अपडेट : स्वर्गद्वारी जिप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो

काठमाडौं, चैत ११ । स्वर्गद्वारी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज विहान प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ४ रुमालेमा भएको बा ८ च १५६१नम्वरको जीप दुर्घट्नामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा गम्भिर घाइते भएका अर्का एक जनालाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।

मृत्यु हुनेहरूमा ललितपुर १४ तिखेदेवलका एकै परिवार ४ जना रहेका छन् भने अन्य ललितपुरकै तीन जना रहेका छन् ।

मृत्यु हुनेहरुमा दिनेश ध्वज बस्नेत, उनकी श्रीमती पद्मा बस्नेत, छोरीहरू दिया बस्नेत, दीक्षा बस्नेत रहेका छन् । त्यस्तै सोही स्थानका श्रृष्टी जि सी र अम्बिका गजुरेलको घटना स्थलमै मृत्यु भएको हो भने सुनिता श्रेष्ठको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका अन्य दुई जनाको उपचार भइरहेको छ भने घटनाको कारण भने अझैसम्म खुल्न सकेको छैन ।

याे पनि पढ्नुस्

प्यूठान दुर्घटनाका मृतक सबै ६ जनाको सनाखत

अपडेट : प्यूठान दुर्घटनाका मृतक सबै ६ जनाको सनाखत

 

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड भेटघाटमा व्यस्त

काठमाडौं, चैत ११। बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहिवार राति चीन प्रस्थान गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ शुक्रबार विहानैदेखि भेटघाटमा व्यस्त भएका रहेका छन् । प्रधानमन्त्री प्रचण्डले ग्वाङझाओमा नेपाली समुदायसँग भेटघाट गरेका छन् । त्यस्तै मध्यान्ह बोआओ होटलमा बसेका उनले त्यहाँको थाङ्का प्रदर्शनी अवलोकन गरेका गरे । गौतम बुद्धको जीवन दर्शनमा आधारित थाङ्का प्रदर्शनीको उनले अवलोकन गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । अपरान्ह चिनियाँ प्रधानमन्त्री प्रचण्डले त्यहाँका उपप्रधानमन्त्री झाङ गावलीसँग भेट गरेका छन् । आज साँझ उपप्रधानमन्त्री गावलीले दिने रात्रीभोजमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड चैत १६ गते स्वदेश फर्किने छन् ।

अपडेट : प्यूठान दुर्घटनाका मृतक सबै ६ जनाको सनाखत

प्यूठान, चैत ११ । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप आज विहान दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । स्वर्गद्वारी नगरपालिका–४ स्थित रुमालेमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरुमा ललितपुर–१४ तिखेदेवलका एकै परवारका ४ जना रहेका छन् भने अन्य दुई जनाको पनि मृत्यु भएको छ । मृत्यु हुनेहरमा दिनेशध्वज बस्नेत, पद्मा बस्नेत , दिक्षा बस्नेत र डिहा बस्नेत एकै परिवारका रहेका छन् भने ललितपुर–१४ कै श्रृष्टी बराल, र सुनिता श्रेष्ठको पनि ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान दुर्घटनामा परि मृत्युह हुनेहरुको प्रहरीले सनाखत गरेको छ । घाइते हुनेमा चालक सरोज घले, सुशीला बराल र अम्बिका गजुरेल रहेका छन् । घाइतेहरुलाई भिगृ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ज्यान गुमाएकाको शव हेलिकप्टरबाट ललितपुर लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । याे पनि पढ्नुस् स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

बैद्य माअोवादीका केन्द्रिय नेता सहित एक दर्जन कार्यकर्ता माअोवादी केन्द्र प्रवेश

काठमाडौं, चैत ११ । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नै कार्यक्रम गरी वैद्यका केन्द्रीय नेताहरुसहित दर्जन कार्यकर्तालाई एकै साथ पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश गराउँदै प्रचण्डले  प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै माओवादी केन्द्रले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताएका छन् । प्रधानमन्त्रीले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, समानुपातिकता, धर्म निरपेक्षतासहितका उपलब्धीहरु माओवादी नेतृत्वमै प्राप्त भएकाले यसको रक्षा र थप उपलब्धी हासिल गर्न पनि माओवादीकै नेतृत्व अपरिहार्य रहेकोमा जोड दिए । प्रधानमन्त्रीले माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियानमा आफू लागेको बताउँदै छरिएर रहेका सबै माओवादीलाई एकतावद्ध हुन आग्रह गरे । उनले माओवादीहरु एकतावद्ध हुँदा जनतामा आशाको सञ्चार भइरहेको बताउँदै एकता अभियान जारी रहने बताए । माओवादी केन्द्रमा समाहित हुनेहरुमा माओवादी क्रान्तिकारी भेरी कर्णाली इन्चार्ज धनजित शाही, कालिकोट सेक्रेटरी दुर्गाप्रसाद काफ्ले, मुगु सेक्रेटरी सुरबहादुर बुढासहित सयभन्दा बढी नेता, कार्यकर्ता छन् ।

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्यूठान, चैत ११ । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन् । सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ । बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन । घाइतेको अवस्था गम्भीर रहेको र प्राथमिक स्वास्थ्य चौकी, भिङ्ग्रीमा उपचार जारी रहेको स्थानीय तथा घटनास्थलमा पुग्नुभएका टेकप्रसाद भण्डारीले जानकारी दिनुभयो । घटनास्थलमा अहिले जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली जाँदैछ । इलाका प्रहरी कार्यालय, भिङ्ग्रीबाट गएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् । रासस

सरकारलको अनलाइन निर्देशिकाप्रति महासंघको आपत्ति

काठमाडौं, चैत ११ । सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेकोमा नेपाल पत्रकार महासंघ आपत्ती प्रकट गरेको छ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकारवाला संस्थाको संलग्नतामा कार्यदल बनाइएकोमा कार्यदलको सुझावलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता लागू भएको वर्तमान संवेदनशील अवस्थामा पुरानै निर्देशिकाको स्रोत र आधारभूमिमा टेकेर नयाँ निर्देशिका जारी गरिनुले सरकारको नियतमाथिसमेत प्रश्न खडा गरेको महासंघले जनाएको छ । महासंघका महासचिव उजिर मगरले जारी गरेको प्रेस विज्ञप्तिम भनिएको छ, ‘सुशासन ऐनलाई टेकेर ल्याइएको यस निर्देशिकाले भर्खर फस्टाउँदै गरेको अनलाइन माध्यमको भूमिकालाई संकुचित गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने भएकोले महासंघ यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गर्दछ ।’ अनलाइनसम्बन्धी कुनै कानुनी प्रबन्ध गर्नुपर्दा प्रेससम्बन्धी विद्यमान संबैधानिक तथा कानुनी ब्यवस्था र अनलाइनमाध्यमको प्राविधिक पक्षलाई मनन गर्न एवं जनताको सार्वभौम थलो संसदमार्फत नयाँ कानुन निर्माणको प्रक्रिया अवलम्बन गर्न महासंघले आग्रह गरेको छ । महासंघले उक्त निर्देशिका तत्काल फिर्ता नलिए विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान

काठमाडौ‌ं,  चैत ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहिवार राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्रीका सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अपर्ण गरेको थियो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी रहनुभएको छ । प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बोआओमा रहँदा प्रधानमन्त्रीले यही चैत ११ गते चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न उहाँ बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्नुहुनेछ । प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कनुहुनेछ । रासस

महोत्तरी पुगेर डा.भट्टराइले भने, ‘मलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर’

बर्दिवास, चैत १०। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफू राष्ट्रवादी भएको भन्दै उनलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर भन्दै ‘तिमीहरुको राष्ट्रियता के हो ? भन्ने प्रश्न गरेका छन् । राष्ट्रिय एकताको लागि भन्दै नयाँ शक्तिले सुरू गरेको हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियान लिएर बिहीबार महोत्तरीको बर्दिवास पुगेका डा.भट्टराईले भने ‘कुनै एउटा जाति मात्र नेपाली अरु चाँही नेपाली होइन भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको छ ।’ ‘यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु’ डा.भट्टराईले भने । उनले सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेसमा बस्ने मधेसीलाई गैरनेपाली देख्नु नै गलत भएको बताए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र सबैलाई विदेशीले ल्याइदिएको भन्नेहरुप्रति प्रतिप्रश्न गर्दै उनले अग्रगामी कुराजति विदेशीको र पछाडि परेका कुराहरु चाहिं स्वदेशी भनेर दिल दिमाग भुट्ने गरेको धारणा राखे । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘संघीयता भनेको एउटै घरमा दाजुभाइहरुलाई फरकफरक कोठा दिनुजस्तो मात्र हो, के यसो गर्दा घर टुक्रिन्छ रुघरमा अशान्ति हुन्छ ? केही बेइमान र ठगहरुले इतिहासलाई बंग्याएर उपलब्धिलाई न्यूनीकरण गरेर भ्रम सिर्जना उनको आरोप थियो । आधा गिलास खाली र आधा गिलास भरी छ भनेर आफूले संविधानमा भएको अपूर्णतालाई औंल्याएको भन्दै उनले संविधानलाई पूर्णता दिन आफू निरन्तर संघर्षरत रहेको बताए । संविधान संशोधनलाई त्यत्तिकै छाडेर चुनावतिर लैजान सरकारले योजना बनाइरहेको उनले भने । नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झाले एमालेले गलत सन्देश फैलाइरहेको बताउँदै लगाउँदै जनताको भावनाको विपरित कार्यक्रमहरु गरेर जनताले बलिदान दिनुपर्ने अवस्था आएको बताए ।

हरेक मतदाता तथा उम्मेद्वारलाई सुरक्षा दिइने

काठमाडौं, चैत १० । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाबारेमा जानकारी लिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । छलफलमा आयोगका पदाधिकारीले सुरक्षा तयारीका विषयमा कमजोरी हुन नपाओस् भनेर थप सुझाव पनि दिएका थिए । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानपछिको मतपेटिका ढुवानी, मतगणनाको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था हुने गरी काम गर्न निर्देशन दिए । निर्वाचन आयोग, उच्चस्तरीय सुरक्षा समितिका संयोजकसमेत रहनुभएका आयुक्त सुधीरकुमार शाहले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाप्रति सन्तोष व्यक्त गर्दै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयनयोग्य सुरक्षा योजनालाई प्राथमिकता दिन आग्रह गरेका थिए । गृहसचिव लोकदर्शन रेग्मीले क्षेत्रीयदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा सुनिश्चितता दिने किसिमले मन्त्रालय अगाडि बढेको जानकारी गराए । छलफलमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सचिव गोपीनाथ मैनाली पनि सहभागी थिए । यसैगरी निमित्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठसमेत सहभागी थिए । मतपत्र छपाइ जारी स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा जारी छ । यही चैत ६ गतेदेखि सुरु भएको छपाइका क्रममा १२ जिल्लाका मतपत्र छापिइसकेको प्रवक्ता शर्माले जानकारी दिए ।

गोरखा भूतपूर्व सैनिकहरू आन्दोलनमा उत्रिने

काठमाडौं, चैत १० । गोरखा भूतपूर्व सैनिकले आफ्नो अधिकार सुनिश्चित गराउन माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त चेतावनी दिएको हो । सम्मेलनमा बेलायती सैनिकसरहको सुविधा नेपालमै उपलब्ध गराउने पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको हो । नेपाल सरकारले भूपू गोर्खाहरुलाई स्वदेशमा फर्कने वातावरण बनाउनसके बेलायत पुगेका हजारौं भूपूसैनिक नेपाल फर्कने दाबी पनि सो संगठनले गरेको छ । नेपालमै वेलायतको सरह सुविधाहरु पाउनेपर्ने, गोरखा सैनिकमा रहेकाहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गर्नुपर्ने, गोखौली सैनीकहरुका लागि वेलायतले भारतको वैकहरुमा रकम दिने गरेकोमा सो रकम नेपालमै उपलब्ध हुनुपर्ने लगायत २१ बुँदे माग अघि सारेका छन् । आफ्ना मागहरुको सम्बोधन नभए मागहरुलाई अन्तर्राष्ट्रिकरण गरी आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिइएका हुन् ।

चमेना गृह र शौचालय सहितको बस सञ्चालनमा

डडेल्धुरा, चैत १० । चमेनागृह र शौचालय सहितको अत्याधुनिक सुविधा व्यवस्था भएको बस सञ्चालनमा आएको छ । उग्रतारा सार्वजनिक यातायात समितिले बिहिबारदेखि चलाउन थालेको डडेल्धुरा— काठमाडौँ बसमा वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी पनि रहेको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठ्माडौँ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए । आज एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा रु दुई हजार तोकिएको छ । डडेल्धुराबाट काठमाडौँ तथा काठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक/एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ ।

चीनका रक्षामन्त्री चाङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं, चैत १० । तीनदिने नेपाल भ्रमणमा आइपुगेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । बिहिबार मध्यान्ह १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिए । रक्षामन्त्री चाङसँग प्रधानमन्त्री प्रचण्डले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पारे । चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्रीले बताए । नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोगप्रति उनले आभार व्यक्त गरे । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्वन्धप्रति प्रधानमन्त्रीले खुशी भए । भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको आजदेखि हुन लागेको चीन भ्रमणको पूर्ण सफलताको कामना गरे । उनले नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति खुशी लागेको भनाइ राखे । मन्त्री चाङले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका चीन सरकारको तर्फबाट धन्यवाद दिए । नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नजिकवाट सहयोग गर्ने उनले जानकारी दिए । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए।

चिनियाँ रक्षामन्त्री तीनदिने नेपाल भ्रमणमा

काठमाडौँ, चैत १० । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नुहुनेछ । रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नुहुनेछ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोलि भेटवार्ता गर्नुहुने कार्यक्रम रहको छ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्नुहुनेछ ।

युएईमा मानव तस्कर सक्रिय, भारतको बाटो हुँदै १५ नेपाली महिला युएई पुर्याएको खुलासा

युएई, चैत १० । युएईमा मानव तस्करहरु सकृय रहेको खुलासा भएको छ । विभिन्न दलाल मार्फत १५ जना नेपाली महिलाहरुलाई प्रलोभनमा पारेर गैरकानुनी तरिकाले युएई पुर्याइएको खुलासा भएको हो । तस्करहरुले महिलाहरुलाई दुवई पुगेपछि तुरुन्त काम पाईने भन्दै आश्वासन दिएर लाने र अरबीको घरमा काम गर्न बाध्य पार्ने गरेको तथ्य खुलेको हो । तर, दलालहरुले सबै महिलाहरुलाई भिजिट भिसामा युएई ल्याउने गरेको दुतावास स्रोतले जनाएको छ । युएईमा भिजिट भिसामा काम गर्न नपाइने नियम छ । मानव तस्करबाट युएई पुर्याइएका १५ जना भन्दा बढी नेपाली महिलाहरुले दलालले भनेजस्तो राम्रो काम नपाएपछि भागेर दुताबासको शरणमा पुगेका छन् । अहिले दुताबासको सेल्टरमा १५ जना नेपाली महिलाहरु रहेको दुताबासले जनाएको छ । पथरिया ४ झापाकी सविता गौतम, झापा प्रिथ्वीनगरकी जसु शाही र सोही ठाउँकी मेनुका खरेल अहिले दुतावासको शरणमा पुगेका छन् । उनीहरुलाई गएको जुलाईमा भिजिट भिसा मार्फत भारतको बाटो हुँदै दुवई ल्याइएको थियो । जीवन पुन र शिखा पुनले काममा लगाउने भनेर थुनेर राखेको पीडितले बताएका छन् । नेपालबाट उनीहरुलाई सुष्मा श्रेष्ठ नाम गरेकी दलालले पठाएकी हुन । शिखरपुर ४ मकवानपुरकी रन्जिता घलेलाई भिमसेन गुरुङले र मकवानपुरकै राईगाउँ ६ की चरिमाया बस्नेतलाई मिङ्गमार तामाङले, सिन्धुपाल्चोक बाराम्ची ८ कि मंङगली तामाङ र इचुकी शर्मिला नेपालीलाई स्थानीय दलाल धन बहादुर तामाङ र लालमान तामाङले डेढ महिना पहिले भिजिट भिसामा भारत हुँदै युएई ल्याएका थिए । उहाँलाई युएईमा जीवन पुनले अजमानमा रहेको एजेन्सीमा लगेको र पछि जहाँ काम पाइन्छ त्यहीँ पुर्याउन थालेपछि भागेर दुतावास पुगेको बताएकी छिन । उनीसँगै गोल्झे ६ सिन्धुपाल्चोककै ठुलीकान्छी लामा पनि दूतावास पुगेकी छिन् । उहाँलाई पनि जीवन पुनले नै समस्यामा पारेका हुन् । त्यस्तै झापा शिवसतासीधामकी प्रेजिना योङ्ह्याङ र तारालाल ५ बर्दियाकी पार्वती ओलीलाई डेढ महिना अघी भिजिट भिसामा भारत हुँदै दुबई ल्याइएको थियो । दुबई ल्याएर अर्जुन बजगाईंले अजमानमा रहेको कम्पनीमा राखेको बताईएको छ । योङ्ह्याङलाई झापाकी स्थानिय एजेन्ट सरस्वती मगर र बर्दियाकी ओलीलाई सलीम मियाले नेपालबाट भारत पुर्‍याएको र भारतमा दिनेश भन्ने एजेन्टलाई बुझाएका थिए । दिनेशले उनीहरुलाई भारतबाटै युएई उडाएका थिए । यहाँ ल्याएर पनि अभिमुखिकरण तालिम दिने भन्दै दुर्व्यबहार गरेको र ओमान पठाउन खोजेपछि भागेर दुतावास पुगेको उनको भनाई छ । यसैगरी बेगाना-४ धनकुटाकी भिमकुमारी लिम्बुलाई दुर्गा भुजेल नाम गरेकी दलालले पठाएकी हुन भने झस्कु ९ दोलाखाका सुकमाया तमाङलाई छत्रे विश्वकर्मा नाम गरेका दलालले भिजिट भिसामा युएई पठाएका थिए । आहाले ३ धनकुटाकी सिर्जना राईलाई सन्तोष मगरले, पर्सौनी चितवनकी सबिता पाठकलाई रमेश गुरुङ र शिला कोइराला मार्फत युएई ल्याईएको पीडितले बताएका छन । टिकापुर कैलालीकी अनुजा भण्डारीलाई पुग्ने बित्तिकै काम लगाइदिने भन्दै माया सापकोटाले गैर कानुनी तवरले युएई पठाएकी थिईन भने ईलामकी आसमाया राईलाई निर्मला लावती नाम गरेकी दलालले पठाएकी हुन । कानुनी कारबाहीको प्रकृयामा दुताबास  नेपाली दुताबास अबुधाबीले सेल्टरमा आएका पिडित र पीडकहरुको नामावली सँकलन् शुरु गरी कारबाहीको प्रकृया शुरु गरेको जनाएको छ ।  ‘हामी दलाल र एजेन्टहरुको नाम सूची तयार पारेर कारबाहीको प्रकृयामा जान लागेका छौ ।’ दुतावासकी श्रम सहचारी हिरा कुमारी यादबले बताईन्, ‘गैरकानुनी काम गर्ने मानब तस्करहरुलाई कारबाही हुन्छ’ । मानब तस्करका अघिपछि डन मोरङकी सोम माया तामाङ केही दिन पहिले एजेन्सीबाट भागेर रसअल खैमह पुगिन । उनलाई दलालले दुबईमा काम मिलेको भन्दै झुक्याएर अज्मान पुर्याएर कोठामा ताला लगाएर राखिएको अवस्थामा उनी सहित एक अर्की सोममाया नाम गरेकी महिला भागेर रस अल खैमा पुगेका थिए । उनलाई खोज्दै अज्मानमा रेक्रुटमेन्ट एजेन्सी खोलेकी एलिसा राई डन लिएर रसअल खैमह पुगिन । उनीहरु मध्ये एक जना महिला अरबीको घरमा काम गर्न नसकेको भन्दै इलिसा राई र उनकी श्रीमानले कुटेर घाइते अवस्थामा रहेकी थिईन् । ती महिला २२ घण्टा भन्दा बढी अरबीको घरमा काम गर्नु परेको भन्दै भागेकी थिईन् । उनीहरुलाई खोज्दै एलिसा ३ वटा गाडीमा डन लिएर रस अल खैमा पुगेकी थिईन् । एलिसाले मोरङकी सोममायालाई ओमान पठाउने तयारी गरेपछी उनी भागेकी हुन । ४ महिनाको गर्भवती महिला शेल्टरमा अज्मानमा रहेको रेक्रुटमेन्ट एजेन्सीको सेल्टरबाट भागेकी सोममाया राईले उक्त सेल्टरमा एक नाम नखुलेकी गर्भवती महिला रहेको बताएकी छिन । उनी ४ महिनाको गर्ववती रहेको र उक्त एजेन्सी नेपाली मालिकले लगातार औषधी खुवाएर गर्भ तुहाउने प्रयास गरिरहेको उनले बताईन ।  ‘औषधी खाए पछी उनी बेहोस् जस्तै हुन्थिनू, उनले भनिन,’ म हुन्जेल सम्म गर्भ तुहिएको थिएन’ । उनी को हुन् र कसरी गर्भ रहेको थियो भन्ने बारे थप केही खुलेको छैन । पत्रकारलाई धम्की मानबतस्करी गरेको समाचार बिभिन्न अनलाइन समाचारमा आए पछी उक्त कार्यमा संलग्न एजेन्ट जीबन पुनले समाचार शेयर गर्ने र लेख्ने सबैलाई युएईको कानुन अनुसार कारबाही गर्ने धम्की दिएका छन । पत्रकारलाई फोन गरी समाचार शेयर समेत नगर्न उनले धम्की दिएका हुन । दुताबास गएर आवश्यक छलफल गरी समस्याको समाधान गर्न सुझाब दिदा उनले आफुले केही गल्ती नगरेको भन्दै समाचार लेख्नेलाई स्थानीय ब्यक्ती लगाएर कारबाही गर्ने धम्की दिएका छन । यसैगरी अज्मानमै रहेको एजेन्सीकी एलिसा राईले सोममाया तामाङलाई भगाएको भन्दै रस अल खैमाकै एक नेपालीलाई प्रहरी लगाएर कारबाही गर्ने धम्की दिएकी छिन । कहिले प्रहरीले फोन गरेको भन्दै त कहिले अरबाबले फोन गरेको भन्दै फोनमा धम्की दिने गरेको उक्त पीडितले बताएकी छिन् ।

शहीद गौतमको घरमै पुगेर माओवादी केन्द्रले दियो छ लाख नगद

कञ्चनपुर, चैत १० । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानेर हत्या गरेका नेपाली युवा गोबिन्द गौतमको परिावारलाई माओवादी केन्द्रले घरमै पुगेर नगद ६ लाख प्रदान गरेको छ । बिहिबार माओवादी केन्द्रकी नेतृ वीना मगरले शहीद गौतमको श्रीमती लक्ष्मी गौतमलाई घरमै पुगेर भेटेर नगद छ लाख दिएकी हुन् । नगद रकम हस्तान्तरण गर्दा गौतमका बुबा, आमा र छोरीलाई साथै राखिएको थियो । माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । धनगढीबाट १० किलोमिटर दक्षिणको सीमावर्ती कञ्चनपुरको आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा फागुन २६मा एसएसबीले प्रहार गरेको गोली लागि गौतमको निधन भएको थियो। सरकारले फागुन २७मा एसएसबीको गोलीबाट निधन भएका पुनर्वास–८, कञ्चनपुरका २५ वर्षका गौतमलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित प्रहरीले ११ तोपको सलामी सहित फागुन २९ मा दोदा नदीकिनारमा अन्त्येष्टि भएको थियो । शहीद गौतमको परिावालाई नेकपा एमालेले दिने भनेको पाँच लाख रुपैयाँको चेक वाउन्स भएपछि आलोचना भएको थियो ।

प्रधानमन्त्रीले भने-चीन भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ

काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले उच्चस्तरीय भेटघाट हुने र त्यसले नेपाल–चीन सम्बन्धलाई नयाँ आयाममा लाने बताए । प्रधानमन्त्री प्रचण्डले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको भएपनि दुई देशबीच विश्वासको वातावरण बढाउने र नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिए । प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको बताए । प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र विज्ञ ज्यूका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद दिए । उक्त भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डे र विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना महत्वपूर्ण सुझाव राखेका थिए । प्रधानमन्त्री बिहिबार साँझ चीन प्रस्थान गर्दैछन् ।