आजको अपडेटः नेप्से परिसूचक कारोबारमा ८.५७ अंकले सुधार

काठमाडौं । साताको अन्तिम दिनको सेयर कारोबारमा ८.५७ अंकको सुधार आएको छ । बिहीबार १ बजेर ३ मिनेट जाँदासम्म बजार नाम्ने नेप्से सूचक ८।५७ अंकले बढेर १२९४.५३ विन्दुमा पुगेको छ ।

विगत केही दिनदेखि नेप्से सूचक र कारोबार रकम निकै सुस्त देखिएको छ । अहिलेसम्म बजेसम्म ११० कम्पनीको ७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार किनबेच भएको छ ।

बैंक तथा बित्तीय संस्थामा लगानी योग्य पुँजी अभाव भएकाले शेयरबजार त्यसबाट प्रत्यक्ष प्रभावित बनेको हो । शेयर कर्जा दिने वित्तीय संस्थाले पनि १५ प्रतिशत हाराहारीमा ब्याज लिइरहेका छन् । यसबाट शेयर किन्न सर्वसाधारण उत्सुक नबनेको अनुमान गरिंदैछ ।

बजारमा भने दिन प्रतिदिन शेयर भाउ सस्तो हुँदै गएको छ । भाउ सस्तो भएका बेला राम्रा कम्पनीहरुको शेयर छानीरोजी किन्ने लगानीकर्तालाई मौका आएको छ । लामो समय होल्ड गर्न सक्नेका लागि बजारबाट भविष्यमा राम्रै प्रतिफल मिल्न सक्ने विश्लेषकहरुको भनाई रहँदै आएको छ । नेपालीपैसाबाट साभार

१ बजेको अपडेटः नेप्से परिसूचक ०.१२ प्रतिशतले बढ्यो

काठमाडौं । मंगलबार दोस्रो घण्टाको व्यापारमा नेप्से परिसूचक ० दशमलव १२ प्रतिशत बढेको छ । सो अवधिमा नेप्से परिसूचक १ दशमलव ५७ अंकले बढेर १ हजार २ सय ७८ दशमलव ५८ विन्दुमा पुगेको हो । दोस्रो व्यापारमा १ सय १ कम्पनीको १ हजार ६९ पटकको व्यापारमा रू. ७ करोड २० लाख ५४ हजार २ सय १९ बराबरको १ लाख ४७ हजार ५३ कित्ता शेयर कारोबार भएको छ । सो अवधिमा युुनिलिभर नेपाल लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कारोबारमा आएका ९ समूहमध्ये बैङ्किङ् समूहको ० दशमलव २३ प्रतिशत, होटल समूहको ० दशमलव ७६ प्रतिशत, वित्त समूहको ० दशमलव ६४ प्रतिशत र अन्य समूहको परिसूचकमा ० दशमलव ८७ प्रतिशत वृद्वि देखिएको छ । कारोबारमा आएका बाँकी विकास बैंक समूहको ० दशमलव ४५ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ३३ प्रतिशत, बीमा समूहको ० दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २१ प्रतिशत र लघुवित्त समूहका शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ । अार्थिक अभियानबाट साभार

आठ महिनामा ३८ प्रतिशत मात्रै विकास बजेट खर्च

कैलाली । कैलालीमा चालू आर्थिक वर्ष २०७४–०७५ को दोस्रो चौमासिकसम्म पनि विकास बजेट न्यून खर्च भएको छ । फागुन महिना सकिन लाग्दा पनि जिल्लामा २ अर्ब २२ करोड ५८ लाख अर्थात् कूल विकास बजेटको ३८ प्रतिशतमात्रै खर्च भएको हो । यो अवधिसम्म कम्तीमा ५० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने थियो । तर, चालू आर्थिक वर्षमा पनि विगतको जस्तै विकासे अड्डाहरुले न्यून विकास बजेट खर्च गर्ने परिपाटी कायमै राखेकाले कम खर्च भएको हो । अहिलेसम्म पनि न्यून विकास बजेट खर्च भएकाले यो वर्ष पनि जिल्लामा ठूलो परिमाणमा बजेट फ्रिज जाने सम्भावना बढेको छ । अहिलेसम्म भएको बजेट खर्च सन्तोषजनक नरहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले बताएको छ । फागुन मसान्तसम्म कम्तीमा ५० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने भएपनि ३८ प्रतिशत मात्रै खर्च हुन सकेको कोष नियन्त्रक मदन पाण्डेले बताए । राष्ट्रिय गौरवका आयोजना रानी जमरा कुलरिया सिंचाइ र हुलाकी सडकबाहेक जिल्लामा रहेका अन्य ठूला आयोजनाहरुको प्रगति पनि निराशाजनक देखिएको छ । मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजनाले ५१ करोडको अख्तियारी पाएकोमा अहिलेसम्म २८ प्रतिशत खर्च गरेको छ । धनगढी–दिपायल फास्टट्रयाक योजनाले १५ करोडको अख्तियारी पाएकोमा ४६ प्रतिशत अर्थात् ६ करोड ९५ लाख खर्च गरेको कोष नियन्त्रक पाण्डेको भनाई छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका लागि १ अर्ब ४५ करोडको अख्तियारी आएकोमा अहिलेसम्म ४० करोड ८० लाख अर्थात् २८ प्रतिशतमात्रै बजेट खर्च भएको छ । सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्था अनुसार १५ जेठमै बजेट ल्याउने अभ्यास थालेपनि त्यसबाट खासै अन्तर नदेखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसले गर्दा यो आर्थिक वर्ष पनि ठूलो परिमाणमा बजेट फ्रिज जाने संकेत देखिएको छ ।

बैंकले कर्जा दिन छाडे

काठमाडौं, फागुन २९ । लगानीयोग्य पुँजी अभावमा बैंकले कर्जा दिन छाडेका छन् । २८ वाणिज्य बैंकमध्ये सरकारी लगानीका वाणिज्यबाहेक अरु सबैले कर्जा रोकेको अन्नपूर्णमा खबर छ । समाचार अनुसार नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तरलता अभावमा नयाँ र ठूला कर्जा प्रवाह रोकिएको जानकारी दिए । अहिले बैंकको कर्जा–पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशतभन्दा माथि छ । बैंकहरुले सीसीटी ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । ८० प्रतिशत सीसीडी रेसियो नघाउने जरिवाना तिर्नुपर्छ । यसले गर्दा बैंकले नयाँ कर्जा लगानी ठप्प पारेको अन्नपूर्णमा समाचार छ ।

शेयरबजार हरियो हुनेबित्तिकै बिक्रेता हाबी, नेप्सेलार्इ थामिनसक्नु

काठमाडौं । पुँजीबजार सोमबार पनि निकै अस्थिर देखिएको छ । लगातार गिर्दो क्रममा रहेको बजार सोमबार मध्यान्हमा केही बेर हरियो भएको थियो । बजार हरियो हुने बित्तिकै फेरि बिक्रेता हाबी भएपछि नेप्सेले त्यसलाई थाम्न सकेन । सवा दुई बजेतिर आइपुग्दा बजार फेरि रातै देखिएको छ । लगानीकर्ता बजारप्रति खासै सकारात्मक हुन सकेका छैनन् । अधिक आपूर्तिका कारण थोरै बजार बढ्ने बित्तिकै बिक्रेता ओइरिने गरेको फ्रन्टलाइनमा बसेर काम गरिरहेका ब्रोकरहरुको भनाई छ । यतिबेला बजारलाई चर्को ब्याजदरले पनि सताइरहेको छ । ब्याज बढाउन वाणिज्य बैंकहरुबीच नै होडबाजी चलिरहेको छ । चर्को ब्याजदर बजार घटाउने अर्को कारण देखिएको छ । सरकारले पनि बजार सुधारका पक्षमा केही पनि काम नगर्दा लगानीकर्ता झनै् अन्योलमा परेका हुन् । सवा २ बजेको अवस्था अनुसार नेप्से ३ अंकभन्दा बढीले तल झरेर १२८० विन्दु आसपासमा आइपुगेको छ । २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाली पैसाबाट साभार

१२ बजेको अपडेटः एक घण्टामा नेप्से परिसूचक ८.२० प्रतिशत घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमवारको पहिलो एकघण्टाको अवधिमा नेप्से परिसूचक ८ दशमलव २० प्रतिशत घटेको छ । शुरुको व्यापारमा केही सुधार आउने संकेत देखिएपनि एकघण्टाको व्यापारमा नेप्से परिसूचक ८ दशमलव ३८ अंक घटेर १ हजार २ सय ७५ दशमलव ७१ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा ९९ कम्पनीको ६ सय ६६ पटकको व्यापारमा रू। ३ करोड ४१ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ९ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेपनि अन्य समूहको परिसूचकमा कमी आएकाले समग्र शेयर बजारमा प्रभाव परेको हो । यस व्यापार अवधिमा बैंकिङ समूहको परिसूचक ०.६८, होटलको ०.६१, विकास बैङ्कको ०.७३, जलविद्युतको १.४९, वित्त समूहको ०.२४, बीमा समूहको ०.५७, लघुवित्त समूहको ०.४४ र ‘अन्य’ समुहको ०.६९ प्रतिशत घटेको हो । अार्थिक अभियानबाट साभार

ब्याजदर किचलोका कारण शेयरबजारमा असर

काठमाडौं । नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच देखिएको ब्याजदरको किचलो लम्बिदाँ त्यसको असर शेयरबजारमा देखिएको छ । यसले आईतबारको शेयरबजार साढे दुई घण्टामा २५ अंकले घटेको छ । कारोबारमा आएका सबै उप समूहमा गिरावट छाउँदा पाँच कम्पनी बाहेक सबै कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल बैंकर्स संघले आइतबार फेरि बैठक गरि प्रणालीगत जोखिम बढ्ने निष्कर्ष निकाल्दै २७ बैंकले एनआइसी एसिया बैंकसँग कुनै अन्तर बैंक कारोबार नगर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् । ब्याजदरको विषयले समग्र बैंकिङ्ग क्षेत्रमा हलचल ल्याउँदा अब के होला भन्ने अन्यौलता सेयर बजारको लगानीकर्तामा उत्पन्न हुँदा आइतबार शेयर कारोबार खस्किएको छ । बजारमा खरिद चापभन्दा विक्री चाप अधिक देखिएको छ । जसले गर्दा पाँच कम्पनी बाहेक कारोबारमा आएका सबैको सेयरमूल्य घटेको छ। १४५ कम्पनीका तीन लाख ९६ हजार कित्ता सेयर १६ करोड ५० लाख रुपैयाँमा खरिद विक्री भएका छन् । बीमा समूहमा सबैभन्दा बढी १८६ अंकले ओराले लाग्दा वित्त समूह सबैभन्दा कम २.५६ अंकले घटेको छ । सबैभन्दा बढी कारोबार भएको एनआईसी एशिया बैंकको सेयर ९१ लाख रुपैयाँमा खरिद विक्री भएका छन् । मेरोलगानीबाट साभार

१ बजेको अपडेटः शेयरबजारमा २३.३९ अंकले गिरावट

काठमाडौं । यो साताको पहिलो कारोबार १ बजेसम्म नेप्से परिसूचक २३.३९ अंकले ओरालो लागिसकेको छ। गत साता आईतबार र सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक मंगलबार र बुधबार उकालो लागेको थियो । नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो। समाचार तयार पार्दासम्म दोहोरो अंकले घटेको बजारमा १ सय ४० कम्पनीको १२ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। देशसञ्चारबाट साभार

अबको एक महिनापछि शेयरबजार दिगो वृद्धितर्फ

काठमाडौं । अहिले लगानीकताहरू मुख्यतः अर्थ मन्त्रालयले जारी गर्ने भनेको श्वेतपत्रको पखाईमा छौं । त्यसमा नेपाल सरकारले बजारप्रतिको आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वास हाम्रो रहेको छ । मध्यावधि समिक्षाको मुल्यांकन गर्दा अर्थमन्त्री डा.युवराज खतिवडा बजारको चाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने मान्यतामै रहेका देखिन्छन् । त्यसैले पनि मध्यावधि समिक्षामा शेयर बजारबारे उनले धेरै कुरा नगरेका हुन सक्छन् । हामी पनि अहिले उहाँले अपनाउनुभएको यो रणनीतिप्रति खुशी नै छौं । हाम्रो गुनासोमात्र के हो भने उहाँले मलाई यो विषय ठिक लाग्छ यो लाग्दैन भन्ने अर्थमा बजारबारे नबोलिदिनुभएको हुने थियो भन्ने हो । तर, यही साता सार्वजनिक हुने भनिएको श्वेतपत्रमा शेयर बजारबारे केही सम्बोधन भने अवश्य होला । चैतसम्म शेयर बजारमा ठुलो उतारचढाव नआउने अहिलेको परिस्थितिले देखाएको छ । मध्यावधि समिक्षामा सरकारले बैंकहरुले विदेशमा राखेको पुँजी फिर्ता ल्याएर वा वैदेशीक लगानी भित्र्याएर बैंकिङ क्षेत्रमा देखिएको पुँजी अभावको समस्या अन्त गर्ने बताएको छ । तरलता अभावको समस्या समाधानको लागि २र३ महिना लाग्ने अर्थमन्त्रीले अनुमान गर्नुभएको छ । मध्यावधि समिक्षामा सरकारले अर्थतन्त्रको अवस्था केही खराब भएपनि आत्तिनु पर्ने अवस्थामा नरहेको संकेत गरेको छ । यद्यपि, चैतमा कर तिर्ने समय हुने भएकोले सरकारी खातामा पुनः रकम थुप्रिने सम्भावना भने छ । अहिले केही बैंकले निक्षेपमा पुनः उच्च व्याजदर प्रस्ताव गरेका छन् । यो क्रम अरुले पनि पछ्याउन थालेमा बैकिङ क्षेत्रमा असन्तुलन भने हुन सक्ला । त्यसको प्रभाव बजारमा निश्चय नै पर्छ । बैंकहरुमा जति समस्या छ, त्योभन्दा बढि हल्ला गर्ने प्रवृत्ति पनि रहेको देखिन्छ । एउटा उदाहरण दिन्छु, केही समय अघिमात्रै पनि बैंकहरुसँग हामीले कुरा गर्दा ६५ अर्ब लगानी योग्य पुँजी छ भनेको थिए, तर त्यही दिन बैंकहरुमा पुँजी अभाव थप गहिरिएको खबरहरु सार्वजनिक भए । यो क्षेत्रमा ५२–५३ अर्ब रुपैयाँ तलमाथि हुने वित्तिकै हंगामा हुने गरेको छ । अहिले राष्ट्र बैंकले बैंकहरुलाई महिना अन्त्यमा निक्षेप र कोर पुँजीको तुलनामा कर्जा लगान (सीसीडी रेसियो) व्यवस्थित गरे हुने सुविधा दिएकोले धेरै समस्या हुन नपर्ने हो । बैंकहरुमा हुनेभन्दा पनि बाहिर ठुलो रुपमा समस्या देखाइने गरेको जस्तो लाग्छ । त्यसैले, बैशाखपछि भने परिस्थितीमा सुधार आउने अपेक्षा हामीहरुले गरेका छौं । स्थानी तहमा चैतमा ७५ अर्ब रुपैयाँ जाने भएको छ । स्थानीय तहले हाल प्रभावकारी रुपमा खर्च गर्न नसकिरहेका भएपनि बर्ष अन्त्य हुँदै जाँदा खर्च बढ्न भने सक्छ । सरकारले पछि खर्च गर्ने प्रवृत्ति बर्षको अन्त्यमा हुने भएकोले सरकारी खर्च पनि बढ्न सक्छ । त्यसैले बैशाखमध्य पछि अर्थतन्त्रमा पनि सुधार देखिदै जाँला भन्ने अपेक्षा हाम्रो छ । अनलाइनखबरबाट साभार

दैनिक उपभोग्य खर्चमा रेमिटेन्स

काठमाडौं, फागुन २६ । बढ्दो आयात मुलुकका लागि टाउको दुखाइको विषय बनेको छ। दैनिक उपभोग्य सामानको बढ्दो आयातले मुलुकको आर्थिक अवस्था दिनदिनै जीर्ण हुँदै गएको छ। यस्तो संस्कृतिको विकास गर्ने काममा विप्रेषणले सहयोगी भूमिका खेल्दै आएको छ। राष्ट्र बैंकले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले विप्रेषण आयातको २३.९ प्रतिशत घरखर्चमा जाने गरेको देखाएको छ। गत आवमा ६ खर्ब ९५ अर्ब रुपैयाँ विप्रेषण आयात भएको थियो। बैंककोे हिसाबलाई आधार मान्दा गत वर्ष एक खर्ब ९३ विप्रेषण घरायसी काममा प्रयोग भएको देखिन्छ। अर्कोतर्फ ऋण तिर्नका लागि विप्रेषणको २५.३ प्रतिशत खर्च भएको देखिन्छ। अनुसन्धानले नेपाल आउने विप्रेषणको एक दशमलव एक प्रतिशत उत्पादनमूलक काममा र २८ प्रतिशत बचत हुने गरेको देखाएको छ। यसको अर्थ नेपाली कामदारले पठाएको विप्रेषणको ७० प्रतिशत रकम दैनिकी चलाउने काममा खर्च हुँदै आएको छ। विप्रेषण आयातसँगै आयातित सामानको प्रयोगसमेत बढ्दो छ। श्रमविज्ञ गणेशमान गुरुङले विप्रेषण घर खर्च चलाउने काममा मात्र प्रयोग भएको बताए। उनले भने, ‘विप्रेषण बढे पनि यसको सही सदुपयोग हुन सकेन। उताबाट पठाएको पैसा यता बस्नेले आवश्यकताभन्दा बाहिरका सामान किनेर सके। जसले गर्दा अर्थतन्त्रलाई विप्रेषणले सोचे जति फाइदा दिन सकेन।’ नेपालका लागि वैदेशिक रोजगार अपरिहार्यजस्तै भएको छ। तत्कालका लागि वैदेशिक रोजगारबिना नेपालको अर्थतन्त्रले नधान्ने निश्चित छ। तर वैदेशिक रोजगारबाट बढी लाभ लिने र त्यसलाई दिगो बनाउनेतर्फ राज्यको ध्यान जान सकेको छैन।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

‘शेयरबजार अझै चार–पाँच महिना बढ्न गाह्रो’

काठमाडौं । हरेक शेयर बजारका आफ्नै विशेषता र आयाम छन् । बीच–बीचमा आउने उतार–चढाव बाहेक हरेक बजार ‘बुलिस ट्रेन्ड’ मै जाने हो, त्यही देखिँदै आएको पनि छ। नेपालको बजार हेर्ने हो भने यसअघिको बुल मार्केट २०१२ देखि अर्थात लगभग ३ सयको हाराहारीबाट सुरु भएको हो। त्यो २०१६ को जुलाई २७ सम्म अर्थात १८ सय ८१ अंकसम्म कायम रह्यो । लगभग ४ वर्षको अवधिमा ६ गुणाले बजार बढ्यो। १८ सय ८१ अंकयता हेर्ने हो भने नेप्सेमा उथलपुथल देखिएको छ। बीचमा १७ सयसम्म पुगेको थियो भने न्यूनतम साढे १२ सयसम्म झरेको थियो। नेप्सेको अंक हेर्दा बैंकिङ, बिमा, विकास बैंक लगायतका उपसूचक पनि हेर्नुपर्छ। वास्तविक रुपमा सबै सूचक हेर्ने हो भने १६ सय ७५ अंकबाट अर्थात विगत ६ महिनादेखि बजार तल झरिरहेको छ। सो विन्दुमा एउटा ‘टप’ लगाइसकेपछि बजार ओर्लिरहेको छ। यसलाई बियरिस मार्केट भन्न मिल्दैन, यो एउटा सुधार हो। न्यूनतम कति विन्दुमा सपोर्ट पाउला भन्ने कुरा अहिले चासोको विषय बनेको छ। अहिलेको अवस्था हेर्ने हो भने १२ सय ७९ को बिन्दुमा नेप्सेलाई सानो सपोर्ट देखिन्छ। यदी त्यो विन्दुमा सपोर्ट पायो भने पनि धेरै माथि जाने सक्ने क्षमता देखिँदैन। ५०र६० अंकसम्म बढ्न सक्छ। इलेभेटेड टेबललाई आधार बनाएर हेर्ने हो भने सुधारको चक्र पूरा हुँदा नेप्से करिब १२ सयको हाराहारीमा झर्न सक्छ। अर्थात ११ सय ९६ अंकमा सपोर्टको ५० प्रतिशत सम्भावना देखिन्छ। यसै विन्दुमा सपोर्ट पाउने आधार बलियो छ। त्यो लाइनलाई पनि पार गरेमा ११ सय ६० मा झर्न सक्छ। बीचमा केही अंकको उतारचढाव पनि देखिन सक्छ। कतिपयले ९ सयलाई पनि आधार बनाएर भन्ने गरेका छन्। त्यो विन्दुसम्म नेप्से नझर्ला। विष्णुप्रसाद बस्याल, वित्तीय विश्लेषकका अनुसार अझै केही महिनासम्म बजार झरिरहेमा यिनै विन्दुले टेवा दिन सक्ने देखिन्छ। आउने ४र५ महिनासम्म मैले अर्थपूर्ण रुपमा बजार बढ्ने संकेत कम देखेको छु। यसबीचमा केही अंकले बढ्न सक्ला तर त्यो बढ्न ‘टप’ लाग्ने आधार विन्दु हुँदैन। ४र५ महिनासम्मको उतारचढावपछि बजारले पुनः बुलिस ट्रेन्ड समाउन एउटा बलियो आधार विन्दु लिन सक्छ। जुन विन्दु २०१२ मा ३ सयको आसपासमा थियो। बुलिस ट्रेन्डले माथिल्लो विन्दु कति समाउँछ र कति अवधि लिन्छ भन्ने कुरा पनि महत्वपूर्ण छ। यी कुरा प्राविधिक रुपमा भन्न मुश्किल पर्छ। मेरो विश्लेषणनुसार २०२४ सम्म नेप्सेले करिब ६ हजार अंकको उचाइ लिन सक्छ। नेप्से यदि १ हजारसम्म नै घट्यो भने पनि यसले २०२४ सम्म ६ गुणाकै हाराहारीमा वृद्धि लिन सक्ने सम्भावना मैले देखेको छु। अर्थपूर्ण रुपमा ट्रेन्डको ‘बटन प्वाइन्ट’ परिपक्व नहुँदासम्म वृद्धिदर क्षणिक अथवा केही दिनको मात्रै हुनेछ। जुन विगत ६ महिनादेखिको ट्रेन्डले प्रष्ट पारिसकेको छ। अबको एक डेढ महिनासम्म घटेर नेप्से माथि जान सकेमा २ देखि ३ सयसम्मको वृद्धि लिन सक्छ। त्यसपछि फेरि बजारले ‘डाउन मुभमेन्ट’ नै लिन सक्ने देखिन्छ। २०१८ को अन्त्यमा मात्रै बजारले एउटा तलको निश्चित विन्दु समातेर क्रमिक रुपमा सुस्त गतिमा उकालो लाग्न सक्ने म देख्छु। अब लगानीकर्ता न्यूनतम पनि १२ सय अंकको तयारीमा रहनुपर्छ। यद्यपी त्यो अंक नै अन्तिम हुनेछ भन्ने पनि होइन। २०१२ मा झरेको ३ सयको अंकलाई नै अन्तिम आधार विन्दु बनाउँदा ९ सयको विन्दु पनि नछोला भन्न सकिँदैन। प्राविधिक विश्लेषणका पनि आ(आफ्नै सिद्धान्त हुन्छन्। आफ्नै सिद्धान्तमा रहेर अंकहरुको अनुमान गर्ने हो। त्यसकारण कसैको विश्लेषण नमिल्दा प्राविधिक विज्ञ नै फेल भए भन्नु पनि गलत हुन जान्छ। मैले आफ्नो सिद्धान्तका आधारमा विश्लेषण गरेको छु। जस्तो नेप्सेले १८८१ लाई ‘टप आउट’ गर्यो, जतिबेला बैंकिङ उपसूचकले पनि टपआउट गरेको थियो। बिमा, विकास बैंक लगायत अन्य क्षेत्रले अगष्ट २०१७ मा मात्रै गएर नयाँ उचाइ लिए। त्यतिबेला अरु क्षेत्रले नयाँ उचाई बनाएकै कारण परिसूचकलाई नै माथि ताने। जब १२५० को विन्दुमा नेप्से आयो, मार्केट टप आउट भएको छैन। अझै एक पटक माथि जान्छ भनेर मैले भनेको थिएँ। नेप्सेले नयाँ उचाई बनाउन नसके पनि १७ सयको हाराहारीमा त पुगेकै हो नि। अहिले चलिरहेको बजारलाई ‘स्टान्डर्ड इलेभेटेड’ प्रक्रियाबाट हेर्ने हो भने मैले भनेका कुराहरुमा प्रवल संभावना देखिन्छ। सेयर बजारमा सुधार्नुपर्ने कुराहरुः अनलाइन ट्रेडिङको विकास नेप्सेले गरिरहेको छ। यसलाई टुङ्ग्याउन जरुरी छ। मलाई लाग्छ उहाँहरु पनि यसमा सकारात्मक हुनुहुन्छ। जसले लगानीकर्तामा एउटा सकारात्मक सन्देश प्रवाह गर्छ भने कारोबारमा सहजता पनि थप्छ। अहिले नेप्सेले आफ्नै डाटाहरुलाई पनि व्यवस्थित गर्न सकेको छैन। त्यसलाई व्यवस्थित गर्नैपर्छ। कम्पनीहरुले जे कुराको रिपोर्टिङ गराएका हुन्छन् वा बोर्ड मिटिङका निर्णयहरु हुन्छन्, ति समयमै नेप्सेको वेबसाइटमा अपडेट हुनुपर्यो। ताकि सामान्य लगानीकर्ताले पनि समयमै सूचना पाउन सकून् अर्कोतर्फ सूचना चुहावट हुन नपाओस्। यहाँ सूचक बढ्यो भने मात्रै कमाउने अवस्था छ। तर घटेको अवस्थामा त्यो छैन। अर्थात ‘अप्सन’ वा ‘फ्युचर’ बजार छैन। हामीले बजार तल झर्दैछ भन्ने थाहा पाउँदा पनि त्यसबाट कमाउने अवस्था छैन। डेरिभेटिभ बजारको अवधारणा ल्याउनुपर्यो। एउटा सूचकको गतिलाई नै अनुमान गरेर पनि कमाउने वातावरण बनाउनुपर्यो। यसले लगानीको दायरा फराकिलो हुन्छ भने गुणात्मकता पनि ल्याउँछ। अर्को समस्या भनेको कम्पनीहरुले दिएका बोनस, हकप्रदले गर्दा आपूर्ति ज्यादा छ। दुई वर्षको अवधिमा ३ देखि ४ गुणा सेयर थपिएको छ। त्योअनुसार बजारले स्वीकार्न सक्ने सेयर लगानीकर्ताको संख्या बढेको छैन। सहभागी बढाउन नेप्सेले ब्रोकरलाई नै निश्चित गाइडलाइन्स तथा क्राइटएरियाहरु बनाएर जिम्मा दिएमा उचित हुन्छ। नेपालभर ब्रोकर कम्पनीहरु संचालन गर्नुपर्यो, यदी त्यो सम्भव छैन भने भएका ब्रोकर कम्पनीहरुलाई नै शाखा तथा उपशाखा खोल्न लगाएर देशभर पुर्याउन सकिन्छ। त्यस्तै वाणिज्य बैंकहरुका सहायक कम्पनीहरु छन्। उनीहरुमार्फत पनि ब्रोकिङ सेवा संचालन गर्न सकिन्छ। अर्को कुरा हामीले आइपिओ, एफपिओ आवेदन गर्छौं। त्यसमा पनि घरबाटै दिन सक्ने व्यवस्था हुँदा सहज हुन्छ। आइपिओमा आवेदन दिइसकेपछि बाँडफाँट चाँडो होस्। ताकि सेयर नपरेको पैसा चाँडो परिचालन गर्न सकियोस्। अर्को समस्या के देखिन्छ भने कम्पनीहरुले बोनस सेयर घोषणा गर्छन्, तर डिम्याट खातामा आउन निकै समय लाग्छ। त्यसमा पनि नेप्से र धितोपत्र बोर्डले मिलेर सुशासनमा ल्याउनुपर्यो। कम्पनीहरुको संस्थागत सुशासन निकै कमजोर देखिएको छ। त्यसलाई सुधार्न नियामकले कडा कदम चाल्नुपर्यो । हामीले अर्थतन्त्रको आकारलाई हेरेर सुहाउँदो इन्डेक्स परिकल्पना गर्नु वा अपेक्षा गर्नु हुँदैन। सूचीकृत कम्पनीहरुको वित्तीय स्थिति कस्तो छ, कति प्रतिफलमूलक छन्, आउने दिनमा कति दिन सक्छ भन्ने कुराले नै इन्डेक्सको मुभमेन्ट आउने हो। मेरोलगानीबाट साभार

भूतपूर्व सैनिकलाई चार वर्षमा सात अर्ब लगानी

काठमाडौँ । नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ । उक्त बंैकले गएको चार वर्षमा २१ हजार १६१ भूतपूर्व सैनिकलाई लघुवित्त व्यवसायका लागि बिनाधितो ४ दशमलव ५ प्रतिशत सहुलीय ब्याजदरमा रु तीन अर्ब ५० करोड ५४ लाख कर्जा लगानी गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डे जानकारी दिनुभयो । भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाको प्रस्तावमा बैंकले २०७० माघबाट भूपूसैनिक सम्मेलनकै अवसर पारेर सेवामूलक कार्यक्रमअन्तर्गत सहुलीयत ब्याजदरमा लगानी अघि बढाएको हो । मुलुकमा हाल भूपूसैनिक ५५ हजार ९६९ तथा पारिवारिक निवृत्तिभरणमा रहेकाको संख्या १२ हजार ४१७ रहेको कल्याणकारी बोर्डले जनाएको छ । बैंकबाट ऋण लिएर व्यवसाय शुरु गरेका भूपूसैनिकले छोटो अवधिमा पर्याप्त आम्दानी लिन सफल भएपछि बैंकले लघुवित्तको लगानीमा ह्वात्तै वृद्धि गरेको हो । समयको हेक्का र अनुशासनभित्र रही जिम्मेवारी निर्वाह गर्ने भूपूसैनिकले बंैकको ऋणबाट भौगोलिक धरातल र बजारको मागका आधारमा व्यवसाय सञ्चालन गर्दै आएका कारण छोटो समयमा उदाहरणीय प्रगति हासिल गर्न सफल भएकोे सेनाको ठम्याइ छ । नेपाली सेनाले हिताधिकारीको आवश्यकता र मागलाई ध्यानमा राखेर भूपू सैनिक सम्मेलन वा अरू कुनै कार्यक्रममार्फत कल्याणकारी बोर्डबाट प्रदान गर्ने सबै कार्यक्रम घरदैलोमै पु¥याउने प्रयास गरिरहेको कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत पदमविलाश कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जीवनको ऊर्जावान् महत्वपूर्ण समय संगठन र मुलुकको खातिर समर्पण गरेका भूपू सैनिकको जीवन शैलीमा सुधार गरी परिवर्तन ल्याउन सकियोस् भने भनेर शुरु गरिएको कार्यक्रमबाट निकै राम्रो नतिजा प्राप्त भइरहेको छ, ऋणीले व्यवसाय बढाउँदै लगेका छन्, कार्यक्रम ज्यादै सफल भएको छ ।” लघु व्यवसाय सञ्चालन गर्न चाहने महिला उद्यमीलाई रु पाँच लाख तथा पुरुषलाई रु चार लाखसम्म बैंकले कर्जा प्रवाह गर्नेछ । कृषि तथा पशुजन्य कार्यक्रम रहेका सहकारीमार्फत व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता समूहमा आउने उद्यमीलाई बैंकले रु एक करोडसम्म लगानी गर्ने जनाएको छ । बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिएर भूपू एवम् आश्रित परिवारले खासगरी अम्रिसो र अलैँची खेती तथा बंगुरपालन, भैँसीपालन, गाईपालन, बाख्रापालन, मौरीपालन, माछापालन तथा किराना पसल र होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । रासस

माइक्रो फाइनान्सले महिलालाई मुखिया बनाउँदै

कालीकोट । कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । आठ वर्षअघि खांडाचक्र नगरपालिका–२ निवासी नानी शाहीलाई घर खर्च चलाउनु परेमा श्रीमान्सँग पैसा छ कि भनेर माग्नुपर्ने अवस्था थियो । तर अहिले ठीक उल्टो भएको छ । श्रीमान्ले आवश्यक परेको बेलामा आफूसँग पैसा मागेर समस्या टार्न थालेको उहाँको भनाइ छ । उहाँले विगत सात वर्षअघि सहकारीको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर पहिलो पटक पाँच हजार रुपैयाँ कर्जा लिएर व्यवसाय शुरु गर्नुभएको हो । सामान्य चिया पसलबाट आरम्भ गरेको व्यवसाय अहिले बढ्दै गएको छ । नानी अहिले श्रीमान्सँग मिलेर जिल्ला अस्पतालमा होटल व्यवसाय गर्दै आउनुभएको छ । जिल्ला अस्पतालमा खाजाघर सञ्चालन गरेर मासिक २३ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ उहाँले । जिल्ला अस्पतालभित्र र बाहिर सञ्चालन गरेको खाजाघरमा बिहानदेखि बेलुकासम्म उहाँलाई भ्याइनभ्याई छ । अहिले समूहका महिला सदस्यको विश्वासबाट तीन लाख रुपैयाँभन्दा बढी कर्जा लिनुभएका उहाँले मासिक रुपमा कर्जाको किस्ता तिर्नुहुन्छ । यसैको आम्दानीबाट घर खर्च मात्र होइन छोरीलाई अनमिसम्म पढाउन सफल पनि हुनुभएको छ । पहिले समाजमा पुरुषलाई मात्र कर्जा दिने साहुमहाजनभन्दा महिलालाई विश्वास गर्ने सहकारी तथा वित्तीय संस्थाका कारण आफूहरुलाई उद्यमी बन्ने अवसर मिलेको यहाँका महिलाहरु बताउँछन् । कतिपय महिलाले अन्य निकायबाट सीप सिकेर समूहबाट कर्जा लिई सफल उद्यमी बनेका छन् । नरहरिनाथ गाउँपालिका तीन निवासी शान्ति बुढा अहिले श्रीमान् जहले बुढाको सहयोगमा घरमा कुखुरापालन र खुद्रा पसल चलाउनुहुन्छ । यस अतिरिक्त उहाँ तरकारी खेती पनि गर्नुहुन्छ । । खुद्रा पसलबाट व्यवसाय शुरु गर्नुभएको बुढाले गाउँको साहुबाट वार्षिक ३६ प्रतिशतमा २० हजार कर्जा लिनुभएको थियो । त्यही सिलसिलामा कुमाल गाउँमा हिमचुली कृषि सहकारी संस्था लि.ले माइक्रो फाइनान्स समूह गठनका लागि पठाएका कर्मचारीबाट संस्थाबाट पाउने सुविधाका बारेमा थाहा पाउनुभयो । कर्जा पाउन र कमाएको रकम बचत गर्न सहज हुने देखेपछि गाउँका महिला जम्मा गरेर समूह गठन गर्दै पहिलो पटक ५० हजार रुपैयाँ कर्जा लिएर साहुको २० हजार फिर्ता गर्नुभयो । त्यसैबाट कारोबारलाई बढाएर अहिले मासिक १२ हजारसम्म आम्दानी गरिरहेको बुढा बताउनुहुन्छ । छोरीलाई काठमाडौँमा रेडियोलोजी पढाउँदै आउनुभएको छ उहाँले । उहाँले भन्नुभयो, “माइक्रो फाइनान्स समूह नभएको भए छोरीको पढाइका लागि थुप्रै ऋण लिनुपर्ने हुन्थ्यो । अहिले समूहबाट लिएको कर्जा मासिक रुपमा तिर्न सफल भएको छु ।” अहिले माइक्रो फाइनान्स समूहबाट तीन लाख ६० हजार रुपैयाँ कर्जा लिएको उहाँ बताउनुहुन्छ । आफूहरुलाई अहिले श्रीमान्सँग स–सानो कुनै पनि रकम माग्नु नपरेको बरु उल्टै आफूहरुले दिनुपरेको बुढाको भनाइ छ । रास्कोट नगरपालिका–५ निवासी मनपुरा तिरुवाको जीवनशैली अहिले परिवर्तन भएको छ । उहाँको खुद्रा पसल गर्ने चाहना भएपनि श्रीमान्को कमाइले सम्भव हुने नदेखेपछि एक वर्षसम्म सोचेको कुरा मनमा राखेर बस्नुभयो । अन्ततः इच्छा मुताबिक उहाँले सहकारी संस्थाको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर कर्जा लिई व्यवसाय शुरु गर्नुभयो । गाउँबाट बजारमा खुद्रा व्यवसाय शुरु गर्नुभएको मनपुराले घर खर्च व्यहोर्दै मासिक किस्ता पनि तिर्दै जानुभएको छ । उहाँले भन्नुभयो, “आफूलाई आवश्यक पर्ने गरगहना पनि जोडेको छु । समूह आफूहरुका लागि माइती जस्तै भएको छ ।” स्थानीय जनप्रतिनिधि हुने अवसरसमेत पाउनुभएका मनपुरा तिरुवा समाजको अगुवाको भूमिकासमेत निर्वाह गरिरहनु भएको छ । चार वर्षअघि २३ जना महिलाको अगुवा हुनुभएका मनपुरा सामाजिक काममा समेत सहभागिता जनाउनुहुन्छ । जिल्लाका अधिकांश महिला अहिले आत्मनिर्भर हुने वातावरण बनेको यहाँका महिलाको भनाइ छ । कालीकोट जिल्लामा महिलामा आत्मविश्वास बढ्दै गएको र सहकारीका समूहमा बसेर नेतृत्व गर्न सक्षम हुने अवसरसमेत मिलेको माइक्रो फाइनान्स प्रबन्धक मनिका बोहरा बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि महिलाले कर्जा लिए पनि पुरुष बिना व्यवसाय सञ्चालन असम्भव देख्नेका लागि यहाँका महिलाले उदाहरणीय काम गरेर देखाएका छन् । बोहराले भन्नुभयो, “समाजमा हेलाँको दृष्टिले हेरिने एकल महिला पनि समूहमा आबद्ध भई व्यवसायी बन्न सफल हुनुभएको छ । उहाँहरुको व्यवसाय समाजका लागि उदाहरणीय बनेका छन् ।” कुमालगाउँ निवासी रत्ना भण्डारा एकल महिला हुन् । उहाँले गाउँमा कुखुरापालन गरेर राम्रो कमाइ गरिरहनु भएको छ । पहिले पहिले गाउँमा खुद्रा पसल शुरु गर्दा अर्कै नजरले हेर्नेहरु आफूले शुरु गरेको कुखुरापालन व्यवसाय र खुद्रा व्यापार देखेर छक्क पर्ने गरेको उहाँ बताउनुहुन्छ । श्रीमान् हुने महिलाका लागि आफू उदाहरण बनेको र घर खर्चका लागि कुनै कठिनाइ नभएको उहाँको भनाइ छ । जिल्लामा माइक्रो फाइनान्स सञ्चालन गरेको हिमचुली सहकारीले अहिले ६ हजार ५०० महिलालाई नौ करोड कर्जा प्रवाह गरेर व्यावसायिक बनाएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताउनुभएको छ । उहाँले भन्नुभयो, “पहिले पहिले कर्जा लिँदा कसरी तिर्ने होला भन्ने चिन्तामा पर्ने गरेको भए पनि अहिले भने महिलामा व्यावसायिक दक्षता बढ्न थालेको छ ।” सात वर्षअघि शुरुआतको चरणमा पाँच हजार कर्जा प्रवाह गर्ने सहकारी संस्थाले अहिले व्यवसाय हेरेर तीन लाख सम्मको कर्जा प्रदान गर्दैआएको छ । महिलाले कमाएको रकम लघु बचत, लघु बिमा र लघु कर्जाका माध्यमबाट उनीहरुलाई नै आत्मनिर्भरतातर्फ उन्मुख गराउने काम मात्र नभई सहकारीले सामाजिक काममा समेत अगुवाको भूमिका निर्वाह गर्दै आएको संस्थाका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई व्यावसायिक मात्र हैन आर्थिक क्षेत्रमा महिलाको पहुँच वृद्धि गराउन पनि सहकारी सफल भएको छ । कालीकोट जिल्लामा महिलालाई आगामी तीन वर्षसम्म १५ हजार महिलालाई समूहमा आबद्ध गराउने सहकारीले लक्ष्य छ । कालीकोट जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने दुई दर्जन सहकारी संस्थाका साथै एक दर्जन लघुवित्तको काम गर्ने वित्तीय संस्था छन् । चारभन्दा बढी वित्तीय संस्थामा बसेर बचत गर्ने महिला पनि छन् । महिलाका लागि अवसर र चुनौती दुवै थपिएको किसान माइक्रो फाइनान्समा काम गर्दै आउनुभएका दीपक विष्ट बताउनुहुन्छ । नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मानशोभा बुढाले महिलामा चेतना अभिवृद्धि भएको र उनीहरुलाई हरेक क्षेत्रमा अवसर दिँदै अगाडि बढाउन जरुरी रहेको बताउनुहुन्छ । रासस

यस वर्षको बजेट १० खर्ब ८३ अर्ब

काठमाडौं, फागुन २४ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो । बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो । यो प्रक्षेपित बजेट गत आर्थिक वर्षको यथार्थ खर्चको तुलनामा ३१ प्रतिशतले बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष ०७३/७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको थियो । कुल बजेटमध्ये चालूतर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड खर्च हुने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । यसअघि सरकारले ८ खर्ब ३ अर्ब चालू बजेट विनियोजन गरेको थियो । चालू खर्चतर्फ मध्यावधि समीक्षामार्फत गरिएको प्रक्षेपण सुरुको विनियोजनको ९१ दशमलव ९६ प्रतिशत हो । त्यस्तै, यस वर्ष २ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ मात्रै पुँजीगत बजेट खर्च गर्न सकिने प्रक्षेपणसमेत अर्थ मन्त्रालयले गरेको छ । यसअघि ३ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरे पनि त्यसको ७० प्रतिशत मात्रै खर्च हुने अनुमान अर्थले गरेको हो । वित्तीय व्यवस्थातर्फ भने यसअघि कुल १ खर्ब ४० अर्ब विनियोजन गरेकामा ७८ प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब ४२ करोड बजेट खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरको हो ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा

मोरङ । माटोको सामग्री बनाउने कुम्हाले समुदायको पुख्र्याैली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ । पण्डितका अनुसार करिब २० वर्षपहिले माटोका भाँडा बनाएर एक परिवारले वर्षमा रु ५ लाखदेखि ६ लाख कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हुँदैन, भइहाल्यो भने चाडपर्वको याममा एक परिवारले रु ५०÷६० हजारसम्म माटोको सामग्री बेचेर आम्दानी हुन्छ । उहाँले भन्नुभयो, “आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसंग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौं ।” अर्का रामसुफल पण्डितले आपूmहरुको पुख्र्यौंली पेशा परम्परागत संस्कारले मात्रै धानेको बताउनुहुन्छ । “माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आपूmहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ,” उहाँले भन्नुभयो, “अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।” आपूmहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाको ध्यान पुग्न नसकेको उहाँको गुनासो छ । आपूmहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको उहाँको भनाइ थियो । राष्ट्रिय जनगणना २०६८ का अनुसार कुम्हाले जातिका महिला ३० हजार ४१६ र पुरुष ३१ हजार ९८३ गरी कूल ६२ हजार ३९९ जनसंख्या रहेको छ । उनीहरु तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आइरहेका छन् । कुमालेले माटोका कलश, कोहा, ढकन, घैला, दियो बनाउने गर्दछन् । रासस

माथिल्लो कर्णाली आयोजना : स्थानीयवासीले मुआब्जा पाएनन्

दैलेख, फागुन २३ । माथिल्लो कर्णाली आयोजनाबाट प्रभावित स्थानीयवासीले तोकिएको अवधि सकिँदा समेत मुआब्जा पाएका छैनन् । मुआब्जा फागुन ५ मा दिनसक्नुपर्ने सम्झौतामा उल्लेख थियो । मुआब्जा वितरण नहुँदा आयोजना निर्माण नै अन्योलमा परेको छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई हालसम्म १२ प्रतिशत मात्र मुआब्जा दिएको छ । आयोजना निर्माणको जिम्मा पाएको जीएमआर कम्पनीले वित्तीय स्रोत जुटाउन नसक्दा मुआब्जा वितरणमा अन्योल भएको एक कर्मचारीले बताए । ‘स्थानीय निकाय, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावले सझौताअनुसार मुआब्जा दिन सकिएन,’ उनले भने, ‘अब केही दिनमै मुआब्जा वितरणलाई निरन्तरता दिन्छौं ।’ कम्पनी अहिले प्रदेशसभाको निर्णय कुरिरहेको उनको भनाइ छ । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा भएको पटकपटकको आक्रमणमा स्थानीयवासीले कम्पनीलाई शङ्का गरेको जीवन थापाले बताए । ‘कम्पनीमा आठपटक आक्रमण भइसक्यो,’ उनले भने, ‘तर आक्रमण गर्ने व्यक्ति नसमातिनुले कम्पनीप्रति नै शङ्का उब्जेको छ ।’ भरपर्दो सुरक्षा व्यवस्था नहुँदा कम्पनीको कार्यालयमा बारम्बार आक्रमण भएको तिलक शाहीले बताए । उनले भने, ‘आयोजना तथा यस्ता घटनाप्रति सरकार र कम्पनी नै गम्भीर छैन ।’ सरकारले चासो नदिए मुआब्जा दिन कम्पनीले वर्षौं लगाउने र जग्गा खरीद प्रक्रिया धकेल्दै जाने आठबीस नगरपालिकाका उपप्रमुख दीपा बाहोराले बताइन् । सरकारले पटकपटक म्याद थप्दै जाने तर आयोजनाले विभिन्न बहानामा ढिलाइ गर्नाले आयोजना निर्माण नै अन्योलमा देखिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपालेको भनाइ छ । कम्पनीको लापरबाहीले हालसम्म कुनै कामले तीव्र गति लिन नसकेको आठबीस नगरपालिका–३ का अर्जुन शाहीले गुनासो गरे । आयोजनाको कार्यालय अहिले एकजना सुरक्षा गार्डको भरमा सञ्चालन हुँदै आएको छ । सर्भे भएकै १० वर्ष बित्दासमेत कम्पनीले हालसम्म १ सय २० रोपनी जग्गाको मात्र मुआब्जा दिएको छ । ९ सय २० रोपनी जग्गा खरीद गर्नुपर्ने कम्पनीले यसमा चासो देखाएको पाइँदैन । आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति त्यस क्षेत्रका बासिन्दा आक्रोशित छन् ।