एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् । 

सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए । 


अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । 

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए । 

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको छ :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको बताएका छन्। ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको बताए । “प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्छ, नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कलाकारिताकाको माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।” नेपालको प्राकृतिकरूपमा सुन्दर र मौलिक प्रकृतिको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।” उनले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान भएको बताए।  प्रधानमन्त्री प्रचण्डले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पार्नुभएको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्पारा चित्रमार्फत देखाइएको आफूले पाएको बताए । काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको आयोजकले जनाएको छ ।

नेपाली चिकित्सक डा. बिवेक सिंह मलेसियामा सम्मानित

क्वालालम्पुर, मलेसिया ।नेपाली चिकित्सक डा.बिवेक सिंह मलेसियास्थित क्वालालम्पुरमा सम्मानित हुनुभएको छ । डा. बिवेक सिंहलाई मलेसिया सेप्टेम्बर २-४, २०२४ मा आयोजित ट्रिपल ई अवार्ड्स (Entrepreneurship and Engagement Excellence Awards) ले सम्मानित गरिएकाे हाे । नेपाली चिकित्सक सिंहले उच्च शिक्षा क्षेत्रमा उद्यमशीलता र संलग्नतामा आधारित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको हो।  नेपाली चिकित्सक डा. बिवेक सिंहलाई मोस्ट एंगेज्ड एकेडेमिक अफ द इयर पुरस्कारका लागि पाँच उत्कृष्ट व्यक्तित्वहरूमा समावेश गरिएको थियो। उहाँलाई दोस्रो चरणको छनोटमा विजेता घोषणा गरिएको हो।  पुरस्कार कार्यक्रम एसीईईयू (Accreditation Council for Entrepreneurial and Engaged Universities, जर्मनी) र एमएसयू (Management and Science University, मलेसिया) द्वारा आयोजना गरिएको हो। प्रतिस्पर्धामा डा. बिवेक सिंहका साथ अन्य चार प्रतिस्पर्धीहरू थिए: 1.    मनीषा सिंह - ICFAI Business School, Bangalore (भारत) 2.    रिचा अवस्थी - University of Canberra (अष्ट्रेलिया) 3.    मिनयोंग ली - Shandong University (चीन) 4.    युआन्तो कुसनाडी - Singapore Management University (सिंगापुर)। डा. बिवेक सिंहलाई यो प्रतिष्ठित सम्मानको लागि छनोट गरिनुको प्रमुख कारण उहाँले उच्च शिक्षामा पुर्‍याएको महत्त्वपूर्ण योगदान हो। उहाँको चिकित्सा शिक्षामा दशकभन्दा बढीको अनुभवले नेपाल मात्र नभई एशियाका विभिन्न मुलुकहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। उहाँलाई यसै योगदानको आधारमा यो सम्मान प्रदान गरिएको हो। सम्मानित चिकित्सक सिंह नेपालमा लोकप्रिय स्वास्थ्य लोकसेवा प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले एशियालका विभिन्न मुलुकहरूमा चिकित्सा विज्ञानका विद्यार्थीहरूलाई प्रशिक्षण दिनु भएको छ । साथै कम उमेरमै शैक्षिक समन्वयकको रूपमा परिचित हुनुहुन्छ। डा. सिंह नेपालिज डक्टर्स लाउन्ज (NEDOL) का संस्थापक हुनुहुन्छ। सो संस्थाले चिकित्सा क्षेत्रका डाक्टरहरूलाई जोडेर राख्ने एउटा महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्छ। उहाँले तीन पुस्तक लेख्नुभएको छ ।   जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक सराहना गरिएको छ। साथै, उहाँले भूकम्प, स्वाइन फ्लू र कोविड-१९ महामारीका बेला स्वयम्‌सेवकको रूपमा उल्लेखनीय योगदान दिनु भएको छ। उहाँले १२ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरूमा लेखहरू प्रकाशित गर्नु भएको छ भने ९ वटा अनुसन्धान पत्रहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन्। यस वर्ष, डा. बिवेक सिंहलाई दुई अन्य देशबाट पनि सम्मानित  1.    फिलिपिन्स - एशियाको उत्कृष्ट युवा शिक्षक २०२४ को रूपमा मे २५, २०२४ मा मनीलास्थित द हेरिटेज होटलमा आयोजित समारोहमा Instabright International Guild of Researchers and Educators, Inc. द्वारा सम्मानित। 2.    थाइल्यान्ड - शिक्षामा उत्कृष्ट योगदान का लागि नोभेम्बर ९, २०२४ मा बैंककस्थित होटल अमारी मा आयोजित एशियन एजुकेशन अवार्ड्स २०२४ मा सम्मानित गरिने। यस प्रतिष्ठित ट्रिपल ई अवार्ड्समा सहभागी भएर डा. बिवेक सिंहले नेपाल र नेपाली चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाउन सफल हुनु भएको छ। उहाँको यो सफलता सम्पूर्ण नेपाली चिकित्सा क्षेत्रका लागि प्रेरणादायी बनेको छ। विजेताहरूको सूची: 1.    Geoffrey Whitcher, ONZM
: Lifetime Achievement Award in University Transformation Award
 - The University of Auckland (न्यूजिल्याण्ड) 2.    Amir Sagi: Lifetime Achievement Award in University Transformation Award
 - Ben Gurion University of the Negev (इजरायल) 3.    Management and Science University
: Engaged & Sustainable University of the Year Award
 - Management and Science University (मलेसिया) 4.    Chaoyang University of Technology: Engaged & Sustainable University of the Year Award
 - Chaoyang University of Technology (ताइवान) 5.    The University of New South Wales
: Entrepreneurial University of the Year Award
 - The University of New South Wales (अष्ट्रेलिया) 6.    Dessy Aliandrina: Entrepreneurial Leader of the Year Award
 - Sociopreneur Indonesia (इन्डोनेशिया) 7.    Saima Mujtaba Ran: Entrepreneurship Educator of the Year Award
 - LUMS Centre for Entrepreneurship, LUMS Lahore (पाकिस्तान) 8.    Integrated Innovation Network (I2N): Innovation and Entrepreneurship Activators of the Year Award
 - University of Newcastle, Australia (अष्ट्रेलिया) 9.    ARC Research Hub for Driving Farming Productivity and Disease Prevention: Impactful Research Team of the Year Award। क्वालालम्पुरमा आयोजित सम्मान समारोहमा बोल्दै डा. बिवेक सिंहले चिकित्सा क्षेत्रको शैक्षिक पाठ्यक्रममा सुधारको आवश्यकतामा जोड दिनुभयो। उहाँले आगामी पाठ्यक्रमहरूमा चिकित्सकहरूको सिर्जनशीलता, नवप्रवर्तन, उद्यमशीलता, सहानुभूति, नैतिकता, मानविकी, र कौशल विकासको समावेश आवश्यक रहेको कुरा बताउनुभयो। साथै, उहाँले चिकित्सकहरूले आफ्नो प्रारम्भिक पाँच-छ वर्षको यात्रामा सिर्जनशीलता गुमाउने र केवल किताबी ज्ञानको आधारमा मूल्यांकन हुने प्रवृत्ति वैज्ञानिक दृष्टिकोणले अनुचित भएको उल्लेख गर्नुभयो। उहाँलाई यसअघि फिलिपिन्सबाट पाठ्यक्रम विकासका लागि निमन्त्रणा गरिएको थियो । उहाँले मलेसियामा पनि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने प्रस्ताव पाउनु भएको छ।डा. बिवेक सिंहको यो सम्मानले नेपाली चिकित्सा क्षेत्रको गरिमा अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गरेको चिकित्सा क्षेत्रका जानकारहरु बताउँछन् ।

यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ। देशभर बदली रहेको छ भने विभिन्न स्थानमा वर्षा भइरहेको हो।  कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन पनि विभागले सचेत गराएको छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले बताएको छ ।

महानगरले खनेको खाल्डो विभागले कालोपत्रे गर्‍यो

काठमाडौं। फुटपाथ बढाउनका लागि काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ। काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो। भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो । सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ। 

यस वर्ष आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः : अर्थमन्त्री पुन

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् ।आइतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका हुन्।  अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे। उनले  चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए। उनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिनुभयो। अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान रहेको बताए। उनले चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए। उनले राजश्व परिचालनमा क्रमसः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताए। उनले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए। उनले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए। उनले कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गर्नुभयो। उनले आर्थिक वर्ष २०७९÷०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए। 

प्रहरीको सईमा १६९ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले १६९ जनालाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ। कार्यालय मातहतको बढुवा समितिको बुधबार बसेको बैठकले प्रहरी सहायक निरीक्षकहरूको बढुवा गर्ने निर्णय गरेको हो ।  कार्यालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवाको सिफारिससम्बन्धी सूची प्रकाशित गरेको एक सूचनामार्फत जनाएको छ ।  बढुवाको सूचीअनुसार एक नम्बरमा अवरेन कुमार रायको नाम रहेको छ भने दोस्रो नम्बरमा सौगात कुँवर र तेस्रोमा मिलन जिसीको नाम रहेको छ। 

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव संकलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा सुझाव संकलन गरी पेस गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।  सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको हो । समितिका सदस्यहरूमा बद्री पाण्डे, देवेन्द्र पौडेल, डा‍. तोसिमा कार्की र रामप्रकाश चौधरी रहेको समितिका सभापति अम्मरबहादर थापाले जानकारी दिए । विधेयकमाथिको दफाबार छलफलमा सांसदहरूले सार्वजनिक सेवा प्रसारण संस्थालाई नीतिगत निर्देशन दिन गठन हुने परिषद्को अध्यक्ष नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा जोड दिए । विधेयकको बुँदा नं ६ मा सार्वजनिक सेवा प्रसारण संस्थाको नीतिनिर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन एउटा परिषद्को गठन हुने प्रस्ताव गरिएको छ ।  विधेयकमा परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र सदस्यहरूमा अर्थ मन्त्रालयको सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव, सञ्चार मन्त्रालयको सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, पत्रकार महासङ्घको अध्यक्ष, नेपाल विज्ञापन सङ्घको अध्यक्ष, चलचित्र विकास बोर्डको अध्यक्ष, विभिन्न पेसाकर्मी, समाजसेवीलगायत १४ सदस्य रहने व्यवस्था गरिएको छ ।  परिषद्को सदस्य मनोनयन गर्दा समावेशी सिद्धान्तका आधारमा गर्नुपर्नेछ । परिषद्को बैठक वर्षमा कम्तीमा एकपटक बस्ने र बैठकमा आवश्यकताअनुसार विषयविज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ । रासस

वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालको कमजोर फिल्डिङ

काठमाडौं । टी २० सिरिजको तेस्रो खेलमा नेपालको कमजोर फिल्डङ देखिएको छ ।  वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले ११ ओभर सकिदा १ विकेट गुमाएर १२१ रन जोडेको छ । वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सले ३४ बलमा ६९ रन बनाएर खेलिरहेका छन् भने उनलाई आन्द्रे फेचरले २२ बलमा ३३ रन बनाएर साथ दिइरहेका छन्। एलिक अथान्ज १० बलमा २७ रन जोड्दा रन आउट भए पनि नेपालले अन्य विकेट लिन सकेको छैन ।

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ। रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो। निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।

अब नेपाल संवत् सफ्टवेयर र एपबाट पनि हेर्न सकिने

काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका हुन् ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल संवत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ।”  सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।  उनले यो सफ्टवेयरबाट नेपाल संवत्सँगै विक्रम संवत् र इस्वी संवत्को सयौं वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवं तिथी हेर्न सकिने जानकारी दिए । वर्तमान सकारले नेपाल संवत्लाई अनिवार्य रुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।

आज होली, यस्तो रहनेछ दिनभरको मौसम

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा यस दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।भने भोलि तराईका विभिन्न ठाउमा मनाइने छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व फागुन शुक्ल पूर्णिमाका दिन (आइतबार) परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। आज तपाईहरु होली खेल्न बाहिर निस्कदै हुनुहुन्छ भने मौसमबारे जानकारी राखेर निस्कनु उत्तम हुन्छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सीआईबी प्रमुखको जिम्मेवारीमा श्यामलाल ज्ञवाली

सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाएको छ ।

सुहाङ एमाले कानुन विभागको सदस्य मनोनित

काठमाडौं । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधवार नेम्वाङलाई कानुन विभागको सदस्यमा मनोनित गरेका हुन् । फागुन ३ गते बसेको एमाले केन्द्रीय सचिवालयको २७ औं बैठकले नेम्वाङलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेल्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका पुत्र हुन् ।   

तीन प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  सरकारले कांग्रेसबाट प्रदेश प्रमुख बनेका गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै एमालेबाट नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।  सरकारले सुमित्रा भण्डारीलाई मधेश प्रदेश, डिल्लीराज भट्टलाई गण्डकी प्रदेश र नजिर मियाँलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

हङकङमा हुने ट्वान्टी–२० शृंखलाका लागि नेपाली टिमको घोषणा, नयाँलाई अवसर

काठमाडौं । क्यानले हङकङमा हुने ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपाली टिममा आकाश चन्द र लोकेश बमलाई अवसर  दिइएको छ भने अनिल साह, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिइएको छ । नेपालले मार्च दोस्रो सातादेखि सुरु हुने ट्वान्टी–२० शृंखलाका लागि हङकङको भ्रमण गर्दैछ । मार्च ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल र हङकङसँगै पपुवा न्युगिनी (पीएनजी) को सहभागिता रहने छ ।  यस्तो नेपाली टिम  रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अभिनाश बोहरा