दुई सिफ्टको सरकारी सेवा निष्क्रिय

काठमाडौं, माघ २५ । जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन गरिएको सेवा व्यावहारिक हुन नसकेकाले समस्या आएको बताए। उनले यसलाई व्यावहारिक र सरलीकृत कसरी गराउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल थालिएको बताए।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले १ पुस ०७१ देखि यस्तो सेवा सुरु गरेको थियो। जनताको अत्यधिक भीड लाग्ने कार्यालयबाट सेवा सञ्चालन सुरु गरिएको थियो। वर्तमान सरकारले सो निर्णयलाई खारेजीकै अवस्थामा पुर्‍याएको छ। कोइराला सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सक्रियतामा प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरिएको थियो। यो सेवाको सुरुवात गर्दा तत्कालीन सामान्य प्रशासनमन्त्री पण्डित विभिन्न सरकारी कार्यालयमा आफैँ पुगी कर्मचारीको अनुगमन गरेका थिए।

कार्यालयमा बिहान ६ बजेदेखि १२ बजेसम्म एउटा सिफ्ट र १२ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टबाट सेवाहरू प्रदान गरिएको थियो। जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात कार्यालय, राहदानी विभाग, विद्युत् र खानेपानीलगायत कार्यालयमा यो सेवा लागू गरिएको थियो। यी निकायमा अहिले पनि घन्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनविद् काशीराज दाहालको संयोजकत्वमा रहेको प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको पहिलो प्रतिवेदनमा सर्वसाधारणको अत्यधिक भीड लाग्ने निकायको पहिचान गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराई दुई सिफ्टमा सेवा प्रदान गर्ने निर्णय गरिएको थियो।

बिहान ६ बजेदेखि नै काममा व्यस्त रहे पनि सरकारले कर्मचारीलाई प्रोत्साहन गर्ने कुनै विशेष व्यवस्था गर्न नसकेकाले उत्प्रेरित हुन नसकेकाले सेवा सञ्चालनमा कठिनाइ आएको सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन्। मन्त्रालयकी सूचना अधिकारी गोमादेवी चेम्जोङले सम्बन्धित सरोकारवाला निकायलाई मन्त्रालयमा बोलाएर छलफल गर्दा सेवा सञ्चालनमा विभिन्न समस्या देखिएको बताइन्। कर्मचारी अभाव, प्रोत्साहनको व्यवस्था नभएको, सेवाग्राही नै बिहान ६ बजे नआउने गरेको र सरकारी सेवा प्रदान गर्दाका सहयोगी निकाय सेवामैत्री हुन नसकेकोलगायतका समस्या आएकाले चेम्जोङको भनाइ छ।

यो खबर आजको नयाँ पत्रिकामा छ ।

‘कार्यकाल सकिनु दुई महिना अगाडि निर्वाचन’

काठमाडौं, माघ १९ । स्थानीय तहमा जनप्रतिनिधिको व्यवस्था गर्न अब निर्वाचित कार्यसमितिको कार्यकाल पूरा हुनु दुई महिनाअगावै निर्वाचन हुने भएको छ । कार्यकाल पूरा हुनु दुई महिनाअगाडि नै निर्वाचन गर्ने गरी कानुनमा व्यवस्था हुन लागेको यो पहिलोपटक हो । निर्वाचन कार्यकाल सकिनुअघि नै भए पनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ ।  पाँच वर्षे कार्यकाल पूरा भएपछि मात्र नयाँ निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्नेछ ।   संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकमा सहमति गर्दै यस्तो व्यवस्था गरेको हो ।  उपसमितिले पारित गरेको विधेयक बुधबार समितिमा पेस हुनेछ । समितिले बुधबार नै छलफलपछि पारित गरे सम्भवतः उक्त विधेयक बुधबारको संसद् बैठकमा पेस हुनेछ । उपसमिति सदस्य रेखा शर्माले अविछिन्न रूपमा जनप्रतिनिधिको व्यवस्थाका लागि दुई महिनाअघि निर्वाचन गर्ने व्यवस्थामा सहमति भएको जानकारी दिइन्। ‘जनप्रतिनिधिविहीन अवस्था नहोस् भनेर कानुनमा नै निर्वाचनबारे स्पष्ट व्यवस्था गरिएको हो। उपसमितिले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ,’ उनले भनिन्। संविधानले स्थानीय तहमा आवधिक निर्वाचनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भएको बढीमा छ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।  तर, स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकले भने कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था पारित गरेको हो ।  स्थानीय निकाय विगत १४ वर्षदेखि जनप्रतिनिधिविहीन छन् । यसैगरी स्थानीय निकायमा राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूले दलीय आकारका आधारमा चुनाव चिह्न प्राप्त गर्नेछन् । राष्ट्रिय दलको मान्यता पाउने आवश्यक मत सीमा (थ्रेसहोल्ड)बारे राजनीतिक दलसम्बन्धी कानुनमा व्यवस्था हुनेछ । यो खबर आजको गोरखापत्रमा छ ।

अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा नेपालीहरु आत्तिएर फोन गर्छन्

वासिङ्टन डीसी , माघ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् । मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती बालेर जुलुस निकालेका छन् । राष्ट्रपति निर्वाचनको वहसमा नै पटक पटक आप्रवासी मुस्लीमलाई अमेरिकाबाट लखेट्ने बताउँदै आएका ट्रम्पले पाँच दिन अघि त्यस्तै निर्णय गरे । ट्रम्पको घोषणाले केही क्रिस्चियन र अन्य धर्म भएका मुलुकलाई भने फाइदा हुने देखिएको छ । नेपाल, भारत, रसिया, चीन युरोपेली मुलुकहरुलाई भने सहज हुने वातावरण बनाउनेतर्फ उनी लागेका छन् । नेपालीको फोनको ओइरो नेपाली दुतावासमा पनि राष्ट्रपति ट्रम्पको निर्णयपछि दैनिकजसो नेपालीहरुको फोन आउने गरेको राजदुत डा. अर्जुन कार्कीले बताएका छन् । कागजपत्र भएर बसेका नेपालीहरु र अन्य सबैलाई धैर्य गर्न भन्ने गरेको छु । राजदूत कार्कीले भने ‘विरोध पनि भइरहेको छ । निर्णय पनि हुदै गएका छन् । हामी हेर्ने र सुन्ने हो । अन्य मुलुकको आन्तरिक मामिलामा हाम्रो कुनै धारणा हामीले बोल्नु हुदैन ।’ यो खबर आजको कान्तिपुरमा  छ ।

उपत्यकाको धुलो सफा गर्न ‘ब्रुमर’

काठमाडौँ, माघ १७ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ गर्न यो यन्त्र प्रयोग गर्न लागिएको हो । पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । “सडक विभागमा उपयोग नभई बसेका तीनवटा ब्रुमर रहेछन्, ती ब्रुमर लिएर आयोजनाले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइ गर्न निर्देशन दिइएको छ, केही दिनमै ब्रुमरले सडक सफाइ सुरु गर्नेछ” – उनले भने । पानी वितरणका लागि उपत्यकामा ७६० किमी पाइप बिच्छ्याउने काम अहिले भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी पिच मात्र गर्ने र २०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्र गर्न विभागसँग सम्झौता भएको छ । दिउँसो पाइप ओच्छ्याउँदा सवारी चाप हुने भएकाले निर्देशनालयले धेरै स्थानमा राति काम गरिरहेको छ । सवारी चाप नहुने ठाउँमा मात्र दिउँसो काम भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । दिउँसो पानी हालेर धुलो कम गर्दा पनि सवारी चाप हुने भएकाले यो यन्त्रले सडक सफाइ गर्न लागिएको सचिव उपाध्यायले बताउनुभयो ।

‘कमन म्यान’ मनबीरले जीते बिग बोस सिजन-१०

मुम्बई, चर्चित रियालिटी शो ‘बिग बोस-१०’ को उपाधि मनबीरले जितेका छन । आम दर्शकले निक़ै मन पराएका मनबीर सामान्य मानिस श्रेणीबाट बिग बोसमा प्रवेश गरेका थिए । यसपालि बिग बोस मा कमन म्यान र सेलेब्रेटी गरी दुईवटा श्रेणीबाट प्रतियोगीलाई छानीएको थीयो । अन्तिम चरणमा मनबीरका अतिरिक्त वाणी, लोपा मुद्रा र मन्नु फ़ाईनलिस्ट-४ बनेका थीए ।      

जाडोमा सेक्सः यस्ता छन् चरम आनन्दका तरिकाहरु

मौसममा अचानक फेरबदल आएको छ । बुढाबुढीले आगो ताप्ने जोरजाम गर्दैछन् । कतिपय युवाहरुले मदिरा खाने कुरा गर्छन् । केहीले भने यौनान्दको कुरा गर्ने गर्दछन् । जाडोमा सेक्स आमरुपमा सबैले खोज्ने विषय हो । घरभित्रै बसेर बाहिर परिरहेको झमझम परिरहेको पानी हेर्दै आफ्नो जोडीसँग बस्न कामना या कल्पना गर्ने समेत धेरै हुन्छन् । तर जाडोमा सेक्सका केही तरिका छन जसले तपाईको यौन क्षणलाई चरमतामा पुर्याउन मद्दत गर्छ । के गर्ने त ? १। सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको कम्ती गारो काम होइन । त्यसैले कपडा खोलेर यौनसम्बन्ध राख्न वातावरण तयार गर्नुपर्छ । पार्टनरले पनि यो मान्ने र कोठामा पनि तातोका व्यवस्था गर्नुपर्छ । २। यदि तपाई वाइन पिउन मन पराउनुहुन्छ भने बेडमा योन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्न समेत यौन एक्सपर्टहरुले सल्लाह दिएका छन् । रेड वाइन कामोत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ । तर सीमामा रहेर मात्रै  । ३। दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाइृ प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नुहुने छ । ४। यौन जीवन सुखद् बनाउन बिछ्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ । यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ ।

निर्वाचनमा जुट्ने कर्मचारीलाई निर्देशन दिए मन्त्री पाण्डेले

धादिङ, माघ १४। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । धादिङबेँसीस्थित जिल्ला विकास समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अब निर्वाचनको बिकल्प छैन, तपाईँहरु स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुहोस् ।” विकास निर्माणको काममा ढिलाई भइरहेकामा चासो व्यक्त गर्दै मन्त्री पाण्डेले जनताले चाँडो प्रतिफल पाउने गरी विकासका काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी आवास निर्माण र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो । यसैबीच, प्रेस सेन्टर धादिङ शाखाले आजै आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचना गर्न गठित आयोगले दिएको प्रतिवेदनलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बारेमा छलफल भइरहेको बताउनुभयो । प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफलका लागि लैजान आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा प्रस्ताव दर्ता गराएको उहाँको भनाइ थियो । सर्वस्वीकार्यता बढाउँदै संविधानको कार्यान्वयन र स्थानीय तहको निर्वाचन गर्न नै वर्तमान सरकार गठन भएको बताउँदै मन्त्री पाण्डेले संविधानमा सबैको अपनत्व बढाउन गराउन सरकाले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको बताउनुभयो । सरकारले दर्ता गराएको संशोधन प्रस्ताव पारित हुने उहाँको दाबी थियो । स्थानीय तहको निर्वाचन कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पाण्डेले अब केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो ।

सगरमाथा जाने पुल निर्माण हुनसकेन

सोलुखुम्बु, माघ १२। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अझै हुन सकेकाे छैन । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत पुल निर्माण कार्य भने अलपत्र बनेको छ । दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो । २०७३ असार २० गते सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाको अहिलेसम्म कुनै काम हुनसकेको छैन । सो पुल सम्पन्न गरिसक्ने अन्तिम मिति समेत गुज्रिएको सात महिना बितिसकेको छ । योजनाका लागि पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि अहिलेसम्म उपभोक्ता समितिका पदाधिकारी जिविसको सम्पर्कमा आएका छैनन् । पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना निर्माण गरिएको थियो । उपभोक्ता समितिसँग रु ५० लाख ४२ हजारमा सो योजना सम्झौता भएको थियो । ६८ मिटर लामो सो पुल निर्माण नहुँदा खुम्बु भ्रमणमा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । गएको वर्षात्मा सोही स्थानबाट खोलामा खसेर एकजना विदेशी पर्यटक बेपत्ता भएका थिए । सँगै सम्झौता गरिएको चौरीखर्कको पुल निर्माण भएर प्रयोगमा आइसक्दा पनि उक्त पुल निर्माणको सुरसार नहुँदा स्थानीय वासिन्दा र पदमार्गमा हिँड्ने पदयात्री खिन्न भएका छन् । यता जिल्ला प्राविधिक कार्यालय सोलुुखम्बुका प्रमुख इन्जिनियर पुष्करप्रसाद पोख्रेलले भौगोलिक कठिनाइकै कारण अनुगमनमा जान नसकिएको बताए ।

मिश्र हत्या आरोपमा पत्नीसहित पाँच सार्वजनिक

गौशाला,माघ १२ । महोत्तरीको हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मङ्गलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका आरोपी हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योती मिश्रा, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुवेर राउतसहित पाँचजनालाई सार्वजनिक गरेको हो । हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्यज्यान मुद्दा चलाई हत्या भएको १० दिनपछि सार्वजनिक गरेको हो । ज्योती मृतक अन्जनीकी कान्छी श्रीमती रहेकी छन् भने कुवेर काकाससुरा हुन् । फिरोज र तूफान जनतान्त्रिक तराई मुक्तिमोर्चा, ज्वाला समूहमा सक्रीय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्या गर्ने किलरका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । उनका अनुसार हत्याको प्रमुख कारण यौनसम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा रहेको छ । मिश्रलाई गत पुस २९ गते शुक्रबार राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । रासस

‘सबै निर्वाचनमा एमालेको बहुमत’: ओली

काठमाडौं, माघ १० । प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेको बहुमत आउने दाबी गरेक खबर आजको अन्नपूर्ण पोष्टमा छ । एमले मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा ओलीले उक्त दाबी गरेका हुन् । ‘एमालेलाई पहिलो बनाउने भन्ने तीन बर्ष अघिको नारा हो । पहिलो त यसै पनि भइहाल्छ । अबको योजना सबै निर्वाचनमा बहुमत ल्याउने हो र बहुमत आउँछ’ ओलीले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकार र केहि राजनीतिक पार्टी उल्टो बाटो हिँडेको आरोप लगाए ।

उपत्यकामा चार ‘स्याटलाइट सिटी’ बन्ने

काठमाडौं, माघ १० । सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि विशेषज्ञ खोजिरहेको छ । प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले डिपिआर निर्माणका लागि विशेषज्ञ छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘स्याटलाइट सिटी निर्माणको फिजिबिलिटी अध्ययन सकिएको छ, अब डिपिआर तयार हुन्छ । यसका लागि विशेषज्ञ छनोटको तयारी अन्तिम अवस्थामा पुगेको छ । डिपिआर तयार भएलगत्तै स्याटलाइट सिटी निर्माणको काम अघि बढ्नेछ,’ उनले भने । तिवारीले माघभित्रै डिपिआर तयार गर्न विशेषज्ञ टोली नियुक्ति गरिसक्ने जानकारी दिए । ‘विशेषज्ञ टोलीले एक वर्षभित्र डिपिआर तयार गर्नेछ । सोही रिपोर्टका आधारमा स्याटलाइट सिटी निर्माण प्रक्रिया अघि बढ्नेछ,’ उनले भने । डिपिआरका लागि मात्रै करिब १५ करोड खर्च प्राधिकरणका अनुसार भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्रको करिब एक लाख रोपनीमा ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । बाँकीमा भने करिब १० हजार रोपनी क्षेत्रफलमा बनाइनेछ । एक लाख रोपनी क्षेत्रफलमा बनाइने ‘स्याटलाइट सिटी’मा डिपिआर गर्न १० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । बाँकी १० हजार रोपनी क्षेत्रफल समेटेर निर्माण गरिने दुईवटा ‘स्याटलाइट सिटी’ को डिपिआरका लागि दुई–दुई करोड रुपैयाँ खर्च गरिनेछ । काठमाडौंको पञ्चेश्वर, साङ्ला र काभ्रेस्थलीमा निर्माण हुने ‘स्याटलाइट सिटी’को भने सम्भाव्यता अध्ययन सकिएको छैन । यसका लागि ३० लाख रुपैयाँ खर्च गरिनेछ । कहाँ–कहाँ बन्दै छ ‘स्याटलाइट सिटी’ ? प्राधिकरणका अनुसार पहिलो चरणमा उपत्यकाको दक्षिण–पश्चिमस्थित भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्र समेटेर ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । दोस्रो चरणमा भक्तपुरको बालकोट र गुण्डु गाविस, तेस्रो चरणमा भक्तपुरकै दुवाकोट, चाँगुनारायण क्षेत्र र काठमाडौंको साँखुभन्दा तलको क्षेत्र तथा चौथो चरणमा काठमाडौंको पञ्चेश्वर, साङ्ला र काभ्रेस्थलीलाई समेटेर विस्तारित सहर निर्माण गरिनेछ । दुई वर्षभित्र काम सुरु हुन्छ ”‘स्याटलाइट सिटी’ निर्माणको अवधारणालाई मूर्तरूप दिन प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । यसको फिजिबिलिटी अध्ययन भइसकेको छ । डिपिआर तयार हुन करिब एक वर्ष लाग्छ । डिपिआर तयार भएपछि बृहत् छलफल हुन्छ । जनस्तरमा पनि यस विषयमा छलफल हुन्छ । सबैबाट पास भएपछि मात्र निर्माण प्रक्रिया अघि बढ्छ । त्यसो हुँदा अबको दुई वर्षभित्र ‘स्याटलाइट सिटी’ निर्माण सुरु हुन्छ ।” – भाइकाजी तिवारी, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण ‘स्याटलाइट सिटी’ नेपालमा पहिलो प्राधिकरणले अघि बढाएको ‘स्याटलाइट सिटी’ निर्माण अवधारणा नेपालमै पहिलो हो । विदेशमा भने यस खालका सहर धेरै बनेका छन् । विशेष गरी दुबईका समुद्रमा बनाइएका सिटी विश्वमा चर्चित छन् । सरकारले मध्यपहाडी लोकमार्गको १० ठाउँमा नयाँ सहर निर्माण गर्ने घोषणा गरेको छ । तर, त्यसको तयारी अझै अघि बढेको छैन । यो खबर आजको नयाँ पत्रिकामा छ ।

एटिएमबाट पैसा चोर्ने २ भारतीय पक्राउ

काठमाडौँ, माघ ९ । नेपाल प्रहरीले विभिन्न बैङ्कको एटिएमबाट रकम निकालेर ठगी गर्ने दुई भारतीयलाई अाइतबार पक्राउ गरेकाे छ । उनीहरुले एक महिनादेखि काठमाण्डौंका एक दर्जन एटिएम बुथबाट पैसा निकाल्ने कार्यमा लागेका दुईजना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले कमलादी, माछापोखरी, भोटाहीटी, महाराजगञ्ज, अनामनगर लगायतका करिब १ दर्जन ATM बुथहरुबाट करीब २५/३० जना ग्राहकहरुको रकम ठगी गरेको खुल्न आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी समातिए अभियुक्त प्रहरीले सम्बन्धीत बैंकहरुसँग समन्वय गरी CCTV (सिसिटिभि) फूटेजको दृष्यमा देखिएको हुलियासँग मिल्दोजुल्दो हुलिया भएका मानिसहरुको निरन्तर गोप्य निग्रानी गर्दै विभिन्न बैंकका ATM बुथहरु समेतमा निगरानी गर्दै जाँदा CCTV Footage मा देखिएका मानिसहरुको हुलियासँग मिल्ने दुई जना शंकास्पद व्यक्तिहरुलाई मिति २०७३।०९।२८ गते जिल्ला काठमाण्डौ का.म.न.पा. २९ स्थित विभिन्न एटिएम बुथहरु रहेको स्थानमा शंकास्पद गतिविधी देखाएकोले निजहरुको पिछा गर्दै जाँदा ठमेल स्थित होटल ECO 2000 मा प्रवेश गरेकोले कानुन बमोजिम उक्त होटलको खान तलासी लिदा भारत चण्डीगढ सेक्टर ४७ डी. घर नं. ३२१० ठेगाना भएका भारतिय पासपोर्ट नंबर L2968436 भएका बर्ष २३ का ईक्तेदार खान र भारत , FF 22 A मंगलबजार, लक्ष्मीनगर दिल्ली बस्ने बर्ष ३३ को निरन्जन मेहतालाई पक्राउ गर्न सफल भएको र निजहरुको कोठाबाट बिभिन्न बैकका ATM कार्ड, नगद तथा विभिन्न क्यासिनोमा प्रवेश गरेको टिकट समेत बरामद भएकोले थप अनुसन्धानको लागी निजहरु दुवै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । कसरी निकाल्थे रकम ATM बाट अभियुक्तहरुले ? पक्राउ भएका दुबै जना ATM Booth मा बिहानै बाट चाहार्थे । ईक्तेदार खान ATM Booth बाहिर निग्रानी गर्थे भने निरन्जन मेहता आफ्नो कार्ड हातमा लिई रकम निकाल्ने बहानामा ATM card बाट पैसा निस्केन तपाईको पैसा निस्कियो कि निस्केन भनेर हिन्दीमा सोध्दथे । ग्राहकलाई ATM बाट रकम निकालेर मलाई सिकाईदिनुहोस भनि अनुरोध गर्थे । सोझा ग्राहकहरुले थोरै रकम निकाली ATM बाट रकम निकाल्ने तरिका सिकाई दिन्थे त्यस पछी ग्राहक निक्लना साथ “Do you need more time ? ” भन्ने Option (Button) दबाई OK गरी रकम निकाल्थे भने कतिपय अवस्थामा Internet Slow भएको बेलामा रकम प्राप्त नभई Do you want to continue ? भन्ने Option आएको अवस्थामा Yes bottom दबाई अघि Dial गरेको रकम निकाल्ने गर्दथे । कसरी दुरुपयोग गर्थे ATM बाट निकालिएको रकम ? त्यसरी निकालिएको रकम काठमाण्डौंका बिभिन्न Casino तथा होटलहरुमा खर्च गर्ने र बिभिन्न सरसमानहरु खरिद गर्ने गर्दथे । तलासीको क्रममा खटिएका कर्मचारीले तत्काल सोधपुछ गर्दा विगत एक महिनादेखि दैनिक रुपमा यस्तै बहानामा कुनै न कुनै सोझा ग्राहकहरुलाई विश्वास दिलाई रकम निकाल्ने गरी ईच्छा अनुसार खर्च गर्न पाएकोले ATM लाई आफूहरुको “MY GOOD FATHER” हो भनेका थिए । विगत एक महिनाको अवधीमा करिब २० स्थानमा भएका ATM बाट करिब ६ लाख भन्दा बढी रकम ठगी गरी हिनामिना गरेको ।  

बीर शमशेरको पालामा बनेको ढल भत्काएपछि…

काठमाडाैं, ९ माघ । राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरकालीन असनको ढल मर्मतसम्भार गर्न भन्दै जथाभाबी भत्काउँदा अहिले राजधानीको यो पुरानो बजार हिँडिनसक्नु गरी दुर्गन्धित भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– यो बजारको मुख्य गल्ली सम्पदा मार्गमा जथाभाबी सात फिट गहिरो खाल्टो बनाइएको छ । महानगरले ढल थुनिएको भन्दै बिनायोजना ४(५ ठाउँमा ठूल्ठूला खाल्टा खनेपछि पुरानो ढल भेटिएको छ । उक्त पुरानो ढलमा वीरशमशेरकालीन इँट भेटियो तर महानगर र स्थानीयले यो ऐतिहासिक पक्षको बेवास्ता गरे । महानगरपालिका ३० असन बजारको ढल अहिले भताभुंग पार्दा यो ऐतिहासिक र पुरानो बजार सुनसान बन्न थालेको छ । करिब डेढ सय वर्षअघि निर्माण गरिएको ढल महानगर र राज्यका निकायले समयमा मर्मत नगर्दा अहिले ठप्पजस्तै भएको छ । मर्मतसम्भार भन्दै पुरानो ढल जथाभाबी खन्दा असन नै दुर्गन्धित बनेको काठमाडांै महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले बताए । ‘ढल बाहिर बगेपछि ऐतिहासिक असन बजार प्र्रभावित भयो तर नयाँ योजना ल्याउन नसक्दा, मर्मत र पुनर्निर्माण गर्न नसक्दा र स्थानीयले पुराना सम्पदालाई बेवास्ता गर्दा ढल अलपत्र बनेको छ’, सिंहले भने । इन्जिनियरले ऐतिहासिक स्थलको संरक्षणमा चासो नदिई नयाँ योजना ल्याउनु विकासका नाममा विनास हुने उनको आरोप थियो । पुरातात्विक स्थल जोगाउन सोचेर काम गर्नुपर्ने तर पुर्खाले गरेको कामलाई भत्काउँदा इतिहास मेटिएको भन्दै उनले दुखेसो पोखे । बन्द भएको भन्दै महानगरले एक महिनायता बिनायोजना जथाभाबी सडकसडकमा प्वाल पारेर ढल निकालेको छ । जम्मा एक लाख पचास हजार रुपैयाँको न्यून बजेटले असन बजारको पूरै ढल मर्मतसम्भारका नाममा खनिएपछि बजार पूरै दुर्गन्धित बनेको हो । ‘खन्न सुरु गरिएको थियो । पैसा सकिएको भन्दै बन्द गरे । हामी चकित प¥यौं’, ज्याठा ठमेल पर्यटन समितिका संयोजक योगेशकुमार खड्गीले भने । दुर्गन्धले बजारमा पर्यटकदेखि बटुवासमेतको आवतजावत महिना दिनदेखि पातलिँदै गएको खड्गीले बताए । राज्यले दरबारस्क्वायर क्षेत्रमा पर्यटक भिœयाउने मुख्य मार्गका रूपमा घोषणा गरेको सम्पदा मार्ग नै ढलमय बनेको छ । ढल पुनर्निर्माण र मर्मतका लागि महानगरपालिका र सम्पदा विभागमा हारगुहार गरे पनि कुनै चासो नदिएको उनको भनाइ छ । इतिहास जोडिएको ढलको अस्तित्व नै समाप्त भएको भन्दै उनले यसमा चासो दिन माग गरे । व्यस्त बजारमध्ये एक मानिने असन बजार दुई वर्षयता ढल पुरिएर केही घरमा निकास नै बन्द भएको छ । कुनाटोल, इनवालटोल, गोसीफल मार्ग, भमलुचोक, ज्वालामाई मार्ग, ज्याठा ठमेल, असन चोक र आसपासका गल्लीमुनि बग्ने ढल बन्द भएका छन् । अहिले ढल सडकमा बग्दा जनजीवन अस्तव्यस्त बनेको छ । ‘सडकमा हिँड्ने अवस्था छैन । जबर्जस्ती पसल खोलिए पनि सेवाग्राही नआएपछि समस्या भएको छ’, असन टोलसुधार समितिका अध्यक्ष अमूल्य मानन्धरले भने । ढल बन्द भएको जानकारी लिखित रूपमा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई गराए पनि कुनै पहल नभएको गुनासो उनले पोखे । स्थानीयले ढलको समस्या असन बजार पर्ने काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानलाई माघ ३ गते स्थलगत रूपमै देखाए पनि समधानको प्रयास नभएको गुनासो पोखे । सांसद प्रधानले काठमाडौं महानगरपालिकाका निर्माण प्रमुख उत्तरकुमार रेग्मीलाई तत्काल काम गर्न भनेपछि उनीहरूबीच चर्काचर्की भएको स्थानीयले बताए । ‘तर ऐतिहासिक ढल जीर्णोद्धारका विषयमा शब्दसमेत उच्चारण भएन’, ती स्थानीयले भने ।

युनाइटेड सिक्किमलाई हराउँदै साहारा सेमिफाइनलमा

पोखरा, माघ ८ । आहा रारा गोल्डकपमा आयोजक साहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा युनाइटेड सिक्किम फुटबल क्लब, भारतलाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हराउँदै साहारा सेमिफाइनल प्रवेश गरको हो । पोखरा रंगशालामा जारी १५औं खेलमा दुवै टिमबाट निर्धारित समयमा कुनै गोल हुन नसकेपछि अतिरिक्त समयमा गएको थियो । तर, त्यसमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेलको नतिजा ट्राइब्रेकरबाट टुंगो लागेको हो । ट्राइब्रेकरमा साहाराको तर्फबाट उत्तम गुरुङ्ग, रमेश मगर, शिव सुवेदी र सुशन गुरुङ्गले गोल गरे भने सिक्किमको तर्फबाट सञ्जय क्षेत्री र फुर्वा छिरिङ्ग भुटियाले गोल गरेका थिए । तस्वीरः गोल नेपाल डटकम

बलिउडबाट हलिउडमा अवार्ड लिन उत्साहित हुँदै प्रियंका

बलिउड क्षेत्रमा चर्चित अभिनेत्री प्रियंका चोपडा रेड कार्पेटमा बढी आकर्षित देखिएकी छिन् । उनको पहिरनदेखि स्टाइलको मामिलामा सधैं सजग रहने गर्छिन्। बलिउड क्षेत्रमा सधैं अवार्ड लिने गरेकी प्रियंका चोपडा अहिले हलिउड क्षेत्रतिर अवार्ड लिने उत्साहित देखिन्छन् । अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’ को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् । अवार्ड आयोजना हुनुभन्दा २ दिन अगाडि चोपडा कस्तो पहिरन लगाउने भन्ने बिषयमा चिन्तित थिइन् । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उनी सेक्सी मात्र देखिइनन्, सबैको नजरमा पनि परिन् । हलिउडका थुप्रै सुन्दरीहरुको विचमा आकर्षक देखिनु बलिउड सुन्दरीका लागि आफैमा चुनौती थियो । उनले रेड कार्पेटमा आफ्ना फ्यानलाई फुलाइङ किस पनि गरिन् । उनको पहिरनमा डाइमण्ड पनि जोडिएको थियो । अंग्रेजी सिरियल र हलिउड चलचित्रमा काम गरेपछि चोपडा अहिले पश्चिमा देशमा पनि चर्चित छिन् ।