२ हप्तादेखि अवरुद्ध बेंसीसहर–चामे सडक अझै खुलेन

लमजुङ । बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेँसीसहर–चामे सडक २ हप्तादेखि खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो ।

सो सडक अन्तर्गत सानो छहराको पुलमा ढुंगा र ग्रेग्र्यान थुप्रिएर क्षति पुर्‍याएको सडक कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर किरण पोखरेलले बताए । उनले भने, ‘क्षति पुर्‍याएको स्थानमा संरचना बन्ने तयारीमा छ, तर तत्काल बनाउँदा पानीको सतह बढ्दा बगाउने धेरै सम्भावना हुन्छ । ‘

पानीको सतह कम भएपछि काठेपुल राखेर सवारी सञ्चालनमा ल्याउने कार्यालयले जनाएको छ । विसं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो ।

त्यस्तै, दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेवल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । डुम्रे–बेँसीसहर–चामे योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याब कल्भर्ट पुल एघार लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो ।

तत्कालीन समयमा मनाङवासीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडक खुलाउन सडक विभागले प्रसास भए पनि पानीका कारण असफल भइरहेको बताए । उनले भन,’सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको र महँगीसमेत बढ्न थालेको छ ।’

यस सडकमा बर्सेनि वर्षात्‌का समयमा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप ०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।

नेपाली सेना कार्यागणले ०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सडक सञ्चालन हुँदै आएको छ । तर बर्सेनि बर्खायाममा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यात्रु तथा विषेश गरी मनाङवासी समस्यामा पर्दै आएका छन् ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा हेलिकप्टरमार्फत बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने र सो ठाउँबाट आउने गर्दछन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा लत्ताकपडासमेत लैजान समस्या हुँदा व्यवसायी मर्कामा पर्ने गरेका छन् । बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ । लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमी सडक छ ।

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन् । उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिने बताए । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच एकता हुँदै

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच पार्टी एकता हुने भएको छ । बुधवार दिउँसो बानेश्वरमा एकता घोषणा हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताए ।  मंगलबार बसेको दुवै पार्टीको संयुक्त बैठकले एकता गर्ने औपचारिक निर्णय गर्दै महाधिवेशन आयोजक समिति गठन गरेको थियो । महाधिबेशन आयोजक समितिको संयोजकमा मोहन वैद्य किरण र सहसंयोजकमा धर्मेन्द्र बास्तोला तथा सन्तबहादुर नेपाली रहेका छन् ।  आयोजक समितिमा २५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय गठन भएको छ । यस्तै, ५७८ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गरिसकेको छ । सिंहका अनुसार घोषणासभाअघि पशुपतिबाट मार्चपास हुँदैछ ।  साउनभित्र महाधिवेशन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

मतदानका क्रममा सुहाङले भने– 'बुवालाई सम्झेर भावुक भएको छु'

काठमाडौं । इलाम–२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उमेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।  मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । “उत्साह महसुस भएको छ । बुवा (सुवास नेम्वाङ)लाई सम्झेर भावुक भएको छु,” उनले भने, “उमेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो । उत्साहजनक रह्यो । जित निश्चित भन्नेमा म आशावादी छु । इलाम नयाँ युगमा अग्रसर भएको छ ।” बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा सबेर इलाममा मतदाताले मतदान गरिरहेका छन् ।  इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।

जनकपुरमा नौ महिनाको शिशुसँगै जल्दै गरेकी महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरीले धनुषाको पुलचोकमा रहेको रेल्वे लिक नजिक जलिरहेको एक महिलाको शव फेला पारेको हो । शव महोत्तरीको मनरा शिसवा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको रहेको खुलेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । बुधबार राति शव जलिरहेको देखेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । महिला जलेको ठाउँमा पेट्रोलको बोतल पनि फेला परेको छ। प्रहरीले उनी आफैँले पेट्रोल छर्केर आत्मदाह गरेको हो वा अन्य कसैले जलाएर भागेको हो भन्नेबारे अनुसन्धान सुरु गरेको एसपी तिवारीले बताए । महिलासँगै नौ महिनाको बालकको पनि जलेल मृत्यु भएको छ । प्रियंका महोत्तरीबाट रामनवमीमा जनकपुरको राममन्दिर दर्शनका लागि जान्छु भनेर हिँडेको खुलेको प्रहरीले जनाएको छ । घरमा श्रीमानसँग उनको झगडा भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

उपनिर्वाचन : आज मतपत्र जिल्ला पठाइने

काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र आज जिल्ला पठाइने भएको छ । मतपत्र छपाइको काम सोमबार सकिएपछि आज जिल्ला पठाइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको छ ।  मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ । इलाम–२ मा १९ र बझाङ–१ (क)मा ११ उमेदवार रहेका छन् ।  इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङका निम्ति ६१ हजार ७४ मतदाता कायम भएका छन् । आयोगले नमुना मतपत्र सार्वजनिक पनि गरेको छ ।आयोगको वेबसाइटमा नमुना मतपत्र राखिएको छ ।

अर्थमन्त्री पुन र विश्व बैंकका नेपाल निर्देशक जर्भोसबीच भेटवार्ता

काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ।  सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।  मन्त्री पुनसँग आइतवार नेपालका लागि बेलायती राजदूत रोब फेन र अमेरिकी राजदूत डिन आर.थम्पसनले पनि मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए।

आठवटा संसदीय समितिको बैठक आज एकै दिन बस्दै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेका हुन् ।  प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।  महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको संसदीय सचिवालयले जनाएको छ ।  राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ ।   

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

शी लीड्स आइकनको उत्कृष्ट २७ जनप्रनिधिमा छानिएकी थिइन् भुपेन्द्रा

काठमाडौं । बाग्लुङमा भएको सवारी दुर्घटना ज्यान गुमाएकी रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा ‘शी लिड्क आइकन’को उत्कृष्ट २७ मा छनौट भएर फाइनलका लागि प्रतिष्पर्धामा रहेकी थिइन्। कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत सञ्चालित ‘शी लिड्क आइकन’को अन्तिम प्रतिष्पर्धाका लागि भोटिङ चलिरहेकै बेला बुढाको दुर्घटनामा ज्यान गएको हो ।  सो संस्थाले देशभरिका उत्कृष्ट एक सय ४० जनप्रतिधिबाट उत्कृष्ट २७ जना छनौट गरेको थियो भने त्यसमध्ये पनि अन्तिम तीन उत्कृष्ट प्रतिनिधिका लागि भुपेन्द्रा प्रतिष्पर्धामा रहनुभएको थियो ।  रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको राजनीतिक पृष्ठभूमिको परिवारमा जन्म भएको थियो । उहाँका बुवा प्रधानपञ्च र आमा महिला स्वास्थ्यस्वयंसेविका भएकाले पनि सानैदेखि राजनीतिक आन्दोलनमा लाग्न सहज भयो । पालिका उपाध्यक्ष भइसकेपछि भुपेन्द्राले महिला अधिकारलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि सार्नुभएको थियो । गर्भवतीसँग उपाध्यक्ष, किशोरीसँग उपाध्यक्ष, खाडीपाखी बुनाईमा महिला, महिला परामर्श भवन निर्माण, मानसिक रोग पहिचान, आमा समूहको सशक्तिकरणलगायतका कार्यक्रममार्फत उहाँले पालिकामा महिला अधिकार स्थापित गर्न महत्वपूर्ण सुरुवात गर्नुभएको थियो ।   

पुथाउत्तरगंगा गाउँपालिकाको जीप बाग्लुङमा दुर्घटना, उपाध्यक्ष पनि दुर्घटनामा परेको आशंका

बाग्लुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज विहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो। रा १ झ २०० नम्वरको जीप रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाको रहेको खुलेको छ । मृतक र घाइतेहरुको सनाख हुन नसकेपछि दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा पनि परेको आशंका गरिएको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनास्थलमा उपाध्यक्षको कार्ड भेटिएको जानकारी दिनुभयो । एक जना घाइते भीरमा अडिएकाले उद्धारको प्रयास भइरहेको छ । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।

टीआरसी सहजीकरण कार्यदलसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।  छलफलका लागि प्रधानमन्त्री ओलीले सोमबार ११ बजेपछि कार्यदलका सदस्यहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन्।  टीआरसी विधेयकमा सहमति जुटाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समयमा असार १७ गते तीन सदस्यीय सहजीकरण कार्यदल गठन भएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, एमालेका तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका नेता जनार्दन शर्मा सदस्य रहेका छन् । 

नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक केही समयपछि सुरु हुने बताइएको छ।  सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ।  राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त  सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ।

रिङ रोडभित्रका कवाड हटाउने निर्णयविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको रिङ रोडभित्रका कवाड हटाउने निर्णयविरुद्ध पर्दशन गरिएको छ ।  काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङ रोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले जनाएका छन्। काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवसायीहरुले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागीहरूले कवाडीमाथि डोजर आतंक बन्द गर, अदालतको निर्णयको सम्मान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले स्तब्ध नेपाल, बाहिरियो नेपाल

सेन्ट भिन्सेन्ट। आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ।  सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा शनिबार बिहान भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दियाे । तर अन्तिममा नेपाली ब्याट्सम्यानले लय गुमाए।  जसले गर्दा नेपालले बलियो टेस्ट टोलीमाथि पहिलो पटक ऐतिहासिक जित निकाल्ने मौका गुमायो । सुपर आठमा पुग्न नेपाललाई दक्षिण अफ्रिका पन्छाउनु पर्ने बाध्यता थियो । नेपालले अब समूहको अन्तिम खेल सोमबार बङ्गलादेशसँग खेल्नेछ । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १४ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाP। उgले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाP। अनिल शाहले २७ रन बनाP। उgले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले १३ रन जो8]।  यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रनमा आउट eP। कुशल मल्ल एक रन र कप्तान रोहित पौडेल शुन्य रनमा पेभेलियन फर्किP। सोमपाल कामीले अविजित आठ र गुलशन झाले ६ रन बनाP।  बलिङमा दक्षिण अफ्रिकाका तवरेज साम्सीले चार विकेट लिP। एनरिच नोट्जे र ऐरिन मार्करामले एक एक विकेट लिP। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।  दक्षिण अफ्रिकाका लागि ओपनर रेजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाP। यस्तै त्रिस्टन स्टुबासले अविजित २७, कप्तान ऐडेन मार्करामले १५ र क्वीटन डि ककले १० रन बनाP।  बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । दीपेन्द सिंह ऐरीले तीन विकेट झा/]। यस नतिजासँगै समूह ‘डी’ मा दक्षिण अफिका अपराजित रह्यो । यसअघि नै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले चार खेलबाट आठ अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको बङ्गलादशेको तीन खेलबाट चार अङ्क छ । दुई अङ्क बनाएको नेदरल्यान्ड्स तस्रोे स्थानमा छ । नेपालको तीन खेलबाट एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन २०१४ को विजेता श्रीलङ्का पनि विश्वकपबाट बाहिरि सकेको छ ।  नेपाल अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलङ्काविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले अब बङ्गलादेशसँग प्रतिष्ठाका लागि खेल्नेछ ।