हङकङको आठौं विकेट पनि अविनाश बोहोराको नाममा

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले आठौं विकेट लिन सफल पाएको छ । खेलको १६.३ ओभरमा अविनाश बोहोराले आफ्नो तेस्रो विकेट लिने क्रममा हङकङका जिसान अलिलाई व्यक्तिगत १४ रनमा दिपेन्द्रसिंह ऐरि मार्फत क्याच गराए ।
यसअघि खेलको १४.५ ओभरमा अविनाश बोहोराले नै व्यक्तिगत ६ रन बनाएका हङकङका नास्रुल्ला रानालाई ललित राजबंशि मार्फत क्याच गराएका छन् । त्यसअघि खेलको १२.१ ओभरमा नेपालका अविनाश बोहोराले नै यसिम मुर्ताजालाई व्यक्तिगत २ रनमा आउट गराएका थिए । 
खेलको ११.२ ओभरमा ललित राजबंशीले हङकङका आइजज खानलाई एलविडब्लु धरापमा पारेका थिए । निकै किफायती बलिङ गरिरहेका उनले यो ओभरमा मेडन पनि गरेका थिए । 
त्यस्तै खेलको ९.२ ओभरमा ललित राजबंशीले नै आफै क्याच गर्दै बाबर हायतलाई व्यक्तिगत ६ रनमा पेभिलियन फर्काएका थिए । 
यसअघि खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका थिए । 
त्यस्तै दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए ।

हङकङले १७ ओभर सकिदा ८ विकेटको क्षतिमा १०८ रन बनाएको छ । अब एक ओभर मात्रै खेल बाँकी छ ।
वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । 

खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । 

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

स्याङ्जा-काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा प्रितम गैह्रे

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्याङ्जा काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा पिताम्बर गैर्हे (प्रितम) निर्वाचित भएका छन्। सम्पर्क समन्वय समितिको प्रथम सम्मेलनले गैर्हेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । काठमाडौँको पर्दशनी मार्गमा शनिबार सम्पन्न  सम्मेलनले चयन गरेको कार्यसमिति उपाध्यक्षमा शिव पोख्रेल, नितु क्षेत्री, त्यसैगरी सचिवमा सुरेन्द्र पौडेल(सुरेस),  त्यसैगरी सह-सचीव लाल ब. विश्वकर्मा र राजन कार्की निर्वाचित भएका छन् ।  माओवादी केन्द्रका सम्पर्क समन्वय समिति सह-इन्चार्ज एंव स्थायी समति सदस्य यसोदा सुवेदी, अनेमसंघ (क्रान्तिकारी)का अध्यक्ष एंव स्थायी समिति सदस्य अमृता थापामगर, केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे,  सम्पर्क समन्वय समिति गण्डकी  प्रदेश अध्यक्ष रामप्रसाद भन्तनालगायतको उपस्थितिमा सम्मेलन सम्पन्न गरिएको हो। 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ७५पैसा र बिक्रीमा १४४ रुपैयाँ ४० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५पैसा तोकिएको छ।  हेर्नुहोस् विनिमय दर 

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आज २०८० साल चैत १९ गते सोमबार सन् २०२४ अप्रिल १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

अर्थमन्त्रीलाई कर प्रणाली सुधार उच्चस्तरीय समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो । समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनुसूची समेटिएको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनले राजश्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सबलीकरण हुने विश्वास लिएको छ ।  प्रतिवेदनमा करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजश्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ ।

काठमाडौंमा कवाडी व्यवसायीको प्रदर्शन

काठमाडौं, २० फागुन । काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । करिब एक सातादेखि आन्दोलनरत कवाडी व्ययवसायीहरूले आइतबार पानीमा रुझ्दै आन्दोलनलाई जारी राखेका हुन् । उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नारा जुलुस गरेका थिए । कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर,’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।  कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतैपनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइहेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगर क्षेत्रभित्र मात्रै करिब १५ भन्दा कवाडी संकलन केन्द्रमा डोजर चलाइएको छ ।

पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने

नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा सुरु भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । वाग्मती र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती र  गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

यी तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।अहिले पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । कोसी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।   जल तथ मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।  कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।  विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  हाल पूर्वी नेपालमा मनसुनी प्रणालीको तथा बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु प्रभाव छ। यस्तै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ।

वाणिज्य बैंकको कार्यकारी अधिकृतको अन्तर्वार्तामा ५ जना सिफारिस

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लि. को प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि ५ जनाको नाम अन्तर्वार्तामा सिफारिस गरिएको छ । बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि सिफारिस गर्न गठित प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिको मिति २०८१।०२।०६ गते बसेको बैठकले उक्त सिफारिस गरेको हो । प्रमुख कार्यकारी अधिकृतको पदमा दरखास्त दिएका उम्मेदवारहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० मा भएको व्यवस्था बमोजिम उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ५ जनाको नाम सिफारिस गरेको उपसमितिले जनाएको छ । आज प्रकाशित सूचनामा पाँच जना कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी,विष्णुदेव यादव र शंकर के.सी.को नामावलि सहित  प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान समेत तोकिएको छ । हेर्नुहोस् सूचना

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

काठमाडौंमा आज यो वर्षकै गर्मी

काठमाडौं । काठमाडौंमा शनिबार (आज) यो वर्षकै धेरै गर्मी भएको छ । यस दिन काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा यस वर्षका लागि यो अहिलेसम्मको उच्च तापक्रम हो । काठमाडौंमा यो वर्ष यसअघि गएको अप्रिल २५ र अप्रिल ३० मा अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस थियो ।

ओलीले एमाले सांसदहरुलाई प्रशिक्षित गर्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संघीय संसदको वर्षे अधिवेशन अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी तय भएको छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम छ । संसदको वर्षे अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे सुरु हुँदैछ ।

थप ६३ जना लेखा अधिकृतलाई कामकाजमा खटाइयो

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले थप ६३ जना लेखा अधिकृत तथा कोष नियन्त्रकहरुलाई फेरबदल गरेको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखाले सोमबार बढुवा भई रिक्त रहेका कार्यालयहरूसमेतमा गरी ५१ जना र खारेज तथा दरबन्दी कटौती भई फाजिल भएका १२ लेखा अधिकृतसमेतलाई कामकाजमा खटाएको हो ।  सोमबार नै नयाँ नियुक्त भएका ८४ जना लेखा अधिकृतहरुकोसमेत पदस्थापन गरिएको छ । लेखा अधिकृतहरूलाई मन्त्रालय, विभाग, कार्यालय, आयोजना, समितिलगायतमा खटाइएको हो ।  यस्तो छ नयाँ जिम्मेवारी

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० गतेदेखि हुने

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ । जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् । मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए । अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति बनाइएको छ । यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय समितिहरु समेत बनाइएको छ । २०८० सालसम्म नवीकरण भएका करिब १२ हजार संगठित सदस्यहरुबाट चयन गरेर करिव ७०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले प्रत्येक ३र३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ । त्यसैगरी जिल्ला कमिटी बैठकले नेकपा एमाले चितवनले सुरु गरेको ‘जनतासँग एमाले अभियान’ लाई बैशाख १० गतेसम्म लम्बाएको छ । फागुन १५ बाट अभियान सुरु भएको थियो । बिस्तारै अधिवेशनको माहोल तात्दै गएको चितवनमा पार्टीलाई सुदृढ गर्न र मिशन ८४ लाई सफल बनाउन मिलेर नेतृत्व चयन गर्नुपर्ने आम कार्यकर्ताले धारणा व्यक्त गरिरहेका छन् । कार्यकर्ताको धारणाभन्दा बाहिर जान नसकिने नेतृत्व तहले बताइरहेका छन् ।

छुरा प्रहारबाट एक जनाको मृत्यु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने २६ वर्षीय बिकास राई समेतका ३ जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गरेर फरार रहेका हरुको जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।