्टराइ माओवादी रेन्द्र माडी नगर इन्चाज सुमन बराल ,महिला नेत्री अंबिका लामिछाने लगायतका बक्ताहरूले आ आफ्नो धारणा ब्याक्त गरेका थिए ।

भेलाले साबित्री पान्डेको अध्यक्षतामा ३० सदस्यीय माडीनगरपालिका स्तरिय नया कार्यसमिती चयन गरेको छ ।

उपेन्द्रलाई ठूलो झड्का, फोरम नेपालका उपमहासचिव साहद्वारा पार्टी परित्याग

कपिलवस्तु, असोज १७ । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद अभिषेकप्रताप साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन । उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको बताइएको छ । मंगलबार नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको पत्रकार सम्मेलनमा फोरम नेता साहले मधेस र मधेसी नागरिकको हितमा पार्टी नेतृत्वले काम नगरेको आरोप लगाउदै पार्टी परित्याग गर्नु परेको बताएका छन । २ नम्बर प्रदेशमा मात्रै पार्टी नेतृत्व सीमित रहेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा ठूलो रकम लिने गरेको, मधेस आन्दोलनबाट पार्टी नेतृत्वमा रहेका मधेसी नेताले अकुत सम्पत्ति कमाएको आरोप साहले लगाएका छन ।

विप्लब माओवादीका नेता कोइरालालाई पक्राउ

चितवन, असोज १३ । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता सुशिल कोइरालालाई प्रहरीले गिरफ्तार गरेको छ । दशैंको लागि किनमेल गर्न भरतपुर बजारमा हिडिरहेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले कोइरालालाई गिरफ्तार गरेको नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीले जानकारी दिएका छन । विना कारण कोइरालालाई पक्राउ गरिएकोमा सरकारी रबैयाको विरोध गर्दै तत्काल रिहा गर्न इन्चार्ज बिसीले माग गरेका छन् ।

एमाले केन्द्रीय समिति बैठक सकियो, यस्ता छन निर्णय

काठमाडौं, असोज ८ । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्र र सात प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी चुनाबमा जाने निर्णय गदै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिएपछि पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो । बैठकले १४ बुँदे निर्णय गरेको छ । बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड पनि तय गरेको छ । उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

एमालेलाई सिद्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सक्रिय : सचिव भट्टराई

ताप्लेजुङ, भदौ २५ । नेकपा एमालेका सचिव तथा प्रसार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टीलाई सिद्धाउन अन्तराष्ट्रिय शक्ति लागेको आरोप लगाएका छन । असोज २ गते २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार भएका र हुन चाहनेहरुलाई छिमेकी भारतबाट पनि किन एमालेबाट उठेको भनेको आफूहरुलाई जानकारी आएको दावी गरे। आइतबार ताप्लेजुङमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले आफ्नो पार्टीविरुद्ध सुरुमा नेपालका शक्तिहरुमात्रै लागे पनि अहिले बाहृय शक्तिहरु पनि सक्रिय रुपमा लागेको आरोप लगाएका छन । अहिलेको सत्ता गठबन्धन( कांग्रेस–माओवादी) पनि उनीहरुले चाहेर नभई बाहृय हस्तक्षेपमा बनेको नेता भट्टराईको दावी छ ।

तराइमा भ्रमको खेती गर्दै एमाले, केन्द्रीय नेता रंगेहात समातिएपछि बबाल

काठमाडौं, भदौ २५ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन जित्नका लागि सबै दलहरु प्रचार प्रसार अभियानमा जुटेका छन् । प्रमुख प्रतिपक्षी एमाले निर्वाचन जित्नका लागि झुठको खेती गर्दै भ्रम छर्र्दै हिँडिरहेको छ । दुई नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा जित्नका लागि एमालेका एक जना केन्द्रियस्तरका नेताले झुठो प्रचारवाजी गरेका छन् । यही शनिवार काठमाडौंबाट बारा जाने क्रममा एमाले निकट युवा संघका अध्यक्ष राजीव पहारी र राजपाका नेता मनीष सूमनसँग त्रिभुवन विमानस्थलमा भयो । उनीहबीच कुराकानी र सेल्फी फोटो सम्म खिचियो । दुवै जना आ–आफ्नो बाटो लागे । तर चुनावको मुखमा एमाले नेता पहारीले उक्त सेल्फीलाई दुरुपयोग गरे । उनले मनीष समूनले मधेसमा एमालेको जित सुनिश्चित रहेको भनेर स्वीकारेको भनी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरे । त्यतिमात्रै होइन् वीरगन्ज लगायतका महत्वपूर्ण नगर र गाउँपालिकामा एमाले विजयी हुने र एमालेले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने कुरा खुलस्त स्विकार गरेको कुरा पनि फेसबुकमा लेखे । साथै एमालेको सहि नीति र नेतृत्वको कारणले एमालेप्रतिको बिश्वास अन्य पार्टीमा पनि बढ्दै गएको कुरा पनि मनीषले भनेको उल्लेख गर्दै उनले फेसबुकमा थप लेखे, मनिषजीलाई पनि एमालेमा छिटै स्वागत गर्न पाइयो । आफूसँग खिचेको सेल्फीको दुरुपयोग गर्दै उनले भ्रम फैलाउनेगरी एमालेका युवा नेता राजीव पहारीले झुटो कुरा लेखेपछि मनीष सूमनले पनि फेसबुकबाटै प्रतिवाद गरे । उनले भ्रम फैलाउने काम नगर्न चेतावनी दिँदै मधेसीलाई आमाचाक्री गाली गर्ने, आँप, विहारी भनेर होच्याउने मधेसी विरोधी एमालेलाई लोप्पा खुवाउने भनेर जवाफ दिएका छन् । मनीषले लेखेका छन्, ‘सेल्फी खिचाउने रहर बोकेका राजिवजी लाई हेक्का होस, मधेशी नेतालाई आमा,चकारी गाली बक्ने वामदेव गौतमको एमाले, हठका कारण सप्तरी मलेठ मा ५ जना को हत्या गराउने एमाले, मधेशीलाई कालो, लटरम्म आंपबाट झरेका दुई,चार आंप, धोतीजस्ता असभ्य अमर्यादित टिप्पणी गर्ने एमालेले अब मघेसमा लोप्पा मात्र पाउनेछ । भेटघाटमा हुंदै नभएको गफलाई मनोगत रूपले फसबुकमा प्रयोग नगरौं मित्र । मनिष सुमन मघेशवादी थियो, छ र रहनेछ । मघेश विरोधी एमालेले स्वागतको तयारी नगरोस् ।’ उसो त भ्रमको खेती गर्ने, झुटा आश्वासन बाडेर चुनाव जित्ने एमालेको पूरानो परिपाटी नै हो । र, अहिले उसका केन्द्रीय नेता भ्रम फैलाउने क्रममा रंगेहात समातिएका हुन् ।

प्रचण्डले भने, ‘१३०० माओवादीले रगत बगाएपछि मधेशवादी दलले संघीयता भन्न पाए’

कलैया, भदौ २४ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा १३०० नेता–कार्यकर्ताले मधेशमा बलिदान गरेपछि मात्रै मधेशी दलले संघीयता भन्न पाएको बताएका छन् । कलैया बलरामपुरमा आयोजित सभामा प्रचण्डले भने, ‘हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिकता भन्ने हैसियत थिएन। हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए । मधेसी दलहरुको एकल तागतले संघीयता नआएको भन्दै प्रचण्डले भने, ‘अहिले मधेशी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन्।

मधेशमा विकास र रोजगारी चाहिएको छ : मन्त्री साह

कलैया, भदौ २४ । नेपाल सरकारका सहरी विकास मन्त्री एवं माओवादी केन्द्रका नेता प्रभु साहले मधेश र मधेशी जनतालाई विकास र रोजगारी चाहिएको बताउनु भएको छ । कलैया उपमहानगरको बलरामपुरमा आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘हामी हिजो राजनीतिक परिवर्तनमा लाग्यौं । देशमा गणतन्त्र आयो, संघीयता आयो। अब मधेशमा विकास र रोजगारी चाहिएको छ। मधेशी जनता रोजगारी चाहन्छन्, गरिबीबाट मुक्त हुन चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन्, पूर्वाधार निर्माण भएको सुन्दर मधेश देख्न चाहन्छन्। यो मधेशी र पहाडियाका नाममा दुश्मनी गरेर बस्ने जमाना होइन, विकास र रोजगारीका लागि काम गर्ने जमाना हो, त्यसका लागि माओवादीलाई जिताअौ।’ मधेशमा बाटो चाहिएको छ, नहर चाहिएको छ, शिक्षा र स्वास्थ्य चाहिएको छ, अब त्यसका लागि संघर्ष गरौ, नेता साहले भने ।

सेलेब्रेटी प्रचण्ड : बाराका गाऊँ गाऊँमा सर्वसाधारणको भीड (भिडियाेसहित)

कलैया, भदौ २४ । भोजपुरी सिनेमा का ‘हीरो, हिरोइन’ थिएनन् त्यहाँ । तर त्यहाँ तछाडमछाड चलेको देखिन्थ्यो । मानौ कुनै चर्चित सेलेब्रेटी आइरहेका छन् । बाराका बिभिन्न गाऊँमा पुगेका छन् प्रचण्ड । दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनका क्रममा बाराका बिभिन्न गाऊँमा पुगेका प्रचण्डलाई हेर्न चाहनेहरु बाटो बाटोमा लाईन लागेका देखिन्थे । प्रचण्ड आज बिहान कलैया उप–महानगरपालिकाका बिभिन्न वडामा जनतामाझ पुगेका हुन् । प्रचण्डले जनतामाझ छोटो कुरा गरे । मधेशी जनताको सच्चा पहरेदार माओवादी भएको उनको भनाइ थियो । नेपाली भोजपुरी र हिदी भाषामा समेत कुरा गरे प्रचण्डले । प्रचण्ड बारापछि सरर्लाही र रौतहट जाने कार्यक्रम छ । भिडियाेमा  https://www.facebook.com/settings?tab=videos&view https://everestdainik.com/wp-content/uploads/2017/09/video-1504941336.mp4  

आम सर्वसाधारण जनता बाहेक कुनै अचल सम्पती छैन : स्वास्थ्यमन्त्री

काठमाडौ, भदौ २३ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा केही बैंक मौजाद, सञ्चार सामाग्री र केही अत्यावश्यक फर्निचरहरु बाहेक कुनैपनि अचल सम्पत्ती नरहेको बताएका छन । शुक्रबार मन्त्री पोखरेलले आफ्नो सम्पती विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउदा आफ्नो नाममा आम सर्वसाधारण नेपाली जनता बाहेक कुनैपनि अचल सम्पती नरहेको उल्लेख गरेका छन । स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार आफ्नो नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुइसय ६७ रुपैया ७१ पैसा र नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । उक्त रकमको प्राप्तीको श्रोत संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक हो । मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका–२ मा २३ रोपनी जग्गा रहेको छ । जुन सम्पत्ति पैत्रिक सम्पत्तिको रुपमा रहेको छ । उक्त जग्गा मध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ । यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायीक रेडियोमा पाँचहजार रुपैया शेयर रहेको सम्पती विवरणमा उल्लेख छ । मन्त्री पोखरेलसंग दुईवटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कअप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु रहेका छन् । उक्त सामाग्री संविधानसभाको सदस्य रहँदा र मन्त्री हुदाँ प्राप्त पारिश्रामिकबाट खरिद गरिएको मन्त्री पोखरेलले उल्लेख गरेका छन ।

सिरहा नपाको मेयरमा तीन चिकित्सक प्रतिस्पर्धामा कसले मार्ला बाजी

लहान, भदौ २३ । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना चिकित्सक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । बिरामीको उपचार गर्दै आएका तीनै जना मेडिकल डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । नेपाली काँग्रेसबाट डा सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । चुनावी प्रतिस्पर्धामा उत्रिएका तीनै जना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले अनुमान गरेका छन । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा सुभाषचन्द्र नेपाली काँग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरा हुन । डा सुभासचन्द्र काँग्रेसका महासमिति सदस्यसमेत हुन । उनीे सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गरी बिरामीको उपचारसमेत गर्दै आएका छन । यस्तै एमालेबाट प्रमुख पदका उम्मेदवार डा नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरा हुन । डा नवीन एमाले छाडेर विसं २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लडेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरे उनी फेरि एमालेमै प्रवेश गरी प्रमुखका उम्मेदवार बनेका हुन । उनले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका छन । नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिएका डा दिलीप सदा दलित समुदायको हुन । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत रहेका डा सदा अस्पतालबाट राजीनामा दिएर पहिल्लो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको बताएका छन । तीनै जनाले आफूहरु चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीव्रता दिने बताएका छन । उहाँहरुसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । फोरमबाट उम्मेदवार बन्नुभएका यादव पूर्वप्रमुखसमेत हुनुहुन्छ । सिरहा नगरपालिकाको प्रमुख पदका लागि काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, नयाँ शक्ति, नेकपा मालेका लगायतका दलका तर्फबाट नौ जना र स्वतन्त्र नौ गरी १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको सिरहा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् । नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क वितर्कसमेत हुन थालेका छन् । गाउँदेखि शहरसम्म चोकचोकमा विभिन्न पार्टीको झण्डा, उम्मेदवारको तुल लगायतले रंगिएका छन् । बाइस वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ ।

प्रचण्डले भने, ‘माओवादी नयाँ ढङ्गले पूनर्संगठित गरौं’

भरतपुर, भदौ २३ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र पार्टीलाई पूनर्संगठित गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो चितवनको भरतपुरमा आयोजित पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘वर्गीय समाजमा पार्टी पनि वर्गहरुको हुन्छ । नेपालमा पार्टीहरु वर्गकै प्रतिनिधित्व गर्छन् । हाम्रो पार्टी सर्वहारा श्रमजीवी वर्गको पार्टी हो । बीचमा हामीले वर्ग भुल्यौं, वुर्जुवा, पेटी वुर्जुवा जस्ता देखियौं । अहिले त्यसलाई सच्चाएका छौं । माओवादी पार्टीलाई सर्वहारा श्रमजीवी वर्गको पार्टी बनाएर पूनर्संगठित गर्नुपर्छ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी संसदवादी नभएको उल्लेख गरे । उनले भने, ‘हामी संसदवादी होइनौं । हामीले राजनीतिक प्रतिस्पर्धा मानेका छौं। जनताबाट निर्वाचित कार्यकारी प्रमूखसहित समाजवादमा जाने हाम्रो तयारी छ, हामी यसमा दृढ छौं।’ ‘माओवादी आन्दोलनमा दुई अति देखिए,’ प्रचण्डले भने, ‘एकथरी साथीहरु अब क्रान्ति सकियो भन्ने ठाने र बाहिरिए, अर्कोथरि साथीहरु सबै उपलब्धि अलपत्र पारेर भागे, त्यसरी क्रान्ति हुँदैन ।’ त्यस्तो अतिबाट बचेर मात्र क्रान्ति निष्कर्षमा पुग्ने उनले बताए ।

एमाले ढुलमुले चरित्रको मधेसप्रति अनुदार पार्टी : राजपा

काठमाडौं, भदौ २२ । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको अध्यक्ष मण्डलका पाँच जना सदस्यले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख तीन दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाएको छ। राजपा घोषणापत्रमा एमाले र माओवादी केन्द्रप्रति आक्रामक देखिएको छ । भने कांग्रेसप्रति केही नरम । राजपाले घोषणापत्रमा लेखेको छ, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्र प्रति प्रतिवद्ध छैन। मधेसमैत्री समेत होइन ।’ त्यस्तै नेकपा एमालेबारे लेखेको छ, ‘नेकपा एमाले संघीयता र समावेशिकरणको विरोधमा रहेको, ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार। यसको नेतृत्व प्रखर मधेस विरोधी पनि छन्।’ त्यस्तै नेकपा माओवादी केन्द्रबारे लेखेको छ, ‘नेकपा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो। शक्तिका बलमा सत्ता कब्जा गर्ने नीति बाट यो पार्टी सञ्चालित छ।

टिकटका विषयमा विवाद : कांग्रेसमा खुकुरी हानाहान, १० घाइते

सिराह । आगामी असोज २ गते हुने स्थानीय तहको चुनाबमा टिकटका विषयलाई लिएर नेपाली कांग्रेस सिराहमा विवाद हुँदा खुकुरी हानाहान भएर १० जना गम्भीर घाइते भएका छन । बुधबार सिराह नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् । सिरहा क्षेत्र नम्बर ३ का सभापति संजयप्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् । बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा यादवले जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद बढेर झडप भएको बताइएको छ । यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप तनाब हुन सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

चन्द्रपुर नगरपालिकाको मेयरमा ओली र नेपालका दुई आधिकारीक उम्मेदवार

रौतहट, भदौ २१ । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौल छाएको छ । उम्मेदवारद्वय उद्दव रेग्मी र बाबुराम दाहाल दुवैले टिकट लिएर गएपछि कार्यकर्ता आक्रोशित भएका छन् । दुवैले प्रदेश नम्बर २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षरमा पार्टीको आधिकारीक टिकट पाएका छन । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्लामा यस्तो अन्यौल भएपछि कार्यकर्ता रुष्ट भएका छन् । टिकट लिएकामध्ये दाहाल माधव नेपाल पक्षका हुन् भने रेग्मी पार्टी अध्यक्ष केपी ओली शर्मा पक्षका हुन् ।

एमाले कार्यालयभित्रै हात हालाहाल

वीरगञ्ज, भदौ २० । नेकपा एमाले पर्सामा उम्मेदवार छनोटमा चरम विवाद भएपछि कार्यालय सचिवमाथि हातपात भएको छ । एमालेका कार्यालय सचिव गंगा खड्का र सचिवालय सदस्य पुरेनकिशोर लाभलाई कार्यालयमा हातपात गरी बाहिर निकालेका छन् । लाभले धर्नामा बस्न आएका आफ्नै कार्यकर्ताहरूले कार्यालयभित्र हातपात गरी बाहिर निकालेको बताए । उम्मेदवार छनौटमा चरम असन्तुष्टि जनाउँदै एमालेका पर्सा–२ का सांसद विचारी यादव नै धर्नामा बसेका छन् । पर्साको वीरगन्ज महानगरपालिकाको वडा नं–२० मा रामकिशोर परागलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै धर्नामा बसेका हुन् । सांसद यादवलेले रामगढ्बास्थित पार्टी कार्यालय अघि धर्नामा बसेका हुन् । वडा कमिटीको सिफारिस र सांसदको सल्लाह नमानी शत्रुधन शुक्लालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पर्सा क्षेत्र नं. ३ का अर्का सांसद राजकुमार गुप्ताले पार्टीले आफ्नो निर्णय सच्याएको जानकारी दिएका छन् ।