नेप्से ५३ अंकले बढ्दा सबै समूहगत परिसूचकमा हरियाली

काठमाडौं । १८ सय विन्दुसम्म झरेको बजार आइतबार उच्च अंकले बढेर २२५७.५७ विन्दुमा बन्द भएको छ ।

यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२.९७ अंकले बढेको हो । सात अर्ब ६२ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक र हाइड्रोपावर समूहको भएको छ। वाणिज्य बैंकको परिसूचक ३.७४ प्रतिशतले बढेको छ। हाइड्रपावर समूहको परिसूचक ३.३० प्रतिशतले वृद्धि भएको छ।

आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ । ३६ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ।रिडी पावर कम्पनी र मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्षसँग गणतन्त्र कोरियाको संसदीय टोलीको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।  सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा आज (मंगलबार) गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ-हेओन ली (Sang-heon Lee) नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल(कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल(कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उँचाइमा पु(याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए। नेपालको संघीय संसदले नेपाल(कोरिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिदै अध्यक्ष दाहालले दुई देशको संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न र असल अभ्यासहरु अनुसरण गर्न दुवै देशका संसदको आपसी सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिए। संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशका संसदको सहकार्यमा थप बल पुगेको भन्दै उनले अझैं जनता(जनताबीचको सम्बन्धलाई सुदृढ गर्नुपर्ने बताए। “संसद जनताको सरोकारसँग जोडिने संस्था भएकोले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ,” अध्यक्ष दाहालले भने, “तपाईंहरुको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु।”  कोइकामार्फत् कोरियन सरकारले नेपालको जलविद्युत, कृषि, अटोमोबाइल्स लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै अध्यक्ष दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो। नेपाल बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै प्राकृतिक, साँस्कृतिक र पर्यटन सम्पदाले धनी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशको सम्बन्ध झन नजिकबाट विस्तार गर्न र पयर्टन प्रवद्र्धनमा टेवा पु(याउन सहकार्य गर्नुपर्नेमा जोड दिए।  त्यसका लागि कोरियाली नागरिकलाई नेपाल पठाउन आग्रह गर्दै उनले नेपाली ध्वजावाहक जहाज काठमाडौं(सिओल सिधा उडानको व्यवस्थाका लागि पहल गर्न पनि आग्रह गरे । नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत् आग्रह गरे। नेपाल लामो राजनीतिक संघर्ष र द्वन्द्वबाट गुज्रिदै अहिले शान्ति प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको भन्दै उनले अब नेपालको उद्धेश्य आर्थिक समृद्धि र विकास रहेको बताए। उनले त्यसका लागि गणतन्त्र कोरिया सरकारको सहयोग नेपालीहरुका लागि निकै महत्वपूर्ण हुने बताए। भेटका क्रममा कोरिया(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्धत गरेको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै बैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटो छरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उनले बताए।  

चैत २७ को प्रदर्शनमा घाइते राप्रपा नेताको उपचारका क्रममा मृत्यु

काठमाडौँ । गएको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका राप्रपाका एक नेताको उपचारको क्रममा मृत्यु भएको छ ।  राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष रहेका ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा आज (सोमबार) बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउकोमा पनि समस्या देखिएको थियो । उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो । डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले जानकारी दिए । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा चैत २७ गते राप्रपाले प्रदर्शन गरेको थियो ।

राष्ट्रपति पौडेलद्धारा इद पर्वको शुभकामना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।  “सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ । यस पर्वको माध्यमबाट भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ । इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।     

विचारको शून्यताले देश अराजकतातिर गइरहेको छ : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका निम्ति आन्दोलनको शुद्धीकरण जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै उनले अहिलेको मुख्य कार्यभार वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे । विचारको शून्यताले देश पूरै अराजकतातिर गइरहेको भन्दै उनले सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे । उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रको आत्मा भएको टिप्पणी गरे । उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो ‘असाधारण युद्ध’मा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने धारणा व्यक्त गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नुपर्नेमा जोड दिए । नेपालको कषि, जलविद्युत् र प्रविधिमा आधुनिकीकरण गरी उद्योगधन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उनले उल्लेख गरे । उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यहीअनुसार तयारी गर्नुपर्ने बताए । 

आठ जना डिएसपी एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं। नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए ।  बढुवामा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डिएसपी ढेकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डिएसपी अङ्गुर जिसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगन्जमा कार्यरत डिएसपी यादव ढकाल र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौँमा कार्यरत डिएसपी सन्तोष तामाङ छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डिएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डिएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डिएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौँमा कार्यरत डिएसपी विनोद घिमिरे एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

आमाको जन्मदिनमा भावुक बाबुराम

काठमाडौं । आफ्नी आमाको जन्मदिनमा भावुक हुँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । आफ्नी आमा धर्मकुमारी भट्टराईको जन्मदिनको अवसरमा पूर्व माओवादी नेता समेत रहेका भट्टराईले आफ्नी आमाको तस्वीर सहित राखेको स्टाटसमा साढे चार सय बढि कमेण्ट आएका छन् । दिवंगत भैसकेकी आमाको सम्झनामा भट्टराईले भाबुक हुँदै संस्कृत श्लोक सहित स्टाटस राखेका छन् । उनको स्टाटसमा भनिएको छ ‘“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!” ( आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्!) आमा हामीबाट सदाकालागि विदा हुनुभएको आज ( फागुन १६ गते) १८ बर्ष पूरा भएछ! तपाईंको स्मृति सदासर्वदा हामीसंग रहिरहनेछ, आमा! सादर नमन !! ( फोटोः पहिलो, २०३० सालतिर म चण्डीगढमा पढ्दैगर्दा; दोश्रोः २०५२ सालमा जनयुद्धको शुरूवातनिम्ति भूमिगत हुन परिवारबाट विदा लिंदा! भूमिगतकालमै आमा २०६२ फागुन १६ गते वित्नुभएछ; हामी २०६३ असार २ गते वालुवाटारमा खुला भयौं! आमाको अन्तिम वाक्य “ बाबुरामलाई भेट्न पाइनॅ” थियो भन्ने सुन्दा अहिले पनि आॅसु थाम्न गाह्रो हुन्छ!)’  आफुलाई जन्मदिने आमाप्रति समर्पित भट्टराईको स्टाटसमा प्रतिक्रिया दिनेले भने अनौठो अनौठो टिप्पणी गरेका छन् । स्टाटसमा धेरै जसो कमेण्टहरु श्रद्वाञ्जलीका देखिएपनि केहि कमेण्टहरुमा पश्चाताप गर्न र केहि कमेण्टहरुमा माओवादीमा एकाकार हुन सुझाब छन् ।  केशब दुवाडीले लेखेका छन् ‘आमाको नियमित श्राद्ध गर्नु होला, पुत्रस्य परमोधर्म पित्र्युत्धार समोनहि’ यस्तै, प्रकाश न्यौपाने किरणले सुझाब दिएका छन् –‘विचार र आस्था राखेकै कारण धेरै नेपालीले ज्यान गुमानुपर्ने , जेल हिरासत र अंगभङ् हुनुपर्ने संगिन घडी स्मरण गराउनु भो , माओवादी आन्दोलनले राजनितिक परिवर्तन गरायो अन्य सामाजिक , आर्थिक , सांस्कृतिक आदी परिवर्तन खसै हुन सकेन , आवश्यकताको प्रतिबद्धनामा पुन एकपटक जोखीम उठाउनेहरु एक भएर अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता बनेको छ , आसा र अपेक्षाको आँसु बगाउँदै ज्यान गुमाउने आमाप्रति भावपुर्ण श्रद्धान्जली ।’  निरज भट्टले भने यस्तो भनेका छन् –‘नालायक छोरा भएपछि यस्तै हो, आमा प्रती हाम्रो सम्मान छ’ । कमेण्टमा पूर्ण रानाभाटले टिप्पणी गरेका छन् –‘हो क्यारे तर वाहीरी देशको एजेण्ट वनेर देस त वर्वादी वनाइहाल्नु भो’ । यस्तै, एष्ट्रो हरिसरणले कमेण्ट गरेका छन् –‘आमाको त्याग र तपाईँको त्यागको परिणाम सकारात्मक होस्, तपाईँ जति क्षमतावान व्यक्ति हो, जति तपाईँमा शक्ति छ त्यसको दुरुपयोग भईरहेको जस्तो लाग्छ, व्यक्तिगत स्वार्थबाट माथी उठेर काम गर्नुहोस् तपाईँका दिन अझै सक्किएका छैनन्। तपाईँ विद्वानको पंक्तिमा हुनुहुन्छ तर तपाईँका अभिव्यक्ति हेर्दा मूर्ख जस्तो लाग्छ। जे कुरा छ तपाईँ भित्र निस्वार्थ त्यस्तै देखिने प्रयास गर्नुहोस्।’  विज्ञान मान सिंह ठकुरीले प्रशंसा गर्दै लेखेका छन् –‘आमालाई उच्च सम्मान, छोरो जन्मिनु तपाई जस्तो पो त ! बाबुरामलाई घरपरिवार पाल्नकै निम्ति जागिरको लागि प्रमाणपत्रको लोभै नमानी एउटा लयमा ल्याउन नसकेको देशको अवस्थाका लागि लडाइँ लड्ने आट गर्नु महान विचारक हो । नयाँ थेउरी तपाईबाट आसा गर्न सकिन्छ ।’  राजेन्द्र पन्तले सुझाब दिएका छन् –‘सबैको आमाले त्यसै भन्नुभएको थियो होला,,स्कुलबाट फर्कदा म आमालाइ आज तलब बुझेर मिठा खानेकुरा र नयाँ कपडा ल्याइदिन्छु भनेर ,,,,,तर अपहरणमा परेर छोराको बीभत्स हत्या भयो रे भनेको सुन्दा बिचरा ती बुढी आमाले कसरी सहेर बस्नुभयो होला,,,,त्यो सम्झनुहोला’ जनकजङ शाहीले कमेण्ट गरेका छन् –‘हार्दिक श्रद्धाञ्जली आमा तपाई जस्तै महान सोच भएको आमाहरुको कारण आज हामी स्वतन्त्र छौ ’  क्रान्तिलाई धोका दिएको भन्दै रानी शाह भन्छिन् –‘आमा प्रति हार्दिक श्रर्दासुमन, आमाले सम्म भेट्न पाउनु भएन, देशको लागि जनयुद्द लड्नु भो तर त्यसलाइ निस्कर्स मा पुर्याउन सक्नु भएन , बिचैमा साथ छोड्नु भो, क्रान्तिलाइ धोका दिनु भो, धोकेवाज हो तपाइ, हामि तपाइ सङ्ग सन्तुस्ट छैनौ ।’ बढि सामाजिक सञ्जालको प्रयोग गर्ने नेताहरुमा डाक्टर बाबुराम भट्टराई पनि पर्दछन् । स्रोतका अनुसार उनले आफुले राखेको स्टाटसमा आएका कमेण्टहरु पनि पुरै पढ्छन् । तर त्यसका सुझाब मान्ने वा नमान्ने भन्नेमा दोहोरो जवाफ दिएको पाइदैन । 

विद्यार्थीलाई मन्त्री शर्माको आग्रह- ' जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुस्'

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएकी छिन् ।  बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नपर्ने बताइन् । माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रुपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरुले सहिद सप्ताह मनाउँदै आएका छन् ।  सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सदस्य समेत रहेकी मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताइन् । ‘आजको तपाइँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरंकुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुुपरेको छैन’– मन्त्री शर्माले भनिन्– ‘हिजोको पुस्ताले बगाएको आँसु, रगत र पसिनाको योगफल नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’ त्यसैले स्वतन्त्रता सेनानीको रुपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो’– मन्त्री शर्माले भनिन्– ‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’ सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरिसकेको जानकारी दिंदै उनले यो अभियानलाई पूरा गर्ने मुख्य अभिभारा नयाँ पुस्ताको काँधमा रहेको बताइन् । वर्तमान सरकार गठन भएपछि ठूलाठूला अनियमिताका फाइल खुलिरहेको चर्चा गर्दै मन्त्री शर्माले भनिन्– ‘कतिपयले अहिले किन धेरै काण्डहरु सार्वजनिक भइरहेका छन् भनेर पनि प्रश्न गर्ने गरेका छन् । यी काण्डका आजका होइन, वर्षौदेखि थुप्रिएका अनियमिताका फाइल खोज्ने सरकारको पहलकदमीको परिणाम नै यी काण्डहरु सार्वजनिक भइरहेका छन् ।’ विगतका राजतन्त्रकालमा कानुन सानाका लागि मात्रै भएको र शासकहरुले जे गरे पनि छुट हुने अवस्था रहेको स्मरण गराउँदै उनले अब गणतन्त्रमा सबै बराबर हुने भएकाले पनि उच्च पदस्थहरुमाथि धमाधम कानुन आकर्षित भइरहेको बताउनुभयो । ‘गणतन्त्रले स्थापित गरेको महत्वपूर्ण भाष्य भनेको गणतन्त्रमा गल्ती गर्ने छुट हुँदैन भन्ने नै हो’–उनले थपिन– ‘गल्ती गरे जोकोही पनि सजायको भागिदार हुनुपर्छ, यही नै गणतन्त्रको सार हो ।’

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरे । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे । उनले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

न्याय सेवा आयोगले खुलायो ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन

काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ । आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म पाउनेछ ।

रोल्पा जिल्लाको मत परिणाम सार्वजनिक

रोल्पा, मंसिर २२ । प्रतिनिधि सभातर्फ जम्मा गणनामतः १९३१० १ नेकपा माओवादी केन्द्रका उमेद्वार वर्षमान पुन मगर‘ ‘अनन्त’ः ११४०५ २ नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुन मगरः ५६३६ प्रदेश सभा ‘क’ तर्फ रोल्पा १ जम्मा गणनामतः २ नेकपा माओवादी केन्द्रका उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ः ४७८४ १ नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराः ३२९९ प्रदेश सभा ‘ख’ तर्फ रोल्पा २ जम्मा गणनामतः २ नेकपा माओवादी केन्द्रका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ : ७१०४ १ नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालः २३३५

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन आज पनि जारी रहनेछ । हिजोबाट सुरु भएको महाधिवेशन आज पनि जारी रहने भएको हो ।   एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका वैचारिक राजनीतिक दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको थियो ।  समाजवादीले महाधिवेशनमा निर्वाचित हुन २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २९९ तय गरेको छ ।

कैलाश सिरोहियालाई अनुसन्धान गर्न फेरि तीन दिन म्याद थप

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न फेरि तीन दिन म्याद थप गरेको हो । मंगलबार पक्राउ परेका सिरोहियालाई यसरी शुक्रबार पनि तीन दिन म्याद थप्दै अनुसन्धान गर्न अदालतले समय दिएको थियो । सोमबार पनि फेरि तीन दिनको म्याद थपिएको हो । यसअघि प्रहरीले थप पाँच दिन म्याद थपेर अनुसन्धान गर्नुपर्ने माग गरेको थियो । नागरिकता सम्बन्धी कसुरमा उनलाई मंगलबार कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ गरिएको थियो । उनीमाथि नागरिकता कीर्ते गरेको आरोप छ। त्यसबाहेक पनि उनीमाथि अनुसन्धान थालिएको प्रहरी स्रोतले जानकारी गराएको छ । 

काठमाडौंको थलीमा भेटिएको शव भक्तपुरका कृष्ण नगरकोटी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान बेवारिशे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ। प्रहरी वृत्त बौद्धका अनुसार उक्त शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो। प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । म‌गलबार बिहान थलीको उकालोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा उनको शव फेला परेको थियो। घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो।

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्य मन्त्री यादव

पर्सा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। जनता समाजवादी पार्टी पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान तथा अगुवा कार्यकर्ता भेलामा उनले सरकारी अस्पतालबाट वितरण गरिने औषधोपचार सेवाको गुणस्तरसँगै अवश्यकताका आधारमा सरकारी अस्पतालमा विशेषज्ञ सेवासमेत सञ्चालन गर्ने सोचका साथ नेपाल सरकार अगाडि बढिरहेको बताए। मन्त्री यादवले वीरगञ्जको नारायणी अस्पतालको बजेट बढाउने तयारी भइरहेको पनि जानकारी दिए । उनले नारायणी अस्पतालमा चाँडै क्यान्सर रोगीको उपचारको व्यवस्था गर्ने तयारीमा समेत सरकार रहेको बताए ।