मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सोमबार बिहान साढे ११ बजे बैठक सुरू गर्नेबित्तिकै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को कोही सदस्य नआएको भन्दै ध्यानाकर्षण गराए।
त्यसपछि सरकारका कोही पनि प्रतिनिधि नआएको भन्दै सभामुख घिमिरेले बैठक १५ मिनेटलाई स्थगित गरेको घोषणा गरे । सोमबारको संसद बैठकमा मन्त्रीसँगै सांसदहरूको पनि संख्या न्यून छ ।

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ। पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइएको हो। बैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो।  रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ।

नागढुङ्गा सुरुङ वैशाख ३ गते 'ब्रेक थ्रु' गर्ने तयारी

काठमाडौं । नागढुङ्गास्थित मूल सुरुङ छिचोल्ने काम वैशाखको पहिलो साता गर्ने तयारी गरिएको छ । कुल २,६८८ मिटर लामो उक्त सुरुङ छिचोल्ने लक्ष्य मार्चको पहिलो साताका लागि नै तय गरिएको थियो।तर स्थानीय समुदायले केही मागहरू राख्दै एक महिनासम्म निर्माण कार्यमा अवरोध पुर्‍याएपछि मूल सुरुङ खन्ने काममा सम्पन्न गर्ने मिति सरेको थियो। उक्त परियोजनाका एक जना कर्मचारीका अनुसार मूल सुरुङ अन्तर्गत अब २ मिटर मात्रै छिचोल्न बाँकी अन्तिम चरणका कामहरू भइरहेको छ । सुरुङ छिचोल्ने काम वैशाख ३ गतेका लागि तय भएको छ । सन् २०१६ मा जापान सरकारसँग १६.८ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले अघि बढाएको यो परियोजना अन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपियाँ जति खर्च भइसकेको छ। कुल लागत २२ अर्ब रुपैयाँ रहेको यो परियोजना अन्तर्गत ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको छ ।उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरू रहने छन् ।

नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ

काठमाडौं। राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ लिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकि हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो । आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम भएका २० सांसदको बिदाइ भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो ।  राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् । शपथ लिने नवनिर्वाचित सदस्यहरू कृष्णप्रसाद सिटौला, रुकामणि कोइराला, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाल,  पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्द रहेका छन् ।

घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । छापावाल सुनका मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन शुक्राबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ थियो ।

होली पर्वको शुभकामना

रंगको पर्व होलीमा रङ्गाई आफ्नो गाला अपरिचितलाई रंग दले मानिन्‍न निको चाला पानी छ्यापी आपसमा हानिन्छ पनि लोला हाँसी खुशी पर्व मानौं दुई दिनको यो चोला   राजेन्द्र पोखरेल सबै खेलमा नियम हुन्छन् पालना सधैं गरौं फोहर पानी नफाली अरुलाई सभ्य मानिस बनौं घर परिवार साथी भाई मिली खेलौं होली सद्भभाव बाड्दै देशैभरि मनाइन्छ आज भोलि   मादक पदार्थ सेवन गरी मान्‍नुहुन्‍न पर्व हाम्रै मौलिक पर्व हो गरौं यसमा गर्व नगरी झगडा मनाऔं पर्व राखौं यही भावना फागु पर्वको अवसरमा सबैलाई छ शुभकामना राजेन्द्र पोखरेल सिरानचोक-५ गोरखा हाल टोखा न.पा. काठमाण्डौ

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पाँचथरको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ ५ प्राङबुङमा भएको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका दाजु बैनीको मृत्यु भएको हो । घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको प्रहरी जनाएको छ । अर्का घाइते पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । विस्फोटको कारण उनीहरूको शरीर जलेको छ । बिहीबार दिउँसो विस्फोट भएको थियो । ग्रिनेट विस्फोट भएको प्रारम्भिक अनुमान छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ । नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । शंकास्पद बस्तु डिस्पोज गर्ने र नयाँ हो कि पुरानो बस्तु विस्फोट भएको हो त्यसको अनुसन्धान हुने पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

चितवनको घुमाउने बस दुर्घटना, १२ घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटन हुँदा १२ जना घाइते भएका छन्। घाइते सबैजनाको उपचार चितवनमा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस बिहान ७ः१५ बजेतिर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरण अनुसार बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो। घाइतेहरुको अहिले उद्धार भइरहेको छ।

भुटानी शरणार्थी, सहकारी र गिरीबन्धु प्रकरणको अनुसन्धानबाट सरकार भाग्न पाउँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्ने बताएका छन्।  मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा दुई ठूला दल मिलेर बनेको यो सरकारले भ्रष्टाचार मुद्दाबाट भाग्न नपाउने बताए। “अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन । यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,” थापाले भने ।  गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए ।  सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने बताउँदै उनले अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ।  “सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्‍यो,” थापाले भने ।

टीआरसीका विवादित विषयमा सहमति नजिक दलहरू

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदल केही विवादित विषयमा सहमति नजिक पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने र सजायसम्बन्धी केही मापदण्डका विषयमा सहमतिनजिक पुगेको सदस्यहरूले बताएका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विपतिहरुका विषयमा छलफल गर्दै सहमति खोज्ने प्रयास गरिएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितकेन्द्रित गरेर टुङ्गाउन अससहमतिका चार बुदाँमा सहमतिका लागि छलफल भएको बताए । मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधिवक्ताले गम्भीर मानव अधिकार उलंघनको बिषयमा घटी मागदावी लिएर जाने बिषयमा सहमतिनजिक पुगेको उनको भनाइ छ । उनले चार बिषयमा ७० प्रतिशत सहमति जुटेको र बुधबार बस्ने कार्यदलले टुङ्गो लगाउने बताए । त्यस्तै कार्यदल सदस्य नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नलिमेका विषयमा सहमतिको प्रयास गरिएको बताए। उनले भाषागत प्रक्रिया मिलाउन बाँकी रहेको जानकारी दिए । शर्माले बुधबार बस्ने बैठकले अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने बताए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन यसअघि शीर्ष दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।कार्यदलमा बर्तौला, शर्मा र रमेश लेखक छन् ।

माओवादी बलियो प्रतिपक्षको रुपमा खरो उत्रन्छ : उपाध्यक्ष मैनाली

काठमाडौं । अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले माओवादी बलियो प्रतिपक्ष बनेर संसदमा खरो रुपमा उत्रन पर्ने बताएका छन्। राम्रो  काम गर्दा गर्दै सरकारबाट बहिरिन परे पनि त्यसमा गुनासो गर्नुको कुनै अर्थ नरहेको उनको भनाई छ। अखिल (क्रान्तिकारी)काठमाडौ ईन्जिनियरिङ कलेजको १३ ओैं इकाइ सम्मेलनलाई प्रमुख बक्ताका रुपमा बोल्दै मैनालीले यस्तो बताएका हुन्। केइसी कलेजका पूर्व बिध्यार्थी समेत रहेका मैनालीले क्रान्तिकारी साथीहरु प्रतिपक्षमा बसेर पार्टी निर्माण गर्न संभव छ भनिरहेका छन । माओवादी प्रतिपक्षमा रहेर जनताको एजेण्डा बोकिरहँदा मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको भन्दै  मैनालीले भने 'प्रचण्ड खुमलटारबाट बालुवाटार सर्दा दलाल मार्काका साथीहरुले रुवाबासी गरिरहनु भएको छ तर प्रचण्ड स्वयं र पार्टीलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ ,भन्ने साथीहरु उत्साहित नै  हुनुहुन्छ।'  सरकारमा रहँदा  भ्रष्टाचार बिरुद्ध निर्मम अभियान चलाएकै कारण सरकार ढल्नुले पनि माओवादीले प्रतिपक्षमा बसेर सुशासन पक्षधर जनसमुदायसँग मिलेर अभियान चलाए तेसैले विशाल पार्टी निर्माण गर्न सकिने  बिचार राखेको विद्यार्थी नेता रजिन रानाले जानकारी दिए । क्रान्तिकारीको काठमाडौँ इन्जिनियरिङ कलेज को १३औ इकाई सम्मेलनबाट मोहित  अमात्य को अध्यक्षतामा ४५ कमिटी सदस्यीय समति बनेको छ ।  

इलाममा सुहाङसँग जीतको खुसी साट्दै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई दिनुका साथै सुहाङ नेम्वाङसँग खुसी साटेका छन् । ओली मंगलबार काठमाडौँबाट दमक हुँदै इलाम पुगेका हुन् । आजै ओलीले विजयी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वैशाख १५ गते भएको निर्वाचनमा सुहाङले नेपाली काँग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै विजयी हासिल गरेका थिए । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिएका थिए ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । सुर्खेत, भेरीगंगा नगरपलिका ५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका १० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ ।  कास्की, पोखरा महानगरपालिका १४ चाउथेस्थित सडकमा बा. १ प १३३८ नम्बरको बस र ग २४ प ३२९५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका १४ बस्ने १९ वर्षीय खुसी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, लमही नगरपालिका ७ स्थित सडकमा रोकी राखेको लु.१ ख ९५७० नम्बरको ट्रकमा प्रदेश नम्बर ०३–२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । झापा, शिवसताक्षी नगरपालिका ८ स्थित सडकमा मे।३ प ५००१ नम्बरको मोटरसाइकल र प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते

काठमाडौं । काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खस्दा यात्रुहरु घाइते भएका हुन् । घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउ उपचार भइरहेको छ।सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। तर, चालकले भने साँधुरो सडकमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्। दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले ‘निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची छ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।