धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । 

काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । बसमा ३० जना तीर्थयात्री सवार थिए । रासस

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन् : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो- 'उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’  अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताउनुभयो। तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि रु भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो-'झप्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’ उहाँले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताउनुभयो । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताउनुभयो । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ उहाँले भन्नुभयो।  उहाँले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भन्नुभयो-‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।अर्को एक प्रसङ्गमा उहाँले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने बताउनुभयो ।'  ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुदैन।झ( उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी हो : प्रचण्ड

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताउनुभयो । ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’ उहाँले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने उल्लेख गर्दै उहाँले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास पनि वयक्त गर्नुभयो । सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उहाँले स्पष्ट गर्नुभयो । अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताउनुभयो । आफूले पार्टीको नेतृत्व गरेको ३५/३६ वर्ष पुगिसकेको उल्लेख गर्दै भन्नुभयो– ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५÷३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोंचमा छु ।’ उहाँले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताउनुभयो । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताउनुभयो । सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै उहाँले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढिकरण गरेर लैजाने बताउनुभयो। अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको भावनाविपरित चलिरहेको बताउनुभयो । ‘संविधानको भावनाविपरित बनेको सरकारले निरन्तर जनताका इच्छा विपरित काम गरिरहेको छ’– उहाँले भन्नुभयो– ‘यसको विरुद्धमा हामी आवश्यक परेमा सडकमा पनि जान सक्छौं ।’ यसैबीच अध्यक्ष नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उहाँले जनताका दैनिक सरोकारका समस्या र सामाजिक काममा जोडिएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

डेडिकेटेड र ट्रंकलाइन वक्यौता विवाद समाधान गर्न छानबिन समिति बनाऔं : सांसद शाही

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली विवादमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुलीको विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने बताएका हुन्। ‘यत्रो विषय उठिसकेपछि एउटा संसदीय छानबिन समिति बनाऔं। कसैले कमजोरी गर्छ र त्यसको ढाकछोप गर्छ भने त्यसमा पक्षमा होइन। कसैको अपराधलाई कुनै पनि राजनीतिक दलले लुकाउन हुँदैन। आफ्नै पार्टीको नेता किन नहोस्, आपराधिक क्रियाकलाप गरेको छ भने कानुनी दायरामा ल्याउनैपर्छ,’ उनले भने। केही विषय उठ्नेबित्तिकै संसदीय छानबिन समिति भन्ने चलन रहेको उल्लेख गर्दै उनले डेडिकेटेड र ट्रंकलाइन विवाद गम्भीर विषय भएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए। सरकारमाथि सुशासनको मामलामा गम्भीर प्रश्न उठेकाले पनि संसदीय छानबिन समिति बनाउनका लागि सत्तारुढ दलहरु तयार हुन उनको आग्रह छ। उद्योगीले विद्युत् महसुल तिर्ने कि नतिर्ने भन्ने विषयमा बहस गर्न छाडेर समस्या कसरी समाधान गर्ने भनेर कार्ययोजना ल्याउन पनि सरकारलाई उनको आग्रह छ। ‘यसमा धेरै बहस होइन, यसको हल के हो ? उद्योगीहरुले विद्युतको महसुल तिरेनन्, नतिर्नुको पछाडिको कारण के हो ?’ उनले प्रश्न गरे।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात ठप्प

बागलुङ ।अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए। उनले करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको बताए। अहिले वर्षा भइरहेकाले सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने उनको भनाइ छ। सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ। पहिरोले सडक नै भासिएको छ। गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकोमा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो।

एकीकृत समाजवादीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटी(सूचीसहित)

काठमाडौं । माधवकुमार नेपाल पार्टी अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको टुंगो गरेको छ । आकांक्षीहरू अत्यधिक भएपछि विधानभन्दा बाहिरको व्यवस्थासहित केन्द्रीय कमिटी थपिएको हो । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको छ । तर समाजवादीले सबै आकांक्षीलाई सम्बोधन गर्न महाधिवेशन भएको एक महिनापछि ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी शुक्रबार टुंगो गरेको छ।

माओवादी सांसदले उठाए ओली सरकार नियुक्तिमै प्रश्न

काठमाडौँ । माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा नियुक्त भएको आधारबारे प्रश्न उठाएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्ने विश्वास लिएको बताए।  उनले भने, ‘अस्वाभाविक, अपवित्र र बदनियतपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारका प्रधानमन्त्रीले सङ्ख्यात्मक हिसाबले विश्वासको मत लिइसक्नुभएको छ। संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः धारा ७६ (३) सक्रिय भई प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रपतिज्यूले गैरकानुनी प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।   सो गैरकानुनी नियुक्तिको विषयमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेको छ र त्यसको पेशी साउन ३० गते तोकिएको छ । मलाई विश्वास छ सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्नेछ र संविधान संवत् प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

देश फेरि माफियाहरुको हातमा जान लाग्यो, जनता जाग्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुयष्पकमल दाहाल प्रचण्डले आफूले सुशासनका लागि काम गर्नु नै सरकार ढाल्ने आधार बनेको भन्दै देश माफियाको हातमा जान लागेको बताएका छन् । विश्वासको मत माग्ने प्रस्ताव राख्न उभिएका प्रधानमन्त्री प्रचण्डले देश माफियाको हातमा जान लागेको भन्दै जनता जाग्ने बेला भएको बताए ।  “जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ ।”  उनले आफू सरकारमा नभए पनि नक्कली भूटानी शरणार्थी प्रकरणसहितका काण्डको कसरी पटाक्षेप हुन्छ भनेर निगरानी गरिरहने बताए ।

सरकारले गाँजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने

काठमाडौैं । गाँजाको व्यावसायिक खेती सुरु गर्न सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत गाँजालाई व्यावसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “गाँजाको व्यावसायिक प्रवर्द्धनका लागि कानुनी व्यवस्था मिलाइनेछ,” मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने । सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।

गोदावरीमा नेकपाको हीरक महोत्सव : गएनन् मावध नेपाल

काठमाडौं । नेकपा स्थापनाको अवसरमा हीरक महोत्सवमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोह जारी छ। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो। समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा उपस्थित छन्। त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा(माले)का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी छन्। नेकपा एसका अध्यक्ष माधव नेपाल भने गएका छैनन्।कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’पदकबाट सम्मानित गरिएको छ। 

एमाले निकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बालाजु क्षेत्रबाट बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको बताए । अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले जानकारी दिए । मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसूर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो । प्रहरीका अनुसार धनगढी घर भएकी बम रस्मिला धामीको उजुरीको आधारमा पक्राउ परेकी हुन्।  सामाजिक सञ्जालमार्फत रस्मिलाले भनेकी छन्, ‘राजनितिक शक्ति पावरको धाग धम्की लगाउँदै अपराधिक कृयाकलाप गर्दै हिँड्ने राजमती उर्फ रक्षा बमलाई तपोबनबाट ध्यान गर्दै गर्दा पुलिसले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारि गराउन चाहन्छु न्यायको लडाइँ जारी छ।’

दुर्गा प्रसाईंको बीएण्डसी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डाक्टर कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । सर्वोच्च अदालत प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ ।’  आदेशको प्रति पाइनसकेको भन्दै उनले निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिने बताए ।  विस्तृत विवरण आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा हुने उनको भनाई छ ।

रास्वपाका ४ सांसदलाई तोकिएको जरिवाना बदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ जना सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ । निर्वाचन आयोगले रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो । उच्च अदालत पाटनले बुधबार आयोगको जरिवना गर्ने निर्णय खारेजको गरेको हो । आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदहरुले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

टी–२० सिरिज  : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने, फाइनलमा पुग्न नेपालले जित्नैपर्ने

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । यता, नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ । नेपालका लागि फाइनलमा पुग्न आजको खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा पराजित भए सिरिजबाट बाहिरिने छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ । आईसीसीको टी–२० वरियतामा यी तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया ११औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५औँ र नेपाल १६औँ स्थानमा रहेको छ । सिरिजमा भोलि नामिबिया र नेदरल्याण्ड्स खेल्नेछन् भने फाइनल खेल फागुन २२ गतेलाई तय भएको छ  । यस्तो छ नेपाली टिममा  रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२ः ९ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ । परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ ।  त्यसैगरी आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले “निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०” पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ । 

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने प्याप स्मेयर टेष्ट के हाे ?

डा. सरिता घिमिरे यो पाठेघरको मुखको क्यान्सरको संक्रमण भए नभएको पत्ता लगाउने सामान्य तर जति नै प्रभावकारी विधि हो । यसमा पाठेघर र त्यसको मुखबाट निस्कने स्राव परीक्षण गरी संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । यो परीक्षण सस्तो र छरितो पनि भएकाले नियमित रूपमा परीक्षण गरी समयमै रोगको बारेमा जानकारी पाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरूलाई सबैभन्दा बढी देखिने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा पर्दछ । नेपालमा हालसम्म पाठेघरको मुखको क्यान्सर भएका महिलाहरूको यकिन तथ्यांक उपलव्ध नभए तापनि भक्तपुर क्यान्सर अस्पतालको तथ्यांकअनुसार सो अस्पतालमा उपचारको लागि आउनेमध्ये २० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको छ । अर्को तथ्यांकअनुसार विश्वमा हरेक वर्ष यो रोगबाट पाँच लाखभन्दा बढी महिलाहरू पीडित हुने गरेका छन् । तीमध्ये दुई लाखभन्दा बढीको मृत्यु हुने गरेको छ जसमध्ये ८५ प्रतिशत बिरामी नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा रहेको अनुमान गरिएको छ । पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा खतरनाक भए तापनि अरू क्यान्सरको तुलनामा सजिलै पत्ता लगाउन सकिने रोग हो । पाठेघरको मुखको क्यान्सर विशेषतः हुमन पपिलोमा भाइरसको संक्रमणबाट हुने गर्दछ । यो भाइरस धेरैजनासँग यौन सम्पर्क सुरु गरेका महिलाहरू तथा सानै उमेरमा विवाह गरी बच्चा पाएका महिलाहरूमा बढी सक्रिय भएको देखिन्छ । त्यस्तै शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएका, धूमपानको लत बसेकामा यो भाइरसले संक्रमण बढी गरेको पाइन्छ । लामो समयसम्म (पाँच वर्षभन्दा बढी) हर्मोनयुक्त परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्ने महिलाहरूमा पनि यो क्यान्सरको खतरा हुन सक्दछ । त्यसैले हर्मोनयुक्त परिवार नियोजनका साधनहरू तीनदेखि चार वर्षको बीचमा केही समय रोकेर पुनः प्रयोग गर्नु राम्रो हुन्छ । कहिले गर्नुपर्दछ ? १. ३५ देखि ६० वर्ष उमेर पुगेका महिलाले वर्षको कम्तीमा एक पटक अनिवार्य रूपमा यो जाँच गर्नु पर्दछ । २. यो परीक्षण महिला ६ महिनाको फरकमा तीन पटक गर्नुपर्दछ । तीनै पटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्दछ । महिनावारी रोकिइसकेपछि पनि नियमित रूपमा प्याप स्मेयर जाँच गर्नु आवश्यक छ । ६५ वर्षभन्दा माथिको महिलाहरूमा यदि अघिल्ला तीन वा सोभन्दा बढी जाँच नकारात्मक छन् भने पोप टेस्ट रोक्न सकिन्छ । पछिल्लो समयमा सानो उमेरमा युवतीहरूमा यो क्यान्सर देखिन थालेकोले २१ वर्षको उमेरदेखि नै यो जाँच गर्न प्रभावकारी देखिएको छ । यदि क्यान्सरबाहेकका अन्य कारणहरू जस्तै फाइवरोइव अटेरसको कारणसहित पाठेघर निकाल्ने अपरेसन गरिएको छ भने यी महिलाको नियमित रूपमा प्याप स्मेयर जाँच गर्नु पर्दैन । तर क्यान्सरको कारणबाट पूरा अपरेसन गरिएको हो भने ती महिलाले नियमित रूपमा (वार्षिक रूपमा) आफ्नो प्याप स्मेयर टेस्ट गर्न आवश्यक हुन्छ । कसरी तयारी गर्ने ? यो जाँचको नतिजा प्रभावकारी रूपमा पाउनको लागि एबउ तभकत गर्नुपर्ने महिलाले निम्न कुरामा ध्यान पु¥याउनु आवश्यक छ । १. यो जाँच गर्नुभन्दा ठीक दिन अगा िदेखि यौन सम्पर्क गर्नु हुँदैन । योनीमा कुनै औषधि क्रिम, परिवार नियोजनको अस्थायी साधनको रूपमा प्रयोग गरिने क्रिम तबदभितक प्रयोग गर्नु हुँदैन । २. महिनावारी भइरहेको समयमा यो जाँच गर्नु हुँदैन । (डा. घिमिरे क्यान्सर केयर फाउण्डेसनकी संस्थापन हुन् । )