नेहाभन्दा अघि अंगद र नोरासँग डेटको तस्वीरहरु भाइरल (तस्वीरहरु)
मुम्बई । बिहीबार बलिउड क्षेत्रकी चर्चित अभिनेत्री नेहा धूपियाले ‘पिंक’ फेम अंगद बेदीसँग दुवैजनाको निजी समारोहबीच विवाह सम्पन्न भएका छन् ।
फिल्ममेकर करन जौहरले एक फोटोे शेयर गरी नेहा र अंगदको विवाह कन्फर्म गरेका थिए । नेहा र अंगदले सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो विवाहको फोटो शेयर गरेका छन् ।
त्यस्तै, अंगद बेदी जति चलचित्रलाई लिएर लाइमटाइममा रहेका थिए, उति नै टकिंग प्वाइन्ट लभ रिलेशनसिप पनि रहेका थिए । युवराजको विवाहमा ‘नोरा’ को साथ पुगेका थिए अंगद ।
अंगद बेदी डिसेम्बर, २०१६ मा आफ्नो बेस्ट फ्रेन्ड युवराज सिंहको विवाहमा नोरा फतेहीको साथ पुगेका थिए । खास कुरा त यो हो कि यहाँ अंगदले नोराको आफ्नो गर्लफ्रेन्ड भनेर सबै सामु परिचय गराएका थिए । त्यही नोभेम्बर २०१७ मा उनी जहीर खान र सागरिका घाटगेका विवाहको रिसेप्शनमा नेहा धूपियासँग चिनजान भएका थिए ।
अंगदले नोराको बताएका थिए, ‘लभली गर्ल’
मिडियाको रिपोर्टका अनुसार, मोडल तथा अभिनेत्री अंगद बेदीसँग नोरा फतेही भेटघाट २०१५ मा गोवामा भएको थियो ।
जब एक अन्तर्वार्तामा अंगदसँग उनको रिलेशनसिपको बारेमा सोधेका थिए कि नोरा र उनी अहिले पनि एकअर्कालाई बुझ्न लागिपरेका छन् । उनले नोराको एक लभली गर्ल पनि भनेका थिए ।
साथै उनको काम र पोजिटिभिटीको तारिफ पनि गरेका थिए ।
विवाहअघि नेहाभन्दा पहिले नै अंगद र नाेरा एकअर्कासँग डेट भइसकेका केही सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, हेर्नुहोस् केही तस्वीरहरु-
एजेन्सीको सहयोगबाट
एक दर्जनभन्दा बढी गीतसहित एकल साँझमा थकाली
पोखरा । पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझमा झुल्किनुभएको छ । रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाउनुभएका थकालीले एकल साँझमा उक्त गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाउनुभयो । एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं स्रोताले उहाँलाई साथ दिएका थिए । कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग गरिने लक्ष्य लिइएको छ । पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहनुभएका थकाली खेल विधाका साथै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ । रासस
आइपिएल क्रिकेट : धोनीको टिमसँग हार्यो विराटको टिम
काठमाडौं, बैशाख १३ । क्विन्टन डी कक र एबी डी भिल्लियर्सले प्रभावशाली प्रदर्शन गरे पनि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले जित निकाल्न सकेन । बैंग्लोरले प्रस्तुत गरेको २०६ रनको लक्ष्य चेन्नई सुपर किङ्गले दुई बलमा बाँकी हुँदा मात्रै पाँच विकेटको क्षतिमा भेट्टायो । विशाल लक्ष्य भेट्टाउने क्रममा चेन्नईका लागि अम्बाती रायडुले ५३ बलमा ८२, तथा कप्तान महेन्द्र सिंह धोनीले ३४ बलमा नटआउट ७० रनको योगदान दिए । धोनीको प्रदर्शन चेन्नईको जितका लागि महत्वपूर्ण बन्यो । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा २०५ रन बनायो । उसका लागि ककले ३७ बलमा ५३ तथा भिल्लियर्सले ३० बलमा ६८ रन बनाए । यस्तै मन्दीप सिंहले १७ बलमा ३२ रन बनाए भने कप्तान विराट कोहलीले १५ बलमा १८ रन बनाए । जितपछि धोनीको टिम चेन्नई शीर्ष स्थानमा पुगेको छ । ६ खेलमा पाँचौँ जित दर्ता गरेको चेन्नईको १० अंक रहेको छ । यस्तै ६ खेलमा चौथो हार बेहोरेको बैंग्लोर चार अंकसहित छैटौँ स्थानमा छ ।
राजेन्द्रकुमारको निर्देशित सातौं चलचित्र ‘पसले’ को छायांकन सम्पन्न
निर्देशक राजेन्द्रकुमार अर्याल ‘राजु’ निर्देशित सातौ फिल्म ‘पसले’ को सम्पूर्ण छायांकन सकिएको छ । एनपी फिल्मस् प्रोडक्सन प्रालिका लागि निर्माताद्वय सञ्जयकुमार थापा र गणेशप्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन । काठमाडौं, काभ्रे, धनगढी र चितवनमा यो चलचित्रको छायांकन गरिएको हो । निर्देशक अर्यालले ‘पसले’ जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदमा केन्द्रित रहेको बताए । यसअघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्यौल यात्रा’, ‘सीता’, ‘जिन्दगी’, ‘जस्ट फर यू’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स निर्देशक हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’लाई निर्देशक स्वयं अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर चलचित्र निर्देशन गर्ने उनको चाहना रहेको छ । यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्यौल यात्रा’ निर्माण गरेका थिए । मेकिङको हिसाबले उनको यो दोस्रो चलचित्र हो । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनीता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्वन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज डेट भने हाल तय गरिएको छैन ।
डोटीमा जिप दुर्घटना, घाइते भएकामध्ये थप दुई जनाको मृत्यु
डोटी, बैशाख ९ । डोटी शिखर नगरपालिका–३ मा शनिबार भएको जिप दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरागाउँकी ३५ बर्षिया झाकरी भुल र सोही ठाउँकी २८ बर्षिया धौली भुल रहेको जिल्ला प्रहरी कार्यालय दिपायलका प्रवक्ता डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । धौलीको सेती अञ्चल अस्पतालमा र झाकरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग. १ ज ५२७५ नम्बरको जिप शिखरनगरपालीको ३ छाईपानीमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा
काठमाडौं । राजधानीको ठमेल नर्सिङ चोक मार्गमा फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको छ । संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको हो । वैशाखको अन्त्यबाट सुरू हुने गरी रेष्टुरेन्ट’ रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको हो । युवा संञ्चारकर्मी रोशन दानी तथा युवा व्यवसायी अर्जुन थापाको लगानीमा सुरु गरिएको उक्त रेष्टुरेन्टमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइने जनाइएको छ । हाईजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मी रोशन दानीले बताए । रेड लायन्स ‘लाउञ्ज’ अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए। रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिकरुपमा फरक फरक कलाकारहरुबाट लाइभ म्युजिकल प्रस्तुति रहने छ। करीब साढे दुई करोड लगानीमा सुरू हुन लागेको रेष्टुरेन्टमा नयाँ–नयाँ परिकारको स्वाद दिने कम्पनीको लक्ष्य रहेको छ । ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहा वाट दहचोको पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचोक डाडामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।
ट्याक्टरबाट खस्दा बालकको मृत्यु
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकास घाइते भएको प्रहरीले जनाएको छ । बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो । रासस
मेसीको गोलले शहरमा ‘कम्पन हुन्छ’ – वैज्ञानिक
काठमाडौं, चैत्र २८ । स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन्। अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए। र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन्। गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा र तल झर्दा कम्पन बढ्ने गरेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्। अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन्। उनीहरूले ती कम्पनले त्यहाँका भवनहरूमा पार्ने प्रभावबारे समेत तथ्याङ्क सङ्कलन गर्न गइरहेका छन्। बीबीसी
जेलबाट छुटेपछि सामाजिक सञ्जालमा सलमानको आँसु
काठमाडौं, चैत २६ । २० अघि दुलर्भ जनावार कृष्णसार मारेको कसुरमा दुई दिन जोधपुर जेल बसाईपछि मुम्बई फर्किएका अभिनेता सलमान खानले ट्वीट गर्दै हर्षका आँसु बगाएका छन् । साथै अप्ठ्यारोमा साथ दिन आफ्ना प्रशंसकहरुलाई धन्यवाद दिएका छन् । आफ्नो आधिकारिट ट्विटर ह्याण्डलमा सलमान खानले लेखेका छन्, ‘कृतज्ञताका आँसु । मलाई माया र साथ दिने सबै प्रियजनहरुमा जसले कहिल्यै आशा मारेनन् । मलाई माया र समर्थन गरेकोमा सबैलाई धन्यवाद । भगवानले कृपा गरुन् ।’ कृष्णसार मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सन्दिप लामिछाने रहेकाे दिल्ली डेयर डेभिल्सले हार्याे
काठमाडौं,चैत २६ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्ग्स इलाभेन पञ्जाबले सुखद सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको हो । पहिलो खेलमा दिल्लीमा आवद्ध नेपाली बलर सन्दिप लामिछानेले भने मौका पाएका थिएनन् । दिल्लीले दिएको १६७ रनको लक्ष्य पञ्जाबले ७ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । पञ्जाबलाई जिताउन आक्रामक ब्याटिङ गरेका केएल राहुलले १४ बलमा अर्धशतक बनाए । उनी ५१ रनमा आउट भए । करुण नयरले पनि अर्धशतक बनाए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका कप्तान गौतम गाम्भीरले ५५ रन बनाएका थिए । आईपीएलकै कान्छो क्रिकेटर मुजिब उर रहमान र मोहित शर्माले समान २-२ विकेट लिए । नेपाली क्रिकेटर सन्दिप लामिछाने पहिलो खेलमा मैदान उत्रिन पाएनन ।
कैदी नं १०६ सलमान खान, जेलमा पहिलो रात यस्ताे रह्याे
अभिनेता सलमान खानलाई कालो हरिण मारेको अभियोगमा जोधपुर कोर्ट दोषी ठहर गर्दै बिहीबार पाँच वर्षको सजाय सुनाएको छ । यो सँग सलमान खानलाई ठूलो झट्का लागेको छ । अदालतको फैसलापछि सलमानले बिहीबार जोधपुर सेंट्रल जेलमा विताएका छन् । शुक्रवार विहान करीब डेढ घण्टासम्म चलेको बहसपछि अदालतले शनिबारसम्मलाई सलमानको जमानतका निवेदन उपरको कारबाहलिाई स्थगित गरेको छ । अब सलमान खानले शुक्रबार पनि जेलमै विताउनु पर्ने भएको छ । बिहीबार सलमान खान भुईमा रात विताएका छन् । भने गोभीको तरकारी, चनाको दाल र रोटी खाएको बताइएको छ ।
अवैध कलेजमा पाँच वर्षदेखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य
काठमाडौं – चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा मुख्य खबर छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ। नर्सिङ शिक्षण संस्था सञ्चालन गर्न नेपाल नर्सिङ परिषद्बाट मान्यता लिनुपर्ने कानुनी व्यवस्था छ। तर, कलेजले मान्यता नै नपाएको काउन्सिलका रजिस्ट्रार लक्ष्मी राईले खुलाइन्। उक्त कलेजबाट चारबर्से बीएससी नर्सिङ अध्ययन पूरा गरी नाम दर्ता परीक्षामा सामेल हुन दुई विद्यार्थीले अनलाइनबाट फर्म भरेपछि अवैध भएको खुलेको हो। काउन्सिलले बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठलाई कलेज अवैध भएको जनाउँदै परीक्षामा सामेल गर्न रोकेको छ। रजिस्ट्रार राईले प्रश्न गरिन्, ‘मान्यता नै नदिएको कलेजबाट पढेकालाई कसरी परीक्षामा सामेल गराउने ? ’ परीक्षामा सामेल हुन नपाएकोमा विद्यार्थीद्वयले उच्च अदालत पाटनमा मुद्दा दायरसमेत गरेका थिए। अदालतले परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि मान्यता नै नपाएको कलेजमा अध्ययन गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउनु न्यायोचित नहुने ठहर परिषद्को बोर्ड बैठकले गरेको थियो। परिषद् ऐन, २०५२ को दफा ९ अनुसार शिक्षण संस्थालाई मान्यता दिने अधिकार काउन्सिललाई रहेको छ। पूर्वाञ्चल विश्वविद्यालयको मिलेमतो शिक्षण संस्था सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले नर्सिङ परिषद्सँग परामर्श माग गर्नुपर्ने कानुनी व्यवस्था छ। सम्बन्धित शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे-नगरेको जाँचबुझ गरी परिषद्ले परामर्श दिनुपर्छ। परिषद्को परामर्शको आधारमा मात्र सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। काउन्सिलले पूर्वाधार नपुगेको भन्दै परामर्श दिए पनि सम्बन्धन दिएको पूर्वाञ्चल विश्वविद्यालयले बेवास्ता गर्दै आएको छ। काउन्सिलकी रजिस्ट्रार राईले विश्वविद्यालयका उपकुलपतिलाई भेट्न जाँदा ‘रेस्पोन्स’ नगरेको बताइन्।
कांग्रेसको चुनाव समीक्षा बैठकमा नरहरिदेखि गुरु घिमिरेसम्मले के भने
काठमाडौं, चैत १० । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ । निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनुभयो । उहाँहरुले पार्टी नेतृत्वबाट प्रभावकारी भूमिका खेल्न नसकेकै कारण काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरुप हात पार्न नसकेको टिप्पणी गर्नुभयो । बैठकमा सभापति देउवा पक्षधर नेताहरुले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिइहाल्नुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गर्नुभयो । करीब दुई वर्षपछि पार्टीका बैठकमा उपस्थित भएका कांग्रेसका चर्चित नेता नरहरि आचार्यले आफ्नो स्वास्थ्य भन्दा पार्टीका विषयमा बढी चिन्ता लागेको बताए । विभिन्न कमजोरीका कारण पार्टीले नराम्रो पराजय व्यहोरेको भन्दै कमीकमजोरी सुधारेर अगाडि बढ्नु पर्ने बताए । बैठकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी अहिले जुन अवस्थामा छ, यो बेला एकले अर्काप्रति आरोप प्रत्यारोप गर्नेभन्दा पनि कमीकमजोरीलाई सुधारेर अघि बढ्न आवश्यक रहेको दृष्टिकोणबाट सुझाव आएको जानकारी दिनुभयो । अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको आन्तरिक अवस्था, टिकट वितरणमा विभेद र प्रचार रणनीतिमा कमजोरी तथा विपक्षको आरोपको खण्डन र प्रतिवाद उचित ढंगबाट हुन नसक्दा अहिले नेपाली काँग्रेस कमजोर जस्तो देखिन पुगेको धारणा बैठकमा अधिकांश सदस्यहरुले राख्नुभएको बताउनुभयो । उहाँहरुले पार्टीलाई सबल र सुदृढ बनाउने सन्दर्भमा उठेका प्रश्नका बारेमा सभापति र महामन्त्रीले गम्भीर ढंगले आत्मसात् गरेर एकताबद्ध भई अघि बढ्नुपर्ने सुझाव दिनुभएको उहाँले बताउनुभयो । अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायरले विगतमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई जुन परिस्थितिबाट गुज्रनुपर्ने अवस्था सिर्जना गरियो, त्यसैको नतिजाका कारण नेपाली काँग्रेसले अहिलेको अवस्था भोग्नुपरेको दृष्टिकोण प्रस्तुत गर्नुभयो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरु हरिप्रसाद नेपाल, नरहरि आचार्य, नवीन्द्रराज जोशी, कल्याण गुरुङ, दिलेन्द्रप्रसाद बडूले आ–आफ्ना धारणा राख्नुभएको थियो । समितिको अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ ।
मलाई गाडी किन चाहियो, त्याे पैसाले थोरै भए पनि विकासको काम गर्छू : गाउँपालिका अध्यक्ष सुनुवार
काठमाडौं । एकैपटक निर्वाचित अन्य गाउँपालिका अध्यक्ष गाडीमा हुँईकिँदा शेरबहादुर सुनुवार त्यसैको पछिपछि धुलो खाएर थोत्रो मोटरसाइलमा कुदिरहेका हुन्छन् । मलाई गाडी किन चाहियो, सुनुवार भन्छन्, गाडी किन्ने पैसाले थोरै भए पनि विकासको काम गर्छू, अरुको देखासेखी मलाई गर्नु छैन । रामेछापको दुर्गममा पर्ने उमाकुण्ड त्यसैमा पनि विकासमा पछाडि छ । कसरी हुन्छ मलाई परिणाम देखिने गरी र नागरिकले अनुभूति काम गरेर देखाउन छ, सुनुवार भन्छन् । जिल्ला सदरमुकाम आईपुगेपछि उनी मोटरसाईकल प्रयोग गर्छन् । उमाकुण्डबाट मन्थली होस् या काठमााडौं जाँदा आउँदा उनले प्रयोग गर्ने सार्वजनिक यातायात नै हो ।,आाजको कान्तिपुर दैनिकमा यो खबर छ ।
राष्ट्रियसभा उपाध्यक्षकाे निर्वाचन अाज, दाहाल र आले भिड्दै
काठमाडौं, चैत ४ । राष्ट्रियसभाको उपाध्यक्षका आज निर्वाचन हुँदैछ । वाम गठबन्धन र कांग्रेस दुवैले उम्मेदवारी दिएपछि आज चुनाव हुन लागेको हो । संघीय संसद् सचिवालयका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजय हुने निश्चितजस्तै छ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना यसअघि नै निर्वाचित भइसकेका छन् ।
सोमपाल र सन्दीप चम्किएपछि नेदरल्याण्ड्सको व्याटिङ धरापमा, सस्तैमा चार विकेट गयो
काठमाडौं, चैत्र ३ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । जिम्बावेको क्वेक्वे मैदानमा टस हारेर फिल्डिङ गरिरहेको नेपालले उत्कृष्ट शुरुवात गरेको छ । नेपालले नेदरल्याण्ड्सको सस्तैमा चार विकेट लिएको छ । चौथो विकेट लिने क्रममा सन्दीप लामिछानेले म्याक्स वडउडलाई २८ रनमा पवेलियन फर्काए। उनले सर्वाधिक रन बनाएका थिए। नेदरल्यान्डले ४८ रनमा चौथो विकेट गुमाएको हो। नेदरल्यान्डका पहिला तीन विकेट सोमपाल कामीले लिएका हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका हुन्। उनले यो समाचार तयार पार्दासम्म ११ रन मात्र दिएका छन् भने ६ ओभर बलिङ गरेका छन्। तेस्रो विकेट लिनेक्रममा नेदरल्यान्डका पेटर बोरेनलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका हुन्। शून्य रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डले ६ रन जोड्का दोस्रो विकेट गुमाएको हो। दुवै विकेट सोमपाल कामीले लिउका हुन्। सोमपालले आफ्नो ओभरको बलिङमा शून्य रन दिएर २ विकेट लिएका हुन्। दोस्रो विकेटका रुपमा बेन कुपरलाई पारस खड्काबाट क्याच आउट गराएका उनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका छन्। रन भने दिएका छैनन्। नेदरल्यान्डले शून्य रनमा झट्का बेहोरेको हो। सोमपाल कामीले तेस्रो बलमा विस्ली वारेसीलाई ज्ञानेन्द्रको हातबाट क्याच गराएर पवेलियन फर्काएका छन्। कामीले पहिलो ओभरमा रन नदिइ विकेट लिएका छन्।