आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

जाजरकोट, मङ्सिर २०। आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।

सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले आइतबार सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो ।

नलसिंहगाड जलविद्युत् आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गराउनका लागि वुद्धिबहादुर र उनकी श्रीमतीले दबाब दिँदै आएका थिए ।

जग्गाको नामसारी गराउन देउमीले जेठा छोराका छोराछोरीको सहमति बिना गर्न नमानेपछि उनीहरुले आमाको हत्या गर्ने योजना बनाएका थिए ।

जग्गा नामसारीका लागि श्रीमती शर्मिलाले कि आमालाई मार कि म भिरबाट हामफालेर मर्छु भनेपछि आफूले आमाको हत्या गरेको वुद्धिबहादुरले अदालतको बयानमा स्वीकार गरेका थिए ।

आमाको हत्यापछि उनीहरुले घर नजिकैको बारीमा शवलाई गाडेका थिए । प्रहरीका अनुसार सुतिरहेकी आमालाई वुुद्धिबहादुरले बन्चरोले टाउकोमा हिर्काएका थिए ।
अरुले थाहा पाउलान भनेर वुद्धिबहादुरका श्रीमान्, श्रीमतीले लास गाडेको ठाउँमाथि तिरमिलो बेर्नाे पनि रोपेका थिए । गत साउन २२ गते आमालाई मारेर मकैबारीमा गाडेका वुद्धिबहादुरले २३ गते बिहान गाउँभरि आमा घरबाट हराएको हल्ला चलाएका थिए । आमालाई खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन दिएका थिए । देउमीका भतिजा हरिबहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

घटना भएको तीन हप्तापछि प्रहरीले दुवै लोग्ने स्वास्नीलाई पक्राउ गरेको थियो । वुद्धिबहादुर जाजरकोट कारागारमा छन् भने शर्मिला साढे दुई वर्षको छोराका साथमा बर्दियाको कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

देउमीका श्रीमान् लगवीर खत्री र जेठा छोरा बुहारीको पनि मृत्यु भइसकेको छ । देउमी जेठा छोराका दुईजना छोराछोरी पालेर बस्दै आएकोमा उनीहरु अध्ययनका लागि जिल्ला बाहिर गएपछि एक्लै बस्दै आएकी थिइन् । रासस

व्यवस्थापिका वैठक मंसिर २२ गते बस्ने

काठमाडौं, मंसिर १९ । आज बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक पुनः सारिएको छ । संविधान संशोधन विधेयकविरुद्ध एमाले तथा विपक्षी दलका सांसदहरुले वैठक अवरुद्ध गरेपछि आगामी मंसिर २२ गतेसम्मका लागि वैठक स्थगित गरिएको हो । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले बोलेलगत्तै विपक्षी दलका सांसदहरु आफ्नो सिटबाट उठेर वैठक अवरुद्ध पारेका थिए । सभामुख ओनसरी घर्तीले बारम्बार आफ्नो सिटमा बस्नका लागि पटक पटक अनुरोध गर्दा पनि सांसदहरुले अटेर गरेपछि आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । संसदको अर्को बैठक २२ गते दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढाउन कार्यसूची थियो ।

यस्तो रहेछ टोपबहादुरको असन्तुष्टि ?

१९ मंसिर, काठमाडौं । नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संसोधनको प्रस्ताव माओबादी केन्द्रको प्रस्ताव नभई सरकारको प्रस्ताव भएको बताएका छन् । संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै रायमाझीले आन्दोलनकारीको माग पनि नभएको र त्यहाँका जनता र जनप्रतिनीधीको भावना विपरित कसको चाहानामा प्रस्ताव आएको यसले आफू आश्चर्यमा परेको बताए । पार्टी भित्र कुनै छलफल नगरि जानकारी मात्र गराएको आधारमा पार्टीको प्रस्ताव भन्न नमिल्ने भन्दै उनले माओबादी केन्द्रबाट संविधान संसोधनको प्रस्ताव पास नभएको जिकिर गरे । जनचाहाना विपरित आएको प्रस्ताव कुनै पनि हालतमा पास नहुने भन्दै रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार हुने बताए । आफू जनताबाट निर्वाचीत प्रतिनिधी भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संसोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने बताए । सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पास गरिए पाँच नम्बर प्रदेशमा मात्र होइन प्रत्यक प्रदेशमा किचलो सुरु हुने उनले भनाई छ । संविधान संसोधनको विषय पार्टीको निजी मामीला हुन नसक्ने भन्दै उनले यसमा पार्टीले ह्वीप लगाउन नसक्ने र आफू जस्तोसुकै अवस्थामा पनि संविधान संसोधनको प्रस्तावको विपक्षमा उभिने प्रतिबद्धता व्यत्त गरे ।

प्रस्तावित ४ नम्बर प्रदेशको यस्तो छ ‘जातीय क्लस्टर’

अहिले ४ नम्बर प्रदेशमा रहेका १७ वटै जिल्लाको पानीढलो बुटवल नै हो । भोली विकास चरणको कुरा गर्दा ४ नम्बर प्रदेशमा जाने सबै स्रोत बुटवलबाटै हो । पहाडको मुख्य स्रोतको व्यपार, व्यवसाय बुटवलसँगै जोडिने हो । यी सबै विषयलाई छर्लङ्गै्र देख्दा देख्दै ५ नम्बर टुक्रिनु हुँदैन भन्ने मानसकिता एमालेगणमा बढी नै देखिन्छ । यसले एमालेभित्रका आदिवासी जनजातिहरुको मौनता र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मगर समुदायप्रति न्याय गर्दैनन् भन्ने प्रष्ट भएको छ । मधेसी समुदाय र आदिवासी जनजातिको बढि माग उठाउने फोरमका अध्यक्ष यादव मगर समुदायको सानो क्लस्टर बन्दा किन यसरी बिच्किने ? काठमाडौं, मंसिर १९ । संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएपछि यतिबेला ५ नम्बर प्रदेशमा भूगोल राजनीति केन्द्रित भएको छ । सबै दलका तेस्रो, चौंथो तहका नेताहरु एक ठाउँ देखिएका छन् । बुटवलमा शुक्रबार जनप्रर्दशन समेत गरिएको छ । बुटवलले दिएको सन्देश धेरै छैन, केवल ५ नम्बर प्रदेश ‘टुक्रिनु’ हुँदैन भनेर एउटा वर्ग पुरै लागेको छ । सामान्यतः सुगमता, विकास निर्माण, क्षेत्रीय हिसाबले ५ नम्बर सिंगै राख्ने भनिए पनि त्यहाँभित्रका मूलवासीहरुको यर्थातता र गहिराईमा भने कोही पुगेको देखिन्न । मात्रै ५ नम्बर ‘अखण्ड’ राख्ने बाहेक अरु केही बोलिएको छैन । जब, उच्च अदालत दाङमा रहने निर्णय भयो त्यसपछि ५ नम्बर प्रदेशमै रहेका कतिपय जिल्लावासीहरु झस्केपछि पुर्नंसरचनामा बहस देखिएको हो । तर, यही पुर्नंसरचनाको विषयलाई लिएर आन्दोलन देखिएको छ । ५ नम्बर किन पुर्नंरचना हुनु हुँदैन भन्ने तर्क स्वयं आन्दोलनरत पक्षले समते प्रष्टाएको छैन । केवल सरकारले मधेसी, भारतीय इसारामा टुक्राएको भनेर भ्रम सृजना गरिरहेको छ । पहिलेको ७ नम्बर प्रदेश बन्दा सबै भन्दा मर्का यस देशका भूमिपुत्र मगर समुदायलाई परेको छ । सोंझा, इमान्दार, आफ्नो जन्मभूमि नछोड्ने स्वभावका उनीहरु नेपालको कुल जनसंख्याको तेस्रोमा पर्छन । अहिले जुन ढंगले एकाकीं भएर पहाडिया ‘नश्लवादी’ नेताहरु बुटवलमा झरेर दक्षिणी विकासको मानसिकतामा देखिए । उनीहरुको रोइलो उदेक लाग्दो छ । १८ लाख ७० हजार ८ सय ९० जनसंख्या रहेको मगर समुदायलाई संविधानमा उल्लेख भए अनुसारको प्रदेशले कुनै सम्बोधन गरेको छैन । बरु उनीहरुलाई तीन चिरा पारेर साना–साना संख्यामा राख्ने काम गरेको थियो । पछिल्लो प्रस्तावले कम्तिमा उनीहरुको एउटा क्लस्टर बनेको छ । त्यसलाई नश्लवादी पहाडियाहरुले बुटवलबाट फेरी दिन हुन्न भनेका छन् । यसैले प्रष्ट हुन्छ शासकहरु शासन गर्न के सम्म गर्छन भन्ने उदाहरण पछिल्लो पटक बुटवलमा प्रकट भयो । हिजो मधेसी मोर्चाले नाकावन्दी गर्दा मधेसी विखण्डनकारी । अहिले मगरहरुलाई थोरै क्लस्टर मिलाईदिंदा जातिवादी ? यो रवैयाले के पुष्टि हुन्छ ? एकात्मक मानसिकता, नश्लवादी सोंचबाट ग्रसित नेताहरु वर्षौं राज्य सत्ता कब्जा गर्ने नीतिमा देखिन्छन । अहिले पाँच नम्बरको केही जिल्ला ४ नम्बरमा गाभेपछि त्यस्तो आपत्ति जनाउनु पर्ने कारण केही देखिन्नँ । कुल मगर जनसंख्याको ४६.०६ प्रतिशत ४ नम्बर प्रदेशमा पर्न जान्छ । यद्यपी सबै समुदायको कुल जनसंख्यामा २२.६५ प्रतिशत मात्रै देखिन्छ । ता कि खस, आर्यको ४०.५६ प्रतिशत देखिन्छ । अहिले ४ नम्बर प्रदेशमा रहेका १७ वटै जिल्लाको पानीढलो बुटवल नै हो । भोली विकास चरणको कुरा गर्दा ४ नम्बर प्रदेशमा जाने सबै स्रोत बुटवलबाटै हो । पहाडको मुख्य स्रोतको व्यपार, व्यवसाय बुटवलसँगै जोडिने हो । यी सबै विषयलाई छर्लङ्गै्र देख्दा देख्दै ५ नम्बर टुक्रिनु हुँदैन भन्ने मानसकिता एमालेगणमा बढी नै देखिन्छ । यसले एमालेभित्रका आदिवासी जनजातिहरुको मौनता र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मगर समुदायप्रति न्याय गर्दैनन् भन्ने प्रष्ट भएको छ । मधेसी समुदाय र आदिवासी जनजातिको बढि माग उठाउने फोरमका अध्यक्ष यादव मगर समुदायको सानो क्लस्टर बन्दा किन यसरी बिच्किने ? (यसअघि प्रकाशित तथ्याङ्कमा खस, अार्यकाे ४०‍.५६ प्रतिशत हुनुपर्नेमा असावधानीका कारण अन्यथा भएकाले सच्चाइएकाे  छ । सम्पादक)

चुनावी रणनीति बनाउँदै माअोवादी केन्द्र

काठमाडौ,मंसीर १ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चुनावलाई प्राथमिकता दिएको छ । संसदमा दर्ता भएको संविधान संसाेधन पछि चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष सहित उसले चुनावी रणनीति बनाउन तयारी गरेको हो । अाइतबार प्रधानमन्त्रीको नीजि निवास लाजिमपाटमा पार्टी हेडक्वाटर बैठक राखेर केन्द्रले अान्तरिक संगठनलाई बलियो बनाउँदै स्थानीय चुनावमा जाने बारेमा संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल गरेकाे छ । माअोवादी केन्द्रको अध्यक्ष बाहेकका पदहरुको वाँडफाँड भएको छैन । त्यस्तै पार्टीको पोलिटव्यूरोमा संख्या थप गर्ने बारेमा पनि छलफल गरेको छ । पार्टीको  केन्द्रीय समिति जम्बो बनेपनि अझै कुरा मिल्न नसक्दा पार्टीमा भद्रगोलको अवस्था देखिएको छ । अाजको बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भएको छ, छिट्टै सबै कुरा मिलाउँछौं ।’ बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन, ‘आजको बैठक राजनीतिक विषयमा प्रवेश गरेन, पार्टीको आन्तरिक संगठनात्मक विषयमा बैठक केन्द्रित रह्यो । पोलिट्ब्यरो संख्या र आगामी कार्ययोजनाबारे बैठकमा छलफल गरियो । अन्तिम निर्णय दिउँसो बस्ने पोलिट्ब्यूरो बैठकले गर्नेछ ।’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा पार्टी आगामी स्थानीय तहको निर्वाचन लक्षित भएको उनले भनिन । पोलिट्ब्यूरो बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पनि प्रवक्ता भुसालले जानकारी दिइन् ।

डा. गोविन्द केसीले तोडे २२ दिन लामो अनसन

काठमाडौं, मंसिर १९ । प्राध्यापक डा. गोवन्द केसीले २२ दिनपछि अनसन तोडेका छन् । भूकम्पमा अामा गुमाएका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा। केसीले अनसन तोडेका हुन् । सरकार र डा. गोविन्द केसी समर्थक प्रतिनिधिबीच १२ बुँदे सहमति भएपछि अाइतबार उनले अनसन तोडेका हुन् । केसीको अनशन तोड्नुअघि सरकारी पक्षसँग आइतबार बिहान १२ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । शनिबार नै दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर हुने भनिए पनि अाइतबार मात्र सहमतिमा हस्ताक्षर भएको थियो । सहमति अनुसार एमबीबीएस अध्ययनका  काठमाडौं उपत्यकामा ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर ४२ लाख भन्दा बढी शूल्क लिन नपाइने व्यबस्था गरिएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग राखेर डा‍. केसीले कात्तिक २९ गतेदेखि दशाै चरणको अनसन सुरु गरेका थिए । केसीको माग अनुसार अाइअोएमको नयाँ डिनमा जगदिशप्रसाद अग्रवाल नियुक्त भएका छन् । शुक्रबार दिउँसो डिन केपी सिंहले राजीनामा दिएका थिए । शनिबारदेखि लागूहुनेगरी अग्रवाल डिनमा नियुक्त भएका हुन् । सहमति अनुसार अब चिकित्सा एन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाइने छैन । त्रिवि उपकुलपतिको बर्खास्तिको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।  

हजारौ क्युवाली जनताले दिए क्याष्ट्रोलाई अन्तिम श्रद्धाञ्जली

बिबिसी, स्यान्टियागो, मंसिर १९ । क्युबाका दिवंगत नेता फिडेल क्याष्ट्रोको अस्तु उनले क्रान्ति थालेको सहर स्यान्टियागोमा पुर्‍याइएको छ। सेलाउनलाई ल्याइएको सो अस्तु सहरमा आइपुगेपछि ठूलो भीडले ‘फिडेल अमर रहुन्’ भन्ने नारा लगाएका थिए। उनलाई अन्तिम श्रद्धाञ्जली चढाउने कार्यक्रममा हजारौं मानिस सहभागी हुने ठानिएको छ। झण्डा हल्लाइरहेका तथा फिडेल क्याष्ट्रोको तस्बिर बोकेका मानिसहरु अस्तुलाई राजधानी हभानाबाट चार दिने यात्रामा स्यान्टियागो सहर ल्याउने कार्यक्रम हेर्न आएका थिए। फिडेलका भाइ तथा राष्ट्रपति राउल क्याष्ट्रोले स्यान्टियागोमा हुने कार्यक्रमको नेतृत्व गर्दैछन्। भेनेजुएला, निकारागुआ तथा बोलिभियाका नेताहरुका साथै अर्जेन्टिनाका फुटबल खेलाडी डियगो म्याराडोना त्यहाँ उपस्थित हुँदैछन्। साथै ब्राजिलका पूर्व राष्ट्रपतिहरू लुइज इनासियो लुला डा सिल्भा तथा जिल्मा रुसेफ पनि सो कार्यक्रममा सामेल हुन क्युबा पुगेका छन्। सन् १९५३ को जुलाई २६ मा त्यहाँको ब्यारेकमा आक्रमण गर्ने क्रान्तिकारीहरुको सानो टोलीमा क्याष्ट्रो सहभागी थिए। त्यो हमला विफल भयो। तर सन् १९५९ को जनवरी १ मा अमेरिका समर्थित फुल्गेन्सियो बाटिस्टाको सरकार अपदस्थ गर्न सफल क्रान्तिको त्यो पहिलो कारबाही थियो। क्याष्ट्रोबारे भिन्न भिन्न मत पाइन्छन्। समर्थकहरुले उनलाई क्रान्तिनायक भन्छन् भने विरोधीहरुले उनी विपक्षीलाई देखिनसहने एक निरंकुश शासक भन्छन्। ९० वर्षको उमेरका नोभेम्बर २५ मा उनको निधन भएको थियो।

२२० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण कार्य सुरु

बाबियाचौर (म्याग्दी),  मङ्सिर १९। म्याग्दीको दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत दानामा सवस्टेसन निर्माण सुरु गरेको हो । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले सवस्टेसन निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ । सवस्टेसन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालित भएर प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले जानकारी दिए । सवस्टेसनले दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरेको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । आयोजना र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सवस्टेसन तथा ३८ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणका लागि ३० मे २०१६ मा रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको थियो । विसं २०७५ को साउनमा सवस्टेसन र प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहेको छ । प्रसारण लाइनको टावर राख्ने ठाउँका लागि सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ । आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छन् । १४ मेगावाट क्षमताको थापाखोला, पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भइरहेको छ । कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस  

आज डा‍. केसीले अनसन तोड्ने, सरकारसँग १२ बुँदे सहमति (हेर्नुस सहमतिपत्र)

  काठमाडौं, मंसिर १९ । सरकार र चिकित्सा क्षेत्र सुधारको माग राख्दै २२ दिनदेखि अनशनमा बसेका डा गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । सरकार र केसीबीच विभिन्न बुँदामा सहमतिभएपछि उनले अनसन तोड्ने भएका हुन् । आइतबार विहान सहमतिपत्रमा हस्ताक्षर गरि अनसन तोड्ने कार्यक्रम रहेको केसी पक्षका वार्ताटोलीका सदस्यले बताएका छन् । डा केसीले आफ्ना शुभेच्छुक र समर्थकलाई साक्षी राखेर हस्ताक्षर गर्ने इच्छा देखाएपछि सहमतिपत्रमा आज कार्यक्रम गरि हस्ताक्षर हुनेभएको हो । केसीले माग गरेका बुँदाहरु सरकारले पुरा गर्नेभएपछि उनले त्यसमा सहमति जनाएका छन् । सहमति अनुसार अब चिकित्सा शिक्षा ऐन लागू नभई नयाँ मेडिकल कलेजले बिस्तारित वा कुनै पनि हिसाबले नयाँ कार्यक्रम र सम्बन्धन पाउने छैनन् । पोष्टग्राजुयट तहको पढाई क्रमश निःशुल्क हुनेछ । सहमतिलाई मन्त्रीपरिषद्ले पास गर्नेछ ।

प्रचण्डको प्रश्न – एमालेले २ नं. प्रदेश बनाउँदा राष्ट्रघात गर्यौं भनेर माफी माग्ने साहस गर्नसक्छ ? (भिडीयो सहित)

भिडियो हेर्ने यहाँ क्लिक गर्नुहोस् काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री प्रचण्डले जनताको मनोभावसँग फोहोरी राजनीति गरेर भ्रम फैलाउन खोजेको भन्दै प्रतिपक्षी एमालेको कडा आलोचना गरेका छन् । प्रधानमन्त्रीसँग सीधा कुरा कार्यक्रममा नेपाल टेलिभिजनमा बोल्दै प्रधानमन्त्रीले विगतमा आफैले गरेका निर्णयका विरुद्द एमालेले अहिले बिरोध गरेको देख्दा अनौठो लागेको बताए । “हिजो २ नंं प्रदेशमा सिन्धुली मिलाऔं भनेर मैले प्रस्ताव गरेको हो, त्यतिखेर एमालेले नै त्यहाँ पहाडी जिल्ला बनाउनु हुँदैन भनेर अड्डी कस्यो, ५ नं. मा पनि पहाडी जिल्लामात्रै राख्ने उनीहरुले समझदारी गरे । आज उनीहरु कुन नैतिकताले बिरोध गर्दैछन् ।” प्रचण्डले भने । प्रचण्डले अगाडि भने – हिजो ७ प्रदेश गठन गर्दा जुन मान्यतामा बसेर गरियो, अहिले पनि त्यसमा नै केन्द्रीत भएर संशोधन प्रस्ताव दर्ता भयो । नैतिकता बन्धकी राखेर राजनीतिक लाभका लागि जनताको मनोभावसँग खेल्न खोज्छ भने त्यसको परिणती त्यही पार्टीले लिन्छ । ५ नं.का जनतालाई केही असहज भएको छ । तर हिजो २ नंं प्रदेश बनाउने बेला जुन राजनीतिक दल र शक्तिहरुले अहिले ५ नं.मा जाँदा अर्को कुरा गरेको देख्दा अनौठो लाग्छ । जनताको भावना बुझ्दा एउटा कुरा हो, तर जनताको मनोभाव उचालेको देख्दा उदेक लाग्छ । ५ नंं प्रदेशका पहाडी जिल्ला पहाडमा हुनुपर्छ भन्नेहरु अहिले विदेशको इशारामा भनेर प्रचार गर्ने र जनतालाई भ्रममा पार्ने काम गरिरहनु अनौठोपूर्ण लागेको छ । अहिले आन्दोलनमा भएकाहरुले २ नं. बनाउने राष्ट्रघाती काम शुरु गरिसक्यौं, हिजो ५ नं.को पनि पहाडी जिल्ला छुट्याउने काम गर्यौं भनेर माफी माग्न सक्छन् ? यो अहिलेको प्रस्ताव मैले आविस्कार गरेको होइन, यो प्रस्ताव नेपाली कांग्रेस र एमालेले सार्वजनिक गरेको प्रस्ताव हो । मधेसी मोर्चाले समेत यति गरियो भने हामी अगाडि बढ्छौं भनेपछि देशलाई निर्वाचनमा लैजानका लागि यस्तो गरिएको हो । यो प्रस्तावले मधेसको पुरै सम्बोधन भएको छैन । म आफै १० प्रदेशको पक्षमा छ । हाम्रो आफ्नै संशोधन प्रस्ताव छ । यसमा समावेशी समानुपातिकको माग गर्ने सबैका माग समेटिएका छैनन् । तर अहिलेको अवस्था हेर्नुपर्यो । सबैले केही त्याग गरेर सम्झौताको बिन्दुमा पुग्यौं भने देश निर्वाचनतर्फ जान्छ भन्ने कुरा हो । नत्र म आफैले फरक मत दर्ता गराएको छु संविधान बनाउँदा । एमाले राजा महाराजको युगमा जान खोजेको छ प्रधानमन्त्री प्रचण्डले एमालेले देशको अग्रगमन नचाहेको आरोप लगाए । संविधान बनाउँदा एमालेको सहमति राष्ट्रपति र प्रधानमन्त्री बनाउन त होइन ? भन्ने प्रश्न अहिलेको व्यवहारले देखाएको उनले बताए । “कतै एमाले पछि फर्केर राजा महाराजाको युगमा त जान खोज्नु भएको छैन । यसो गर्नु भयो भने त्यो गम्भीर मनोगतवाद हुने छ । अगाडि बढ्ने कुराले मात्रै देशलाई अग्रगामी दिशामा लग्न सकिन्छ ।” उनले भने । “आफैले त्यतिखेर २ नं. मा एउटा पनि पहाडी जिल्ला नराख्ने । अहिले बिरोध गर्ने । वहाँहरु २ नंं मा पहिला आउनुपर्यो । पहिला त्यहाँ राष्ट्रघात गर्यौं भन्नुपर्यो, अनि सरकार यसमा कुरा गर्न तयार छ ।” तत्कालका लागि यसले फाइदा गरेको देखिएपनि यो देशलाई उल्टो दिशामा हिँडाउने बितण्डापूर्ण कदम मात्रै भएको उनको टिप्पणी थियो । प्रचण्डले अगाडि भने– प्रतिपक्षी दल संविधान कार्यान्वयनतर्फ गम्भीर छ भने यस्तो बितण्डा मच्चाउनु जरुरी छैन । यदि वहाँहरु यसरी नै गर्न खोज्नुहुन्छ भने हिजो वहाँहरुले संविधान इमान्दारिताका साथ बनाउनु भएको रहेनछ भन्ने प्रश्न उठ्छ । कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउन उनीहरुले संविधान बनाउन खोज्या रहेछन् भन्ने पुष्टि हुन्छ । नत्र संविधान कार्यान्वयनतर्फ उनीहरु इमान्दार हुनुपर्ने हो । मैले सरकारको तर्फबाट दर्ता गर्ने कोशीस गरेको छु । संशोधन प्रस्ताव पारित भए ठीकै छ, भएन भने पनि देश चुनावतर्फ जान्छ । त्यसमा मलाई टेन्सन हुन्न । मान्ने नमान्ने सबैको स्वतन्त्रताको विषय हो । प्रतिपक्षी दलले मेरो अनुरोधलाई कमजोरी ठानेर सदन बहिस्कार गरेर भोट बढ्छ भन्ने लाग्यो भने त्यो भ्रम हो । त्यसले देशलाई मद्दत गर्दैन । निर्वाचन गर्न नदिने भित्री मनसाय हो भने राष्ट्रवादको नारा दिएर लुम्बिनीका जनतालाई भ्रममा राख्न सक्नुहोला, तर इतिहासलाई पुरै उल्ट्याउन सक्नुहुन्न । वामदेवजीले उग्र हुनु जरुरी छैन संशोधन प्रस्तावको बिरोध एमाले नेता वामदेव गौतमले गरेकोप्रति टिप्प्णी गर्दै प्रचण्डले भने, “वामदेवजीले बचकाना र उग्र हुनु जरुरी छैन । मलाई दुख लागेको छ । पहिला पनि यस्तो गर्दा वहाँलाई राम्रो गरेको छैन । मैले वामदेवजी यसले तपाईलाई पनि राम्रो गदैन भनेको हो ।” लोकमानलाई जोगाउन सदन बहिस्कार प्रधानमन्त्री प्रचण्डले एमालेले लुम्बिनीका जनताको मनोभावलाई उचालेर राजनीतिक बेइमानी गर्न खोजेको आरोप लगाए । सदनमा लोकमानविरुद्धको महाअभियोगको एकमात्र प्रस्ताव छलफलका लागि तय भएको अवस्थामा सदन बहिस्कार गर्न खोज्नुबाट एमालेको नियतमाथि नै प्रश्न उठेको उनले टिप्पणी गरे ।

संसोधनले सत्ता समिकरण झन बलियाे : देउवा

सुनसरी, मंसिर १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन लामो समय टिक्ने बताएका छन् । कांग्रेस सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनमा सहभागी हुन आएका देउवाले प्रेस यूनियन सुनसरीले शनिबार गरेको पत्रकार भेटघाटमा संविधान संसोधन प्रस्ताव जे भएपनि सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका हुन् । उनले भने–‘संविधान संशोधन सफल या विफल जे भए पनि सत्ता समिकरणमा कुनै फरक पर्दैन र सरकार पनि परिवर्तन हुँदैन ।’ उनले मधेसवादीको मागकै आधारमा संविधान संशोधन दर्ता भएकोले संसोधन प्रस्ताव दुईतिहाइले पास हुनेमा आफू आशावादी भएको बताए । उनले भने– ‘अहिलेको सीमाङ्कन एमाले र कांग्रेसबीच पहिल नै सहमति भइसकेको विषय हो ।’ मधेसवादी जनताको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक दर्ता भएकाले दुईतिहाइ बहुमतले पास हुने देउवाले बताए । देउवाले भने– ‘मधेसवादीका लागि होइन, मधेसी जनताका लागि संशोधन गर्ने हो, खै त मधेसी जनता सडकमा छन् ?’ तर एमालेले अहिले किन रडाको गरिरहेको आफूले बुझ्न नसकेको देउवाले बताए । एमाले पनि अन्तिम अवस्थामा संशोधनको पक्षमा आउनेमा आफू आशावादी रहेको उनले बताए । सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई दुई नम्बर प्रदेशमा नगाभिने उनले स्पष्ट पारे ।‘ झापा, मोरङ र सुनसरी कुनै प्रदेशमा गाभिदैन ।’उनले भने, ‘झापा, मोरङ र सुनसरी एक नम्बर प्रदेशमै रहन्छन् कुनै प्रदेशमा जाँदैनन् ।’

डा. केसी समर्थकसँग डा.भट्टराई दम्पती !

काठमाडौं, मंसिर १८ । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै विगत २१ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको सर्मथनमा शनिबार बानेश्वरमा गरिएको विरोध प्रदर्शन गरियाे अनसनरत वरिष्ठ चिकित्सक डा. केसीको जीवनरक्षार्थ आयोजित प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई दम्पतीकाे पनि सहभागीता रहेकाे थियाे । डा. केसीको माग सम्बोधन होस् भनि दवाव स्वरुप निकालिएको साे  ¥यालीमा विभिन्न दल, संघ संस्था, डाक्टर, प्राध्यापक, विद्यार्थी, नागरिक अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे । सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले अायाेजना गरेकाे साे ¥यालि  पछि कोणसभामा परिणत भएको थियो । माइतीघरदेखि सुरु भएको ¥यालीमा डा.भट्टराई पनि हिँड्दै बानेश्वरसम्म पुगेका थिए। उनी प्रधानमन्त्री भएको बेला चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डिन नियुक्ति हुन थालेको थियो। चिकित्सा शिक्षा र सेवामा सुधार अावश्यकता रहेकाे भन्दै डा. केसीले उठाएकाे याे जायज मागलाई चाँडाे भन्दा चाँडाे सुनुवाई गर्नुपर्ने डा. भट्टराईले बताए । तर, हाल भने वरिष्ठताका आधारलाई त्यागी कनिष्ठ व्यक्ति केपी सिंहलाई नियुक्ति गरिएको भन्दै डा. केसी अनसन बसेका थिए। केसी अनसनको २० औं दिन सिंहले राजीनामा दिइसकेका छन्।

चुनावमा केन्द्रित हुने माओवादी हेडक्वाटरको निर्णय

काठमाडौं, मंसिर १८ । संविधान संशोधनको विषय चर्किरहेका बेला माओवादी केन्द्रको हेडक्वाटर बैठकले भने चुनावमै केन्द्रित हुने जनाएको छ । शनिबार प्रधानमन्त्रीको निजी निवास लाजिम्पाटमा बसेको हेडक्वाटर बैठकले जसरी भएपनि चुनावमा जाने निर्णय गरेको हो ।  बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले अब चुनावको मिति घोषणा गरेर अघि बढ्ने बताएका थिए । ‘संविधान संशोधन प्रस्ताव दर्ता गरियो, अब चुनाव घोषणा गरेर अघि बढिन्छ,’ शनिबार बिहान लाजिम्पाटमा आयोजित माओवादी हेडक्वाटर बैठकमा प्रधानमन्त्रीले भने, ‘यो संशोधन प्रस्ताव मधेसी मोर्चाको सहमतिमै दर्ता गरिएको हो, त्यसैले अब उनीहरु आएनन् भने पनि यो प्रस्ताव फिर्ता हुँदैन, चुनाव घोषणा गरेर गइन्छ ।’ वैठकमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले अब अब चुनावमार्फत नै अघि बढ्नुपर्ने बताएका छन् । यो संशोधन प्रस्ताव मधेसी मोर्चाको सहमतिमै दर्ता गरिएकाले आ यो प्रस्ताव फिर्ता नहुने र चुनाव घोषणा गरेर नै अघि जाने प्रधानमन्त्रीलाई उदृत गर्दै पार्टी प्रवत्ता पम्फा भुसालले जानकारी दिएकी छिन् । संविधान संशोधनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्दै माओवादी नेताहरुले अहिले देखिएका असन्तुष्टि सामान्य नै रहेको र यो समाधान हुने दाबी गरेका थिए । संविधान संशोधन प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे माओवादी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले ब्रिफिङ गरेका थिए । साथै बैठकमा संगठनात्मक विषयमा पनि छलफल भएको नेताहरुले बताए ।

अनसनरत डा. केसीका समर्थकले मागे उपकुलपति खनियाँको राजीनामा !

सागर न्यौपाने/ काठमाडौं तस्वीर : पुष्पा महरा/एभरेष्टदैनिक काठमाडौं, मंसिर १८ । २१ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि शनिबार प्रदर्शन गरिएको छ । डा केसीको जीवन रक्षाका लागि दवाव दिन उनका समर्थकले शनिबार विहान राजधानीको माइतीघरमा बृहत प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा र सेवा सधुारको माग गर्दै दशौं पटक अनसन बसेका डा. केसी अघि सारेका दश बुँदे माग सरकारले पूरा नगर्दा उनको स्वास्थ्य अबस्था नाजुक बन्दै गएको भन्दै व्यापक प्रदर्शन भएको हो । आमरण अनशनरत डा. केसी र सरकारबीच बिहिबार र शुक्रबार राती अबेरसम्म वार्ता भएपनि निष्कर्षमा नपुेको कारण उनले अनसन लम्बिदै गएको छ । अनसन लम्बिदै जाँदा उनको स्वास्थ्यमा कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकोले जीवन रक्षाको माग गर्दै प्रदर्शन गरिएको उनका समर्थकले बताए । डा.केसीको माग बमाेजिम शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थान (अाइअोएम)का डीन डा. केशब प्रसाद(केपी) सिंहले राजिनामा दिएका छन् । सिंहको राजीनामापछि आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने वातावरण बनेको छ । तर, गएराती झण्डै ७ घण्टा भएको वार्ता भने डीन नियुक्तीको बिषयमा सहमति हुन नसकेपछि निश्कर्षमा पुग्न  नसकेको बताइएको छ । निरन्तरको छलफलपछि सरकार र अनसनरत केसीका प्रतिनिधिले तयार पारेको सहमतिको मस्यौदामा त्रिविका उपकुलपतिको राजीनामालाई लिएर डा‍. केसीले आफ्नो अडान नछाडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।उनले उठाएका वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने मुख्य मागलाई तत्काल सम्बोधन गर्न प्राविधिक कठिनाइ भएको भन्दै सरकारी पक्षले ठोस निर्णय लिन सकेको छैन । केसीले अघि सारेका त्रिविका उपकुलपतिको राजीनामा सम्बन्धि माग बाहेक अन्यमा सहमतिको १० बुँदे ड्राफ्ट तयार पारेर केसीलाई देखाउन उनका सहयोगीको एउटा टोली राति अबेर शिक्षण अस्पताल पुगेको बताइएको छ । सरकारले त्रिविका उपकुलपतिको निर्णय गर्न उच्चस्तरिय समिति बनाउने र बांकी माग पुरा गर्दै जाने प्रस्ताव गरेको छ । तर अामरण अनसनरत डा. केसीले उपकुलपतिको बर्खास्तगी वा राजीनामा नभइ अनसन नतोड्ने अडान जारी राखेपछि शनिबार पनि वार्ता हुने भएका हो ।  

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु, पोलिटब्यूरोको बैठक दिउसो १ बजे

काठमाडौं,मंसीर १८, । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बैठक सुरु भएको छ । शनिवार विहान लाजिम्पाटमा सुरु भएको बैठकमा संगठनात्मक प्रस्तावका साथै समसामयिक विषयमा छलफल गरी निर्णय लिइदैछ । केन्द्रीय कार्यालयको बैठक पछि आज दिउसो १ बजेदेखि  पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरोको बैठक बोलाइएको छ ।

महन्थ ठाकुरले भने–संविधान संशोधनलाई पारित गराउन हाम्रो समर्थन हुनेछ

काठमाडौं, मंसिर १७ । मधेसी मोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा मधेसी मोर्चाका नेता ठाकुरले संविधान संसोधन परिमार्जन भएपछि मोर्चाले समर्थन गर्ने बताएका हुन् । उनले मधेसी मोर्चा संसोधन प्रस्तावलाई पारित गराउन सहयोग गर्ने बताए । उनले भने– ‘सरकारले प्रस्ताव पारित हुने आधारहरु दिनुपर्छ, सीमांकनमा ५ जिल्लाबारे राज्य पुनर्संरचना आयोगले अघि सारेको प्रतिवेदनअनुसार समस्या समाधान हुनुपर्छ, त्यसो भयो भने हामी प्रस्ताव पारित गराउन समर्थन गर्छौं ।’ संशोधनमा आएको सीमांकन हेरफेर प्रस्तावले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उनले परिर्माजन गरे सरकारलाई खुलेर सहयोग गर्ने बताए । अन्तरिम संविधानमा किटेरै मधेसीहरुको चाहना अनुरुप संघको विषयमा र स्वायत्त प्रदेशको विषयमा मधेसमा स्वायत्त प्रदेश बन्नेछ र त्यो प्रदेश अधिकार सम्पन्न हुनेछ भनेर लेखिएको उल्लेख गर्दै ठाकुरले भने, ‘अहिले आएको सीमांकन संरचनासम्बन्धी संशोधन प्रस्तावले यसको सम्बोधन गरेको छैन, बरु यहाँ त सत्ताधारी र सत्ताका दाबेदारहरुले आफ्नो वर्चस्व र प्रभुत्व कायम गर्दै सीमा रेखा कोरेको छ, यो बदल्न आवश्यक छ ।’ यथास्थितिमा सशोधन प्रस्ताव स्वीकार गर्न मधेसी मोर्चालाई गाह्रो भएको भन्दै तमलोपा अध्यक्ष ठाकुरले भने, ‘परिमार्जन सही रुपमा आउँछ भने हामी सकारात्मक रहन्छौं ।’ एमालेले मधेसीहरुको सधैँ विरोध गर्दै आएको कारण पनि सरकारले ल्याएको प्रस्तावलाई हामीले समर्थन गर्नुको विकल्प नभएको नेता ठाकुरले बताए । उनले भने– ‘एमाले संघको पक्षमा छैन, संघीयता हाम्रो आवश्यकक्ता हो, तर एमालेको लागि बाध्यता हो । त्यसकारण उ आन्दोलनमा जाने तरखरमा छ ।’