समाजवादीका मन्त्रीले पनि आजै सपथ लिने

काठमाडौं। नेकपा समाजवादीका नवनियुक्त मन्त्री पनि आजै शपथ लिने भएका छन् । त्यसकै कारण बुधबार साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा हुने भनिएपनि केही समय ढिलो हुने भएको छ।  

अहिले भर्खरै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच बालुवाटरमा भएको छलफलबाट सो विषयको टुंग्गो लागेको हो । प्रधानमन्त्री प्रचण्ड समाजवादीका मन्त्रीहरुलाई पनि सँगै सपथ गराउने गरी छलफलमा जुटेका कारण केही समय ढिलो भएको हो । समाजवादीबाट पनि मन्त्रीहरु आजको सपथ ग्रहणमा सहभागी हुने भएका छन् । समाजवादीका नेताहरु भानुभक्त जोशी सामान्य प्रशासन  र धनबहादु बुढा शहरी विकास मन्त्रालयको नेतृत्व लिएर सरकारमा सहभागी हुन लागेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन मन्त्री बन्दै छन्।  हितबहादुर तामाङले भने मन्त्री पदको शपथ लिइसकेका छन्। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। 

null

नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राईले मन्त्री पदको शपथ लिनेछन् ।

null

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले शपथ लिए। 

जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी हुनेछ। जसपाले मन्त्रीको नाम टुङ्गो लगाएका छैनन्। 

माओवादी केन्द्रबाट राष्ट्रियसभाको मुख्य सचेतकमा गोपी अछामी

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा सत्ता पक्षको मुख्य सचेतकमा गोपीबहादुर सार्की अछामीमा नियुक्त गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २ (ज) बमोजिम संघीय संसद, राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा मनोनित गरेका हुन् ।

नेपाली गार्ड रहेको कार्गोमा हुथीको मिसाइल आक्रमण, ३ जनाको निधन

काठमाडौं । नेपाली नागरिक सुरक्षा गार्ड रहेको कार्गो जहाजमा हुथी बिद्रोहीले मिसाइल आक्रमण गरेका छन् । दक्षिणी यमनको सो कार्गो जहाजमा हुथी मिसाइल आक्रमण हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।  व्यापारिक जहाजहरूमा हुथीको यस्तो आक्रममा परि निधन भएको यो पहिलो घटना हो ।  हुथीहरूले गाजामा इजरायल र हमास बीचको युद्धमा प्यालेस्टाइनीहरूलाई समर्थन गर्न आफ्नो आक्रमणहरू भएको बताएका छन्। मध्यपूर्वमा चल्ने सामुन्द्रिक यातयातको निरिक्षण गर्ने युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार  घटनामा तीन जना चालक दलका सदस्यको मृत्यु भएको र कम्तीमा चारजना घाइते भएका छन् ।  जसमा तीन जनाको अवस्था गम्भीर छ। हुथीहरूको यस किसिमको लापरवाहपूर्ण आक्रमणले विश्वव्यापी व्यापारमा बाधा पुग्ने सेन्टकमले जानाएको छ । आक्रमणमा परेको कार्गोमा २० जना चालक दलका सदस्यहरू रहेका थिए । जसमा  १ जना भारतीय , ४ जना भियतनामी १५ जना फिलिपिनो नागरिक रहेका छन् । भने त्यस जहाजमा तीनजना सशस्त्र गार्ड–दुई श्रीलंका र एक नेपाली पनि थिए । हुथीहरूलेयमनी शहर अडेनबाट करिब ५० समुद्री माइल (९३ किलोमिटर) दक्षिण पश्चिममा आक्रमण गरेका हुन् । आक्रमणबाट मर्नेको शनाखत भने अहिलेसम्म हुन सकेको छैन ।

प्रधानमन्त्रीमा ओली नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। आफ्नै समर्थनमा बनाएको प्रचण्ड नेतृत्वको सरकार ढालेर ओली प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी काँग्रेस(एमाले गठबन्धनमै भए पनि ओलीले काँग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

कास्कीमा पहिरो : ११ जनाको निधन

कास्की । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एकजनाको पहिरोमा मृत्यु भएको हो ।  पोखरा १९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सातजनाको मृत्यु भएको हो ।  पोखरा–३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मादी गाउँपालिका–११ ताप्लेमा गएराति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।  मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए । रासस

दुई अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा बन्द भएको हो । यस दिन दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भयो । १२० कम्पनीको सेयर मूल्य बढेको छ । ११४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९तराई०को सेयर मूल्य सर्वाधिक ६.२३ अंकले घटेको छ । मंगलबार कारोबारमा आएका १३ मध्ये चार समूहबाहेक सबै घटेका छन् । विकास बैंक, माइक्रो फाइनान्स, म्युच्युअल फन्ड र अन्य समूहको समूहगत परिसूचक बढेको हो । अरू नौ समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्स समूहको समूहगत परिसूचक २.४३ प्रतिशतले बढेको छ । ट्रेडिङको समूहगत परिसूचक १.०९ प्रतिशतले घटेको छ ।

प्रेस जगतलाई प्रधानमन्त्रीको आग्रह -'मिथ्या सूचनाको बाढीलाई रोक्ने काम गरौँ'

'प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ' प्रधानमन्त्री प्रचण्डले भने , 'सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ।'

आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

 काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले आज मलेसियासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुनेछ र दर्शकलाई प्रवेश गराइने छैन । यस्तै खेलको प्रत्यक्ष प्रसारण समेत नहुने एन्फाले जानकारी दिएको छ । यसपटक नेपाली टोलीमा ६ नयाँ खेलाडी समावेश छन् भने भरत खवासले कमब्याक गरेका छन् । आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका केही खेलाडी बन्द प्रशिक्षणमै सहभागी नभएपछि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडी समावेश गरेर टिम बनाएका हुन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई ९सन्जित०, विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक टिममा परेका हुन् । मलेसियासँग खेलेपछि नेपाली टोली उतैबाट बहराइन जानेछ । नेपाल र बहराइनबीच यही चैत ८ र १३ गते बहराइनमै खेल हुनेछ । होम एण्ड अवेका आधारमा छनोटका खेलहरु हुने गरेपनि दशरथ रंगशाला खेल खेलाउन लायक नभएपछि  नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा हुन लागेको हो । 

प्रचण्ड र ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा(एमालेका नेता केपी शर्मा ओलीबिच मंगलबार भेट वार्ता भएको छ । एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । उनीहरूबिच शान्ति प्रक्रियाबारे कुरा भएको बताइएको छ । 

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो: प्रचण्ड

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

करिब १९ खर्बको बजेट पस्तुत गरिदै, यस्ता छन् नयाँ कार्यक्रम

काठमाडौं ।अर्थ मन्त्रालयको टिम आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिन केन्द्रित भएको छ। बजेटमा केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम बजेटमा अघि सारिएको छ। गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानुनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ।  यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ। यस पटक बजेट भाषण विगतभन्दा फरक हुने बताइएको छ। हरेक वर्ष अर्थमन्त्रीले गर्ने बजेट भाषण बढ्दै गएको थियो। धेरै लम्मेतान भएपछि यो पटक अनुसूचीमा ब्रेक डाउन गर्ने गरी मुख्य विषयमा मात्रै सम्बोधन गर्नुहुनेछ अर्थका एक अधिकारीले भने।  अर्थ मन्त्रालय स्रोतका अनुसार राजमार्गहरू केन्द्रित नयाँ सहर निर्माण,  भारत र चीनको सीमालाई समेत जोड्ने योजनाका साथ पर्यटकीय कोरिडोर निर्माण, नारायणी लगायत नदी किनारामा पर्यटकीय गतिविधि सञ्चालन गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम नयाँ कार्यक्रमको रूपमा हेरिएको छ। निजी क्षेत्र लगानीको वातावरणको खोजिरहेका छ। यसको लागि केही नयाँ सम्भावना देखाउने प्रयास गरिँदै छ। पर्यटन पूर्वाधार तथा औद्योगिक पूर्वाधार निर्माणसहित केही सहुलियतका कार्यक्रम बजेटबाट अघि सार्दा  प्रभाव देखिने छु अर्थ मन्त्रालयका एक बजेट सम्बद्ध अधिकारीले भने। मदन भण्डारी राजमार्गमा विद्युत्, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार विकास गरी एकीकृत कार्यक्रम अघि सारिएको छ।  अर्थका मन्त्रालयका अधिकारीहरूका अनुसार यो कोरिडोरलाई समृद्ध कोरिडोर मोडेलको रूपमा  उत्पादन, उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित गर्न खोजिएको हो। नारायणी र सुनकोशी नदी कोरिडोरमा पर्यटकीय गतिविधि विस्तार गर्ने गरीका कार्यक्रम बजेटबाट ल्याइँदै छ।  बहुवर्षीय तथा क्रमागत आयोजना बाहेक धेरै नयाँ बजेट भने सांसदहरूले छनोट गरेका पूर्वाधार विकासका कार्यक्रम राखिएको छ। राष्ट्रिय सभा, प्रतिनिधिसभा समानुपातिक तथा प्रतिनिधिसभा प्रत्यक्ष सबै सांसदहरूले छनोट गरिएका कार्यक्रम बजेटमा पारिएको छ। यस्ता कार्यक्रम तीन करोडदेखि १० करोडसम्मका छन्। करिब १८ अर्ब रकम यस्ता कार्यक्रमलाई खर्च हुने बताइएको छ।  सामाजिक सुरक्षाको कार्यक्रम लक्षित  बजेटले सामाजिक सुरक्षा कार्यक्रमबाट लक्षित वर्ग बढी लाभान्वित गर्दै लैजाने विषयमा बोल्ने छ। तर यसलाई कसरी लक्षित र प्रभावकारी बनाउने भन्ने विषय कार्यविधिबाट टुंगो लगाइने स्रोतले बतायो। अहिले करिब ३८ लाख नागरिकले सामाजिक सुरक्षा भत्ता लिएका छन्। सबै व्यक्तिलाई भत्ताको आवश्यकता नभएको तथा कति व्यक्तिलाई यो भत्ता पनि अपर्याप्त भएको सन्दर्भमा सामाजिक सुरक्षा कार्यक्रमलाई सुधार लक्षित वर्ग केन्द्रित गराउने उद्घोष बजेटबाट गर्न थालिएको हो। अहिले ६८ वर्ष माथिको नागरिकलाई वृद्धा भत्ता दिइने गरिएकोमा धेरै उमेर पुग्नेलाई बढी भत्ता दिने थालनी पनि बजेटबाट गरिँदै छ। पूर्व लडाकुलाई रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रममा पनि बजेट छुट्याइँदै छ।  नयाँ करका रूपमा हरित कर  सरकारले नयाँ करको रूपमा नेपालमा हरित करु सुरू गर्ने भएको छ। कार्बनको न्यून उत्सर्जन र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्य राखेर मंगलबार प्रस्तुत हुने बजेटमार्फत हरित करको प्रयोग सुरू गर्न थालिएको हो। संसारका विभिन्न देशहरूमा हरित कर सुरू भएको छ, यो वर्षबाट हामीले पनि सुरू गर्दैछौं, अर्थ मन्त्रालय सम्बद्ध एक अधिकारीले भने, कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको सिफारिसलाई समेत अध्ययन गरेर केही क्षेत्र सुरू गरिने छ। उनले तत्काललाई न्यून दर कायम गरेर यस्तो कर लगाउन खोजिएको बताए। पछिल्लो राजस्व संकलन वृद्धिदरमा ब्रेक लागेको तथा लक्ष्यको तुलनामा निकै न्यून मात्रै राजस्व संकलन भएको छ। यस्तो अवस्थामा सरकारले नयाँ शीर्षकबाट कर उठाउन सुरू गरेको छ। चालु वर्षको बजेटमा लक्जरी कर, वैदेशिक रोजगारी शुल्क र वैदेशिक पर्यटन भ्रमण शुल्क लगाउन सुरू गरेको थियो। चालु वर्षबाट सुरू गरिएको यी नयाँ कर कार्यान्वयन गर्न चुनौती तथा अपेक्षित रूपमा नयाँ कर संकलन हुन नसकेको रूपमा करको दायरा विस्तार गर्न भन्दै हरित कर सुरू गर्न थालिएको छ। अर्थ अधिकारीका अनुसार फःसल् फ्युल (जीवाश्म इन्धन)तथा यस्तो इन्धन खपत हुने क्षेत्रमा हरित कर लागू गर्न थालिएको हो।  बजेटबाट ल्याइँदै छ महसुल ऐन  सरकारले बजेटबाट नै महसुल ऐन ल्याउने भएको छ। चालु वर्षको बजेटको ४५९ नम्बर बुँदामा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले कर कानुनलाई थप व्यवस्थित गर्न र पारदर्शी बनाउन महसुल ऐन ल्याइने उद्घोष गरेका थिए। एक वर्षसम्म संसदमा यो ऐन नलगिएको पनि आर्थिक ऐनको अंगका रूपमा यो ऐन ल्याउन लागिएको हो। यो ऐन ल्याइएपछि भन्सारमा हुने चुहावट कम गर्नका साथै महसुल निर्धारणका आधार तोक्न र करका दर हेरफेरलाई पारदर्शी बनाउन सहयोग पुर्‍याउने अर्थका अधिकारीहरूको भनाइ छ।  आलु प्याजको भ्याट हटाउने संकेत  सरकारले गत आर्थिक वर्षदेखि सुरू गरेको आलु प्याजको भ्याटमा पुनर्विचार हुने भएको छ। स्रोतका अनुसार अहिलेलाई आलु प्याज र स्याउलाई भ्याट छुटको सूचीमा फेरि कायम गरिने तयारी भएको छ। यद्यपि आज राती मात्रै यो विषय टुंगो लगाइने छ। गत वर्ष सरकारले आलु, प्याज र स्याउ भ्याट छुटबाट हटाएको थियो। यसको अर्थ यी वस्तुमा भ्याट लगाइएको थियो। तर पछि व्यवसायीले विरोध गरेपछि आयातितलाई मात्रै भ्याट लगाउने सूचना आन्तरिक राजस्व विभागले गरेको थियो। सिद्धान्त ५० लाख भ्याट लगाइएका सामाग्रीमा ५० लाख भन्दा कमको कारोबारमा भ्याट नलाग्ने र बढीको कारोबारमा लाग्ने हुन्छ। विज्ञहरूले कृषि उपजको कारोबारमा तीन करोडसम्म भ्याट छुट दिएर तरकारीमा भ्याट लगाउन सुझाव दिएका थिए। यसो हुँदा आयातित तरकारीको लागत बढ्ने र स्वदेशीलाई प्रोत्साहन पुग्ने विज्ञहरूको भनाइ छ।  सवा २० खर्ब पुगेको बजेट घटाइँदै  विज्ञहरूको स्रोत र खर्चलाई ध्यानमा राखेर १७ खर्ब हाराहारीको मात्रै बजेट ल्याउन सुझाएकोमा छरिएका धेरै कार्यक्रम हालेर १९ खर्ब बराबरको बजेट ल्याउने तयारी अर्थले गरेको छ। यद्यपि बजेट सिस्टममा चढाइएका कार्यक्रम भने सवा २० खर्ब माथि पुगेकोमा सोमबार बिहानदेखि बजेट टिम केही कार्यक्रम कटौती तथा केही कार्यक्रममा बजेट घटाउन लागेको छ। अर्थमन्त्री स्वयमले पनि ठूलो बजेट ल्याउन हुँदैन भने पनि सत्तारूढ दलका नेता तथा प्रधानमन्त्रीको समेत दबाबमा धेरै कार्यक्रम सिफारिस गरिएको छ। स्रोतका अनुसार आइतबार दिउँसोसम्म बजेट प्रणालीमा चढाइएको कार्यक्रमको आकारले बजेट सवा २० खर्ब रुपैयाँ माथि पुगेको थियो। अन्तिम समयमा अति धेरै कार्यक्रम हालियो, बजेटको आकार नै सवा २० खर्ब पुगेको थियो, यो सम्भव हुने कुरा होइन। न हामी खर्च गर्न सक्छौं, न स्रोतले पुग्छ, यो विषयमा अर्थमन्त्रीज्यूले समेत महसुस गरेको विषय हो, एक अधिकारीले सेतोपाटीसँग भने। सोमबार बिहान मात्रै पनि अर्थका दुई सचिवसहित बजेट निर्माण सम्बद्ध अधिकारीहरूले १८ खर्ब माथिको बजेट विश्वसनीय नहुने बताएका थिए। राष्ट्रिय योजना आयोगले गत माघमा तोकेको सिलिङमा पनि १८ खर्बको थियो।  यद्यपि अर्थ मन्त्रालयले आन्तरिक रूपमा भने १६ खर्ब ८७ अर्बको मात्रै स्रोत निकालेको थियो। सिस्टममा चढाइएका धेरै कार्यक्रमको हेरफेर गरेर १९ खर्ब नबढ्ने गरी बजेट ल्याइने ती अधिकारीको दाबी छ।

रोकियो लाइसेन्सको ट्रायल, कहिलेबाट खुल्ने अन्योल

काठमाडौं । काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ । बागमती प्रदेश अन्तर्गत रहेको यातायात कार्यालयहरुमा आजबाट ट्रायल रोकिएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र राधेराधे भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिल, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र एकान्तकुनाका ट्रायल सेन्टरहरुमा ट्रायल रोकिएको हो ।रोकिएको ट्रायल कहिले खुल्छ भन्नेबारे भने अनिश्चित रहेको छ । यातायात व्यवस्था कार्यालयले आजबाट एक्कासी कुनै सूचना नै प्रकाशन नगरी ट्रायल रोक्दा सेवाग्राहीहरुले हैरानी पाएका छन् । लाइसेन्सको ट्रायल दिन सेवाग्राहीहरुको भिड भएपछि मात्रै यातायात कार्यालयहरुले आज अबेर सूचना निकालेका थिए । उक्त सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट परिएको छैन् । राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थतलगत अध्ययन गरेर र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते निर्देशन जारी गरेको थियो । सो निर्देशनमा काठमांडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु संचालनगर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको भनेको छ। साथै, टोकन र मेडिकलको नाममा मनोमानी शुल्क लिएको भन्ने उजुरी आएको बताएको छ । ट्रायल सेन्टरहरुलाई बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नियमन गर्ने हो । सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट नभएको भए पनि मन्त्रालयले आइतबारसम्म राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनअनुसार ट्रायल सेन्टरलाई सुधार गर्न भन्ने र सँगसँग ट्रायल पनि चल्ने बताइएको छ ।

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने

काठमाडौं। सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए। उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए। उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए।

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ । मध्याह्न ११ः४५ मा ओमनको अल अमरेत क्रिकेट ग्राउण्ड –१ मा सुरु हुने खेल वर्षाका कारण केहि ढिलो सुरु हुने भएको हो । अहिले खेल हुने मैदानमा हल्का वर्षा भइरहेको कारण पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने भएको छ । नियमित समय अनुसार ११ः१५ मा टस हुनुपर्नेमा पानी नरोकिएको कारण टस हुन सकेको छैन ।  दुवै टोलीका खेलाडी मैदानमा आई पुगिसकेका छन् ।  नेपाल आज हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो । नेपाल र हङकङबीच ९ टी –२० आई खेल हुँदा दुवै टोली समान ४ खेलमा विजयी भएका छन् भने एक खेल वर्षाको कारण रद्द भएको थियो । १० टोली सहभागी रहेको प्रिमियर कपको विजेताले एसिया कप टी २० प्रतियोगिता खेल्न पाउनेछ ।

परीक्षा तालिका हेरफेरविरुद्ध काठमाडौं विश्वविद्यालयमा विद्यार्थी आन्दोलित

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र साइन्सको परीक्षा तालिका अस्वभाविक र गैरजिम्मेवारीपूर्ण तरिकाले हेरफेर गरेको भन्दै के.यू. का विद्यार्थीले परीक्षा बोर्डका अध्यक्ष तथा रजिस्ट्रार प्रा.डा. अच्युत वाग्ले समक्ष माग पत्र बुझाएका छन्। विद्यार्थीहरुले के यू को परीक्षा प्रणाली जटिल रहेको भन्दै अस्वभाविक तालिका हेरफेरले विद्यार्थीलाई मार पर्ने बताएका छन् । आन्दोलनरत विद्यार्थी सन्तोष बुढाथोकी अनुसार-'यहाँ ड्रप सिस्टम रहेको छ अर्थात दुई लगातार २ सेमेस्टरमा विषय लागेमा र कटाउन नसकेको विषयहरुको क्रेडिट हाल सेमेस्टरको जम्मा क्रेडिटको आधी भन्दा बढी भएमा सो विद्यार्थीले पैलाकै सेमेस्टर दोहोर्‍यानु पर्ने हुन्छ। यस्तो सम्वेदनशिल प्रणालिमा समयमा परीक्षा नतिजा नआउदा विद्यार्थीमाझ अन्योलता निम्त्याउने गर्छ। पछिल्लो चरणमा परीक्षाका हरेक गतिविधि अस्वभाविक मात्रै नभै आम विद्यार्थीको भविष्य नै धोस्त पार्न तर्फ अग्रसर रहेको देखिन्छ।कहिले परीक्षा प्रश्नपत्र बाहिरिनु ,कहिले रिचेकिङ मार्फत १०० विद्यार्थी पास गर्दिने त कहिले मनपरी परीक्षा तालिका हेरफेर गर्ने गरेको हुदा हामी विद्यार्थीहरुले परीक्षाको मर्यादा कायम गर्ने माग सहित ज्ञापनपत्र तथा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छौँ। १४ दिनको पूर्व तयारीको समय सहित सार्वजनिक भएको तालिका एक हप्ता पछि अस्वभाविक रुप हेरबदल गरियो।' यस्ता छन् विद्यार्थीका मागहरू  १.काठमाडौँ विश्वविद्यालयको एक चिनारी परीक्षाको मर्यादा हो , यो चिनारी जीवन्त राखियोस्।  २.परीक्षा तालिका सार्वजनिक गरिएको १५ दिन पछि मात्र परीक्षा सञ्चालन हुने बेहोरा परीक्षा कानुनमा यथाशीघ्र उल्लेख गरियोस्।  ३ क्रेडिट(Credit hour ) साथसाथै विषयको सामग्री अध्ययन गरी न्यायोचित ढङ्गले  परीक्षा तयारी बिदा दिइयोस् । ४.मनपरी तरिकाले परीक्षा तालिका सार्वजनिक गर्ने र परिमार्जन गर्ने  गैरजिम्मेवारपुर्ण गतिविधि रोकियोस्। ५.कुनै खण्डमा भवितव्य त्रुटि आइपरे,परीक्षा तालिका सार्वजनिक भएको ३ दिन विभिन्न परिमार्जन गरी  सार्वजनिक गरियोस्।  ६.परीक्षा कसैको  निजी सम्पत्ति होइन, कुनै सङ्कायलाई परीक्षा सम्बन्धी  समस्या आए , सबै संकायको प्रतिनिधि राखी गहन छलफल र समन्वय गरी मात्र कहीँ निर्णय गर्ने  । ७.कम्पार्ट परीक्षाको तालिका ७ दिन अगाडि सार्वजनिक गरियोस् ।

रविविरुद्धको मुद्दा : सर्वोच्चले कास्की प्रहरीमा दर्ता जाहेरी झिकायो(आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई अग्राधिकार दिएको छ । सर्वोच्चले उक्त मुद्दालाई गम्भीर रुपमा लिंदै अग्राधिकार दिएर इजलासबाटै सुनुवाइको मितिसमेत तोकेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि जेठ २८ गतेलाई तोकेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबीच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको हो। अदालतले उत्प्रेषण परमादेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता लामिछानेविरुद्धको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि पनि झिकाउन आदेश दिएको छ । यस्तो छ आदेश