माअाेवादी पूर्वलडाकु वसन्ता उपचारबाट बञ्चित
‘शान्ति वार्ता र शान्ति प्रक्रियापछि भएको संविधानसभाकाे चुनाव, त्यसपछिकाे चुनावमा नेताहरुलाई जिताउन भोक, प्यास नभनि खटियौँ, तर उनैका लागि लड्दा लागेको छर्रा निकाल्न कुनै नेताले सहयोग गरेनन्’
वैजनाथ गाउँपालिका–१, रारावस्तीकी पूर्व लडाकु बसन्ता रोकायको दाहिने पाखुरामा बन्दुकको ३ वटा छर्रा छ । बन्दुकको छर्रा भएका कारण उनले राम्रोसँग काम गर्न सक्दैनन् । छर्रा भएको हात बेला–बेला दुख्ने गरेको छ । पाखुरामा भएको छर्राले दुखाउँदा उनले माओवादी युद्धलाई सम्झिन्छन् । उक्त छर्रा निकाल्नका लागि उनले अनेक उपाय लगाइन्, अस्पताल धाइन्, तर आर्थिक अवस्था कमजोर भएका कारण छर्रा निकाल्न सकेकी छैनन् ।
पाखुरामा भएको छर्राले युद्धको स्मरण गराउने गरेको उनले बताइन् । माओवादी जनयुद्धमा उनले पूर्वमेचीदेखि पश्चिम महाकाली र उत्तर तिब्बतको सीमानादेखि दक्षिणमा भारतको सीमानासम्म हुने लडाइँमा सहभागी भइन् । आफ्नो ज्यान हत्केलामा राखेर देश र जनताका लागि जनयुद्धमा होमिएपनि अहिलेसम्म पाखुरामा भएका छर्रा निकाल्न नसकेको उनले बताइन् । ‘शान्ति वार्ता र शान्ति प्रक्रियापछि भएको संविधानसभामा माओवादी नेताहरुलाई जिताउन भोक, प्यास नभनि खटियौँ, तर उनैका लागि लड्दा लागेको छर्रा निकाल्न कुनै नेताले सहयोग गरेनन्,’ उनले गुनासो गरिन् ।
‘सरकारले प्रदान गरेको निशुल्क सेवा लिन भेरी अंचल अस्पताल गएपनि द्वन्द्व पीडितसम्बन्धी कागजात र परिचय पत्र नभएका कारण सेवाबाट बञ्चित भए ।’
नेपाल सरकारले द्वन्द्वमा घाइते भएकाको निशुल्क अप्रेसन, उपचार र फिजियोथेरापी गर्ने व्यवस्था मिलाएको छ । द्वन्द्वमा घाइते भएकाहरुको भेरी अंचल अस्पतालमा निशुल्क उपचार भएपनि बसन्ताले चाहेर पनि नपाउने भएकी छन् । ‘सरकारले प्रदान गरेको निशुल्क सेवा लिन भेरी अंचल अस्पताल गएपनि द्वन्द्व पीडितसम्बन्धी कागजात र परिचय पत्र नभएका कारण सेवाबाट बञ्चित भए ।’ उनले भनिन् ।
कागजात नभएका द्वन्द्वपीडितको पनि उपचार गर्न माग
बसन्ता रोकाय उपचार पाउन नसकेका घाइते द्वन्द्वपीडितहरुका प्रतिनिधि पात्रमात्र हुन् । उनी जस्तै बाँकेका धेरै घाइते द्वन्द्वपीडितको कागजात पु¥याउन नसकेका कारण उपचारबाट बन्चित भएको द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेकी सचिव जयन्ती केसीले बताइन् ।
उनले साविक नौवस्ता, चिसापानी र महादेवपुरी गाविसका कम्तीमा १० जनाको उपचार नगराई नहुने अवस्थामा रहेको बताइन् । उनले चिसापानी र नौवस्ताका ७ र महादेवपुरीका ३ जना द्वन्द्वपीडितको शरिरमा भएको छर्रा निकाल्नै पर्ने अवस्था रहेको बताइन् । ‘प्रक्रिया र सेवाका बारेमा जानकारी नपाउँदा द्वन्द्वपीडित घाइतेहरु सम्पर्कमा आएका छैनन्, केहि कागजातका कारण सेवाबाट बञ्चित भएका छन्,’ उनले भनिन् ।
भेरी अंचल अस्पतालले द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात मागेका कारण कागजात नभएका घाइतेहरु सरकारी सेवाबाट बञ्चित भएको बताइन् । ‘केहि आफ्नै लापरवाहीले द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात बनाउनु भएन, केहिको राज्यकै कारण कागजात बन्न सकेको छैन,’ उनले भनिन् । उनले कागजातको आधारमा नभई द्वन्द्वपीडितको अवस्था हेरेर अस्पतालले उपचार सेवा दिँदा उपयुक्त हुने केसीले बताइन् ।
हालसम्म १९९ जनाको शल्यक्रियासहितको उपचार
माओवादीको १० वर्षे जनयुद्धका बेला घाइते भएका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका घाइतेको उपचारका लागि भेरी अंचल अस्पतालमा ‘मध्य तथा सुदूरपश्चिमाञ्चलका द्वन्द्वपीडित अपाङ्ग व्यक्तिहरुलाई हाडजोर्नी रोगको उपचार तथा पुनस्र्थापना सेवा सुदृढीकरण कार्यक्रम’ संचालनमा आएपछि हालसम्म १ सय ९९ जनाले उपचार सेवा लिएका छन् । यो कार्यक्रम भाद्र ७ गतेदेखि पुस १६ गतेसम्मका लागि मात्र थप भएको छ ।
अस्पतालमा उपचार गर्न द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात अनिवार्य छ । कागजात नभएका घाइतेहरु सरकारी सेवाबाट बञ्चित भएका छन् ।
गत आर्थिक वर्षको कार्यक्रममा १ सय ९७ जना र यस आर्थिक वर्षमा २ जनाले सेवा लिएको कार्यक्रमका व्यवस्थापक नेत्र सापकोटाले जानकारी दिए । उनले एकजना उपचार गराएर फर्की सकेको र एकजना अहिलेपनि उपचार गराई रहेको बताए ।
समयमा रकम नआउँदा उपचार सेवा प्रभावित
उपचारका लागि धेरै बिरामी सम्पर्कमा आएपनि वजेट नआएका कारण फिर्ता पठाउने गरेको उनले बताए । उनले उपचारका लागि बुधवारमात्र अस्पतालमा आएका सशस्त्र प्रहरीका पूर्व कर्मचारीलाई पनि तिहार पछि आउनुस् भनेर फिर्ता पठाएको बताए । ‘उपचारमा धेरै खर्च लाग्छ, खर्च अस्पतालले धान्न सक्ने अवस्था छैन, सामान्य उपचार गरिए पनि जटिल प्रकृतिका उपचार गर्नुपर्ने बिरामीलाई तिहार पछि आउनुस् भनेर फिर्ता पठाउने गरेका छौँ,’ सापकोटाले भने ।
शान्ति समितिको सिफारिस लिएर आएका सबैलाई उपचार सेवा दिने भेरी अंचल अस्पतालका हाडजोर्नी, नसा रोग विशेषज्ञ डा. प्रकाश बहादुर थापाले बताए । उनले द्वन्द्वका क्रममा बन्दुकको छर्रा लागेर घाइते भएका १२ जनाको अप्रेसन गरेर छर्रा निकालिएको बताए । ‘हामीले गम्भिर प्रकृतिका विरामीको समेत सफल उपचार गरेका छौँ,’ उनले भने । -नयाँपत्रिकाबाट
दशैंको अवसरमा कम्लेक्सहरुमा मोबाईल किन्दा अफर, कसले के दिँदैछ त ?
काठमाडौं, दशैं र तिहार नजिकंदै जाँदा व्यापारिक उत्साह बढेको छ । यसमा सबैभन्दा बेसी चर्चा भने मोबाइल बजारले लिएको छ । मोबाइल बिक्रि हुँदै आएका बिभिन्न स्थानमा अहिले आकर्षक अफरसहित मोबाइल मेला र एक्सपोको आयोजनाको घोषणा भएको छ । राजधानीमा मोबाइल व्यापारका लागि प्रसिद्द ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्सपो २०७४ आयोजना गरिहरहकेको छ भने ताम्राकार कम्प्लेक्सले भदौ २२ गतेदेखि उपहार नै उपहार योजना सुरु गर्दैछ । ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना भदौ २२ गतेदेखि सुरु गर्दैछ । यो मोबाइल मेलाको मुख्य प्रायोजन मोटोरोला र लेनेभो मोबाइलले गर्दै छन् । महोत्सव अवधिमा ताम्राकार मोबाइल कम्प्लेक्सले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ताम्राकार मोबाइल कम्प्लेक्सले महोत्सव अवधिमा सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको कम्प्लेक्सले जनाएको छ । ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि एकै साथ प्रदान गरिने कम्प्लेक्सले जनाएको छ । बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा कम्प्लेक्सले मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिने जनाएको छ । दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरेको कम्प्लेक्सले साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत बितरण गर्ने जनाएको छ । बम्पर उपहार स्वरुप एउटा मोटरसाइकल तथा एउटा स्कुटरको लक्की ड्र छठ पर्व सकिए पछि गरिने बताइएको छ । एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने विज्ञप्तीमा उल्लेख छ । मोबाइल मेला अबधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार बताइएको छ । उता ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले एक्सपोमा मोबाइल खरिद गर्नेहरुलाई हुवावी जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट दिइरहेको छ भने सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट प्रदान गरिरहेको छ । त्यसैगरि मोबाइल कम्प्लेक्समा एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी २ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिईने मलले जनाएको छ । त्यसैगरि कुनै पनि मोबाइलको खरिदमा हात खाली नजाने उपहारको व्यवस्था गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर लगायत रहेको मलले जनाएको छ । यसका अलावा विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि एकै पटक लागू हुने बताइएको छ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको भ्रमण लगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि पर्नेछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, हुवावी जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया, डिटिसी, ओवीआई, लाभा, सोनी, वन प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।
ऋतिकले अाफ्नाे इमेल दुरुपयोग गरेको कंगनाको अारोप
भदौ १७ । बलिउड क्षेत्रका चर्चित अभिनेत्री कंगना रनौतले अभिनेता ऋतिक रोसनसँगको विवादमा नयाँ कुरा खोलेकी छिन् । एक अन्तरवार्तामा उनले ऋतिकले आफ्नो इमेल अकाउन्ट दुरुपयोग गरेको बताइन् । ‘उनलाई मेरो इमेलका पासवर्ड थाहा थियो,’ कंगनाले भनिन्, ‘उनी रातभर मेरो एकाउन्टबाट लग इन हुन्थे ।’ ‘तर, उहाँले केही गर्नुभएन,’ कंगनाले भनिन् । अाफ्नो एकाउन्टबाट ऋतिकले थुप्रै भद्दा र फोहोरी इमोल गरेको कंगनाले दावी गरिन् । उनका अनुसार यस विषयमा उनले ऋतिकका बाबु राकेश रोसनसँग पनि गुनसो गरेकी थिइन् । राकेशले उनलाई ऋतिकलाई सम्झाउने बचन दिएका थिए । आफू न्यूयोर्कमा हुँदा ऋतिकले आफ्नो इमेलको चरम दुरुपयोग गरेको उनले बताइन् । यो विषयमा आफूले खुलेर बोल्दा इन्डष्ट्रीकै केही व्यक्तिहरुले आफूलाई जेल पठाउने धम्की दिएको समेत उनले बताइन् । ‘तर, म यो विषयमा पछि हट्दिन । आफ्नो कुरा राखिरहन्छु । आफ्नो जिन्दगीका तिता अनुभवहरुका बारेमा कुरा गर्दा म सर्वप्रथम यही घटना सम्झिनेछु ।’ उनले ऋतिकले आफूकहाँ आएर माफी माग्नुपर्ने पनि बताइन् ।
बालिका बलात्कारीहरु पक्राउ
काठमाडौं, भदौ १५ । बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का १८ वर्षीय सुवास सुनार र भीमफेदीका १९ वर्षीय सरोज सुनार रहेका छन् । मकवानपुर घर भई चन्द्रागिरि नगरपालिकामा बस्दै आएकी ११ वर्षीया बालिकालाई धम्क्याउँदै पटक पटक बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ ।
आउनुस् माओवादी केन्द्रमा : क.प्रचण्ड
सर्लाहीको चक्रघट्टामा दशौं हजारको जनसभाबीच फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय लगायतका हजारौ नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्दै । नेता कार्यकर्ताहरुलार्इ स्वागत गर्न अध्यक्ष प्रचण्ड सर्लाहीमा । तस्वीर : मनहरि तिमल्सिनाबाट/ सर्लाही
अभिनेत्री प्रियंका सिक्स प्याक बनाउनमा व्यस्त
डी बनाउन लागिपरेकी छिन् । प्रयोगको मामलामा प्रियंका त्यसै पनि अरू हिरोइनभन्दा एक पाइला अगाडि नै छिन् । बलिउडका साथै हलिउडका फिल्ममा पनि निरन्तरता दिइरहेकी प्रियंकाले आफूलाई अभिनेत्री मात्र नभई गायिकाका रूपमा समेत प्रस्तुत गरिसकेकी छिन् । प्रान्तीय फिल्म निर्माणमा समेत सक्रिय प्रियंकाले हलिउडको फिल्म ‘इजन्ट इट’ रोमान्टिकमा योगा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छिन् । त्यसकारण उनलाई सिक्स प्याक आवश्यक परेको हो । भारतीय अनलाइनका अनुसार प्रियंका अचेल सोही भूमिकामा लागि सिक्स प्याक बनाउन जिममा अभ्यासरत छिन् । उनको सिक्स प्याक रूप भने केही समयपछि हेर्न पाइनेछ ।हलिउडका फिल्ममा ब्यस्त रहे पनि बलिउडका निर्माताले उनीसँग कुरा गर्न भने छाडेका छैनन् । उनलाई आफ्नो फिल्ममा लिन केही निर्माताले कुरा गरिरहेको भए पनि तय भने भइनसकेको बताइन्छ ।
हामी सबैले मिलेर बनाउनुपर्यो
कैलालीको गेटामा निर्माणधीन मेडिकल कलेज तथा हस्पिटलको स्थलगत अवलोकन गर्दै अध्यक्ष प्रचण्ड । माओवादी केन्द्रका नेता लेखराज भट्टको विशेष पहलमा ल्याइएको यस निर्माणाधिन गेटा मेडिकल कलेजकाे अवलोकन गर्दै अध्यक्ष प्रचण्डले यस कलेज सुदुर पश्चिमको पूँजी भएको र सबै मिलेर सम्पन्न गर्नुपर्ने बताए । तस्वीर : मनहरि तिमल्सिना, कैलाली
प्रचण्डलार्इ समाजवादी क्रान्ति देखेर मर्न मन लागेछ
भदौ ११ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आफूलाई समाजवादी क्रान्ति देखेर मर्न मन भएको बताएका छन् । माओवादी केन्द्र प्रदेश नं. ७ को पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी हाम्रो रणनीतिबाट बिचलित भएका छैनौं । समाजवादउन्मूख संघीय गणतान्त्रिक संविधान बनाएका छौं । देशलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिलाई हामीले नै नयाँ उचाईमा लैजान सक्छौं । माओवादी आन्दोलनलाई फेरी एकतावद्ध गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने मन छ । दश वर्षभित्र फेरी समाजवादी क्रान्तिको उभार ल्याउन सक्छौं । मलाई समाजवादी क्रान्ति देखेर मात्र मर्न मन छ, प्रचण्ड त्यत्ति छिटै थाक्ने मान्छे होइन ।’ देशमा प्रमूख कार्यकारी राष्ट्रपति अपरिहार्य रहेकोमा उनले जोड दिए । प्रचण्डले भने, ‘देशमा जहिले पनि राजनीतिक अस्थिरता । २०४६ सालपछि त स्थीरता आउँछ कि भनेको भएन, गणतन्त्रपछि आउँछ कि भनेको आएन, नयाँ संविधानपछि राजनीतिक स्थीरता हुन्छ कि भनेको त्यो पनि भएन । २ वर्षमा ३ वटा सरकारले देशको विकास र समृद्धि सम्भव नै छैन । त्यसैले जनता आफैले प्रत्यक्ष भोट हालेर चुन्ने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहिन्छ । यसले मात्रै देशलाई एकतावद्ध गर्छ, आर्थिक समृद्धि र विकासलाई गति दिन सक्छ ।’ प्रशिक्षणमा अध्यक्ष प्रचण्डले एमालेले कहिल्यै पनि परिवर्तन र क्रान्तिको नेतृत्व नगरेको बताए । भने, ‘मदन भण्डारी बाँचेको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो । तर, अब त्यो सोच्नु पनि काल्पनिक हुन्छ । २००७ सालको क्रान्तिको नेतृत्व कांग्रेसले गर्यो, २०४६ सालको आन्दोलन पनि कांग्रेसले नै गर्यो, बामपन्थी शक्तिहरुको सहयोगी भूमिका भयो, जनयुद्ध र गणतन्त्रको नेतृत्व हामीले गर्याैं । देशमा ठूलो राजनीतिक परिवर्तन माओवादीले गर्यो । तर, एमालेले के गर्यो ? गणतन्त्रको आन्दोलनमा उनीहरु यसका विरोधी थिए, संघीयता पनि उनीहरुले रुचिले मानेका होइनन्, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक त झन् मन नै पराउँदैनन् ।’ ‘सबै माओवादीहरु एकै ठाउँ आउनुको कुनै बिकल्प छैन’, अध्यक्ष प्रचण्डले भने, ‘वैद्यजी चुनाव लड्नु भो, बाबुरामजी पनि लड्नु भो । फरक तरिकाले भए पनि विप्लवजी चुनाव लड्नुभो । तर, जनताले तिमीहरुको कुनै अर्थ छैन भन्ने जनादेश दिए । हामीलाई पनि जनताले सबै माओवादीलाई मिलाउने जिम्मा तिम्रो हो भन्ने जनादेश दिए । तसर्थ, जनताको अभिमत बुझेर सबै माओवादी एक हुनुको कुनै बिकल्प छैन ।’ ‘११ वर्षपछि मधेशमा फेरी माओवादीको पक्षमा लहर आउँदैछ, मधेशका मसिहा ठान्ने मधेशी दलको भ्रमबाट जनता मुक्त हुँदैछन्’, प्रचण्डले भने, ‘हेर्दै जानुहोला, माओवादीको पक्षमा मधेशमा ठूलो जनलहर आउँछ । संघीयता मधेशी दलको मुद्धा हुँदै होइन, हामीले मधेशी, थारु, मुस्लिम, मगर मुक्ति मोर्चाको अभ्यास गरेर युद्धमा जाँदा तिनीहरु कहाँ थिए ? बीचमा हाम्रा मुद्धाहरुको अपहरण गर्ने कोशिस गरे, अब त्यो सम्भव छैन ।’
मेस्सीलाई पाखा लगाउँदै रोनाल्डोले बने युरोपियन वर्ष खेलाडी
काठमाडौं, भदौ ९ । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीलाई पाखा लगाउँदै रियाल मड्रिडका रोनाल्डोले बाजी मारेका हुन् । वर्ष खेलाडीको दौडमा मेस्सी र रोनाल्डोसँगै इटालियन गोलरक्षक जियानलुईगी बुफोन पनि सहभागि थिए । लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडी बनेका रोनाल्डोले सन् २०१३÷१४ मा पहिलो पटक यो अवार्ड जितेका थिए । समग्रमा यो उनको तेस्रो युरोपियन वर्ष खेलाडीको अवार्ड हो । रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दा, रियाल मड्रिडकै लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर तथा सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे । नेदरल्याण्ड्सकी खेलाडी लेइक मार्टेन्स महिला तर्फ युरोपियन वर्ष खेलाडी बन्न सफल भईन् ।
गृहमन्त्री शर्माले भने, ‘बाढी पीडितलाई उद्धारका लागि राज्यको स्रोतले धान्न सकेन’
काठमाडौं, भदौ ९ । गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरो र डुबान पीडितकोका लागि सरकार अहोरात्र खटिरहेको बताएका छन् । ठूलो प्राकृतिक विपत्ति आईपरेकाले त्यसलाई समयमै व्यवस्थापन गर्न राज्यको स्रोत र साधनले धान्न नसकेको पनि उनले बताए । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री शमाले भने, ‘पीडितहरुका लागि राहत, उद्धार र पुनर्वासको उचित व्यवस्थापनका लागि सरकारले निभाउने भुमिकामा कुनै कमी आउने छैन, सरकार अहोरात्र खटिरहेको छ ।’ बाढी, पहिरो र डुबान पीडितको उचित व्यवस्थापन गर्न सरकारले आफ्नो क्षमता अनुसार सक्दो प्रयास गरिरहेको भन्दै सबै साधन र स्रोतलाई परिचालन गरेको बताए । उनले बाढी र डुबान पीडितको उचित व्यवस्थापन गर्न सरकारले व्यापक सुरक्षाकर्मी परिचालन गरेको पनि दावी गरे । गृहमन्त्री शर्माले विपद् व्यवस्थापन गर्न सरकारले दीर्घकालीन योजना बनाउन लागेको पनि जानकारी गराए । बाढि, पहिरो र डुवान पीडितलाई राहत उपलब्ध गराउन नसकेकोभन्दै सरकारको सर्वत्र आलोचना भइरहेका छन् ।
वाइसीएलको पहिलो निर्णयः भ्रष्टाचारीलार्इ कारबाहीदेखि युवालाई रोजगारीसम्म
काठमाडौं, भदौं ८ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल २–४ गते काठमाडौंमा सम्पन्न ‘एकताको राष्टिय सम्मेलन’का निर्णयहरु सार्वजनिक गरेको छ । बिहिवार एक विज्ञप्ति जारी गर्दै निर्णयहरु सार्वजनिक गरेको हो । वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘सरकारी निकायमा हुने व्याप्त्त भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुचि तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान नै छेडिनेछ । यसअघिजस्तै राज्य भ्रष्टाचारप्रति उदाशिन रहन गए या राज्यका उपल्ला निकायहरुले ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्नुको साथै भ्रष्टाचारीहरुको सुचि समेत सार्वजनिक गरिनेछ ।’ यस्ता छन् वाईसीएलका निर्णहरु राष्टिय सम्मेलनबारे यहि भदौं २–४ सम्म काठमाडौंको जडिबुटीस्थित कोटेश्वर पार्टी प्यालेसमा सम्पन्न दोस्रो एकताको राष्ट्रिय सम्मेलनले १९९ सदस्यिय केन्द्रिय समिति निर्बाचित गर्नुको साथै २९ सदस्यिय पदाधिकारी निर्बाचित गरेको छ । सम्मेलनमा प्रस्तुत संगठनको विधान परिमार्जन तथा संगठनको नीति तथा कार्यक्रमसमेत सोही सम्मेलनले पारित गरेको आधारमा संगठनको पहिलो तथा दोस्रो बैठक तथा पदाधिकारी बैठकले गरेका निर्णयहरुको सार संक्षेप निम्न छन् । अभियानबारे संगठनले ‘संगठन सूदृढिकरण, युवा जागरण तथा परिचालन अभियान’ नामक ३ महिने अभियान संचालन गर्नेछ । यस अभियान अन्तर्गत ३ लाख भन्दा बढी सक्रिय सदस्यता नविकरण गर्ने उदेश्य राखिएको छ । साथै स्थानिय तह कमिटीदेखि प्रदेश कमिटीसम्मको भेला, सम्मेलन तथा बैठक एंव प्रशिक्षणमार्फत गठन÷पूनर्गठन लगायतका कार्यक्रम रहने छन् । साथै आउँदो स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय चुनावका लागि ‘जसको एजेण्डा, उसैलाई भोट’ नारा अन्र्तगत चुनावी परिचालनको पूरक अभियान संचालन गरिनेछ । यस अभियानको नेतृत्व नवनिर्बाचित केन्द्रिय समितिले गर्नेछ । वाइसीएलले निम्न सघर्षका कार्यक्रमहरु संचालन गर्ने – सरकारी निकायमा हुने व्याप्त्त भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सूची तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान नै छेडिनेछ । यस अघिजस्तै राज्य भ्रष्टाचारप्रति उदाशिन रहन गए या राज्यका उपल्ला निकायहरुले ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्नुको साथै भ्रष्टाचारीहरुको सुचि समेत सार्वजनिक गरिनेछ । – समाजमा हुने विभिन्न विकृति, विसंगति तथा समाजविरोधी गतिविधिको हाम्रो संगठनले डटेर प्रतिवाद एंव प्रतिरोध गर्नेछ । – हाम्रो संगठन जनयुद्धकालिन मुद्धाहरुलाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्ने बृहत शान्ति सम्झौताको मर्मप्रति आज पनि प्रतिबद्ध छ । राजनीतिक युद्धमा भएका दूर्घटनाजन्य घटनाहरुलाई हत्या तथा अपराधसँग दाजेर दोषी ठहर्याउने रबैयाप्रति घोर आपक्ति व्यक्त गर्नुका यसो गर्दा सामाजिक बनोविज्ञानमा आउने द्वेसप्रति सचेत गराउँदछ । – युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने केही मेनपावर कम्पनीका ठगी प्रकरण, विदेश पठाईसकेपछि गरिने श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्ने रबैया निन्दनिय मात्रै होइन अत्यन्तै गम्भिर प्रकृतिका छन् । यसबारे हाम्रो संगठनले निर्णायक कदम चाल्ने छ । सामाजिक उत्तरदायित्वबारे – हाम्रो संगठनले राजनीतिक दायित्वसँगै सामाजिक सेवा तथा उत्तरदायित्वलाई उत्तिकै महत्वका साथ हेर्नेछ । – साउनको अन्तिमतिर परेको अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै यसअघि नै केन्द्रिय समितिले घोषणा गरेको राहत कोषमार्फत तत्कालका लागि २ नं। प्रदेशका विभिन्न जिल्लामा राहत वितरण गर्न समेत लागिरहेको छ । – सामाजिक अभियान अन्तर्गत ७ वटै प्रदेशहरुमा स्वस्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पतालहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालयलगायतका सार्वजनिक सहकार्यका कार्यालयहरुमा स्वंयमसेवकिय भूमिका निर्वाहा गर्नेछ । – राष्टिय तथा स्थानिय पर्वहरु, उत्सव तथा महोत्सवहरु, दुर्घटना तथा प्राकृतिक विपक्तिहरुमा समेत स्वंयमसेवकहरु परिचालन गर्नका लागि टिमबद्धता, तालिम तथा प्रशिक्षणहरुको व्यवस्था गरिनेछ । युवा स्वरोजगार तथा विदेश पलायनबारे – युवाहरुको विदेश पलायनबारे हाम्रो संगठन गम्भीर छ । अत विदेश पलायन रोक्न र स्वदेशमा रोजगारीको अवस्था सृजना गर्नका लागि राष्ट्रिय उद्योगहरु संचालन गर्न हाम्रो संगठन सरकार तथा राष्टिय पूँजिपतिहरुसँग अनुरोध गर्दछ । साथै आफैबाट सुरु गर्ने उदेश्यका साथ स्वदेशी उत्पादनको क्षेत्रमा संगठन तथा यूवा व्यवसायीको साझेदारीमा ६ महिनाभित्र १ हजारभन्दा बढी युवाहरुलाई रोजगार बनाउने घोषणा समेत गर्दछ । – स्वदेशमै रोजगारीको प्रशस्त सम्भावनालाई मध्यनजर गर्दै युवाहरुलाई विभिन्न सिपमुलक स्वदेशी तथा विदेशी तालिम र सिपविकास कार्यक्रमहरुमा संगठनले ध्यान दिनेछ । संरक्षण कोषबारे – संगठनले एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट १ लाख जम्मा गरी कार्यकर्ता संरक्षण कोष खडा गरेको छ भने यो कोषलाई बृद्धि गर्दै लगिने छ । यो कोषको रकमबाट आपतकालिन उद्धार, नेता कार्यकर्ताहरु दूर्घटनामा पर्दा औषधी उपचार लगायतका विषयमामात्रै खर्च गरिनेछ ।
बयालपाटा अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा सुरु
अछाम जिल्लामा संचालनमा रहेको बयालपाटा अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । सबै प्रकारका उपचार सेवा निशुल्क दिदैँ आईरहेको बयालपाटा अस्पतालमा विशेषज्ञ सहितको हार्डजोर्नी सेवा पनि सुरु भएको छ । हार्डजोर्नी विशेषज्ञ डा. मन्दिप पाठकले बयालपाटा अस्पतालमा सेवा दिन सुरु गरेका हुन् । सन् २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निःशुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न सेवाहरु निःशुल्क रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो । हार्डजोर्नी सेवा निःशुल्क रुपमा अछाममै सुरु भएपछि यस क्षेत्रका जनतालाई शुल्क तिरेर धनगढी, नेपालगंज लगायतका टाढा ठाँउमा धाउनु पर्ने बाध्यता कम हुने भएको छ । यस क्षेत्रमा धेरैजसो बिरामीमा हार्डजोर्नी समस्या भएकाले पनि यो बिषयलाई प्राथमिकता दिईएको अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष कुमार ढुंगानाले बताए । अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरंग, आकस्मिक, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निःशुल्क प्रदान गर्दै आएको छ । इमेजखबरमा कल्पना बोहराको समाचार
दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्याण्डलाई
लन्डन, साउन २४ । चौथो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई १ सय ७७ रनले हराउँदै इङ्ल्यान्डले चार खेलको शृङखला ३/१ ले जितेको छ । इङ्ल्यान्डको ओल्ड ट्राफेर्डमा सम्पन्न खेलमा ३ सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २ सय २ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ८३ रन तथा फाफ डु प्लेसीसले ६१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्न इङ्ल्यान्डका मोईन अलीले ५ तथा जेम्स एण्डरसनले ३ विकेट लिए । यो जितसँगै जो रुटको कप्तानीमा रहेको इङ्ल्यान्डले ४ टेस्ट म्याचको शृङ्खला ३÷१ ले कब्जा गरेको छ । जितसँगै इङ्ल्यान्ड विश्व टेष्ट क्रिकेटको वरियतामा तेस्रो स्थानमा उक्लिएको छ ।
नेपाल स्काउटले माग्याे १०+२ पास कर्मचारी, फाेन नम्बर सहित
काठमाडौं, साउन २४ । नेपाल स्काउट जिल्ला स्काउटले १०+२ पास कर्मचारी मागेकाे छ । यहि साउन २९ गते भित्र दरखास्त दिन सकिन्छ ।
काठमाडाै कि घरमाण्डौं ?
विमानबाट देखिएको काठमाडौ उपत्यकाको तीनकुने र वानेश्वर क्षेत्र । जहाँ घरैघरले खचाखच छ । तस्बिर : रोशन सापकोटा, काठमाडाै
हिउँदमा लोडसेडिङको सम्भावना बढ्याे
काठमाडौं, साउन २० । वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन । गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ । अत्यावश्यक समयमा बिजुली निकाल्न कुलेखानीको पानी प्रयोग गरिन्छ । तर, जलाशयमा पानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन । कुलेखानीमा पानी नभरिने हो भने आगामी हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।,नागरिकमा खबर छ ।